लघुकथा : सन्त बहादुर पनि ड्याडी भएछ

~दिलीप आचार्य~

त्यसो त सन्तबहादुरको कान्छो छोरा समेत अहिले २० वर्ष नाघिसकेको छ र उसको सबैभन्दा जेठी छोरीको उमेर त चालीसको हाराहारीको छ । तर सन्तबहादुर ड्याडी भने भर्खरै भएको हो । कुरो बेमेल लागे पनि यथार्थ भने यस्तै छ ।

सन्तबहादुर करीव ३५–४० वर्ष अगाडि २–३ जना परिवारसहित राजधानी भित्रिएको थियो । उसको पुख्र्यौली घर कतै पश्चिमतिर थ्यो क्यार । बाबु–बाजेको जग्गा जमिन धेरैजना दाजुभाइमा बा“ड्दा गरी खान नपुग्ने भएपछि जे भा’को जेथा उतै बेच बिखन गरेर ऊ नेपाल खाल्डो भित्रिएको थियो । पुरानो नेपाल खाल्डोमा पसेपछि धेरै समय भौंतारियो सन्ते ।

चिनजानका कोही नभएका अरु काममा आफ्नो बुता पनि नभएकाले त्यति बेला ४–५ जनाको ज्यान पाल्न उसलाई हम्मे हम्मे पथ्र्यो । दिनभर ज्याला–मजदुरी र अरुको खेत–बारी खन–जोत गरेर सा“झमा बस्ने ठाउ“मा फर्किदा उसका छोराछोरोहरु ? बा ! बा !! भन्दै उसको पछि लाग्थे ।

समय बित्दै गयो, सन्तले २–४ जना पुगिसरेकालाई पनि चिन्यो, मेहनत–मजदुरी र इमानदारीले पनि पहिचान बनायो । रह“दै बस्दा टोल छिमेकको सम्पर्क र भनसुनबाट १–२ जना खाइलाग्दाहरुका ठाउ“को जग्गा जमिन खनजोत गरेर जग्गाधनीलाई नि पुग्ने आफूलाई नि गर्जाे टर्ने गरी खेती किसानीमै रमाउन सक्ने भयो सन्त । अर्काको जमिन जोत्दा उसलाई घरीघरी गाउ“मा बेचेको आफ्नो जग्गाको पनि ख्याल आउ“थ्यो र मन चसक्क काट्थ्यो तर बिहान बेलुकीको हातमुख जोर्ने समस्या टरेकोले पहिलाभन्दा सन्तोषी देखिन्थ्यो सन्त । फेरिएको समयमा उसका अरु १–२ सन्तान पनि बढेका थिए भने स्कूल जान थालेका उसका छोरा–छोरीहरु उसलाई ‘बुबा’ भनेर बोलाउन थालेका थिए ।

अझै केही समय बित्दा देशमा केही परिवर्तन भयो र जमिन जोत्नेको पनि जमिनमा भाग आउने कानून बन्यो । सन्त बहादुरको जीवन झनै आशावादी बन्यो । समयको प्रवाहस“गै ‘जोत–को–पोत’ भन्ने कानून र भूमिमा द्वैत स्वामित्वको अन्त गर्ने नियम बनेपछि भने उसको जीवनको तस्विर नै बदलियो ।

सुनिन्छ, केही समय अगाडि उसले आफ्नो मोहियानीवापत आएको २ रोपनी जग्गा करोडौंमा बेचेको छ । आजकल ऊ डेराको घर छाडी आफ्नै जमिनमा बनेको सुन्दर घरमा बस्छ । घरमुनिको सटरमा उसको आफ्नै किराना पसल छ । उसका छोरा–छोरीहरु पनि कोही कलेज पढ्छन् त कोही काममा लागिसके । बिहान बेलुकी सन्त आफ्नो पसलमा आफै“ बस्छ र गाउ“लेहरु उसलाई ‘सन्त साउ’ भनेर बोलाउ“छन् । अ“ त, भनिरहनु नपर्ला उसका शिक्षित छोराछोरीहरु उसलाई आजकल ‘ड्याडी’ भनेर बोलाउने गर्छन् ।

(स्रोत : नयाँ युगबोध दैनिक – सौगात)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.