लघु-उपन्यास : कालचक्र

~रामप्रसाद दाहाल~Ram Prasad Dahal

प्राथक्वन

उमेरको हदबन्दीले नोकरीबाट अवकाश पाएपछि मेरा फूर्सदका दिनहरू प्रशस्त हुन गए र मैले आफ्नो दैनन्दिनी पल्टाएर हेर्ने अवसर पाएँ। त्यहाँ कति सुखका घटना थिए कति दुःखका। मेरो दैनन्दिनी स्वयम् एउटा इतिहास थियो एउटा नोकरीमा पालिएको मानिसको इतिहास। प्रत्येक जागिरेको दैनन्दिनीमा यी सबै कुरा हुन सक्थे तर शुरूको, मेरो नोकरी लाग्नुभन्दा अगाडिका केही पन्नामा जे थिए, ती कुरा मेरा डायरीमा मात्र थिए।

त्यसमा जीवन पनि थियो। उसका आमा बाबु थिए, स्वास्नी थिर्ई, छोरी थिर्ई, बहिनी थिर्ई। अनि सुभद्रा थिर्ई, उसका आमा बाबु थिए, दाजु थियो, उसको कानुनी लोग्ने थियो र सासू थिइन्। एउटा गाउँ थियो। एउटा समाज थियो। त्यो गाउँ र समाज त अझै पनि होला केही उस्तै, केही बदलिएको। अरू त यो लामो अन्तराल पछि अवश्य नै छैनन् होला। हुन त जो पात्र थिए तिनीहरू सबैको नाम मैले बदलेर राखिदिएको छु र यदि कोही बाँचेकै भए उनीहरूको मनमा चोट लाग्ला भनेर यसलार्ई विस्तृत रूपमा राख्न सकेको थिइन तर अब त ४० वर्षको समायन्तरले सबैलार्ई भेटी सकेको छ र दोस्रो पुस्ताका सन्तानलार्ई कसैले पनि यो कुरा अवश्य सुनाएन होला।

यो एउटा यस्तो कथा हो जो ब्यक्तिको दुराग्रहबाट होइन, समाजका आफ्ना अवधारणाबाट सिर्जना भएर एउटा परिवार छिन्न भिन्न र विस्थापित भयो र एउटी आमाले छरिएका बिरुवा खोजेर ममताको न्यानोपन दिई समाजको तुसारोबाट जोगाउन कोही नपुग्ने कुनामा मानिसै मानिसले भरिएको भीड भित्र लुक्नु पर्योन। भविष्यको आफ्नो वंश जोगाउन आफ्नो अतित नै काटेर फाल्नु पर्योर।

त्यस्तै यो अघिल्लो पुस्ताको घमण्ड र अविवेकले पछिल्लो पुस्ताको कष्ट जीवनको कथा पनि हो। समाजले बाँधेको नाताभन्दा आत्माले बाँधेको नाता बलियो हुन्छ भन्ने पनि प्रमाणित गरिदिएको छ यो कथाले तर कथाको कुन पात्र ठीक र कुन पात्र बेठीक सो भने म भन्न सक्दिनँ। नैतिकता र अनैतिकता पनि यो कथामा मैल छुट्याउन सकिनँ। मलार्ई त सबै पात्र कहीं नैतिकवान लाग्छन् कहीं सबै अनैतिक।

झण्डै ५० वर्षको अन्तरालले कथाको पृष्ठभूमी, पात्र, घटना सबै नै अस्वाभाविक लाग्न सक्ला, कति त असम्भव पनि तर समयले मलार्ई पनि बूढो बनाई दिएको छ। त्यो पृष्ठभूमि त मलार्ई पनि आज विश्वास लाग्दैन तर ती सबै फूलेकी बूढीले मलार्ई ढाँटनु पर्ने कुनै कारण थिएन र त्यही विश्वासले लेखिदिएको छु उनको कथन मुख्य मुख्य पात्रको शब्दमा।

जीवनको भनाई – १

” ल है, सानोकाका। निदाउनु हुँदैन नि बेहुली हात पार्ने बेलामा।” झण्डै भण्डै पूरै भार बोकेर सानोकाकालार्ई मैले अड्याएको थिएँ। ११ बज्न लागेको थियो होला। सानोकाका भने आधा जस्तो निंदाएको थियो। पुरेतबाजे कन्यादानको संकल्प पढीरहेका थिए। सानोकाकाको हात थामेर बसेको मेरो निम्ति कन्यादानको महासंकल्प कहिले पनि नसिद्धिने कष्टमय पाठ भइरहेको थियो तर पनि आफ्नो जिम्मेवारीबाट पन्सन नमिल्ने भएकोले म थामिएर नै बसेको थिएँ। समय बित्दै गए पछि त झन् सानोकाकाको सानो हातबाट झरेर आएको पानी मेरो हत्केला भरी भएर खडकौलोमा झरिरहेको थियो। त्यसमा थप सानोकाकाको हातभन्दा माथि भएको बेहुलीको हात सानोकाकाको हातमा नअटाएर मेरो हातको भर लिइरहेको थियो। त्यसरी अर्काको कन्यादानमा त्यो अप्ठयारो जिम्मेवारी मेरो निम्ति कष्टकर नहुने कुरै थिएन। म त्यो स्थितिबाट जति सक्दो चाँडो उम्कन चाहन्थें तर पुरेतबाजेको महासंकल्प भने झन् झन् ढिलो चलिरहेको थियो। त्यसैले आफूलार्ई जति सक्दो हँसिलो बनाउन खोज्दै पुरेतलार्ई भनें – “ल है, पण्डितजी ! संकल्प चाँडो पढ्नोस् है। बेहुला बेहुली थाक्छन् नि।”

संकल्प पढिरहेका पूरोहितले बोल्ने कुरा थिएन तर पछाडिबाट कुनै नारी स्वरले व्यङ्ग्य कस्न चुकेन – ” बेहुलाको लोकन्ते जति त कोही पनि थाक्दैन होला।”

अनुहार देख्न नपाए पनि नारी स्वर कुनै तरूनीको नै हुनु पछै भन्ने लख काटे पछि लोकन्तेको वाकपटुता मैले देखाउनै पर्योु – ” लोकन्ते थाक्ने बेला एउटा उहिले नै गईसक्यो। अर्को ल्याइदिन खोज्नेको अनुहार देख्न पाएको छैन।”

” ल है कान्छी ! लोकन्ते त खरिलो पो रहेछ त, अनुहार हेर्न खोज्ने।” – अर्को नारी स्वर आयो। त्यो पनि तरूनी स्वर नै थियो।

सबै जना खितिति हाँसे। मेरा तर्फका जन्ती केटा अलि टाडै भएकोले केटीहरूले के भने सुन्न पाएनन्। केही भन्ने कुरा मेरो मुखमा आइसकेको थियो तर महासंकल्पको समयमा जिस्किने र जिस्क्याउने गाउँले केटी माथि बेहुलाका बाबुको अलि रिसाएको दृष्टि देखेर मैले केही भन्न सकिनँ र केटीहरू प्ानि चुप लागिरहे।

ज्ाति महा भएपनि आखिर संकल्प सिद्धियो। बाबुको हातले बेहुलीको हात बेहुलाको हातमा छोडिदियो र मेरो कष्टको अन्त्य भयो। बेहुलीका लोकन्तीहरू अब बेहुलीलार्ई घेर्न र छुन पुगे तर मेरा साथीहरू भ्ाने खेलमा नै व्यस्त भएकोले म भने बेहुलो तर्फ एक्लै थिएँ।

बेहुलीका आमाबाबु त्यहीं हुन्जेलसम्म त लोकन्तीहरू केही बोलेनन् तर उनीहरू त्यहाँबाट हट्ने बित्तिकै एउटीले भनिहाली – “कस्तो सुताहा बेहुलो लिएर आउनु भएको, उ ! हाम्री बेहुली कस्ती चनाखी छन्। हेर्नोस् त।”

“हाम्रो बेहुलो त कलियुगमा पनि सात्विक छ। अनि सात्विक मान्छेलार्ई रात परेपछि निन्द्रा लाग्दैन त?”- मैले हार स्वीकार गर्न मानिनँ।

“स्वस्थानीमा त महादेवले झुक्याएर हात थापेका थिए। यी कलिका मान्छे त कस्ता ए ! जानी जानी, सबैले देख्ने गरी हात थाप्न पनि लाज नमान्ने।” – कसैले व्यङ्ग्य गर्योस र व्यङ्ग्य अलि चर्कै भयो।

मैले असजिलो मानेर दुलहीको मुख हेरें। अनायाश उठेका बेहुलीका आँखासँग मेरा आँखा जुधे। लोकन्ती तर्फको अश्लिलतामा रिस उठे पनि त्यस्तो परिस्थितिमा संयम राख्नु बुद्धिमानी ठानेर कुरालार्ई तर्कले काट्न खोजें – “हात त खडकौंलोले पनि थापेको छ तर खडकौलोलार्ई कन्यादान दिएको त मानिन्न। दान भनेको त दिनेको, लिनेको, दिइनेको, लिइनेको आत्माको कुरा पो हो त। छुवाछुतले हुने भए त बेहुलीले टेकेको माटोमा तपार्ईले पनि टेकेको हुनाले तपार्ईको पनि कन्यादान सँगसँगै भएन र?”

“ल है कान्छी। आफ्नो पासोमा आफैं पर्न लागिस् कि कसो?” – एउटी अलि पाकीले कान्छीलार्ई जिस्क्याई।

तर कान्छी त्यति सजिलै हार्न तयार थिइन। उसले जवाफ दिईहाली – “धरतीकै छुवाछुत लिन त आँट चाहिन्छ। त्यसै बोलेर हुन्छ र?”

“आँट त पर्याप्त छ मसँग तर तपार्ईले बा-आमालार्ई मनाउनु त भएको छ? नदिई लाने चलन त हाम्रो छैन।” – मैले कान्छीको भनाई टुंगिना साथ भनिहालें।

सबै जना खितिति हाँसे र कान्छीको मुख लाजले रातो भयो। मेरा आँखा सबैमा घुम्दै बेहुलीमा गएर अडिए। उसको आँखामा सन्तोषको मुस्कान देखेर सोंचे – ऊ पनि बेहुलाको प्रतिनिधित्व गरेर पाएको मेरो विजयले खुशी भएकी छ। खुशी हुनु पनि स्वाभाविक थियो किनकि मेरो तर्फबाट जो भनिएको थियो त्यो भनाई बेहुलाको मानिनु पर्ने थियो र म त केवल उसको असार्मथ्यतामा उसको तर्फबाट वकालत गरिरहेको थिएँ।

बेहुलाको तर्फबाट लिनु पर्ने त्यो जिम्मेवारी मेरो निम्ति सजिलो थिएन र मैले खुशीराजीले लिन चाहेको पनि होइन। सानी हजूरआमाले आफ्नै मुख र हातले सानोकाकालार्ई मेरो जिम्मा लगाइदिएको र सानोकाकालार्ई सँधै मैले सानो भाइलार्ई जस्तै संरक्षण दिदैं आएकोले मैले ‘नाइँ’ भन्न पनि मिल्दैन्थ्यो। हुन् त १३ वर्ष पनि नपुगेको सानोकाकांलार्ई १६ वर्ष नाघीसकेकी बेहुली ल्याई दिने कुरामा मेरा पटक्कै पनि मन्जुरी थिएन र मैले विरोध पनि गरेको हुँ तर म तेश्रो पुस्ताको मानिसको विरोध सुन्न कोही पनि तयार थिएन। त्यसमा पनि सानी हजूरआमालार्ई आफ्नो घरको सबै काम धन्दा गर्न सक्ने बुहारी चाहिएको थियो। सानोकाकाका मामा भानिजको नाता सम्पन्न परिवारमा जोडि दिएर आफ्नो असम्पन्नतालार्ई केही सह्योग पुर्या उने लोभमा थिए र सानी हजूरआमाका माईती पट्टीबाट बिहेको कुरा चलेको र छिनिएकोले मेरा बाबु र काकाहरूले पनि खास चासो राखेर विरोध गरेनन्। बीचरो सानोकाकाले केही बुझेको पनि थिएन र बुझेकै भएपनि विरोधगर्ने सामर्थ्य पो कहाँ थियो र? त्यसैले नचाहदा नचाहदै पनि, त्यो विवाहको विरोध गर्दागर्दा पनि म सानोकाकालार्ई जिम्मा लिएर आउन बाध्य भएँ।

कन्यादान पछि बिहे शुरू भयो। रात जति छिप्पिदैं जान्थ्यो सानोकाको त्यति नै बढी निंदाईरहेको थियो। सानोकाका कहिले पनि निन्दालार्ई जित्न सक्दैनथ्यो। ऊ रुँदा रुँदै निदाईरहन्थ्यो र निन्द्रामा नै रोइरहन्थ्यो तर बिउँझदैनथ्यो। सुतेको बेला उसलार्ई उठाएर खान लगायो भने दिए जति जम्मै खाइदिन्थ्यो, निन्द्रांमा नै चपाई दिन्थ्यो तर न उसलार्ई खाएको थाहा हुन्थ्यो, न बिउँझन्थ्यो। उसको निम्ति बिहेको दिन र अरू दिनमा केही अन्तर थिएन। त्यसैले ऊ आज पनि निंदाईरहेको थियो। न बाजाले उसलार्ई बिउझाउन सक्थ्यो, न चिसो पानीले। उसको निन्दां कुम्भकर्णको जस्तो थिई, समय पुगेपछि आफैं छुटने।

बिहेका विधि-विधान पनि कम कष्टकर हँुदैनन्। त्यसमा पनि बेला बखतमा व्यङ्ग्य र ठट्टागर्ने उमेरदार लोकन्तीहरूको बीचमा बालक बेहुलाको वारेस भएर काम गर्नु पर्योन भने। संकल्प गर्दा सानोकाकाको हात पानीमा डुबाएर कुश आफैंले समात्थे, चरु होम्नु पर्दा उसको नाममा आफैं होमिदिन्थे र पूरोहितलार्ई टिका पनि त्यसरी नै लगाउँथे तर लगनको पोते बेहुलीको घाँटीमा लार्ईदिदा र सिन्दूर सिउँदोमा भरिदिदा वारेसले आफ्नो हातले मात्र गर्न सक्ने कुरा थिएन। बेहुलाको दुई मुठ्ठीमा लगनको पोते हालेर ती मुठ्ठीलार्ई आफ्नो मुठ्ठीमा बन्द गरी पोते बेहुलीको घाँटीमा हालिदिदाँ “ल,ल,ल, दुई जनाले लगाई दिन कहाँ हुन्छ?” भन्ने वाक्यहरू पछाडिबाट आएका थिए भने बेहुलाको दुई औंलालार्ई चिम्टा बनाएर त्यो चिम्टाको आडमा सिन्दूर च्यापी बेहुलीको सिउँदोमा सिन्दूर हालिदिदाँ मेरा औंला भरी सिन्दूर लागेकोले त्यो हातको सिन्दूर पुछन खोज्दा अघिकी कान्छीले फ्याट्ट भनिहाली – “बेहुलीको सिउँदोमा नै पुछे हुन्छ नि।”

हुन त मैले “अरू खाली सिउँदाहरू छँदै छन् नि अगाडि” भनेर मुस्कुराउँदै प्रष्ट वाक्य छोडे पनि म माथिको उनीहरूको प्रहार तीव्रतर हुदै गएको अनुभव गरिरहेको थिएँ। प्रष्ट थियो – उनीहरू यो अनमेल विवाहको जिम्मेवार मलार्ई नै ठहर्यापईरहेका थिए र त्यसको बदला त्यही जग्गेमा लिन चाहन्थे।

दुलहीलार्ई ठाउँ सार्ने बेला भयो। निदाएको बालक बेहुलोले ठाउँ सार्न सक्ने कुरो थिएन। लोकन्ती समूह एक स्वरमा भनिरहेका थिए – “हाम्री बेहुली न उचाली ठाउँ सर्दिनन्।”

बेहुलीको यसमा समर्थन थियो वा थिएन भन्न सक्दिनँ। थिएन भने पनि लोकन्ती समूहले बलियोसँग समाएको र कसैले केही नभनी आफैं ठाउँ सर्न अलि शरम हुने हुनाले पनि ऊ आफ्नै ठाउँमा थिर्ई। स्थितिलार्ई बुझ्न सक्ने पूरोहितलार्ई लक्ष गर्दै मैले सोधें – “पण्डितजी ! विशेष परिस्थितिवस दुलाहाले बोकेर ठाउँ सार्न नसके के गर्नु पर्ला?”

पूरोहितले जवाफ दिन नपाउँदै एउटी लोकन्तीले भनिहाली – “बेहुलाको वारेसले सारे पनि हुन्छ।”

हाँसो हलल्ल छुट्यो। पूरोहितले पनि मुस्कान रोक्न सकेनन् र मुस्कुराउँदै जवाफ दिऊ – “बेहुलाले छोए मात्रै हुन्छ। बेहुलीले आफैं ठाउँ सरिदिदाँ भईहाल्छ नि। आजकल चलन पनि यस्तै छ।”

म अब बेहुलीको मुठ्ठीमा थिएँ। म बेहुलो भएको भए एकै छुवाईमा बेहुलीलार्ई आफैं ठाउँ सर्न लाउने थिएँ तर अर्काकी बेहुलीलार्ई मैले आफ्नै तरिकाले ठाउँ सर्न लगाउन सक्दिनथें र हुँदैनथ्यो। म सानोकाकाको वारेस भएर केही भन्न मात्र सक्थें र मेरो भनाईलार्ई बेहुलीले बेवास्ता गरिदिएमा लोकन्ती जमातको व्यङ्ग्य र अपमान म माथि खनिन आउने थियो। त्यसैले शब्दमा बढी जोड दिई, काम चलाउनु उपयुक्त ठानेर सानोकाकालार्ई भनें – “ल अब उठ। बेहुली ठाउँ सार्नु पर्छ।”

सानोकाका आँखा चिम्ली चिम्ली उठ्यो र म उसको पछाडि उभिएर उसका दुवै हात बेहुलीको कम्मरमा पुर्या ई दिएँ। बेहुलोले बोकेर ठाउँ सार्न सक्दैन भन्ने जान्ने दुलहीले उसले छोइदिई सकेपछि थपक्क ठाउँ सर्ने हो नि तर दुलहीले त्यो बुझेर पनि ठाउँ नसरे पछि उसले पनि मेरो अपमान गरेको ठानेर मलार्ई रिस उठयो। लोकन्ती त लोकन्ती भए बेहुली समेत मेरो अपमानगर्ने? मैले मर्यादाको सीमालार्ई नाघ्न कर लाग्यो र बेहुलोलार्ई केवल माध्यम मात्र बनाएर बेहुलीलार्ई उठाउन लागें। मेरो सबल हातको दबाव आफ्नो शरीरमा पर्नासाथ बिजुलीको झटका लागे जस्तै गरी बेहुली ठाउँ सरी र बेहुलीलार्ई ठाउँ सर्न नदिन उसलार्ई दरोसँग समाएर बसेकी एउटी लोकन्ती झट्काईले गर्दा अगाडि निहुरिन आइपुगी। मैले समयको सदुपयोग गरेर भनिहालें – “हाम्रो बेहुलोलार्ई त एउटी मात्रै बेहुली चाहिएको छ। तपार्ई त्यसै किन ठाउँ सर्नु भएको?”

यसपाली जन्ती तर्फका हाँस्न पछाडि परेनन्। लोकन्तीले केही लाज, केही ठट्टा र केही व्यंग्य मिसिएको स्वरमा भनी – “त्यस्तै बेहोराले त होला नि कसैले दुःख पाउने।”

बेहुला बेहुली ठाउँ सरेपछि म लोकन्तीहरूको बी

चमा परेको थिएँ। अब मेरो र उनीहरूको कानमा मात्र पुग्ने गरी उनीहरूले बोल्ने ठाउँ र मौका पाए। नजिकै बसेकी एउटीले सोधी

– ” तपार्ई बेहुलाको को?”

“भतिजो” – मैले सहज जवाफ दिएँ।

“अनि तपार्ई उमेरदारले बिहे नगरेर किन नाबालक काकाको पहिले बिहे गरिदिएको? – ” अघिकी कान्छीले सोधी।

“मेरो एउटा बिहे त भई नै सक्यो। अब दोश्रो बिहे गर्न तपार्ई तयार भए मात्रै।”-मैले मुस्कुराउँदै जिस्क्याएँ।

“हुन्छे, हुन्छे। तयार हुन्छे हाम्री कान्छी तर तपार्ईको नराम्रो बेहोरा देखेर हामी तपार्ईलार्ई दिंदैनों र पो त” – छिटो मुख गरेर अघि झण्डै लडने लोकन्तीले जवाफ दिई। “त्यस्तो नराम्रो छ र मेरो बेहोरा?”- मैले हाँस्दै सोंधे।

“आच्चे ! हामीले देखेनौं र? कर्मकाण्ड सबै आफू गर्ने, बेहुली अर्काकी रे। हाम्री कान्छीलार्ई पनि बिहे गरेपछि मैले त अर्कालार्ई बिहे गरिदिएको पो त भन्नु भयो भने?” – वाचाल लोकन्ती भन्न पछाडि परिन। सबै जना खित्का छाडेर हाँस्न नसकेर मुख छोपेर हाँस्न थाले।

“बेहुलो जो सुकै होस्, हामीलार्ई मतलब छैन तर हाम्री बेहुलीले दुःख पाई भने हामी तपार्ईलार्ई पो समात्छौं नि।” – वाकपटुले अझै मलार्ई छोडिन।

“लौ कस्तो अडको? ऊ ! बिहे एक जोडीको हुने, समाईने म?” – मैले ठट्टाको लवजमा भनें।

वाकपटु लोकन्ती मेरो भनाईलार्ई किन माथि पार्न दिन्थी? उसले जवाफ दिइहाली – “लौ, तपार्ई बेहुलाको वारेस होइन? वारेस भएपछि बेहुलोलेगर्ने नसक्ने काम तपार्ईले गरि दिनु परेन त? हाम्री बेहुली त ठुली भइसकेकी छन् नि।”

सबै जनाको हाँसो एकै चोटी फुत्कियो। उनीहरूको भनाईको इशारा बुझेर म लाजले रातो भएँ। जन्ती र लोकन्ती भाँडभैले हुन्छन् भन्नु हुन्थ्यो आमाले र जन्ती त चिनेको थिएँ लोकन्तीहरूलार्ई आज चिनें।

विधि विधान पूरा गदैं लैजादाँ प्रत्येक काममा म एउटी न एउटी लोकन्तीको ठोसाईमा परिरहें। बेहुलाले बेहुलीको हृदय छुनु पर्ने काममा सानोकाकाको हात समाएर त्यहाँ राखिदिएँ। अघिकी लोकन्तीले आफ्नो ओठलार्ई मेरो कानलार्ई छुवाउँदै भनी – “त्यो सबैभन्दा बढी दुःखने ठाउँमा छोएर बुझदिए मात्रै पनि हुन्छ।”

मैले टाउको घुमाएर ऊ तिर हेरें। उसको अनुहारमा ठट्टाको भाव नभएर चिन्ता देखेर मैले जवाफ पनि दिन सकिंनँ। उसको त्यो चिन्ता मैले बुझ्न पनि सकिंनँ। मैले त्यसप्रति सोच्नु कुनै आवश्यकता थिएन। रातभर विभिन्न रूप देखाइसकेका लोकन्तीहरूको यो रूप पनि मेरै खिल्ली उडाईरहेको थियो। म आफ्नो कर्तव्य पालनगर्दा गएँ र अन्ततः पूरोहितले “अब पूर्णाहुति गर्नु पर्योे” भने पछि म सानोकाकालार्ई त्यहीं सुताएर जग्गेबाट बाहिर निस्किएँ।

रिमझम बिहानी भएको थियो – १० हात परतिर आफ्नो अर्काको छुिट्टने। रातभरिको अनिदो भएकोले पहिलो भेटिएको मानिसलार्ई “धारो कहाँ छ?” भनेर सोधें र धारामा गएर मुख धोएँ, आखाँमा पानी छ्यपें। बिहानको चिसो हावा र पानीले निन्द्रालार्ई केही हटाइदियो तर टाउको भने गर्हुँोगों नै थियो। ५।१० मिनेट परसम्म घुमेर धारोमा फर्केर आउँदा अघिकी लोकन्ती कान्छी मुख धोएर गाग्रोमा पानी भर्दै थिर्ई। धारोमा हात धुने निहँु लिएर मैले उभिएर सोधें – “तपार्ई बेहुलीकी को?”

“म फूपूकी छोरी।” – कान्छीले निहुरेर नै जवाफ दिई।

“त्यसो भए मैले तपार्ई नै भन्नु पर्ने रहेछ। यो बिहेको लागि तपार्ईहरू मलार्ई दोष न दिनु होला। मैले भर्सक विरोध गरेको हुँ, तपार्ईले पनि विरोध गर्नु भयो होला तर हामी त्यो पुस्ताका मानिसहरू पर्यौं जहाँ हाम्रो विरोधको केही पनि अर्थ हुँदैन। निर्णय त हामीभन्दा माथिल्ला पुस्ताकाले गर्छन्। म लोकन्ते हुनु र तपार्ई लोकन्ती हुनु त कर परेर मात्रै हो।” – मैले आफ्नो स्थिति प्रष्ट्याउन चाहें।

“अरू त जे हुनु थियो भईहाल्यो तर तपार्ई यो बिहेमा नआउनु भएको भए सबै कुरा टुगिंएको थियो। तपार्ई आउनुचाहिं ठीक भएन।” – कान्छीले टाउको नउठाएर नै जवाफ दिई।

” किन? मैले के गरें र?” – मैले आश्चर्य मानेर सोधें।

“त्यसको जवाफ मैले होइन, समयले देला।” – कान्छीले गाग्रो उठाउँदै जवाफ दिई र हिड्नु अगाडि फेरि प्रसंङ बदलेर सोधी – “तपार्ईको बिहे भयो?”

“भईसक्यो।” – मैले छोटो उत्तर दिएँ।

“दुलही कस्ती, तपार्ई जस्तै हुनुहुन्छ?” – उभिएर मेरो आखाँमा हेरेर उसले सोधी।

“मभन्दा राम्री, मभन्दा असल।” – मैले हाँस्दै जवाफ दिएँ। कुनै उमेरदार केटीलार्ई आफ्नी स्वास्नीको बारेमा भन्नु पर्दा योभन्दा उपयुक्त जवाफ नै के हुन् सक्थ्यो र?

कान्छीले आफ्नो बाटो हिडदै मैले मात्र सुन्ने सक्ने गरी भनी – “कर्मचाहिं कस्तो लिएर आउनु भएको छ नै?”

कान्छीको भनाइ मलार्ई सुनाउन गरिएको प्रश्न हो वा आफैं उसको मुखबाट निस्किएको एउटा सोचाइ मात्र हो, मैले बुझ्न नसकेर एकछिन वाल्ल परेर उभिएँ।

म थाकेको थिएँ, अनिदो थिएँ। कुनै एकान्तमा गएर सुत्न चाहन्थें तर जन्ती घरमा सुत्न गए जेठो बूढो कुनै एउटा न एउटाले काम भेट्टाइहाल्ने थियो मलाई काम अर्हा उन र मेरो निम्ति न त्यहाँ एकान्त नै थियो। त्यसैले म सुविधा पट्टी नलागेर कटेरोको खाली परालमा गएर पल्टिएँ र एकैछिनमा भुसुक्क निदाएँ।

कति समय गयो थाहा भएन। कसैले “उठनोस् त, उठनोस् त” भनेको शब्द निकै बेर कानमा परेपछि म बिउझएँ। बाहिर झलमल्ल घाम लागिरहेको थियो। त्यसैले होला घामको पटाक्षेपमा उभिएका स्वास्नीमानिसका अनुहार मेरो भर्खर खुलेको आखाँमासम्म र नचिनिने देखिए। मैले त्यसलार्ई वास्ता नगरेर अर्को कोल्टो फर्कन खोजं तर मेरो काँधमा परेको हातले केही विरोधगर्दा भन्यो – “तपार्ई कस्तो मान्छे? कसैलार्ई यता जान्छु, उता जान्छु केही पनि भन्नु छैन। त्यस्तो सुत्ने मान्छेले ‘सु्त्छु’ भनेको भए अलि सजिलो ठाउँ पाउनु पनि सक्नु हुन्थ्यो नि।”

कहीं गए पनि फूर्सद न नपाइने यी गन्थनबाट। आमा भए त्यही कुरा भन्नु हुने थिई, बहिनी पनि त्यसैगर्ने थिर्ई र मेरी स्वास्नीको पनि भनाई त्यस्तै हुने थियो। खाली उनीहरूका भन्ने शब्द अलग अलग हुन् सक्थे, समय र परिस्थिति मात्र भिन्नै हुने थियो। घरमा त घरमा भयो यो परदेशमा पनि त्यही नै सुन्नु पर्ने? के नारीको सर्वव्यापी रूप नै यही हो? मलार्ई आखाँ खोल्न पटक्कै मन लागेन।

“होइन, के फेरि सुत्न लागिरहेको? तपार्ईलार्ई केही चिजको पनि पीर लाग्दैन कि के हो?” – अहिले बोल्नेको घच्घच्याई निकै दरिलो भयो।

मैले आखाँ खोल्नै पर्यो । आखाँ मिच्दै उठेर भनें – “किन? के भयो र?

“खै, के भयो? त्यो त हामीलार्ई पनि थाहा छैन। तपार्ईको सानोकाकालार्ई तपार्ई चाहि्यो रे।” – अर्कीले जवाफ दिई।

अब म प्रष्ट बिउँझसकेको थिएँ। मेरा वरीपरी कान्छी र अरू लोकन्तीहरू थिए तर उनीहरूको अनुहारमा अहिले गए रातको जस्तो लोकन्ती भावना थिएन। उनीहरू सामान्य दिदीबहिनीहरू जस्तै देखिन्थे जसलार्ई दाजुभाईप्रति माया पनि हुन्छ र ईर्ष्या पनि हुन्छ। अहिले उनीहरूका अनुहार कुनै अनहोनीका आशंका भए झैं सशंकित थिए। मैले सबैलार्ई आखाँ गाडेर पालै पिलो हेरें तर कसैको पनि गहिराई भित्र छिर्न सकिनँ – यो ठट्टा हो कि साँचो हो। तैपनि सतर्क भएर सोधें – “बेहुलाले खोजे जन्ती पो आउनु पर्ने मलार्ई फेला पार्न। तपार्ईहरू कसरी?”

सबैले मुखामुख गरेपछि कान्छीले जवाफ दिई – “के? कसरी? हामीलार्ई नसोध्नोस्। समाचार तपार्ईसम्म पुर्यादइ दिइ हाल्यौं। जानु नजानु तपार्ईको खुशी।” उनीहरू मलार्ई नपर्खी निस्के। म पनि अल्छी पाराले उठेर बाहिर निस्कें। बाहिर झमल्ल घाम देखेर म डेढ दुई घण्टा सुतेछु भन्ने लाग्यो। म सिधै जन्ती घरमा पुगरे सोधें – “बेहुलो खै त?”

“ए ! बेहुलो त अघि नै घर भित्र लगिहाले नि। हामीले त तिमी बेहुलोसँगै पो छौ होला भनी ठान्का थियौं त। त्यसो भए तिमीले त खान पनि पाएका छैनो होला” – सानोकाकाका मामाले जवाफ दिऊ।

म्ा नबोली निस्किएर बेहुली घर तिर लागें। बाटोमा भेटिएका बेहुली तर्फका साना ठुला सबैले मर्यादा गरेर मेरो बाटो छोडिदिए। १८ वर्षको उमेरमा यसरी सबैले सम्मान दिंदा गर्व पनि लाग्यो र अप्ठट्यारो पनि। त्यसैले गर्धन झुकाएर जाँदा सिकुवामा पहिलो देखा परेकी स्वास्नीमानिसलार्ई विनम्र भएर प्रश्न गरें – “हजूर ! हाम्रो बेहुलो कता छ होला?”

स्वास्नीमानिस अवाक् भएकीले उसको मुख हेर्दा मात्र उनी बेहुलीकी आमा रहिछन् भन्ने थाहा पाएँ। उनले टलपल आखाँले मेरो मुख हेरेर भनिन् – ” तपार्ई कहाँ जानु भएको थियो? कति भयो खोजेको।”

फेरि मेरो उत्तर नपर्खेर नजिकै भएकी केटीलार्ई लक्ष गरेर भनिन् – “जा। वहाँलार्ई दिदी भिनाजु बसेको कोठामा पुर्यारइदे।”

म्ा केही नबोली लुरुलुरु केटीको पछि लाग्दै भर्याखङ चढेर कोठा भित्र पसें। कोठा भित्र धेरै मानिस थिएनन्। एकातिर सानोकाका लम्पसार परेर सुतेको थियो र अर्को तिर भुईंमा ओछ््याइएको गलैंचा माथि बेहुली बसिरहेकी थिर्ई। बेहुलीको छेवैमा बसेर “दु्ख्ने ठाउँमा छोएर बुझ मात्रै दिऊ पनि हुन्छ” भन्ने लोकन्ती खुसुर पुसुर गर्न लागेकी थिर्ई र मलार्ई देख्ने बित्तिकै चुप लागी। बेहुली पट्टी एक दृष्टि दिऊ पछि सानोकाकाको छेवैमा बस्दै उसलार्ई सोधें – “के भयो? किन बोलाएको मलार्ई?”

सानोकाकाले छक्क पर्दै जवाफ दियो, – “अहँ। मैले त बोलार्ईन त तिमीलार्ई।”

सानोकाकाको जवाफ सुनेपछि आफू मुर्ख भएको थाहा पाएर मेरो मुखबाट अनायास नै निस्कियो – “धत फटाहीहरू कहींका।”

रहस्य केही पनि थाहा नपाएको सानोकाकाले झन जिल्ल परेर सोध्यो – “को फटाही भनेको?”

मैले खाटबाट उठ्दै भने – “कोही पनि होइन। तिमी थाहा पाउँदैनो यस्ता कुरा सबै। ल, तिमी अब बेहुलीसँगै बस। म जन्ती घर जान्छु।”

म फर्कनलार्ई ढोका तिर घुमें र बाहिर जान ढोका तिर बढें तर ढोकाको छेवैमा उभिएकी बेहुलीकी साथीले दुवै हातले ढोका छेकेर मेरो बाटो रोकी र भनी – “सबैले खाइसके। तपार्ईले मात्र केही पनि खानु भएको छैन। केही खाएर मात्र जानोस्।”

“सबैले खाए भने भईहाल्यो नि। मलार्ई त खान पनि मन छैन। खालि सुत्न पाए पुग्छ अहिले। ती केटीहरूले मलार्ई व्यर्थै उठाइदिए।” – मैले संयम साथ भनें।

उसले मैले मात्र सुन्ने गरी अपराधी स्वरमा भनी – “उनीहरूको तर्फबाट भएका अपराधको निम्ति म माफी माग्छु। उनीहरू पनि के गरुन्? बेहुलीलार्ई भोकै र बिम्झै राख्नुभन्दा त तपार्ईको गाली खानु उनीहरूको लागि बढी सजिलो र सह्य थियो।”

म जिल्ल परें र मेरा मनमा अनेकौं शंका, उपशंका र प्रश्नहरू जन्मे तर त्यो परिस्थितिमा सोध्न नसकिएर त्यसै मरेर गए र केवल यति मात्र भनें – “ल, ठीकै छ बेहुलीलार्ई पनि दिनोस्। म पनि खान्छु। बेहुलाले त खाए होइन?”

“खाइसक्नु भयो।” – जवाफ दिंदै ढोका छोडेर गई र खाना भाग लगाउन थाली। म बेहुलो सुतेको खाटैको छेउमा तल बसें।

मैले बेहुलीलार्ई नियालेर हेरेको थिइनँ र अहिले पनि आधा अनुहार घुम्टोमा नै छोपिएको हुनाले “बेहुली कस्ती छ?” भनेर भन्न सक्दिनथें। जो जति देखिएका अंगका भरमा नै अन्दाजगर्ने हो भने ऊ सुन्दरी नभए पनि नराम्री त पक्कै पनि होइन। एक कुरा मलार्ई सन्तोष लाग्यो-जे भए पनि बेहुलीको एक स्वभाव भने राम्रै देखियो आफ्ना पाहुनापाछा सबैलार्ई नखुवाई नखाने। सानी हजूरआमाले बुहारी राम्रै पाउनु भएछ।

मैले खान थाले पछि बेहुलीले पनि खान शुरू गरी। कोठा भित्र चार जना मात्र थियौं। बेहुला बेहुली दुवै न बोल्ने नै भए। बेहुलीकी साथी पनि नबोलेकीले मलार्ई बोल्न कर लाग्यो र सोधें – “मलार्ई त तपार्ईले चिनिहाल्नु भयो होला। तपार्ईचाहिँ बेहुलीको को?”

“भिनाजु त्यहाँ हुनुहुन्छ र मात्रै नत्र भनिदिने थिएँ म यसकी सौता भनेर।” – उसले बेहुलीलार्ई जिस्क्याउने पाराले जवाफ दिई।

“भाग्येमानी मान्नु पर्छ हाम्रो सानोकाकालार्ई यसरी एकै चोटी दुई दुई वटी पाउने।” – म पनि रसिक हुन् चुकिंन।

“एकै चोटी दुइवटी स्वास्नी वा दुइवटा लोग्ने त कि भाग्यवानीले कि अभागीले नै पाउँछन्।” – ऊ म जस्तो रसिक हुन सकिन अहिले।

उसको ओइलाएको रसिकपनपट्टि वास्ता नगरेर मैले फेरि प्रश्न गरें – “यो बाहेक तपार्ई दुइजनाका बीचमा अरू पनि त नाता हुन् सक्छ नि।”

“छ अरू पनि। नाताले म यसकी काकाकी छोरी। ५ दिनले यो दिदी मेरी। न्वारान भयो। मेरो नाम पार्वती राखे, यसको सुभद्रा अनि हामीलार्ई एउटै कोक्रोमा सुताएका रे अनि दुवै जनालार्ई यसकी आमाले नै दुध खुवाएकी रे। बिहे पनि सँगै हुनु पर्ने थियो, खै त्योचाहिं भएन। तर के भयो र? मुखले सौता भन्न त पाईन्छ नि। होइन?” – पार्वतीले हाँस्दै भनी।

“पाईन्छ। किन नपाईनु? भिनाजुले लान्छु नभनुन्जेल सबै कुरा भन्न पाइन्छ।” – मैले पनि हाँस्दै जवाफ दिएँ।

कुरामा अल्झिएकी पार्वतीले मेरो भागमा खाना सकिन लागेको नदेखेकीले बेहुलीले उसलार्ई कोट्याएर इशारा गरी। पार्वती मेरो भाग देखेर जिब्रो टोक्दै “आम्मै ! कस्ती म त? अलि खाने कुरा थपुँ है?” भन्दै खाने कुरा लिएर अगाडि आइपुगी। मैले दुवै हातले भाग छोपेर भनें – “भो, पुग्यो। भरे जन्ते बाख्रो खाने ठाउँ पनि बाँकी राख्नु पर्छ। होइन, सानोकाका?”

मैले सानोकाका तिर टाउको घुमाएँ तर ऊ त फेरि निदाइ सकेको थियो।

म कोठाबाट निस्किएर भर्याघङको टाउकोमा आइपुग्दा पार्वतीको विरह लाग्दो स्वर सुनियो – “ल तेरो भोको र अनिदोले पनि खाएर गयो। अब त सुकला हुन्छ होला नि महारानीको?”

भर्या ङको फेदमा आइपुग्दा त्यो घरका परिवार र रातका लोकन्तीहरू मजेरीमा उभिएर म तिर हेरिरहेका थिए- मुक्तिको बाटो थुनिएका अभिशप्त मानिसहरूले झैं निराश भएर। सो बेलामा जस्तो असजिलो मैले कहिले पनि अनुभव गरिनँ।
<b

r> बेहुली घरबाट जन्ती बिदा भएर हिंडे पछि बेहुली घरकी लोकन्तीको जिम्मा लागि। बाटोमा सानोकाका बेहुलीको छेवैमा पर्दैनथ्यो। सबैले उसैलार्ई नै जिस्क्याउने हुनाले ऊ बेहुलीको छेउमा पर्न चाहँदैनथ्यो। जन्ती आफ्नै सुरमा कि अघि कि पछि पर्ने हुनाले लोकन्ती मनमायाले मेरा बाबुलार्ई कराई – “ए, जेठा काजी ! कसैलार्ई त हामीसँग सँगै हिड्न लगाउनोस् न।”

मेरा बाले पनि अराउने मानिस मलार्ई नै फेला पारे – ” ए, जीवन ! तँ काकीसँग सँगै हिंड।”

४५ वर्ष नाघिसकेकी मनमाया फत्फताउँदै हिंडिरहेकी थिर्ई र म उसको कुरामा सही थाप्दै। बेहुली निहुरेर एकोहोरो हिंडिरहेकी थिर्ई। उसमा कुनै गुनसो थिएन। कहीं “बसु्ँ, थाकें” उसले भनिन। मनमाया या मैले सोधिएका प्रश्नको उत्तरसम्म पनि ऊ केवल ‘हो’ वा ‘होइन’ मात्र दिइरहेकी थिर्ई र मेरो सामु त अनुहार पनि देखाउँदिनथी। यसरी बिना कुनै गुनासो, बिना कुनै आपत्ति र बिना कुनै माग आफूलार्ई घसार्न सक्ने बेहुली कमै देखेको थिएँ मैले। दिनको तेश्रो प्रहर तिर भने बेहुलीको हिडाई मत्थर हुन् थाल्यो र ऊ खुट्टो खोच्याउन थालेकीले सोधें – “के भयो? किन खुट्टो खोच्याएकी?”

बेहुलीले आफ्नो हिड्ने क्रम नरोकी जवाफ दिई – “जुत्ताले खुट्टा दुःखायो अलि अलि।”

“नयाँ मोरो जुत्ताले जहिले पनि दुःखाउँछ।” – मनमायाले जुत्ताप्रति गुनासो गरी।

बेहुली हिंडदै गए पनि उसको हिंडाई एकदम ढिलो हुँदै गएको र उसको खुट्टो खोच्याउने क्रम पनि बढदै गएकोले मैले उसलार्ई रोकेर भने, – “ए, काकी ! खै एक छिन बस त। जुत्ताले कहाँ दुःखायो, हेरूँ।”

ऊ बसी तर जुत्ता फुकालिन। उसले लिएको ढिपीलार्ई अस्वीकारगर्दा म उसको खुट्टाको छेउमा घुँडा मारेर बसें र विरोधको वास्ता नगरेर खुट्टा समाउँदै भनें – “खै छोड, म हेरूँ।”

उसले अरू विरोध गरिन। उसको खुट्टा जरो आए जस्तै तातो थियो र कामेको पनि थियो। मैले जुत्ता फूकालें र मोजा निकालें। उसले “अलिअलि दुःखेको छ” भनेको खुट्टामा ठेलो उठेर उहिले नै फूटिसकेको थियो र घाउबाट जुत्ताले घोटिएर रगत बगिरहेको थिई, भर्खर लागेको चोटमा जस्तै। उसले सहन अनावश्यक दुःखलार्ई लुकाउन खोजेको देखेर उसको अनुहार हेरेर रिसाउँदै भनें – “अघि नै भन्नु पर्दैन ‘दु्ख्यो’ भनेर?”

उसले आफ्नो अनुहारमा पिडात्मक मुस्कान ल्याएर मलार्ई हेरी मात्र रही। मुखले केही पनि भनिन। उसको गोरो सलक्क परेको अनुहारमा केही पीडा र केही आनन्द देखिन्थ्यो, केही सन्तोष र केही विषाद थियो। त्यो बेला होइन, म आज अनुभव गर्छु कि उसको अनुहारमा लामो र अनिश्चित यात्रामा हिंडेको यात्री जस्तै भान थियो जो आफू बाहेक अरू कसैको भरोसागर्ने स्थितिमा छैन र जसको कुनै गहिरो आशंका आफू भित्र पाकिरहेको हु्न्छ जो कसैलार्ई ऊ आफ्नो भन्न सक्दैन र जो सानो तिनो दुःख कसैलार्ई देखाउन पनि चाहँदैन।

पछाडि परेका जन्ती र भरिया त्यहीं आएर बसे। बूढापाकाले कहींबाट जरीबुटी ल्याएर पिनेर दिए। मैले घाउमा जतनसँग लगाइदिएँ। काकाले कपडा ल्याएर दिनुभयो र भन्नु भयो, – “यो कपडाको पट्टी बाधी दे घाउमा।”

कपडा समाएर मैले भनें – “जुत्ता त अब लगाउन मिल्दैन। चप्पल निकाली दिनु पर्योन। जरो आए जस्तो पनि छ। घाउको पीरले होला।”

“चप्पल त निकाली दिन्छु। काकीलार्ई बिस्तारै भरथेगगर्दा हिड्नु पर्योन नि तैंले।” – काकाले आदेश दिनु भयो मानौं सबैको सेवागर्ने म नै थिएँ त्यहाँ। त्यसैले होला परदेशमा कान्छो कसैले हुनु नपरोस् भनेर भनेको – मन मनै सोचें मैले।

बेहुली हिडी तर उसको हिडाई उसले जति बल गरेपनि छिटो हुन् सकेन। जसै गरेपनि सबै जन्ती अगाडि नै पर्थे, अझ कहिले त भरियाले पनि उछिन्थे। मनमायालार्ई पनि हाम्रो सारमा हिड्न गाहारो परिरहेको थियो। त्यसमा पनि बेहुलीले उसकोभन्दा मेरो भर बढी लिन लागेकीले ब्यर्थको बोझ फेरि खनिन आउँछ कि भने झैं गरेर ‘ल है जीवन नानी ! काकीलार्ई बिस्तारो बिस्तारो लिएर आउनु होस् है। म माथि पानी खाने ठाउँमा पर्खन्छु।’ भनेर अघि लागी।

बिस्तारै बिस्तारै १।१ पाईला गर्दागर्दा पनि हामी दुई जना पछाडि पर्दै गयौं। माथि चौतारीमा त सबैजना पर्खेर बसेका होलान् तर बाटोमा हामी दुई जना मात्र थियौं। हिजोसम्म न हाम्रो चिना पर्ची नै थियो, न भोलि हाम्रो बाटो एउटै हुने थियो तर हामी सँधैसँधै सँगै हिड्ने बटुवा जस्तै एक अर्काको ‘स्वाँ, स्वाँ’ सुनेर हिंडिरहेका थियौं। हुन त बेहुली आफ्नो शिथिलता देखाउन चाहन्नथी तर रात भरीको अनिदीं, हिडाईको थकाई र घाउको दुःखाई तीनवटाले गर्दा ऊ चाहेर पनि आफ्नो कमजोरी लुकाउन सक्दिनथी। ऊ जहाँ उभिई त्यहीं नै निदाउन खोज्थी र थाहै नपाई मेरो भरमा अडिन्थी। उसको त्यो चाला देखेर मैले भनें – ” तिमीले बिहान एकछिन भए पनि सुत्नु पर्थ्यो।”

“तपार्ईलार्ई खान पर्खेर बसें।” – उसले हिंडदै भनी।

“त्यस्तो सबैलार्ई पर्खेर साध्ये हुन्छ?” – मैले विरोध गरें।

“यी अहिले नै हेर्नोस् न। सबैले मलार्ई छोडेर गए तर तपार्ई ती सबैमा किन पर्नु भएन?” – सुभद्राले एकाएक टक्क अडिएर शून्य आखाँले मेरो अनुहारमा हेरी र केही निमेष पछि नै फेरि पाइला चलाएर भन्दै गई – “मैले खोज्न नपठाएकी भए तपार्ई खान पनि आउनु हुने थिएन।”

म अनुभव गर्न थालें कि कहीं केही गल्ती भइरहेछ, कुनै कुराको गलत अर्थ लागिरहेको छ। त्यसैले मैले आफ्नो र सुभद्राको वास्तविक नातालार्ई प्रष्ट्याउनु आवश्यक भएको थियो।

“हेर। हाम्रो यो सम्बोधन पनि अलि मिलेको छैन। मैले तिमीलार्ई “तिमी” नभनेर “तपार्ई भन्नु उपयुक्त होला।” – मैले ऊ सँगको मेरो साइनो सम्झाउन भनें।

“तपार्ई तपार्ईको सानोकाका लार्ई ‘तिमी’ भनेर बोलाउनु हुन्छ। अझ धेरै माया गरेरभन्दा त ‘तँ’ पनि भन्नु होला। मेरो लागिचाहिं यो ‘तिमी’ शब्द पनि किन यति गह्रौं लाग्यो तपार्ई लार्ई? मलार्ई त अझ ‘ तँ’ भने पनि बढी आनन्द लाग्ने थियो।” – उसले याचक स्वरमा भनी।

“तिमी भने म भतिजोलार्ई पनि ‘ तपार्ई’ भनेर सम्बोधन गर्छ्यौ। कहीं मिल्छ त यो?” – मैले आफ्नो विरोध जनाएँ।

“तपार्ई भतिजो त तपार्ईको सानोकाको। मेरो त भतिजो होइन।” – उसले आफ्ना शब्दमा जोड दिएर भनी।

“भएको नाता नभए म तिम्रो को त?” – मैले नबुझेर नै सोधें।

“तपार्ई को भनुँ मेरो? तपार्ईको र मेरो साइनो नै छैन। सबै साइनो मेटेर तपार्ई मेरो सामु उभिन आउनु भएको थियो। अब ती मेटिएका साइनो म कहाँ खोजेर पाऊँ?” – सुभद्राले नअडिएर अगाडि नै पाइला बढाउन बल गर्दै भनी।

“तिमीले भन्न खोजेको बुझनँ, सानीकाकी, मैले। कस्तो हो यो मेटिएको साइनो?” – मैले केही नबुझेर सोधें।

सुभद्राको पाइला अडियो। बलैले चालिएका पाइला बराबर अडनु स्वाभाविक थियो। उसले आफ्नो अनुहारमा आएको भावलार्ई म तिर नदेखाई भनी, – “कुनै न कुनै बेला कहीं न कहीं मलार्ई भन्न करै लाग्ने थियो। त्यो कुरा आजभन्दा कस्ती निर्लज्ज बेहुली? भन्नु होला तपार्ईले। त्यही मात्र पीर लाग्छ तर अब सोधी सकेपछि कसरी न भनूँ?”

उसले लामो सास फेरी मानौं धेरै कुरा भन्न ऊ आँट बटुल्दै थिर्ई। म पर्खेर उभिई रहें। एकछिन पछि ढिलो पाइला सार्दै ऊ भन्दै गई – “म त्यो सुभद्रा हुँ जो तपार्ईको नाममा दत्ता र त्यक्ता भएँ। मलार्ई माग्नु र त्याग्नुमा अघिल्ला पुस्ताका आफ्नै धारणाहरू होलान्, यसमा त म केही भन्न सक्दिनँ तर मैले आफ्नो छाती भित्र तपार्ईको काल्पनिक छायाँ पालेर माया गर्न सिकें, काल्पनिक विश्व सिर्जना गरें र त्यही काल्पनिक संसारकी साम्राज्ञी आफूलार्ई बनाएर मेरा कुमारी चाहनाहरूमा वासन्ती रङ भरिदिएँ। तर भताभुङ्ग भयो मेरो संसार। कसरी? यो प्रश्न मसँग न सोध्नोस्। मेरा बाँच्ने चाहना त त्यही बेला मरिसकेका थिए तर मानिस इच्छामरण पाउन कहाँ सक्छ र? बाँच्नु मैले पर्योम नै तर झनझन पीडित भएर, झन झन अपमानित भएर। अघिल्लो पुस्ताका दम्भका बाजीमा फेरि म कसैलार्ई दिइएँ, कसैको निम्ति म फेरि दत्ता भएँ। त्यो पुस्ताका मानिसहरूले यसरी पटक पटक लिनु र दिनको परिणाम बुझ्न सकेनन्। मेरो छातीका भावना चिन्न सकेनन्। मेरो विरोधको त के कुरा आमाको अनुरोध सम्मले पनि ठाउँ पाएन। विधिको निर्दयी प्रहारमा परेकी म आफ्नो ध्वस्त संसारको भग्नावशेषलार्ई छातीको एक कुनामा मृत्यु पर्यन्तको लागि थन्क्याएर फेरि नयाँ संसार बनाउन थाल्ने थिएँ होला, तर एउटा नाबालकको वारेस भएर ध्वस्त संसारको भग्नावशेषमा टेक्न आइ पुग्न भयो तपार्ई।”

एकदिन सास फेर्न उभिएर पछि ऊ फेरि भन्दै गई – “तपार्ई छायाँ बनेर आउनु भयो तपार्ईको सानोकाकाको छायाँ, एउटा बेहुलोको छायाँ। मेरा घाँटीमा स्वयंवरको माला, गलामा यो पोते, सिउँदोमा भरिएको यो सिन्दूर कसले दियो मलार्ई? तपार्ईको सानोकाकाले त ‘ममः’ पनि भनेको छैन होला, छोएको मात्रै होला। उसको अँगालोमा म अटाउन सकिंनँ तर तपार्ईको विशाल अँगालोमा हामी दुवै जना अटायौं। कन्यादानमा दिइएको मेरो हात उसको हातले थाम्न सकेन, तपार्ईले थामि दिनु भयो। कसैको छायाँ भएर, कसैको वारेस भएर एउटी त्यक्ताको हात थाप्न किन आउनु भयो तपार्ई? मलार्ई त तपार्ईंले त्रिशंकु बनाएर उभ्याई दिनुभयो अनि सोध्नु हुन्छ तपार्ई नै ‘सबैले खाइसकेकै थिए मलार्ई किन कुर्न पर्थ्यो? खुट्टा यसरी दुःखे पछि भन्नु पर्दैनथ्यो?'”

“सुभद्रा ! तिमी त्यही केटी हौ भनेर मलार्ई कसैले पनि भनेन।”

“होला। तपार्ईलार्ई थाहा थिएन होला। तपार्ईको चरित्रप्रति म शंका गर्न सक्दिनँ र तपार्ईलार्ई दोष पनि दिन्न। तपार्ई र म त अघिल्लो पुस्ताका विवेकहीनताका जाँतामा पिनिएका मानिसहरू। आफूलार्ई अर्कोभन्दा उच्च ठान्ने हाम्रा बाबुहरूको गर्वले मलार्ई त्यक्ता बनायो र त्यही परिवारमा छोरी दिएर यो परिवारको कसैको पनि बिहेमा नगरिएको भव्यता तपार्ईलार्ई देखाइदिने मेरा बाबुको घमण्डले तपार्ईलार्ई वारेस बन्न बाध्य गरायो। मैले तपार्ईलार्ई प्रत्यक्ष देखेपछि म भित्र आएका आँधीबेरीका मुस्लाले मलार्ई लतार्दै लान थाले पछि वहाँलार्ई आफ्नो भूलको आभाष त भयो होला तर केगर्ने अब पछुतो नै गरे पनि? कालचक्र आफ्नो विधान विपरीत उल्टो घुमेर उही पूरानो दाँतीमा गएर मिल्न सक्दैन।”

“अब के हुन्छ त, सुभद्रा?”

“थाहा छैन। थाहा पाउँने चाहनासम्म पनि छैन। म त एक छाक तपार्ईलार्ई मेरो हातले खुवाउँदा जिन्दगी भर भोकी बस्नु पर्छ भने पनि खुवाउने छु। तपार्ईका पदचापहरू सुनिरहन यो मासु फत्फति कुहाउँदै अनन्तसम्म जानु पर्छ भने पनि एक पटक पनि पछाडि नफर्की तिनै पदचापहरू सुन्दै जाने छु। घाउ त कहीं भित्र पो छ त जहाँ म आफै पनि सुम्सुम्याउन पुग्न सक्दिनँ। दुःखाइ त प्राणवायु मात्र पुग्न सक्ने धेरै गहिराइमा छ। मेरो निम्ति त ‘बाचूँ’ भन्ने आधार पनि छैन, ‘मरूँ’ भन्ने सुख पनि छैन।” सुभद्राको स्वर काम्दै गएकोले उसको मानसिक उत्तेजना बढेको अनुभव गरें मैले।

मैले केही जवाफ दिन सकिनँ। दिने कुरा पनि थिएन। उसले मलार्ई दोष दिएकी थिइन, बरू दुवैलार्ई एउटै अन्यायको सिकार ठानेकी थिर्ई। यसको अर्थ यही थियो कि उसले मेरो घर परिवार बारे धेरै सुनेकी छ , बुझेकी छ। अब मलार्ई लाग्यो त्यो बाटो हामी दुई जना मात्र हिडिंरहन सक्दैनो। यसरी नै हिडिंरह्यौं भने सुभद्रा असामान्य स्थितिमा पुग्न सक्छे। सुभद्राको हिंडाई एकदम बन्द भईसकेको थियो। ऊ केवल बीच बीचमा बर्बराइरहेकी थिर्ई – “यी पदचाप सँधै यस्तै भए हुन्थ्यो। यस्तै असीम, यस्तै अनन्त।”

मैले अगाडि बढेर उसको पाखुरा समाउँदै भनें – “सुभद्रा !”

सुभद्राले टाउको घुमाई। उसका आखाँ कहीं शून्यबाट आएर मेरो अनुहारमा अडिए र अवचेतनामा विस्फारित आखाँ मेरो अनुहारमा गाडेर मलार्ई एकाएक देखें झैं गरी। लखबरिएको स्वरले> भनी – ” तिमी?” र दुःखमा पनि आफूलार्ई बलैले अड्याई राखेको व्यक्तिले हठात् कुनै सहायता आइपुग्दा आफू माथिको नियन्त्रण हराए झैं ऊ मेरो हातमा नै बेहोश भई। विकट परिस्थितिमा हुन् सक्ने प्रतिक्रिया अनुरूप मैले हामीभन्दा केही अगाडि हिंडिरहेकी मनमायालार्ई कराएँ – “मनमाया दिदी ! बेहुलीलार्ई सन्चो भएन।”

मेरो स्वरको त्रास सुनेर र दुवै हातले बेहुलीलार्ई उचालेर सयाँल तिर लान लागेको देखेर मनमायाले आफूभन्दा पर देखिएको भरियालार्ई कराई – “ए, साने। ठूलो काजीहरूलार्ई बेहुलीलार्ई सन्चो भएन, आउनु रे भन् त।”

मनमाया आएर खाष्टोले हम्कन थाली र म नजिकैको पानीमा रुमाल भिजाएर पानीपट्टी दिन थालें। मेरा बा, काका र सानोकाकाका मामा आइपुग्दा हामी यही प्रक्रिया दोहोर्यांइ रहेका थियौं। सजिलोको निम्ति मैले सुभद्राको टाउको काखमा लिएँ। जरो यति धेरै थियो कि उसको टाउकोको छुवाईले मात्र पनि मलार्ई पोलिरहेको थियौ। मामाले आउने बित्तिकै सोधे – “के भयो, हँ?”

मैले पानीपट्टीलार्ई अर्को तिर फर्काउदै जवाफ दिएँ – “हिडदा हिडदै झण्डै ढलिन् र समाएँ। जरो उग्र रहेछ। यहाँ आइपुग्दा त बेहोस नै भइन्।”

“झन उति माथि तँलार्ई अलि भर दिएर ल्याउनु है भनेको होइन मैले?” – बाले बेफ्वाँकमा रिसाउने ठाउँ पाउनु भयो।

“बीचरा जीवन काजीलार्ई दोष लाउन त पाप लाग्छ है, जेठा काजी। खुट्टै चलाउन नसक्नेलार्ई बोके जत्तिकै गरेर यहाँसम्म ल्याउनु भयो।” – यस पटक मनमायाले मेरो समर्थन गरी।

मामाले कुरा अरू बढन नदिन भने – “हो त नि। के गरोस् त बीचराले? जरो बढेको उसले रोक्न सक्दैनथ्यो। बरू बेहुलीलार्ई बास बस्ने ठाउँसम्म पो कसरी पुर्यासउने? यसै राख्न हुन्न। डोली खोज्न पठाउनु पर्यो्।” उनी डोलीको बन्दोबस्त गर्न लागे।

मैले सह्योगको निम्ति सबैको मुख हेरें तर कोही पनि अगाडि सरेन। केवल सानेले आफ्नो मैले टोपीमा पानी ल्याइदिने प्रयास गरिरह््यो र मनमायाले पछ््यौराले हावा दिई रही। सुभद्राले रात भर जग्गे कुरेर र घुमेर नाता जोडेका नातेदारहरू रमिता हेरिरहेका थिए र भारी बोकेर र ज्यालादारीबाट कमाएर खानुपर्ने साने र मनमाया उसलार्ई बचाउन अथक प्रयास गरिरहेका थिए। यो देखेर मानिसले बनाएका कृत्रिम नाताप्रति मलार्ई घृणा भयो।

मलार्ई थाहा थियो – सुभद्रा मर्न चाहन्थी, क्षणिक आनन्द सँधैको निम्ति लिएर जान चाहन्थी। मानौं ऊ मलार्ई त्यही सुनाउन मात्र बाँचेकी थिर्ई। आफ्नो सामाजिक दम्भ पूरा गर्न सुभद्राका बाबुले एउटी छोरीलार्ई आहुति दिएका थिए, मेरा बाबु त्यस्ता सयौं सुभद्रा मर्न दिन सक्थे र सानाकाकाका मामालार्ई एउटी सुभद्रा नहुँदा केही अन्तर पर्ने थिएन। सानोकाका रहुन्जेल त्यस्ता भान्जे बुहारी कति आउन सक्थे कति। तर म सुभद्रालार्ई यसरी मर्न दिन चाहन्नथें। मर्नु त एक दिन न एक दिन सबैलार्ई पर्छ तर बेवारिस भएर, एक्लै भएर होइन। माया गर्नेहरूको बीचमा मर्न पाउनु पनि मानव अधिकार हो र म उसलार्ई त्यही अधिकारसम्म पुर्याेउन चाहन्थे।

करीब १० मिनेटको प्रयास पछि सुभद्राले आखाँ खोली र मेरो अनुहार सामु परेकोले हो वा अरू केहीले हो फेरि आखाँ चिम्ली। तर त्यसको केही क्षण मै झल्यास बिउजे झैं गरेर आखाँ खोल्दै उठ्न खोजी। मैले उसको कुममा हात राख्दै भनें – “न उठ। तिमीलार्ई सन्चो छैन।”

उसले आखाँ घुमाएर चारै तिर हेरी र जेठाजु, मामा, ससुरा सबैलार्ई देखेर याचनाको स्वरमा बिस्तारो भनी – “मलार्ई उठ्न दिनोस्।”

मैले दृढ स्वरमा जवाफ दिएँ – “अरू बेला त मेरो केही भन्नु छैन तर यो अवस्थामा त मैले पनि आदेश दिन मिल्छ। त्यसैले यो मेरो आदेश हो तिम्रो निम्ति।”

माईतबाट बिदा भएर निस्कँदा पनि नरोएकी सुभद्रा आखाँ बन्द गरेर बिना आवाज रोइरही। यसको अर्थ अरूले के लगाए, थाहा छैन र म जुन स्थितिमा थिएँ त्यसमा मैले अर्काको विचार वास्तागर्ने जरूरत पनि ठानिनँ।

करीब आधा घण्टा पछि डोली आइपुग्यो र बेहुलीलार्ई त्यसमा हालेर हामी बाटो लाग्यौं।

रात भरि सुभद्रा प्रचण्ड जरोमा बेहोश भइरही र म पनि रात भर नै पानी पट्टी दिएर बसी रहें। पालै पालो कुर्ने भनेर भनिए तापनि कुनै पनि कुरुवाले निन्द्रालार्ई रोक्न सकेन। अघिल्लो रात पनि राम्रोसँग सुत्न नपाएका जन्तीले नसुतेर बस्न पनि सम्भव थिएन। मानिसलार्ई कुनै मोह, माया र कर्तव्यवोधले वाध्य गराउछ तर कोसँग थियो र सुभद्राप्रति माया, मोह र ऊप्रति कर्तव्यबोध र कुर्न सक्थ्यो रात भरी? एकदिन अगाडि भएको भए म पनि कुर्न सक्ने थिइनँ होला। सुभद्राले एक बिहान मेरो निम्ति न खाएर, न सुतेर कुरेकी थिर्ई – म सद्धे भएको बेला – जो मेरी स्वास्नीले पनि गरेकी थिईन र त्यसको बदलामा पनि जीवन र मृत्युको दोसाँधमा अडेकी सुभद्राको कुरुवा बनेर बस्नु परेकेा थियो मैले र मेरो निम्ति त्यो कुरा कष्टदायक भएन।

बिहानी पख जरो केही घटे पछि सुभद्राले पानी मागी। मैले बिस्तारै दाहिने हातले सुभद्रालार्ई उठाएर उसलार्ई आफ्नो छातीमा अड्याएर पानी खुवाई दिएँ कचौराले। सुभद्राले एकै सासमा पानी सिध्याई र फेरि मागी। मैले कचौरामा पानी खन्याएर खुवाई दिएँ। उसले लामो सास फेरि र एकछिन दम लिएर सोधी – “कति बेला भयो?”

“उज्यालो हुनै लाग्यो।” – मैले उसलार्ई सुताइ दिदैं भने।

“त्यसो भए तिमी आज रात भरी पनि सुतेका छैनौं।” – उसको क्षीण भनाईमा पीडा थियो।

“सुतें नि। हामी पालो पालो गरेर सबै सुतेका।” – मैले उसलार्ई सान्त्वना दिदैं भने।

उसले नपत्याएर आखाँ चिम्लँदै भनी – “शायद धेरै अगाडि मर्नु पर्ने थियो म। बाँचेर नै अपराध गरिरहेकी छु।”

केही छिन पछि मनमायाले पालो दिएकीले म एउटा गुन्द्रीमा गएर पल्टिएको मात्र थिएँ भुसुक्क निंदाएछु र बिहान घाम चर्के पछि मात्र बिउँझएँ। यहाँ कोही पनि थिएनन्, केवल सुभद्रा मात्र आखाँ चिम्लेर सुतिरहेकी थिर्ई। निदाएकी थिर्ई वा थिइन मैले त्यो जान्न नखोजी बाहिर निस्कें।

अर्को ठाउँमा खाना खाने लेठो गर्नुभन्दा त्यहीं नै खाना खाने निधो गरेकोले खाएर हिंडदा बिहान बितिसकेको थियो। यसै पनि त्यही दिन घर पुग्ने कुरा नभएकोले समाचार पहिले नै गईसकेको थियो र कसैलार्ई हतार थिएन। बेहुलीले “म हिड्न सक्छु” भनेर जोड गरे पनि कसैले उसलार्ई हिड्न दिन मानेनन्। सानोकाकालार्ई बेहुली सँगै हिड्नु पर्छ भनेर कति जोड गरे पनि ऊसँग सँगै कसै गरे पनि हिंडदैन्थ्यो या अगाडि लाग्थ्यो वा पछाडि। उसलार्ई लाज लाग्थ्यो सँगै हिड्न। बूढापाकाहरू आफ्नै गफको सुरमा हिंडिरहेका थिए। जन्तीले छोडेर गएकोले हो वा मेरा पाइलाले साथ नदिएकोले हो म जन्तीभन्दा पछाडि पर्न लागें र भरियाहरूभन्दा पनि पछाडि परें। मलार्ई प्रत्येक चौतारोमा, प्रत्येक सजिलो ठाउँमा थकाइ मार्न मन लाग्थ्यो। दुई रातको निन्द्रा, थकाई र त्यो समयमा पर्न आएको मानसिक अन्योलले गर्दा केही सुस्ताउन एउटा चौतारीमा पल्टें। बिहेमा लोकन्तीहरूले गरेका व्यंङयहरूले मेरो पौरुषत्वलार्ई चुनौती दिएका थिए र यसले सुभद्राको माइतीमा म बारेका धारणाहरूको दायरा झल्काउथ्यो। सुभद्राप्रति मेरो सहानुभूति त थियो, प्रेम थिएन तर सुभद्राको व्यवहार एउटी त्यक्ता पत्नीको पति प्रतिको व्यवहार जस्तो देखेर म स्तम्भित भने अवश्य भएको थिएँ। उसले मबाट कुनै आशा राखेकी थिईन, न कुनै चीजको माग नै मसँग गरेकी थिर्ई। उसले मलार्ई जो सुनाई त्यो शायद ऊ भित्र अटन नसकेर पोखिएका भागहरू थिए या आफ्नो छातीलार्ई केही हलुका बनाउन छादिएका रगतका फाल्साहरू थिए। त्यो बेला त ऊ आफ्ना अतितका सुख दुःखका सहभागीहरू सँधैको निम्ति छोडेर आएकी थिर्ई – आफ्नो अतितको गह्रौं भारीलार्ई थाप्लोमा राखेर भविष्य भोग गर्न र आफ्नो साँघुरो घेरा भित्र पाकेर मर्न।

मेरो कुनै निदाउने चाहना त थिएन तर म निदाएछु। बिउँझेर घामलार्ई हेर्दा लाग्यो २।४ घण्टा त सुतं होला। म जति नै छिटो हिंडे पनि जन्तीलार्ई भेट्न अरू २।४ घण्टा लाग्ने कुरा निश्चित थियो र डाँडा तिर झर्न लागेका घामले त्यति लामो उज्यालो दिने भरोसा थिएन। फेरि जंगलको बाटो पर्ने हुनाले म एक्लोको निम्ति बाटो त्यति निरापद पनि थिएन। म हतार हतार गरेर हिंडे पनि आधा जंगल नपुग्दै अन्धकारले घम्लङ छोप्यो। छामछुमगर्दा हिड्नु परेकोले मेरो प्रगति कम भएको थियो। त्यसमा पनि यो बनमा चोर, डाँका र बाघ, भालू लाग्छ रे भन्ने सुनेकोले मुसाले निकालेको ‘छ्वास्स’ आवाजमा पनि मन झस्किन्थ्यो। तैपनि मनलार्ई दरो बनाएर अधि बढिरहेको थिएँ। एकै छिनमा पछाडि कसैको पदचाप सुने जस्तो लाग्यो मलार्ई र सोंधें -‘को हँ?’ जवाफ कसैले दिएन। फेरि ती पदचाप सुनेर उभिनुभन्दा पाइला चाल्दै जानु उचित ठानेर हिंडदै गएँ। पदचाप झन झन नजिकै आउन थाल्यो किनकि नचिनेको नौलो बाटोमा मेरा पाइला छिटो हुन् सकेनन्। आफूलार्ई पछ््याउने पदचापबाट टाढा हुन् म दौडन थालें तर २।४ कदम नबढदै अल्भि्कएर लडें। म उठदा उठदै कुनै गर्हुलङों चिजको आघात टाउकोमा पर्योर र गहिरो दुःखाई पछि म बेहोश भएँ।

सुभद्राको भनाई – १

म्ा बिरामी थिएँ त के भयो? हिड्नै न नसक्ने बिरामी त थिर्ईनँ म। म जति सक्थें हिड्ने थिएँ। कसैले साथ दिऊ बेसै हुने थिई, न दिऊ मेरा पाइला रोकिने थिएनन्। तर पनि बेहुलाका मामाको जिद्दी अगाडि मेरो केही पनि लागेन। यदि म बेहुली नभएकी भए त्यो जिद्दीलार्ई पनि टेर्ने थिइँन होला तर अहिले परिस्थिति नै अकैं थियो। यसै त बेहुलीले डोली चढनु पर्ने त्यसमा पनि बिरामी भए पछि न चढी सुखै भएन।

डोलीमा चढनु अगाडि चारै तिर आँखा घुमाएर हेरें तर ऊ कहीं पनि देखिएन। शायद ऊ अगाडि लागि सकेको थियो या पछाडि आउने सुरले कहीं बसिरहेको थियो। उसको अनुपस्थितिले मलार्ई निस्सहाय र एक्लो बनाइदियो।

उसलार्ई कम दुःख भएको थिएन। मेरो माइतीका उमेरदारहरूले उसलार्ई दोषी बनाएर व्यङय र कटुवचन लगाएका थिए हरेक पाइलामा। मेरा दाजुले हुने भए त्यही कुटेर मार्ने थिए। मेरो बाबुले आफ्नो धाक, रवाफ देखाएर उसैलार्ई चोट पुर्या उन खोजेका थिए। अरू त अरू मेरी आमासम्मले पनि उसलार्ई ‘मेरी छोरीको मूल परेको मान्छे’ भनेर आरोप लगाइकी थिइन्। गाउँका केटा त्यही जग्गेमा धुल्याउनु पर्छ उसलार्ई भनेर तम्सिएका थिए। ‘यदि उसलार्ई सिन्का जत्रो घाउ पनि कसैले लगायो भने म झुण्डिएर मर्छु।’ भन्ने धम्की मैले नदिएकी भए कसै न कसैले केही न केही त गर्ने नै थियो। तैपनि केटीहरूले उसलार्ई बचन लाउन चुकेनन् र ऊ पनि निर्दोष भएर र केही थाहा नभएर पनि एउटा संयमशील व्यक्ति झैं सहेर बस्यो। मसँग सम्बन्धित सबै आवेशमा थिए। मैले पनि हिजो उसलार्ई जे जति भने आवेशमा नै भनें। आफ्नो मनको भारी बिसाउन भनें। त्यो भारी ढुंङोमा बिसाएको भए पनि हुने थियो तर जिउँदो मानिसको छातीमा बिसाउन पाउने स्वार्थ मैले पनि त्याग्न सकिनँ। आफ्नो मनको भारी त मैले हलुका पारें तर जुन काममा उसको दोष नै थिएन त्यो दोष मैले ऊ माथि थोपरिन त दिइँन?

“ए, केटा हो ! पालो पालो गरेर बोक है बेहुलीलार्ई। जंगलको बाटो निकै लामो छ नि। उज्यालैमा जंगल काटेर पारी पुग्नु पर्छ।” – डोलेहरूलार्ई सानोकाकाको मामाले आदेश दिएको सुनियो। डोलेहरू छिटो छिटो पाइला चाल्न थाले। म डोली भित्र जरोले कामी रहेको थिएँ। मलार्ई लाग्थ्यो – उसको चिसो हातले यसो मेरो निधारसम्म छोई दिऊ कति शीतल हुने थियो। कम से कम आएरसम्म त सोधोस् – “तिमीलार्ई कस्तो छ?” कति पाइलाहरू डोलीको छेउबाट भएर जान्थे, कति स्वरहरू सुनिन्थे। कोही कहिले गीत गाउँथ्यो, कसैले श्लोक हाल्थ्यो र कहिले ठट्टाको हाँसो चल्थ्यो। उसको सानोकाकाको केटाकेटी हाँसो र उसलार्ई जिस्क्याउने लाठे आवाज सुनिन्थे तर न उसको पदचाप सुनिन्थ्यो, न आवाज नै।

जरोले ग्रस्त बेहुली म होस र बेहोस मा वार पार गरिरहेकी थिएँ। मलार्ई आफ्नो बारेमा केही भन्नु पनि थिएन, केही सोच्नु पनि थिएन। न ममा माइती छोड्नु पर्दाको दुःख थियो, न पराइघर जानु पर्ने अत्यास। म सपना देख्दै थिएँ वा बेहोशी मै सोच्दै थिएँ, त्यो पनि भन्न सक्दिनँ।

“सुभद्रा ! ऊ पनि आएको रहेछ।” – पार्वतीले जन्ती आएको एकै छिन पछि आएर ‘स्वाँ स्वाँ’ गर्दै भनी।

ए ! आएछ? -मैले सोचं -उसले न आई सुखै पाउँदैनथ्यो। उसलार्ई ल्याउन नै यत्रो जाल झेल र प्रपन्च रचिएको थियो। आखिर ऊ पनि त सामाजिक मर्यादा भित्र बाँधिएको मानिस हो। उसलार्ई उम्कन कसरी दिन्छन् र?

“मान्छे त राम्रो होइन। काले काले नै रहेछ। खबटे पनि। बरू बेहुलो पो राम्रो पुक्क परेको” – पार्वतीले थपी। ऊ मेरो प्रतिक्रिया सुन्न चाहन्थी।

तर मसँग प्रतिक्रिया नै के हुन् सक्थ्यो र? त्यो काले काले खबटे गालाको हुने मानिसभन्दा त पक्कै पनि गोरो र पुक्क गाला हुने १२।१३ वर्षको बेहुलो राम्रो त हुनै नै भयो। आमाको दुध खाँदै गरेको बालक त झन बोकेर, माया गरेर गालामा ‘च्वाक्क’ म्वाई खाउँ जस्तो हुन्छ।

“सबै जना उसलार्ई मात्र काम लगाउँदा रहेछन। यसो गर, उसो गर, जीवन।” – कान्छी समाचार लिएर आई।

“मानिस कम होलान् नि कामगर्ने।” – मेरो मुखमा सामान्य प्रतिक्रिया आयो।

“छन त अरू पनि छन् तर उसलार्ई मात्र किन लाउने होला?” – कान्छीले मेरो प्रतिक्रियाको विरोध गरी र थपी – “अहिले साइपाटा लिएर पनि आउने रे।”

म आन्दोलित भएँ। म उसको सामु पर्न चाहन्नथे, उसलार्ई हेर्न चाहन्नथें, भेट्न चाहन्नथें। त्यो दिनसम्म म भित्र खील भएर बसेका सम्झना र सपनाहरू आउँदो जग्गेमा आहुती दिन चाहन्थे म।

ओहो ! डोली पनि आगो जस्तै तातो भएर आयो। मैले पानी मागें तर स्वर मेरो घाँटीभन्दा बाहिर निस्केन होला किनकि डोलेहरू रोकिएनन्। म सिंङ्गै समुद्र पिउन चाहन्थे तर मेरो सामु पानीको थोपो पनि थिएन। मैले आफ्नै ओंठ चाटें तर ओठ पनि सुकेको बालुवा जस्तै तातो र खस्रो थियो। मैले बल गरेर उसका पदचाप र स्वर सुन्न खोंजे। तर कहीं सुनिएनन् ती पदचाप र स्वर। मैले सब बिर्सन खोजें वर्तमान र बिर्सें पनि र अतित पानी भएर बग्न थाल्यो म तिर।

“साइपाटा ल्याउनेलाई बेहुलीले टीका लाई दिनु पर्छ।” – कसैको आवाजले मलाई उसको सामु घसारेर ल्यायो। शकुन्तलालार्ई मेनकाले र सीतालार्ई धरतीले जस्तै मलार्ई कसैले टिपेर लुकाउन सकेन। मेरो बिहेको पत्र बोकेर आएको उसलार्ई मेरो हातले टिको लगाइदिन उठेको फलाम जस्तो गर्हुँ गों मेरो हात सुकेको पराल जस्तो बलहिन शरीरले थाम्न सक्ने सम्भावना भएन। मेरो शून्य मस्तिष्क र शुष्क मांसपेशीहरू मेरो मरणलार्ई आमन्त्रित गरिरहेका थिए र उसको निधारसम्म पुगेको हात ढंगो जस्तै खस्दै गयो र म यी मेरा चेतनाहिन खुट्टाहरू गिलो माटो जस्तै जमीनमा थुप्रन लागे। उसका बलिष्ठ हातले मेरा दुई पाखुरा समाएर मलार्ई अड्ट्याउन खोजेकोसम्म मात्र थाहा छ मलार्ई।

“अब खाजा खानु पर्छ है, केटा हो। डोली बिसाओ अब।” – मामाले कराए। म तन्द्राबाट बिउँझें। तिर्खा मलार्ई अझै लागिरहेको थियो।

“बेहुली नानी ! अब उठ है।” – डोलेहरूले खुट्टा पट्टी डोली बिसाउँदै भनें। म बलैले डोलीबाट निस्केर बाहिर एक्लै बसें। मनमाया मेरो छेवैमा आएर बसी।

“अरू त सबै आइपुगेछन्। जीवन खै त?” – मामाले भने।

मैले गर्धन घुमाएर जन्ती बसे तिर हेरें। जंगलको बीचमा कुनै रुख बिनाको चौतारोमा जन्ती बसेका थिए र छेउ छेउमा भरियाले भारी बिसाएका थिए। मैले मानिसको हुलमा कुना कुना आखाँले छामेर हेरें तर कहीं पनि थिएन ऊ। म कसैबाट जवाफ सुन्न कान थापेर बसें। कोही बोलेन। केवल एउटा भरियाले जवाफ दियो – “जीवन काजी त पछाडि नै

थियो। हामीलार्ई उछिनेर त आएन।”

“कसैले पनि उसको खोजी नीति गर्नु आवश्यक ठानेन। उसलार्ई एक्लै पछाडि छोडेर आए।” – मैले मनमनै भनें।

“खाँदा खाँदै आई पुग्ला नि। खान दिउँन, मामा, अब। किन ढिलो गर्नु?” – उसका बाबुले कुरा टुंग्याए।

सबैले खाजा खाइसक्दा पनि ऊ आइपुगेन।

“उसलार्ई भोक लाग्यो होला। ऊ थाकेको पनि होला।” – नचाहेर पनि मेरो मनमा कुरा खेली रह्यो। मेरा अगाडि खाजा राखिदिए, मलार्ई खान कर गरे। उसले मेरो सामु बसेर खाँदै गरेर मलार्ई कर गरेको भए जस्तै अनिच्छा भए पनि अलिकति खाइदिने थिएँ तर उसको अनुपस्थितिले मेरो खाना पट्टीको अनिच्छा तीव्र गरिदियो र भागको खाना मुखमा हाल्न सकिनँ। सुकेको घाँटी र शरीर पानीले भिजाएर आफू भित्रको राप र बाहिरको जरो शान्त गर्न खोजें मैले।

जंगल नाघेर बासमा आइपुग्दा घाम डुब्न लागेको थियो तैपनि ऊ हामीलार्ई भेट्न आइपुगेन। साँझ पर्यो तैपनि ऊ आएन। जति जति अँध्यारो बाक्लिदैं जान्थ्यो, उति उति मेरो चिन्ता बढदै गयो। म माइतीमा भएकी भए आकाश पाताल जोडनु नै परे पनि खोज्न पठाउने थिएँ तर यहाँ मेरो भनाई असामयिक हुने थियो कुनै अर्थ बिनाको र “उसलार्ई केही नहोस्” भनेर कामना गर्नु बाहेक अरू केही विकल्प थिएन मसँग।

साँझ ढल्कँदै गए पछि उसका बाबु पनि अलि बीचलित हुन् थाले। उनले वर्ष २५।२६ को मानिसलार्ई लक्ष गरेर भने – ” होइन ऊ भानिज। जीवन त अझै आइपुगेन। खोज्न जानु पर्छ कि क्या हो?”

भानिजले जवाफ दियो – “अब एकछिन बाटो हेरूँ। त्यतिन्जेलसम्म पनि आइपुगेन भने त जानु पर्योु नि। अँधेरी रात, जंगलको बाटो।”

त्यो एकछिन भित्र पनि ऊ आइपुगेन। आखिर मुठ्ठाका मुठ्ठाका भाटाका राँकाहरू र हातमा लाईट लिएर ५।७ जना तन्नेरीहरू उसको खोजीमा निस्के।

समय मेरो निम्ति आयाम रहित अनन्त शून्य थियो। त्यो वेआयामको समयमा मेरा मुटुका धडकनहरू कुनै निश्चित दायरा मान्न तयार थिएनन्। वरीपरीका शब्दहरू कामीका आरनका घनजस्तै धडकन्थे। जरोको अग्नि दाहमा परेको शरीर मेरो आदेश मान्न तयार थिएन र आदेश दिने मस्तिष्कमा समेत न कुनै तालमेल थियो न कुनै निर्दष्ट विचार। शून्यताले छाडेको बेला अनेकौं कुशंकाहरू जन्मन्थे र मर्थे। विचार र शरीर दुवै तप्त भएकोले मैले पानी मागेर खाएँ तर त्यसले पनि सुकाई र पोलार्ई कम भएन। मैले खटपटिदैं मनमायालार्ई भनें – “दिदी ! बाहिर जाउँन।”

“जाडो छ बाहिर। ओड्ने अलि दरो गरी ओडनोस्।” – मनमायाले उठदै भनी।

ओड्ने त मैले बोकें तर त्यसको मलार्ई जरूरत थिएन। आँगमा लगाएकै लुगा पनि मलार्ई बढी भइसकेको थियो। म बाहिर आँगनको डिलमा टुसुक्क बसेकी देखेर मनमायाले भनी, – “चिसो लाग्छ त्यसरी बस्दा। म गुन्द्री लिएर आँउछु।”

केही समय पछाडि मनमायाले भनी, – “अब त जाडो भयो। जाउँ भित्र। जाडोमा यसरी धेरै बेर बस्नु हुँदैन।”

मैले घुँडामा अड्याएको टाउको नउठाई जवाफ दिएँ – “तपार्ई जाँदै गर्नोस्। म आँउछु।”

मनमाया भित्र पसी तर मलार्ई भित्र पस्ने चाहना नै थिएन। मेरो त केवल एउटा चाहना थियो – उसको निम्ति पर्खनु र कस्तै चिसोले पनि मलार्ई त्यो पखाईबाट रोक्न सक्दैनथ्यो।

बिना आयामको समयलार्ई आफूमा समेटेर म पर्खिरहें। कतिले मलार्ई भित्र जान अनुरोध गरे होलान्, कतिले सम्झाए होलान् र कतिले हप्काए पनि होलान् तर म आफू वरिपरीको वातावरणमा छँदै थिईन। त्यसैले एउटी बेहुली भएर पनि जन्तीका कुराको वास्ता गरिन भनेर म आफूलार्ई दोष दिन्नँ। मेरो शरीर जरोको अग्निकुण्ड भित्र थियो, मेरा आखाँ ऊ आउनु पर्ने बाटोमा गाडिएका थिए, मेरो मन ऊ त्यो समयमा हुन् सक्ने ठाउँमा निर्दिष्ट थियो र मेरो निश्चय ऊ माथि विपत्तिको आएको कुरा स्वीकार गर्दथ्यो। आफ्नो भए भरको दुःख ऊ माथि बिसाएर पनि ऊ माथि आउन सक्ने विपत्तिको जानकारी न दिनु मेरो अपराध थियो र म जो भोगीरहेको थिएँ मेरो अपराधको निम्ति सो सजाय त अलिकति पनि थिएन।

“ए, ऊ। बत्ती देखा परे। आए, उनीहरू आए।” – एउटाले सन्तोषको सास फेरेर भन्यो।

“भेटे कि भेटेनन्?” – अर्कोले शंका उठायो।

“नभेटे त यति चाडै नआउनु पर्ने।” – तेश्रोले धैर्य थप्यो।

“के चाँडो भन्नु? एक घण्टाभन्दा बढी भइसक्यो। उनीहरू यहाँ आइपुग्न मर्को १०।१५ मिनट लागि हाल्छ।” – शंकावादी अझै शंकैमा रह्यो।

म समय ज्ञानको दायराभन्दा बाहिर थिएँ र कति समय गयो थाहा पाउन सकिनँ।

“हिंडाई सार्हैा ढिलो छ। बोकेर ल्याउनु पर्योह कि क्या हो?” – शंका थपियो। कति जना सहयोगको निम्ति दगुरे।

” खुट्टा सुट्टा मर्कायो कि?” – केही त पक्कै भयो भन्ने शंका सबैमा थियो। तर म भित्र त्योभन्दा पनि गम्भिर दुर्घटनाको कुशंकाले मेरो मुटु र कलेजो घाँटी सम्म आएर अडकिएको थियो र त्यही कुशंकाले गर्दा घरको पेटीसम्म उज्यालो आइपुग्दा पनि म उठन सकिंनँ।

पहिलो राँको अगाडि आयो र त्यो राँकोको पछाडि उसलार्ई काँधमा बोकेर उसको बाको भानिज देखा पर्योर। भानिज दाईको पिठयुँमा झुण्डिएको उसको टाउको र तर्लङ झुण्डिएको उसको हात देखे पछि मेरो मुटुको अन्तरालबाट मेरो छाती चिरा पार्दै बाहिर कसैले पनि नसुन्ने गरी र मेरो गिदीका बिन्दु बिन्दु नै थर्कने गरी म भित्र नै एउटा चिच्याहट निस्कियो – “जीवन !” त्यस पछि मैले राँका पनि देखिनँ, मानिसको त कुरै छाडिदिऊँ।

मेरो होश खुल्दा म त्यही गुन्द्रीमा थिएँ। सबैको ध्यान ऊ पट्टी नै भएकोले कसैले पनि म पट्टी वास्ता गर्ने होश भएन। उसलार्ई ओछ्यानमा बाहिर सिकुवामा सुताएका थिए। ओछ्यान देखे पछि म केही आश्वस्त भए -ऊ जिउँदै रहेछ, नत्र चिसो भुँईमा सेतो कपडाले मुख छोपेर सुताई सक्ने थिए। समय, परिस्थिति र दृष्टिको आयामबाट छेकिएर बसेकी म त्यही ठाउँमा बसिरहें।

“नाडीको चाल त ठीकै छ। श्वास पनि राम्रै छ। खाली बेहोश मात्रै हो।” – मामाले सान्त्वनाको स्वरमा भने।

“जानपा लिन को गएको छ?” – उसका बाबुले सोधे।

“यहींका नानी र हाम्रो कान्छो।” – एउटा पाको जन्तीले जवाफ दियो।

“त्यो टाउकाको चोटले हो बेहोश भएको। चोट पनि ठुलै छ। त्यसमा पो बरू के ओखती लाउने?” – जन्ती मध्ये एउटाले भन्यो।

कसैले पनि यस्तो परिस्थितिमा के गर्नु पर्ने हो? थाहा भएन। कुन परिस्थितिमा के गर्नु पर्ने हो? उसलार्ई थाहा हुन्थ्यो र उसलार्ई होश थिएन। यस्तो परिस्थितिमा उसको हेरचार कसरी हुन् सक्थ्यो? म बेहुलीको लोकमर्यादाभन्दा बाहिर निस्कन बाध्य भएँ किनकि यो उसको जीवन र मृत्युको प्रश्न हुन् सक्थ्यो र उसको मृत्युको अपराध बोकेर म पनि बाँच्न सक्ने थिर्ईनँ। आफ्नो शारीरिक स्थितिलार्ई बिर्सिदिएर म उठें र उसको टाउकोको छेवैमा बस्दै मनमायालार्ई लक्ष गरेर भनें – “अलिकति पानी ल्याई दिनोस् त, दिदी।”

घर मालिकनीले पानी ल्याई दिइन्। यसरी एउटी बेहुली उठेर आएकोमा उनलार्ई कौतुहल जरुर पनि लागेको थियो होला। त्यसैले उनी हामीलार्ई हेरिरहिन्। मैले उसलार्ई कोल्टो फर्काउन खोजें तर सकिनँ। दुई जना लाठेले कोल्टो फर्काइदिए। टाउकोको पछाडि पट्टीको कपाल रगतले कटकटिएको थियो र आलो रगत अझै पनि केही आइरहेको थियो। कसैले मेरो हातमा मलमलको टुक्रा दियो। कपडालार्ई पानीमा भिजाएर देब्रे हातले उसको केश पन्साएर घाउ खोज्न लाग्दा उसको शरीर असाध्यै तातो लाग्यो र सोचें कि उसलार्ई जरो आएको छ या मेरो हात धेरै चिसो हुनु पर्छ।” म नबोली घाउ सफा गरें र कपालको सुकेको रगत सफा गरिदिएँ। पानीले भिजेको कपाल पुछन मलार्ई कसैले केही पनि दिएन र मैले मागिन पनि। मैले आफ्नै ओडनेले पुछि दिएँ। एक चित्त भएर काम गरिरहेको मेरो अनुहारले अवश्य पनि मेरो छाती भित्र भएको व्यथा लुकाउन सकेन होला र मेरो अनुहारमा आखाँ गाडेर बसेकी घर मालकिनी केही सोचिन् पनि होला। तर उनले त के सारा विश्वले नै देखे पनि बीच समुद्रको रित्तो जहाजमा भोको र एक्लो नाविकले आफ्ना मरेका सह्यात्रीको लास खान लाग्दा नरभक्षीको आरोप लाग्छ भन्ने कसले सोचिरहन्छ र? कसले सोच्न पनि सक्छ र?

“अलिकति पदमचाल घोटेर लगाइदिउँ्क होला।” – घर मालिकनीले भनिन्। उनले कसलार्ई लक्ष गरेर भनेकी थिइन्? मैले त्यता ध्यान न दिई टाउकोले मात्र “हुन्छ” भनेर जवाफ दिएँ र नजिकै बसेकी मनमायालार्ई आफ्नो कन्तुरमा भएको अत्तर ल्याउन अराएँ। मनमाया त उठिन तर अत्तरको सिसी कसैले ल्याएर मेरो हातमा राखिदियो। अत्तरको केही भाग पाउमा खन्याएँ। घर मालिकनी औषधी लिएर आइन्। मैले औषधी लगाइदिएँ।

“कपडा भए बाँधी दिनु हुन्थ्यो।” – मैले फेरि बिना लक्ष नै भनें।

कसैले मेरो हातमा कपडा राखिदियो। मलमलको टुक्राले घाउ छोपेर पट्टी बाँधीदिन लाग्दा पनि कसैले मेरो सह्योग गरेन र आफैंले उसको टाउको उठाएर काखमा लिनु पर्योा। म उसको टाउको काखमा लिएर नै बसिरहें।

“अब खाने काम पनिगर्दा गरौँ।” – उसका बाबुले कुरा चलाए। एउटा बिरामी कुर्न साराले भोकै बस्नु पर्ने आवश्यकता थिएन।

“त्यसो भए बेहुली उठ खानलार्ई।” – मामाले मलार्ई आदेश दिऊ।

“म खान्न। मलार्ई खान मन छैन।”- मैले सके सम्म नरम स्वरमा जवाफ दिएँ। मलार्ई साँच्चै खान मन थिएन। उसलार्ई केही नभए पनि मलार्ई खान मन थिएन भने यो स्थितिमा त मेरो उठने चाहना र सामर्थ्यसम्म पनि थिएन।

“त्यसो भनेर कहाँ हुन्छ? तिमीले न खाएको कति छाक भइसक्यो। उठ जति रुच्छ त्यति खानु पर्छ।”– मामाले अधिकारको प्रयोग गरे।

म्ा काठमा गाडिएको फलाम किलो जत्तिकै थिएँ। मलार्ई कसैको अधिकारले, कसैको धम्कीले, कसैको डरले उठाउन सक्दैनथ्यो र बेहुलो र बेहुलाको त्यो वारेसभन्दा अरू कसैको अधिकार पनि थिएन म माथि। ती दुई मध्ये पनि एउटासँग ज्ञान र आँट थिएन केही भन्ने, अर्को होशमा थिएन।

“जिद्दी नगर न दुलही। अब उठ।” – उसका बाबुले पनि थपे।

“जो मानिस मानिसको आत्मालार्ई कुल्चेर हिड्न सक्छ, अर्काको अधिकार च्यातेर हिंडछ ऊ पनि मौका परे पछि आफ्नो अधिकार खोज्दो रहेछ। मेरो मनमा हिंस्रक भावनाहरू जन्मे तर म बेहुली ! भन्न के सक्थें र?

एकातिर अभिभावकहरूको जोड अर्को तिर बेहुलीको जिद्दी देखेर घर मालिकनीले भनिन् – “बेहुलीलार्ई सन्चो छैन। तपार्ईहरू जोड न गर्नोस् अहिले। त्यहाँ गए पनि तपार्ईहरू जन्तेबाख्रोको खाना उनको घाँटीबाट छिराउन सक्ने छैनन्। बरू दुध छ भित्र म त्यही खुवाई दिउँला। बरू तपार्ईहरू खाएर आउनोस् र त्यो बिरामी कुर्ने कामबाट यिनीलार्ई फूर्सद दिनुहोस्।”

सबैले उनको कुरा मानेर गए। घर मालिकनी मेरो छेउमा आएर बसिन्। म शून्यदृष्टिले पर हेरेर उसको चिसो हात आफ्नो हातमा लिएर खेलिरहें। एकातिर घर मालिकनी सोधिन् – “यो बिरामी नानी तपार्ईको को?”

अनयाश गरिएको प्रश्नले म स्तम्भित भएँ। आजसम्म कसैले पनि मलार्ई यो प्रश्न गरेको थिएन, न यसको सहज जवाफ नै मसँग थियो। मानिसका भावनालार्ई कसैले नाता भनेर स्वीकार गर्दैन। नाता त समाजले बाँधेका दायरालार्ई मानिन्छ। त्यसैले मलार्ई भन्न करै लाग्यो – “भतिजो नाता रे।”

“त्यसो भए तपार्ईले पहिले चिन्नु भएको थिएन?” – उनले छक्क पर्दै सोधिन्।

चिनेकी, अवश्य चिनेकी छु। बाबुलार्ईभन्दा बढी चिनेकी छु, आमालार्ई जत्तिकै चिनेकी छु। मेरा प्राणधारक रगतका थोपा थोपा उसले लिए पनि म आँफूलार्ई रित्तो न ठान्ने गरी चिनेकी छु तर यो चिनाई पनि समाजलार्ई मान्य छैन। मैले अपलक दृष्टिले उसलार्ई मात्र हेरेर जवाफ दिएँ – “यही बिहेमा हो पहिलो पल्ट देखेकी।”

शायद उनले यो जवाफको आशा गरेकी थिईनन्। त्यसैले छक्क पर्दै भनिन् – “खै, तपार्ईको कुरा पनि म केही बुझन सक्दिनँ। एकातिर ‘भतिजो नाता पर्छ रे’ भन्नु हुन्छ न चिने झैं गरेर। अर्को तिर काल आए पनि उसको बाटो रोक्छु भनें झैं गरेर आफ्नो काखमा लिएर बस्नु भएको छ उसलार्ई र उसलार्ई यसरी हेरिरहनु हुन्छ मानौं ऊ जन्म जन्मान्तरको प्रिय वस्तु हो।”

म बोलिनँ। न बोलेको देखेर उनले भनिन्, – “ऊ पुक्लुक्क मर्योउ भने?”

उनको भनाईले मेरो सासै रोकिएला जस्तो भयो। भुंग्रे जरोले तातिरहेको शरीर शितांङ भयो र सारा शरीर काम्यो। मैले उनको अनुहारबाट आखाँ घुमाएर उनलार्ई हेरें। उनले अनुहारमा आमाको जस्तो स्निग्धता देखाउँदै भनिन् – ” न यसरी आत्तिनु पर्ने जरूरत छ, न आत्तिएको देखाउनु पर्ने। उसलार्ई केही हँुदैन। आँखा चल्मलाई सक्यो उसको।”

म ऊ तिर फर्कें। उसको आँखा केही चल्मलाएको थियो। म उसको होश खुल्ने प्रतिक्षा गर्न थालें। घर मालिक्नीले फेरि थपिन – “तिमीहरू दुईजनाले झगडा गर्योत कि क्या हो?” उनलार्ई विश्वास थिएन मैले उसलार्ई चिनेको थिएन भन्ने। शायद त्यो यस जन्तीलार्ई थाहा नभएको भए उनीहरूले पनि विश्वासगर्ने थिएनन् होला। त्यसैले मैले उनको प्रश्नको जवाफ दिइरहने आवश्यकता पनि देखिनँ। म उसको आँखा खुल्ने प्रतिक्षा गरेर बसिरहें। २।४ मिनेट न बित्दै उसले आ’खा खोल्यो र वरीपरीको वातावरण जान्न आँखा घुमायो। शायद वरीपरीको वातावरण चिन्न नसकेर होलो धोद्रो र शुष्क स्वरले सोध्यो – “म कहाँ छु?” र एकाएक कसैको काखमा टाउको भएको अनुभव गरेर होला आँखा उठाएर माथि तिर हेर्योम र सामु मेरो अनुहार देखेर विस्मित स्वरमा प्रश्न गर्योह – “तिमी? तिमी कसरी आयौ यहाँ?”

मैले प्रश्नको जवाफ दिनु परेको भए मेरो घँाटीबाट हिक्काभन्दा अरू केही निस्कने थिएन होला तर जवाफ घर मालिक्नीले दिइन् – “तपार्ईलार्ई सन्चो भएन र नानीले औषधी गरेकी।”

उसले अरू प्रश्न न गरेर आँखा चिम्लियो। हामी त दुवै मौन थियौं। मेरो भन्ने कुरा नै थिएन अब र उसका पनि थिएनन् होला। घर मालिक्नी पनि हाम्रा भाषालार्ई बुझेर होला न बोलि कनै बसिन्।

पहिलो जन्ती आइपुग्ने बित्तिकै घर मालिक्नीले भनिन् – “अब एकछिन बिरामी नानीसँग बसिदिनोस्। म बेहुली नानीलार्ई भित्र लान्छु।”

धेरै जन्ती केटोको भरले, केही मेरो र केही उसको आफ्नो बलले उसको टाउको सिरानीमा सार्यौंस। शायद दुःखाइले होला उसको अनुहारमा पीडाका भाव देखा परे। मलार्ई आफूले दुःखाइ दिऊ जस्तो लाग्यो।

मलार्ई उठेर हिड्न निकै गाहारो भयो र घर मालिकनीले तङग्रयाएर नै लगिन्। मेरो जिउको तातो अनुभव गरेर उनले भित्र पस्ने बित्तिकै अँगेनोको छेउमा बसाएर भनिन् – “तिमीलार्ई त भुंग्रे जरो आएको रहेछ। आमै, कस्ती ! अहिलेसम्म न भनेकी?”

आफूलार्ई भित्तोमा सजिलोसँग अडेस लाउँदै मैले जवाफ दिएँ – “जरो अहिले आएको होइन। २।४ दिन देखि नै आइरहेको छ।”

“केही औषधी मुलो गरेको छैन त अहिलेसम्म?” – आश्चर्य मानेर सोधिन् उनले।

“यो जरो त के? आउँछ जान्छ।” – मैले मुस्कुराउन बलगर्दा भनें।

“जन्तीलार्ई थाहा छैन यो कुरा?” – उनले फेरि सोधिन्।

“मलार्ई पानी खान दिनोस् न अलिकति।” – मैले अनुरोध गरे र फेरि भन्न थालें – “थाहा छ सबैलार्ई छ। हिजो राति मलार्ई कुरेर नै बसेका थिए।”

पानीको भाँडो ओदानमा बसाउँदै भनिन् – ” र आज कसैले पनि तिमीलार्ई कस्तो छ? भनेर सोधेन। जो रात भरी कुरेर बसेको थियो ऊ सोध्ने स्थितिमा छैन र जो सोध्न सक्छन् उनीहरूलार्ई सोध्ने जरूरत छैन। भाग्यमानी रहिछौ तिमी बेहुली।”

पछिल्लो वाक्य उनको व्यङ्ग्यात्मक थियो तर त्यो व्यङ्ग्यमा स्नेह पनि थियो।

“बेहुलीलार्ई सन्चो छैन, जरो आएको छ त भन्नै पर्ला जन्तीलार्ई।” – बुढियाले मेरो मुख हेरेर भनिन्।

म्ा साँचै आत्तिए र अनुरोध गर्न पुगें।

“बिन्ती छ, जन्तीलार्ई न अत्याइ दिनोस्। म बिरामी भएँ भन्ने ठाने पछि सबैजना मेरै हेरचाह पट्टी लाग्नेछन्। उसलार्ई हेर्ने त कोही पनि छैन।”

मैले भरपेट पानी खाएँ। मलार्ई अरू केही खान मन नभए पनि बुढियाको करले अलिकति दुध पिएँ।

म्ाामा भित्र पसे पछि म बाहिर निस्कें। मामाले बुढियालार्ई सोधे – “केही खाइन् बेहुलीले?”

म बाहिर आए पनि मेरा कान भित्रै थिए। बुढियाले जवाफ दिइन् – “केही खान मानिनन्। अलिकति दुध चैं बलै गरेर खुवाएँ। हिजो अस्ति त खान्थिन्?” मामा पीर पोख्न थाले।

“बेहुली घरबाट हिंडे पछि नै एउटा न एउटा अल्झो आइराखेको छ। हिंडेकै दिन बाटोमा बेहोश भइन्। भनेको बासमा पुगिएन। रातभरी भुंग्रे जरो आयो। यही नाती केटोले रात भरी पानीपट्टी दिएर बस्यो। बिहान पनि केही खान्न भन्थिन्, उसैले कर गरेर अलि कति खुवायो। सार्हैब जिद्दीवाल छ ऊ पनि। बेहुलीले दिएको भाग आधा नखाउँन्जेल अगाडि बाटै उठेन। आज देखिहाल्नु भयो उसैलार्ई त्यस्तो भयो।”

“यी बेहुलीसँग अरू केही नाता पनि छ यो भतिजो नाता बाहेक यो बिरामी नानीको,” – बुढियाले कुरा धुत्न खोजिन्।

“छैन। केको नाता हुनु? नाता भएको भए यही नाती केटासँग बिहेको कुरा कसरी छिन्थे र?” – लाटा मामाले बुढियाको चाल बुझेनन्।

“ए, पहिले कुरा छिनेकोचाहिं यिनै बिरामी नानीसँग?” – बुढिया झन लाटी जस्ती भइन्।

“हो त नि तर अहिले होइन परार साल। त्यसै यसो उसो पर्योि र बिहे भएन” – मामाले आफ्नो धोती खुस्काउँदै गए।

“ए त्यो बिरामी नानीलार्ई दुध दिने भनेकी त बिर्सिछु पो।” – बुढियाले उठेर कचौरामा दुध हालेर ल्याई मेरा हातमा कचौराको दुध लिएर उसको छेउमा बस्दै एक हातले उसको कुम छोएँ। मेरा स्पर्शले उसले आँखा खोल्यो र मेरो हातमा कचौरा देखेर भन्यो, – “अहँ। खान्न म।”

तर मैले न उसको कुमबाट हात नै हटाएँ, न आँखा अगाडिबाट कचौरा। त्यो मौन ढिपी देखेर उसले बल गर्योँ र उसका साथीहरूले उसलार्ई दुई पट्टीबाट समाएर सिधा पारिदिए। मैले हातको कचौरा मुखमा लगाइदिएँ र उसले एकै सासमा बल गरेर जम्मै पिइदियो।

सुत्ने बेलामा घर र पालीमा गरेर जन्तीहरू बाँडिए। उसको सानोकाका अघि नै निदाइ सकेको थियो। उसको छेउमा मामा सुते। उसका बाबु, भान्दाई र ऊ एक छेउ पट्टी सुते र भरियाहरू ख्ाुट्टा पट्टी। यसरी मनमाया र म चारैतिरबाट छेकिएर बीचमा पर्यौंत। उसको र मेरो बीचको अन्तर चार हातभन्दा बढी थिएर र हाम्रो बीचमा साक्षी जस्तै एउटा मधुरो बलिरहेको लालटिन र घर मालिकनीले राखिदिएको एक अम्खौरा पानी थियो।

सबै निदाउँदै गए। उसले आँखा चिम्लेको थियो तर उसको स्वासले भन्थ्यो – ऊ निदाएको छैन, निदाउन सकेको थिएन। उसका अनुहारका धर्काले उसले आफ्नो दुःखाईलार्ई रोकेको छ भन्ने प्रष्ट देखिन्थ्यो। मेरा जरो बढदै थियो र कम्प पनि। म चाहे पनि निदाउन सक्दिनथें भनें मलार्ई निन्द्राको चाहना पनि थिएन, आँखामा निंद पनि थिएन। म आँखा न झम्क्याई उसलार्ई हेरी रहेको थिएँ – त्यो अनुहारलार्ई जो मेरो लागि संसारमा सबैभन्दा सुन्दर र प्रिय थियो र मभन्दा केवल चार हात पर भएर पनि मेरो निम्ति सबैभन्दा टाढा थियो – यति टाढा जहाँ एकले अर्कोलार्ई ‘मेरो’ भन्न सक्दैन।

आधा रात तिर उसले क्षीण स्वरमा पानी माग्यो। थाकेका सबैजना निदाई रहेका थिए। दुई पल्टसम्म उसले माग्दा पनि कोही न उठेको देखेर म आफ्नो भए भरको बल निकालेर धरमरिदैं उठें। कचौरामा पानी खन्याएर भुँईमा राख्दै उसलार्ई उठाउन खोजें। ऊ बल गरेर कुहिनोको भरमा अडियो। मेरो कामेको हातको कचौरा देखेर मेरा हात सहित कचौरालार्ई समाएर पानी खायो र मेरो हात नछोडी मेरो मुखमा हेरेर भन्यो – “तिमीलार्ई आज पनि जरो आएको छ।”

मैले टाउको हल्लाएर ‘होइन’ भने तापनि उसले नपत्याएर माया लाग्दो अनुहारले हेरेर भन्यो, – “र तिमीले केही पनि खाइनौं।”

उसले मेरो हात छोडेर मुख बिगार्दै ओछ्यान पल्टेर दुवै हातले टाउको समायो। किन? किन? फेरि मैले उसलार्ई दुःख दिऊ जस्तो लाग्यो। आफूलार्ई त्यत्रो चोट लागेको बेला पनि मेरा खोजी नीति किन गर्नु पर्योद उसलार्ई? अरू कसैले न गर्दा पनि भएकै थियो। परमात्मा नै रहेछ ऊ पनि आफ्नो दुःख बिर्सेर अर्काको खोजी नीतिगर्ने।

रोग र एकांकिपनले ग्रस्त मैले आफ्नो ओछ््यानमा सुतेर एउटी मरणासन्न शोकाकुल आमाले आफ्नो बालक छोरालार्ई हेरे झैं उसको अनुहार हेरी रहें बिना आवाज आँशु बगाउँदै। शारीरिक र मानसिक दुवै रूपले पीडित मेरो शरीर भुंग्रो माथि सुते जस्तै तप्त थियो र मस्तिष्क औंशीको रात जस्तो संज्ञाबिहिन। त्यस पछि म बेहोश भएँ वा निदाएँ। बिहान धप्किएको शरीर घिसारेर धारोसम्म पुर्या।ई मुख धोएर आउँदा पनि ऊ आमाको दुध खाँदै खाँदै निदाएको नानी जस्तै निदाएको थियो – निष्पाप, रहरलाग्दो र म्वाई खाउँ खाउँ जस्तो अनुहार बोकेर। कसैले पनि उसलार्ई बिंंम्झाएको थिएन। उसका बाबु मामालार्ई भन्दै थिए – “होइन। तपार्ईहरू अब जानोस्, मामा। आज पनि बेलामा पुगिएन भने त निम्तारुहरूले पनि जिस्क्याएको भनी ठान्नेछन्। यहाँ म भइहाल्छु। भानिज बस्छन्। सके भरे बेलुका न भए भोलि बिहानसम्म त कसै गरे पनि आइपुगिहाल्छौं।”

म घर मालिकनीसँग बिदा हुन् भित्र पसे पछि उनले बिस्तारै मलार्ई भनिन् – “तिमीलार्ई जाउँ्क जस्तो त लागेको छैन होला, होइन?”

मैले उनको प्रश्नको उत्तर दिइरहनु अनावश्यक ठानेर आफ्नै कुरा भनें – “आमा ! मैले मेरो शेष आयु आफ्नो खुशी राजि साथ जम्मै यहीं नै उसलार्ई दिएर गएकी छु। भगवान स्वयम् त साक्षी छदैंछन् तर उनले पनि मानिस साक्षी खोजे भने तपार्ई मेरी आमा बनेर यो सत्य उनलार्ई भनी दिनु।”

म उनीलार्ई नहेरी बाहिर निस्कें। उनको मुखबाट बालक छोरी बिदाई गर्दा आमाको घाँटीबाट निस्कने भक्कानोको आवाज आइरहेको थियो।

डोलीभित्र पस्दा मेरो मस्तिष्कमा आफ्नै टाउकाका हड्डीहरूले गिदीमा किचिरहेको दुःखाईको भान मात्र थियो र शरीर आला घाउहरूले भरिएको लोथ जस्तो लागेको थियो तर मानसिक सन्ताप पटक्कै थिएन म भित्र। मलार्ई बाँच्ने चाह थिएन, लोभ थिएन र विश्वस्त थिएँ कि म मर्दैछु र मरणको निम्ति म जत्रो सुकै शारीरिक दुःख पनि सहन तयार थिएँ। म शून्य थिएँ र त्यो शून्यको आभाष पनि तिनै दुःखाईहरूले दिन्थे। म कहिले तन्द्रामा हुन्थें, कहिले निन्द्रामा या कहिले अर्धबेहोशीमा, कहिले बेहोशीमा। कहिले घामको उज्यालो देखिन्थ्यो, कहिले अन्धकार। एक छिनको निम्ति छिरेर आएको त्यो धमिलोपनमा कसैको स्वर सुनियो – “छिटो गर है छिटो। बेहुलीलार्ई सन्चो भएन।” मलार्ई त्यो बिरामी बेहुली हेर्न मन लाग्यो – “कस्ती अभागिनी रहछि त्यो बेहुली जो बिहेमा पनि बिरामी परी?”

फेरि पञ्चे बाजा बजे।

“अहा ! ल्याई पुर्यािए बेहुली” – मैले मनमनै सोंचं। म निस्किएँ अन्धकार चिर्दै बेहुली हेर्न। बाहिर धरती र आकाश चँुदरी जस्तै बहुरंङी भएर झलमल्ल थियो घामै बिना पनि तर बेहुली त थिईन त्यहाँ र दमाईहरू पनि थिएनन्। गाईजात्राका लाखेका जस्ता दारा भएकाहरू आफ्नै औंला र हात मुखले फूकेर, पेट ठटाएर सहनाई, नर्सिङ, ट्याम्को, झ्याम्टा र दमाहाका आवाज निकालेर म तिर आइरहेका थिए। मलार्ई उनीहरूसँग डर लागेन तर म चकित भएँ – “किन म मात्र यहाँ एक्लै।”

मैले आँखा घुमाएर चारै तिर हेरं क्षितिजसम्म। केवल क्षितिजमा बिन्दु भएर ऊ खडा थियो। बिन्दु भएर पनि चिनिन सक्ने त ऊ मात्र थियो। यमदूत बाजा बजाएर म बेहुलीलार्ई लिन आएका थिए र मलार्ई डर थिएन तर उनीहरूले टिपेर लानु अगाडि उसको अनुहार एक पल्ट हेर्न चाहन्थें अनन्त बाटोमा जानुभन्दा अगाडि। त्यसैले म काललार्ई उछिन्न क्षितिज तिर दौडें। बाटामा दायाँ बायाँका हात्तीबार जस्ता दरा र ऐंसुलुका जस्ता तीखा काँडाहरूले मेरा प्रत्येक अङको मासु लुछिरहेका थिए तर मलार्ई त्यसको वास्ता थिएन। यो त केवल मृत्यु अगाडिको दुःख मात्र थियो। मेरा लुगा चिथ्रा चिथ्रा भएका थिए तर नाङै भए पनि के को लाज? मरे पछि त सबैलार्ई नंग्याइन्छ नै। कान फूटने गरी बाजा बजिरहेका थिए झन् झन् नजिक आएर। ऊ नजिक नजिक हुँदै आइरहेको थियो र म अझ छिटो पाइला चालिरहेको थिएँ तर अचानक उसलार्ई छेकेर पानीको छाल पहाड जस्तै उठेर म तिर आउन थाल्यो र मलार्ई गम्लङ ढाक्यो। म हात खुट्टा चलाएर दौडन, पौडन खोजें तर मेरा गति कम हँुदै गएर शून्य भयो। पानी उमाले जस्तै तातो थियो। मेरा सबै अङ शिथिल भए, मेरो दुःखाइको अन्त्य भयो। बाजाहरू बन्द भए। मैले मेरो गति बन्द गरी दिएँ। म डुब्दै जान थालें। जति तल जान्थे म त्यति शीतल थियो त्यो पानी र त्यति नै गहिरो हुँदै जान्थ्यो त्यो अन्धकार। म शान्त भएर त्यही अन्धकारमा निदाउँन थालें त्यसलार्ई आफ्नो चीर निन्द्रा ठानेर।

जीवनको भनाई – २

मलार्ई पानी खान दिंदा उसलार्ई निस्लोठ जरो आएको थियो। शायद हिजोको जरोले आज पनि छोडेको थिएन। एउटी नौली केटी लिएर आएका छन्। उसको हेर बीचारगर्ने कोही पनि छैन भन्ने जाने पछि कुनै न कुनै जन्तीले त अलि ख्याल राख्नु पर्छ। उनीहरू त खान दिनसम्म पनि जान्दैनन्, न खाँदा कर गरेर खुवाउन सक्दैनन्। म निंदाएछु। बिउँझदा कोही पनि थिएन। खाली भान्दाई आँगनको पर्खालमा बसेका थिए। टाउको त दुःखेकै थियो मेरो तर राति जस्तो असाध्यैचाहिं होइन। घाँटी, मुख सुकेको थियो। शायद जरो आएको हुनु पर्दथ्यो। मैले बिस्तारै भने – “भान्दाई ! अलिकति पानी दिनोस् न।”

भान्दाईले मेरो बोली सुने पनि मेरो कुरा बुझेनन् र म तिर हेरे। त्यही बेला घर मालिकनी भित्रबाट बाहिर निस्केर कचौरामा पानी खन्याउँदै भनिन् – “बिउँझनु भयो, बाबु ! कस्तो छ तपार्ईलार्ई अहिले?”

बिस्तारो सिरानीबाट टाउको उठाएर भने – “त्यस्तो सारो दुःखेको त छैन। सबैजना गएछन् पो त।”

“गए सबैजना गए। बेहुला बेहुली त समयमै पुर्याीउनु पर्योः नि। तपार्ई पो मधुकर राजा जस्तो हुनु हुन्छ १०८ घैला पानी खन्याए पनि नबिउँझने।” – उनले जवाफ दिइन्। उनको स्वरमा मधुरो ठट्टा पनि थियो। मैले पानी खाएँ।

“बिहानी पख मात्रै आँखा लाग्यो। हिजो पनि, अस्ति पनि नसुतेको।” – आफूले निदाउनुको सबुत पेश गर्न चाहें मैले।

“आज रातभर पनि न सुत्ने थिए कोही अरू त। उनीहरू पनि गए। निस्लोट जरो थियो जाँदा, भुंग्रै खन्याए जस्तो।” – उनले बिस्तारै भिनन्। उनको स्वरमा माया पनि थियो, कटुता पनि।

उनले मलार्ई दुध लिएर आउँदा भान्दाई त्यहाँ थिएनन्। कचौरामा दुध धारधुर पार्दै उनले सोधिन् – “होइन, तपार्ईहरूको नाता के?”

“को तपार्ईहरूको?” – मैले साँच्चै न बुझेर सोधें।

“के बुझ पचाएको नि? तपार्ई र आजकी बेहुलीको।” – उनले साँचै न पत्याएर भनिन्।

“ऊ काकी, म भतिजो।” – मैले सिधै उत्तर दिएँ।

“यो त अहिलेको नाता भयो। पूरानो नाता पनि त होला।” – उनले शंका उठाइन्।

“काकी ! मैले यो बेहुली केटीलार्ई देखेको यही बिहेमा मात्रै हो। चिने जानेको कुरा त परै छोडिदिनोस्।” – मैले तथ्य प्रकट गरें।

“तपार्ईकी वाकदत्ता त हो नि ऊ। होइन?” उनी मुस्कुराइन्।

“हो रे तर मलार्ई यो कुरा अस्तिको दिनसम्म पनि थाहा थिएन। मलार्ई थाहा हुँदो हो त, तपार्ई नै भन्नोस्, म के यो बिहेमा आउने थिएँ होला त? कदापी आउने थिइन।” – मैले सफाई पेश गरें।

उनले दुधको कचौरा मलार्ई दिदैं भनिन्। – “खै बाबु ! म तिमीहरूको कुरै बुझ्दिनँ। एक अर्कालार्ई चिने जानेको पनि छैन भन्छौ एकातिर। अर्कोतिर वर्षौ चिने जाने जस्तो व्यहार पनि गर्छौ। मेरा यसै केश पाकेका छैनन्, मैले पनि दुनियाँ देखेको छु। हिजो बेलुका ऊ यहाँ आइ पुगे देखि आज जाने बेलासम्म जो देखें त्यसले यही कुरा दाबी साथ भन्न सक्छु कि तिम्रो लागि त्यति छटपटि, त्यति स्नेह र त्यति दुःख त तिम्री जन्म दिने आमालार्ई मात्रै लाग्छ होला।”

“आमा टोकुवा मलार्ई आमाको माया कस्तो हुन्छ थाहा नै छैन।” – मैले उनको भनाइलार्ई हल्का पार्न ठट्टाको लवजमा मुस्कुाउँदै भनें तर उनलार्ई यसले असर पारेन। उनी भन्दै गइन् – “मलार्ई त उसको पो सार्हैँ माया लाग्यो। आज जाँदा फलामका खुट्टा घसारेर गई। केही न भई सग्लै त घर पुगिन होला।”

उनी अरू पनि धेरै कुरा भन्ने थिइन् होला तर परबाट मेरा बाबु आएको देखेर अरू केही पनि न भनी भित्र पसिन्।

मेरो मनमा कुनै किसिमको भावना आएन। अस्ति सुभद्रालेभन्दा पनि ममा कुनै तनाव आएन। हो, बेहोश भएर ढल्दा अथवा ऊ जरो आएर बेहोश हँुदा म उसलार्ई बचाउन कस्सिएको थिएँ र त्यसलार्ई मेरो कर्त्तव्य ठानेको थिएँ तर त्यो व्यक्ति सुभद्रा नभएर अरू कोही भएको भए पनि म त्यहीगर्ने थिएँ र परिआएको बेला त्यसै गरेको थिएँ सँधै नै। मेरा चिनेजानेकाले सुभद्रा प्रतिको मेरो सेवालार्ई योभन्दा अर्को न सोच्नुको आधार पनि त्यही मेरो स्वभाव थियो।

बिहान भात खाइसके पछि बाले भन्नु भयो – “तँ त हिड्न सक्दैनस् होला। म यसो बोक्ने मानिस खोजी गर्छु।”

तर ममा हिड्न सक्ने आँट भएको भनें – ” होइन। म यसो बिस्तारो बिस्तारो हिंडछु। आज न पुगे भोलि पुग्दा भइ हाल्छ नि घर।”

“हुन्छ त्यसो त तर हिड्न सक् छस् र तँ?” – बाले शंका उठाउनु भयो।

“नसके जहाँ नसकुँला त्यही खोजौंला।” – मैले जवाफ दिएँ।

हामी घर मालिकनीसँग बिदा भयौं। हिड्ने बेलामा उनले मलार्ई एक्लैमा भनिन् – “उसले मलार्ई आमा भनेर गएकी छ। कहीं उसले दुःख पाई भने म तिमीलार्ई दोषी ठहर्यादउने छु।”

तीन दिन भित्रमा मलार्ई यो दोश्रो चेतावनी थियो र यी चेतावनी मैले नै पाउनु पर्ने कारण म केही पनि देख्दिनथें। चेतावनी पाउनु पर्ने अपराध मैले गरेको थिइनँ, जिम्मेवारी लिनुपर्ने काम मैले गरें जस्तो लाग्दैन। लौ भइहाल्यो। सुभद्राका साथीहरूले त मलार्ई आरोप लगाउने ठाउँ पाएछन् रे, उनीहरूलार्ई भ्रम भएछ रे तर यी केश पाकेकी स्वास्नीमानिसले पनि यसरी मलार्ई नै दोषी र जिम्मेवार बनाउनु पर्ने कारण के? उनले सामाजिकता र नैतिकता बुझेकी थिइन्। उनले मलार्ई यसो भन्नु केवल भावुकता मात्रै थियो।

टाउको सहन नसक्ने गरी दुःखेको थियो कमजोरी प्रशस्त भएकोले मेरो हिंडाई ढिलो नै भयो। त्यो दिन त यसै पनि घर पुग्ने सम्भावना न भएकोले हतारिनु पर्ने खास कारण पनि थिएन। बेलुका बास बसेर भोलि पल्ट बिहान हामी घर पुग्यौं। घर पुगेर म दलानको खाटमा पल्टिएँ। बाले भित्रै न पसी बाहिरैबाट कराउनु भयो – ” यो जीवनलार्ई केही खान दे ओ त।”

आमा दौडेर बाहिर आउनु भयो र मेरो अनुहार देखे पछि छेउमा बस्दै भन्नु भयो – “मैले तँलई ‘बिहेमा न जा’ भनेको मानेनौं तिमीहरूले। यी यस्तो हुनलार्ई पो रहेछ।” ‘तिमीहरू’ शब्द प्रयोग गरिए तापनि आमाको आरोप म माथि नभएर प्रत्यक्ष बा माथि थियो तर बा अगाडि हुनुहुन्नथ्यो।

“कहिले कहीं हुन्छ नि, आमा, त्यस्तो।” – मैले उठेर बस्दै भनें।

“उता बेहुली बहिनी त सार्है छन्। डोलीबाट झक्दै बेहोश थिइन्। कताको अर्तिसँयाली कताको के? रात भरी भुंग्रे जरो आएको थियो रे। खानु पिउनु केही छैन। इन्तु न चिन्तु छन्।” – आमाले एकै साँसमा भन्नु भयो। “घट्ला नि त जरो, आमा ! औषधिमुलो गरेकै होलान्।” – मैले जवाफ दिएँ। मेरी स्वास्नीले कचौरामा दुध लिएर आई र मेरो अगाडि राखेर भित्र पसी।

“जानपा लाएकाछन। ओखती मुलो गर्दैछ। थाङने लागेको भन्छ रे। म पनि गएँ नि बेलुका त एक छिन्। सानीहजुरआमाले भने ‘त्यो जीवन भएको भए,’ भन्दै तँलार्ई सम्झनु हुन्छ जहिले पनि। तँलार्ई त्यस्तो भएको भन्ने त सानेले भने पछि पो थाहा पाँए त मैले। बुहारीलार्ई त अझ भनेकी पनि छैन। बीचरा सानीहजुरआमालार्ई कस्तो पिरलो। एक्ली मान्छे, त्यसमाथि बेहुली बुहारी बिरामी, सानोकाका नानी केटाकेटी केही भर छैन।” – आमा सबै कुरा एकै चोटी सुनाउन चाहनु हुन्थ्यो।

“मामा पनि हुनुहुन्छ होला नि?” – मैले कुरा थपें र दुध पिउन थालें।

“त्यसो त खाने मानिस छन् नै घर भरी। कामगर्ने र बिरामी कुर्ने पो चाहि्यो त। आफ्नो त गाह्रो हुन्छ भने अर्काकी छोरीको हेर बीचार गर्न त त्यति सजिलो हुँदैन नि, बाबै !” – आमाले मुख बिगार्दै जवाफ दिनु भयो।

“आफ्नै ठान्नु पर्योै नि अब बुहारी बनाएर भित्र्याबई सके पछि त।” – मैले मुस्कुराउँदै भने।

अघि बिग्रिएको कुरालार्ई अलि सम्भाल्दै आमाले भन्नु भयो – “त्यसो त गर्नु हँुदैछ नि बरा सानीहजुरआमा तर माया त, बाबै, निकै सँगै बसे पछि मात्रै लाग्छ।” – फेरि एकछिन पछि थप्नु भयो – ” तँ त आज जान सक्दैनस् होला सानीहजुरआमा कहाँ?”

“म किन जानु पर्यो?” – अलि चिडिएँ म।

“लौ, कस्तो किन? बिरामी कुर्नलार्ई नि। सके पछि जानु पर्दैन त? अहिले त बहिनी गएकी छ। ठीकै छ। आजै जानु पर्छ भनेकी त होइन नि मैले। आज त सुत् न। ओडने एउटा ल्याइ दिउँ है?” – आमा भनी सिध्याएर जवाफ न पर्खी भित्र जानु भयो।

साइनोले मेरो आमा सौतनी आमा भए पनि मलार्ई कहिले पनि सौतनी व्यवहार गर्नु भएन। छोरी मात्र भए, छोरा भएनन् भनेर मेरा बाबुले दोश्रो बिहे गरेकी मेरी सानिमाले पनि छोरो दिन सक्नु भएन। तीन वटी छोरी मात्रै दिनु भयो। वहाँकी दुई छोरी पछि म जन्मिएँ र म जन्मेको एक महिना पछि वहाँकी कान्छी छोरी राधा जन्मी। म जन्मिएको ३ महिना भित्रै मलार्ई सौताको हातमा सुम्पेर मेरी जन्म दिने आमा सँधैको निम्ति विदा हुनु भएको रे। हामी दाजु बहिनी सानीमाका एक एक वटा लाम्टा चुस्थ्यौं रे, एउटै कोक्रामा सुत्थ्यौं रे। आमाको रिसमा मैले वँहाका हातको पिटाई पनि खाएको छु र बालार्ई रिस उठेको बेला मेरा शरीरमा पर्न लागेको चोट आफ्नो आँगमा थापेर आमाले मलार्ई जोगाउनु पनि भएको छ। मलार्ई ‘खान दिन्न’ भनेर थुने पछि पनि मैले थाहा न पाउने गरी बहिनीले दिऊ झैं गरी खाने कुरा पनि दिनु भएको छ। मैले वहाँलार्ई आमा भनेर चिनें र सौतनी आमा कस्ता हुन्छन् थाहा छैन।

बेलुका सुत्ने बेलामा मेरी स्वास्नीले भनी – “सानीकाकी सार्है लच्छिनकी त छैनन् जस्तो छ। घरै नआइपुगी बाटैमा तपार्ई बिरामी पर्नु भयो। उनी घर भित्र पस्दै बेहोश भएर पसिन्।”

“घटना घटनु र रोग लाग्नु पनि कहीं लच्छिन र अलच्छिन हुन्छ? नचाहिंदो कुरा किन सोच्नु र गर्नु?” – मैले विरोध प्रकट गरें।

“के सबैले गरेको कुरा मैले गर्न न हुने हो र?” – उसले मेरो विरोध स्वीकार गरिन। अझ थपी – “बुहारी घर भित्र पस्दा त घरै झलमल्ल उज्यालो पो हुनु पर्छ। बुहारी भित्र्याैएको हो कि बिरामी हुलेको हो। यस्तो पनि लच्छिनको हुन्छ त?”

“लच्छिन अलच्छिन तिमीहरू नै जान्दा रहेछौ। मान्छेको आनीबानी केही थाहा पाउनु छैन। त्यसै पहिले नै दोष लगाइ दियो भयो।” – मैले रिसलार्ई संयम भित्र राखेर भनें। “कस्तो छ त आनीबानी? सुनूँ न।” – ऊ अब लडन तयार भई।

त्ार मैले गृहकलह बेकारमा उब्जाउनु उपयुक्त नठानेर जवाफ दिएँ – “मलार्ई के थाहा? खाली अर्काको बानी व्यहोरा थाहा न पाई दोष लाउनु हुन्न भनेको पो त।” मेरो घाउलार्ई प्रत्येक दिन राधाले धोएर सफा गरिदिन्थी, औषधी लगाई दिन्थी र तीन दिन पछि नै हातले थिच्दा मात्र दुःखने चोट बाँकी रह््यो। तेश्रो दिन मेरो घाउ धुँदा धुँदै उसले भनी – “सानीकाकी त आज पो होशमा आइन्।”

“ए ! होशमा आइन्? के भनिन् त होशमा आए पछि?” – मैले सोधें।

“अहँ केही भनिनन्। आँखा खोलेर सबैलार्ई पालै पिलो हेरिन् अनि आँखा चिम्लेर आँसु खसालि रहिन्।”- राधाले जवाफ दिई।

“सोध्ोन त कसैले ‘किन रोएको?’ भनेर?” – मैले स्वाभाविक प्रश्न गरें।

“सोध्नु भयो नि मामा हजुरबाले ‘किन रोयौ, बा?’ भनेर तर उनले जवाफ दिऊ पो।” – राधाले जवाफ दिई।

म केही बोलिन। म न बोलेको देखेर राधाले फेरि भन्न शुरू गरी – “दाजु ! एउटा कुरा सोधुँ है न रिसाउने भए?”

“भन् न। के को निम्ति रिसाउनु पर्ला र तँसँग?” – मैले अभयदान दिएँ।

“पहिले तपार्ईसँग कुरो छिनेको केटी सानीकाकी नै हो रे। हो?” – उसका औषधी लगाउँदै गरेका हात टक्क अडिए।

“कसले भन्यो तँलार्ई?” – मैले प्रश्नको श्रोत पत्ता लगाउने प्रयास गरें।

“खै, बिरामी हेर्न आउने स्वास्नीमानिसहरू खासखुस त्यही कुरा गर्थे।”

“अनि अरू?”

“बिहेमा पनि सानीकाकीका साथीहरूले तपार्ईलार्ई नै जिस्क्याएको रे। हो?”

“जिस्क्याए होलान् नि।त्यसको कसले वास्ता राख्छ र? बिहेमा गाउँ घरका केटीले जन्तीलार्ई कहाँ जिस्क्याउँदैनन्?”

“तपार्ई सानीकाकी बिरामी हुँदा न जानु भएको पनि त्यसैले रे।”

“भनिनस् त तैंले म बिरामी छु भनेर?”

“‘उही दिन यहाँ आउन सक्ने हुनुहुन्थ्यो ब्यारे’ भनेर भाउजूले भने पछि मलार्ई कसले पत्याउने ‘बिरामी हुनुहुन्छ’ भनेर मैलेभन्दा?”

“त्यसो भए तेरी भाउज्युको विष बमन शुरू भइसक्यो। होइन?” – मैल्ो दिक्कदारी व्यक्त गरें। राधा बोलिन।

मैले आफ्नो राय व्यक्त गरें – “बुझस् राधा ! सानीकाकी भित्र के छ? सो मलार्ई थाहा छैन तर मेरो मन पवित्र छ। कम से कम तँ त्यति बुझराख्। तर एउटी केटीलार्ई आफ्नो घरमा उभिन र बाँच्न दिन लागेनन् भने चाहिँ मलार्ई मेरो बदनामी होला भन्ने डरले रोक्दैन। जसरी तँ घर गई सके पछि तेरो लोग्नेको घरमा उभिन लार्ई संरक्षण दिने अधिकार मसँग तँ बहिनी भएको नाताले छ त्यसरी नै उसलार्ई एकपल्ट मेरी वाक्दत्ता बनाएर समाजले मलार्ई त्यो अधिकार सुम्पेको छ। बिहे भएन त्यो अर्कै कुरा हो।”

“भाउजूले बुझ्नु हुन्छ यो कुरा?” – राधाले शंका उठाई। “बुझदन तेरी भाउजू। समाजले जस्तै ऊ पनि भाव र भावनाका कुरा बुझ्ने छैन। त्यसले मेरो जीवनमा दुःख जरुर पनि थप्दैछ जानेछ तर दुःखले मलार्ई कर्त्तव्यबाट हटाउन सक्दैन।” – मैले आफ्नो दृढता देखाएँ।

“मलार्ई त तपार्ईलार्ई केही हुन्छ कि भन्ने डर लाग्छ।” – राधा रोई।

मैले उसको आँसु पुछि दिँदै भनें – “न रो, राधा। जो हुनु त भइसक्यो। अब त समयको चक्र पछाडि सार्न सकिदैन। एउटी वाक्दत्ता केटीको बिहेमा अर्को बेहुलाको वारेस बनाएर पठाउन नै दिनु हुन्नथ्यो बा ले। पठाउनु नै परे पनि यस्तो छ है भनी दिनु पर्थ्यो। थाहै नपाई मेरा गल्ती त भइसके। सानीकाकी भनौं या सुभद्रा भनौं त्यो केटी भित्र म बारे केही ठोस धारणाहरू बनिसके र ती धारणाहरूलार्ई मेटन सकिंदैन।”

त्यही बेला आमा भित्र पस्नु भयो र दुइजनालार्ई देखेर भन्नु भयो – “के को हो नि यो दाजु बहिनीको एकान्त?” र राधाका चिसा परेला देखेर म तिर हेर्दै सोध्नु भयो – “के भनिदिइस् यसलार्ई र रोएकी नि यो?”

मैले त्यसलार्ई ठट्टामा उडाउँदै जवाफ दिएँ – “यो पिन्चेलार्ई रून कसैले केही भन्नु र गर्नु पर्छ?”

“केही न भई त्यसै रुन्छे त?” – आमाले पत्याउनु भएन।

मैले हाँस्दै जवाफ दिएँ – “हेर्नोस्, आमा। कोक्रामा सँगै सुत्दा देखि यी अहिले छोरीको बाबु भइसक्दा पनि यसलार्ई मैले रुवाएको ठहरिरहेछ। दोष सँधै मेरो थाप्लोमा छ। योचाहिं अन्याय भयो। आफ्नी छोरीको परेलामा आँसु झुण्डिएको देख्नु छैन, झमिक्क गर्दा पनि थोपा चुहिने गरी झुण्डिएको? मेरा चैं आँखामा आँसु आएन भन्दैमा मैले गरेर रोएकी भन्न कहाँ पाइन्छ? अहिले नै ‘पापा दिन्छु’ भन्नोस् त यसलार्ई हाँस्न थाल्छे यो।” फेरि राधातिर फर्केर लाडे स्वर पारेर भनें – “एक पल्ट हाँसिदे त, राधे, अनि म पापा दिन्छु।”

राधाले ‘हाँस्दिनँ’ भने पनि उसको हाँसो फूत्किइहाल्यो।

मैले जिस्क्याएको र राधा हाँसेको देखेर आमा झर्किनु भयो – “छ्या ! यी दुइटा भए भने जहिले पनि मै बूढीलार्ई बहुलाही बनाउँछन्।”

फेरि केही सम्झे झैं सामान्य भएर भन्न थाल्नु भयो – “सानीहजुरआमाले भन्नु भएको छ -‘सक्छ भने आज बेलुका पठाइदेऊ न’ भनेर। सक् छस् राति बस्न?”

“सक्छु। अब त बिरामी भन्न पनि लाज हुन्छ।” – मैले दृढता साथ जवाफ दिएँ।

“त्यसो भए त्यसै भनेर समाचार पठाइदिन्छु। बिरामी कुरुवा पनि बीचरा सानीहजुरआमाले कसलार्ई पो बोलाउनु?” – आमा बरबराउँदै बाहिर निस्कनु भयो र एकछिन पछि हामी दाजु बहिनी पनि निस्कियौं।

आमाले साँझ पर्ने बित्तिकै खान दिनुभयो। मेरी स्वास्नी किन हो कुन्नि त्यो तीन महिना पनि नपुगेकी छोरीसँग झर्को र फर्को गरिरहेकी थिर्ई र कसैले नबुझ्ने गरी एक्लै भुत्भुताउँदै थिर्ई। उसको झर्को र फर्को र भुत्भुताईमा बानी परिसकेको म त्यस पट्टी कुनै चासो न देखाएर खाना खाए पछि राँको बालेर सानीहजुरआमाको घर तिर लागें। हुन् त त्यो २।४ मिनेटको सँधै हिंडेको बाटोमा राँको बालिहाल्नु पर्ने खास जरूरत त थिएन तर एक पल्ट अँध्यारोमा हिंड्दाको फल भोगिसकेको छोरालार्ई अँध्यारोमा पठाउन आमाले कसै गरे पनि मान्नु भएन।

राँको लिएर भित्र पसेको देखे पछि बिरामी कुरेर बसेका सानोकाकाका मामाले भनें – “ल, आज त नाती आएछ। आज भने पालो पाइने भइयो। अनि तँलार्ई कस्तो छ?” अँगेनामा राँको निभाउँदै मैले जवाफ दिएँ – “ठीकै छ मलार्ई त अब। सानीकाकी लार्ई कस्तो छ? जानपा के भन्छ?”

“हिजोभन्दा आज अलि बिसेक छ। होश चैं छ आज भन्नु पर्योभ। जानपा पनि कुन जान्ने छ र गाउँमा? थाङ्ने लागेको भन्छन््। हुन् पनि थाङ्ने नै हो जस्तो छ। दुङ गनाउँछ पनि। बरू बिरामीले पो आज औषधी नै खान मानेकी छैनन्। हिजो अस्ति बरू होश नहुँदा चम्चाले हालेको त निलिन्थ्यो।” – मामाले एकै सासमा सबै भनिसिध्याए। मैले उनलार्ई सान्तना दिंदै भने, – “जसरी भए पनि खुवाउनु पर्छ नि अब। अनि सानीहजुरआमा, सानोकाका खै त?”

“भानिज त सुत्छु भनेर भर्खर मास्तिर उक्लिए। बहिनी थान्को मुन्को गर्न लागेकी होलिन्।” – मामाले जवाफ दिऊ।

कुराको सिलसिला कायम राख्न मैले सोंधे – “हजुर बा त सानीकाकी अलि बिसेक भए पछि त जाने होला नि?”

“कहाँ, नाति,? वहाँ घरमा सबै लठिभद्र छ। बिहे सिद्धिएको भोलि पल्ट नै घर फर्कन्छु भनेर हिंडेको मान्छे।” – मामाले आफ्नो आपत्ति देखाए।

“जस्तै बितेपनि त अब २।४ दिन वार कि पार नहुन्जेल त बस्नै पर्योो नि हजुरबाले।” – मैले ब्रह्मवाण छोडें। मामा बोलेनन्।

सानीहजुरआमा तल ओर्लिन् र मलार्ई देखेर भनिन् – ” ल, जीवन आएछ बल्ल। तँलार्ई कस्तो छ नि?”

“ठीकै छ अब त।” – मैले पूरानै कुरा दोहोर्या एँ।

“ल है, नाति ! यहाँ हेर्ने वर्ने कोही छैन। तेरै भर छ अब। तेरो सानोकाका बीचरालार्ई केही वास्ता छैन। ऊ त सुत्न गइसक्यो अहिले नै।” – उनले दिग्दारी प्रकट गरिन्।

मैले ठट्टाको लवज ल्याएर भनें – ” यी पाइएन त अब? उनी त सुत्न गइसके। बुहारी तपार्ईकी। यी आफैं हेर बीचार गर्नु पर्योो।”

“हो त। तिमीले नै गर्नु पर्यो ।” – मामाले पनि सही थापे।

“हो नि। नाति बाजे एक मुख भइसके पछि मेरो के लाग्छ?” – उनले पनि हाम्रो ठट्टालार्ई स्वीकार गरिन्।

“साँची, ओखती खुवाउनु पर्ने। खै, त्यो ओखती यहाँ देऊ त।” – मामाले सम्झेर बहिनीलार्ई अराए।

सानीहजुरआमाले औषधी ल्याइन् र मामाले अन्दाजीले खन्याएर मलार्ई दिंदै भने, – “ला, यति खुवाइदे।”

औषधीको कचौरा एउटा हातमा लिएर अर्को हातले सुभद्राको कुममा छोएर भनें – “ल यता फर्क त ओखती खानलार्ई।

उसले टाउको नै नफर्काइ मसिनो स्वरमा भनी, – “नाईं। खान्नँ म।”

“बिरामीले ओखती खान्न भनेर धर पाईन्छ? फर्क यता।” – मैले दृढ स्वरमा भनें। शायद मेरो स्वरमा दृढ निश्चयता देखेर होला उसले बल गरेर फर्कन खोजी।

उसलार्ई गाहारो परेको देखेर मैले भनें – “पख। तिमी आफैं उठन सक्दिनौं। म उठाई दिन्छु।”

दाहिने हातले पिठ्यँू मुनि राखेर मैले उसलार्ई बिस्तारै उठाएँ र आफूमा अड्याएर देबे्र हातले कचौरा उसको मुखमा लगाइ दिएँ। उसले एकै घुड्कोमा पिएर मुख बिगारी। उसले कुनै ठुलो बहादुरीको काम गरे जस्तै पारेर मैले भनें – “स्याबास ! निको हुन्छ अब यो रोग सोग। ल सुत अब।”

मैले उलार्ई पल्टाई दिएँ र उसले आँखा चिम्ली।

त्यति सजिलैसँग सुभद्राले औषधी खाएको देखेर मामाले भने, – “बिहान त्यति सजिलै ओखती खाइदिएको भए कस्तो हुन्थ्यो? त्यसै रोएर छुिट्ट।”

मैले त्यसमा प्रतिक्रिया जनाइनँ, बरू भनें – “हजुर बाले सुत्न नपाएको कति दिन भयो होला। आज म पालो दिने छँदैछु। बरू ओछ्यान लगाइदिनोस्, हजुर आमा, सुत्नु हुन्छ चँाडै। तपार्ई पनि सुत्नोस्। आजलार्ई पीर गर्नु पर्दैन।”

दाजुलार्ई मजेरीमा ओछ्यान लगाइ सके पछि मलार्ई सोधिन् – “तँ कता सुत् छस् नि?”

” म बिरामी कुरुवा सुत्न त कहाँ पाँउला र? तैपनि एउटा सिरक र राडी दिनोस् न। अहिलेचाहिं यहीं बिरामी कै छेउमा अडेस लागेर बस्छु। निन्द्रै आए यसै बसी बसी पनि निदांइ दिन्छु।” – मैले जवाफ दिएँ।

“अप्ठ्यारो हुन्छ होला। भरे बिरामी निदाइन् भने यहीं हजुरबाको छेउमा आएर सुत्नु।”

सानीहजुरआमाले बिरामीको छेउमा बसेको मलार्ई राडी र सिरक दिंदै भनिन्। एक छिन पछि सोधिन् – ” म त आज माथि नै सुते हुन्छ होला नि?”

म्ाामाले जवाफ दिऊ – ” हुन्छ, हुन्छ। पालो पाएको दिन राम्रोसँग सुत्नु पर्छ। कति दिन कुर्नु पर्ने हो?”

म्ाामा पल्टना साथ भुसुक्क निदाए। मैले बिरामीको पानी ल्याएर नजिकै राखें र बत्ती लार्ई अलि मधुरो बनाएर बिरामीको सिरानी नेरै राडी ओछ््याएर गम्लङ सिरक ओडेर बसें। म यसरी बसेको थिएँ कि केही गरी म निदाइहालेको खण्डमा सुभद्रालार्ई केही चाहिए उसले मलार्ई सजिलैसँग छोएर बिउँझाउन सकोस्। लम्पसार परेर निदाउन सक्ने ठाउँ थिएन र बसी बसी निदाएको मानिसको निन्द्रा त्यति बाक्लो हुन् सक्दैनथ्यो।

सुभद्रा “स्वाँ, स्वाँ” गरेर खटपट गरिरहेकी थिर्ई मानौं ऊ भित्र केही पाकिरहेको थिई, दन्की रहेको थियो। उसको त्यो खटपटी देखेर उसको अनुहार नजिकै मुख लगेर सानो स्वरले सोधें – “के भयो, सुभद्रा?”

सुभद्राले दुवै आँखाले ट्वाल्ल मेरो अनुहार हेरेर शुष्क र मलिन स्वरमा भनी – “अब म मर्दैछु। होइन?”

मैले सान्तना दिंदै भनें – “कसले भन्यो तिमी मछर्््यौ भनेर? म तिमीलार्ई मर्न दिन्न।”

उसले लामो सास तानेर भनी – “कति दिन घिसार्छौ तिमी यो भारी? मलार्ई सजिलोसँग मर्न देऊ बरू तिमी।”

सुभद्रा ‘स्वाँ, स्वाँ’ गरिरहे पनि उसको खटपटाई बन्द भयो। मैले सुभद्रालार्ई धेरै बेर हेरिरहें। मलार्ई उसको भविष्य बारे, उसले काटनु पर्ने जिन्दगी बारे चिन्ता थियो। उसको व्यवहारमा मप्रति देखिएको आत्मियताको कारणले हामी दुई जनाको बीच जति सुकै सङलो सम्बन्ध किन नहोस् समाजका प्रत्येक सदस्यले सुभद्रालार्ई धमिल्याएर नङयाउन खोज्ने छन् र कति दिनसम्म ढाल भएर बस्न सकुँला म? मेरै घरका सदस्यसम्म ले पनि स्वीकार न गरिदिन सक्छन् मेरो मनको पवित्रतालार्ई र सुभद्रा प्रतिको मेरो कर्त्तव्यलार्ई उल्टो अर्थ लगाएर परिभाषित गर्न सक्छन्। मेरो दायित्वले सुभद्रालार्ई मर्न दिन चाँहदैन। सानोकाका सबल भएर आफ्नी स्वास्नीको रक्षा गर्न नसकुन्जेलसम्म त मैले रक्षा गर्नै पर्छ उसको। वारेसको कर्त्तव्य पनि त यही हो। फेरि बाजेले मर्नु अगाडि ‘भाइ जस्तै गर्नु है जीवन तैंले यसलार्ई।’ भनेका बचन पनि त मैले बिर्सनु भएको छैन।” रातको दोश्रो पहर बिते पछि म त्यहीं ठाउँमा निदाएछु। उज्यालो हुन् १।२ घडी रात बाँकी हुँदै मामाले खोकाई सुनेर म ब्यँुझें। सुभद्रा बायाँ गालो मेरा तिघ्रोमा टाँसेर दाहिने हात मेरो काँखमा राखेर निदाइ रहेकी थिई -आमाको छातीमा मुख लुकाएर आमालार्ई अँगालो मारेर सुतेको बालक जस्तै। मैले उसलार्ई छोएर हेरें। जरो धेरै कम थियो। मैले मामा तिर हेरेर भनें – “अहिले जरो त धेरै घटेछ। बिहानी पख भएर होला।”

“बिहानी पख त हिजो पनि घटेकै थियो। दिनसँग सँगै चढदै जान्छ।” – मामाले जवाफ दिऊ।

“जानपा लाएर मात्रै निको हँुदैन होला। वैद्यलार्ई बोलार्ई पठाउँ कि कसो?” – मैले उनीसँग सहमति मागें।

“बाँच्नलार्ई, नाति, कसै माथि विश्वास भए मात्र बाँच्न सकिन्छ र यिनीलार्ई तँ बाहेक अरू हामी कोहीप्रति आस्था र विश्वास छैन। अनि म के भनूँ? तँ जसो भन् छस् मलार्ई मञ्जुर छ। बरू कसलार्ई लिन पठाउने हो, त्यो विचार गर।” – मामाले सहमति जनाए।

मैले बिहानै बा लार्ई गएर वैद्यलार्ई लिई आउने चिठ्ठी लेखिदिन अनुरोध गरें। आमा मार्फत नभएर प्रत्यक्ष आफूमा अनुरोध आँउदा सँधै पडकने मेरा बाले एक पल्ट गहिरो आँखाले मलार्ई हेर्नु भयो र चिठ्ठी लेखि दिनु भयो। मैले सानेलार्ई राम्रोसँग ‘वैध लार्ई नलिई नआउनु नि’ भन्दै सम्झाई बाको चिठ्ठी हातमा दिएर पठाएँ।

वैद्य आएर हाम्रै घरमा बसे र सुभद्रालार्ई जाँचेर भने – “यो म्यादी जरो हो। २०।२२ दिन त पक्कै आउँछ। मुग्लान तिर डाक्टरहरू यसलार्ई टाइफाइड भन्छन््। यसलार्ई निको पार्न सार्है परेजमा राख्नु पर्छ बिरामीलार्ई। पीर सुर्ता पनि केही पर्न दिनु हुँदैन।”

वैद्यले औषधी खुवाउन थाले पछि जरोको मात्रा केही घट्ट्यो तर जरो निमिट्यान्नै पार्न चाहिं म्याद पर्खनै पर्ने भयो। वैद्य त्यति लामो कुर्न सक्दैनथे। उनले औषधी मेरो जिम्मा लाउँदै भने – “यसलार्ई टायम टायममा खुवाउन नबिर्सनु नि।”

यसरी सँधैको औषधी खुवाउने काम मेरै जिम्मा लाग्यो। बिहानी देखि बेलुकासम्म खुवाउनु पर्ने औषधीहरूको लेखा जोखा मैले नै राख्नु पर्ने र मेरो उपस्थितिमा एउटा न एउटा निहुँ निकालेर बिरामी कुरुवारू हटदै जानाले साँच्चै बिरामी कुरुवा म मात्र भएँ।

समय बित्दै गयो। सुभद्रा जरोको तापले होश र बेहाशीका सीमाना वार पार गरिरहन्थी र होशमा आएको बेला बिरामी केटाकेटीले आमा खोजे जस्तो सँधै मेरो उपस्थिति चाहन्थी। हुन् त बिरामी र कमजोर भएको बेला सबै नौलाहरूका बीचमा उसले मलार्ई नै सबैभन्दा आफ्नो ठानी होली तर समाजको मान्यतामा त सानीहजुरआमा या उनका दाजु सुभद्राका जति नजिक थिए त्यति नजिक त म अवश्य हुन्नथें। त्यसमा पनि म सुभद्राको समकक्ष उमेरदार केटो, अझ एक पल्ट मेरी वाकदत्ता भइसकेकी उसको म प्रतिको चाह देखेर समाजमा नकरात्मक सोचाई राख्नेहरूको निम्ति आक्षेप लगाउन पर्याप्त साधन भइसकेको थियो। हुन् त यस्ता कुभावना समाजमा न जन्मलान् भन्ने मैले नसोचेको पनि होइन र जस्तै परिस्थितिमा पनि म उसलार्ई बचाउन कम्मर कसेको थिएँ तर ‘कागले कान लग्यो’ भन्दैमा आफ्नै कान छाम्न मेरा आफ्नै घरका मानिसले बिर्सलान् भन्ने चाहिंं मैले सोचेको थिइनँ।

सुभद्रलार्ई मागेर पनि बिहे न गर्नु आफ्नो गल्ती भएको अनुभव मेरा बाबुलार्ई भएको थियो भने अर्को तिर सुभद्रालार्ई आफ्नी बहिनीको घरमा हुल्नु भुल गरेको पछुतो सानोकाकाका मामालार्ई हुन् थालेको थियो। झन् त्यसमाथि पनि सुभद्राको बढदो केटाकेटीपनाले (शायद बिरामीको कारणले तीव्र भएको) ती भुलका भावनाहरूलार्ई अझ तीव्र बनाईरहेको थियो। मेरा बाबुको यो पछुतोको भावनाले मेरी आमाका मनमा ममा पर्न सक्ने अनिष्ठाको डर उत्पन्न हुन् थालेको थियो र मेरी स्वास्नी शंकाको पाप पेटमा पालेर म माथि परस्त्रीगामीको आरोप लाउन थालिसकेकी थिर्ई। केवल राधालार्ई म माथि विश्वास थियो र ऊ मेरो साथ दिइरहेकी थिर्ई।

सुभद्रालार्ई जरोले छोडे पछि मैले उसलार्ई कुरेर बस्नु पर्ने कुनै आवश्यकता देखिनँ। त्यसैले २।४ दिन देखि म आफ्नै घरमा सुत्ने गर्दथें। आफू निको हुन् थालेकी र दिउँसो बेला बखतमा म पुगि नै हाल्ने हुनाले उसले पनि मेरो स्थितिलार्ई बुझेर मेरो अनुपस्थिति स्वीकार गरेकी थिर्ई। राधा प्राय जसो सँधै नै उस कहाँ बस्ने हुनाले उसको उपस्थिति अनुरोध गर्दथी र राधाको बास कसैलार्ई अमान्य हुन् सक्ने कुरा पनि थिएन। मलार्ई घरमा बसिरहन नरमाइलो लाग्ने हुनाले सुभद्रा कहाँ नगए पनि घर बाहिर नै हुन्थें।

एकदिन बेलुकी पख घर आइपुग्दा सार्हैद भोक लागेको थियो र सिकुवामा नै आमालार्ई भेटेर भनें – “आमा ! खाने कुरा केही छैन? आज सार्हैम भोक लाग्यो?”

आमाले चिन्तित भएर भन्नु भयो – “सँधै त आफैंले भाग लाउँथे र ‘तँ आउँछस्’ कि भनेर तेरो भाग छुट्याएर राख्थें। आज बुहारीले भाग लगाएकी। मैले केही भनिन्। उसले जानेर राखी कि राखिन। तै राखेकी छ कि?”

आमा भित्र पस्नु भयो। म पनिसँग सँगै पसें। मेरी स्वास्नी भान्सामा बसिरहेकी थिर्ई। आमाले उसलार्ई हेरेर सोध्नु भयो – “होइन बुहारी ! तैलें आज जीवनको भाग खाने कुरा राखिनस्?”

“कहिले खान आउने भए पो राख्नु।” – उसले चुलोबाट मुख नफर्काई जवाफ दिई।

अरू कुनै नरम स्वरले बुहारीले आफ्नो गल्ती स्वीकार गरेकी भए आमालार्ई चित्त बुझ्ने थियो होला तर छोरो माथि बुहारीको छुद्र वचनले वहाँलार्ई रिस उठ्यो र भन्नु भयो – “खान आएन भनेर भागै न लाउने हो त? आमाले, स्वास्नीले भाग लाउँदा पनि छोराको, लोग्नेको भाग पर नसारी खाने हो भने त कुकुर्नी घिचाइ भइहाल्यो नि।”

“ल, म कुकुर्नी नै भएँ। भयो अब? ल्याउनु नि छोरालार्ई राम्री, असल बुहारी। गाउँमा भित्रयाएकै छ क्या रे।” – मेरी स्वास्नी बम्की।

आमा स्तब्ध हुनु भयो र भएँ म पनि। आजसम्म जति हल्ला गाँउमा चलेका थिए ती सब बेवारिसे थिए तर अहिले आफ्नै घरमा तिनीहरूको वारेस निस्किदिएकीले आमा स्तब्ध नहुने त कुरै भएन र म पनि आफ्नै स्वास्नीले प्रत्यक्ष आरोप लगाएर मेरी आमालार्ई झम्टँदा निर्वाक हुनु स्वाभाविकै थियो। आफ्नो र आफ्नो ममताको अपमान भएको देखेर आमा रिसले राती हँुदै बुहारीलार्ई झम्टन लाग्नु भएको थियो। मैले बीचैमा रोकेर भनें – “आफ्नो घरको रछ्यान खोतलेर आफैंलार्ई मात्र छिंटा पर्छ, आमा ! अरूलार्ई त रमिता हुन्छ।” र आमालार्ई अँगालो मारेर बाहिर लिएर आएँ।

बुहारी माथि पोख्न नपाएको रिस म माथि खन्याउँदै भन्नु भयो – “तलार्ई पनि अरूले के भन्ला? कसो भन्ला? भनेर वास्ता छैन। आफ्नो जिद्दी लियो हिंड्यो। अरू त भन्थे भन्थे, अब त घरमा स्वास्नीले समेत भन्न थाली सकी।”

मैले आमालार्ई सम्झाउँदै भने – “तित्राको स्वर उसको टाउकोभन्दा ठुलो हुन्छ र त्यही स्वरले उसको आफ्नो टाउको कटाउँछ। उसले भनी त के भयो? उसले कहिले पो भनेकी छैन र? तपार्ई मेरी आमा भएकीले एक कुरा सुनाइ राख्छु – सुभद्राप्रति मेरो कुनै पनि कुभावना छैन चाहे जसले जे सुकै आरोप लगाओस् तर एक सत्य मैले बुझेको छु – मेरो विवाह सुभद्रासँग भए म सुखी हुने थिएँ होला। ऊसँग नभएर तपार्ईकी बुहारीसँग भयो र त्यो सुखको त्यहीं अन्त्य भयो। आमा बाबुले छोरा छोरीलार्ई कमाइदिने अन्तिम सुख तपार्ईहरूले जति प्रयास गरे पनि कमाई दिन सक्नु भएन। दोष तपार्ईहरूको होइन, तपार्ई हामी सबैभन्दा बलवान कालचक्रको हो। अब त जो सुख म आफू कमाउन सक्छु त्यही मात्र मेरो सुख हुन्छ।”

म बाहिर निस्कन लागें। आमाले आत्तिएर भन्नु भयो – ” तँ कहाँ जान् छस्? जाने भए पनि केही त खाएर जा।”

“अहिले त भोक पनि मेटिए सक्यो, आमा।” – मैले निस्कदै जवाफ दिएँ।

आफ्नै अर्धाङ्गिनी द्वारा आरोपित र अपमानित हुनु पर्दा मेरो भोक मेटिनु स्वाभाविकै पनि थियो। म कुनै आत्माभिमान नभएको मानिस त होइन तर पनि स्वास्नीको वचनले म पीडित भइनँ। सुभद्रालार्ई नभेटुन्जेल मेरी स्वास्नीले यति भनेको भए शायद म खप्न सक्ने थिईन होला र शायद ऊसँग झगडागर्ने थिएँ होला तर त्यो बेला मेरो मनस्थिति नै अर्कै थियो।

मैले नारीका विभिन्न रूप देखेको थिएँ। एकातिर मेरी आमा हुनुहुन्थ्यो जसलार्ई मेरो सुख बाहेक अरू केही चाहिन्नथ्यो, आफूले नजन्माएको छोरोको निम्ति बलिदान हुन् सक्नु हुन्थ्यो। अर्को तिर सुभद्रा थिर्ई जो एउटा छिन्न भिन्न भएको मिथ्या संसार बोकेर क्षणीक सुखको लागि पनि जीवन आहुति दिन तयार थिर्ई। अझ तेश्रो तिर मेरी स्वास्नी थियो जो आफूले पाएको अधिकार मानिवीय मायाले बेरेर, छोपेर उपभोग गर्नुभन्दा समाजसँग हार गुहार मागेर, मर्यादाको त्रास खडा गरेर सो अधिकार प्रयोग गर्न खोज्दथी। तीनै जनाको मप्रति प्रेम थियो र स्वार्थ पनि थियो तीनै जनाको आफ्नो आफ्नो। उनीहरू मध्ये सबैभन्दा कमजोर पक्ष सुभद्राको भएकोले शारीरिक तथा मानसिक दुवै रूपले ऊ नै बढी पीडित हुने थिर्ई तर सबैभन्दा सानो चाह पनि उसैको नै भएकोले हार्दा पनि सबैभन्दा सानो क्षति उसैको हुन्थ्यो र जित्दा पनि सबैभन्दा ठुलो उपलब्धि उसैले पाउथी। मलार्ई, किन हो किन? संसार नै अति शु73म लाग्न थाल्यो। साना साना स्वार्थमा जेलिएर मसांग्रिदै साँगुरिएको। यति सानो संसारमा मानिस कसरी अटाइरहेको छ? म अच्चम मान्न थालें। म त यस्तो विश्व चाहन्थें जसमा मैले जति हात खुट्टा फिंजाए पनि आगेटन नसकूँ, जसमा मेरा चाहनाले जति फटका मारे पनि कहिल्यै पनि न टुंगियोस्। मेरा पाइला अगाडि मात्रै बढिरहेका थिए र पछिल्लो पाइलाले अघिल्लो पाइलालार्ई मेटदै उठे जस्तो लाग्थ्यो मलार्ई। एक पछि अर्कोलार्ई पछ्याउँदै उठेका मेरा पाइलाहरूले मलार्ई बिस्तारै बिस्तारै मेरो घरबाट, मलार्ई माया गर्नेहरूबाट धकेल्दै धकेल्दै झन् टाढा झन् टाढा लिएर गए। म एक क्षितिजबाट अर्को क्षितिज फडकदै जान लागें र पछाडि हेर्ने चाहनासम्म पनि मेरो मनमा उठ्न सकेन।

सुभद्राको भनाई – २

यदि मर्ने र बाँच्ने चाहनाहरूको सम्मिश्रण नै जीवन हो भने मेरो पनि जीवन हो। नत्र त बिरालाका सात जुनी जस्ता जुनी मध्ये कति त मैले सिध्याई सकेकी थिएँ। माइतीमै कति चोटी मरिसकेकी मैले बाटोमा नै उसलार्ई ‘ऊ मेरो कोही पनि होइन’ भने झैं गरी बाटोमा तेर्सिएको थोत्रो मुढोलार्ई जस्तै छोडेर हिड्नु पर्दा मेरा बाँच्ने चाहनाहरू म्ारिसकेका थिए र मेरा मर्न चाहने चाहहरूको एक छत्र शासन भइसकेको थियो। ऊप्रति मेरो अधिकार कति अशक्क्त र अमान्य रहेछ र समाज अगाडि म कति तुच्छ र निर्बल रहिछु भन्ने बुझे पछि बाँच्नको निम्ति संघर्ष गर्नु पर्ने आवश्यकता मैले देखिनँ। बिना संघर्ष त सलसलाउँदो मानिस त चिसिदैं जान्छ भने उसकै अगाडि ढलिसकेकी मेरो निम्ति त मर्न कुनै गाहारो थिएन। तर उसको मलार्ई बचाउने प्रबल आकांक्षाका अगाडि मेरा मर्न चाहने इच्छाहरूले निहुरनु नै पर्योय र मलार्ई बाँच्न कर लाग्यो। मृत्यु आएर संघारमा उभिंदा पनि उसले मलार्ई जान दिएन र मलार्ई काखी च्यापेर मृत्युसँग संघर्ष गरिरह््यो र जितेर नै छाड्यो।

हुनत उसले आफ्नो कर्त्तव्य मात्रै पूरा गरेको थियो होला किनकि मेरो प्रेम स्वीकारोक्ति उसले कहिले पनि गरेन तर मेरो हृदय भित्र कल्पना संसार निर्माण गर्न यसले रोकेन। कुनै समयमा म उसकी वाक्दत्ता भएँ, उसलार्ई चाहन थालें। पछाडि उसकी त्यक्ता भएँ, उसलार्ई घृणा गर्न खोजें। तर आफ्नो प्रेमप्रति अन्याय भएको ठानेर घृणा गर्नेहरूको प्रेम हर्पेको मुखमा पीनाले छोपेर राखेको घिउ जस्तै हुँदो रहेछ। अचानक छायाँपति झैं ऊ मेरो अगाडि आएपछि घृणाको पाप्रो उप्किएर गयो र ऊ प्रतिको मेरो प्रेम ताजै देखा पर्योआ। बिस्तारै मैले आफूलार्ई उसकी प्रेमिकाबाट स्वास्नीमा उक्लिएकी देख्न थालें। उसलार्ई त्यो स्थितिमा छोडेर आउन बाध्य हुनु परेकोले बाँच्ने इच्छा नै नराख्नु र उसले बचाउन चाँहदा बचाउन दिनुको कारण पनि यही प्रेम र अधिकारको भावनाले नै होला। वैद्य र जानपाको औषधी र झारफूकभन्दा उसको उपस्थिति नै मलार्ई सह्योगी भयो। उसको हेराईले म शान्त हुन्थें, उसको छुवाईले म निदाउन सक्थें र उसको प्रत्येक शब्दमा मलार्ई विश्वास हुन्थ्यो।

मलार्ई जरोले छाडे पछि ऊ हामी कहाँ आएर सुत्न छोडयो र दिउँसो पनि यदाकदा देखा पर्दथ्यो। एक दिन निकै बेर उसकी सानीहजुरआमासँग बाहिर बसेर कुरा गरिरह्यो। जानुभन्दा यसो अगाडि बस्दा पनि न बसी उभिएर नै सोध्यो – “कस्तो छ तिमीलार्ई अब?”

मैले भर्सक आफू भित्रको भावनालार्ई दबाउँदै उल्टो उसैलार्ई प्रश्न गरें – “हिजो अस्ति तपार्ई आउनु भएन नि। किन?

उसले मुस्कुराएर जवाफ दियो – “अब त तिमी निकी भई सक्यौ नि। त्यसमा अलिकति बल थपेर तिमीले पो यो रोगको गँुड यो ओछ््यानबाट बाहिर निस्कनु पर्छ त। मान्छे भेट्न आउलान् भनेर आश गर्न ुहुन्छ?”

उसको प्रश्नको जवाफ मसँग थिएन। केही छिन पछि ऊ मसँग बिदा भएर गयो। मैले उसलार्ई रोक्न सकिंनँ।

दुई तीन पछि राधा आई। उसका आँखा गोलभेडा जस्ता राता थिए र उसको अनुहार सुकेकेा जाई जस्तो निन्याउरो थियो। ऊ रात भरी न सुती रोएको प्रष्ट देखिन्थ्यो। म आज मात्रै आफ्नो कोठामा सरेकीले कोठामा म बाहेक अरू कोही पनि थिएन। ऊ केही न बोली मेरो ओछ्यानको छेउमा आएर बसी। उसको त्यस्तो अनुहार देखेर मैले सोधें – “के भयो राधा?”

राधा भर्सक आफूलार्ई संयममा राख्न खोज्दै भनि, – “हैन। केही पनि भएको छैन। तपार्ई त अब कोठामा सर्नु भए छ नि?”

दुई दिन पछि मात्र त्यो हातमा देखा परेकी राधाको त्यो पीडा अकारण होइन भन्ने निश्चय भएको र राधाले त्यसलार्ई टालटुल पार्न खोजेकीले मैले अलि कठोर भएर भनें – “किन कुरा छल्न खोजेकी? भयो के? भन त।”

उमेरले होइन तानाले म जेठी हुन् पुगेकीले उसले मलार्ई आफूभन्दा ठूली ठानेको अनुभव मलार्ई भएकोले नै मैले दबाव दिन सकें।

राधा मेरो काँखमा घोप्टो परेर रून थाली। म असमञ्जस्यतामा परें। राधाले यसरी मेरो काँखमा घोप्टो परेर रून पर्ने कारण उसको व्यक्तिगत मात्र पक्कै हुन् सक्दैनथ्यो। उसको मसँग विशेष निकटता र मित्रता थिएन। यसरी एकाएक आफ्नो हितैषीलार्ई मनको कुरा मुखले भन्न गाहारो भएर आँसुले बुझाउन खोजे झैं राधाको व्यवहारले एउटै कुरा जनाउँथ्यो कि कुनै हाम्रो साझा व्यथा उम्लिएर आएको थियो र हाम्रो साझा भन्नु ऊ मात्र थियो। म संशकित भएँ – कहीं उसलार्ई केही न होस्। मैले आफ्नो शंकालार्ई निश्चयमा बदलेर भनें – “के भयो दाजुलार्ई?”

राधाले टाउको उठाएर आँखाको आँसु न पुछिकनै भनी – “दाजु अस्ति देखि घरमा हुनुहुन्न।”

राधाको जवाफ शूल ज्ास्तो भएर छातीमा गाडिए पनि त्यो पीडा अनुहारमा आउन नदिई मैले सहज प्रश्न गरें – “कहाँ जानु भयो त?”

“थाहा छैन। चिने जानेका सबै कहाँ खोजिसकियो। कहीं पनि हुनुहुन्न।” – राधाले आँसु पुछ्दै जवाफ दिई।

“कसैलार्ई पनि केही नभनी घर छोडेर जानु पर्ने केही कारण परेको थियो र?” – मैले बुझ्न चाहें।

राधाले उसले घर छोडेको दिनको घटना बखान गरी। त्यो सुनेर म स्तब्ध भएँ।

“भाउज्यूसँग झगडा त पहिले पनि त हुन्थ्यो होला?”

“हुनत बराबर हुन्थ्यो तर दाजु त्यसलार्ई कि त्यसै उडाइ दिनु हुन्थ्यो कि भाउज्यूलार्ई गाली गर्न हुन्थ्यो। भाउज्यूले बचन नलगाएको मानिस पनि को छ र?”

“दाजुसँग झगडा त केटी कै निहुँ लिएर त हुन्थ्यो होला नि?”

“हो। तपार्ईलार्ई थाहा छँदैछ दाजुको बानी। तरूनीतन्देरी, बूढाबूढी सबैमा सँधै समान व्यवहार हुन्छ, समान भावना हुन्छ, आफूले सके सम्म सह्योग गरूँ, सेवा गरूँ। भाउज्यूको मनमा सँधै शंका मात्र हुन्छ – तरूनीको निम्ति गरे उसको मन जित्न गर्योो भन्ने, बूढाबूढीको निम्ति गरे तरूनी छोरीबुहारी हत्याउन गर्यो् भन्ने। मन पापी भए पछि चाल्नाका सहस्र प्वाल जस्ता निहुँमा एउटा छिद्र त सँधै पाइहालिन्छ नि।”

“आमा के भन्नु हुन्छ त?”

“आमा त खानु न पिउँनु रोएर मात्र बस्नु भएको छ। ‘आउँछ नि’ भनेर बाले कति सम्झाउँदा पनि माने पो।”

“पीर त अब भाउजूलाईृ पनि त लागेको होला?”

“अहिले लागेर के गर्नु? बेलामा कहिल्यै लागेन।”

“पश्चातापले पछि राम्रो गराउँछ नि।”

“पश्चातापले स्वभाव त जाँदैन। अहिले पनि ‘मैले के भनेकी थिएँ र? दुनियाँले भनेकै कुरा त भनेकी हुँ नि’ भनेर आफैं भुत्भुताउनु हुन्छ।”

“कसैले त देख्यो होला नि कहीं गएको?”

“अस्ति त देखेका थिए रे। ‘यसो पल्लो गाउँमा सम्म ‘ भन्नु हुन्थ्यो रे। त्यस पछि कसैले पनि भेटेको कुरा थाहा छैन।”

राधाका सबै कुरा सुनि पछि मैले उसलार्ई एउटा निर्णयात्मक जवाफ दिएँ – “राधा ! तिम्रो दाजुलार्ई कुनै अनिष्ठ भएको छैन। लोग्नेमानिसले खोजिनीति गरिरहेकै छन्। कसै न कसैले १।२ भित्र केही समाचार लिएर आउँछ।”

“पक्का?” – राधाले यसरी प्रश्न गरी मानौं म कुनै भविष्यवक्ता हुँ।

मैले हाँस्दै भने – “तिमीलार्ई डर लागेको होला कतै दाजुले पीरले आत्महत्या गर्नु हुन्छ कि भनेर। जो मानिस अरूलार्ई जीवनदान दिन सक्छ त्यो व्यर्थै आफ्नो जीवन फाल्दैन। अर्काको सुखको निम्ति आफ्नो जीवन साँचेर राख्छ।”

राधाले साँच्चै मलार्ई विश्वास गरेर उज्याली भई। मैले उसलार्ई अरू थप साहस दिन भनें – “बरु आमा र भाउजूलार्ई सम्झाऊ। एकै कोक्रोमा हुर्केकी बहिनीले त दाजुलार्ई राम्रै चिन्नु पर्ने हो नि।”

राधाले ठट्टयौले पाराले भनी – “बहिनीको चिनाई एउटा हो, वाकदत्ता प्रेमिकाको चिनाइ अर्को।”

राधाको भनाइले मेरा नशाहरू पीडा र आनन्द दुवै एकसाथ भरिएर झन्कन थाले। मैले उदाश भएर जवाफ दिएँ – “राधा ! वारी न पारीको जिन्दगी कस्तो हुन्छ, त्यो भोग्नेलाईृ थाहा हुन्छ।”

प्ााचौं दिन कसैले समाचार ल्यायो – ‘१।२ महिना घुमेर आउँछु’ भनेर ऊ जाँदै थियो। तर कसलार्ई के थाहा? यो १।२ महिना १।२ वर्ष पनि हुन् सक्छ, अझ एक जुग पनि। उसलार्ई यहाँ तानेर फर्काएर ल्याउने सक्ने डोरी केवल आमाप्रति उसको माया मात्र थियो तर त्यो उँघौली माया नै पो कति बलियो होला र?

मेरो सहज जिन्दगी अब दुई भागमा विभाजित भएको थियो – सामाजिक र व्यक्तिगत। एकातिर मैले समाजका सबै मान्यताहरूलार्ई बोकेर एउटी बुहारीको जीवन यापन गर्नु पर्थ्यो भने अर्को तिर आफ्ना धारणाहरूलार्ई जीवन्त राखेर कसैको निम्ति बाँची पनि दिनु पर्थ्यो। यी दुई विपरीत परिस्थितिलार्ई तालमेल मिलाएर राख्नु मेरो निम्ति जीवनको संघर्ष थियो र रोग निको भए पछि मेरो संघर्षको शुरूआत भयो।

संघर्ष, सम्झौता र मान्यतामा आधारित मेरा सामाजिक सम्बन्धहरू समाजले स्वीकृत गरिदिए मात्र म जुन परिस्थितिमा थिएँ त्यसैमा अड्न सक्थें। अन्यथा समाजले त्यक्ता, परित्यक्ता, पतिता या अरू कुनै नाम दिएर मलार्ई बहिष्कार गरिदिन सक्थ्यो र नारी एक पल्ट समाजबाट बहिष्कृत भइसकेपछि ऊ कहिले पनि फेरि मान्यता पाउन सक्दिनँ भन्ने मलार्ई थाहा थियो। त्यसैले सामाजिक मान्यता कायम राख्न पहिलो सम्झौतागर्ने निर्णय गरें जो मेरो निम्ति अत्यावश्यक थियो र यसको सफलता या असफलतामा नै मेरो भविष्य निर्भर हुन्थ्यो।

सँधै आफ्नी आमाको कोठामा सुत्ने उसको सानोकाका मेरो कोठामा सुत्न आयो। ऊ आफूखुशी आएको हो वा आमाले पठाएर आएको थियो, दैव जानोस, तर मलार्ई भने ऊ आफूखुशीलेभन्दा आमाको करले बसाई सरेको हो भन्नेमा बढी विश्वास थियो। बुहारी आइसकेपछि छोरालार्ई आफ्नो काखमा लिएर सुत्न आमालार्ई नसुहाउने र उमेरदार बुहारीलार्ई छोराबाट अलग राख्नाले बुहारी माथिको नियन्त्रण कमजोर होला भन्ने धारणा पनि उनमा हुन् सक्थ्यो। फेरि मैले पनि मेरो कानूनी लोग्नेभन्दा अलग कोठामा सुतेर आफूलार्ई त्यक्ता बनाउनु उपयुक्त थिएन र त्यसैले म ऊ मेरो कोठामा आउने प्रतिक्षा र तयारीमा थिएँ। बीचरा उसको सानोकाका मेरो कोठामा पस्न डराएको थियो र डर तथा लाजले ढोकाको संङारमा आएर निकै बेर उभियो। म उसलार्ई ‘आउनोस्, बस्नोस्’ भनेर मुखैले भन्ने थिएँ होला तर म बुहारी, नयाँ दुलही भएकी र उसकी आमा कहीं बसेर त्यो बेला चियो गरिरहेकी छन् भन्ने बुझेर बाहिरबाट नदेखिने गरी तर उसले भने देख्ने गरी हातले आऊ भनेर इशारा गरं र ऊ भित्र पसे पछि इशाराले नै ढोका बन्द गर्न लगाएँ। ढोका बन्द गरे पछि पनि हामी निकै बेर बोलेनौं। उसमा बोल्ने आँट थिएन र मलार्ई बोल्न हतार थिएन। २।४ मिनट पछि म सुस्तरी चाल मारेर ढोकाको छेउमा गएँ र दुई हातले ढोकाको दुवै पल्ला समाएर एकै झटका खोली दिएँ। ढोकाको प्वालमा कान थापेर बसेकी उसकी आमा अप्रत्याशित ढोका खुलार्ईले गर्दा झण्डै लडिन् तर मैले केही थाहा न पाए झैं गरी भनें – “ए ! आमा पो। किन?”

च्ाोरी गर्दागर्दा समातिएको चोर जस्तै उनी अकमकिइन् तर छिन् मै सँभालिएर जवाफ दिइन् – “तिमीहरूलार्ई केही चाहिन्छ कि भनेर सोध्न आएकी।”

त्यो समयमा त्यो जवाफ जतिसुकै हास्यास्पद भएपनि मैले त्यसलार्ई सहज झैं ठानी दिएर जवाफ दिएँ – “हवस् नि। म चाहिए मागिहाल्छु।”

म्ा तल गएर आम्खोरामा पानी लिएर आउँदा उनले आफ्नो कोठामा पसेर ढोका लगाइसकेकी थिइन्। बुहारीबाट दोश्रो पटक पनि अपमानित हुने कुरा उनी अब चाहन्नथिन् र हामीलार्ई कुरा गर्न निरापद भयो।

सानोकाका (अब म यही नाम लिने गर्दैछु) खाटमा न बसेर भुईमा ओछ््याइएको डसना माथि बसेको थियो। कोठाभित्र आउन डराएको, लजाएको र कोठा भित्र पसे पछि पनि बाहिरिया मानिसले जस्तै डसनाको छेउमा टुसुक्क बसेको देखेर मैले दुई कुरा निर्धारण गरें। पहिलो, यो कोठा उसको समेत नभएर मेरो मात्र भएको र आफ्नो प्रवेश अनाधिकार ठान्थ्यो ऊ। यस्तो हुनुको कारण दोश्रोले निर्धारण गरेको थियो। ऊ वयस्क भएको भए हामी दुईजनाको उमेरको फरकले त्यति फरक ल्याउने थिएन होला तर म जवानीमा पुगसकेकी उसले भने आफ्नो वाल्यकाल नाँघन बाँकी नै रहेकोले ‘हामी समान होइनौं’ भनी ठानेर मेरो श्रेष्ठता या ज्येष्ठताको सामु उसलार्ई हीनताबोध भइरहेको थियो। आफूभन्दा निकै जेठी एउटी दिदी समानकी स्वास्नीमानिसको सामु उसको त्यो लघुताभाष कुनै अस्वाभाविक पनि होइन। केवल समाजले, अझ उसकी आमाले, व्याहिता स्वास्नीको कोठामा लोग्नेले सुत्नु पर्ने नैतिक बाध्यता देखाए पछि करैले ऊ पसेको थियो मेरो कोठामा।

मैले उसलार्ई ‘सजिलोसँग बस्नोस्’ भनिनँ। बरू डसनाको अर्को छेउमा बस्दै सोधें – “आमाले यहाँ सुत्न जा भन्नु भयो?

उसले टाउकोले मात्र ‘हो’ भनेर जवाफ दियो।

“मैले मेरो कोठामा सुत्न दिइँन भने नि?” – मैले उसको आँखामा हेरे प्रश्न गरें। मेरो प्रश्नले ऊ चकित र भयभीत भएर मेरो आँखामा हेर्यो-।

उसबाट जवाफ पाउने आशै नभएकोले एक छिन पर्खेर फेरि म आफैंले जवाफ दिएँ – “लाज मर्दो हुन्छ। होइन? ‘स्वास्नीले कोठामा सुत्न दिइन’ भन्ने कसैले थाहा पायो भने। आमाकै अगाडि पनि कसरी मुख देखाउने? होइन त?”

ऊ चुप लागिरह्यो। यो कोठा भित्र यस्तो प्रश्न आउला भन्ने उसले सोचेको पनि थिएन र जबसम्म मेरो स्वरमा सान्त्वनाको आभाष आउँदैन तबसम्म ऊ केही भन्न सक्ने हालतमा अब थिएन। त्यो आभाष म समय आए पछि मात्रै दिन चाहन्थें। हुन् त मलार्ई ऊप्रति दया लागेर आइरहेको थियो तर अहिले नै दया देखाएर आफ्नो योजनालार्ई असफल हुन् दिने पक्षमा कसै गरे पनि भईँन। त्यसैले मैले थपें – “हो। लोग्नेमानिस दुई कुरामा सँधै सर्तक हुनु पर्छ – एउटा आफ्नो इज्जत जोगाउन र अर्को आफूले दिएको बचन भंग हुन् नदिन। नत्र त लोग्नेमानिस र स्वास्नीमानिसमा के फरक र?”

ऊ बोलेन। मैले पनि निकै बेर न बोलेर फेरि सोधें – “तपार्ई कति वर्ष हुनु भयो? १२ वर्ष होइन?”

१२ वर्ष पुगेकोलार्ई १३ वर्ष भने हुन्थ्यो तर म उसको उमेर बढाइदिने बीचारमा नै थिइनँ। उसले ‘हो’ भनेर टाउको हल्लाए पछि म भन्दै गएँ – “म त १८ पुगिसकें। अझ १९ पो पुगेकी कसो? तपार्ईको अगाडि म त बूढी। आमाले त यो उमेरमा तपार्ई लार्ई पाइसक्नु भएको थियो।” उसको घटाएर मेरो उमेर १।२ वर्ष बढाइदिदाँ उसले पत्याउँथ्यो र त्यही पत्यार नै मेरो आधार थियो।

“तपार्ई त आफूभन्दा कान्छी पो बिहे गर्नु पर्ने, मलार्ई किन बिहे गर्नु भयो? आमाले र मामाले भनेर। होइन?”

“हो” – उसको आवाज बल्लबल्ल निस्कियो।

“तर त्यसले पनि एउटा त फाइदा नै भयो नि। तपाईका दिदी बहिनी छैनन्। त्यसैले घर भित्र एउटी दिदी जस्ती मानिस पाउँदा पनि खुशी लाग्ला। हामीलार्ई यो कोठा बाहिर जे सुकै भनुन् यो कोठा भित्र त हामी दिदी भाइ जस्ता भएर पनि त बस्न सक्छौं। कसो सक्दैनोंं त?” – मेरो दबाव शुरू भयो।

“कुन्नी।” – उसमा कुनै निश्चय थिएन।

“हो। त्यो पनि आफ्नो मनको कुरा हो। तर तपार्ई जस्तो कलिलो मानिसले म जस्ती बूढीसँग बिहे गर्दा तपार्ईलार्ई केही भयो भने? म त बूढी पो त। तपार्ई जन्मदाँ म ६।७ वर्षकी भईसकेकी थिएँ। बूढी स्वास्नीमानिस केटाकेटीकी स्वास्नी हुने भए घरमा आमा पनि त हुनुहुन्थ्यो।”

मेरो पछिल्लो भनाइ ठाउँमै परेको थियो। उसका अनुहारमा चिन्ताका रेखाहरू देखा परे र उसले बिस्तारै विरोध गर्योु, – “आमा त आमा भइहाल्यो नि।”

मैले पनि उसको कुरामा सहमति जनाउँदै भनें – “आमा त आमा हो। कोही आमा सरहका हुन्छन्, कोही हजुरआमा सरहका। कोही ठुली दिदी सरहका पनि हुन्छन् यो कुरा माने देखि। नमाने त आमा पनि स्वास्नी बन्न सक्छन्। सक्दैनन् र?”

“कसरी सक्छन्?” – उसले अलि कडा विरोध गर्न खोज्यो।

मैले फलाम सेलाउन न पाउँदै हिर्काउन आवश्यक ठानें र जवाफ दिएँ – “पांग्रे गोरुकी आमा तारी हो तर तारीले पंाग्रेको नै छोरो पाएकी छ अथवा उसको छोरो उसैको लोग्ने भएको छ। मान्छेले पनि त हुने नि त्यसो गर्दा। किन नगरेको? कुकुर बिरालाको पनि त्यस्तै छ, हाँस कुखुराको पनि तर मान्छेको किन भएन? किनकि मानिसले नाता पनि हेर्छ र उमेर पनि हेर्छ। यो अहिले देखिको चलन होइन उहिले देखिको हो। नाता उमेर न हेर्ने हो भने त हामी मान्छे हँुदैनों। पशु-पन्छी हुन्छौं। हुन्छौं कि हुँदैनों?” मेरो स्वरमा निर्लज्जता र चिसोपन थियो।

“अनि केगर्ने त?” – मेरो ठोकाइले ऊ सँाच्चै विचलित भएको थियो तर यतिले मात्र पुग्दैनथ्यो र मैले अझै तल झर्नु आवश्यक ठानें।

“तपार्ईकी आमा तपार्ईलार्ई छोरो ठानेर तपार्ई सँगै सुत्न हुन्थ्यो। लोग्ने ठानेर सुत्न सक्नु हुन्थ्यो होला? त्यसरी नै म पनि तपार्ई जस्तो सानो मानिसलार्ई भाइ सम्झेर सँगै सुत्न सकुँला एउटै कोठामा, नत्र कसरी सक्छु? तपाई नै भन्नोस् त।”

“भाइ पनि मान्ने, फेरि तपार्ई पनि भन्ने।” – यस पालि उसले जवाफ लगायो।

एक पक्ष त उसले स्वीकार गर्यो, तर त्यतिले मात्र पर्याप्त थिएन। यो त थालनी मात्र थियो। मैले तुरन्त जवाफ दिएँ – “मैले मात्र मानेर हुन्छ र? तपाईले पनि त ‘दिदी’ भनेर मान्नु पर्यो्। एकोहोरो रोटी त पाक्दैन।”

“मैले मान्दिन भनेको छु र?” – उसले बोल्यो।

“त्यो त मुखले भयो। किरियाकाष्टा पनि खानु सक्नु पर्छ अनि पत्याइन्छ।” – मैले अझ दरो गरी समाएँ।

“किरिया हालँू त?” – ऊ तम्सियो।

“माटो समाएर आमा सम्झेर किरिया हाल्न सक्नु पर्छ।” – मैले झन सुर्याटएँ।

उसले भुइँको माटो कोट्याएर हातमा लियो र भन्यो – “मैले तिमीलार्ई दिदी जस्तै मानिनछु भने आमालार्ई पाप चिताए जस्तै होस्। लौ भयो अब?”

यो पक्ष मैले जितेकी थिएँ तर अर्को पक्ष बाँकी नै थियो जसमा उसको मप्रति जेष्ठताको भावनाले होइन, विश्वासको भावना, श्रद्धाको भावनाले सम्म ान आओस्। मलार्ई उसकी आमासँग बराबर दाँज्नुको कारण मप्रति आउन सक्ने यौनभावना निमिट्यान्नै होस् भन्ने थियो र यसले उसलार्ई प्रभावित पनि पारेको थियो। त्यो बुझेर मैले भनें – “अब म तिमीलार्ई ‘तिमी’ भन्छु र तिमीले पनि मलार्ई ‘तिमी’ भने हुन्छ। तर यो कोठा भित्र मात्रै नि। बाहिर त तिमीलार्ई मैले ‘तपार्ई’ नभनी सुखै छैन। तिम्रो इज्जत राखे पो मेरो पनि इज्जत रहन्छ। सबैको इज्जत रहन्छ।” – मैले उसलार्ई सम्झाएँ।

“हुन्छ। त्यो त के भयो र।” – उसले सहमति जनायो।

“अर्को एउटा कुरा पनि छ।” – मैले रहस्यात्मक स्वरमा भनें। मेरो स्वर सुनेर उसले प्रश्नात्मक दृष्टिले म तिर हेर्यो-। म भन्दै गएँ – “तिमीले त किरिया हालिसक्यौ – आमा मलार्ई एकै बनाएर। तिमीले मलार्ई पाप चितायौ कि म पनि तिमीलार्ई आमाको बात लगाउँछु।”

ऊ मौन भयो। उसको अनुहारमा स्वीकृति प्रष्ट देखिन्थ्यो। मैले फेरि सम्झें गरेर भनें – “अँ, अघि भन्न लागेको कुरा। यी कुरा बाहिर त भन्नु हुन्न नि। आमालार्ई पनि। हामी बाहेक अरूले ‘तिमीले मलार्ई दिदी मान्यौ’ भनेर थाहा पायो भने त तिम्रो पो इज्जत जान्छ र लोग्नेमानिसको इज्जत सार्है’ ठुलो कुरा पोत। मैले अघि नै भनिहालें नि लोग्नेमानिस आफ्नो बाचा र बचन चुक्नु पनि हुन्न र आफ्नो इज्जत जोगाउनु पनि पर्छ।”

“केही न पाएर बाहिर भन्दो हुँ अब !” – ऊ मेरो शंका देखेर चिडियो।

“मैले त त्यसै भनेकी पो त कुरा न फूस्काउनु भनेर। किन त्यसै चिडिएको नि?” – मैले अब दिदीको नयाँ साइनोमा ओर्लेर त्यही अनुरूप स्वर बनाएर भनें। फेरि विषय वस्तु बदलेर भनें – “तिमी ठुलो भएपछि तिमीलार्ई ठीकक, सुँहाउदी र राम्री केटी खोजेर बिहे गरिदिन्छु। पुतली सिंगारे झैं सिंगार्छु र तिमीलार्ई पनि।”

“पर्दैन हामील्ााई बिहे गर्नु।” – ऊ लजायो।

“हेर अहिले लजाएको। पछि बेहुली देखे पछि मख्ख पर्ला।” – मैले यसरी भनें मानौं उसको बिहे नै भएको छैन।

“म त सुत्छु अब। निन्द्रा लाग्यो।” – उसले कुरा छल्न भन्यो।

“कहाँ सुत्ने? माथि कि तल?” – मैले सोधें।

“जता भए पनि।” उसले ठाउँ रोज्न सकेन।

“माथि सुत तिमी। म तलै सुतुँला। बरू एउटा सिरानी र सानो सिरक चैं मलार्ई देऊ।” – मैले निर्णय दिएँ।

उ माथि चडेर सिरानी र सिरक तल झारिदियो र सिरक ओडेर सुते पछि एकै छिनमा निदायो। केही पछि म पनि ऊ ऊ उठेर अँध्यारोमा ओर्लदा कुल्चेला भन्ने डरले आफ्नो ओछ्यान केही पर सारेर सिरक ओडी पल्टिएँ र एकै छिनमा निदाएँ। मेरो सुहागरात यस्तै भयो।

१७ वर्ष उमेरकी केटी निष्कपट हुनु पर्ने हो र बुद्धिमा परिपक्व हुन् पनि न सक्नु पर्ने हो र १२ वर्षको बच्चामा यौनमा परिपक्व हुने कुरा पनि थिएन तापनि समय र परिस्थितिले बाध्य गराए पछि यी दुई कुरा पनि असम्भव नहुँदा रहेछन्। मेरो चाहना भएको भए म पनि उसलार्ई वयस्कतामा पुर्याभउन सक्ने थिएँ होला तर नियतिको पटक पटकको थप्पडले गर्दा म त जालझेल, प्रपञ्च, नखरा जान्ने र अभिनय गर्न सक्ने वयस्क स्वास्नीमानिस बन्न बाँध्य भएकी थिएँ। त्यसैले एउटा बालक प्रतिको मेरो व्यवहार न्यायसंगत नमानिन पनि सक्ला तर जोसँग जीवन गुर्जान मेरो लागि सम्भव थिएन उसलार्ई समाजले बाँधिदिएको त्यो अन्यायपूर्ण बन्धनमा आफूले पनि बाँधिदिएर प्रकृतिले स्वभावतः ल्याउनु पर्ने उसको भविष्यप्रति अन्याय गर्न त म कसै पनि सक्दिनथें। मसँग कृत्रिम वयस्कताको सम्बन्ध राखेर पछि ‘स्वास्नी पोइल गई’ भन्ने हीनताबोझ बोक्नुभन्दा ‘ऊ मेरी स्वास्नी नै भइन’ भन्ने मानसिक सन्तोष लिन उसलार्ई धेरै सजिलो हुने थियो र म पनि कसैको निम्ति साँचिएको यौवन सके उसैलार्ई दिने थिएँ, न सके अक्षता नै मर्न तयार थिएँ। भविष्यमा के लेखिएको थियो थाहा न भए पनि जो मैलें गरेंं त्यो मात्र अन्तरिम सम्झौता थियो।

घटना प्रसङले मलार्ई एक कुरा सम्झना आयो।

माइतीमा मेरी फूपु थिइन् टक्का राँड, छोरा छोरी कोही पनि नभएकी। सानैमा उनको बिहे भएको थियो रे र १४।१५ को उमेरसम्म २।३ वर्ष उनी लोग्नेको घरमा बसे पछि लोग्ने पुकलुक्क मरेका र सासूको बचन र खटन खान नसकेर उनी माइतमा आएर बसेको पनि एक जुग भइसकेको थियो रे। तब त उनले चालिस लग लागिसकेकी थिइन्। अरू कुरामा उनीलार्ई अरू स्वास्नीमानिस जस्तै मलार्ई लागे पनि २।४ कुरा भने उनका विचित्रका थिए जो मैले केटाकेटी छँदा पटक्कै बु226ि128ऒ्ढदनथें। उनी धर्म कार्यमा सँधै तयार हुन्थिन्। त्यसमा पनि कृष्ण प्रतिको उनको भक्ति मीराकोभन्दा कम थिएन। गोकुलमा कृष्णको लिला सुन्न भने पछि उनी हुरुक्कै हुन्थिन्, त्यसमा पनि रासलिलाचाहिं। उनले कृष्णको मूर्ति आफ्नो सिरानी माथि राखेर पूजा गर्थिन्। कति पल्ट म केटाकेटी मै उनीसँग सुतेको बेला राति बिम्झँदा उनी कृष्णाको मूर्ति छातिमा च्यापेर एक्लै मुस्कुराएको या रोएको मधुरो बत्तीको उज्यालोमा देख्दा म छक्क पर्थै। बिहेमा रत्तेली खेल्दा मेरी फूपू सँधै बेहुलाका आमालार्ई जिस्क्याउने लाटो बन्दथिन् र भाँड भैलो गर्दथिन् र पछि आफैं लाजले भुतुक्क भएर मुख लुकाउँथिन्। मेरा दाजुहरू साना छँदा उनीसँग सुत्ने गर्दथे तर अलि बुझ्ने भए पछि कहिले सुत्न मानेनन्। छोरी भएकील्ो उनीसँग मैले नै सुत्न पर्दथ्यो र मेरो निन्द्रामा नै उनी मेरा सबै अंगसँग खेलवाड गर्दथिन्। मेरो ‘ऊ’सँग बिहे हुने कुरा छिनिएको बेला म १४ नाघि सकेकी थिएँ र उनले एक रात सँगै सुतेको बेला भनेकी थिइन् – “अब त नानीको बिहे हुने भै हाल्यो। नानी पनि बेहुलोसँग सुत्ने ठुली भई। नानीलार्ई बेहुलोले कसो गर्छ म देखाई दिउँ्क है?” मेरो ‘नाइँ, नाइँ’ लार्ई वास्तै नगरेर उनले साँच्चै लोग्नेको भूमिका पूरा गरिन् र मैले पनि लाजले गाडिएर उनको खुशी गर्न दिएँ। मेरो ‘ऊ’सँग बिहे न हुने निर्णय भए पछि उनले मलार्ई भनेकी थिइन् – “नानीको बिहे नभएर के भयो त? म छु नि।”

मेरी फूपूलार्ई खाने कुराको पनि त्यति शोख थिएन र लाउनेको पनि तर कसैका लोग्नेस्वास्नी एकान्तमा बसेका छन् भन्ो च्वास्स चियोगर्ने गराउने शोख अवश्य थियो। मेरो ठुलो दाजुको बिहेमा म ९।१० वर्षकी थिएँ होला। बिहे गरेर दाजु भाउजू कोठामा पसे पछि ‘ए। के भन्छन््. हँ तिनीहरू कोठामा? सुन्न जा।’ भनेर उनले मलार्ई कन्सुत्ले लाग्न उल्कयाइन् र म पनि कन्सुत्ले भएर बसें। फूपूलार्ई दाजु भाउजूले गरेको कुरा सुनाउँदा ‘अनि, अनि’ भनेर सबै कुरा सोध्दै गइन् – त्यो बेला देखेको उनको अनुहार सन्तोषले धपक्क बलेको लाग्यो मलार्ई। भोलि पल्ट दाजु भाउजू कोठाबाट निस्के पछि उनी त्यो कोठामा पसेर ओछ्यान वरपर के खोजिरहिन्। त्यो बेला त म बालक नै थिएँ र बुझ्दिनथें – उनी कि त्यो गर्थिन्? तर आज प्रष्ट थियो उनले त्यसो गर्नुको कारण। क्षत बाल बिधवा मेरी फूपूलार्ई समाजले सामान्य यौन संतुष्टिबाट वञ्चित गरेकोले उनी अप्राकृतिक आत्म यौनसन्तुष्टिका साधनहरू ख्ाोज्दथिन्। उनी अर्काको यौन क्रियालार्ई हेरेर या सम्झेर मानसिक आनन्द भोग्न खोज्दिथिन् या यौन क्रिया देख्न न पाए त्योभन्दा अघिका क्रिया हेरेर, सुनेर अथवा पछिका पऋणाम चिन्ह हेरेर सन्तुष्टि लिन्थिन्।

मेरी सासुको हालत यस्तै भएर गाउँ राति मेरो कोठामा चियो गर्न आएकी हुन् सक्थ्यो र त्यही सत्य भए ‘मेरो छोरोले जरुर पनि केही चमत्कार गर्योथ होला’ भनेर म निस्कने बित्तिकै कोठाको छानबिन गर्न आउने थिइन्। मैले उनको छोरा नबिउँझदै सियोले आफ्नो औंलामाबाट केही रगत निकालेर ओछ््यान रंगाई दिऊ र आफ्नो रातिको लुगामा रगत लगाएर एक कुनामा फालिदिएँ।

म्ा धाराबाट नुहाएर आउँदा मेरी सासु सन्तोष साथ अगेनाको डिलमा बसेकी थिइन् र पछि आफूले फालेको रातको लुगा आफूले राखेको अवस्थामा नदेखेर मनमनै सोधें – “मेरी सासू पनि मेरै फूपूको रोगले पीडित छन्।”

दिन बित्दै थियो। मेरी सासूले ७ दिने महारुद्री लगाउने निर्णय गरिन्। त्यो पूजाले उनलार्ई बुहारीको सीप जाँच्ने मौका पनि मिल्थ्यो र बिहेमा म अर्धमृत अवस्थामा घर भित्र पसेकीले बुहारी प्रदशनी पनि त्यही महारुद्रीको समयमा गर्न चाहन्थिन्। पहिले पनि उनी पूजा, रुद्री लाउँथिन् रे तर त्यो पूजा घर भित्र नै सीमित हुन्थ्यो रे। यस पालि गाँउ घर, नाता गोता, इष्ट मित्र, छर छिमेकी सबैलार्ई बोलाईने भएकोले उनको लक्ष महारुद्रीको फल प्राप्तिमा कम र प्रर्दशनीमा बढी देखिन्थ्यो। घर भित्र्यामएकी बेहुली बाँच्ने मर्ने दोधारमा भएकोले बिहेका भोजहरू स्थगित भएका थिए र त्यही सामान महारुद्रीमा प्रयोग हुन् सक्थ्यो। केवल दुना टपरी गाँस्नु थियो, भएको सामान बनाउनु थियो।

एक दिन बेलुका सासु, बुहारी दुनाटपरी गाँसिरहेको बेला मैले सासूलार्ई सोधें – “दिन त नजिक आइसक्यो। पात त निकै बाँकी छन्। गाँसिसकिन्छ के?”

“के सकिन्थ्यो हामी दुइटीले मात्रै त। भोलि त ठुला घर राधा पनि आँउछे। पर्सी अरू २।३ वटी आउँछन्। त्यति गर्दा त सिद्धिएला नि।” – उनले जवाफ दिईन्।

“राधाकी भाउजूलार्ई पनि बोलाए हुँदैन र?” – मैल्ो प्रश्न गरें। म त्यो स्वास्नीमानिसलार्ई हेर्न चाहन्थे जसलार्ई मैले कहिले पनि देखेकी थिईन र जसले मलार्ई राम्रोसँग चिनेकी पनि छैन तैपनि मेरो रिस गर्दथी भन्ने बुझेकी थिएँ।

“छोरी बुहारी दुइटी नै त ठुली बुहारीले कहाँ पठाउलिन् र?” – उनले शंका उठाइन्।

“भन्दैमा केही हँुदैन होला। फूर्सद भए आउँछिन् नि।” – मैले जवाफ दिएँ।

“हुन्छ नि त्यसो भए। भोलिलार्ई भनौंला।” – सासुले पनि मन्जुर गरिन्।

भ्ाोलिपल्ट राधा मात्रै आई – उसकी भाउजू अर्को दिन मात्रै आउने समाचार लिएर। हामी सासूबुहारी पातका रास अगाडि बसेर काम गरिरहेका थियौं। आफ्नो ठाउँमा कामगर्ने राधालार्ई पाएर ‘अरू ठाउँमा चाँजो पाँजो मिलाउनु छ’ भनेर मेरी सासू घरबाट बाहिर निस्किन्। सासूको अनुपस्थितिमा मलार्ई धेरै कुरा गर्नु थियो राधासँग र उनी न हुँदा मेरो मन हलुका भयो।

“दाजुको केही समाचार आयो?” – मैले उसको अनुहार नहेरी पात गाँस्दै सोधें।

“आए पनि न आए पनि तपार्ईलार्ई के?” – उसले नखरा पारेर भनी।

“तपार्ई लार्ई होइन। तिमीलार्ई।” – मैले पनि उसको जस्तै नखरा पारेर जवाफ दिएँ।

“ल, ल, तिमीलार्ई। तिमीलार्ई के चासो?” – उसको नखरा कमी भएन।

“चासो भएर त सोधेकी नि। चासो न हुने कसैले तिमीलार्ई सोधेको छ?” – मैले मुस्कुराउँदै जवाफ दिएँ।

“होइन। के भएको सुभद्रा तिमीलार्ई? दुइटा नाउमा खुट्टा हालेर तिमी कसरी पार तरौली?” – उसले आधी व्यङय र आधी गम्भिरतामा भनी।

“मेरा दुइटै नाउमा खुट्टा नहुन पनि त सक्छ। तिमीलार्ई के थाहा?” – मैले पनि उसकै जस्तो लवज र स्थिति बनाएर भनें।

“यस्तै कुरा गर्यौर मेरी भाउजूसँग भने त भुत्ल्याउँछिन् उनले त।” – ऊ अझै गम्भिर भइन।

“भाउजू सँगको कुरा भाउजू सँगै होला। पहिले नन्दलार्ई सोधेको कुराको जवाफ देऊ न।” – अब म गम्भिर भएँ।

उसले मेरो मुख हेरेर भनी – “एउटा कुराको जवाफ न पाई त म ज्यान गए पनि भन्दिनँ। एकातिर एउटा भन्छ ‘अन्जान मै सही गल्ती त मैले गरि नै सकें। उसलार्ई बाँच्ने ठाउँ दिन मैले जे पनि गरिदिन सक्नु पर्छ ‘। अर्को तिर अर्कीको त्यसै अपहत्ते छ। ल भन तिमी नै। मैले तिमीलार्ई के साइनो लाउने? भाउजू कि काकी?” – राधाको स्वर चिडिएको थियो।

मैले एकछिन चुप लागेर पछि जवाफ दिएँ – “मेरो चाहना नै सोधेको भए यही भन्छु – सके त तिमीले भाउजू नै साइनो लाए हुन्थ्यो तर तिमी सक्दिनौ। त्यसैले त मेरो नाम नै लिएर बोलाऊ भनेकी – ‘सुभद्रा’, ‘तिमी’ भनेर।”

निकै बेर घोरिए पछि उसले भनी – “शायद अर्को विकल्प पनि छैन होला। दाजुको चिठ्ठी आएको थियो। कुन्नि कुन ठाउँमा हो – कामगर्दा हुनु हुन्छ रे।”

म बोलिनँ। मेरो बोल्ने कुरा पनि थिएन। फेरि उसैले भनी – “१।२ महिनामा आउनु हुन्छ रे।

१।२ महिनामा नै आउने भए कसैले काम गर्न शुरू गर्छ? यसको माने त ‘मेरो आउने ठेगान छैन भनेको न हो।’ – मलै मन मनै सोचें।

म्ोरो मौनता लार्ई देखेर उसले भनी – “एउटा कुरा सोध्छु। भन है, सुभद्रा?”

“सोध न। हुने र सक्ने भए जवाफ दिन्छु।” – मैले उसको प्रश्न अप्ठ्यारो हुनेछ भन्ने थाहा पाएर दोधारको कुरा गरें।

“तिमी सानीहजुरआमाकी बुहारी भएर यो घरमा पसे पछि मानिसहरूले नाना थरीका कुरा गरे तर आफ्ना कुराको ठोस प्रमाण उनीहरू कसैसँग पनि थिएन। ‘तिमी मेरो दाजुमा आसक्त छौ’ भन्ने उनीहरूको शंका मात्र हो। समय बित्दै गए पछि त्यो शंका पनि सेलाएर जानेछ। त्यसमा पनि झन् दाजु गाउँ नै छोडेर हिंडे पछि त त्यसको कुनै आधार पनि रहँदैन तर मेरो दाजु प्रतिको तिम्रो आसक्ति भनौं या प्रेम एउटा सत्य हो र त्यही सत्य हो मेरो दाजुको भनाइ कि थाहै नपाई वहाँट गल्ती भएको छ, अपराध भएको। त्यो गल्ती के हो त्यो नभन्नु भए पनि यति म झ्छु, वाकदानमा लिइएकी तिमीलार्ई छोड्नु गल्ति थियो भने वहाँको धारणा हो।”

“गल्ति भयो भन्नु भयो र?” – एक झल्को मृगमरिचिका मेरो आँखामा देखा पर्यो्। “हो भन्नु भयो।” – मेरो प्रश्नको यति मात्र उत्तर दिएर ऊ भन्दै गई – “तर मेरो दाजु कुनै मुर्ख होइन। तिमी अगाडि जो भए पनि अब त काकी हौ, वहाँकी सानीकाकी, र वहाँको

चाहना पनि योभन्दा पर नहुन सक्छ।”

“नहुन सक्छ भन्नुको कारण?”

“छैन भनेर किटान गर्न गाहारो छ किनकि एकाएक यसरी घर छोडेर हिड्नुको कारण प्रष्ट नहुन्जेल म आफू निश्चित हुन् सक्दिनँ।”

“तिमीले दाजुलार्ई राम्रै चिनेकी हुनाले तिम्रा आफ्ना धारणा पनि त होलान् नि वर्तमान घटना सम्बन्धमा?”

“छन् धारणा त मेरा पनि तर तिमी जस्ती अपराजेय स्वास्नीमानिसको हकमा ती धारणा ‘सत्’ साबित हुन् सक्छन् होला र? तैपनि मेरा दुइ धारणा तिमीलार्ई सुनाइ राख्नु नै वेश होला। पहिलो, दाजु तिमीलार्ई काकीभन्दा पर अरू केही पनि ठान्नु हुन्न। त्यसैले यो समाज भित्र उठेको छारो बस्ने समय पाओस् भनेर आफू बाहिरिनु भयो। यसमा पनि तिमीप्रति दाजुको सहानुभूति पक्कै छ र तिमीलार्ई एउटी स्वास्नी, एउटी बुहारीको श्रेय मिलोस् भन्ने चाहनुहुन्छ र त्यो आभाष पाए पछि यहाँ फर्कनु हुन्छ। दोश्रो, दाजु तिमीलार्ई माया गर्नहुन्छ र तिम्रो जीवनको सुखको निम्ति आफू तिमीबाट पर हटि दिनु श्रेय सम्झेर हिंडि दिनु भयो। यदि दोश्रो धारणा नै सत्य हो भने वहाँको प्रवाशको अवधी लामै हुन् सक्छ। दुवै स्थितिमा तिमी सानीकाकी भएकीले नै यो बाध्यता आएको हो किनकि मेरो दाजु कमजोर मध्येको होइन।”

म्ा केही बोलिनँ। राधा भन्दै गई – “मेरो प्रश्न यहीं आएर शुरू हुन्छ। चाहे तिमी जे सोच या सम्झ त्यो तिम्रो आफ्नो कुरा हो तर जुन गल्ति मेरो दाजुले कहिले पनि गर्न चाहेन र गरेन त्यस गल्तिलार्ई अपराध सावित गरेर उसलार्ई तिमीले दोषी बनाउनु पर्ने कारण के?”

“मैले कसरी दोषी बनाएँ र?” – आफ्नो बचावटको निम्ति उल्टै प्रश्न गरें।

“बितेका घटनाहरूलार्ई दोहोर्या?ई, तेहेर्यानइ उसलार्ई आफ्नो गल्ति स्वीकार गर्न लगाएर, उसले अपराध स्वीकार गरेर नबचाए आफू नबाँच्ने दृढ संकल्प लिएर, उसकै अगाडि मरिदिन चाहेर। त्यसलार्ई तिमी होइन भन्छ्यौ कि?” – उसको स्वरमा तिव्र कटुता थियो।

त्ाब मैले आफ्नो रक्षार्थ जवाफ न दिई सुख पाइँन। अरू कोही भएको भए त्यसलार्ई हाँसेर उडाई दिने थिएँ तर राधा उसकी बहिनी हो जसलार्ई धेरै सत्य थाहा थियो जुन कुरा प्रष्ट नकारेर म आफ्नो पक्ष कमजोर मात्र बनाउँने थिएँ। त्यसैले जवाफ दिएँ – “राधा। जहाँसम्म घटनाक्रमले सिर्जना गरेको कुरा गर्छ्यौ म तिमीले भनेको कुरा स्वीकार गर्छु तर भावनात्मक पक्ष लिएर मैले वहाँलार्ई गल्ती स्वीकार गर्न लगाएँ, अपराधी प्रमाणित गरें भन्नें तिम्रो आरोप चैं म स्वीकार गर्न सक्दिनँ। घटनाक्रमलार्ई बयान गर्दा नै वहाँलार्ई आफूले गल्ती गरेको अनुभव भयो भने दोष मलार्ई किन दिन्छ््यौ?”

“एउटासँग बिहे भए पछि पनि अर्को सँगको आशक्ति नछुटाए पछि दोष न दिएर के बधाई दिउँ्क त?” – उसको स्वरको कटुता घटेको थिएन।

राधाले त मलार्ई दोषी ठहर्याोएकी थिर्ई भने अरूले नठहर्याटउने कुरै थिएन। त्यसैले मैले त्यो बेला म जो थिएँ, जे थिएँ त्यसलार्ई प्रष्ट गर्नु आवश्यक थियो।

“राधा ! उहिले उहिले हामी सबैका घरमा कमारीहरू थिए रे। ती कमारीहरूलार्ई मन परे किनिन्थ्यो रे, मन नपरे बेचिन्थ्यो रे। जुवाका खालमा पनि नगद पैसा जस्तै बाजीमा थापिन्थ्यो रे, जितिन्थ्यो रे, हारिन्थ्यो रे। ती कमारीहरूलार्ई मान्छेसम्म पनि मानिन्नथ्यो रे। त्यो त तिमीले पनि सुनेकी हौली?” – मैले राधालार्ई हेरेर भनें।

“सुनेकी त हो तर यहाँ यी कुराको प्रंसङ के?” – राधाले नबुझेर सोधी।

मैले उसको प्रश्नको जवाफ सोझै नदिई भने – “ती कमारीको पनि मोल त रहेछ नि त्यो बेला – नगद पैसामा मोल – मान्छे हुने अधिकार न भए पनि। तर यो समाजमा मेरो त मोलसम्म पनि रहेन। मैले थाहा नपाई म कसैकी वाक्दत्ता भएँ, मेरो निम्ति एउटा बचनको लोग्ने खडा गरियो, म वचनकी विवाहिता भएँ। मेरो खुशी वा बेखुशी सोधिएन। तैपनि मैले त्यसलार्ई स्वीकार गरें, ह्दय देखि नै। उसलार्ई लोग्ने मानेर मनले वरण गरें। उसलार्ई माया गर्न शुरू गरें। तर दिइएको बचन फिर्ता लिइयो र जग्गे नै नहेरी, लोग्ने नै नचिनी म परित्यक्ता भएँ। यसरी मेरो कुमारी आत्माको हत्या भयो।”

“तर यो मेरा दाजुले थाहा पाएर गरेको गल्ती त होइन।” – राधाले दाजुको बचावट गर्न खोजीं।

मैल्ो राधाको कुरा लार्ई ढाडै अस्वीकारगर्दा भनें – “कुन केटीलार्ई परित्याग गरें भन्ने पो तिम्रो दाजुलार्ई थाहा थिएन। जो भए पनि अकारण मै एउटी केटी त्यक्ता भएकी दोषबाट त वहाँ पनि बच्न सक्नु हुन्न।”

मैले राधाको जवाफ पर्खे त ऊ नबोलेकीले फेरि भन्न शुरू गरें – “हत्या गर्नु अपराध हो। त्यसको निम्ति मानविय सजाय हुन् सक्छ तर हत्या गरिएको लास चौबाटोमा तेर्स्याएर चिथोर्नु नीचताको पराकाष्ठा हो र म माथि त्यही नीचता प्रदर्शन गरियो। म त्यक्ता भन्ने जानी जानी मेरो लोग्ने बनिने एउटा दुध मुखे बालकको वारेस बनाएर उसैलार्ई पठाइयो जो मेरो दत्तपति थियो र म उसकी त्यक्ता थिएँ। गिद्धले सिनो चिथोरेको देखेको भए पनि तिमी पनि बुझ्न सक्ने थियौं -मेरो जीवन कति वीभत्स भएको छ भनेर।”

अब पनि राधा बोलिन। त्यसैले म भन्दै गएँ – “तिमी भन्छ््यौ -जीवन ध्वस्त हुन् सक्छ। तिम्रो सन्देह सत्य हो पनि। मैलें केही गल्ती या अपराध नगरी मेरो जीवन ध्वस्त भयो। आफूले नगरेको गल्ती थाहा पाएर तिम्रो दाजुको मनमा पश्चाताप जन्मियो र प्रायश्चित गर्न निस्कनु भयो।”

“जसले अपराध गरेनौ तिमीहरू किन प्रायश्चितगर्ने?” – राधाले अब मलार्ई र उसको दाजुलार्ई एउटै तहमा राख्न थाली।

मैले राधाको भनाइलार्ई ध्यान नदिएर भन्दै गएँ – “अपराध मेरा आमा बाबुको थियो, तिम्रा बाबु आमाको थियो र थियो तिम्री सानीहजुरआमा र उनका दाजुको। हेर ! मृत्यु जसरी सबैलार्ई कुरेर बस्छ, सर्वव्यापी न्यायकर्ता पनि कुनै पनि अपराधीलार्ई उम्कन दिंदैन बिना सजाय। आफ्नो भागको सजाय सबैले भोग्नै पर्छ। आफूले एउटालार्ई छोरी दिंदै जानु छोरीले खुला रूपमा त्यही जग्गेमा अर्कोलार्ई बर्दै जानु – के यो कुनै पनि आमा बाबुको निम्ति मृत्यु सरह सजाय होइन र? आफूले त्यागेकी केटीको कारणले आफ्नो एक्लो छोरो घर छोडेर हिड्नु र त्यही केटी आँखामा गाडिएको फलामको चोइटो जस्ती भएर आफ्नो आँगनमा सँधै उभिनु के तिम्रा आमा बाबुलार्ई दण्ड भइरहेको छैन र? तिम्रो सानोकाकाको मामा त यो घरमा म रहुन्जेल पस्ने छैनन्। यो विवाहको मुल हर्ताकर्ताले देखिसकेका छन् कि म उनकी भान्जेबुहारी बन्ने छैन र भानिजको भाग्यको फैसला अब उनी कहिले पनिगर्ने छैनन्। मेरो बाबुको सम्पति र प्रभावको आडमा आफूले फाइदा उठाउने उनको सपना पनि अधुरो रह््यो र उनका लागि मेरा बाबुसँग त केवल घृणा मात्रै बाँकी छ। रह््यो तिम्री सानीहजुरआमाको कुरा। एउटी स्वास्नीमानिस भएर अर्को स्वास्नीमानिसको आत्मासँग खेलाँची गरेको दण्ड उनले पनि भोग्नेछन्। परमात्माको न्यायको लठ्ठी धेरै लामो हुन्छ। म जस्ताले त केवल त्यो लठ्ठी बज्रनु पर्ने ठाउँ औल्याइ दिनु मात्र काम हो।”

“अरू त ल दोषी भएछन्। सानोकाकाले त केही अपराध गरेको छैन।” – राधाको विरोध एकदमै फितलो भयो।

“गान्धारी पुत्र विकर्ण न्यायी र विवेकशील भएर पनि बालक अवस्थामा नै महाभारत युद्धमा मारिनै पर्यो् -मार्ने भीमको मनमा ऊप्रति दया, माया र श्रद्धा भएर पनि। सङदोष त बालक, बूढा सबैलार्ई लाग्छ। तैपनि म उसलार्ई बचाउन त खोज्ने छु नै।”

“कसरी?”

“म उसकी स्वास्नी होइन, एउटी मित्र हुँ, हितैषी हुँ भन्ने धारणा उसमा भरिदिएर अनि सके उसको बिहे गरिदिन्छु।”

“सौता ल्याइ दिने?” – राधाले अचम्म मानी।

“मेरी मानसिक सौता त अहिले नै छ जसलार्ई तिमी भोलि लिएर आँउदैछौं।”

“ठुलो भए पछि त सानोकाकाले सबै बुझ्न थाल्ने छ। अनि?” – राधाले शंका उठाई।

“तिम्रो दाजुले मलार्ई बाँच्न बाध्य न गरेको भए अहिले नै म बाँचीरहेकी हुने थिईनँ भने तिम्रो सानोकाका बुझ्ने हुने कुरा त धेरै पछाडिको पो त।”

म्ोरी सासु आइपुगे पछि हामी दुइजनाका बीचमा अरू कुरा भएन यो विषयमा।

भ्ोाली पल्ट राधाले भाउजू लिएर आई। म सिकुवामा बसेर पात गाँसिरहेकी थिएँ। मेरी सासुलार्ई अरू कामले नै फूर्सद थिएन। परैबाट आउँदै गरेकी राधाकी भाउजूलार्ई देखेर मेरो मन ढक्क फूल्यो। ऊ कस्ती स्वास्नीमानिस हो र मेरो बारे उसको धारणा कस्तो छ? भन्ने प्रष्ट नबुझी यसरी साक्षात्कार हुनुपर्दा आफूलार्ई बलहीन ठान्न थालें मैले। म माथि उसको घृणा तीव्र रहेछ र उसले म माथि आक्रमण शुरू गरी भने बच्ने साधन केही पनि थिएन मसँग। हुन् त राधाले मेरो बचावट गर्न खोज्ली तर ऊ माथि राधाको नियन्त्रण नैं पो कति होला र?

म्ा सतर्क भएर बसें शारीरिक रूपले होइन मानसिक रूपले। ऊ शारीरिक रूपले आक्रमण गर्न सक्दिनथी किनकि नाताले म उसकी सासू थिएँ र ठूलो नाताले सानोमा हात नहालुन्जेलसम्म सानो नाता सानै हुन्थ्यो तर बचनका र व्यवहारका आक्रमण हुन् सक्ने सम्भावना थियो। ऊ तर्कले मलार्ई निरस्त्र गर्न सक्थी। सामाजिक नैतिकताको आडमा मलार्ई पतिता भनी दिन सक्थी। म राधासँग जस्तो ऊसँग अधिकारको दावी गर्न सक्दिनथें।

राधा र उसकी भाउजूू मेरो छेउमा आए पछि भाउजू चाहिंले मलार्ई निहुरेर ढोग गरी। आफ्नो अनाधिकारी प्रतिद्वन्दी प्रति यस किसिमको सम्म ान ऊबाट आउनेछ भन्ने मैले सोचेकी थिइनँ र त्यो अप्रत्याशित व्यवहारको लागि म तयार पनि थिइनँ। त्यसैले जति सुकै सर्तक भए पनि म केही बीचलित भएँ। आफ्नो असजिलोपन लार्ई हटाउन मैले भनें – “कहीं दौंतरीहरू बीच पनि ढोगाढोग गर्नु पर्छ? बस यता।”

दुवै मेरो अगाडि गुन्द्रि ओछ््याएर बसे र पात समाएर गास्न थाले। मैले निहुरेर काम गरिरहेकी राधाकी भाउजूको अनुहारमा केही पढ्न खोजें तर उसको अनुहार सेतो कागज जस्तैसम्म थियो – भावविहीन। मैले उसका बारेमा जो सुनेकी थिएँ र जस्तो रूपमा उसको कल्पना गरेकी थिएँ उसलार्ई त्यस्ती नदेखेर म अचम्ममा परें। हुन् त त्यो बेलासम्म ऊ एक शब्दसम्म पनि बोलेकी थिईन। म गल्ति पनि हुन् सक्थें।

केही भन्नलार्ई मसँग शब्द थिएन र त्यस्तै भएको हुन् सक्छ ऊसँग पनि। अन्ततः राधाले नबोली सुख पाइन – “अनि, सानीहजुरआमा खै त?”

“खै बाहिर जानु भएको। आउनु नै भएको छैन।” – मैले कामगर्दा जवाफ दिएँ।

“अनि यत्रो विधि पात हामी तीन जनाले मात्र गाँसिसक्छौं त? कि अरू कोही आउँछ?” – राधाले फेरि सोधी।

“तिमी पो छोरी मान्छे ‘आ ! सक्दिनँ है’ भनेर उठेर जादा हुन्छ। हामी बुहारीहरूले त त्यसो भन्न पाइदैन। आज न सिध्याए भोलि भए पनि सिध्याउनै पर्छ।” – मैले आधा गम्भिर, आधा ठट्टामा भनें।

“त्यसो न भन्नोस् है। मेरी नन्दको जाँगर चलेपछि त हामीले भ्याउँदैनों नि।” – राधाकी भाउजूले मुख खोली।

उसको स्वर स्वभावले नै अलि तिखो र चर्को थियो सामान्य परिस्थितिमा पनि रिसाएको पो हो कि भने जस्तो लाग्ने।

“काममा जोत्न त भाउजू, बुहारीले फूर्क्याउन पनि जानेका हुन्छन्।” – राधाले हाँसेर भनी।

“जति फूर्क्याए पनि नन्द आमाजू जोतिएको र भाउजू बुहारी नजोतिएको बराबर हुँदैन क्या रे। आफू भाउजू बुहारी भएपछि तिम्रो पनि फूर्क्याउने पालेा आउँछ। हैन त?” – मैल्ो मुस्कुराउँदै राधाकी भाउजू तिर हेरें।

उसले मन्द हाँस्य ओठमा ल्याएर भनी – “खै, हो भन्नु कि होइन भन्नु? हाम्री नानीको बिहेगर्ने कुरा चलेको घरमा छोरीबेटी नै छैनन्।”

“हो सँाच्चै? तिमीले त आफ्नो बिहेको कुरा चलेको त भनेकै थिईनौं।” – -मैले राधा तिर फर्केर भनें।

“ब्यारे, न पत्याउ हाम्री भाउजूका कुरा। त्यसै हावा कुरा गर्छिन् यी त।” – राधाले लजाएर भनी।

“हावा भए पनि कुरा चलेको त पक्कै रहेछ नि। नानीको अनुहारैले भनी हाल्यो नि।” – मैले राधालार्ई जिस्क्याएँ।

राधाले चिडिए झैं गरी भनी – “दुइटी भएर मलार्ई पो उडाउँछन्। तिमीहरूका आफ्ना कुरा गर न। मेरा कुरा किन गर्नु पर्योउ?”

“हाम्रो त बिहे भइहाल्यो। बेहुली बनेर डोलीमा चढने रहर गरेर अब पुग्दैन। तिम्रो पो दिन पनि रात पनि मनैमा त्यही कुरा छ।” – म पछि परिंनँ।

“तिम्रो थियो होला नि त?” उसले मलार्ई नै भनी।

“थियो मेरो त। दिनमा पनि, रातमा पनि। सपनामा पनि, जपनामा पनि। भएको कुरा भन्न के को लाज?” – राधाकी भाउजूको अगाडि लजाउनु या हिच्किचाउनु उपयुक्त न ठानेर मैलें भनी हालें।

राधाले गाँसिएको हातको टपरी थुप्रोमा फालेर उठदै भनी – “यसरी जिस्क्याउने हो भने त बस्दिन म यहाँ। गएर सानोकाकालार्ई पोल लाइदिन्छु, सप्पै।”

मैले उठेकी राधा तिर हेर्दै थपें – “के निहँु पाउँ र कनिका बुकाउँ भइरहेको थियो र उठ्यौ नि। हामीलार्ई के घुर्की लाउँछ्यौ तिम्रो सानोकाकाको? तिम्रो सानोकाकाले सोधे ‘तपार्ईकी भतिजी बिहे गरिदिएनन् भनेर गुनासो गर्थिन् हामी सित’ भनी दिउँला। आच्चे ! डराउँछौं हामी भएको कुरा भन्न भनी ठानेको होला नानीले।”

राधाकी भाउजूले पनि हाँस्दै थपी – “हो त नि ब्यारे। भा को कुरा भन्न।”

राधा रिसाए झैं गरेर बाहिर निस्की तर कुरा प्रष्ट थियो उसलार्ई एउटा निहँु पारेर निस्कन योभन्दा अर्को राम्रो समय हुन् सक्दैनथ्यो। हामी दुइवटीलार्ई मात्र कुरागर्ने मौका दिइरहेकी थिर्ई ऊ।

राधा गए पछि उसकी भाउजूले भनी, – “बिहेको कुरा पक्का भै सक्ने थियो यति खेर। दाजु बाहिर गै दिनाले त्यसै रोकिएको छ।”

“बिहे जस्तो कुरा किन त्यसै रोकिराखेको? सकेसम्म चाँडै गर्नु बेश हो नि। फेरि दाजुको आउने पनि के ठेगान छ र?” – मैले असहमति जनाएँ।

“१।२ महिनामा आँउछु भनेर लेख्नु भएको छ। त्यति पर्खदा के हुन्छ र?” – राधाकी भाउजू पनि मसँग सहमत भइन।

“बिहेको कुरा चले पछि मनमा प्रणाय शुरू हुन् थाल्दछ। कुरा छिनिए पछि संकल्प जन्मन्छ। त्यसैले कुरा चले पछि दिने न दिने निर्णय गरिहाल्नु पर्छ र कुरा छिने पछि बिहे पनि गरिदिइहाल्नु पर्छ।” – मैले आफ्नो राय व्यक्त गरें।

“हतार हतार गरेर के फाइदा हुन्छ र?” – ऊ आफ्नो अडानमा थिर्ई।

“आशामा झुण्डयाएर राख्नु नै अपराध हो। अझ त्यसमा पनि केही कथम् कुरो छिनिएर पनि बिहे भएन भने दुवैको मन खल्लो त भइहाल्छ।” – मैले आफ्नो कथनलार्ई प्रष्टयाएँ।

“सबैको तपार्ई कै जस्तो हुन् सक्छ भन्ने के छ र?” – राधाकी भाउजूले सबैभन्दा दुःखने ठाउँ छानेर कोट्ट्याई तर मैले त्यो दुःखाइ अनुभव गरेको देखाइनँ।

मैलें मुस्कुराउँदै भनें – “मेरो नै के बिग्रको छ र? केही भएको नै भए पनि समयले त्यसलार्ई पुरपार गारिसकेको छ तर पनि यस्तो किसिमको घटना कुनै पनि केटीको निम्ति प्रिय हुन् सक्दैन र भावुकहरूको निम्ति त जीवन भर नै कष्टदायक बन्न सक्छ।” – मैले मुस्कुराउँदै भनें।

“के तपार्ईलार्ई आफ्नो निम्ति कष्टदायक भइरहेको छैन र त्यो घटना?” – उसले ममा आँखा गाडेर सोधी।

“मैले अघि नै भनिहालें नि – कुनै समयमा दुःख लागेको थियो होला तर समयले पुरिसक्यो भनेर।” – मैले अब सामान्य भएर जवाफ दिएँ।

“समयले त पुर्दै लान्छ र पुर्छ पनि तर घटनाले त्यसलार्ई कोट्याउन पनि त सक्छ। होइन?” – उसको ओठमा मुस्कान भए पनि भनाइमा अब साँच्चै दुष्टता झल्कन्थ्यो।

मैले आवेशमा आउनु उचित नठानेर बिस्तारै जवाफ दिएँ – “हो। कहिले कहीं घटना या दुर्घटनाले कोट्याएर पूरानो घाउलार्ई फेरि आलो बनाउन सक्छ तर मानवताको नाताले त्यो घाउमा मलहम र पट्टीगर्ने देवदूतहको पनि यो संसारमा कमी छैन।”

“आफ्नो विग्रिएको संसार भनौं वा बिग्रिएको मन भनौं त्यसलार्ई सन्तोष दिन कसैको घर उजाड गर्नुचाहिं ती मानवीय देवदूत मान्नेहरूको लागि उपयुक्त छ त?” – उसको भनाईको भावमा शत्रुपन थियो र अनुहारमा पनि त्यही भाव देखिन्थ्यो।

मैले बुझें -ऊ मसँग लडन तयार भएकी छ। शब्द प्रयोगकै हिसाबले म भित्र ऊसँग लडन सक्ने शब्दकोष थियो र शारीरिक लडाइ नै चले पनि ऊ मलार्ई जित्न सक्ने हुतीकी थिईन तर ऊ सँगको कुनै पनि किसिमको झगडाले म र ऊ दुवैको नोक्सानी मात्र थियो। मैले भरसक विवादबाट पर हटन खोज्दा पनि उसले त्यसलार्ई अगाडि ल्याउन खोजेकीले ऊसँग नाफा नोक्सानी बुझ्न सक्ने क्षमता छैन भन्ने प्रष्ट भइसकेको थियो। उसले विवाद गर्न खोज्नुको कारण झगडा गर्दा आफूले पाउने आत्मसन्तुष्टि मात्र थियो। त्यसैले झगडा नउठाउनु उपयुक्त ठानेर त्यो कुरालार्ई त्यहीं टुंग्याउन भनें – “राधा कता गइछन्? हामी दुइटीले मात्रै त कसरी सिध्याउने यी सबै पात?”

“तपार्ईले कुरा अर्को तिर लानु भयो। मैले सोधेको कुराको जवाफ दिनोस् न।” – उसको स्वरमा कठोरता आयो।

मैले जवाफ दिनै पर्ने बाध्यता अनुभव गरे तर उसलार्ई सोझो जवाफ दिएर चिडाउनु मेरो गल्ती हुने थियो। त्यसैले मैले पातबाट हात नउठाई बिस्तारै भनें – “हुन्छ। तिमी जवाफ सुन्न नै चाहन्छ््यौ भने म जवाफ दिन्छु तर त्यो प्रश्नको जवाफ दिन पनि मलार्ई तिमीबाट केही प्रश्नको जवाफ चाहिन्छ। तिमी जवाफ दिन सक्छ्यौ?”

“हुन्छ। सोध्नोस्।” – ती प्रश्न कस्ता हुन् र के हुन् भन्ने सोच्दै नसोची उसले तुरन्तै जवाफ दिई।

मलार्ई लाग्यो – “उ कुनै बु्िद्धमानी होइन र आवश्यक पर्यो भने शब्दजाल ओछ्यएर पनि उसलार्ई त्यसैमा अल्झाउन सकिन्छ।”

“तिम्री छोरी छ। होइन?”

उसले ‘हो’ भनेर जनाए पछि म भन्दैं गएँ – “त्यो तिम्री छोरीलार्ई कसैले चोरेर लग्यो र ‘मेरी छोरी हो यो’ भनेर दावी गर्यो् भने तिमीले ‘होइन यो मेरी छोरी हो’ भनेर कसरी लिन्छ्यौ?”

“सबैले मेरी छोरी चिनेकै छन्। सबैलार्ई लिएर गएर छोरी ल्याइहाल्छु नि।” – प्रश्न सजिलो ठानेर तुरन्त जवाफ दिई उसले।

“आफूले जन्माएकी छोरी आफ्नी भन्न पनि समाजले मानी दिनु पर्दो रहेछ तर ती हार गुहार दिनेहरूले भनौं, त्यो समाजले, ‘त्यो तिम्री छोरी होइन’ भनिदियो भने त तिमीले आफ्नी छोरीसम्म पनि त ‘आफ्नी’ भन्न पाउने रहिनछौ नि।” – मैले पहिलो कटु सत्य उसको सामु राखें।

“समाजले असत्य भन्दैन।” – उसले अडान लिई।

मैले उसको अडान काट्न खोजिन। त्यसैले तर्क मात्र दिएँ – “हो। ठीकै भन्यौ तिमीले। समाजको आफ्नो मर्यादाका सीमाहरू निश्चित भएकोले त्यसो न भन्ला तर तिम्रो र तिम्रो छोरीको सम्बन्ध समाजले कायम गरेको होइन प्रकृतिले सिर्जना गरेको हो र पनि समाजले यसलार्ई स्वीकार्न या नकार्न सक्दो रहेछ भन्ने कुरा त मान्नु पर्योज। अब मानिलेऊ। तिम्री छोरी ठुली भए पछि ‘तिमी उसकी आमा नै होइनौ’ भनेर हिडिंदिई भने तिमी कसरी उसलार्ई आफू कहाँ ल्याउँछ्यौ?”

“छोरा छोरी त्यसरी हिंडछन् र?” – उसले प्रश्न होइन विश्वास प्रकट गरी।

“हिंडछन् कहिले कहीं। भगवानका पाला देखि नै यस्तै भएको छ। भगवान श्रीकृष्णले देवकीलार्ई आमा मानेर यशोदालार्ई छोड्नु भएर र?” – ऊ मेरो तर्कले अवाक् भई। म भन्दै गएँ – “त्यो बेला तिमीलार्ई तिम्रो समाजको हार गुहारले पनि मद्दत गर्दैन। तिमीसँग एउटै मात्र हतियार बाँकी रहन्छ – त्यो हो प्रेम। तिमीले आफ्नो मायाले त्यो छोरीलार्ई ल्याउनु पर्छ र ल्याउन सक्छ्यौ। तर्साएर, धम्क्याएर कहिले पनि सक्दिनौ। आमाहरू सँधै यसै गर्छन्। आफ्नो कोही पनि टाडिन लाग्यो भने रिस देखाएर होइन प्रेमले रोक्नु पर्छ। आफू बाहेक अरू कसैले रोकिदिदैन। यही तिम्रो प्रश्नको जवाफ भएन?”

“म कहाँ आफ्नो घर उजाड हुन् लागेको कुरा गरिरहिछु तपार्ई भने फेद न टुप्पाको जवाफ ल्याउनु हुन्छ।” – उसले चिडिएर भनी।

वाक्य र शब्द रचनाई केलाएर त्यसको भावार्थ निकाल्न सक्ने क्षमता उसमा रहेनछ। जीवनको शेष भाग त्यही स्वास्नीमानिससँग गुर्जानु पर्ने ‘उसको’ भाग्य देखेर ऊप्रति दया लागेर आयो। मैले अब दोश्रो प्रकरण शुरू गरें।

“प्रत्येक व्यक्तिको मन र घर कहिले आबाद हुनु र कहिले उजाड हुनु यो दुनियाको नियम हो तर तिमी भने तिम्रो घर मैले उजाडि दिन लागें भनेर ठान्छ््यौ। यही होइन तिम्रो भनाई?” – मेरो स्वरमा अलि कडापन आयो।

म्ोरो स्वरमा आएको कडापनले ऊ अलि हिच्किचाई र एकै छिन पछि नै स्थिर भएर जवाफ दिई – “मैले भन्नु पर्ने तपार्ईले नै भन्नु भयो। ठीकै भो। मैले सोधेकी पनि त्यही हो।”

मैले उसको अनुहारमा आँखा गाडेर सोधें – “मैले तिम्रो घर उजाडन लागें भन्ने तिम्रो कारण के र सबुत के?”

ऊसँग मलार्ई दोष लाउन उक्ने ठोस सबुत र कारण थिएन।

“सारा दुनियाँ भन्छन््। अलि मैले किन न भन्ने?” – उसले समाजको सहारा लिई।

“दुनियाँ के भन्छन््? मलार्ई थाहा छैन किनकि दुनियाले मसँग आएर भन्दैन र म दुनियासँग सोध्न पनि जान्नँ। हुन् त तिमीसँग दुनियाले भनेको भन्ने बाहेक अरू कुनै पनि सबुत र प्रमाण त छैन र कारणसम्म पनि छैन तर पनि तिम्रो आरोप म बुझ्छु। तिम्रो लोग्नेलार्ई, फकाएँ, लोभ्याएँ, झुक्याएँ र अझ प्रष्ट भन्ने हो भने तिम्रो लोग्ने तिमीबाट खोस्न लागें र तिमीलार्ई एक्ली बनाउन आँटें -यिनै होइनन् तिम्रा आरोप?” – मैले उसलार्ई आँखा गाडेर हेरें। ऊ बोलिन। म अझ कठोर भएर भन्दै गएँ – “ल माँनू। मैले उसलार्ई खोस्न लागि छु तिमीबाट। मैले खोस्न नपाउने किन?”

“झ्याँई, झ्याँई पञ्चेबाजा बजाएर ल्याएकी म। मेरो लोग्ने खोस्न त्यसै पाइन्छ?” – उसले लोग्ने माथि पूर्ण अधिकार देखाई।

“पञ्चे बाजा, सिन्दूर र पोतेले कोही कसैबाट बाँधिने भए कुनै पनि स्वास्नीमानिस पोइल जाने थिइन र कुनै पनि लोग्नेमानिसले सौता हाल्ने थिएन। तिमी एउटा लोग्नेमानिसलार्ई मायाले बाँध्न सक्दिनौ र अर्की स्वास्नीमानिस माथि दोष थोर्पछ्यौ।”

“तपार्ईले मोहनी लाउन जान्नु हुन्छ र बाँध्नु हुन्छ त। हामी त जान्दैनौ त्यस्तो छाले कुरा गर्न।” – उसमा तर्कको क्षमता नै थिएन।

“मोहिनी नै लगाएको भन्छ््यौ भने पनि आज होइन, तिमीले उसलार्ई देख्नुभन्दा अगाडि लगाएकी हुँ तर मैले मोहिनी लगाएकोसँग तिमी किन आयौ झुण्डिएर?”

“तपार्ईसँग त बिहे नै भएको थिएन?”

“कसैले भन्यो बिहे गरेको थिएन भनेर? वाकदान स्वयम् एक बिहे हो र म तिम्रो लोग्नेकी वाकदत्ता हुँ। तिमीले माने तिम्री दिदी हुँ, नमाने तिम्री सौता हुँ।”

म्ा यसरी लाजै नमानी उसलार्ई चुनौती दिउँला भन्ने उसले सोचेकी पनि थिईन होला। ऊ अवाक भई। मैले आफ्नो दृढ स्वरलार्ई नघटाई भन्दै गएँ – “तर वहाँलार्ई ‘मेरो लोग्ने’ भनेर तिमीबाट खोसेर लिने छैन किनकि यो प्रयास नै प्रकृति विरुद्धको प्रयास हो र यसमा तिमी विजयी हुन्छ्यौ, म होइन। तिमी मलार्ई दोष दिन सक्छ्यौ, गाली गर्न सक्छ्यौ तर वहाँलार्ई दोष दिएको र सास्ती दिएको म सहन सक्दिनँ। यो कुरा तिमी बुझराख।”

“मैले के गरेकी छु र?” – उसको स्वर अब गिरिसकेको थियो। ऊ मसँग डराएकी थिर्ई किनकि उसको लोग्ने माथि आफ्नो अधिकारको दावी गरेर उसले लोग्नेलार्ई दुःख दिएको आरोप लगाउने स्वास्नीमानिससँग केही दिन अगाडि मात्र आफ्नो कारणले नै घर छोडेर हिंडेको लोग्नेमानिसकी स्वास्नी डराउनु स्वभाविक थियो।

मैले त्यही कठोरता देखाउँदै भनें – “वहाँलार्ई घरबाट निकालेर पठायो कसले? तिम्रो बचन बाणले होइन? दुनियाँले भन्यो भने तिमी आफूले लोग्नेको पक्ष लिएर दुनियालार्ई बदमास भन्नुको साटो तिमी उल्टो लोग्नेलार्ई नै झम्टन पुग्छ््यौ भने लोग्नेले के तिमीलार्ई पूजा गरेर राख्छ? तिमीचाहिं लोग्नेलार्ई कुवाच्य भन्दै हिंड अनि लोग्नेचाहिं तिमीलार्ई मायागर्दा हिंडोस्? जसलार्ई माया गरिन्छ त्यसले गल्ती या अपराध गर्योर भने पनि लुकाउनु पर्नेमा झन शत्रुले झैं खोतल्दै र भट्ट्याउँदै गरे पछि माया गर्छु भनेर मुखले भनेर हुन्छ? माया गर्नेले कहीं त्यस्तो व्यवहार गर्छन्? तिम्री छोरीलार्ई तिमी त्यस्तो गर्न सक्छ्यौ? हेर, लोग्नेमानिसको मन भाँचिए पछि जोडिन त गाहारो पो पर्छ त।”

ऊ नबोली निहुरेर पात गँासिरही। म भन्दै गएँ – “र अन्त्यमा एउटा कुरा पनि सुनि राख। मप्रति संशकित हुनु पर्ने तिम्रा कारणहरू आधारहीन हुन्। हो, म वहाँलार्ई माया गर्छु आफूलार्ईभन्दा बढी र कसैले वहाँलार्ई असह््य कष्ट दियो भने दन्तालु बाघ र विषालु सर्पले झैं ऊ माथि आक्रमण गर्छु पनि तर यसैले तिम्रो लोग्ने तिमीबाट खोसिदैन। त्यसैले न तिमीले मसँग प्रतिस्पर्धा गर्नु पर्ने जरूरत छ, न शत्रुता नै । तिमी स्वास्नी हौ, म होइन र हुन् पनि सक्दिनँ तर तिमील्ो आफ्नो मायाले, आफ्नो व्यवहारले लोग्नेलार्ई चित्त बुझाउन, खुशी तुल्याउन सकिनौं भने, मैले होइन, कोही अर्कैले खोसेर लानेछ। त्यो बेला मैले तिमीप्रति सहानुभूतिसम्म पनि देखाउन सक्छु कि सक्दिनँ थाहा छैन।”

उसका आँखाबाट झरेका आँसुका थोपा टपरीमा गाँसिएका पात माथि खस्दा निस्केको ‘टप्प, टप्प’ आवाज सुनेर म रोकिएँ। मलार्ई ऊ त्यति चाँडै विचलित होली जस्तो लागेको थिएन। मैले त उसलार्ई कर्कशा, जस्तै पीर परे पनि सहन सक्ने जब्बर र झगडालु ठानेकी थिएँ। मेरो मोह भंङ भयो। ऊ त कमजोर, आफूलार्ई कसरी बचावटगर्ने भन्ने नजानेर मुखमा आएको कुरा फ्याट्ट भनी हाल्ने र सबैसँग संशकित भइरहने जीव पो रहिछ। मलार्ई अपशोच लाग्यो। मैले उसलार्ई सात्वना दिंदै भने – “भै हाल्यो। नरोऊ। म तिमीलार्ई बहिनी ठानेर सके सम्म तिम्रो भलो र बचावट नै गरूँला तर त्यो पनि तिम्रो व्यवहारमा नै भर पर्छ किनकि कति यस्ता कुरा हुन्छन् जो अर्कोले गरिदिएर गरिदैंन।” ऊ दुई हातले मुख छोपेर ‘घुँक्क, घुँक्क’गर्दा आफ्नै काँखमा घोप्टिएर रोइरही। उसलार्ई शान्त गर्न मलार्ई निकै बेर लाग्यो।

आखिर ती पूजाका दिनहरू प्ानि आए। ब्राह्मणहरू बेदका ऋचाहरू प्ााठ गर्न थाले। घर पवित्र स्थलमा पऋणत भयो र आउने जानेहरूको ताँती चल्न थाल्यो। मेरी सासूलार्ई फूर्सद थिएन। हुन् त कर्मको यजमान उनले छोरालार्ई बनाएकी थिइन् तर छोरो स्थिर आसनभएर कसै गरे पनि बस्न नसक्ने हँुदा यदाकदा मैले पनि उसको वारेस भएर कर्मपात्रमा हात चोपल्न पुग्नु पर्थ्यो। म सानो देखि नै कुनै निष्ठावान धर्मात्मा होइन र धर्म विरोधी पनि कहिल्यै थिइनँ तर नियतिले म माथि गरेको अन्यायले मलार्ई नर्कको डर पनि थिएन र स्वर्गको मोह पनि। काकाको वारेस भएर उसको हातबाट मेरो घाँटीमा परेको यो पोते र उसका औंलाका छाप परेको यो सिन्दुरले मेरो स्वर्ग जाने बाटो त पहिले नै छेकिसकेको थियो तर केवल एक व्यक्तिप्रति मात्र मेरो निष्ठा र प्रेम भएकोले म नर्क तिर धकेलिने छैन भन्ने विश्वास पनि थियो ममा। मेरो निम्ति यही जीवन नै स्वर्ग र नर्क थियो। सामाजिक रूपले म नर्कको जीवन भोगी रहेको थिएँ र आफ्नो ह्दय र भावना भित्र म स्वर्गको आनन्द पालिरहेको थिएँ। समाज मलार्ई बहुपति राखेको आरोप भित्र भित्रै लगाइरहेको थियो र भोलि त्यो आरोप खुला रूपमा चुनौती पनि हुन् सक्थ्यो तर म भने दुई पतिकी एकै चोटी विवाहिता पत्नी भएर पनि अझै कुमारी नै थिएँ। म मानिसकी छोरीलार्ई पञ्चकन्या जस्तो सदाशुद्ध हुने अधिकार थिएन। मानव सभा त के देवसभाले पनि भोलि मलार्ई पतिता नाम दिएर फाली दिन सक्थ्यो तर पनि म कर्मपात्रमा हात चोबल्दै थिएँ। कुनै धर्म प्राप्तीको निम्ति होइन अनावश्यक स्पष्टीकरण दिन नचाहेर।

रुद्री वाचन चलिरहेको थियो। त्यहाँ आएका सबै मानिसहरूको आउनुको माध्यम धर्म कार्य थियो तर प्रत्येकको स्वार्थ भने अलग अलग देखिन्थ्येा। पण्डित र पूरोहितहरू भ्ाट्याई भट्याई आफ्नो दक्षिणा र सिधाको भाग पकाइरहेका थिए। यजमान आमाको मन राख्न मन नलागी नलागी कर्मपात्रमा हात डुबाउँथ्यो। मेरी सासू आफ्ना छोराको बखानगर्दा प्रत्येक आउनेसँग मलार्ई चिनाएर मेरो प्रदर्शनी गरिरहेकी थिइन्। बूढाबूढीहरू रुद्रीवाचन सुनेर आफ्नो बैंशमा गरिएका पापहरू पखाल्न चाहन्थें भने तरूनी तन्देर्ीहरू एक अर्कामा आँखा टाँसेर कृत्रिम यौन अनुभूति लिइरहेका थिए तर प्रत्येकले आफ्ना धारणा अनुरूप पापको भण्डर, यौनको प्रतिरूप या कर्मले अभागी मलार्ई नै ठान्दथे। बूढाहरू मलार्ई केही गर्न या भन्न लगाएर मलार्ई तौलन्थे या जाँच्थे। तरूनीहरू मप्रति सहानुभूति राख्दथे र तन्नेरीहरू मलार्ई आर्कषित गर्न चाहन्थे। हुन् त अरू केटी या स्वास्नीमानिसको त्यहाँ कमी थिएन तर सबैको दृष्टिमा म मात्र असामान्य थिएँ। म त्यही परिवारकी दत्ता थिएँ, त्यक्ता थिएँ। एक दृष्टिले पतिता थिएँ, अर्को दृष्टिले पवित्रा। उमेरदारको सोचाइमा म कसैकी पनि भोग्या हुन् सक्थें र यही लोभ थियो उनीहरूमा। बूढाबूढीको दृष्टिमा म नष्टा हुन् सक्थें – यही घृणा उनीहरूमा थियो। जे भए पनि म प्रर्दशित थिएँ। घृणा, लोभ, शंका र सहानुभूतिपूर्ण दृष्टिहरू मलार्ई घेरेर बसेका थिए। म निस्सासिइरहेकी थिएँ ती दृष्टिका रापले र पनि त्यसलार्ई नदेखाएर आफ्नो कामगर्दा जानु मेरो भाग्य नै त्यस्तै थियो। मैले कुनै विरोध पनि गरिनँ, चासो पनि देखाइनँ तर मैले विरोध नगर्दैमा या चासो नदेखाउँदैमा छिद्रान्वेषी असंख्य आँखाहरूले ममा कुनै खोट ननिकाल्ने करै थिएन। सबैले ‘घटः घटः स्थिते जलम्’ भने झैं आफ्नो बौद्धिक क्षमता र चरित्र अनुसार नै मलार्ई तौले, मोले र मेरा कुरा काटे – केटाकेटीले भित्तामा छ््यापेको रङमा विभिन्न आँखाले देवता देखि राक्षससम्म विभिन्न रूप देखे जस्तै।

म्ाूल पूरोहित भएका जेठा पण्डित र उनका भानिज बिहान चाँडै काम थाल्नु पर्ने र घर टाढा भएकोले त्यहीं घरको बाहिर दलानको खाटमा सुत्दथे। भित्र मजेरी र मूल ओछ्यानमा १।२ जना कामगर्ने स्वास्नीमानिस र एउटी बजै सुत्ने गर्थे। कामगर्ने १।२ लोग्नेमानिस दलानको भुइँमा पल्टन्थे। घरका परिवार र पण्डितजी बाहेक अरू सबै नै दुई छाक नै खाने हुनाले फलाहार चार जनाको निम्ति मात्र बन्थ्यो। मूल यजमानको निन्द्रालार्ई ध्यानमा राखेर उज्यालो छँदै सासूको निर्देशनमा बजैले फलाहार बनाउँथिन् र राम्रो रात पर्दा त साँच्चै धन्दा पनि सिद्धिइसकेको हुन्थ्यो।

बेलुका चाँडै सुत्ने हुनाले बिहान चाँडै उठ्न गाहारो नपर्ने पर्नु हो तर आधा रातसम्म छटपटीमा बिताउने मेरो निम्ति बिहानी पखको निन्द्रा पनि तन्द्रा नै हुन्थ्यो र उठ्न पनि गाहारो। पूजा थालिएको चौथो रात तेश्रो प्रहरमा झपक्क निदाएकी म डरलाग्दो सपना देखेर थरथर काम्दै बिउँझें। सपना फेरि दोहोरिने डरले म सुत्न सकिंनँ र उठेर बसें। निकै बेर पछि सासू उठेर ढोका खोलिन्। एक्लै त्रसित भएर बसिरहेकी म त्यस पछि पनि धेरै बेर आफ्नो ठाउँ छोड्न न सकेर केवल एउटै मात्र प्रार्थना गरें – “भगवान ! उसलार्ई केही नहोस्। यदि केही हुनु नै छ भने म मेरो शिर थापी दिन्छु।”

म्ा तल ओर्लदा मेरी सासू नुहाउन गइसकेकी थिइन्। सासू नुहाएर आएपछि मात्र अरू स्वास्नीमानिसहरूलार्ई उठाउँथिन् र म पनि उनीहरू सँगै नुहाउन जान्थें। आज चाँडै उठेकीले एक्लै गाग्रो र लुगा बोकेर धारातिर लागें। सँधै हिंडिरहेको बाटो र कुनै खोल्सा खाल्सी, नाघ्ँनु नपर्ने र सासू अगाडि नै गइसकेकीले मलार्ई एक्लै जान केही वास्ता लागेन।

ध्ाारो अलि गहिरोमा भएकोले धाराकै छेउमा न पुगी धारामा भएको मानिस देखिंदैनथ्यो। अभ्यस्त पाइलाले अगाडि बढदै जाँदा धारेा देखिनुभन्दा अगाडि नै मेरी सासूको आवाज छ्वास्स मेरो कानमा पर्योा – “छ्य ! कस्तो बेसिद्धिको मान्छे ! कसैले देख्यो भने?”

“कसले देख्छ यो अँध्यारोमा? तिम्रो त मन त्यसै डराउँछ।” – अहिलेको स्वर लोग्नेमानिसको थियो जो चिनें जस्तो त लाग्थ्यो तर खुट्याउन सकिंनँ।

“मन नडराएर के गर्नु? एउटा मात्र चुक भयो भने भोलि मुख देखाएर बाँच्नु पर्दैन। अब त घरमा बुहारी भित्रिइसकी।”

“तिम्री बुहारी आए पछि त यस्तो प्रपञ्च गर्नु पर्छ। पहिले जस्तो सजिलो कहाँ छ र?”

मलार्ई अरू सुन्न मन लागेन किनकि योभन्दा बढी सुन्न खोजे मैले सुन्नै नहुने कुरा पनि सुन्न सक्ने सम्भावना थियो। म पछाडि फर्केर परसम्म गएँ र परै देखि गीत गुन्गुनाउँदै आफू आएको आभाष उनीहरूलार्ई दिएँ। म वहाँ पुग्दा म आएको समयमै थाहा पाएर दुवै जना सतर्क भइसकेका थिए। मेरी सासु हातको घल्चा पखाल्न लागेकी थिइन् र अघि मैले नचिनेको स्वरका धनी जेठा पण्डित धाराभन्दा पर उभिएर आफ्नो धोती मिलाउँदै थिए। मलार्ई देखेर सासूले भनिन् – “आज त तँ पनि चाँडै आइ छस् नि?”

मैले केही पनि थाहा नपाए झैं गरी जवाफ दिएँ – “बिउँझहालें। तपार्ई आएको थाहा पाएर आएकी, नत्र एक्लै के आउँन सक्थें डरले?”

जेठा पण्डितप्रति मेरी सासूको आसक्तिमा मलार्ई कुनै आश्चर्य लागेन। देख्दा राम्रा ३५।३६ वर्षका जेठा पण्डित मेरी सासूको लागि कुनै अप्रिय जोडी देखिदैनथें र मेरी सासू पनि कम राम्री थिईनन्। उनले सपक्क पारेर कपाल नकोरेको दिन हुँदैन्थ्यो। रातो लगाउन नमिल्ने हुनाले पहेंलै भए पनि केशरीको सानो टिका टपक्क लगाउँथिन् र हातलार्ई सुनका चुरीले सधै झल्काउथिन्। उनले लाउने लुगा पनि एक रंङी कहिले पनि हुँदैन्थ्यो। उनको लागि २० वर्ष पनि नपुगेको उमेरमा झण्डै ६० वर्ष पुगेको लोग्नेले छोडेर गएको मायाको सम्झनाले आफ्नो काया थामेर राख्न सम्भव थिएन र राखेकै भए पनि एउटा आश्चर्य हुने थियो। उनीहरूको सम्बन्ध कति लामो थियो, त्यो त मैले कहिले पनि थाहा पाउन सकिनँ तर मेरा ससुरा जिउदो छदा पनि जेठा पण्डितको यो घरमा नै बास हुन्थ्यो रे भन्नेचाहिं मैले सासूको मुखबाट सुनेकी थिएँ र जेठा पण्डित नामले मात्र होइन, पढाइले पनि पण्डित नै हुन् भन्ने पनि उनैले भनेकी हुन्। घरमा स्वास्नी, छोराछोरी भएका जेठा पण्डितको आसक्ति आपत्तिजनक लाग्यो शुरूमा तर उनकी स्वास्नीलार्ई देखे पछि र उसको स्वभाव चिने पछि सँधै मरुभूमिमा हिड्नु पर्ने उनले एक रात मरूदानको बास खोज्नु अमान्य भन्न सकिनँ मैले।

भन्छन्् – कुमारीको प्रेम सेतो कागजमा लगाएको रंग जस्तो प्रष्ट र पहाडि खोलाको पानी जस्तै चञ्चल, स्वच्छ र निर्मल हुन्छ र विधवाको प्रेम वैशाखको घाम जस्तो तातो र फागुको रंग जस्तो पञ्चरंगी हुन्छ। विधवाको प्रेममा आत्मियताभन्दा यौन उष्णता बढी हुन्छ रे र त्यस्तै शब्दजाल र शारीरिक चालमा बढी विश्वास राख्छन् रे उनीहरू। तर मेरी सासूको प्रेममा मलार्ई शंका थिएन। १५।१६ वर्षको उमेरमा ५५ वर्षको लोग्ने पाएकी मेरी सासूले लोग्नेलार्ई प्रेम गर्न सकिन् होला जस्तो मलार्ई लाग्दैन। त्यसैले यो घरको सदस्य जस्ता भएर बसेका जेठा पण्डितमा आफ्नो लोग्ने हुँदा हुँदै पनि उनको मन लोभिएकै भए पनि त्यो स्वाभाविक नै थियो। उनी विधवा भइसक्दा पनि उनको मन, प्रेमको हिसाबले कुमारी नै थियो। त्यसैले उनले जेठा पण्डितलार्ई भनेका शब्दमा एउटी अभिसारिकाको ह्दयबाट निस्कने आत्मीयप्रियता थियो र विषम र जोखिम परिस्थितमा पनि उनीहरूको एकान्त मिलन र प्रियवादन उनीहरूको आत्मियता प्रमाणित गर्दथ्यो। जेठा पण्डितको उपस्थितिमा उनको स्वरमा मधुरता निस्कन्थ्यो, उनको चालमा लय आउँथ्यो। उनी आनन्द विभोर भएर जेठा पण्डितका उपदेश र शास्त्र र पूराणका गाथाहरू सुन्दथिन्। उनको तन्मयता पण्डितको अनुहार दृष्टिमा दिएर मग्न हुन्थ्यो या आँखा चिम्लेर उनको वाणीको रसस्वादन लिनमा। अरू देख्नेको निम्ति उनको तत्मयता धर्मविभोरता लाग्न सक्थ्यो र धर्म विभोरता पनि किन न होस? जब त्यसका व्याख्याता स्वयम् आफ्नै मन मन्दिरका देवता थिए। उनको त्यो हालत देखेर मलार्ई लाग्दथ्यो प्रेम र भक्तिमा कुनै अन्तर छैन – त्यो भक्ति या प्रेम चाहे मीराको होस, चाहे सबरीको या चाहे मेरी सासूको। अन्तर यति मात्र थियो कि मीरा र सबरीका प्रेमीहरू म्ाानिसकबाट उक्लिएर पुरुषोत्तम हुन् पुगेका थिए भने जेठा पण्डित सामान्य मानिसभन्दा पर पुग्न नसक्लान् र पूरोषत्तमकी भोग्या मीरा र सबरी पूज्यनिय मानिए पनि सामान्य मानिसकी प्रिया मेरी सासू कसैलार्ई पनि स्वीकार्य हुने थिईनन्।

एकातिर मेरी सासू प्रेमिकाको हृदय बोकेर बाँचेकी थिइन् भने अर्को तिर आमाको प्रबल ममता पनि उनमा थियो र त्यो ममतामा उनी अर्कै मानिस हुन् पुग्थिन्। उनी चाहन्थिन् -म उनको छोरोलार्ई प्रेम गरूँ, उसको प्रेममा बाधिउँ्क र ऊ भित्र नै सीमित रहूँ। उनको बात्सल्य यो सोच्न सक्दैनथ्यो कि उनको १३ वर्ष टेकेको बालक छोरो मेरो छातीमा लोग्ने भएर, प्रेमी भएर भरिन सक्दैन। उनी आफू बूढो लोग्नेसँग बाँधिएर बसेको बाध्यतालार्ई उपमा बनाएर भन्ने गर्दथिन् – “लोग्नेमानिस बूढो या बालक हुन् सक्दैन।” हुन त उनको छोरोले र मैले आफ्नो व्यवहारमा कुनै शंकापूर्ण चाल देखाएका थिएनौ र बाहिरबाट हेर्दा नमिल्दो भए पनि हाम्रो जोडी लोग्ने स्वास्नीको जस्तै थियो तर पाइला पाइलामा सँधै हामीलार्ई देखिरहने मेरी सासूले भने हाम्रो सम्बन्धमा पटक्कै तालमेल मिलेको छैन भन्ने लख काट्न बेर लागेन र त्यसैले होला एकदिन मलार्ई सोधिन् – “होइन, तिमीहरू एउटै ओछ्यानमा त सुत्छौ?”

मेरा दौंतरीहरूले यस्तो प्रश्न गरेको भए पक्कै ठट्टा मानिने थियो तर सासूको मुखबाट यस किसिमको प्रश्न आँउदा म अवाक् भएँ। सासूको मुखले ‘तिमीहरू लोग्ने स्वास्नी के गर्छौ?’ भनेर बुहारीलार्ई सोध्न मर्यादाभन्दा बाहिरको अनुपयुक्त प्रश्न थियो। यो प्रश्नले त उनको म माथि शंका कति प्रबल रहेछ भन्ने देखाउँथ्यो तर मैले आफ्ना भावनालार्ई स्वरमा नल्याई उल्टो प्रश्न गरें – “त्यो पनि भन्नु पर्ने कुरा हो र?”

स्वरमा न भए पनि शब्दमा भरिएको व्यङयात्मक पुटले मेरी सासू छक्क परिन्। आफ्नो प्रश्न यसरी आफैंमा बज्रन आइपुग्ला भन्ने उनले सोचेकी पनि थिईनन्। उनी बूढी भएकी भए त्यो भनाइ र भावलार्ई अर्कै प्रसङ तिर मोडने थिइन् होला तर अधबैंशेमा खुट्टा हाल्न बाँकी नै रहेकी मेरी सासूलार्ई तरूनी बुहारीको व्यङयले लज्जित तुल्यायो। उनले हतारिदैं पहिले भनिएको कुरा सुधार्न भनिन् – “सँधै दुइवटा ओछ्यान लाएको देखेर पो सोधेकी त।”

“मलार्ई सोध्नुभन्दा छोरालार्ई सोध्नु बढी सजिलो होइन र?” – मैले ओठमा मुस्कान ल्याएर भनें तर यो कुराभन्दा आफ्नो मुख उनीभन्दा अलि पर पारें पनि मेरो अनुहारको मुस्कान उनले प्रष्ट देख्ाुन् भन्ने भावनाले अनुहार पुरै लुकाएकी भने थिइनँ।

“धत्। छोरालार्ई पनि सोध्नु हुन्छ यस्तो कुरा।” – उनको अनुहार लाजले भरिएको लालिमाले रातो भयो। यसरी त शायद एउटी कुमारी पनि लजाउने थिइन होला। समयलार्ई कसले छोडछ? एउटी बुहारीले सासूसँग ठट्टागर्ने समय कमै आउँछ र लाजले राती भइसकेकी बेला उनलार्ई पानी पानी बनाउने बेला त झन कम। मैले पनि यो अवसर नचुकाई भनें – “हुन त हो। आफ्ना दौंतरीसँग पो यस्तो कुरा सोध्न हुन्छ। तपार्ईलार्ई त थाहा छँदैछ नि। अमिल्दो जोडी भए पछि कमजोर पक्षको बचावट गर्न एउटा थप ओछ््यान सँधै आवश्यक पर्छ।”

म्ोरी दौंतरीमा दाँजेर मैले उनको र मेरो जिन्दगी एउटै समानन्तरमा ल्याइदिने खोजेकीले उनी मेरो भनाइलार्ई ‘स्वीकार गरूँ कि न गरूँ’ भनेर एक छिन दोधारमा परिन् तर लामो समय देखि आफ्ना आफन्त भनिने स्वास्नीमानिसहरूबाट कहिले पनि सहानुभूति नपाएकी मेरी सासू आज अचानक बहिनीभन्दा सुहाउने बुहारीको सहानुभूति पाएर गल्न बाध्य भइन् र भनिन् – “मेरो कुरा छोडिदे। म त धमिरा लागेको रुख कुरेर बसेको थिएँ। तेरो अगाडि त कल्कलाउँदो मुना छ। त्यसलार्ई दरो हुन् बेर लाग्दैन।” हुनत मलार्ई कुनै लाज लागेको थिएन तर पनि मैले शर्म माने झैं गरेर भनें – “बढी लोभ गरेर कलकलाउँदो मुनामा आफ्नै हातले किरा लाग्न त दिनु हुँदैन नि।” “माया गर, बाबै, माया गर। जति धेरै माया गर्न सक्यो, त्यति नै माया पाइन्छ।”- उनको भनाइमा मेरो लागि उपदेशभन्दा आफ्नै मनसन्तुष्टि बढी थियो। हामी सासू बुहारीको सम्बन्ध पनि समझदारीमा आधारित थियो। घरको सबै कामको निर्णय उनी नै गर्थिन् तर मेरो राय न मागेको हुँदैनथ्यो। बुहारी भनेर म माथि दबाव दिन सक्ने सासूको क्षमता पनि दिनप्रति दिन क्षिण हुदै गइरहेको थियो। म त सासूलार्ई सँधै धर्मकार्यमा प्रोत्साहित गर्दथें र जेठा पण्डितको उपस्थिति जुटाइदिन्थे, आफू केही न केही काम निकालेर उनीहरूभन्दा पर भइदिएर उनीहरूको एकान्त मिलनको समय मिलार्ई दिन्थें। पहिले त उनी संशकित भइन् तर उनीहरूको एकान्तमा मैले कुनै चासो न देखाएर जेठा पण्डितको बखान नै गरिदिने हुनाले उसको शंका मेटियो।

राधाकी भाउजू बराबर म कहाँ आउने जाने गर्थी। ऊ कहिले छोरी लिएर आएर दिन भरी बस्दथी म कहाँ। थरी थरीका कुरा गरे पनि हामी दुइवटीले कहिले पनि ‘उसको’ बारेमा कुरा गरेनौं। हामीलार्ई थाहा थियो हामी दुइवटी नै उसको प्रवासका कारण हौं भनेर र अहिले हामी दुइवटी नै आफूभित्रको घाउचोट आफ्नै छातीमा लुकाएर राख्न चाहन्थ्यौं र एक अर्कालार्ई उसको प्रतिनिधी ठानेर आफू आफू बीचमा नै उसको प्रत्यक्षता अनुभव गर्न खोज्थ्यौं। राधाकी आमा समेत हामी दुइवटी मिलेको देखेर छक्क परेकी थिइन् किनकि उनकी बुहारीसँग कुरा मिल्ने त्यो गाउँ भरी नै अरू कोही पनि थिएन। एकदिन हामी दुइवटीलार्ई एकै ठाउँमा भेटेर ‘प्वाक्क’ भनिन् – “मेरो छोरो यहाँ हुन्जेलसम्म तर तिमीहरू दुइवटी कुकुर बिराला जस्ता थियौै। अहिलेचाहिं दिदी बहिनी नाता जोड्छौ।”

ब्ाुहारीले जवाफ नदिए पनि मैले भनी हालें – “कसको निम्ति झगडा गर्नु छ र न मिल्नु त। होइन?”

मैले पनि राधाकी भाउजूको सहमति लिन खोजेंं। ऊ सहमतिमा मुस्कुराई दिई। मेरो जवाफले उनी खुशी भइन् या बेखुशी भन्न सक्दिनँ तर उनले जवाफ दिन चुकिनन्- “बरु दुइटी लार्ई नै बिहे गरेको भए हुने रहेछ।”

मैले तुरन्त जवाफ दिएँ – “दुइटीलार्ई नै बिहे गरेको भए यसरी नै मिल्थ्यौं होला र? यहाँ त एउटीले जति बल गरे पनि पाउन नसक्ने, अर्कीले जति छोड्न खोजे पनि न छोडिने भएर पो मिलेका छौं त।”

समयले मेरो शरम पनि पचाई सकेको थियो।

“लाज न भएका नकच्चरीहरू।” – भन्दै उनी आधा रिसाउँदै आधा मुस्कुराउँदै गइन्।

यसरी दिन र रात एक अर्कालार्ई पछ््याउँदै दगुरिरहेका थिए-कालचक्रका दाँती भएर। दिन त आफूलार्ई केही न केहीमा व्यस्त राखेर काटिदिन्थें तर रात सँधै समयलार्ई रोकेर आउँथ्यो। छातीको आगोले बाफिएर आधारात घस्रँदै जान्थ्यो र दोश्रो आधारात मलार्ई तन्द्रा र दुःस्वप्न ओडाएर अत्याउँथ्यो। म निदाउन पनि डराउँथें कहीं तन्द्रामा नै नबौलाउँ भनेर। दिनभर आफूलार्ई हँसिली राख्ने प्रयासमा थाकेका मेरा नशाहरू रातमा आँसु पोखेर विश्राम गर्न सक्दैनथे। ‘आँसु खसाल्न न सक्नु र पाउनु पनि एउटा श्राप रहेछ’ -मैले बुझें।

म के थिएँ? के बन्न पुगें। कुनै समयमा मेरो एउटा सपना थियो – ‘मेरो घर होस्, मेरा छोराछोरी हुन्, मैले माया गरेको र मलार्ई मायागर्ने एउटा लोग्ने होस् र उसलार्ई जम्मै जिम्मेवारी, सुख र दुःख सुम्पेर उसको छातीमा निर्धक्कसँग निदाउँन पाउँ्क।” तर म जहाँ थिएँ त्यहाँ मेरो एउटा निश्चित व्यक्तित्वसम्म पनि थिएन। म लोग्नेद्वारा अछुता स्वास्नी थिएँ, प्रेमीद्वारा माया नगरिएकी प्रेमिका भएँ। बिहे गरेर जोडिएका मेरा सबै साइनाहरू अवास्तविक थिए। नियतिले मेरो जीवनलार्ई एउटा हँस्यौली बनाएको थियो। कसैले भन्न सक्ला – नियतिको निर्देशन न मान्नेहरूको जीवन यस्तै हुन्छ। ठीकै होला त्यो भनाई तर नियतिको निर्देशन मानुँ कसरी, जब आत्मामा गाडिएका दुःख र सुखका खीलहरू आधी आत्मा च्यातेर निकाले पनि निस्कँदैनथे? नियति सँगै डोरिउँ कसरी, जब नियति स्वयम् विपरित सम्भावनाहरू एकै चोटी म माथि खन्याउँथ्यो? नियतिको कारखानामा कालचक्रको एउटा फेरो पनि न पुग्दै म त दत्ता, त्यक्ता, कुमारी, विवाहिता, पवित्रा र पतिता जस्ता विपरीत सिंढीहरू उक्लँदै बिना व्यक्तित्वकी एउटी अछुता स्वास्नी, उपेक्षित प्रेमिका, दग्धा बुहारी, अनामिका भाउजू र सौता भएर बिना कुनै नाम, बिना कुनै साइनो बाँच्न बाध्य गराइएकी थिएँ। विधातालार्ई एकपल्ट भेट्न पाए म त भनिदिने थिएँ – “यो तिम्रो जीवन तिमी नै लैजाऊ र मलार्ई मेरो मृत्यु फिर्ता देऊ।”

यस्तै फलामभन्दा गर्हौंि दिनहरू छ महिना जति घस्रे पछि एक दिन दिनभरि आमाबाट अलग्गिएको बाख्राको पाठो बेलुका आमालार्ई देखेर दौडदै आए झैं दौडदै आएकी राधाले मलार्ई एकैपल्टमा उचालेर घुमाउँदै आँसुले भिजेको अनुहार भरी हाँसो छरेर भनी – “सुभद्रा ! भोलि दाजु आँउछ।”

तर मसँग उसको जस्तो रून र हाँस्न, आँसु र मुस्कान थिएन।

जीवनको भनाई – ३

म घर फर्केर आईपुग्ने बित्तिकै मेरी बहिनी राधाले रुँदै मलार्ई भनी – “दाजु ! अब हामीलार्ई छोडेर नजानोस् है?”

बहिनीको यस भनाईमा अनुरोधभन्दा वेदना बढी थियो। उसको भनाईले नै मैले बुझें कि मेरो अनुपस्थिति यस घरको निम्ति दुःखदायी भएको रहेछ। आमाले आँसु खसाल्नु भएन तर आँखाबाट बाहिर निस्कन खोज्ने आँसु रोक्न गाहारो भइरहेको वहाँको अनुहारले देखाउँथ्यो। अरू त अरू, मेरी स्वास्नीले पनि मेरा आँखामा आँखा जुधाएर कुरा गर्न सकिन। उसले मसँग कुरा गर्दा लुकेर आँसु पुछेकी देख्दा म चकित भएँ। बा सँधै जस्तो गम्भिर भए पनि वहाँको गम्भिरतामा सार्हैक नै गहु्रँगोपन थियो।

छ महिना भित्र यो घरमा भएको परिवर्तन केवल मेरो अनुपस्थितिले मात्र भएको होइन भनी ठानेर आमालार्ई सोधें – “आमा तपार्ई किन त्यस्ती निन्याउरी हुनु भएको हँ?”

आमाले आफ्नो अनुहार अझ निन्याउरो बनाएर भन्नु भयो – “तँ त्यसरी कसैलार्ई थाहै नदिई छोडेर हिंड् छस्। अनि?”

“अब त म फर्केर आइहालें नि। त्यसमा पनि मैले २।४ महिनामा फर्केर आउँछु भनेर समाचार पठाएकै थिएँ।” – मैले दलिल दिएँ।

“छोरा छोरीलार्ई त के? यसो गरेकै थिएँभन्दा भइहाल्छ । पीर त आमा बाबुलार्ई पो पर्छ।” – आमाको वेदना घटेन।

“म छोडेर कहीं पनि जान्न भने पछि त खुशी हुनुहुन्छ होला नि अब त?” – मैले मुस्कुराउँदै भने तर आमा खुशीरहनुको साटो वहाँको आँखाबाट आँसु झर्योप। मेरी आमाले यसरी आँसु झारेको मैले आजसम्म देखेको थियौन। कस्तै परिस्थितिमा पनि विचलित नहुने मेरी आमा आज यसरी मैन जस्तै पग्लन लागेकी देखेर मैले आमाको हात समाउँदै भनें – “भन्नोस् न, आमा ! तपार्ईलार्ई के भयो?”

बगीरहेको आँसुलार्ई नपुछी मेरो हातलार्ई दुवै हातले समाउँदै भन्नु भयो – “मलार्ई केही पनि भएको छैन, जीवन। यी आँसु त तेरै पीरले मात्र आएका हुन्।”

“मलार्ई के भएको छ र तपार्ई पीर गर्नु हुन्छ?” – मैल्ो चिन्तित भएर सोधें।

“यो घरका प्रत्येक सदस्य त्रस्त छन् – भावी सम्भावनालार्ई नियालेर। अहिले त केही पनि भएको छैन तर सँधै यस्तो होला भनेर विश्वास कसैलार्ई पनि छैन। हामी त बाबु आमा भयौं जहिले पनि छोरा छोरीलार्ई केही हुन्छ कि भनेर डराउने जात तर तेरी बहिनी, तेरी दुलही समेत यो चिन्ताबाट मुक्त छैनन्।”

“के को निम्ति चिन्ता? चिन्ताको कारण के? स्रोत के?”

“यो परिस्थिति, यो वातावरण नै आज यस्तो छ जहाँ चिन्ता के को निम्ति हो सो छुिट्टदैन, चिन्ताका कारण र स्रोत पनि प्रष्ट हुँदैनन् तर सबैलार्ई थाहा छ केही हुँदैछ, कहीं हुँदैछ।”

“कसरी थाहा भयो त सबैलार्ई?”

“जब आकाश गर्जन्छ, कहीं पानी पर्छ भनेर हामी सोच्छौं। जब बिजुली चम्कन्छ, कहीं चट्याङ पर्योे भनेर हामी मान्छौं। गर्जाइ र चमक पानी र चट्याङ न कारण हुन्, न स्रोत। केवल चिन्ह मात्र हुन्। त्यस्तै यो ६।७ महिना भित्र साना ठुला जति घटे ती चिन्हहरूलार्ई हेर्दा केही न केही दुःखदायी कुरा हुनु अवश्यम्भावी छ।”

“त्यो हाम्रै घरमा घट्छ भन्ने पनि के छ र?”

“हाम्रो घरमा नै भन्ने त केही छैन तर हाम्रो परिवार भित्र पर्छ भन्ने कुरा भने निश्चित प्राय छ। खाली हामी आमाबाबु भएकाले हाम्रै घरमा केही पर्छ कि भन्ने डरले त्रसित छौं।” “अब आत्तिनु पर्दैन आमा। तपार्ईहरूलार्ई केही परे म छु।” – मैले आमालार्ई सान्त्वना दिन भनें।

आमाले पीडात्मक मुस्कान ओठमा ल्याएर भन्नु भयो – “हामी बूढाबूढीलार्ई केही पर्ला भन्ने पीर हामीलार्ई कहाँ छ र? हामी त तिमीहरूलार्ई केही पर्ला कि भनेर पो आत्तिएका छौं त।”

आमाको कुरा मैले बुझनँ। या त आमालार्ई के कुरा हो भन्ने प्रष्ट थिएन या आमा आफ्नो मुखले मलार्ई अहिले भन्न चाहनु हुन्नथ्यो। बासँग गएर यही कुरा यही कुरा सोध्न सक्दिनथें। त्यसैले राधाबाट पो केही बुझन्छ कि भनेर उसलार्ई सोधेंंंं – “ल भन् राधा। म यहाँबाट गए पछि के के भयो यहाँ?”

राधाले सम्झँदै भनी – “तपार्ई हिंडे पछि आमाले बासँग रुँदै झगडा गर्नु भयो। आमाले बा को दोष कहिले पनि देखाउनु हुँदैनथ्यो, त्यो त तपार्ईलार्ई पनि थाहा छ नि, तर यो पटक ‘तपार्ईले नै मेरो छोरो हिंडाउनु भयो’ भनेर आमाले आरोप लगाउनु भयो र बाले पनि ‘के गर्छस् त? त्यो बेला बुद्धि त्यस्तै भयो’ भनेर आमाको आरोप स्वतः स्वीकार गर्नुभयो। अरू बेला बाले त्यसरी आफूलार्ई दोष लगाउन दिनु हुन्थ्यो? यसरी अचानक बा आमाको व्यवहार बदलिएको देख्दा बूढाबूढी बहुलाउँछन् कि जस्तो पो लागेको थियो मलार्ई त। अनि केही दिन पछि आमा आफैं थाकेर रून छाड्नु भयो र बा झोक्राएर न बसे पनि खास कुरा बाहेक अरू कुरा गर्न छाडि दिनु भयो।”

“अनि भाउजूलार्ई केही भन्नु भएन?”

“अहँ। केही पनि भन्नु भएन। त्यही त अचम्म। अरू बेला भए भाउजूलार्ई कस्तो गाली गर्नु हुन्थ्यो होला।”

“घर भित्र अरू केही भयो कि?”

“खै, त्यो त केही पनि भएको छैन। अँ, हाम्री भाउजू र सुभद्राको एकदिन भेट भए पछि भने भाउजू अर्कै भएर आइन्। त्यो दिन देखि भाउजूको मुखबाट कसैलार्ई केही नराम्रो बचन निस्केको छैन। बा आमाको सँधै हेर बीचार गर्छिन्, घरमा कस्तै परे पनि कसैलार्ई दोष लाउँदिनन्। एक दिन मलार्ई भन्दै थिइन् – “‘मान्छे त सानीकाकी जस्ती पो मान्छे। म जस्ती त के मान्छे?’ तर आमा भने किन हो कुन्नि सुभद्रालार्ई देखेर त्यसै तर्सनु हुन्छ।”

“केमा चित्त बुझेछ तेरी भाउजूको त्यसरी?”

“सोझी छन् नि हाम्री भाउजू। सुभद्राले आकाश पाताल देखाएर बुझाइन् होला। सोझाका घैंटोमा घाम लागेपछि त सयाँल पर्न गाहारो पो हुन्छ त।”

“सुभद्रा पनि यो घरमा आएकी थिइन्?”

“अहँ। आएकी छैनन्। आफ्नो घर छोडेर बाहिर कतै जाँदै जान्नन्।”

“गाउँ घरमा अरू के के भयो नि?”

“कसको छोरो जन्म्यो, कसकी छोरी जन्मी। त्यो त भन्नु पर्दैन होला नि?”

“अँ, अँ पर्दैन। अरू भन्न। वरीपरी, छरछिमेक, नातागोता र तिनीहरूसँग सम्बन्धित विषयचाहिं।”

“सानीहजुरआमाले महारुद्री लगाउनु भयो ९ दिनसम्म। हामी सबै गएका थियौं। २।३ दिन त म उहीं सुते। एक रात जाग्रम गरेर काट्यौं।”

“त्यो रुद्रीमा के के भयो त?”

“खै के भयो भन्नु? पुजा भयो, पाठ भयो, सबै चीज भयो नि।”

” सानोकाका खुशी नै छ?”

“उसलार्ई के? के खुशी, के न खुशी? चित्त बुझेन भने आमाको अगाडि मजेरीमा उत्तानेा परेर रोइदिन्छ, चित्त बुझ्यो भने नाचिदिन्छ।”

“सुभद्राले त्यसो भए घरमा राम्रै गरेकी छन्?”

“राम्रै त भन्नु पर्योो नि। सानोकाका सुभद्राले जे भने काट्दैन र सुभद्रा पनि उसले भनेको कुरा मानिदिन्छिन्।”

“सासु् बुहारी नि?”

“सासु बुहारी त झन सार्है् मिलेका छन्। कुरा गर्दा पनि दिदी बहिनी जस्तो कुरा गर्छन्, कहिले त लाज मर्दो पार्ने गरी।”

“सुभद्रा माइत गइन् त यो बीचमा?”

” माइतबाट लिन आएका थिए। ‘जान्न’ भनेर फिर्ता पठाइदिइन्।”

“अब, अरू तिर?”

“खै, केही छैन दाजु त्यस्तो। सबैले आफ्नो आफ्नो गरेकै छन, खाएकै छन्।”

राधाको भनाइबाट पनि कुनै खास कुरा निस्केन।

म्ा राति कोठामा पसेर ओछ्यानमा पल्टे पछि मेरी स्वास्नीले मेरो छेउमा आएर बस्दै भनी – “तपार्ई अझै मसँग रिसाउनु भएको त छैन?”

म्ोरी स्वास्नीको अपूर्व चाला देखेर अचम्म मान्दै सोधें – “ल, किन रिसाउनु तँसँग?”

उसले मेरो हातलार्ई आफ्नो हातमा लिएर जवाफ दिई – “मैले तपार्ईलार्ई वचन लाएँ भनेर।”

उसको सोझोपन देखेर मैले दंग परेर भनें – “त्यो त उहिले नै बिर्सीसकें मैले।”

मेरो प्रत्युत्तरको वास्ता नगरेर ऊ भन्दै गई – “म पनि सँाचै मुर्ख रहिछु, मान्छे नै न चिनी, नजानी त्यसै प्याच्च भन्ने। सुभद्रा दिदीले भने पछि पो मलार्ई छर्लङ भयो।”

मैले उसलार्ई जिस्क्याउँदै सोधें – “सानीकाकी कहिले देखि तेरी दिदी भइन् नि?”

उसले गम्भिर भएर जवाफ दिई – “कस्तो कहिले देखि? उहिले देखि नि। कोही नाताले दिदी हुन्छन्, कोही मन मिलेर।”

“सानीकाकी एकपल्ट मलार्ई बिहे गर्न निधो गरेकी केटी हुन् भन्ने त तँलार्ई थाहा छ?” – मैले उसको म तौलन सोधें।”

“किन थाहा न पाउनु सबैले थाहा पाएको कुरा? त्यस्ती केटी छोडेर मसँग बिहे गर्नु तपार्ईको भाग्य त सार्हैर गतिलो त होइन।” – उसको गम्भिरता घटेन।

“के देखिस् त्यस्तो तैलें सानीकाकीमा?”- मेरो उत्सुकता बढयो।

“तपार्ईलार्ई त्यस्तो विधि माया त आमाले पनि गर्नु हुन्नहोला। मेरो त कुरै छोडिदिउँ्क। अभागले सानोकाकासँग बिहे भयो र पो त, नत्र म त सौता नै बनाएर भए पनि ल्याउने थिएँ। त्यस्ती सौता पनि भाग्यले मात्रै पाइन्छ।” – उसले गम्भिरता नघटाई जवाफ दिई। सुभद्राको मोहिनी मेरी स्वास्नीमा यति गहिरो बसेको देखेर म तीन छक परें। तीन वटी स्वास्नीमानिसका कुरा तीन तालका थिए। आमा अनहोनीको आशंकाले आत्तिनु हुन्थ्यो। राधा अनहोनी देखे जस्तो गर्दिनथी। मेरी स्वास्नी कुनै अनहोनी देखे पनि बुझ्न सक्ने सामर्थ्यकी थिईन। उनीहरूका कुराले आमाको शंका के भन्ने लख काट्न नसके पनि त्यो शंकाको विषय वस्तु म र सम्भवतः सुभद्रा भएको अन्दाज भने निकालें। आफ्नो छोरो माथि अविश्वास त अवश्य नै आमालार्ई थिएन। त्यसैले आमाको त्राश कि त बुहारीको तर्फबाट आउन सक्ने विद्रोहमा आधारित थियो कि सुभद्रा या उसको परिवारको तर्फबाट गरिन सक्ने सम्भावित क्षतिमा।

आमाबाट अझ प्रष्ट संकेत पाउने विचारले एकदिन आमालार्ई सोधें – “सुभद्राले तपार्ईलार्ई के भनी, आमा?”

मेरो प्रश्न सुनेर आमा झस्कनु भयो तर छिन मै आफूलार्ई सम्भालेर जवाफ दिनु भयो, – “किन र? त्यस्तो केही भनेकी छैन।”

“तब तपार्ईले ऊसँग डराउनु पर्ने किन?”

” म कहाँ डराएकी छु? कसले भन्यो म डराएकी छु भनेर?”

“मलार्ई किन ढाटनु हुन्छ आमा? तपार्ई डराउनु भएको कुरा त आफैले स्वीकार गरिसक्नु भएको छ। फेरि सुभद्रासँग डराएको देख्ने अरू आँखा पनि त छन् नि।”

“त्यही राधेले कुरा गरी होला त्यस्तो। अरू कसले गर्छ तँसँग?”

“ल, राधाले नै सही तर कुरा त साँचो हो?”

“हो। एक किसिमले साँचो हो तर उसले भनेकीचाहिं केही पनि भनेकी छैन।”

“तब?”

“जीवन। स्वास्नीमानिस दुई किसिमका हुन्छन्। एउटी, हाम्री बुहारी जस्ती जसको मनमा पाप भने छैन तर मुखमा आएको कुरा भनिदिन्छन्। कसैले उनीहरूलार्ई चित्त बुझ्ने कुरा गरिदियो भने आफ्ना आन्द्रा काटेर लगेको पनि थाहा पाउँदैनन्। अर्का थरी हुन्छन् जसका पेटको कुरा बाहिर कमै निस्कन्छन्। उनीहरूको वचनमा नौनी दलिएको हुन्छ र बिना मुस्कान ती बोल्दैनन्। ती दृढ निश्चयीहरू अर्कोलार्ई आफ्नो निर्णय पालन गर्न बाध्य गराउँछन्। सुभद्रालार्ई म पछिल्लो श्रेणीमा राख्दछु।”

“ठीकै छ त। के भयो? यसमा डराउनु पर्ने के आवश्यकता?”

“मलार्ई थाहा छ – कतिले केटी हेरेर छोडे, कतिले कुरा छिनेर छोडे। उनीहरूको पनि बिहे भएकै छ, जीवन चलेकै छ तर सुभद्रासँग कुरा छिनेर पनि बिहे न गरेको आरोप भने सुभद्राले यो घरलार्ई आज सम्म पनि लगाइरहेकी छ।”

“तर उसको बिहे भइसक्यो अब त।”

“भइसक्यो भनेर त उसले न मान्नु पर्योव। अरूले मानिदिएर हुन्छ र? ऊ त त्यो बिहे पनि तँसँग भएको दावी गर्छे। यो कुरा माइती तर्फकालार्ई त बिहेकै दिन भनिदिइसकी।” “‘उसले के सोच्छे?’ भनेर हामीलार्ई साध्ये हुन्छ?”

“जीवन। हामीले आफ्नो मात्र स्वार्थ हेरेर आफूलार्ई सीमित राख्न खोज्यौं भने हामी त्यसै बिलाउँछौं। अर्काको मन भित्र के छ भनेर बुझदिन पनि सक्नु पर्छ। अरू त के तेरी स्वास्नी सम्म ले पनि यो घरबाट सुभद्राप्रति अन्याय भएको छ भनेर मानेकी छ। यदि सुभद्राको बिहे सानोकाकासँग नभएर कहीं अरू टाढा भएको भए त्यो कुरा त्यतिकैमा टुंगिने थियो – एउटी सुभद्राको मनमा मात्र सीमित भएर – तर ऊ त यहाँ बीच गाउँमा भुँवरी भएर उभिएकी छ। अनि कसरी नडराउनु?”

” के गर्न सक्छे र उसले?”

“जुन स्वास्नीमान्छे आफ्ना आमाबाबुको मुखमा आरोपको धुलो फालेर हिड्न सक्छे त्यो स्वास्नीमानिसमा प्रतिशोधको भावना प्रबल हुन्छ र ऊ जोसँग पनि बदला लिन सक्छे। सुभद्रा आफूलार्ई त्यक्ता ठान्दछे र त्यसको मूल कारण तेरा बालार्ई मान्छे। जसलार्ई जीवनको मोह छैन र जो मर्यादाको सीमा मान्दैन त्यसले के गर्न सक्दैन?”

“त्यस्ता लक्षण कहीं देखा परेका छन् र?”

“उसको चाला देख्दा हो कि जस्तो लाग्दछ। हाम्रंी बुहारी उसको मुठ्ठीमा परेकी छ र सुभद्राभन्दा असल अरू कोही छैन भनी ठान्छे। राधाको मित्रता ऊसँग झन झन गहिरो हुँदै गइरहेको छ। सानीहजुरआमा समेत उसकी साथी जस्ती भइसकेकी छन्। अरूको के कुरागर्ने?”

” आमा ! यतिले मात्रै त उसले केही गर्न सक्ली र गर्ली भन्ने कुनै प्रमाण हुन् सक्दैन।”

“ऊ भित्र भएको कटुता नै लक्षण र प्रमाण हो, जीवन। हो, ऊ माथि अन्याय भयो। यो हामी सबैले मानेका छौं तर उसको धारणा त हामीले जानी जानी दोहोर्याोई दोहोर्या इ ऊ माथि अन्याय गरेका छौं भन्ने छ। उसले राधालार्ई त भनेकी पनि छ कि हत्या गर्नु पाप हो तर लासलार्ई सडकमा तेर्स्याएर चिथोर्नु नीचता हो।”

“मतलब?”

“मतलब प्रष्ट छ। उसलार्ई बिहेगर्ने वचन दिएर छोडी दिनु उसका आशाको, सपनाको र आत्माको हत्या हो तर यही परिवारमा मागेर एउटा बालकसँग बिहे गरि दिनु अझ तँलार्ई उसको बिहेमा पठाएर त्यो बालकको वारेस झैं बनाउनु हाम्रो तर्फबाट नीचता हो भन्ने उसको भनाई हो।”

“हो। हाम्रो तर्फबाट गल्ती भएको हो – केही जानी जानी, केही न जानी कनै।”

“अनि के जानी जानी गल्ती गर्नेहरूलार्ई उसले छोड्छे?”

“किन डराउनु भएको, आमा? कति बल छ र ऊसँग?”

“जीवन। ऊसँग अदम्य आत्मबल छ र नैतिक न्याय पनि उसैको पक्षमा छ। हामी सबैले आफूलार्ई अन्यायी ठानेर आफ्नो बचावट गर्नु परेको छ। जो आफूलार्ई अन्यायी ठान्दैनन् ती सबै नै स्वतः उसको पक्षमा ढल्कन्छन्।”

“उसले गर्न सक्ने कुरा के के छन्?”

“धेरै छन् उसले गर्न सक्ने कुरा। तेरो र उसको सम्बन्ध कसै मार्फत बढाई चढाई राधाको बिहेको कुरो छिन्ने बित्तिकै राधालार्ई पनि आफू जस्तै बनाउन सक्ने या दुलहीलार्ई उचालेर घर भाँडिदिन सक्छे अथवा सानीहजुरआमाको समाजमा बस्न न हुने गरी बेइज्जती गराइदिन सक्छे या तँलार्ई नै समाजको अगाडि बाँचौ कि मरौं, राखौं कि मारौं जस्तो स्थितिमा पुर्याईई दिन सक्छे।”

“तपाईले उसका क्षमताका पक्षमा त बीचार गर्नु भएको रहेछ। त्यस्तै उसका कमजोर पक्ष पनि त केलाउनु भएको होला नि?”

“मैले थाहा पाएसम्म उसका दुइवटा मात्र कमजोरी छन्। पहिलो, उसले जानेर, चाहेर तेरेा कुभलो गर्न सक्दिनँ। दोश्रो, प्रतिशोध पछि केगर्ने भन्ने उसको निश्चित लक्ष छैन।”

“के बहुलाही त ऊ त्यसो भए?”

“हैन। हातमा हतियार बोकेर आमा, बाबु, दाजुभाइ दिदीबहिनी सबै मार्न कस्सिएको बालक जस्तै भएकी छ ऊ। हामी उसलार्ई हिर्काउन सक्दैनौ र हामीले देखाएको मायालार्ई ऊ छलकपट मात्र ठान्छे।”

“उसको कमजोर पक्षलार्ई सँभालेर हामीले उसलार्ई सम्झन बाध्य गराउन पनि त सक्छौं नि। त्यसैलार्ई हामी प्रयोग किनगर्ने? आखिर ऊ पनि मान्छे हो। उसको भ्रम पनि त तोड्न खोज्नु पर्योग हामीले, माया देखाएर हुन्छ कि दया देखाएर हुन्छ।”

“तर कसलेगर्ने त्यो प्रयास?”

“मैल्ो। म बाहेक अर्को कोही पनि त देखाउनु भएन तपार्ईले।”

“तर तँ आफैं मेनका महाजालमा डुबिस् भने?”

“म त्यति कमजोर छैन, आमा।”

“विश्वामित्र ऋषि पनि कुनै कमजोर होइनन्।”

“समयले देखाउला म बलियो कि विश्वामित्र बलियो। अहिले त सबैलार्ई ऊबाट जोगाउने प्रयास गर्नु छ।”

“मलार्ई त डर लाग्छ जीवन।” – आमाको स्वर कामेको थियो।

“डर लागेर मात्रै के गर्नु आमा? भोलि राधाको बिहे पनि गरि दिनु छ, तपार्ईहरूले सुखसँग बाँच्न पनि पाउनु पर्छ। त्यसको लागि पनि छोराले अगाडि न सरी सुख छैन। मलार्ई पनि विश्वास छ उसले मेरो कुभलो गर्न सक्दिनँ। यही कमजोरीको फाइदा पनि उठाउनु पर्योछ।”

आमाले एकछिन मेरो मुख हेर्नु भयो र भन्नु भयो – “एउटा कुरा सोधुँ है जीवन?” – मेरो प्रश्नात्मक अनुहार देखेर थप्नु भयो – “के तँ सुभद्रालार्ई माया गर्छस्?”

“मैले एकछिन घोरिएर जवाफ दिएँ – “माया गर्छु भनेर त म भन्न सक्दिन, आमा, तर ऊप्रति गहिरो सहानुभूति भने छ मेरो। ऊ सुखि होस् भन्ने म चाहन्छु र उसको कुनै किसिमको पनि कुभलो म चिताउन सक्दिनँ।”

आमाले केही न पनि नभनेर टाउको हल्लाउनु भयो तर त्यो टाउको हल्लार्ईको अर्थ मैले बुझंनँ।

हुन त कुनै विपत्तिको डरले घरबाट भागेको होइन। केवल म यहँा न भए पछि सुभद्राको कटुता सेलाउँदै जानेछ र समस्याहरू थिगँ्रदै जानेछन् र बिलाउने छन् भन्ने मलार्ई लागेको थियो। हुन् त आमाले भन्नु भएका सबै कुरा सत्य नै हुन् भन्न गाहारो थियो। कतिपय त आमाको मनमा भएको डरले पनि उब्जिएको थियो तापनि वहाँको भनाई आधा मात्रै सत्य भए पनि स्थितिलार्ई गम्भिरतापूर्वक लिनु आवश्यक थियो।

सुभद्राप्रति मेरो सहानुभूति वास्तविक थियो तर त्यति नै वास्तविक थियो मेरो घर, परिवार प्रतिको जिम्मेवारी पनि। सुभद्राका सोचाइ शत प्रतिशत अवास्तविक हो भन्न पनि सकिन्नथ्यो। उसको परिस्थितिमा भएको कुनै पनि व्यक्ति यस्तै सोचाई राख्न सक्थ्यो। फरक केवल यति थियो कि सुभद्रा सबैले जानी जानी आफूप्रति अन्याय गरेको ठान्दथी जब कि त्यो त एक पछि अर्को भएका गल्तीहरूको संग्रह मात्र थियो। गर्नेले ऊ माथि लक्ष गरेर केही गरेको पनि होइन, खालि मानिस मानिस बीचको वृथागर्व, अदूरदर्शिता र नासमझदारीका कारणले एउटी केटी माथि अन्याय माथि अन्याय थपिन गएको थियो। आफ्नो मानसिक वेदना र आवेगले गर्दा ऊ आफूलार्ई मार्न तयार थिर्ई र झण्डै झण्डै मरेकी पनि थिई। उसलार्ई मायागर्ने कोही पनि छैनन् भन्ने उसको असत् सोचाई नै उसको विकृतिको मूल कारण थियो र वास्तवमा आमाबाबु र माइतीलार्ई मेटेर एउटा बालक अघि लाउँदै हिंडेकी स्वास्नीमानिसको साथमा न माइती हुन् सक्थ्यो, न घर नै। त्यसैले उसको सोचाइलार्ई विकृत भन्ने पनि कसरी? उसले’आफूलार्ई माया गर्नेहरू पनि छन्’ भन्ने ठान्ने पनि कसरी?

हो, मेरा बाबुले उसलार्ई मागिसके पछि त्यसरी छोड्नु हुन्नथ्यो। ‘मेरी छोरीलार्ई कसैले त्यसरी छोडिदिए कस्तो होला?’ भन्ने सोच्न सक्नु पर्थ्यो। त्यो वहाँको गल्ती हो तर त्यो कुनै कुभावनाले प्रेरित भएर सुभद्रा या उसका आमाबाबुलार्ई दुःख दिने उद्देश्यले भएको भने थिएन। खालि वहाँको बडप्पन र अदूरदर्शिताको पऋणाम थियो। सुभद्राका बाबुले पनि धनको तुजुक र आवेशमा नचाहिंदै निर्णय गरे। जुन घरमा छोरी भतिजोलार्ई दिइएर छाडिएको थिर्ई त्यही घरको बालक उमेरको काकालार्ई छोरी दिन फेरि जानु हुन्न्ाथ्यो। घरानियासँग नाता जोडने र घरानियाँको तुजुक झार्ने भावना लिएर आफ्नी छोरीको बलिदान गर्नु हुदैनथ्यो उनले। छोरीको बदला लिने भावनाको पहिलो शिकार त उनी आफै नै भए नि। सानीहजुरआमाको पनि कम दोष थिएन। के हतार थियो बालक छोराको बिहे गरिदिन? त्यो पनि त्यही केटीसँग? गतिली बुहारी घर भित्र हुलेर मेरा बाबुको शेखी झार्ने मैमत्याइँ आएको बेला पनि त सोच्न सक्नु पर्थ्यो कि एउटा परिवारले अस्वीकार गरेकी केटी त्यही परिवारमा अटेर बस्न सक्छे कि सक्दिनँ भनेर? तर यी सबै कुरा सोचाइमा मात्र सीमित थिए। यिनीहरूलार्ई उदिनेर, कसैलार्ई दोष दिएर लाभदायक पऋणाम निस्कन सक्दैनथ्यो। यथास्थितिलार्ई अँगालेर अनहोनीलार्ई हुन् न दिनु त्यो बेलाको आवश्यकता थियो र जति सक्दो चाँडै त्यसलार्ई साम्य पार्न सक्नु पर्थ्यो।

घर आएको तेश्रो दिन म सानीहजुरआमाको घर गएँ। सानोकाका म आएकै दिन मलार्ई भेट्न आएको थियो र सानीहजुरआमासँग घरमा नै भेट भइसकेकोले मेरो त्यो घरमा जानुको उद्देश्य सुभद्रालार्ई भेट्नु नै थियो। आमाबाट केही नसुनेको भए पनि म सुभद्रालार्ई भेट्न अवश्य जाने थिएँ र त्यो अरू १।२ दिन पछाडि हुन् सक्थ्यो होला तर आमाको बचन सुनिसके पछि ढिलो गर्नु उचित ठानिनँ।

सानीहजुरआमाको घर आइपुग्दा सानोकाका आँगनको डिलमा बसेर बाँसको भाटो खुर्कन लागेको थियो र मलार्ई देख्ने बित्तिकै भन्यो – “ए, जीवन दाई। मेरो गुलेलीको परिन्जो बनाई दिन्छु भनेको तिमीले कहिले बनाइदिने?”

मैले उसलार्ई कहिले बचन दिएको थिएँ सम्झना भएन तर उसको भनाइमा बचन दिएको पक्का ठानेर जवाफ दिएँ – “बनाइदिन्छु नि तर तिमीले भाटो नै तयार गरेका रहेनछौ।”

“भाटो त बनाइसके। यी।” – उसले आफ्नो नजिकै राखेको भाटो उठाएर देखाउँदै भन्यो।

भाटोलार्ई हातमा लिएर जाँच्दै मैले जवाफ दिएँ – “ल, गुलेलीको भाटो पनि कहीं यस्तो हुन्छ?”

भ्ााटो न मिलेको थाहा पाएर उसले भन्यो – “त्यसो भए भाटो पनि बनाइदेऊन त।”

उसको जवाफ सुनेर मैले मुस्कुराउँदै जवाफ दिएँ – “ल, कस्तो बाठो मान्छे, हँ? परिन्जो पो बनाइदिन्छु भनेको थिएँ त मैले भाटो पनि बनाइदिन्छु त भनेको थियौन नि।”

मेरो भनाई सुनेर उसले दिग्दार अनुहार लाएर भन्यो – “हेर न, यी। जत्ति बनाए पनि भाटो नै राम्रो हुँदैन। त्यसैले पो भनेको त।”

उसको असामर्थ्यताप्रति सहानुभूति देखाएर मैले भनें – “हुन्छ। बनाउन त बनाइदिउँला मेरो फूर्सद भएको तर बोल कबोल त गर्दिन नि।” म अरू बाचा बाँधिन चाहन्नथें।

“हुन्छ। बनाउनचाहिं पक्का बनाइ देऊ है?” – उसले पनि मेरा शर्त स्वीकार गर्नु बाहेक अर्को उपाय थिएन।

“हुन्छ, हुन्छ।” – मैले लापरवाहीसँग जवाफ दिंदै सोधे – “अनि आमा खै त?”

“खै, कुन्नि। आमा त अघि नै निस्कनु भएको।” – ऊ आफ्नो भाटो खुर्कन व्यस्त भयो।

“सानीकाकी नि?” – मैले उसलार्ई गिज्याउने स्वरमा भनें।

मेरो स्वरमा ठट्टा सुनेर उसले लजाउँदै घरको ढोका तिर पुलुक्क हेरेर जवाफ दियो – “खै, थाहा छैन।”

उसको लजाएको भाव र घर तिरको हेराइले सुभद्रा घरैमा छ भन्ने प्रष्ट भयो र घर तिर फर्केर हेरें। सुभद्रा ढोकाको सँघारमा उभिएर हामी दुवैलार्ई निर्विकार भावले हेरिरहेकी थिर्ई। उद्देश्यहीन उसको दृष्टि देखेर म केही विचलित भए तापनि त्यसलार्ई नदेखाएर स्वरमा ठट्टा ल्याएर मुस्कुराउँदै ऊ तिर आएर भने – “तिमी त हामी काका भतिजोको कन्सुत्ले भएर पो बसेकी रहिछौ त।”

आफूलार्ई लक्षित गरिएको स्वर सुनेपछि ऊ वास्तविकतामा आई र आफ्ना आँखालार्ई झुकाएर सोधी – “कहिले आउनु भयो तपार्ई?”

भनाइ ‘कहिले आउनु भयो?’ भए पनि ‘तिमी किन आजसम्म आएनौ?’ भन्ने सोधाइ त्यो लवजमा प्रष्ट थियो। त्यसैले मैले त्यही अनुसार जवाफ दिन कर लाग्यो – “आएको त अस्ति तर सार्है थकाई लागेर हिजो कतैपनि निस्किनँ। फेरि दलानमा फल्याक तेर्स्याएर बनाएको खाटमा बस्दै सोधें – “तिमीलार्ई सन्चै त छ?”

सुभद्राले सँगारमा कोल्टो परेर बस्दै जवाफ दिई – “बेसन्चो नहुन बाध्य गराए पछि बिरामी हुन् पनि त मिलेन।”

“अब त घर, परिवार, छरछिमेक, गाउँठाउँ सबैसँग चिनाजानी पनि भइसक्यो होला। अब त एक्लो जस्तो लाग्दैन होला नि?”

“भन्छन्् समाजमा दुई थरीका मान्छे हुन्छन् रे। एक थरी हुलमा बस्दा पनि आफूलार्ई एक्लै ठान्छन् रे, अर्को थरी हुलमा मात्रै सजिलो मान्छन् रे तर म त हुलमा बस्दा पनि एक्लै हुन्छु र आफू मात्रै बस्दा पनि।”

“आफ्ना हात खुट्टा आफैले बाँधे त सँधै बन्दी होइन्छ, सुभद्रा। जुन चरो पखेटा उचाल्न खोज्छ त्यही मात्र हावामा उडन सक्छ।”

“काटिएका पखेटा पनि कहीं उठन सक्छन् र?”

“त्यो त तिम्रो भ्रम मात्रै हो। तिम्रा पखेटा काटिएका नै कहाँ छन् र? एक पटक आगोले पोल्यो भन्दैमा सँधै नै आगोको भ्रम बोकेर ‘यी मेरा डढेका हात’ भन्दै दुनियालार्ई देखाएर हिंड्दैमा त्यो हिजोको पोलार्ई कम हुन्छ र? हिजो त हिजो नै गइसक्यो। यदि हिजोलार्ई वर्तमानसँग मुछेर हिजो र आजलार्ई नछुट्ट्याउने हो भने जीवनको माने नै के?”

“जीव्ानको माने त मलार्ई थाहा छैन र त्यसको लक्ष पनि म जान्दिन। म त हिजोको अनुभवहरूले आजका धारणाहरू निश्चित गर्दछु न कि दुनियाको सोचाइ अनुसार आफूलार्ई ढाल्न खोज्छु र चाहन्छु।”

“अर्थात्?”

“मसँग जो भयो त्यो वास्तविकता हो र वास्तविकता मलार्ई विश्वास छ।”

“तर, जे होस्, यो ६।७ महिना भित्र तिमीले यहाँ वरपरका मानिसहरूको बारेमा त आफ्ना केही धारणाहरू निश्चित गरिसक्यौ होला नि?”

“जो मसँग आए, मसँग प्रत्यक्ष सम्बन्धित भए तिनीहरूका बारेमा अवश्य केही धारणा बन्न गए तर एउटा निश्चित दायरा भित्र मात्रै।”

“यदि मैले उनीहरू बारे तिम्रो राय सोधें भने तिमी दिन सक्छ्यौ मलार्ई?”

ऊ एकछिन हिचकिचाई। शायद ऊ अलमलिई या मलार्ई आक्रमणगर्ने कि नगर्ने दोधारमा परी। केही समय बिते पछि जवाफ दिई – “मैल्ो मेरो विचार तपार्ईलार्ई दिनै पर्ने बाध्यता त छैन होला नि?”

“मैले जान्न चाहेर जिद्दी गरें भने?”

“तपार्ई पनि आफ्नो सानोकाका जस्तै कुरा गर्न हुन्छ कहिले कहीं त। तपार्ईको मसँग जिद्दीगर्ने अधिकार कहाँ छ? उमेरदारले त बिना अधिकार जिद्दी गर्न मिल्दैन होला नि।” सुभद्राले शब्दजाल सिर्जना गरी। ‘अधिकार छ’ भन्न म सक्दिजथें किनकि मैले यसो भन्ने बित्तिकै आफ्नो अधिकारको व्याख्या गर्नु पर्दथ्यो र ‘अधिकार छैन’ भन्नलार्ई म जिद्दी गर्न सक्छु भनेर अधिकारको दायरा आफैले बाँधेको थिएँ। यस कठिन परिस्थितिबाट जोगाउन मैले सानोकाकाको उपस्थिति भित्रयाउन खोजेर ऊ तिर हेरें तर ऊ त अघि नै हिंडिसकेको थियो। लाचार मैले जवाफ दिन करै लाग्यो।

“अधिकार पनि सापेक्षिक प्रश्न हो। यसलार्ई जुन मापदण्डले नापे पनि हुन्छ। कुनै न कुनै मापदण्डले त त्यो अधिकार मसँग पनि हुन् सक्ला नि?”

“हो, अधिकार सापेक्षिक कुरा हो। मान्छु म पनि यो कुरा तर स्वयम् मापदण्ड निश्चित नहुन्जेल अधिकारको वजन किटिदैन। कस्तो अधिकार? फलाम ज्ास्तो गहकिलो कि रुवा जस्तो हलुका?”

मैले विवाद अन्त्य नहुने देखेर अब ढाडो प्रश्न गरें – “तिमी जवाफ दिन चाहन्छ्यौ कि चाहन्नौ? यति मात्र भन। लामा चौडा कुरा गरेर के हुन्छ?”

“म दिन बाध्य छु भन्ने जानेर तपार्ई अनाधिकार प्रयोग गर्न लाग्नु भयो अब। होइन?” – सुभद्राको स्वरमा तीव्र कटुता थियो। सुभद्रालार्ई बाध्य गराउनु मेरो, उसको सबैको निम्ति बेफाइदा हुन् सक्थ्यो किनकि घृणा र कटुता उसका मानसिक सीमाहरू थिए, जहाँ पुगे पछि ऊ आफूलार्ई एक्ली ठान्छे र आत्मरक्षालार्ई छोडेर आक्रमण गर्न थाल्छे। त्यही आक्रमणको शिकार भएका उसका आफ्नै आमाबाबुको अभिशप्त अनुहार मैले देखिसकेको थिएँ। त्यसैले म पछाडि सरें।

“होइन। मैले त्यसो गर्न लागेको होइन। तिम्रो चित्त बुझ्छ भने मात्र जवाफ देऊ। चित्त बुझेन भने भै हाल्यो, अब म सोध्दिन।”

ऊ एकछिन नबोले पछि फेरि सामान्य भएर भनी – “म रिसाएँ अथवा मैले चित्त दुःखाएँ भनेर तपाईले आफ्नो बचन फिर्ता लिनु भएको होला। होइन? तपाईलार्ई सबै अधिकार दिएकी त मैले नै हो नि। त्यसैले मलार्ई रिस उठ्दैमा या मेरो चित्त दुःखदैमा तपार्ईको त्यो अधिकार खोसिन्छ र?”

म बोलिनँ। सुभद्राका दुवै प्रश्नहरूको उत्तर मसँग थिएन। म नबोलेको देखेर उसले फेरि भनी – “तपार्ई अतिवाद तिर न लागेर सँधै मध्यमार्गी हुनुहुन्छ त्यसैले ‘हो’ पनि भन्नसक्नु हुन्न, ‘होइन’ भन्न पनि सक्नुहुन्न। मैले त मध्यमार्ग जानेको छैन।”

ऊ एकछिन रोकिएर फेरि भनी – “अब रहे मेरा धारणाका कुरा। तपार्ईले न सोधेकै भए पनि मैले तपार्ईलाई भन्नै पर्ने थियो कुनै न कुनै दिन र तपार्ई छोडेर अर्को मेरो भन्ने नै को छ र?”

ऊ मबाट जवाफ पाउने आशाले एकछिन पर्खी तर मेरो जवाफ नपाएर फेरि भन्न शुरू गरी – “यो घरका, यो गाउँका मात्र होइनन् सबै मानिस एक न एक किसिमले विकृत छन्। कोही आकाशका तारा टिप्न खोज्ने पागलपन गर्छन् भने कोही टिप्न नदिन छेकारो मार्ने बौलिठ्ठपन देखाउँछन्। कसैलार्ई आफ्नो माया छ कसैलार्ई अर्काको। कसैलार्ई दुवैको छैन। मृगतृष्णा र विक्षिप्तताको सम्मिश्रण नै जीवन हो – छोटो भएपनि, लामो भएपनि र तिनै विक्षिप्तता र मृगतृष्णाको पूर्तिका लागि मानिस संर्धष गर्दछ – म, तपार्ई, हामी सबै। तिनैलार्ई आधार बनाएर माया या घृणा गर्दछ, पुरस्कार दिन खोज्छ, या बदला लिन चाहन्छ। माया र घृणा मदानी भएर मानिसका विचार मन्थनगर्छन् र तिनैका पऋणाममा धारणा उब्जन्छन्। मेरा धारणा यस्तै छन्।”

“यी त भए समष्टिगत कुरा। व्यक्ति विशेष प्रतिका धारणा पनि त होलान् नि तिम्रा?”

“छन् ती पनि। टाडा किन जाने? तपार्ईलार्ई नै हेरौ न। तपार्ई बाहिर सबैलार्ई माया देखाउनु हुन्छ तर भित्रबाट कसैलार्ई पनि माया गर्नु हुन्न। तपार्ई सहानुभूति देखाउनलार्ई, सहानुभूति हुनुलार्ई नै माया भनी ठान्नु हुन्छ तर त्यो सहानुभूति पनि तपार्ईको आत्मीयभावनाबाट नभएर मानविय भावनाबाट उब्जिएको दयाको चिन्ह मात्र हो। तपार्ई ती सन्तहरू जस्तै हुनुहुन्छ जो मानविय प्रेमको डरले जंगल पस्छन् या पाप देखिने डरले आफ्ना आँखा फोर्छन।”

“किन मलार्ई त्यति हृदयहीन ठान्छ्यौ? खै, मलार्ई त त्यति निर्दयी हँुला जस्तो लाग्दैन।”

“हृदयहीन होइन व्यवहारिक, निर्दयी होइन निर्मम। पाँच जनाको जीवन धानेर बसेको डोरी एक जनाको भार नघटाए दिन्छ भन्ने तपार्ईलार्ई विश्वास लाग्यो भने खसाल्न उपयुक्त व्यक्तिलार्ई खसाल्न पनि सक्नु हुन्छ र आफू खस्नु पर्ने भए खस्न पनि तयार हुनुहुन्छ। तपार्ई प्रेम पनि व्यवहारिकताको तराजुमा तौलनु हुन्छ र त्यो व्यवहारिकताले कसैको भावनामा ठेस लाग्न सक्छ भन्ने भावना नै तपार्ईमा उठ्दैन। लौ त, तपार्ईले बढी माया गरिएको एउटा मात्र व्यक्ति देखाउनोस् त।”

“म सबैलार्ई माया गर्छु। सबैलार्ई माया गर्छु भन्दैमा कसैलार्ई माया नै गर्दिन भन्ने कुरा त हुन् सक्दैन नि।”

“त्यही सबैलार्ई गरिने प्रेम नै मानविय प्रेम हो। देवताहरूको दैविक प्रेम भने जस्तै निस्वार्थ्य प्रेम। आत्मीयप्रेम त सबैभन्दा भित्र र सबैभन्दा तल स्वार्थ र घृणा सहित बसेको हुन्छ र कसैले त्यो प्रेम छोएर कुरा गर्दा पनि मुटु हल्लन्छ। त्यसैले त तपार्ई कसैलार्ई घृणा पनि गर्न सक्नुहुन्न।”

“घृणा त तुच्छ जीवहरू म्ात्र गर्दछन्।”

“घृणा बिनाको प्रेम त अन्धकार बिनाको तारा जस्तै हो। न यसमा कुनै चमक हुन्छ, न यसमा कुनै तडपन।”

“यी त भए म बारेमा तिम्रा धारणा। अब अरू बारे नि?”

“कुनै न कुनै दिन ती पनि भन्नै पर्ला तर समय र परिस्थितिलार्ई हेरेर। म त स्वार्थी बनिसकेकी छु। तपार्ई मलार्ई भेट्न होइन मेरा धारणाहरू ख्ाोज्न, जान्न आउनु भएको छ। तपार्ईलार्ई यो किन आवश्यक पर्योू? त्यो त भन्न सक्दिनँ। अन्दाज गर्न मिले पनि अन्दाजीको भरमा बोल्न मिल्दैन। मेरा धारणा मैले पटक पटक गरेर खोल्दै गएँ भने तपार्ई म कहाँ पटक पटक गरेर आउनु हुने छ र तपार्ईको उपस्थितिको सन्तोष म लिइरहनु सक्छु। त्यत्रो लोभलार्ई म कसरी एकै पटक छोड्न सक्छु र?”

“म आइँन भने?”

“आउनु हुन्छ, अवश्य आउनु हुन्छ। तपार्ई न आए पनि आउनु हुनेछ भनेर आशा लिएर बस्न सक्छु। आशा त यस्तो त्यान्द्रो हो जसलार्ई जत्ति तन्काए पनि छिन्दैन।” – फेरि उसले प्रसङ बदलेर भनी – “तपार्ई न जानोस् है। म एक छिनमा खाजा बनाउँछु।”

ऊ भित्र तिर बिलार्ई। म उठें तर आँगन काटेर बाहिर जान सकिंनँ। ‘म जान्नँ’ भन्ने विश्वास उसको भनाइमा यति दृढ थियो कि त्यसलार्ई नाघेर जानु मेरो आत्माले मानेन। मैले यता उता सानोकाकालार्ई हेरें तर उसको अत्तोपत्तो थिएन।

सानीहजुरआमा आउँदा म आँगनको डिलमा बसेर सानोकाकाको गुलेलीको भाटो खुर्केर मिलार्ई दिन लागेको थिएँ। मलार्ई एक्लै देखेर उनले भनिन् – “कोही छैन कि के हो घरमा?”

“सानीकाकी छन् भित्र। सानोकाका पनि यहीं थिए, कुन्नी कता पो लागेछन्।” – मैले आफ्नो तन्मयता भाटोबाट उठाएर उनलार्ई हेर्दै भनें।

एकै छिन भित्र पसेर सानीहजुरआमा मेरै छेउमा पीर्का ल्याएर बसिन् र भनिन् – “म त यसो यो घर छाउनु पर्योल भनेर खेताला खोज्न गएकी थिएँ।”

“सानीहजुरआमालार्ई पनि अब त घर हेरिदिने बुहारी भइहालिन्। यसो बाहिर जानओर्न पनि सजिलो भयो। होइन त?”

“हो। बुहारी चैं मैले भने जस्ती पाएकी छु। घरभित्रको धन्दा त मैले हेर्नु पनि पर्दैन।” – उनले सन्तोष व्यक्त गरिन्।

“अनि सानोकाका नि? खुशी नै छन्?”

“त्यो के खुशी, के न खुशी? घरमा दुलही आइसकी, अझै उसको केटाकेटीपन गएको छैन। म आमासँग त केटाकेटी हुनु ठीकै हो तर दुलहीसँग पनि दिदीसँग जस्तो व्यहोरा देखाउँछ र पो।” – उनले दिग्दारीसँग भनिन्।

“अनि सानीकाकी कसो गर्छिन् नि?” – मेरो उत्सुकता जाग्यो।

“त्यसो त ऊ बुहारी जस्तो गर्छे नै तर कहिले कहीं ऊ पनि दिदी नै हुँ कि जस्तो गर्न खोज्छे। म त बेस्सरी झपारिदिन्छु।” – उनले सासूपन देखाइन्।

“गाउँ घर छर छिमेकसँग त राम्रै छ उनको?”

“यहाँ आउने जानेले त सबैले मन पराएकै छन् उसलार्ई। ऊ आफू बाहिर जान्न।”

“माइत त पुगेर आइन् होला नि?”

“किन हो कुन्नि? बुहारी माइत जाने पटक्कै मन गर्दिन। अस्ति लिन आएका मानिसलार्ई पनि ‘जान्न’ भनेर फर्काइदिई।”

“बुहारी माइत जान मन न गरे झन आफैलार्ई राम्रो होइन र?”

“घर व्यवहारले त हो तर भरखर बिहे गरेकी उमेरदार केटीले अकारण माइत जान मन नगर्नुचाहिं कुनै राम्रो कुरा होइन। घरमा नभ्याएर, विदा नपाएर नगएको भए अर्कै कुरा।” – उनले असन्तोष व्यक्त गरिन्।

“माइतमा केही चित्त दुःखेको छ कि?” – मैले शंका उठाएँ।

“आ ! जन्म दिने आमासँग त जत्ति नै चित्त दुःखे पनि टेक लिनु हुँदैन। त्यस्तो टेकले त आफैंलार्ई पिर्छ।” – उनले मेरो तर्क स्वीकार गरिनन्।

सुभद्रा सँगको कुरा पछि मैले बुझें कि वरपरका मानिसप्रति उब्जेका उसका धारणाहरू सहज थिएनन्। एक न एक दिन ती धारणाहरू सुनाउने बचन उसले दिएकी थिर्ई र भन्ने थिर्ई पनि तर छर्लङ भन्नुको साटो घुमाई फिराई मलार्ई अल्मल्याउने थिर्ई र ती सबै केलाएर हेर्न विवश गरिदिने थिर्ई। उसले समष्टिगत रूपमा व्यक्त गरेका भावनाहरूबाट जीवनप्रति उसको कटुता कत्ति पनि नघटेको प्रष्ट हुन्थ्यो र उसको प्रष्टवादिता आक्रामक भएको देखिन्थ्यो। मप्रति कुनै कटु भावना न राख्दा न राख्दै पनि मेरो आचरणको तीव्र विरोध उसको भनाईमा साफ देखिन्थ्यो। सुभद्रा जति सरल छ भन्ने मैले ठानेको थिएँ त्यति सरल होइन रहिछ भन्ने मेरा घर परिवारका सदस्यहरूको, सानीहजुरआमाको र स्वयम् सुभद्राको भनाइहरूबाट पनि छर्लङ्गिदै गयो।

“सानीहजुरआमाको भनाई पुरै सत्य हो भने सुभद्राले सानोकाकालार्ई भाइभन्दा पर ठानेकी छैन र त्यो धारणा व्यवहारमा पनि प्रयोग गरेकी छ भने सुभद्राले अर्को एउटा मिथ्या र अभिशप्त संसारको सिर्जना गर्न थालेकी छ जो कसैको निम्ति पनि भलो हुन् सक्दैन।” – मैले मनमनै सोचें।

एकदिन बेलुका मेरी स्वास्नीले मलार्ई सोधी – “सुभद्रा दिदीसँग तपार्ईको बिहे किन नभएको हँ?”

“खै, थाहा छैन मलार्ई। कुरो छिनेको पनि मलार्ई थाहा थिएन। किन बिहे भएन त्यो पनि थाहा छैन।” – मैले स्वाभाविक स्वरमा उत्तर दिएँ।

“अब तपार्ईले सुभद्रा दिदीलार्ई ल्याउनु हुँदैन?” – उसले उत्सुकता साथ सोधी।

उसको सोझोपनमा मलार्ई हाँसो उठट्यो र मुस्कुराउँदै जवाफ दिएँ – “के कुरा गरेकी तैले? कहीं आफ्नी काकी पनि भतिजोले ल्याउनु हुन्छ?”

“नहुने भए त कुरा अर्कै हो। हुने भएको भए मलार्ई सौता ल्याउन रहर भए पछि म आफैं पनि ल्याउने थिएँ।” – उसले निराश भएर भनी।

“तँलार्ई यो नचाहिदो कुरा कसरी मनमा आयो, हँ?” – मैले उसको विचार बुझ्न चाहेर भनें।

“कस्तो न चाहिने कुरा भनेको? सुभद्रा दिदी तपाईकै लागि जन्मिएकी हुन् भन्ने कुरा यसै पनि बुझंदैन र? तपार्ईको नामसम्म लिइदियो कसैले भने पनि सुभद्रा दिदी लार्ई सन्तोष लाग्छ। म सँगको नाता पनि तपार्ईकै नामले गाँसिएको होइन र?” – उसले अचम्म मानेर भनी।

“त्यो त सौता सौताको सम्बन्ध भइहाल्यो नि एउटा लोग्नेमानिसको कारणले हुने दुइटी स्वास्नीमानिसको सम्बन्ध त। सौता भनेकी जति नै असल किन होस् सौता नै हुन्छे। तैंले भोगेकी छैनस् र पो त्यसो भन्छेस् त।” – मैले उसलार्ई सम्झाउन खोजें।

“आफूलार्ई मायागर्ने सौता पाउनु पनि भाग्य हो।” – उसले मेरो भनाइ स्वीकार गरिन।

“के मैले गरेको मायाले तँलार्ई पुगेर र?” – मैल्ो जिस्क्याउँदै भनेर तर उसले गम्भिर भएर नै जवाफ दिई।

“सुभद्रा दिदीलार्ई त तपार्ई माया गर्न सक्नु हुन्न भने अरूलार्ई कति पो माया गर्नु होला र?”

म्ोरी स्वास्नीको यो भनाई तीर जस्तै भएर गाडियो। एक हप्ता पनि नबित्दै दुई वटी स्वास्नीमानिस-एउटी झुठो, साँचो सबै केलाउन सक्ने र अर्की सरल सत्य मात्र बुझ्न सक्ने-बाट म ‘निर्मम’ भएको आरोप लाग्यो र आरोप लगाउने ती स्वास्नीमानिसहरू थिए जो मलार्ई माया गरेको दाबी गर्थे र गरिरहेका पनि थिए।

“सुभद्राले त्यसो भनेकी होला। होइन?” – मैले आफूमाथि लागेको आरोप पन्साउन खोज्दै भनें।

“आम्मै। के भनेको तपार्ईले? सुभद्रा दिदीले पनि कहींं तपार्ईलार्ई त्यसो भन्न सक्छिन्? उनी त आफ्नो आधा मासु काटेर निकाले पनि तपार्ईको गुणगान नै गरिरहन्छिन्।” – उसले तुरन्त प्रतिवाद गरी।

“होइन। त्यस्तो गर्छे के तेरी सुभद्रा दिदी?”

“तपार्ई लोग्नेमानिस। त्यसैले स्वास्नीमानिस कसरी माया गर्छन् र कसरी घृणा गर्छन् त्यो बुझ्नै सक्नु हुन्न। जसले दुध खाएको छैन त्यसलार्ई दुधको स्वाद कस्तो? भनेर कसरी बुझाउने? दुध खाए पनि दुधको स्वादको वयान गर्न सकिदैन। यसलार्ई त अनुभव गर्न सक्नु पर्छ।”

संगत दोष मेरी स्वास्नीलार्ई लागिसकेको थियो। ऊ सुभद्राकी अन्धभक्त भइसकेकी थिर्ई। त्यसैले तर्क गरेर उसलार्ई सम्झाउनु बेकार प्रयास हुने थियो। पहिलो त, ऊ तर्क गर्न सक्दिनथी र तर्क गर्न नसक्ने मानिसलार्ई तर्कले सम्झाउन खोज्नु टाउकोले ढंुगो फूटाउनु जस्तै असम्भव हुन्छ। दोश्रो, सुभद्रा प्रतिको उसको श्रद्धा म प्रतिको उसको प्रेमभन्दा बलियो थियो र त्यो श्रद्धालार्ई घटाई दिन खोज्नाले म आफैं प्रतिको माया र आदर घटन सक्थ्यो। त्यसैले अरू तर्क गरिनँ।

म्ोरी स्वास्नीको भावना सुभद्रा प्रतिको आस्थामा आधारित थियो भने मेरी बहिनी राधाको धारणा सुभद्राको व्यक्तित्व र स्थितिप्रति चिन्तित थियो। राधा मेरी स्वास्नीले जस्तो नहुने कुरा पनि हुन्छ भनेर स्वीकारगर्ने खालकी थिइन। एक दिन आँगनको डिलमा बसेका हामी दाजु बहिनी विभिन्न प्रसंङको कुरा गरिरहेका थियौं। सुभद्राको कुरा आउने बित्तिकै राधाले भनी- “सुभद्राको स्थिति अब कस्तो हुने होला?”

“किन र राधा? के सुभद्राको जीवन अरू स्वास्नीमानिसको जस्तै सामान्य हुन् सक्ने केही कारण छन् र?” – राधाले मेरो राय खोजेकोमा राधाको राय पहिले आफू बुझ्न मैले उल्टै उसलार्ई प्रश्न गरें।

तर राधा मेरी स्वास्नी जस्ती थिईन कि अरूले के भन्छ? के विचार गर्छ? भन्ने सोच्दै न सोची आफ्नो मात्र विचार व्यक्तगर्दा जाओस्। मेरो अनभिज्ञताको नक्कली आवरणलार्ई नपत्याएर उसले भनी – “सुभद्राको एउटा स्वभाव छ जसको अगाडि कोही पनि टिक्न सक्दैन। ऊ आफ्ना विचार, राय र धारणाहरूलार्ई सव्याख्या यति प्रष्ट व्यक्त गरिदिन्छे कि त्यसमा भएको सत्यताले मानिसको हृदय न छोई छोडदै छोडदैन।”

“तर उसको सत्य वक्तृतामा अव्यवहारिकता पनि त होला धेरै?”

“सत्य नाङो र कटु हुन्छ, अव्यवहारिक होइन, दाजु। आफूलार्ई जहिले पनि व्यवहारिक ठान्ने हठधर्मीहरू मात्रै अकाट्य सत्यलार्ई पनि अव्यवहारिक ठान्दछन् र सत्यलार्ई सत्य मानेर स्वीकार गर्दैनन्।”

“तेरी सुभद्राका सत्यताहरू के हुन्? ऊ कुन सत्यमा बाँचेकी छ?”

“उसको जीवनलार्ई मैले जति बुझेकी छु त्योभन्दा बढी तपार्ईले बुझ्नु भएको छ। उसको अतीतलार्ई हेरेर मात्र उसको वर्तमान बुझ्न सकिन्छ र उसको विचारको सत्यता यी नैबाट निर्धारित हुन्छ।”

“अतीतमा जो भए, जसो भए ती कसैको दुराग्रहबाट भएको होइनन्। तिनीहरूलार्ई आधार बनाएर आफ्नो भविष्य निर्धारण गर्न खोज्नु सुभद्राको अतिवादी धारणा हो। त्यसले कसैलार्ई पनि भलो गर्दैन।”

“कसैले आफ्नो हठ पूरा गर्न खोज्दा कसैको हत्या भयो भने त्यो अपराध हो कि होइन?”

“समय सापेक्षकताको कुरा हो त्यो। अनजानमा भएको हत्या अपराध मानिन्न।”

“त्यसो भए त्यो मारिनेले कुनै न्याय पाउने अधिकार छैन? के समय सापेक्षकताको आडमा हत्याराले नैतिक जिम्मेवारी पनि लिनु पर्दैन?”

“जहाँसम्म मेरो कुरा हो मैले गल्तीलार्ई स्वीकार गरिसकें। सुभद्राप्रति भएको अन्यायको नैतिक जिम्मेवारी मैले लिइसकें-मैले थाहै नपाई गल्ती भएको भए पनि।”

“अहो ! कति सजिलोसँग भन्नु हुन्छ जिम्मेवारी लिएँ भनेर। मुखले जिम्मा लिंदैमा जिम्मा लिएको ठहर्छ? कि त उसका बाँच्ने आधारहरू सिर्जना गरिदिन सक्नु पर्छ कि उसलार्ई भाग्यको भरमा छोडी दिनु पर्छ। एकातिर आफूले गरेको गल्तीको प्रायश्चित गर्न पनि तपार्ई खोज्नु हुन्छ, अर्को तिर उसका आकांक्षाहरूको बेवास्ता पनि गर्नु हुन्छ व्यवहारिकताको दुहाइ दिएर। तपार्ईको यो द्वैध धारणा नै सुभद्राका असहज वेदनाका कारण भएका छन्।”

“तैले कस्तो कुरा न बुझेकी? मेरो गल्ती भयो भन्दैमा म सुभद्रालार्ई आफूकहाँ ल्याएर राखूँ त?”

“सुभद्रालार्ई तपार्ईले चिन्नु नै भएको रहेनछ। उसलार्ई तपार्ईले ल्याउन खोजे पनि ऊ तपार्ई कहाँ आउदिन। उसलार्ई अब तपार्ईसँग आउने कुनै रहर पनि छैन। उसको विचार त त्योभन्दा धेरै उच्च छ। तपार्ई उसलार्ई आफ्नो व्यवहारिकता भनिने कसीमा घोटेर जाँच्न खोज्नु हुन्छ जसमा ऊ पटक्कै चम्कन्न। उसलार्ई चिन्न त उसको हृदयलार्ई आत्मियताको तराजुमा जोख्नु पर्छ अनि मात्र चिन्न सक्नु हुन्छ।”

“राधा ! तँ भनौं अथवा तेरी सुभद्रालार्ई नै लिउँ्क, तिमीहरू व्ाास्तविकताभन्दा पर पुगेर कुरा गर्छौ। सुभद्रा आफैं आफ्ना पीडकहरू सिर्जना गर्छे र उनीहरूसँग बदला लिन चाहन्छे। तँ कुरा बुझेर पनि न बुझे झैं गर्छेस्।”

“यदि उसका पीडकहरू वास्तविक हुन् भने उसको बदला लिने अधिकार छैन र? भन्नोस् त। आज सुभद्राको स्थिति के छ? के ऊ आफूलार्ई सानोकाकाकी स्वास्नी बनाएर राख्ने स्थितिमा छ? यसको साटो जसले उसलार्ई यो स्थितिमा पुर्याीए उनीहरूले बरू उसको हत्या किन गरिदिएनन्? यो सुनसान ठाउँमा सुभद्रालार्ई एक्लै उभ्याएर सबैले रमिता हेर्नु के व्यवहारिकता हो? तपार्ई भन्नु होला ‘सुभद्रालाई मैले सकेसम्म गरेकै छु।’ के गर्नु भएको छ तपार्ईले केवल एउटा सहानुभूति देखाउनु बाहेक? सुभद्रा प्रतिको तपार्ईको दायित्व – यदि तपार्ई त्यसलार्ई दायित्व ठान्नुहुन्छ भने – के यतिले नै सिद्धिन्छ? यति सहानुभूति त एउटा बाटोमा हिड्ने बटुवाले पनि देखाउँछ।”

“मैले योभन्दा बढी अरू के गर्न सक्छु र?”

“त्यो मलार्ई न सोध्नोस्, दाजु, किनकि सुभद्रा मेरी नैतिक दायित्व होइन र उसको लागि के गर्नुपर्ने हो त्यो मैले सोच्नु पर्ने पनि होइन। मलार्ई त यति मात्र थाहा छ जुन बेला उसको तपार्ईसँग बिहे हुने कुरा पक्का भएको थियो त्यो बेला ऊ चञ्चल, निश्चल र सजिलैसँग अर्काको कुरा विश्वासगर्ने केटी थिर्ई होला तर आजकी सुभद्रा संशकित, छलकपट जान्ने, जीवनमोहहीन र कुनै दूरगामी लक्ष विहीन स्वास्नीमानिस भएकी छ। यदि समयमै उसलार्ई कसैले माया गरेर संयममा राख्न सकेन भने उसको बदलाको सिकार कोही पनि हुन् सक्छ – तपार्ई पनि, म पनि।”

“तैपनि तँ सुभद्रा कै पक्ष लिन्छेस् त?”

“मैले आफूलार्ई सुभद्राको ठाउँमा उभ्याएर हेर्दा म उसको दोष पटक्कै देख्दिन। त्योभन्दा बढी म के पो भनुँ, दाजु?

सुभद्रा प्रतिशोध लिन सक्छे – राधाको पनि यही राय देखापर्यो । आमा छोरीको विचारमा केवल एउटा मात्र अन्तर थियो कि आमा बदला लिन खोज्नु सुभद्राको अचाक्ली ठान्नु हुन्थ्यो भने छोरी त्यसलार्ई सुभद्राको अधिकार। सुभद्राप्रति नैतिक अन्याय भएको कुरामा कसैको असहमति नभए पनि त्यसप्रति निस्केका सुभद्राका धारणाका आ-आफ्ना व्याख्या थिए सबैमा। मेरो बाबुलार्ई सोधेको भए पनि आमाको कथनभन्दा फरक पर्ने थिएन होला, वहाँको भनाइ किनकि दुइ जनाको निर्णय सँधै सहमति हुन्थ्यो। यसरी आफ्ना घरका सदस्यहरूको विचारमन्थन सुनेपछि मलार्ई सुभद्राको विचार जान्न सजिलो पर्ने थियो तर म अझै सानीहजुरआमाको पुरै विचार सुन्न चाहन्थें र सम्भव भए सानोकाकाको पनि।

हजुरबाको श्राद्धका दिन सानीहजुरआमाले मलार्ई खुवाउन बोलाउने चलन म केटाकेटी छँदै देखिको थियो। अरू दिदी बहिनी घरमा भइहाल्ने हुनाले र राधा मेरी दौतरी भएकीले ऊ मेरा पछाडि पछाडि नै दगुर्थी। त्यसैले सानीहजुरआमाले पनि मलाई मात्र होइन राधालार्ई पनि बोलाउथिन्। हजुरआमाको श्राद्ध आफ्नै घरमा खाए पन हजुरबाको श्राद्ध घरमा खाएको मलार्ई थाहा छैन। हजुरबा र सानीहजुरआमा मात्र हुँदा घरमा केटाकेटी कोही पनि नहुनाले हजुरबाको मन परेको नाती म प्राय हजुरबा कहाँ नै बस्ने हुनाले पनि यो परम्परा कायम भएको हुन् सक्छ। त्यसैले त्यो पाला पनि सानीहजुरआमाले मलार्ई श्राद्धमा बोलाउनु भयो र सँधैकी पुच्छ्रे राधालार्ई पनि।

म सानीहजुरआमाको घर भित्र पस्दा भान्सामा मैले नचिनेकी कुनै नौली बसेकी थिइन् -शायद कुनै बाहुन घरकी नौल्ाी बुहारी होलिन्। सुभद्रा र राधा मजेरीको एक छेउमा बसेर अचार बनाउने तरखरमा लागेका थिए। सानीहजुरआमा पितृप्रसाद तयार गर्न लागेकी थिइन्। पूरोहित बनेका जेठा पण्डित मूल ओछ्यानको एक छेउमा बसेर कुशका ऋषि बनाउँदै थिए। सानोकाका नदेखेर सोधें – “खै त यजमान चैं?”

सानीहजुरआमाले टाउको न फर्काएर नै भनिन् – “कराउँदा कराउँदा बल्ल उठेर नुहाउन गएको छ। ए, जीवन। अलिकति चाबो घरबाट ल्याइदेन। त्यो लिन जाने मानिस नै कोही भएन।”

“लौ, मैले ल्याएर रोपिदिएको थिँए त। सरेनछ त्यो?” – मैले उठदै सोधें।

“ए, त्यो। सर्न त सरेको थियो। अस्ति दुलहीले फूलबारी गोडने भएर उखेलेर फालिदिइछ।” – सानो भए पनि एउटा आरोप बुहारी माथि आयो।

“चिनिनन् होला नि।” – जेठा पण्डितले बुहारीको पक्ष लिए।

“आ। छेत्री बाहुनका छोरीले पनि कतै चाबो चिन्दैनन्? अलि त बेवास्ता गरेकी नै।” – उनको आरोप अहिले प्रष्ट भयो।

“भइहाल्यो नि अब। पल्लो घरमा छँदैछ। ऊ जीवनले फेरि ल्याएर रोपी दिन्छन् नै।” – जेठा पण्डितले कुरा टुंग्याइदिए। मैले एक दृष्टि सुभद्रा तिर दिएँ तर सुभद्रा भावहीनभएर आफ्नो काम गरिहेकी थिर्ई। म बाहिर निस्कें।

श्राद्ध चलिरहँदा म कहिले साना काकालार्ई, कहिले राधालार्ई त कहिले सानीहजुरआमा सम्म लार्ई जिस्क्याउँदै ठट्टा गरेर बसिरहें। सुभद्रालार्ई केही भन्न भने असाध्यै अप्ठट्यारो लागिरहेको थियो र सबैले मेरो यो स्थिति अनुभव गरिरहेका थिए होलान्। त्यसैले सानीहजुरआमाले मलार्ई प्वाक्क भनिन् – “तँलार्ई त सानीकाकीसँग त सार्हैई लाज लाग्छ जस्तो छ नि? एक पल्ट पनि बोलेको छैनस् अहिलेसम्म।”

“मलार्ई लाज लागेर हो र हजुरआमा? सानीकाकी नौलीपौली दुलही। उनलार्ई लाज लाग्ला भनेर पो त।” – मैले तुरन्त जवाफ दिएँ।

“तँ पो धेरै दिन बाहिर भएर नौली लागेको त। ऊ त अब त पूरानी भइसकी। फेरि भतिजोसँग केको लाज नि उसलार्ई?” – सानीहजुरआमाले साँचै कुरा भनिन्।

“साँच्चै हो, सानीकाकी?” – मेरो मुखबाट ‘सानीकाकी’ को ठाउँमा झण्डै ‘सुभद्रा’ निस्कियो।

ऊ केही बोलिन तर ऊ लजाएको सबैले अनुभव गरे। त्यसको आनन्द लिने मौका पाएर जेठा पण्डितले ठट्टा गरे – “‘कोही सँधै देखे पनि नौलो हुन्छ, कोही एकै पल्टमा आफ्नो लाग्छ’ भनिदेऊन, दुलही नानी। ऊ हाम्रो सानोकाका नानी एक पल्ट देख्दैमा आफ्नो लाग्यो दुलही नानीलार्ई।”

“हो , गुरु। कसै सँगको सम्बन्ध जन्मजन्मान्तरको हुन्छ, कसै सँगको सम्बन्ध क्षणिक। जोडेको नाता क्षणिकको र जन्मजन्मान्तरको सँधैको। शास्त्रमा पनि यसै भनेको छैन र?” – यस पटक सुभद्राले प्रहार गरी।

ज्ोठा पण्डितले अलि असजिलो मान्दै जवाफ दिऊ – “हो। जन्म जन्मान्तरको नाता नै दरो हो। भगवान विष्णुले जति अवतार लिनु भयो ल73मीले पनि त्यति नै अवतार लिनु भयो।”

सुभद्राले अरू थपिन। उसलार्ई थाहा थियो ऊ बुहारी हो र बुहारीले बढी बोल्नु उपयुक्त हुँदैनथ्यो। त्यसैले कुराको प्रंसग अघि बढाउन मैले थपें – “गुरु। दुइजना मध्ये एउटा पुण्य गरेर मुक्त भयो भने जन्मजन्मान्तरको नाता कसरी रहिरहन्छ र?”

प्ाण्डितले सहजै जवाफ दिऊ – “जन्मजन्मान्तरको नाता हुनेहरूको धर्म पनि, पाप पनि साझा हुन्छ। मुक्त भए दुवै हुन्छन.्, नभए दुवै हुँदैनन्।”

“यो त अन्याय भयो। एउटाले मरी मरी धर्म कमाउने, अर्कोले पाप गरेर त्यो धर्म खोट्याइदिने।” – मैले हँस्यौली गरें।

“दिनेले सत्चित्तले दिउन्जेल त्यो धर्मको क्षय हुँदैन, बरू त्यति नै वृद्धि हुन्छ। कसैलार्ई चित्त नदुःखाई कसैको सुख या भलोको निम्ति गरेको कर्मको नाम नै धर्म हो।” – गुरुले सम्झाए।

“तर यस्तो कर्मलार्ई पनि समाजले मान्यता दिएको रहेनछ भने त्यसलार्ई धर्म भन्ने कि न भन्ने?” – यस पटक सुभद्राले थपी। बुहारीले यसरी बोलेको सासूलार्ई चित्त बुझेन र उसको मुख तिर हेरिन् तर ऊ निहुरेर नै काम गरिरहेकीले सासूको अनुहार उसले देखिन।

“समाजले माने पनि न नमाने पनि धर्म धर्म नै हो, पाप पापै हो।” – पण्डित ठोकुवा गरेर अरू भन्न लागेका थिए सानीहजुरआमाले बीचैमा रोकेर भनिन् – “यी धर्म र पापका कुरा पछाडि गरे पनि हुन्छ। पहिले श्राद्ध सिध्याउँ्क।”

श्राद्ध चल्दै गयो। पूरोहित195र्‍ारा भनिने ‘स्वपत्नी सहितम्’ वाक्यांशमा बाहेक सुभद्राको श्राद्धमा सहभागिता कहींं पनि भएन। प्रसाद खाने लाग्ने क्रम पनि उसले आफ्नो मर्जी अनुसार रोजी। सासूले विरोध गर्दा ‘हुन्छ, हुन्छ। जहिले लगाए पनि प्रसाद लगाउनु त हो नि।’ भनेर पूरोहितले बीच बचावट गरेकोले भन्न केही सकिनन् तर बुहारीको व्यहोराप्रति उनको रिस भने निकै बेर रह्यो।

ख्ााना पिना भइसके पछि पूरोहित बाजे र भान्से बजै विदा भएर गए। राधा र म बिदा हुन् लाग्दा सानीहजुरआमाले भनिन् – “राधा जाओस्। तँ एक छिन पछाडि जालास् नि, जीवन।”

राधा गई। म बाँधिएर बस्न कर लाग्यो।

सानोकाका कतै गइसकेको थियो र घर भित्र सानीहजुरआमा, सुभद्रा र म हामी तीन जना मात्र थियौं। मूल ओछ्यानको एका पट्टी म थिएँ, अर्को तिर हजुरआमा। सुभद्रा भान्सामा हामीबाट छेलिएर बसेकी थिर्ई। एकै छिन यस्तै बसे पछि सानीहजुरआमाले कुरा थालिन् – “जीवन। आज म तँलार्ई मेरै बुहारीका कुरा भन्न चाहन्छु। बुहारीले ‘सासूले मेरा पछाडि कुरा काटिन्’ नभनोस् भनेर उसलार्ई पनि अगाडि राखेकी हुँ। अरूसँग कुरा गरौ भने घर भित्रको कुरा कसरी गरूँ? तँ त यही घरको छोरो सरह भएर बसेको छस््, कुरो पनि बुझ् छस्। त्यसैले भन्न लागेकी।”

स्थिति गम्भिर हुन् सक्ने जानेर मैले सोधें – “यस्तो के पर्योस र सानीहजुरआमा?”

सानीहजुरआमाले एकछिन थामिएर भनिन् – “त्यस्तो प्रष्ट त केही भएको छैन जसले गर्दा बाहिरका सबैले देखुन्, बुझुन् र कुरा काटुन् तर अहिले नै त्यसको समाधान भएन भने त्यो दिन आउन पनि बेर लाग्दैन।”

“तब?” – मैले प्रश्न राखें।

उनले म तिर हेरेर भनिन् – “ल भन् त। छोरोको बिहे किन गरिन्छ? घर बदलिओस्, छोरो बदलिओस् भनेर होइन? बुहारी आएर बुहारीको ठाउँ लिन्छे, त्यही अनुसार अरूलार्ई ठान्छे भनेर न हो तर मेरो घरमा त त्यस्तो हुँदै भएन।”

“सानीकाकीले झगडा उठाइन् र?” – मैले अचम्म मान्दै सोधें।

“बुहारीले झगडा गरे, आफूले खोजेको ठाउँ र मान नपाएर रिसाएर माइत जान्छु भने यी त जायज माग ठान्नु पर्छ बुहारीका तर मेरी बुहारीका त कुनै माग नै आउँदैनन्। ऊ त ज्याला दिएर राखेकी नोकर्नी जस्तो व्यवहार गर्छे आफूलार्ई।”

“हो, सानीकाकी?” – मैले सुभद्रा तिर मुख फर्काएर सोधें।

“आमाले त्यस्तो देख्नु भएको भए होला पनि।” – सुभद्राको निर्विकार स्वर सुनियो।

सानीहजुरआमा फेरि भन्न थालिन् – “मलार्ई ‘मेरी बुहारीले काम गरिन’ भन्नु छैन। ‘उसले मेरो मानमर्यादा पुर्यारइन’ भन्नु पनि छैन। मेरो गुनासाहरू त्ा अप्ठ्यारा छन् तर तँ बुझ्ने प्रयास गरिदे। पहिलो, बुहारी घर भित्र पसे पछि छोरो बदलिनु पर्ने हो। ऊ किन बदलिएन? मेरो छोरो बिहेभन्दा अगाडि जस्तो थियो आज पनि उस्तै छ। त्यो कसरी भयो? छोराको निम्ति मैले बुहारी ल्याइदिएकी हुँ, दिदी त ल्याइदिएको होइन नि अनि लोग्ने, चाहे त्यो सानो उमेरको नै किन नहोस्, त्योसँग दिदीको जस्तो व्यवहार किनगर्ने? त्यसको कारण के?”

“होइन, हजुरआमा। यस्तो कुरामा मैले भाग लिनु राम्रो हुँदैन होला।” – मैले असजिलो मान्दै भनें तर सानीहजुरआमा मेरा कुरा सुन्ने पक्षमा थिईनन्। उनी भन्दै गइन् – “भाग तैले पनि लिनु हुन्छ। तँ मेरो नाति, सानोकाकाको भतिजो। मैले कति पल्ट भनें बुहारीलार्ई। ऊ सँधै टार्छे। ल, तँ नै सोध् ऊसँग अब – कारण के हो भनेर?”

म केही बोल्न सकिन। सुभद्रालाई प्रश्न गर्न म कसरी सक्थें? मेरो त्यो स्थिति देखेर मलार्ई बचाउन सुभद्राले भनी – “तपार्ईको निम्ति पो वहाँ तपार्ईले बालककाल देखि नै देखेको नाति अझै सानै लाग्छ होला। मेरो सामु त वहाँ उमेरदार लोग्नेमान्छे। तपार्ईलार्ई उमेरदार लोग्नेमानिसको सामु मलार्ई नंग्याउन त लाज नलाग्ला र म नांगिन पनि बाध्य हुँला तर कुनै स्वास्नीमानिस नांगिएको हेर्न लाज लाग्ने लोग्नेमानिसलार्ई बाध्य गराएर मलार्ई नंग्याउन लाउने सजाय वहाँलार्ई त नदिनोस्। गरे पनि मैले गरे हुँला। वहाँले त केही अपराध गरेको छैन।”

सुभद्राको कुरा सुनेर सानीहजुरआमा अवाक् भइन्। उनले बुहारीको मुखबाट यति धेरै कुरा निस्कला भन्ने सोचेकी पनि थिईनन् होला। त्यसैले आफ्नो संयमलार्ई बिर्सेर रिसाउँदै भनिन् – “यति धेरै कुरा जान्नेले आफैं जवाफ दिन पनि त जानेको होला त्यसो भए?”

सासू बुहारीको हुन् सक्ने विवाद संयम भित्र अवश्य रहने छैन भन्ने अन्दाज गरेर त्यो अप्रिय स्थितिबाट हटनलाई उठन खोज्दै मैले भने – “हजुरआमा। म अहिले जान्छु।”

सानीहजुरआमाले जवाफ दिन नपाउँदै सुभद्राको दीन स्वर सुनियो – “बिन्ती तपाईलाई। जनी गर्नोस्। तपाई नजानोस्। म बाध्य भएर नांगिंदैछु र तपाईलाई शरम लाग्नेछ तर वहाँलाई बुहारी तपाईको अगाडि नंागिएको हेर्ने रहर पूरा गर्न दिनोस्। तपाईलाई शरम लागे आखाँ चिम्लनोस्, कान थुन्नोस् तर बिन्ती छ न जानोस्।”

केही निमेष शान्त भए पछि सुभद्राले फेरि भन्न थाली – “मैले मेरी सासुलाई सँधै सासुको दर्जामा नै राखें, त्योभन्दा तल कहिले पनि हेरिनँ। मैले बुहारीका सबै दायित्व पूरागर्दा रहें तर वहाँलाई बुहारी होइन छोराकी स्वास्नी चाहिएको छ जो प्रत्येक आमाले चाहन्छन्। तर वहाँले आमाको कर्त्तव्य कसरी पूरा गर्नु भयो? बालक छोरालाई उमेरदार बुहारी भित्रयाई दिने आँट त कुनै पनि आमाले गर्न सक्दैनन् – सहज भावना भएका आमाले त। वहाँ त विकृत भावनाले ग्रस्त आमा हो। आफूले बूढो लोग्ने पाउनु परेको अन्यायको बदला लिन उमेरदार छोरो भए पछि बूढी बुहारी भित्र्यानउन समाजले नदिने भएकोले लोग्नेमानिस जाति सँगै बदला लिने कुत्सित भावनाले ग्रस्त भएर तरूनी बुहारी भित्र्या ई बालक छोरो माथि अन्याय गर्न पनि वहाँलाई लाज लागेन।”

“सानी काकी।” – मैले रोक्न खोजें तर ऊ रोकिइन।

“पख्नोस्। तपाई मलाई न रोक्नोस्। अब म वहाँको प्रश्नको पनि जवाफ दिन्छु। जब वहाँको छोरामा मलाई देखेर ‘दिदी’ का भावनाभन्दा अरू भावना आउँदैनन् भने वहाँका छोरामा परिवर्तन आउने कसरी? उसले त मलाई स्वास्नी देख्नु पर्छ अनि न आउँछ परिवर्तन। वहाँको छोराले मलाई दिदी देखे पछि उसलाई भाइ नमानेर लोग्ने सम्झन सक्ने म के वेश्या हुँ जसको सम्बन्ध लोग्नेमानिसको मासुसँग मात्रै हुन्छ?”

“जग्गे घुमेर, स्वास्नी बनेर आए पछि लोग्नेको निम्ति बेश्या पनि बन्न जान्नु पर्छ, बन्नु पर्छ। हामीले जस्तै भए पनि धर्म छाडेनौं। धर्म छाडेर आफू खुशी गर्न त कहाँ पाइन्छ त?” – सासूले आफ्नो रवाफ देखाइन्।

“कसले आफू खुशी गर्यो र धर्म छाडयो त्यो त धर्मको धमासमा होइन, कर्मको तराजुमा हालेर तौलनु पर्छ अनि थाहा हुन्छ। मेरो त पाप भने पनि धर्म भने पनि जति तपाईले भन्नु भयो त्यति नै हो र तपाईले भन्न सक्ने कुरा पनि त्यति नै हो। तपाईको कुरा त मैले छोएकी पनि छैन।”

“भन्ने ठाउँ किन छोडथिस्?” – सासूले मुख बिगारेर भनिन्।

अब बुहारीको संयमको बाँध फुटिसकेको थियो। ऊ अब आक्रमक रेखामा उभिएर भन्न थाली – “होइन प्रतिशोधको भावना छ भन्दैमा जोसँग बदला लिए पनि हुन्छ भन्ने कस्तो धारणा हो हँ तपाईको? कम से कम कारणी त छुट्याउनु पर्छ। भतिजोको शेखी झार्न नातीकी वाक्दत्ता र त्यक्ता तरूनी वैकल्या केटी आफ्नो दुधमुखे बालक छोरोसँग बाँधेर एउटी नारीको वंैशको खिल्ली उडाउनु हुन्छ, एउटी कुमारीको छातीमा किला ठोक्नु हुन्छ र नारीत्वको अपमान गर्नुु हुन्छ। के तपाई स्वास्नीमानिस होइन? अझ ‘समय र उमेरले होइन, बुहारीले छोरोलाई वैंशमा पुर्याइउनु पर्ने पुर्या्इन’ भनेर वहाँको सामु आरोप लगाउन तपाईलाई लाज लाग्दैन? वहाँ मेरेा को? र म प्रतिको जिम्मेवारी वहँाले बोक्नु पर्ने किन? एक पल्ट थाहै नपाई वाक्दान लिदैंमा, तपाईको छोरोले थाम्न नसक्ने मेरो हात वहाँले वारेस भई थामिदिदैंमा बाबुका अगाडि ‘तिम्री छोरीले नराम्रो काम गरी’ भने झैं गरी वहाँको अगाडि मेरो पोल लगाएर मलाई वहाँको दायित्व बनाउन चाहनु हुन्छ तपाई? के तपाईले वहाँसँग मलाई आफ्नो छोरोको निम्ति माग्नु भएको थियो? के ‘तपाईको छोरोसँग मलाई सुताई दिन्छु’ भनेर वहाँले कबोल गर्नु भएको थियो र ‘तेरो धरौटी तैं लै जा’ भने झैं गरी मेरा गल्ती र कमजोरी वहाँलाई सुनाउनु हुन्छ?”

“सानी काकी। कुरा जता लगे पनि सीमा भित्र गर।” – मैले सुभद्रालाई सम्झाउन खोजें तर सुभद्रा उत्तेजित भईसकेकी थिर्ई। ऊ रोकिइन।

“मेरी सासूले नै तपाईको अगाडि नंग्याईसके पछि मलाई तपाईको अगाडि नंगिन के को लाज? तपाई मयार्दाशील भएकोले तपाईलाई लाज भयो होला। त्यसैले त अघि नै भनिहालें नि – आखाँ चिम्लनोस्, कान थुन्नोस्।” – मलाई यति भनेर फेरि सासू तिर नै झम्टी – “रहे अब आचरण र चरित्रका कुरा। आचरण त चरित्रमा म आफूलाई तपाईभन्दा माथि नै ठान्छु किनकि म अहिलेसम्म कुमारी नै छु र एउटै मात्र मानस पति मानेर बसेकी छु।”

उसको भनाई सुनेर म जिल्ल परें र सानी हजुर आमा टवाल्ल परिन्। सुभद्रा भन्दै गई।

“तपाईको चरित्र र आचरणलाई लिएर तपाईको नाति नै भए पनि एउटा लोग्नेमानिसको सामु म तपाईलाई नंग्याउन सक्दिनँ। तपाईले बाध्य गराउनु भयो भने त त्यो गर्न पनि कर लाग्ला कुनै दिन मैले देखेका, जानेका र सुनेका प्रमाण देखाएर तर अहिले यति मात्र भन्न चाहन्छु कि तपाई विधवा भएर पनि पतिव्रताचाहिं होइन।”

सुभद्रा उठेर आफ्नो कोठा तिर चढी। सानीहजुरआमा पहिले अचानक पर्न आएको आघातले जस्तै फुस्री भइन् र एकै छिन पछि नारीजन्य स्वभाव निकालेर ‘सुँक्क, सुँक्क’गर्दा भन्न थालिन् – “हरे, कस्ती पापीनी। मुखमा जो आयो सोही बकीदिने।”

म्ा सानीहजुरआमाका कुरा तिर ध्यान नदिएर बाहिर निस्कें। उनको गल्तीले सुभद्राको प्रतिशोधको पहिलो शिकार उनी नै भइन्। मलाई आमाको डर छर्लङ भयो। म्ा आफ्नो कोठामा गएर पल्टें। अगाडिको घटनाले गर्दा म दिग्दार र त्रसित थिएँ। दिग्दार त्यो अर्थमा कि बुहारीले प्रष्ट आरोप लगाउँदा पनि आफ्नो प्रतिरक्षामा सानीहजुरआमाले केही भन्न सकिनन्। उनी दोषी भएको सबुत बुहारीसँग बलियो छ भन्ने उनलाई विश्वास थियो र मलाई पनि उनको पवित्रतामा शंकागर्ने ठाउँ पर्याप्त थियो। हुन् त सानीहजुरआमाले अखण्ड पातिव्रत्यमा बस्नु पर्छ भन्ने धारणा ममा कहिले पनि थिएन र उनले केही चुक गरेमा म उनलाई दोष दिने पक्षमा पनि थिइन तर आफ्नो कार्यकलापलाई बुहारीले देख्ने या बुझ्ने गरी गर्नु हुँदैनथ्यो। भित्र को के गर्छ? त्यसको लेखाजोखा राख्ने काम त चित्रगुप्तको हो। सानी हजु्रआमालाई सुभद्राले कोसँग लगेर गाँस्छे, त्यो बढी महत्वपूर्ण थिएन। त्यो कुनै पनि व्यक्ति हुन् सक्थ्यो र पात्रभन्दा कार्य बढी महत्वको थियो। पात्रको जानकारीको आवश्यकता त अन्तिम घडीमा मात्र पर्न सक्थ्यो। ‘म तिम्रो छोराको शारीरिक पत्नी होइन’ भन्ने सुभद्राको दावी सत्य हुन् पनि सक्थ्यो र नहुन पनि। सासूको अभिमान भंग गर्न उसले असत्य बोलेकी पनि हुन् सक्थी तर उसले सत्य नै बोलेकी हो भने (र सुभद्रा जस्ता दृढ निश्चयीको निम्ति जो असम्भव पनि छैन) मेरो स्थिति पनि कम नाजुक थिएन। उसले कुरा दोधारमा गरेकी थिर्ई तैपनि कुरा प्रष्ट नै थियो। दिदी र भाइको भावना राख्ने सुभद्रा र सानोकाकाको सम्बन्ध सीमित हुनु पर्थ्यो र सानोकाका उसको मानसपति हुने सम्भव थिएन। या ऊ लोग्ने नै हुन् सक्थ्यो या भाइ मात्र। सानीहजुरआमाले यसरी सुभद्राको दोष मलाई देखाउनु सुभद्राप्रति मेरो जिम्मेवारी र अधिकार छ भन्ने मानेर गरिएको हो भन्ने सुभद्राको आरोपमा मेरो पनि सहमति थियो र उसले सासूलाई ‘तिमी के गर्न सक्छ्यौ? ऊ मेरो मानस पति हो र म माथि उसको अधिकार छ।’ भनेर उल्टो चुनौती दिएकी पनि हुन् सक्थ्यो। आफ्नो बचावट गर्नु नपरुन्जेल सम्म त सुभद्रा फेरि मलाई मुछ्ने थिइन र यो घटनालाई बिर्सेर फेरि सामान्य हुने थिर्ई र सानीहजुरआमा पनि यसलाई फेरि दोहोर्यालउनु हुने थिएन किनकि बाध्य गराइएमा सासूलाई पनि नंग्याउने धम्की उसले दिएकी थिर्ई र त्यो धम्कीलाई प्रत्यक्ष गराउन सुभद्रा सक्षम थिर्ई भन्ने कुरा उनले बुझेकी थिइन्। त्यसैले दुवै तर्फबाट आफ्नो रक्षाको निम्ति त्यो दिनको घटनालाई अरू न चर्काएर गोप्य नै राख्ने छन् भन्ने लागेर मलाई सन्तोष भयो।

त्यो घटनाको केही दिन पछि एक बेलुका मेरी स्वास्नीले मलाई भनी – “आजकल सानीहजुरआमालाई के भएको छ हँ?”

“किन के भयो र?” – मैले संशकित भएर सोधें।

“पहिले कसैसँग पनि नरिसाउने मान्छे आजकल जोसँग पनि रिसाउनु हुन्छ बातै पिच्छै।”

“रिस कहिले कहीं उठ्छ नि। मान्छेको शरीर न हो।”

“रिस उठछ भनेर सानोकाका लाई कुटनु हुन्छ त मर्ने गरेर? तै सुभद्रा दिदी त्यहीं भएकोले छुट्याउनु भएछ। सानोकाका ‘मर्न जान्छु’ भनेर घरबाट निस्कीसकेको। सुभद्रा दिदीलाई फकाएर ल्याउन कत्रो फजिती। बाटोमा रमिता हेर्नेको जात्रा।

“पहिले त कहिल्यै कुट्नु हुन्नथ्यो त।”

“त्यही त भनेकी। पहिले सिन्कोले पनि न हिर्काएको छोरालाई त्यत्रो बडेमानको भएपछि कुटदा चित्त दुःखदैन त?”

“सानीहजुरआमासँग कुरा गरिनस् त? केही त भन्नु भयो होला नि?”

“के कुरा गर्नु? मैले ढोगिदिंदा त रिसाएर कस्तो छुट्टी। ‘तिमीहरू बुहारी राँड सबै उस्तै त हौ नि’ भनेर बित्थामा मलाई पो झपार्नु भयो।”

“अनि सानी काकी के भन्छिन् नि?”

“सुभद्रा दिदी जे सोधे पनि ‘खै मलाई थाहा छैन’ भनेर हाँसिदिनुहुन्छ।”

“सानोकाका के भन्थे नि?”

“के भन्थे सानोकाका। आमाले कुटेको बिर्सिहाले। उनी त जस्ताको तस्तै छन्।”

“त्यसो भए एउटा घर सल्किरहेको छ र सुभद्रा गृहदाह हेरेर सन्तोष लिइरहेकी छ। अब उसलाई रोक्नु आवश्यक छ यदि त्यो आगो निभाउने हो भने र अरू घर सल्काउन दिन न चाहने हो भने।” – मैले मनमनै आफैंलार्इं भनें।

अर्को दिन बेलुका बा, आमा र म बसिरहेको बेला बाले भन्नुभयो – “केटाका तिरबाट सार्है च्याप्न थाले। अब त राधाको कुरो पनि छिन्नु पर्यों जस्तो छ।”

आमाले म तिर हेर्नु भयो। मैले जवाफ दिएँ – “घर केटो गतिलो भए कुरो छिन्न के आपत्ति भयो त? कुरो छिने भइहाल्यो नि।”

बाले आमाको मुख तिर हेर्नु भयो र आमाले बाको आखाँको भाषा बुझेर भन्नु भयो – “कुरो छिन्न त केही पनि छैन तर कुरो छिने पछि बाधा अडचन आयो भने?”

“बाधा अडचन आउन सक्छ भनेर गर्नु पर्ने काम रोक्नु त भएन नि। भरसक आउनै दिनु हुन्न, आइपरे जसो पर्ला त्यसै बेहोर्नु पर्छ।” – मैले ठोस जवाफ दिएँ।

“तँ त्यसो भन् छस् भने त भइहाल्यो नि। हामीलाई केवल सुभद्राको डर लागेको हो। झन् सानीहजुरआमाको नै त्यो हाल भए पछि हामी नडराउने पनि कसरी?” – आमाले मलाई सतर्क पार्न खोज्नु भयो।

“त्यसो भए कुरा छिनी दिउँ्क त?” – बाले मलाई सोधेर पक्का गर्न खोज्नु भयो।

“हुन्छ।” – मैले उत्तर दिएँ र मनमनै सोचें – “आफूले गल्ती गरेपछि मानिस कति काँथर हुँदो रहेछ। कुनै कामको निम्ति पनि छोराको राय नलिनु पर्ने मेरा बालाई समेत आज मेरो सहमति आवश्यक भयो।”

म्ोरो सहमतिले बाआमाले यही अर्थ लाउनु भयो कि सुभद्राका तर्फबाट हुन् सक्ने अड्चन मैलें हुन् दिने थिइनँ तर वहाँहरू सुभद्राप्रति मेरो बन्धन कति फितलो र कमजोर थियो भन्ने बुझ्न सक्नु हुन्नथ्यो। मैले आफूलाई सुभद्रामा सुम्पन नसकेपछि र सुभद्राले मलाई गरे, चाहेकोमा मैले उसलाई केही दिन र गर्न नसके पछि ऊप्रति मेरो अधिकार नै कति हुन् सक्थ्यो र? हुन् त सुभद्राले गर्न नचाहेको कुरा गराउन म उसलाई बाध्य गर्न सक्ने थिएँ होला तर जीवन त लेनदेनको सम्झौता हो। जसलाई म केही दिन सकिरहेको थिइनँ उसबाट बलजफ्ती लिने दुष्टता गरें भने उसका वाक्प्रहार मैले सहनु पर्ने थियो जो म पुरुष समाजमा हुर्किएको व्यक्तिको निम्ति मृत्यु जस्तै बेदनादायी अपमान हुने थियो। तर आफू जतिसुकै अपमानित हुनु परेपनि बहिनीको निम्ति अभयदान माग्न मैले जानु नै परेको थियो। मेरो गर्वले म मेरा आमा बाबुका सपना, मेरी बहिनीको जीवन नष्ट गर्न सक्दिनथें।

सुभद्राका सामु गएर माग्नु मेरो निम्ति जति कठिन थियो त्योभन्दा अझ कठिन थियो मलाई सानीहजुरआमाका अगाडि पर्नु। सुभद्रा र सानीहजुरआमाका बीचमा आपसमा हिलो छ्यापाछ्याप भएको दिनदेखि म त्यो घरमा गएको थियौन। जुन कुरा एउटा नातीको अगाडि भनिनु हुन्नथ्यो र एउटा नातीले सुन्नु हुन्नथ्यो त्यही कुरा सुन्न लगाएर र साक्षी बनाएर दुईवटी स्वास्नी मानिसले आफ्नो प्रतिशोधको चाहना पूरा गरे र मेरो निम्ति त्यही कुरा पछि उनीहरूको सामु पर्न जानु एउटा सजाय नै थियो तर बाध्यताले घेरिदैं गएको मैले जो गर्न चाहन्नथें त्यही नगरी सुख थिएन।

सानीहजुरआमाको घरको दलानमा उभिंदा बाहिर कोही पनि थिएन। मूल ढोका उघारै थियो। एक मनले त ‘फकर्ँू कि’ जस्तो पनि लाग्यो तर त्यहाँ आइपुगेर फर्कदां कसैले देखे त्यसको कारण प्रष्ट्याउन गाहारो हुने थियो र फेरि दोश्रो पल्ट आउनु पर्ने बाध्यता यथावत नै कायम रहने हुनाले मनले फर्कन मानेन र मैले बाहिर बाटै बोलाएँ – “ए, सानोकाका?”

म्ोरो स्वर सुनेर सुभद्रा देखापरी र भनी – “वहाँहरू त्ा आमा छोरा नै हुनुहुन्न।”

म्ोरो खोजाइ सानोकाका नभएर उसकी आमा हुने भन्ने सोचेर उसले जवाफ दिएकी हुनु पर्थ्यो। मैले त्यता पट्टी ध्यान न दिएर सोधें – “कहाँ गए त दुवै जना?”

“आमा त माइत जानु भयो। छोरा चाहिं कता जानु भयो भन्न सक्दिनँ। यहीं गाउँमै कतै होला। बस्नोस् न। यदि तपाईलाई आपत्ति छैन भने भित्र बस्दा पनि हुन्छ। म त भात पकाउँ्क भनेर लागेकी।” – उसले जवाफ दिई।

“के को आपत्ति आफ्नो घरमा?” – मैले आफूलाई सामान्य देखाएर भन्दै भित्र पसें। सुभद्राले मूल ओछ्यानमा राडी ओछ्यई दिई। मैले बस्दै सुनाउन हतार भए झैं गरी भनें – “बुझ्यौ? हामीले त राधाको बिहेको कुरा छिनिदिन लाग्यौं नि।”

“ए। राम्रै भएछ। मैले त २।४ महिना अगाडि नै पनि यस्तो कुरा छिन्नु पर्छ, लम्ब्याएर राख्नु हुन्न भनेर भनेकी थिएँ।” – उसले चुलेसीले तरकारी काट्दै भनी।

“तिमीलाई खुशी लागेन बिहेको कुरा सुन्दा?” – मैले उसको प्रतिक्रिया खोजें।

“खुशी?” – उसले मानौं नौलो र नबुझने शब्द सुनें झैं गरी झस्केर मलाई एक पल्ट हेरी र फेरि आफ्नै काममा आखाँ लाएर भनी – “बिहेको खुशी त मलाई आफ्नै बिहेमा त भएन भने अर्काको बिहेमा के को खुशी?”

आफ्नो प्र्रश्न यसरी बेफ्वाँकमा नै पन्सिएको देखेर मैले आफ्नो विचार व्यक्त गरें – “जे होस् म मेरी बहिनीको विवाह कुनै बाधा अडचन बिना सुसम्पन्न होओस् भन्ने चाहन्छु।”

उसले कामबाट हात नहटाई भनी – “यस्तो चाहना त सबै दाजुहरूको हुन्छ। मेरो दाजुको पनि यस्तै चाहना थियो तर मानिसको चाहनाभन्दा नियति बलवति हो र अझ कहिले कहीं त मान्छेको आवेगको अगाडि नियति पनि शिर झुकाउँछ।”

“आवेग त मुर्खताको चिन्ह हो।” – मैले राय व्यक्त गरें।

“हुन सक्छ। सबै मान्छे बुद्धिमान हुँदैनन्। मेरो अनुभवमा त आवेग त मायाबाट निस्कने सम्म ानको बदला घृणाबाट निस्कने उन्माद हो र त्यो उन्माद के ठीक, के बेठीक छुिट्टदैन। अन्यथा मेरो प्रष्ट विरोध हुँदा हुँदै पनि र यसबाट मलाई गहिरो चोट लाग्छ भन्ने थाहा पाएर पनि मेरो दाजुको सांघातिक हमला तपाई माथि हुने थिएन।” “तिम्रो दाजु?” – म आश्चर्यमा परें।

“हो, मेरो दाजु। आफ्नी बहिनीको अपमान र दुःख सहन नसकेर र त्यो अपमान र दुःखको जड तपाईलाई ठानेर तपाई माथि आक्रमण गरेकोमा पूर्णत दोष त म उसलाई दिन सक्दिनँ। खालि तपाईलाई केही भयो भने बहिनी बाँच्न सक्दिनँ भन्ने कुरा उसले त्यो उन्मादको समयमा बुझ्न सकेन।”

“तिमीलाई राधाप्रति त सहानुभूति छ नि होइन? राधाको कुभलो होस् भन्ने कुरा त तिमी पनि चाहन्नौं नि।” – मैले कुराको प्रसङ बदलें।

“राधाप्रति सहानुभूति मेरो पक्कै छ। नहुनु पर्ने कारण पनि छैन। उसले मेरो रौंसम्म बंग्याइदिने खराबी पनि गरेकी छैन, मेरो कुभलो चिताएकी पनि छैन। उसको कुभलो होस् भनेर अकारण कोही किन चाहन्छ र?” – उसले उठेर चुलेसी झुण्डयाउँदै भनी।

सुभद्राको भनाइमा प्रष्ट उत्तर नपाएकोले प्रश्नलाई अझ प्रष्ट्याउँदै मैले सोधें – “राधाको कुभलो हुने काम गर्न तिमी सक्छ्यौ कि सक्दिनौं?”

“उसको कुभलो चिताएर म केही काम गर्दिन तर साँढे जुध्दा तिनीहरूका सिंग भित्रका किरा मरे भने किरा मार्ने इच्छाले जुधेको त ठहर्दैन नि। त्यसमा दोष त लाग्दैन नि।” – चुलोको आगो तिर हेरेर बोलेकीले उसको अनुहार देखिएन।

“के मेरी बहिनी त्यही किरा जत्तिकै हो त तिम्रो निम्ति?” – मेरो स्वरमा निकै कटुता आयो।

उसले आश्चर्य मानें झैं गरी मेरो मुखमा ट्वाल्ल हेरेर भनी – “हामी स्वास्नीमानिसहरू तपाईहरू लोग्नेमानिसका आखाँमा, व्यवहारमा श्रंृगार वा शक्तिका सिंगभित्र बाँच्न बाध्य भएका किराभन्दा बढता कहिले ठानिएका थियौं र अहिले अचम्म लाग्यो तपाईलाई? तपाई माग्न आउँदा सुभद्राले पक्का अभयदान दिन्छे भनेर सबैले तपाईलाई यहाँ पठाएका होइनन् र? तपाई पनि आफ्नो पौरुषत्वको धाक लिएर सुभद्राभन्दा आफूलाई माथि ठानेर आउनु भएको होइन र?”

“राधा मेरी बहिनी हो।” – मैले हठधर्मी कुरा गरें।

“भई त के भयो? कुन स्वास्नीमानिस कसैकी बहिनी छैन र? मैले तपाईकी बहिनी राधालाई अभयदान दिनु पर्दा कुन नाता बोकेर तपाई म कहाँ आउनु भयो?”

“अरू केही नभए पनि मानवताको नाता त छ नि, सुभद्रा।”

“कति दुहाई दिनु हुन्छ तपाई यो मानवताको? कति छोपेर राख्नु हुन्छ आफ्ना भावनाहरूलाई, आफू भित्रका आवेग र आवेशलाई यो मानविय व्यवहारको खोल भित्र? मानवताको नाता त मसँग कसैको पनि छैन। मेरो या त प्रेमको नाता छ, या घृणाको। तपाई बहिनीको मायाको नाता बोकेर आउनु भएको छ केही माग्न कुनै नाता नभएकी स्वास्नीमानिस मसँग तर मसँग तपाईकी बहिनीलाई दिन सक्ने केही पनि छैन। उसलाई न सुख मैले दिएर दिइन्छ न दुःख।” सुभद्रा केही निमेष थामिएर फेरि भन्न थाली। “तपाईलाई होइन, तपाईका बाआमालाई डर लागेको छ कि जसरी उनीहरूले मलाई यो हालतमा पुर्या।ए त्यसरी नै म पनि उनीहरूकी छोरीलाई त्यही हालतमा पुर्या उन सक्छु। चाहेर पनि म पुर्या उन सक्छु कि सक्दिनँ त्यो अर्कै कुरा हो। आफूले गरेको अपराधले उनीहरूलाई तर्साइरहेछ तर उनीहरू अझै पनि आफ्नो अपराध नै मान्दैनन् या स्वीकार गर्न उनीहरूको स्वाभिमानमा चोट लाग्दछ। अब के को निम्ति अभयदान? कसको निम्ति अभयदान?” – सुभद्राको स्वरमा तीव्र कटुता थियो।

अब मसँग सुभद्रालाई सम्झाउनु बोहक अर्को उपाय थिएन। मैले स्वरलाई शान्त बनाएर भनें – “सुभद्रा ! तिमी वास्तविकतालाई हेर। अब यो घर तिम्रो, यो परिवार पनि तिम्रो। यसलाई नष्ट गर्नु या रक्षा गर्नु पनि तिम्रो खुशीको कुरा हो। यहाँ दोषी मात्र होइन, निर्दोष प्राणीहरू प्नि छन् र दोषीलाई दण्ड दिने क्रममा सँधै नै निर्दोषीहरू ब्ाढी पिसिन्छन्, बढी पीडित हुन्छन्। बिगार्न त सबैले सक्छन्, बनाउन सक्नु बहादुरी हो। मार्नेभन्दा बचाउने कर्त्तव्य गाहारो हुन्छ र यही बचाउने प्रयासको नाम नै प्रेम हो। प्रतिशोधभन्दा क्षमा उच्च हो, निर्दयताभन्दा दया श्रेष्ठ हो र घृणाभन्दा प्रेम पहिलो हो। तिमी यो सब बुझेर पनि अबुझ जस्तो नबन।”

“त्यो दया, माया र प्रेम पनि पात्र हेरेर गरिन्छ, कुपात्रमा फाल्न सकिदैन। जतिसुकै भक्तिपूर्वक दिइएको दान पनि कुपात्रमा पर्योछ भने दान हुन् सक्दैन। ढुङो माथि गरिएको प्रेम सार्थक हुँदैन। निर्दयी माथि गरिने दया सर्पलाई दुध जस्तै हुन्छ र क्षमा त्यसलाई मात्र गरिन्छ जसले आफ्नो अपराध स्वीकार गरेर पछुतो गर्छ। अन्यथा क्षमा, दया, प्रेम यी सब बालुवामा खन्याएका पानी सरह निरर्थक हुन्छन्, केवल मन सन्तोष गर्न बाटा मात्र बन्छन्।”

“तिम्रो भनाइ म मान्छु तर हामीले आजको स्थिति हेरौं। तिम्रो घृणा या प्रतिशोधले कसलाई बढी हानी गर्छ? जो सबभन्दा कमजोर छ त्यसैलाई। यो घरमा सबभन्दा पीडित सानोकाका हुनेछ र मेरो घरमा राधा, ती दुईजना जसले अपराध चिताउनुसम्म पनि चिताएनन् अपराधमा भाग लिने त परै छोडिदिउँ्क। यसै हेर त। तिमीप्रति अन्याय भएको कुरा स्वीकार गरेर मेरी स्वास्नी तिमीलाई सौता पाउन म माथि दबाव दिन्छे। तिम्रो घृणा गर्ने, प्रतिशोध लिने अधिकार छ भनेर मेरी बहिनी आफ्नो जीवन नष्ट भएको सहन तयार भएर बस्छे र त्यो सानोकाका जो यो सबै कुरा थाहा पाउने स्थितिमा छैन र थाहा पाए पनि बुझ्न सक्दैन, ऊ पनि बुझ्ने भए पछि तिम्रो लागि सबै कुरा गरिदिन तयार हुनेछ। यिनीहरूको निम्ति तिमीले प्रतिशोध छोड्नु पर्छ सुभद्रा। छोड्न सक्दिनौ भने बरू सजायको मुल्यांकन गर। ती सबै म आफू भोगिदिन्छु किनकि तिमी अन्यायमा पर्नु पर्ने मूल जड म हुँ। मेरो अस्तित्व नै तिमीले दुःख पाउनुको कारण हो।”

“तपाईका स्वास्नी, बहिनीले जो सोचे त्यो वास्तविकता हो। आमा, बाबु या लोग्नेले गरेको अपराध या गल्तीको पऋणाम उनीहरूले भोग्नु पर्दछ भन्ने उनीहरूको विवेक वास्तविक हो। त्यसैले भोग्न तयार छन्। तपाई मात्र आफ्नो बाको छोरो हुनुहुन्छ। आफू नुहुन सक्नु हुन्न अर्काको निम्ति नुहिदिएको नकल गर्नु हुन्छ। मप्रति सहानुभूति देखाउनु हुन्छ तर त्यही सहानुभूति पनि छैन तपाईको ममा। मेरो निम्ति एक शब्द बोल्नुभन्दा पहिले तपाई समाजका मान्यता केलाउनु हुन्छ कही कसैले खोट नलगाओस् भनेर। तपाईको नैतिकता पनि कस्तो? तपाई त्यो स्वास्नीमानिस माथि दबाव हाल्न चाहनु हुन्छ, नैतिक दबाव-जसको आफ्नो भन्ने अर्को कोही छैन र जसलाई जरै सहित उखेलेर फाल्न मेरा पीडकहरू लागेका छन्। छोडिदिनोस् यो बिझ्ने सहानुभूतिलाई। अन्त्य गर्नोस् यो पटक पटक मलाई चोट लाउने प्रक्रियालाई। मेरा चाहना विपरीत मलाई बाध्य गराउन खोज्नुभन्दा त बरू ह्दय देखि घृणा नै गरेर भए पनि एक पल्ट भनिदिनोस् – ‘सुभद्रा। तँ मरिदे।’ म मरिदिन्छु। मलाई त्यो धेरै सजिलो हुन्छ।”

हुनत मैले उसको अनुहार देखिन तर उसका अन्तिम वाक्य तिर सुभद्राको स्वर धोद्रो हुँदै गएकोले मैले अनुभव गरें कि उसका आखाँमा आँसु भरिसकिएको र गलामा हिक्का आइसकेको हुनु पर्छ। मैले पहिलो पल्ट भित्र कहीं एउटा घोचाईको अनुभव गरे जो मेरो निम्ति एउटा नौलो अनुभूति थियो।

यसरी सुभद्रासँग पराजित भएर फर्के पनि दुईवटा तथ्य मेरो सामु प्रष्ट भए। पहिलो, मेरा बाबुले सुभद्राको सामु आफ्नो गल्ती स्वीकार गरे ऊ माफी दिने पक्षमा थिर्ई। दोश्रो, मैले उसलाई आफ्नो अधिकार भित्र राखेर उसलाई प्रतिबन्ध लगाए ऊ मान्ने थिर्ई। मेरो निम्ति यी दुवै बाटाहरू त्यति सजिला थिएनन् तापनि मैले पहिलो बाटो अवलम्बनगर्ने बीचार गरें र आमालाई गएर भनें – “आमा। बाले यसो सम्झाउनु पर्ला कि सानीकाकीलाई?”

आमाले सोध्नु भयो – “किन? तैंलेभन्दा मानिन र?”

“मान्ने न मान्ने कु्रा होइन। यसो बाले ‘अघि जो हुनु भइहाल्यो। अब ती बिर्सेर छोरी मानेर यो बिहे सिध्याउनु पर्यो् है’ भनिदिदां मानको मान पनि रहने आफ्नो काम पनि सल्टिने भएर पो त।” – मैले जवाफ दिएँ।

“हुन्छ नि। म बालाई भन्छु।” – आमाले आश्वासन दिनु भयो।

तर बाले कसै गरे पनि मान्नु भएन सुभद्रासँग कुरा गर्न। मेरा बाबुको जिद्दी पनि कम थिएन।

आखिर कुरा छिन्ने दिन आयो। बेहुलाका बाबु र दाजु सहित ३।४ जना अघिल्लै दिन आएर बसे। सँधै कहिले पनि अगाडि न पर्ने सुभद्रा मेरा बाबु कोल्टे पर्ने बित्तिकै बेहुलाका बाबुलाई ढोग दिई र उनीसँग मामाको साइनो लगाई। टाढाकै भए पनि भान्जी नै भेटे पछि बेहुलाका बाबुलाई पनि निकै रमाइलो लाग्यो र उनले पनि ‘मामा र दाजुले छाक उसकोमा खाइदिने’ सुभद्राको अनुरोधलाई अस्वीकार गर्न सकेनन्।

यसरी सुभद्राले अचानक अगाडि सरेर दुलहा पट्टीकासँग चासो देखाएकीले मेरो बाबुको मनमा चिसो शंका उब्जियो, आमा पीर गर्न थाल्नु भयो र मैले पनि असजिलो मानें तर आफूले गर्न सक्ने केही नभएर मौनभएर बस्यौं।

अर्को दिन बिहानै घर सासूको जिम्मा लाएर सुभद्रा मेरी स्वास्नीलाई भान्सामा सघाउन आइपुगी। उसको उपस्थिति न मेरी आमालाई मन परेको थियो, न मेरा बाबुलाइै नै तर मुखले केही भन्न नसकेर चुप लागिरहेका थिए। सुभद्रालाइृ पनि यो कुरा थाहा थियो तर उसले वास्ता गरिन। यसरी आफ्नो मान नहुँदा पनि सुभद्रा यो घरमा लहसिएको देखेर मेरा आत्माभिमानमा पनि चोट लाग्यो।

बिहान मेरा बाबु पूजामा पसेको थाहा पाउने बित्तिकै ऊ बाहिर निस्केर मामा नजिकै कोल्टो परेर बसी र मामालाई भनी – “हाम्री छोरी त मन पर्यो नि। होइन, मामा?” बूढाले हँस्यौली पाराले जवाफ दिऊ – “मन न परे यसै यहाँसम्म धाइन्थ्यो होला?”

“यत्तिकी गतिली केटी त फेला पार्न गाहारो गाहारो नै पर्छ।” – उसले नाक मुख नचाएर भनी जो सुभद्राको स्वभावसँग पटक्कै मिल्दैनथ्यो। – “हामी त सँगै बसेका खाएका पो त। बरू एउटा कुरा मामा।” – उसले बूढाको कान नजिकै बिस्तारै केही भनी।

“अँ, त्यो त बीचार गर्नु पर्ला, भान्जी।” – मामाले जवाफ दिऊ।

“मामालाई सबै त्यो त भरे भनुँला नि म।” – भान्जीले शान्त भएर जवाफ दिई।

“चेली बेटीको यस्ता कुरा त पत्ता लाएर भनी दिनु पर्छ नै। नत्र के को निम्ति चेलीबेटी?” – मामाले सुभद्राप्रति विश्वास देखाए।

“हुन्छ नि त्यो त। बिहे छिने पछि गर्दा पनि भइहाल्छ नि।” – सुभद्राले भनी।

“कुरा छिने पछि त्यस्ता कुरा आउँदा अलि नराम्रो पनि त हुन्छ। अगाडि नै जानी राख्नु वेश होला नि।” – मामाले जान्न खोजे।

“हुन्छ त्यसो भए। म भरे भनुँला नि।” – सुभद्राले जवाफ दिई।

“के कुरा हो त्यस्तो?” – मैले शंका नदेखाई जिज्ञासा उठाएँ।

“त्यस्तै हुन्छन् नि बेहुला पट्टीका जान्न खोज्ने कुरा।” – सुभद्राले बूढालाई उछिनेर जवाफ दिई।

मैले केही भनिनँ। मूल ढोकाको एक छेउमा अलिकति फरियाको छेउ देखिएकोले आमा त्यही उभिएर सुनिरहनु भएको छ भन्ने मैले थाहा पाएँ र सुभद्राका यी पाल्सी कुराको प्रभाव उनमा सकारात्मक परे जस्तो मलाई लागेन।

सुभद्रा एकदम नजिक भएर कुरा गरिरहेकी थिर्ई र जुन आत्मियता उसले बेहुलापट्टीकालाई देखाइरहेकी थिर्ई त्यसबाट कोही पनि रिझन नसक्ने कुरै थिएन। मानिसलाई आफूप्रति मोहित गर्न सक्ने उसको क्षमता अतुलनिय थियो र केही समय पछि नै यस्तो देखिन्थ्यो मानौं बेहुलाको अभिभावक उसका बाबु नभएर सुभद्रा हो। मेरा बाबु पूजाबाट बाहिर आइपुग्दा वातावरणमा सुभद्राको आधिपत्य देखेर स्तम्भित भए। निकै बेर पछि उनलाई देख्ने बित्तिकै सुभद्रा लाजले समेटिएको अभिनय गरेर हत्तपत्त घर भित्र पसी। धेरै बेरसम्म मेरा बाबुलाई नदेख्नु पनि उसको अभिनयकै एउटा भाग भए जस्तो मलाई लाग्यो। जानुभन्दा अगाडि बिस्तारै हामीले सुन्ने गरी मामालाई भनी – “त्यो अघिको कुरा त गाउँ घरमा सबैले जानेकै कुरा त हो नि।”

यसरी शंकास्पद तर छेउ न टुप्पाका कुरा सुनेर हामी सबै चकित भयौं तर बेहुलापट्टीका भने उसका कुराले पूर्णतः प्रभावित भएका देखिन्थे। कुनै पनि निर्णय लिनु पर्दा सुभद्राको सल्लाह खोजेको देखेर हाम्रा शंका झन् दरिला हुदै गए तर बिहेको कुरो छिन्न कुनै गाहारो भएन। मामाको वारेस भएर सुभद्राले कुरो छिनिदिई र बिहेगर्ने समयका अन्दाजी दिनहरू त्ाोकिदिई। बेहुलापट्टीका बिदा हुने बेलामा बेहुलाका बाबुले भनें – “ल है, भान्जी। यता पट्टीको कामचाहिं अब भान्जी कै जिम्मा भयो नि।” सुभद्राले मुस्कुराउँदै जवाफ दिई – “हुन्छ, मामा हुन्छ। तपाईहरूले सुतर्ैं लिनु पर्दैन। बिहे गर्न आउन भ्याउनु भएन भने पनि ‘बिहे गरेर बेहुली पठाई दे’ भन्नु भयो भने म दाइको वारेस भएर बिहे गरेर बेहुली पठाइदिउँला।”

उसको कुरा सुनेर बेहुला पट्टीका सबैजना हाँसे। हाम्रो तर्फ भने, विशेष गरेर मलाई, उसको त्यो भनाई विषमा चोभिएको तीरभन्दा कम भएन।

यसरी शंका उपशंकाहरूको बीचमा एउटा कार्य पूरा भयो। आमाले सुभद्राका प्रत्येक भनाइ र गराइलाई शंकोच, शंका र त्राशमा लिनु भयो भने बाले सुभद्रा प्रतिको सन्देहलाई अझ गहिरो पार्नुभयो। उसका मामासँग अरूले नसुन्ने गरी सुभद्राले गरेको खुसरपुसरले पनि शंकालाई अझ दरो बनाउने आधार दियो। केवल मेरी स्वास्नीले ऊप्रति कुनै शंका लिइन र राधाले पनि त्यसप्रति कुनै चासो देखाइन। सुभद्राको त्यो बेलाको व्यवहार हामीलाई शंकास्पद लाग्नुको कारण उसले गर्न सक्ने क्षतिको आभाषभन्दा आफूद्वरा गरिएका गल्ती या अपराधले गर्दा उब्जिएको आफ्नै मन भित्रको डर थियो। यदि वातावरण नै शंकास्पद भएको भए मेरो स्वास्नी या राधा पनि त सशंकित हुनु पर्ने थियो। तर जे होस, सुभद्राले आफूलाई जुन किसिमले प्रस्तुत गरी त्यसले हाम्रा पापी मनलाई प्रष्ट भयो कि उसले अनिष्ट गर्न सक्छे र समय आए पछि गर्छे पनि। सुभद्राले आफूहरूप्रति देखाएको निकटता, स्नेह र प्रेमले बेहुलाका बाबुलाई जित्यो र सुभद्राका प्रत्येक कुरा उनीलाई सत्य लाग्न थाल्यो। राधाको बिहेमा कुनै बाधा हुनु न हुनुमा सुभद्राको निर्णय अन्तिम हुने कुरामा हामीलाई सन्देह भएन। सुभद्रा बेहुली पट्टीभन्दा बेहुला पट्टीकी वारेस भएको कुरा निर्विवाद थियो।

राधाको बिहेको कुरो छिनिएको १०।१५ दिन पछाडि एक दिन बेलुका बाले मलाई बोलाई पठाउनु भयो। म बाको कोठा भित्र पस्दा बा र आमा मात्र हुनुहुन्थ्यो। म भित्र पसेर आमाको छेउमा गएर बसें। बा र आमा मात्र भएको बेला म जहिले पनि आमाको छेउमा नै बस्दथें। सानो केटाकेटी छँदा त म झन आमासँग टाँस्सिएर या आमाको पाखुरा नै समाएर बस्थें। केही नपाए आमाको फरियाको फुर्को त पक्कै हुन्थ्यो मेरो हातमा। यसो हुनुको मुख्य कारण बाको डरले म आमाको आश्रय लिने बानी परिसकेको थिएँ। उमेर पुगेपछि बाबुको कुनै डर नलागे पनि त्यो पूरानो बानी अझै छुटेको थिएन र आमाको फरियाको टुप्पो समाउन नसुहाए पनि आमाको छेउमा त बसिहाल्थें।

म्ा गएको एक छिन पछि बाले भन्नुभयो – “हैन, राधाको बिहे राम्रैसँग हुन् त पाउँछ?”

मैले अनायास यसरी प्र्रश्न आउनको कारण बुझ्न सकिनँ र सोधें – “किन? न होला जस्तो केही लक्षण देखापरेको छ र?”

ब्ााले आमातिर आँखा उठाएर जवाफ दिनुभयो – “हैन। त्यो सानीकाकी भन्ने आमासँग के के कुरा गर्थी रे।”

मैले आमाको मुखमा हेरें। आमाले म तिर नहेरी भन्नुभयो – “दुलाहा पट्टीका मंसिरमा नभ्याए फागुन सम्म गर्नु पर्छ नि बिहे भन्थे रे।”

“कुरो छिन्दा त मंसिरमा नै भनेर गएका हुन् नि” – मैले भनें।

“हो। भन्न त त्यसै भनेर उठेका थिए तर अहिले यस्तो कुरा ल्याउँछे। अनि अरू के भन्थी रे?” – बाले आमालाई सोध्नु भयो।

“‘कुरा पहिले यता चलिहाल्यो र मात्रै। नत्र योभन्दा गतिला ठाउँबाट पनि कुरा आएका थिए भन्थे’ भन्थीन्।” – आमाले भन्नुभयो।

“अरू ठाउँबाट कुरा आएको भए उतै गरे भइहाल्थ्यो नि त। किन हामी कहाँ आउनु पर्थ्यो?” – म अलि सन्किएँ।

“कस्तो कु्रा गर्छस तँ? अब अहिले आएर हामीले त्यसो भन्नु हुन्छ? केही गरे उनीहरूको कानमा पुग्यो भने छोरी बिकाउन पनि गाहारो हुन्छ। सुभद्राले कुरा लगाई भनें?” – आमाले मलाई सतर्क बनाउनु भयो।

“आमा। एउटा कुराचाहिं म कसै गरे पनि बुझ्दिनँ। आफ्ना छोरी बहिनी बिहे न गरिदेलान् भन्ने पीर भने हामीलाई छ तर एउटाकी छोरी बहिनीलाइृ अकारण नै हामीले छोडेको थियौ भन्ने चाहिं हामी किन बिर्सन्छौं? यदि त्यो हामीले त्यागेकी केटीले हामीसँग बदला लिने भावना राख्छे भने उसको प्रतिशोध लिने अधिकार छैन भनेर भन्न त हामीले सक्दैनौ। खालि हामीबाट गल्ती भयो भनेर ऊसँग माफी माग्न सक्छौं र यसबाट उसको चित्त बुझेर आफ्नो विचार बदल्न सक्छे। हामी जो गर्न सक्छौं त्योचाहिं गर्न चाहँदैनौं र गर्दैनौं अनि उसलाई के भन्ने?” – म अलि भावुक भएँ।

ब्ााले बिस्तारै भन्नुभयो – “मैले ऊसँग माफी माग्नु पर्ने। तैलें यसै भन्न खोजेको होइन?”

मैले पहिलेकै भावमा बिस्तारै भने – “हो, बा। आखिर हामीले हाम्री छोरी बहिनीको निम्ति आफ्नो बलिदान गर्न पनि सक्नु पर्छ। त्यसलाई एकपल्ट ‘गल्ती भयो’ भन्दैमा केही पनि बिग्रदैन।”

ब्ाा एकै चोटी पडकनु भयो – “बडो जान्ने भएर आएको छुसी? मैले माफी माग्नु पर्ने रे त्यो झ्याउ आईमाईसँग। त्यसका बाजेले २।४ पैसा कमाएर ल्याएकोले तिनको भाउ बढेको न हो। नत्र हाम्रा धन्सारबाट अन्न बेसाएर खान्थे। तिनीहरूको दाल भात हाम्रै बाजेले न चलाउन्जेल चलेको थिएन। अहिले आएर त्यत्रो धाक। मैले ऊसँग निहुरिनु पर्ने रे। यो जंगबीरेको टाउको त कसैको अगाडि निहुँरदैन। बुझस्?”

“त्यत्रो सबै कुरा थाहा पाउँदा पाउँदै पनि किन त्यही घरमा कुरो छिन्नु पर्थ्यो त? संसारमा अरू घर, अरू केटी थिएनन्?” – म पनि आवेशमा आएँ।

“बुद्धि बिग्रियो छिनें। मन लागेन बिहे गरिनँ। के कर थियो बिहे गर्नु पर्छ भन्ने?” – बूढा सन्किए।

“त्यत्रो जंगवीर भन्नेले बोलेको बचन पूरा गर्न सक्नु पर्थ्यो त। अहिले आफ्नी छोरीको बिहेमा चैं बाधा पो पर्छ कि भनेर आत्तिन सुहाउँछ? सबै आमा बाबुका छोरा छोरी त बराबरी नै होलान् नि?” – म पनि जंगवीरको छोरो नै भएर जवाफ दिएँ।

“आत्तिन्न। त्यति जाबोले आत्तिन्छु? जे पर्छ त्यही बेहोर्छु। कसैले केही लर्छान सक्दैन।” – बूढाको तुजुक घटेको थिएन।

ब्ााबु छोराको विवाद चर्किएको देखेर आमाले मैले जवाफ दिन नपाउँदै भन्नु भयो – “होइन, के भएको बाबु छोरालाई? झन् छोरी बहिनीको बिहे कसरी बिना बाधा सिध्याउने भनेर सल्लाह गर्न बोलाएको त सल्लाह गर्नु त कता हो कता त्यसै आफू आफू चर्काचर्की पो छ।”

आमाको भनाईले म सेलाएँ। शायद बूढा पनि सेलाए होलान्। त्यसैले मैले आमालाई लक्ष गरेर भनें – “भन्नोस् न त। मैले के गर्नु पर्यो?”

“जसरी भए पनि सुभद्रालाई थामथाम थुमथुम पार्नु पर्यो नि।” – आमाले जवाफ दिनु भयो।

“तपाईले पनि त सम्झाउने प्रयास गर्नु भयो होला नि?” – मैले फेरि प्रश्न गरें।

“भनें नि भन्न त। ‘बाबै। त्यस्तै बुद्धि भयो हाम्रो। बुद्धि बिग्रिए पछि राम्रो नराम्रो, असल खराब छुट्याउन जानिदो रहेनछ। अब हाम्रै कुलमा आयौ। राम्रो गर्नु पर्छ’ भनेर तर ऊ त ‘आ ! दिदी। मन त माटोको घैटों न हो। सग्लो हुन्जेल के के न हो जस्तो, एक चोट खाए पछि सय टुक्रा हुने। जोडनु पनि कति ठाउँमा?’ भन्छे।” – आमाले एकै सासमा भन्नु भयो।

“अनि सासूसँग चै के भएको नि उसको?” – बाको रिस मरिसकेको थियो।

“अस्ति सानीआमै भन्थिन् – ‘खै, यो बुहारीबाट मेरा छोरोको घर हुँदैन जस्तो छ’ भनेर। छोरो आमाकोभन्दा बुहारीको बढी आदर गर्छ रे।” – आमाले जवाफ दिनु भयो।

“स्वास्नीले भनेको कुरा छोरोले सुन्यो भनेर बुहारी डाही गरेर हुन्छ त अब? त्यही उसको कुरा सुनोस् भनेर त बुहारी ल्याएको। राँडी आइमाई छोरोलाई बुहारीकोभन्दा आफ्नो बढी ठान्छन् अनि कहाँबाट हुन्छ छोरोको घर?” – बाले स्वास्नीमानिसको दोष देखाउने मौका पाउनु भयो।

कुराको प्रसङ बदल्दै मैले भनें – “त्यसो भए सुभद्राले राधाको कुभलो गर्न सक्छे भन्ने पक्का लाग्छ तपाईलाई। होइन?

“गर्छे। पक्का गर्छे। तैलें देखि हालिस् नि। कुभलो नगर्ने भए नाता खोजी खोजी बेहुला पट्टीकालाई त्यसरी हात लिन्थी? आजकल त समाचार आउँदा पनि उसै मार्फत आउने गर्छ। झन् बिहेको साइत पर सार्ने कुरा त उसैले बनाएकी हो कि पो जस्तो लाग्छ।”

“हुन त, आमा, मलाई यी सब कुरामा विश्वास लाग्दैन तैपनि म तपाईको कुरालाई मानिदिन्छु। जे परे पनि राधाको निम्ति आफ्नो थाप्लोमा बेहोर्नै परेको छ। बाको जस्तो ‘जे पर्ला देखा जाएगा’ भन्ने आँट छैन मेरो। भोलि बहिनी रोएको देख्नुभन्दा त आजै दुःख झेल्नु जाती।” – मैले सान्त्वना दिएँ।

“न चाहिंदो काम त नगर् नि।” – आमा संशकित हुनु भयो।

“मलाई घमण्ड न भए पनि आफ्नो मर्यादाको सीमा त थाहा छ नि, आमा।” – मैले मुस्कुराएर जवाफ दिएँ।

तीजको दिन थियो। म बाहिर बसेर आमासँग गफ गरिरहेको थिएँ। त्यही बेला राधा आएर मलाई भनी – “दाजु। मलाई आज महादेवथान पुर्या इ दिनोस् न।”

“नन्द भाउजू जाओ न। मैले किन पुर्यााउनु पर्योआ?” – मैले जवाफ दिएँ।

“भाउजूले भएन र त तपाईलाई भनेकी नि।” – उसले नाक खुम्च्याएर भनी।

मैले आमा तिर हेरेर भनें – “आमा पनि त जाने होला।”

आमाले थाकेका स्वरले भन्नु भयो – “म जान सक्दिन, बाबु। यो सबै जिउ दुःखेको छ। त्यो दुई घण्टाको बाटो हिडें भने त थलै पर्छु। मेरो निम्ति त अब मनै नै गंगा।” – आमाले जवाफ दिनु भयो।

“तँ पनि अब त्यसो भए आमाको जस्तै गर न त। मन नै गंगा पारेर बस्।” – मैले मुस्कुराउँदै राधालाई भनें।

मेरो भनाइ सुनेर अँध्यारो मुख पारेर भनी – “एक दिन यसो पुर्यानइदिनोस् न त भन्यो भने पनि सँधै त्यस्तो।”

“पुर्यासइदेन त, बाबु। एक घण्टा जान एक घण्टा आउन कता एक्लै जाओस् त।” – आमाले उसको तर्फबाट वकालत गर्नु भयो। आमाको भनाइको विरोध मैले गर्न सकिनँ। “भरे त्यहाँ १० घण्टा लगाउन भने पाउँदिनस् नि। अहिले नै भनिदिएको छु।”

राधाले मेरो सहमति पाएर खुशी हुँदै भनी – “मिलिक्कै गर्छु मिलिक्कै क्या। कहिले न दश घण्टा लाए जस्तो।”

“थाहा छ तेरो बानी मलाई। अहिले भन्छेस् नै, पछि पञ्चमीका पाइला गन्न थाल्छेस्।” – मैले मायागर्दा उसलाई झोसें। ऊ हाँस्दै भित्र पसी।

हामी दाजुबहिनी निस्केर बाटो लागे पछि ‘म एक छिन है’ भनेर ऊ सुभद्राको घर भित्र पसी र एकै छिनमा सुभद्रालाई लिएर मलाई भेट्न आइपुगी। सुभद्रालाई देखेर मैले राधालाई भनें – “सुभद्रा पनि जाने रहिछन् त। मलाई किन कर गरेर त्यसै दुःख दिएकी?”

“मेरो साथी त यी सुभद्रा हुन्थिन् नै तर यी मसँग नजाने भएपछि तपाईलाई लिएर आउनु परेन मैले?” – राधाले हामी दुवैलाई मिठो व्यङय गरी।

सुभद्राले मैले नदेख्ने गरी राधालाई चिमोटेकीले राधा स्वाङ परोर कराई – “ए, दाजु। लौन नि मलाई मार्न लागी यसले। पोल लगाइदिएँ भनेर कस्तो खेदो गरेकी हँ यसले मेरो?” “न चाहिंदो कुरा गरे पछि तँलाई त मुक्याउनु पर्ने अझ।” – मैले आधा ठट्टा, आधा गम्भिर भएर भनें।

“लौ नि, कस्तो कुरा मिलेको दुईजनाको। तेल पानी एकै पीना बाहिर। दुईजना मिलेर यसोगर्ने हो भने त म त फर्कन्छु।” – राधाले उही ठट्टयौली पाराले भनी।

“अघि चैं जान्नँभन्दा आमालाई समेत मेरो पोल लाइस्। अब त जालिस् फर्केर? तँलाई चुल्ठोमा समाएर देऊताथान पुर्या उन नसके त” – मैले पनि ठट्टैमा जवाफ दिएँ।

“बोल् न तँ पनि। अघि चाहिं ं’एक्लै मरे जान्नँ’ भन्थी। अहिले चैं मेरो ओड लिन सक्दिनँ।” – राधाले सुभद्रातिर हेरेर झर्केको नक्कलगर्दा भनी।

“तँ बोलेकै छस् नि। मैले के बोल्नु पर्योस?” – सुभद्राले बिस्तारै जवाफ दिई।

“मसँग बोल् भनेको हो त?” – राधाले जवाफ लगाई।

“जोसँग बोले पनि बोले भएन?” – मैले सुभद्राको तर्फबाट उत्तर दिएँ।

ब्ााटा भरी राधा मात्रै बोल्दै गई र उसको विषय वस्तु हामी दुई जना नै भयौं। मैले कहिले कहीं विरोधमा आपत्ति जनाए पनि सुभद्राले केही पनि भनिन्। ऊ केवल सुनिरही, हिडिरही। मन्दिर पुग्न ५।७ मिनेटको बाटो बाँकी रहेपछि सुभद्रा बाटोको छेउको खुला ठाउँमा बसी र राधालाई हातको पूजासामान दिदैं भनी – “ला, राधा। यो पनि तैं लगेर चढाइदे।”

“किन? तँ नजानेर र?” – राधाले आश्चर्य मानेर सोधी।

“भइहाल्यो म जान्नँ। तैलें पुर्यााइदिए पनि उही कुरा त हो नि।” – सुभद्राले सरल जवाफ दिई।

“सन्चो भएन कि के हो तँलाई?”- राधा विस्मित भई।

“होइन। सन्चै छ। बरू तपाई राधाको साथी गइदिनोस्। म यहीं बसिरहन्छु।” – सुभद्राले मलाई आदेश दिई।

“भइहाल्यो। पर्दैन। म एक्लै जान्छु। अब त अलिकति त छ नि। तपाई पनि यहीं बसिराख्नोस्।” – राधाको आदेश झन दरो भयो।

म्ा अन्योलमा परें। एकातिर एउटी जाने आदेश दिइरहेकी थिर्ई, अर्को तिर अर्की बसिरहने। म यसरी ‘किं कर्तव्य बिमुढ’ भएको देखेर राधाले सम्झाई – “म त पुगेर आइहाल्छु नि। सुभद्रालाई केही हुन्छ कि भनेर पो बस्नोस् भनेकी।”

ऊ हिडी र उसको तर्कपूर्ण भनाई मान्न करै लागेर म पनि सुभद्राको चार हात जति पर बसें। एकछिन हामी दुवै जना नबोलेर बसे पछि उसले भनी – “तँपाई पनि दर्शन गरेर आउनु भएको भए हुन्थ्यो।”

मैले जवाफ दिएँ – “हुने थियो तर तिमी पनि त गए हुन्थ्यो।”

उसले चिउँडोलाई घुँडामा अड्याएर भनी – “म त के को निम्ति जाने? न मलाई आफ्नो निम्ति केही माग्नु छ, न कसैको निम्ति केही माग्नु छ। मलाई त भगवानप्रति पनि आस्था छैन।”

“तीज भन्छन्् सबै स्वास्नीमानिसहरू सबभन्दा ठुलो पर्व।” – मैले उसलाई उत्साहित गर्न खोजें।

“तीज त लोग्नेको निम्ति गरिने धर्म न हो, अखण्ड सौभाग्यको निम्ति गरिने धर्म। मेरो त सौभाग्य नै क्षत विक्षत छ र यो क्षत विक्षत सौभाग्यको अखण्डता मागेर के गरूँ?” “सुभद्रा। किन तिमी अझै वास्तविकतालाई स्वीकार गर्दिनौ?” – मैले सम्झाउन प्रयत्न गरें।

“कुन वास्तविकता? म भित्र भोगिने वास्तविकता कि दुनियाले मलाई भोगाउन खोजेको वास्तविकता?” – सुभद्राले टाउको उठाएर मलाई हेरेर सोधी।

“कहीं वास्तविकता पनि दुईवटा हुन्छन्? म त एउटै मात्र वास्तविकता भेटछु जहिले पनि।”

“हो म पनि एउटै भेटछु। फरक केवल यति मात्रै कि तपाईको वास्तविकता दुनियासँग मेल खान्छ, मेरो खाँदैन।”

“यदि तिमी देउताको दर्शन नगर्ने भए यति लामो बाटो किन आयैा त?” – मैले सुभद्रासँग तर्क गरिरहनु अनुपयु्क्त ठानेर प्रसङ बदलेर सोधें।

म्ोरो प्रश्नको उत्तर नदिएर उसले उठदै भनी – “हिड्नोस् तपाईलाई दर्शन गर्न मन भए म पनि जान्छु।”

ऊ मेरो जवाफ नफर्केर शुरूशुरू हिंडी। म पनि उसलाई एक्लै छोड्न नसकेर पछिपछि लागें।

१।२ मिनेट नबोली हिंडेपछि उसले पछाडि फर्केर सोधी – “मैले तपाईको इच्छा विरुद्ध त गरिनँ?”

मैले व्यङयात्मक मुस्कान ओठमा ल्याएर जवाफ दिएँ – “मेरो इच्छानुसार तिमीले कहिले गरेकी थियौै र अहिले त्यो प्रश्न उठ्यो?”

सुभद्राले विरक्त लाग्दो दृष्टिले मेरो अनुहार हेरी र मुख फर्काएर लुरुलुरु हिडी। आफ्नो भनाईले म आफैंलाई पनि पछुतो लाग्यो तर फुत्किइसकेको बोली फर्काउन सकिन्नथ्यो। सुभद्राले मेरो भनाइको विरोध गरेकी भए मलाई शायद आफ्नो भनाइ नमिठो लाग्ने थिएन होला।

मन्दिर सार्है् टाढा थिएन अब। सुभद्राले म तिर न हेरी सम्यमित स्वरमा भनी – “तपाई जाँदै गर्नोस्। म आउँछु।”

आईमाईको यस किसिमको भनाईमा खास कारण हुने भएकोले म स्वतः अघि बढन बाध्य भएँ।

मन्दिर पुगेको निकै बेरसम्म पनि सुभद्रा नआएकी र राधा पनि पूजाबाट ननिस्केकीले मलाई एकातिर डर लागिरहेको थियो भने अर्को तिर रिस पनि उठेको थियो। हुन् त राधाले सार्हैि धेरै समय लगाएकी त होइन तर मलाई आफूले कहीं भुल गरेको भानभएर पनि समय धेरै गए जस्तो लागेको थियो। त्यसमा पनि राधाले आएर भनी -‘सुभद्रा खै त?’ मानौं म सुभद्राको जिम्मेवार थिएँ र सुभद्राको अनुपस्थितिको कारण मैले नै प्रष्ट्याउन पर्थ्यो।

“खै, ‘जादै गर, म आउँछु’ भनेर अडेकी मान्छे अहिलेसम्म आएकी छैनन्।” – मैले आफूलाई पूर्ण निर्दोष साबित गर्न खोज्दै जवाफ दिएँ।

“झन् उति माथि ‘साथ न छोड्नोस् है’ भनेको त।” – राधाले झर्केर भनी र मलाई पर्खदै नपर्खी हतार हतार बाटो लागी। मलाई पनि उसको पछाडि लाग्न करै लाग्यो किनकि जति नै चित्त बुझे पनि दुई वटी स्वास्नीमानिसको जिम्मेवारी बोकेर गएको लोग्नेमानिसले बीच बाटोमा उनीहरूलाई छोड्न मिल्दैनथ्यो।

सुभद्रा मैले जहाँ छोडेर आएको थिएँ त्यही नै ठाउँमा घुँडामा टाउको अडयाएर बसिरहेकी थिर्ई। राधा दौडदै गएर उसको छेउमा बसेर केही कुरा भनी र उसको टाउको घुमाएर हेर्न खोजी। सुभद्राले त्यसको विरोध गरेको प्रष्ट देखिन्थ्यो।

ब्ााटाभरी सुभद्रा एक शब्द पनि बोलिन र बिना कुनै थकान र प्रयास ऊ एक चालले हिडिरही। छटपटे राधा पनि मौन नै बसी। बाटो छुिट्टने बेलामा पनि सुभद्रा राधासँग बिदा भइन र पछाडि न फर्की आफ्नो बाटो सुरु सुरु गई। राधा पनि नबोलेको देखेर मलाई अचम्म लाग्यो तर मुखले केही पनि भनिन्।

राधा आफ्नो कोठामा पसेको निकै बेर पछि म उसको कोठामा पसें। ऊ खाटमा एउटा घुँडो माथि राखेको पाखुरामा टाउको अडयाएर आँसु बगाइरहेकी थिर्ई। बहिनीलाई यसरी रोएको देखेर नजिकै गएर स्नेहवश भनें – “के भयो? किन रोएकी, राधा?”

म्ोरो स्वर सुनेर झस्कँदै उसले टाउको उठाएर मलाई हेरी र आँसुले भिजेको अनुहारलाई दुवै हातले छोपेर त्यही घुँडामा टाउको अडयाएर हिक्का लिंदै भनी – “दाजु। सुभद्रालाई त्यसरी अपमान गरेर रुवाउनुको साटो बरू मलाई मारेको भए वेश हुने थियो।”

सुभद्राका निम्ति राधाका मुखबाट निस्किएका यी वचन कम तीखा थिएनन्।

राधाको समेत मन दुःखने गरी मैले के गरें सो बुझ्न नसके पछि मलाई लाग्यो -‘या त मुर्ख छु या स्वास्नीमानिस बुझ्न नसिकने जीव हुन्।’

सुभद्रा र राधाका व्यवहारमा प्रष्ट परिवर्तनहरू देखा पर्न लागें। सुभद्रा आफ्नो घरभन्दा परतिर के भइरहेको छ, पटक्कै वास्ता गर्दिनथी। राधाको बिहेको कुरामा त उसले चासो पनि लिन छोडी। यसले गर्दा मेरी आमाको डर केही घटेको थियो र बाको चासो पनि केही मेटियो होला तर मेरो सोचाई सरल भएन। म त चाहन्थें-सुभद्रा सामान्य होओस् अरू स्वास्नीमानिस जस्तै र उसका रुने, हाँस्ने, खाने, बस्ने क्रियाकलापहरू सामान्य स्वास्नीमानिस जस्तै होउन्। उसको मसँग विरोधगर्ने अधिकार थियो र त्यो अधिकारको प्रयोग ऊ सँधै गरोस् भन्ने चाहना थियो मेरो तर ऊ भने न मेरो कुराको समर्थन नै गर्थी न विरोध नै। अब त ऊ मेरो मात्र होइन, कसैको पनि समर्थन या विरोध गर्दिनथी।

अर्को तिर राधा पनि सुभद्रा जस्तै गम्भिर भएकी थिर्ई। उनीहरू दुइवटी घण्टांै कोठा भित्र बस्न सक्दथे तर त्यो पनि एक अर्कासँग नबोलीकन, मानौ मौनता नै उनीहरूको भाषा हो। कहिले नबोलीकनै गट्टा खेलिरहन्थे एक्लै बगरमा ढुङा गुडाए झैं गट्टा गुडाएर। उनीहरूका मन आफ्ना आफ्ना तरंगहरूसँग कहीं उडीरहेका हुन्थे, खालि उनीहरूका हात आँखा त्यो खेलमा अल्मलिन्थे। उनीहरूको त्यो चाला देखेर एकदिन मैले मेरी स्वास्नीलाई सोधें – “आजकल किन हँ राधा त्यस्ती चुपचाप लाग्ने भएकी?”

“खै मलाई त राधा नानीको चाला निको लाग्दैन। उनलाई न खानको वास्ता छ, न सुत्नको। चुपचाप लागेर बस्छिन् टोलाए जस्तो गरेर। अस्ति त मलाई भन्दै थिइन् -भाउज्यु मैले बिहे न गरे पनि हुँदैन?” – प्रष्ट वक्ता मेरी स्वास्नीले भनी।

“के भनिस् त तैंले?” – मेरो उत्सुकता बढयो।

“आ, त्यस्तो पनि सोच्नु हुन्छ? अब बिहे गर्दिनभन्दा आमाबाबुको इज्जत जाँदैन? मैले त्यसोभन्दा त ‘खै त्यस्तो जाने इज्जत पो कोसँग छ र?’ भन्थिन्” – मेरी स्वास्नीले जवाफ दिई।

“उसलाई पनि सुभद्राको हावाले छोयो कि के हो?” – मैले कुरा उप्काएँ।

“सुभद्रा दिदी पनि राधा नानी जस्ती भएकी छन्। कसको रोग कसलाई सरेको हो कुन्नि?”

“किन भएका त तिनीहरू त्यस्ता?”

“खै कुन्नि किन हो? थाहा छैन।”

कसैले नभनी थाहा न हुने मेरी स्वास्नीलाई सोध्नु पनि व्यर्थ थियो तर आफू अन्योलमा परेकोले नै मभन्दा अझ अन्योल मेरी स्वास्नीलाई सोध्न पुगेको थिएँ म।

राधाको परिवर्तनले घरभरि सबैमा चिन्ता ल्याइदियो। बिहेको कुरो छिनिएकी उमेरदार छोरी यसरी एकाएक घोत्लिन थाले पछि आमाबाबु सबैलाई चिन्ता लाग्नु स्वाभाविक पनि थियो। आमा राधाको चिन्ताको कारण मसँग सोध्नु हुन्थ्यो। शायद बा आमासँग सोध्नु हुन्थ्यो होला। राधासँग झ्वाट्ट गएर ‘तँ किन यस्ती भएकी?’ भन्न पनि मिल्दैनथ्यो। त्यस्तै एक दिन घुमाई फिराई सोध्ने बीचारले कोठामा एक्लै धुम्धुम्ती बसिरहेकी राधालाई सोधें – “सन्चो भएन कि के हो राधा, तँलाई?”

एक पल्ट टाउको उठाएर मेरो मुखमा हेरेर फेरि परतिर आँखा लगाएर भनी – “होइन, सन्चै छ।”

“सन्चै भए मुख किन यस्तो निन्याउरो त?”

“यस्तै त हो नि सँधै। कहाँ निन्याउरो छ र?” – उसले हाँस्ने असफल प्रयास गरी।

“अँ, तैले भनेर हुन्छ? तँलाई मैले आजै मात्रै देखे जस्तो नगर न। केही त भयो तँलाई। के भयो भन् त?”

राधाले मेरो अनुहार हेर्दै भनी – “दाजु। मैले यो बिहे न गर्दा हुन्न?”

म्ा छक्क परेर सोधें – “किन के भयो र? यो बिहे गर्न तँलाई किन मन छैन?”

उसले एकछिन चुप लागेर भनी – “किन हो कुन्नि यो बिहेमा मलाई के के नमिले जस्तो लाग्छ।”

“कसैले तँलाई केही भन्यो?” – म चिन्तित भएँ।

“भन्न त कसैले केही भनेको छैन तर जब मेरो बिहेको कुरो छिनियो यो घरमा अन्धकार पसे जस्तो लाग्छ। आमा बिहेको कुरा उप्काउने बित्तिकै आत्तिनु हुन्छ, मानौं केही नराम्रो हुन् गइरहेको छ। बाको निर्णय पनि पहिले जस्तो दरिलो छैन। तपाई नै पनि पहिलो जस्तो खै कहाँ हुनुहुन्छ र?”

“तैलें देखेको कुरा ठीकै हो, राधा। यहाँ सबै डराउनुमा कारण छ। यहाँ सबैलाई आफ्नो अतितले तर्साइरहेको छ। बाआमालाई पनि, मलाई पनि। हामी सबैको मनमा केवल एउटै डर छ – कहीं तेरो बिहे भताभुङ नहोस्। सुभद्राले हामीले जानी नजानी गरेको गल्ती सम्झेर प्रतिशोध लिने भावना लिई भने यो बिहे भताभुङ हुन् सक्छ भन्ने डरले आमा डराउनु, बामा संयम नहुनु र मैले पीर लिनु पनि स्वाभाविक होइन र?”

“तर सुभद्राले त्यसो गर्छे भनेर किन ठान्नु हुन्छ तपाईहरू?” – राधाले विस्मित भएर सोधी।

“पहिलो त ऊ प्रतिशोध लिने अधिकार भएको दावी गर्छे, दोश्रो ऊसँग बदला लिन सक्ने क्षमता छ र तेश्रो प्रतिशोध लिन्न भनेर उसले कहिले पनि भनेकी छैन।”

“उसले लिन्छु भनेर भनेकी पनि त छैन होला नि?”

“त्यो त भनेकी छैन तर उसको दावी, उसको क्षमता हेर्दा लिन्न भन्ने आधार पनि त छैन।”

राधाले कठोर स्वरमा भनी – “त्यो व्यर्थको चिन्तामा नपर्नोस् तपाईहरू। तपाईहरू त कसै माथि अन्याय पनि गर्न सक्नु हुन्छ र आफ्नो मनमा डर उब्जाएर उसैमाथि पाप चिताउन पनि सक्नु हुन्छ। सुभद्रा म माथि बदला लिएर के पाउँछे?”

“मनको सन्तोष।” – मैले प्रष्ट भनें।

“यस्तो मनको सन्तोषको निम्ति कामगर्ने भए सुभद्राका हजार बाटा थिए र उसलाई सबभन्दा ठुलो सन्तोष कहिले र कहाँ हुन्छ तपाई बुझ्नसक्नु हुन्न। तपाईहरू विशेष गरेर तपाईले, सुभद्रालाई चिन्न सक्नु भएको छैन र सक्नु हुन्न। जसले उसको छाती भित्र पसेर च्याउन सक्दैन उसले के बुझ्छ उसलाई? एक मन त मलाई लाग्छ तपाईसँग उसको बिहे नभएर राम्रै भयो कि? तपाईसँग बिहे भएर तपाईले उसलाई नचिनेको भए आजभन्दा पनि बढी दुखि हुने थिर्ई कि ऊ?”

“तँलाई विश्वास छ उसले केही गर्दिन भनेर?” – मैले मेरो शंका अझै पनि हटाउन सकिनँ।

“उसले मेरो हानी गर्न सक्छे भन्ने त म सोच्न पनि सक्दिनँ। बरू मलाई केही हुन् लाग्यो भने उसले मलाई मेरी आमालेभन्दा बढी जोगाउने छ।” – राधाको स्वर त्यस्तै दृढ र कठोर थियो।

मैले केही बोलिनँ। म नबोलेको देखेर उसले थपी।

“सुभद्राप्रति अन्याय त पहिले पनि भएको थियो र आज पनि अन्याय भइरहेको छ तैपनि ऊ चुपचाप सहन्छे। उसकी सासू तपाईको अगाडि बदनामीको गाथा गाउँर उसको छातीमा सियो रोप्छिन्। उसका आमा र बाबु उसलाई सहानुभूति र माया दिनुको साटो उसलाई कुहिएर झरेको औंला सरह ठान्छन्। हाम्री आमा उलाई बुहारीकी सौता र छोरीको शत्रु ठानेर व्यवहार गर्नुहुन्छ। हाम्रा बा उसलाई कुनै अस्तित्व न भएको जीव ठानेर हेला गर्नुहुन्छ। सानोकाकाका मामा उसलाई ‘पतिता’ देख्छन् र तपाई पनि उसलाई नगण्य व्यक्ति मानेर उसको अपमान गर्नुहुन्छ। यिनै होइनन् सुभद्राका वरपरका मान्छेहरू? यिनै मानिसहरूको बीचमा बसेर बाँच्नु पर्ने बाध्यता होइन सुभद्राको?”

“धेरै त उसले सिर्जना गरेका बाध्यताहरू हुन् यिनीहरू।”

“होइनन्, पटक्कै होइनन्। यी सबै तपाईहरूले उसलाई थोपरिदिएका यथार्थहरू हुन्। सुभद्राभन्दा अरू कोही स्वास्नीमानिस भएको भए कि कसैको हत्यागर्ने थिर्ई कि आफैं आत्महत्या गरेर मर्ने थिर्ई तर सुभद्राले आफैं भित्र समेटेर राखेकी छ आफ्ना व्यथाहरू। तपाई आफ्नी बहिनीको त माया गर्नु हुन्छ तर अर्काकी बहिनीको छातीको आगो देख्न सक्नु हुन्न। त्यसैले तपाईलाई निर्ममभन्दा दोष लाग्दैन।” – राधाको स्वरमा साँच्चै नमिठो कटुता थियो।

“मैले के गर्न सक्छु र माया र सहानुभूति भए नै पनि?” – मैले आफ्नो असमर्थता प्रकट गरें।

“माया र स्नेह भए धेरै कुरा गर्न सकिन्छ। केही गर्न सकिन्न भने त जिम्मेवारीबाट उम्कने बहाना मात्र हो। माया र स्नेहको लािग अर्को बाटो चाहिन्न। स्वयम् माया र स्नेह नै एउटा बाटो हो, एउटा माध्यम हो। तपाई त व्यवहारिकता भन्दै उम्कने सिद्धान्त रोज्नु हुन्छ। एउटी नारीको अपमान गर्नु हुन्छ र मैले केही गरेको छैन भनेर आफूलाई साँखिलो बनाउन पनि सक्नु हुन्छ। तपाईहरूको इज्जत यति नै हो। यदि तपाईहरूको हेराइमा नारीका आत्माको कुनै मोल छैन भने तपाईहरूको इज्जत धान्न म किन बिहे गरूँ? जानोस् बाआमालाई भनी दिनोस्-म बिहे गर्न चाहन्नँ। एउटी सुभद्रा भएर बाँच्न सक्छे भने अर्की राधा भएर पनि बाँच्न सक्छे। मेरो निम्ति पनि कसैको घरमा सानोकाका न जन्मेको भए अझै जन्मन सक्छ।”

“राधा के भनेकी तैलें?” – म निस्सासिएँ।

तर राधाले मेरो भनाइको वास्तै नगरेर भन्दै गई – “लोग्नेमानिसको लागि हामी सबै रति हौं – बालक प्रद्युम्नलाई हुर्काएर लोग्ने बनाउन बाध्य भएका रति। हाम्रो चाहनाको प्रद्युम्न त या हाम्रो छाती भित्रै जन्मेर, हुर्केर तन्नेरी हुन्छ या मेटिन न सक्ने घाउ बनेर बस्छ तपाई सुभद्राको छातीमा बसे जस्तै र तपाईहरूका वास्तविकताले दिएका प्रद्युम्नहरू त्ा या त्यो घरमा हुर्काएर पर्खनु पर्छ-सुभद्राले सानोकाकालाई पर्खे जस्तै या सानीहजुरआमाले हजुरबाको स्मृति पाले जस्तै पाल्नु पर्छ। यहाँका सुभद्रा, राधा, भाउज्यु, सानीहजुरआमा यी नाम मात्र फरकका स्वास्नीमानिसहरू हुन्, र जीवन, सानोकाका या अरू कोही भन्नोस्, सबै लोग्नेमानिस सुखका होइनन्, स्वास्नीमानिसका दुःखका प्रद्युम्नहरू हुन्।”

“तैलें दुनियादारी बुझेकै छैनस् राधा। जुन कामले आफू र स्वयम् आफूले माया गरेकाहरू सबैलाई नोक्सान हुन्छ, त्यो काम गरेर थुकाइ माग्नु किन।” – मैले उसलाई सम्झाउन खोज्दै भनें।

“यही भावनाले त तपाईहरू मानिसभन्दा पर हुनुहुन्छ। तपाईहरू आफूलाई देवताको दर्जामा उकाल्न खोज्नुहुन्छ – सबैको सुख र भलो चाहने देवता। तपाईको मुखबाट त कसैको निम्ति कुवाक्य पनि निस्कन सक्दैन र गल्ती हुनबाट सँधै जोगिन चाहनु हुन्छ तर त्यो धर्मको निम्ति सँधै नै पापमा पर्नु हुन्छ – एक धर्मको निम्ति हजार पाप, एउटा किरा जोगाउने भ्रममा हजार कमिलाको हत्या अनि त्यो पापको अंशियार हामी स्वास्नीमानिसलाई बनाउनु हुन्छ। हामी त फगत बगरमा फालिएका ढुंगा हौ। सिन्दुर धसेर थानमा राखिदिए देवी बन्छौं, सिलौटो माथि गुडाउने लोहोरो बन्दा नोकर्नी या दासी हुन्छौं, घरको जगमा हालेर राखे घर धानेर बस्ने आमा बन्छौं। तपाई जस्ता लोग्नेमानिसहरूको दृष्टिमा हामी केवल ढुंगा हौ जहाँ राखिदिए पनि हुने। हाम्रो भाग्यको फैसला आफ्नो आत्माभिमान पूर्तिको लागि, आफ्नो सन्तोषको लागि गर्नुहुन्छ र तपाईहरू त्यसको नाम व्यवहारिकता र दुनियादारी राखिदिनुहुन्छ। अहिले कै कुरालाई लिनोस् त, के तपाईले मेरो हुनेवाला लोग्नेलाई राम्ररी चिन्नु भएको छ?”

“राम्ररी त चिनेको छैन मैले देखेकोसम्म हुँ तर बाले त चिन्नु देख्नु भएको छ नि।”

“देख्नु, भेट्नु र चिन्नु पर्ने त मैले थियो। मैले नभए पनि मेरो समकालिन तपाईले देखे चिनेको भए ‘उ कस्तो?’ भनेर तपाई मेरो सोचाइमा व्याख्या गर्न सक्नु हुन्थ्यो। एक पुस्ता अगाडि जन्मनु र हुर्कनु भएको हाम्रा बाले राम्रो ठानेको मेरो हुनेवाला बेहुलो मेरो आर्दश अनुरूप नै हुन्छ भन्ने के छ र? यसको अर्थ यही हुन्छ – म मेरो जीवनलाई ५०।५० को जुवामा राख्दै छु। म भोलि सुभद्रा जस्ती पनि हुन् सक्छु या मेरी भाउज्यु जस्ती पनि। एउटीलाई अस्वीकार्य विवाह बन्धनमा राखिएको छ, अर्कीले स्वीकार गरेर पनि त्यसलाई आफूमा समावेश गर्न सकेकी छैन। यस्तै होइनन् नारीका रूप?”

“तँ के चाहन्छेस् त्यसो भए?” – मैले लाचार भएर सोधें।

“म भोलिकी सुभद्रा हुनुभन्दा आजकी राधा हुन् चाहन्छु तर यो केवल मेरो चाहना मात्रै हो किनकि कुनै पनि नारीको चाहना चाहनाभन्दा पर कहिले पनि पुगेको छैन र मेरो पनि पुग्ने छैन।”

“मैले त केही गरिदिन सक्छु होला नि तेरो लागि?”

“तपाई जस्तो आफ्नो छाला जोगाउने मानिस अरू कोही देखेको छैन मैले अनि तपाई के गर्न सक्नु हुन्छ मेरो लागि?” – राधाले कठोर भएर जवाफ दिई।

आफ्नै बहिनीद्वारा लाञ्छित र अपमानित भएकोले म आहत भएँ।

राधाको बिहे प्रतिको अनिच्छा घर भरि सबैलाई थाहा भइसकेको थियो तर कुरा घरबाट बाहिर निस्कला भनेर आमा डरले ‘त्राही, त्राही’ हुनुहुन्थ्यो। वहाँले कति पल्ट मेरी स्वास्नीलाई ‘घरको कुरा बाहिर न गर्नु नि’ भनेर सम्झाउनु भयो। राधालाई पनि धेरै सम्झाउनु भयो तर ऊ न सकारात्मक उत्तर दिन्थी, न नकारात्मक। अन्त्यमा आमालाई भनी – “बिहे त मेरो हुने होइन र?”

आमा भन्नुहुन्थ्यो – “यो सुभद्राका संगतको दुस्प्रभाव हो। बा भन्नुहुन्थ्यो-‘छोरीलाई बुई चडाएपछि यस्तै हुन्छ।’ मेरी स्वास्नीको राय हुन्थ्यो – ‘नानीलाई घर केटो मन परेको छैन क्यारे।’ म कुनै धारणा निश्चित गर्न सकिरहेको थिईनँ। जुन कुरा सुभद्राले गराउली भन्ने हामीलाई डर थियो त्यही कुरा आफै हुन् लागेको देखेर हामी रनभुल्लमा पर्यौंी। यसलाई कसरी, कहाँबाट सम्भाल्ने भन्ने नजानेर म साँच्चै एकदिन सुभद्राको शरणमा परें।

सुभद्रा आँगनमा बसेर अचारको लागि काक्रो काटदै थिर्ई। म पनि ऊभन्दा २।४ हात परै ढुंगोमा बसें। सुभद्रा आफू बसेको पीरा दिन खोजी तर मैले अस्वीकारगर्दा भनें – “भइहाल्यो पर्दैन। म धेरै बेर बस्दिनँ।”

सुभद्रा केही पनि बोलिन। ऊ तन्मयता साथ काँक्रा टुक्रयाउँदै गई। मैले आफैं बोल्नु पर्ने बुझेर उसलाई भनें – “राधा बिहे गर्दिन भन्छे।”

आश्चर्य मानेर उसले काम गर्दा गर्दैका हात टक्क रोकेर नपत्याए झैं मलाई हेरी र सोधी – “किन नगर्ने रे?”

“किन नगर्ने भन्ने उसको भनाईबाट प्रष्ट छैन। आकाश पातालका कुरा ल्याएर बिहेसँग गाँस्छे।”

“घर केटोमा केही दोष देखाई कि?” – उसले तैपनि मलाई विश्वास गरिन।

“कुरा त्यस्तो प्रष्ट भएको भए त एउटा समाधानको बाटो निस्कन्थ्यो होला नि। उसको भनाई त हामी लोग्नेमानिस नारी जातिलाइृ नै अन्याय र अपमान गछर्ौं र ऊ आफूलाई त्यही अन्यायको भाग सम्झन्छें।”

“राधाले त्यस्तो भावुक हुनुपर्ने कारण केही पनि देख्दिन म त।”

“मैले बुझेसम्म यसको कारण मैले तिम्रो अपमान गरें भन्ने धारणा हो जस्तो मलाई लाग्छ।”

“अपमान? त्यो पनि मेरो? उसले त्यस्तो अनुभव गर्नु आवश्यक थिएन। मेरो त कसले, कहिले मान गरेको थियो र अपमान हुने?”

सुभद्राका मुखबाट ‘तैले पनि मेरो अपमान गर्न बाँकी राखेको छैनस्’ भन्ने आशयको कथन सुनेर अवाक् भएँ। सुभद्राको दृष्टिमा आफू तल झरेको देखिनु मेरो निम्ति सानो चोट थिएन र त्यसमाथि राधाको भनाई सुभद्राको कथनको साक्षी बनेर बसेको थियो। दुईवटी नारीहरूले मलाई निर्मम त पहिले नै भनी सकेका थिए भने अहिले त निर्दयी र नारी अपमान गर्न सक्ने बीचको पिङ्तमा उभ्याई दिऊ।

“सुभद्रा ! मलाई त मैले तिम्रो अपमान गरे जस्तो लाग्दैन तर तिमीलाई त्यस्तो कहीं लाग्यो भने मैले चाहेर वा जानेर गरेको होइन। यो कुरा विश्वास गर।”

“मलाई त तपाईप्रति अविश्वास कहिले पनि थिएन र छैन। त्यसैले तपाईले मसँग माफी माग्ने आवश्यकता नै छैन। तपाई त शालिग्राम जस्तै पवित्र लाग्छ मलाई र तपाईबाट जो हुन् जान्छ त्यो मप्रति या अरू कुनैप्रति दुर्भावना भएर होइन बरू पुरै निर्भावना भएर हो। जसरी तपाई कसैको कुभलो चिताउन सक्नुहुन्न त्यसरी नै कसैको भलो पनि गर्नसक्नुहुन्न। तपाईको सद्गुण या दुर्गुण जे भने पनि यही नै हो र मलाई सबभन्दा ठुलो पीर यसैमा छ।”

“तिमी आफ्नो निम्ति पीर नगरेर किन मेरो पीर लिन्छ्यौ?”

“मैले के गर्नु पर्ने हो? मलाई थाहा छ। म कसरी कहाँ पुग्छु? मेरो बाटो पनि निश्चित छ तर तपाईलाई एकछिन पछि के गर्नु पर्ने हो? त्योसम्म पनि थाहा छैन। लामो भविष्यको त कुरै छोडिदिउँ्क। आफ्नै बहिनी र आफ्नै स्वास्नीले पनि के सोचिरहेका छन् भन्ने तपाई अन्दाज गर्न सक्नु हुन्न भने तपाई कस्तो दाजु, कस्तो लोग्ने हुनुहुन्छ? हुन् त राधाले मलाई पनि केही भनेकी छैन तर मौनताको पनि भाषा हुन्छ र त्यही मौनता पढदा उसको बदलिएको व्यवहार उसको आत्माग्लानीको पऋणाम हो भन्ने ठान्दछु। आत्मग्लानी पनि कसरी नहोस् जब उसको ह्दयले सर्वशक्तिमान र सर्वद्रष्टा ठानेको उसको दाजुको व्यवहारमा उसले नार्मदीपन र अनिश्चयता देख्दछे। उसका आँखामा उसको दाजुको सँगसँगै उसका समकालिन सबै लोग्नेमानिसप्रति सम्म ान सेलाएर जान्छ, उनीहरूप्रति अविश्वास बढ्छ। जब सम्म तपाई आफै परिस्थितिमा आफ्नो प्रभुत्व देखाउनु हुन्न तबसम्म त्यो आत्मग्लानी त उसमा भइ नै रहन्छ। मैले उसको हुनेवाला बेहुलोलाई देखेकी, जानेकी त छैन तर यदि उसमा निर्णायक प्रभुत्वका विशेष गुण भएनन् भने त उसको लागि पनि विवाह मेरो विवाहभन्दा केही फरक पर्ने छैन।”

“के बिहेलाई राधाले यसरी नै हेरेकी छ त?”

“उसले कसरी हेरेकी छ? त्यो त भन्न सक्दिनँ किनकि बिहेबारे हाम्रा कुरा पनि भएका छैनन्। मैले जे भने त्यो त राधाको स्वभाव, उसको सोचाइ र तपाईप्रति उसको आस्था र विश्वासको आधारमा अन्दाज गरेकी मात्र हुँ। राधाले मेरो जस्तो विपरीत स्थिति भोगेकी छैन र समय र दुर्भाग्यले उसलाई सबै कुरा सहन सक्ने पाइन पनि चढाएको छैन। ऊ त काँचो माटोको पुतली जस्तै छ -एकै आघातले कच्याक कुचुक हुन् सक्ने। त्यसैले म तपाईलाई राधाकै निम्ति पनि निर्णायक बनेर निस्कनोस् भनेर भन्छु।”

“कहाँ निर्णायक हुन् सकिनँ म?”

“आफ्नै जीवनमा। जब मानिस आफ्नै जिन्दगीको निर्णायक हुन् सक्दैन उसले अरूलाई दिएको सल्लाह र निर्णयहरूमा कसले विश्वास गर्छ र? कसले सुन्छ तपाईको सल्लाह? कसले मान्छ तपाईको निर्णय? मानिसको व्यक्तित्व त स्वयम् ऊ आफैले निमार्ण गर्दछ। अरू त केवल त्यो व्यक्तित्वमा फुलबुट्टा भरिदिने मात्र हुन्। तपाईका कदमहरू त्ा केवल प्रकृति-स्वभाव बग्ने कार्यहरू भएका छन्।”

“सुभद्रा। तिमीसँग मेरो बिहे भएको भए शायद तिमी मेरो मार्गदर्शक हुने थियौै होला।”

“भएन। त्यहीं नै एउटा कथा टुगिंयो। फेरि भयो, त्यहीं अर्को कथाको थालनी भयो। तर पहिलेको नहुनु र पछिको हुनुको अन्तर भने विशाल भएर निस्कियो। कसैको लागि पनि म ग्राह््य भइनँ, तपाइको लागिसम्म पनि। म त समाजको लागि अनपेक्षित र उपेक्षित भएँ र सुख दुःखका संगममा नै मेरो अन्त्य भयो। त्यसपछि त न सुख आयो, न दुःख। अरूले ममा देखेको सुख र दुःख त त्यो संगमको भुँमरीमा देखिएका सुखदुःखका दाँजामा नगण्य भए। जिन्दगीको त्यही संगम नै मेरा आँसु, मुस्कान र सम्झनाको अन्तिम थलो हो र आज जो मुस्कान आउँछ, आँसु आउँछ त्यो त त्यही अतितबाट उप्किएर आएको सानो चोइटो मात्रै हो। त्यसैले तपाई ममा भर गर्नु खोज्नु हुन्छ भने तपाई पनि त्यही भुँवरीमा डुब्नु हुनेछ।”

“तर, सुभद्रा ! घटनाहरू र प्रत्येकका कार्यहरू मलाई त्यही भुँमरीमा धकेली रहेको आभाष हुन्छ र तिमीबाट टाढा जान खोज्ने मेरा प्रयास निष्फल भइरहेका छन्। योभन्दा पनि आश्चर्य त अर्को छ कि मेरा यी सच्चा प्रयासहरूलाई मेरा आफन्तहरूले पनि ढोंग मान्न थालेका छन्। एकातिर तिमी भन्छ्यौ म निर्णायक छैन। अर्को तिर म जो गरिरहेको छु त्यसमा कसैलाई पनि विश्वास छैन। मेरो भित्री हृदयले गरिएका काममा पनि कसैले विश्वास नगरे पछि म कसरी निर्णायक बनूँ?”

“मानिसको गराइलाई भनाइले डोर्यालउँदैन, सोचाइ र चिन्तनले डोर्याँउँछ र सोचाइ र चिन्तन ऊ भित्र भएको आत्मबलमा भर पर्छन्। जब तपाई आफंर ‘हो वा होइन’ को दायरा निश्चित गर्न नसकेर दोधारमा पर्नु हुन्छ अरूले विश्वास गरेनन् भनेर के आश्चर्य? तपाई नैतिकहिन बनेर पनि आफ्नो सिद्धान्तमा अडिग रहनु भयो भने तपाईले नैतिकहीन कै रूपमा पनि सम्म ान पाउनु हुनेछ। मानिसबाट सम्म ान पाउन तपाईको सोचाईसँग उनीहरूको सोचाई मिल्नु पर्छ भन्ने केही छैन। सम्म ान मानिसको आत्मबल र सो आत्मबलद्वारा निर्णायक भएर उभिन सक्ने क्षमताले पाउँछ र कसैको गराइमा विश्वास दिलाउने नै यही व्यक्ति प्रतिको सम्म ान हो।”

“ल भन त मैले के गर्नु पर्छ?”

“के गर्नु पर्ने र पर्छ भन्ने निर्णय तपाई गर्नोस्। त्यो निर्णय ठीक हो कि बेठीक भन्ने रायसम्म अर्कोले दिन सक्छ र राय मान्नु न मान्नु पनि तपाईको आफ्नो खुशीको कुरा हो।”

“सुभद्रा ! यहाँ त विरोधाभाषका कुरा भए। निर्णायक भएन भन्नु तर गरेको निर्णयलाई स्वीकार नगरिदिनु, एकातिरबाट आरोप आउनु, अर्को तिर ठीक यसको विपरीत कुराबाट आरोपित हुनु। एउटै मानिसले यी सबै कुराको समाधान कसरी गर्न सक्छ?”

“नसक्नु नामर्दीपना हो, सक्नु पुरुषार्थ। समय र घटनाले जता लत्यायो उतै ढल्कने हो भने त सिमको किलो र लोग्नेमानिसमा के अन्तर भयो र? जीवनका अन्तरविरोधहरूको सामना गरेर चित्त बुझ्दो समाधान दिनु पो वयस्कता हो। एक न एक किसिमको समाधान त तपाईको सानोकाकाले पनि दिन सक्छ।”

“सानोकाकाको यहाँ के मतलब?”

“उसले प्रत्येक व्यक्तिको सहानुभूति पाएको छ भलै माया थोरैले गरुन्। उसलाई पीडित भनिनेछ अरू २।४ वर्ष वयस्क नभएसम्म। त्यसपछि त उसलाई पनि लाछी भन्न थालिने छ यदि उसले आफ्नो जीवनमार्ग निश्चित गर्न सकेन भने। तपाईलाई त त्यो समय कसैले पनि दिंदैन। तपाईले त आज, अहिले नै आफ्नो मार्ग निश्चित गरेर आफ्नो परिवारलाई पनि समेटेर लिएर जान सक्नु पर्छ, त्यो पनि आत्मसम्म ान नगुमाइकन, आफ्नो पौरुष मर्यादा कायम राखेर।”

“तिमी नि तिमी? तिमी के गर्छ्यौ?”

“म त आँङबाट फालिएको जुम्रो दैव संयोग तपाईको खास्टोमा फेरि अल्झन आइपुगें। तपाईको आङमा टाँसिन नसक्ने स्थितिमा त म छँदैछु भने झन् त्यो मोहको खाष्टोमा त कति दिन अल्झन सकुँल र ा, त्यो पनि शंकास्पद छ। तपाईले त्यो खाष्टो फालिदिए लण्ठै सिद्धिन्छ अथवा समाजले टिपेर मिल्काई दिन पनि सक्छ। मलाई पो माया छ त त्यसको, अरूलाई हुनु पर्छ भन्ने त केही छैन नि।”

“आफूलाई त्यति तल झारेर कुरा गर्नुपर्ने आवश्यकता छैन तिमीलाई।”

“भएको कुरा भन्न लाज मान्नु पर्ने आवश्यकता छैन मलाई – त्यो पनि तपाईसँग। जब म तपाईको एउटा अंङ बन्न सकिनँ तब मेरो सम्बन्ध तपाईसँग एउटा परजीविकोभन्दा अर्को के पो हुन् सक्छ र? यसोभन्दा मलाई चोट नलाग्ने होइन तर आफूलाई दुःख लाग्छ भन्दैमा वास्तविकता बिर्सन सकिन्न। भै हाल्यो, छोडिदिउँ्क यी कुरा। मैले जो व्यक्त गरें त्यो ठीक नहुन पनि सक्छ। ठीक बेठीक त तपाई आफैं निर्णय गर्न सक्नु हुन्छ र गर्नोस् पनि।”

सुभद्राले मलाई छुट्टी दिई दिन भरी पाठ घोकाएर गुरुले बेलुका बालकलाई छुट्टी दिऊ जस्तै। फरक केवल यति थियो कि पाठको अन्त्यमा उसले मलाई एउटा मान्यजनको मयार्दा दिएर आफ्नो नम्रतालाई कायम राखी जो एउटा बालकको गुरुले गर्न आवश्यक पर्दैन। म पनि त्यो बालक जस्तै घोकाईको पाठलाई आफ्नो टाउकोमा खाँदेर आफ्नो घर तिर लागें।

सुभद्राले के भन्न खोजेकी थिई र मैले त्यो बुझें या बुझनँ केही भन्न सक्दिनँ तर हाम्रो घरको वातावरणमा केही परिवर्तन आयो। राधा अब प्रष्ट विद्रोह गर्न छोडी। या त उसले यथास्थितिलाई आफै स्वीकार गरी या सुभद्राले उसलाई चित्त बुझ्ने गरी सम्झाई या दुवै भएको हुन् सक्थ्यो। आमाले एकदिन फेरि सुभद्राका डरका कुरा उठाउनु भएको थियो र मलाई जवाफ दिन कर लाग्यो – “आमा। सुभद्राले केही गर्नेभन्दा पनि तपाईलाई उसको भूतले तर्साएको जस्तो छ। उसले बदला लिने भावना लिएकी भए जो लिनु पर्ने लिइसकी। बाले उसको सामु प्रत्यक्ष गएर कुरा गर्न नसक्नु, तपाईले आफ्नी छोरी सरहकी मान्छेसँग डराउनु के यी बदलाका प्रमाण भइसकेनन् र? सानीहजुरआमालाई नै हेर्नोस् न। आजकल घरभन्दा माइत धेरै बस्न थाल्नु भयो। आखिर बुहारी कै प्रभावले किचिएर होइन? राधाप्रति उसको कुनै द्वेष छैन, उसले राधाको कुभलो गर्नुपर्ने कारण छैन र तपाईहरू र मेरो कारणले ऊ राधाको कुभलो गर्दिन, बरू भलै गर्छे। त्यति मलाई विश्वास छ।”

या आमालाई मेरो कुरामा विश्वास लाग्यो या हुर्केका छोराको कुरा काटनु सक्नु भएन। त्यसैले भन्नु भयो – “तँलाई त्यस्तो लाग्छ भने त ठीकै छ नि।”

केही दिन पछाडिको कुरा हो। म पल्लो गाउँबाट फर्कदै थिएँ। साँझ टरेर रात पनि परिसकेको थियो तर टहटह जुन लागेकोले ढिलै भए पनि घर फर्कन लागेको थिएँ, अन्यथा समयको हिसाबले पल्लै गाउँमा बास बसे पनि हुने थियो। त्यसमा पनि सँधै बराबर हिडिरहेको बाटो भएकोले मलाई घर फर्कन कुनै गाहारो लागेन।

म आफ्नै सुरमा हिडिरहेको थिएँ र आफ्नो गाउँको माझ आइपुगेको पनि त्यति याद भएन। मेरो घर आउने बाटो सानीहजुरआमाको घरको करेसोभन्दा माथिबाट जान्थ्यो तर बाटो खाँदैखाँद भएर जाने हुनाले बाटोबाट घरको आँगन देखिदैनथ्यो, चुलीगारोसम्म देखिन्थ्यो। आफ्नै सुरमा हिडिको म सानीहजुरआमाको घरको हाराहारीमा पुग्दा कसैले सानोकाकालाई बोलाएको सुनेर झस्किएँ। सानीहजुरआमा घरमा नभएकीले सुभद्रा उज्यालैमा भात खाएर ढोका थुनेर सुत्ने गर्दथी। त्यसैले त्यति रात गए पछि कसैले सानोकाकालाई बोलाउनुको अर्थ कुनै जरुरी कामले नै बोलाएको हुनु पर्छ भन्ने सोचेर म बाटोबाट घरको आँगन देखिने डिलमा उक्लेँ।

आँगनमा दुई जना मानिस उभिएका थिए। उनीहरूले २।४ पटक बोलाएपछि सानोकाकाले जवाफ दियो – “को, हँ? किन?

“एउटा काम छ। ढोका खोल त एक छिन।” – ती मध्ये एउटाले भन्यो।

एक छिन नबोलेर सानोकाकाले भन्यो – “भोलि गरे भइहाल्छ नि केही काम भए।”

“आजको काम भोलि गर्दा हुन्छ? तिमी त स्वास्नीले सिकाएको कुरा पो गर्छौ जस्तो छ।” – एउटाले व्यङ्ग्य कस्यो।

ती दुई जनालाई चिन्न मलाई बेर लागेन। गाउँमा सधैं देखेका केटाहरूलाई नचिन्ने कुरै भएन तर ती दुई जना त्यहाँ आउनुको कारण नजानी घटनामा पस्नु उपयुक्त लागेन। “ढोका नखोले झ्याल खोलेर त कुरा गर।” – एउटा घरको लाछी चडिसकेको थियो र अर्को तलैबाट करायो।

शायद सानोकाका आफ्नो पौरुष मर्यादा सम्झेर झ्याल खोल्न लागेको थियो होला। भित्रबाट सुभद्राको तिखो स्वर सुनियो – “झ्याल नखोल्नोस्। देख्नु हन्न एउटा लाछी माथि चढेको?”

गाउँका बदमास ठहरिएका दुइटा केटाको नियत मलाई प्र्रष्ट भयो। त्यहाँ तुरन्तै केही गर्नु अत्यावश्यक थियो,। उनीहरू दुइजना थिए, म एक्लै। सानोकाका र सुभद्राको सह्योगको आशा गर्न सकिन्नथ्यो। गाउँमा हार गुहार मागेर कराउँदा ती दुइजना चम्पत ठोकिसकेका हुने थिए र बेकारमा सुभद्राको बेइज्जति मात्र हुने थियो। मैले समय र परिस्थिति आफ्नो पक्षमा पारे मात्र आफ्नो हात माथि पर्ने थियो। भुँइमा छाम्दा हातमा पर्न आएको गह्ौं वस्तु समाई म चाल मारेर अगाडि बढें। दुवै जनाको ध्यान घरको झ्यालमा केन्द्रित भएकोले मेरो आगमनको आभाष उनीहरूलाई भएन। मेरो पहिलो प्रहारले नै आँगनमा उभिएको’ऐ बा’ भन्दै थुचुक्क बस्यो र २।४ लात खाएर आँगनमा लम्पसार पर्यो’। आफ्नो साथीको स्वर सुनेर छानामा चढेको आँगन तिर फर्कियो र लम्पसार परेको साथी र मलाई देखेर एकै चोटी आँगनमा हाम फाल्यो। मैले उसलाई आँगनमा टेक्न आईपुगेको असन्तुलित स्थितिमा नै आक्रमण गरें। ऊ मेरा अगाडि टिक्न सकेन। त्यो जुनको उज्योलामा मेरो अनुमान सत्य हो भने उसका १।२ वटा दाँत त पक्कै भाँचिए होलान्। ऊ यसो कसो गरेर मेरो पिटाइबाट उम्किएर डिल हाम फाल्दै गयो। मैले पनि जान दिएँ किनकि उसलाई सजाय दिने मेरो लक्ष थियो, ज्यान मार्नु होइन। त्यसैले अर्को लम्पसार परेको उठेर भाग्दा पनि मैले लखेटिन।

उनीहरू नदेखिने भए पछि म फर्कन लाग्दै थिएँ, सानोकाका करायो – “को? जीवन दाई हो?”

मैले अडिएर जवाफ दिएँ – “हो।”

“पख है त। म ढोका खोल्छु।” – उसले माथि बाटै भन्यो।

“भइहाल्यो। पर्दैन। सुत अब। म घर जान्छु।” – म अगाडि बढन खोजें।

सानोकाका एकछिन अल्मलिए पनि सुभद्राको आदेश दरो भयो क्यारे, उसको स्वर पनि दृढ भएर निस्कियो – “पख न एकछिन। म ढोका खोलिहाल्छु।”

उसको छिटो छिटो पाइला भर्याकङमा झरेको सुनेपछि मैले त्यसलाई उपेक्षा गर्न सकिनँ। म फर्किएर घरतिर आएँ।

सानोकाकाले दैलो उघारेको लगत्तै पछि सुभद्रा हातमा बत्ती लिएर तल झरी। उसको अनुहार फुस्रो देखेर मलाई यसरी अड्याउनुको कारण आफ्नो डरमा सान्त्वना पाउने आशा गरेकी पष्ट भयो। मूल ओछ्यानको छेउमा बस्दै मैले सानोकाकालाई सोधे – “ती बदमासहरू आज मात्रै आएका हुन्?”

“होइन। ४।५ दिन भइसक्यो। कहिले ढोका ढ्याङ ढ्याङ पार्थे, कहिले बाहिरबाट जिस्क्याउँथे। आजचाहिं छानामा नै चढेछ एउटा त” – सानोकाकाले गुनासो गर्यो्।

“किन नभनेको हिजो अस्ति नै?” – मैले उसलाई हपारें।

“मैले भनुँ त भनेको हो नि। पर्दैन भन्नु भने पछि केगर्ने?” – उसले सुभद्रा तिर हेर्यो।

“भनेर केगर्ने? मेरो नियत माथि नै सबैले शंका गर्न थाल्थे र कसैले पत्याए पनि मारपिट हुन्थ्यो अनि पछि बदनामी। बदमाशहरूलाई त के? एउटा बात लगाइदिए भइहाल्यो। घटना स्थलमा देख्ने त केवल हामी दुइजना मात्र हुने थियौं।” – सुभद्राले टाउको निहुराएर भनी।

“जे होस् अब तिनीहरू यता देखापर्ने छैनन्। बाहिर तिनीहरूले जे भने पनि अब तिनीहरूलाई कसैले पत्याउने छैन।” – मैले सान्त्वना दिएँ।

“तपाई कसरी आइपुग्नु भयो यति राति?” – उसले बल्ल सोध्न सकी।

“तिमीहरू पो दिउँसै सुत्ने भएकोले यति राति लागेको। हाम्रो हिसाबले त साँझ भर्खर परेको हो। पल्लो गाउँ गएको थिएँ, फर्कदा अलि अबेर भयो। बाटोमा हिंडदा हिंडदै सानोकाकालाई बोलाएको सुनेर ‘को रहेछ बोलाउने?’ भनेर यसो डिलमा उक्लेर हेर्दा पो बुझें त मैले सबै कुरा।”

“त्यसो भए खानु भएको छैन अझै। जानोस् त भान्सा कति कुराउने?” – उसले सँधैको आदेशात्मक स्वरमा होइन स्नेहमय भावमा भनी।

मैले उठदै सानोकाकालाई भनें – “ल है सानोकाका। यसो केही पर्यो भने मलाई भन्नु नि। यी सानीकाकीका कुरा सुनेर न भन्ने होइन।”

भनाई सानोकाकालाई भए पनि आदेश सुभद्राको लागि थियो। उसले एकपल्ट मेरो अनुहारमा हेरी र शिर झुकाएर स्वीकार गरी।

मैले त्यो घटना बारे कसैसँग कुरा गरिनँ तर दुई दिन पछाडि राधा बत्तिसै दन्त देखाएर मेरो कोठामा पसी र भनी – “बुझ्नु भो? हर्केको एउटा दाँत ठुनुक्कै भाँचिएछ। श्यामेचाहिं ओछ्यान लगाएर सुतेको सुत्यै छ।”

“को हर्के र श्यामे?” – मैले केही थाहा नपाए झैं गरी पढ्न लागेको किताबबाट आँखा नहटाई सोधें।

“आमै। कस्तो स्वाङ पार्न जानेको? हामीलाई थाहा छैन भनी ठानेर होला। हामीलाई पनि थाहा छ, क्या ब्यारे। ‘राति भुतियाको दोबाटोमा मुर्कुट्टो उभिएको देखेर दुवैजना आत्तिएर हाम फालेका खसेछौं सानो भीर बाट’ भन्छन्् रे अहिले त। गाउँ भरी नै ‘कसो मरेनछन्’ भनेर हल्ला छ।”

उसको भनाई सुनेर टाउको उठाएर मैले भनें – “अनि के भयो त? भेट्यो होला नि भुतले। राति राति हिडछन् मोराहरू।”

तर राधाले मेरो कुरा नपत्यार भन्दै गई – “सुभद्रालाई त त्यो सुनाइदिंदा हाँसि मात्रै रहन्छे। सानोकाकाले त रमाएर भन्यो-‘भुतले गोद्यो कि क्या हो? भुत त मैले पनि देखेको थिएँ।”

“आ, फेद न टुप्पाको कुरा गर्छे यो। जा तँ।” – मैले झर्केर भनें।

“के फेद न टुप्पाको? बीचराहरूलाई ठटाउने बेलामा भने ठटाउनु भयो, अहिले मलाई चै बौलाही बनाउन खोज्ने।” – राधाको अनुहारमा बदमाशी देखा पर्यो ।

“नचाहिदो कुरा नगर है। कसले भन्यो तँलाई मैले कुटें भनेर?” – मैले रिसाएको अनुहार लगाएँ।

“सुभद्राको अनुहारले भन्यो। सानोकाकाको बोलीले भन्यो। यति कुरा पनि थाहा पाइदैन र? सुभद्रालाई ‘दाइले कुटेको हो?’भन्दा त्यसै बोल्नै नसकेर त्यसै लाजले राती भई।” – उसले नाक मुख नचाई।

“कुटाई खान्छेस् तैले यस्ता फटाहा कुरा गर्न थालिस् भने।” – मैले उसलाई आँखा तरें।

“उस्। त्यसै कुटन पाए त। हामीले पनि जानेका छौ कुटाइ खान लागे कसको पछाडि लुक्नु पर्छ भनेर।” – उसको ठट्टापूर्ण भनाई निकै तीखो भयो।

“तैले मेरो हातको आज कुटाइ खाने नै भइस्।” – भन्दै म उठेको देखेर राधा बिजुली जस्तै कोठाबाट निस्की र खुरमुरिदै भर्याटङबाट झरी। तल आमाको रिसाएको स्वर सुनियो – “लौ भुतुक्कै पारी मुर्दाले। अलि आँखा हेरेर हिड्नु पर्छ नि। बाइफाले कहींकी।”

राधाको रुन्चे स्वर पनि सुनियो – “दाजुले कुट्नु भयो अनि।”

“कुट्छ तँलाई दाजुले। दाजुले कुटेको भए यस्तै अनुहार लिएर बस्थिस्? अघि नै घर उचालेर खपी नसक्नुगर्ने थिईस्।” – आमाको जवाफ सुनेर मलाई हाँसो उठयो। मैले त्यता अरू ध्यान दिइँन।

कुट्ने र कुटाई खाने दुवैले सत्यलाई स्वीकार नगरे पनि गाउँ भरि सत्य कुरा लुक्न सकेन। शायद सानोकाकाको केटाकेटी मनले सत्यलाई पचाउन सकेन र कसैलाई सुनायो होला त्यो घटना। मेरो स्वभाव कसैलाई शंकास्पद हुन् गाहारो थियो र त्यसमा पनि सानोकाका त्यसको साक्षी थियो। सो बाहेक मलाई पल्लो गाउँबाट आएको देख्ने मानिस थिए। त्यसैले कुनै खराब नियतले त्यो घरमा गएको भन्ने शंका त कसैले गरेन तर त्यसरी कुट्नुको कारण सुभद्राप्रति भएको मेरो प्रेम र सहानुभूति हो भन्ने आरोपबाट भने म उम्कन सकिनँ। हर्के र श्यामेको कुस्वभावले आजित भइसकेका सबैले मलाई नचाहिंदो काम गर्योे भनेनन् तैपनि मैले त्यो सत्यतालाई कसैको सामु स्वीकार गरिनँ र हर्के र श्यामेले पनि आफूले कुटाइ खाएको कुरा स्वीकारेनन्। मैले बेकारको स्पष्टिकरण बच्न अस्वीकार गरं भने उनीहरूलाई एक्लो मबाट दुइजनाले पिटाइ खाएको कुरा स्वीकार गर्न आत्मसम्म ानले दिएन।

त्यसदिनको घटनाले मेरो र सुभद्राको सम्बन्धलाई कसैकसैले बढाइ चढाइ तरे तापनि बहुसंख्यक धारणामा मलाई दुइ वटा फाइदा भयो। पहिलो त स्वास्नीमानिसहरूले नारी इज्जतको रक्षाको निम्ति गरिएको मेरो कामको सराहना गरे र मलाई इज्जत र सम्म ान पनि गर्न थाले र दोश्रो दुइटा हुल्याहाहरूलाई एक्लै पिटेर भगाउन सकेकोमा लोग्नेमानिसहरूले मेरो पुरुषार्थलाई स्वीकार गरे र मेरा दौतरीहरूको मध्ये मलाई निडर र दृढ ठान्न थाले। मसँग धेरै कम बोल्ने मेरा बाले पनि मुस्कुराउँदै भन्नु भयो – “हैन, सबैजना कुटिस् भन्छन््। साँच्चै एक्लै कुटेको हो त तैलें?”

मैले मुस्कुराउँदै जवाफ दिएँ – “बालाई पनि कसले सुनाउँछ त्यस्तो नचाहिदो कुरा? के को मान्छे कुटनु मैले? कुटेको भए उजुर लिएर आउने थिएनन् तपाई कहाँ?” ब्ााले पत्याउनु भयो वा भएन भन्न सक्दिनँ तर आमाले भने मैले दुवैलाई कुटें भनेर पटक्कै पत्याउनु भएन। ‘हो, आमा, हो’ साँच्चै भनेर राधाले के भनेकी थिई झपार्नु भयो आमाले उसलाई – “खान पनि बल गराउनु पर्ने तेरो जुम्रे दाजुले कुट्यो होला त्यत्रा भुसतिध्रे लाई? बड, न चाहिदो कुरा गर्दिरहिछ।”

मैले थाहा पाएँ अधिकार, कर्त्तव्य र आत्मबल नै मानिसको शक्ति रहेछ। सुभद्राको रक्षा गर्नु आफ्नो कर्त्तव्य न ठानेको भए ममा त्यत्रो आत्मबल आउने थिएन र उनीहरूलाई लतार्न सक्ने थिइनँ होला। उनीहरूले पनि सुभद्रा प्रतिको मेरो अधिकार नस्वीकारेको भए त्यसरी हारेर बस्ने थिएनन् होला। यसैले यो प्रमाणित भयो कि उनीहरूले मात्र होइन सारा गाउँले नै सुभद्रा प्रतिको मेरो कर्त्तव्य र अधिकार स्वीकार गरिसकेका रहेछन्। ‘मुण्ड मुण्ड बुद्धि’ भने झैं सो अधिकार र कर्त्तव्यको व्याख्या मात्र कसैले सहृदय गरे होलान् कसैले दुर्भावना लिएर।

यो घटनाको हल्ला सुनेर हो वा अरू केही सानीहजुरआमा माइतबाट फर्केर आइन् र सानोकाकाको मुखबाट सबै कुरा सुनेपछि मलाई भनिन् – “बाबै? तँ यो सानोकाकाको दाजु सरह नै होस् भतिजो भए पनि। तैले यसको हेरचाह न गरे कसले गर्छ?”

मैले मौनभएर नै उनको कुरामा स्वीकृति जनाएँ।

राधाको बिहेको तयारी हुन् लागेको थियो। समय डेढ महिना जति बाँकी रहे तापनि स्वास्नीमानिसहरूले गर्नु पर्ने कोचे धन्दा प्रशस्त थिए। ढिकी देखि भँडार सम्म का धन्दाहरू यसै पनि स्वास्नीमानिसले भ्याउने पर्थ्यो। राधा बेहुली भइहाली। उसले धन्दा छुने कुरा थिएन। मेरी स्वास्नीलाई बेहान बेलुकाको धन्दा र छोरीले नै फुर्सद हुँदैनथ्यो। आमा यसै पनि बूढी मान्छे। त्यसैले सधाउ पघाउको निम्ति आमाको इच्छाको विपरीत पनि सुभद्रालाई बोलाउन करै लाग्थ्यो। घर बूढीबाट मान नपाए पनि छोरी बुहारीको अपहत्येले गर्दा सुभद्रा आएर काम गर्दथी। बराबर आइरहे पनि उसको र मेरो देखादेख मात्र हुन्थ्यो, प्रत्यक्ष साक्षात्कार भएर कुरा कहिले पनि गरेका थिएनौं।

एकदिन दिउँसो म कोठाको भुइँमा ओछ्यानको राडी माथि बसेर पढदै थिएँ र राधाले नयाँ बेहुलीलाई नन्दहरूले धकेल्दै, हँसाउँदै कोठामा हुले झैं गरेर सुभद्रालाई मेरो कोठामा लिएर आई। यसरी अचानक सुभद्रा मेरो कोठाभित्र आईपुग्दा म अवाक् भएको उसको मुखमा हेरें र उसको आँखा मेरो आँखामा पर्ने बित्तिकै सुभद्राले शिर झुकाई। राधाले त्यता पट्टी ध्यानै नदिएर भनी – “हेर्नोस् न दाजु। यो तपाईलाई धन्यावाद दिन पनि खोज्ने आफू चाहि न भन्ने रे। मैले नै भनी दिनु पर्योध रे।” र फेरि सुभद्रालाई बलजफ्ती मेरो सामुको राडीमा बसाल्दै भनी – “यति टाढा बसे पछि त तँलाई मेरो दाजुको छुवाछुत लाग्दैन होला नि? ल भन् तँ आफै तेरो कुरा।”

सुभद्राको असजिलो स्थिति बुझेर मैले भनें – “के को निम्ति धन्यवाद भनिरहेकी तँ? फेरि धन्यवाद दिनुपर्ने नै कुरा भए पनि मसँग के को धन्यवाद नि?”

“त्यही त भनिरहेकी म पनि। के को निम्ति कृतज्ञता? त्योचाहिं मलाई न भन्ने रे।” राधाले मेरो भनाइलाई बंग्याएर उल्टो सुभद्रा माथि नै प्रहार गरी र एकाएक हातले आफ्नो कान समाएर आत्तिए झै गरी उठदै भनी – “ए, मुन्द्री फुस्कियो भनेर अधि बाहिर राखेकी थिएँ। त्यहीं बिर्सिएछु। म आउँछु है एकै छिनमा।” राधा बिजुली जस्तै अलप भई। राधाले साँच्चै मुन्द्री बिर्सेकी थिर्ई वा नकल पारेकी थिर्ई भन्न सक्दिनँ किनकि पहिले उसको कानमा मेरो ध्यानै गएको थिएन र उसले भने पछि हेर्दा उसले दुवै कान हातले छोपेकी थिर्ई। राधा गएको देखेर सुभद्राले जिल्ल पर्दे मेरो मुख हेरेर भनी – “राधाले साँच्चै मुन्द्री हराई कि के हो?”

मैले मुस्कुराउँदै जवाफ दिएँ – “मेरी बहिनी, के? आधा मात्रै कुरा सही गर्छे। अभिनय गर्न ऊ सिद्धहस्त छ। हामी दुइ लाई यो स्थितिमा छोडेर जान उसले कुन बेला देखि प्रपञ्च रहेकी थिर्ई, के थाहा?”

सुभद्रा एकछिनसम्म बोलिन। फेरि बिस्तारै भनी – “हुन त मैले भनिरहनु पर्ने कुरा होइन तैपनि म तपाईप्रति कृतज्ञ छु।”

मैले उसको कुरा बुझेर भनें – “यसमा धन्यवाद दिने आवश्यकता छैन, सुभद्रा। मैले जो गरें त्यो त मेरो कर्तव्य भित्र पर्दछ।”

“त्यसलाई आफ्नो दायित्व सम्भि्क दिनु पनि त कम कुरो होइन।” – उसले शिर निहुराएर नै भनी।

“त्यति त मैले तिम्रो बिहे गरेको दिन देखि नै स्वीकार गरेको कुरा हो नि।” – मैले उसलाई सम्झाउँदै भने।

“त्यही मेरो निम्ति अनहोनी भयो नि। यो नभएको भए मेरो निम्ति बरू सही साध्य हुने थियो।” – उसले तानिसकेको लामो स्ाास रोक्दै भनी।

मैले केही भन्न मुख मात्र बाएको थिएँ भर्याेङका खुडकिलाहरू ब्ाजे तर अहिलेको हिडाई राधाको होइन, मेरी स्वास्नीको थियो। यसरी सुभद्रा र म दुइजना मात्र कोठामा बसेको देखेर ‘उसले के भन्ने हो र मैले यसको सामना कसरीगर्ने?’ त्यो सम्झेर मैले असजिलो अनुभव गरें। सुभद्रा पनि त्यो राधा होइन भन्ने लख काटेर विस्मयात्मक र प्रश्नात्मक अनुहारले म तिर हेरी। म पनि जे परे पनि सामनागर्ने विचारले दृढ भएर बाहिर तिर हेरेर बसें।

ढोका बाहिर नै उसलाई हेरिरहेको देखेर मेरी स्वास्नीले मलाई लक्ष गरेर भनी – “हेर्नोस् न। हाम्री नानीको सुद्धि पनि कस्तो? ‘यो मुन्द्री राखिदे है, भाउज्यु’ भनेर मलाई दिएकी अहिले मुन्द्री हरायो भनेर खोज्दै रहिछन् मरी मरी।”

भित्र पसेर सुभद्रालाई देख्दा पनि उसले कुनै आश्चर्य मानिन। यसको मतलब ‘सुभद्रा त्यहाँ छ’ भन्ने उसलाई पहिले नै थाहा थियो र त्यसलाई ऊ सामान्य कुरा ठान्दथी। उसले काँखी च्यापेकी छोरीलाई मेरो छेउमा राखी र छोरीले मलाई देखेर ‘हापझाप’ गरेकीले सुभद्रालाई भनी – “हेर्नोस् न, सुभद्रा दिदी। म कत्ति यसलाई बोक्छु, खुवाउँछु, आफैंसँग सुताउ्रँछु, यो भने बाबुलाई देखे पछि मलाई छोडेर बाबु सँगै जान खोज्छे।” ऊ हाँस्न थाली।

सुभद्राले पनि सबै कुरा बिर्सेर मुस्कुराउँदै भनी – “छोरीको जातै त्यस्तो रे। आमाले जति सुकै माया गरे पनि बाबु सँगै रमाउने।”

“खै, आफू त डरले बाबुको छेउ पर्न सकिदैनथ्यो। अहिलेका छोरी त जन्मने बित्तिकै बाबुका पछाडि दगुर्लान् जस्तो छ।” – मेरी स्वास्नीले आमाको बुढ्यौली निकाली।

“अहिले घर आएपछि जे भनी दिऊ पनि भयो नि। ‘बा सँधै कुट्नु हुन्थ्यो’ भने पनि हामीले न देखेको कुरा पत्याउनै पर्यो्।” – मैले उसलाई जिस्क्याएँ।

“ब्यारे, कुटनु त हुन्नथ्यो है कहिले पनि। हामीलाई त यसो आँखा तर्ने बित्तिकै सातो जान्थ्यो। कुटिरहनु पर्थ्यो र?” उसले मेरो ठट्टा साँचै पत्याई।

“अलि ठूली हुन् देऊन। यो पनि बाबुको आँखा देख्ने बित्तिकै तर्सने हुन्छे। यसका बाबुका आँखा पनि नतर्साउने खालका छैनन्।” – सुभद्राको मुस्कुराहट अझै थियो।

“खै, कोही पनि आजसम्म तर्सिएको थाहा छैन मलाई त।” – मैले ठट्टैमा जवाफ दिएँ।

“रिस कस्तो छ नि। बाबै।”- मेरी स्वास्नीले भनी। सुभद्राको उपस्थितिले आज उसको धक फुकेको थियो।

“म रिसाहा भए न रिसाहा कस्ता होलान्?” – म मुस्कुराउनै पर्यो्।

“सानोकाका त रिसाए पनि एक छिन त हो नि। केटाकेटीको जस्तो रिस।” – मेरी स्वास्नीले कुन बेला के भन्न नहुने हो सो नबुझ्ने हुनाले भनी।

मैले सुभद्राको अनुहारमा पुलुक्क हेरें। उसको अनुहारमा केही परिवर्तन नभए पनि आफ्नो मनको भाव दबाउन कठिनाइ परेको उसका आँखी भौं बीचमा खुम्चिएका नशाहरूले प्रष्ट देखाउँथे तर मेरी स्वास्नीले त्यस पट्टी ध्यान नै नदिएर भनी – “सानोकाका त के भएको? बोल्दा पनि लजाउनु हुन्छ।”

सुभद्राले अब नबोली सुख पाईन र भनी – “तिमी बुहारीसँग त लजाउनै पर्योर नि। ऊ भतिजोसँग लजाउनु हुन्न।”

म्ोरी स्वास्नी आफूले ठीक ठानेको कुरामा सँधै नै अडान लिन्थी। उसले भनी – “अँ हुन्थ्यो? आमासँग बाहेक अरू सबै जना लाज मान्नु हुन्छ, क्यारे। याँ घर आमासँग त कुरै गर्न अप्ठ्यारो मान्नु हुन्छ। तपाईसँग त अप्ठ्यारो मान्नु हुन्न?

सुभद्राको अनुहार पुरै रातो भयो। उसले यसरी ल्ाजाएको मैले कहिले पनि देखेको थिव्इनँ र त्यो अनुहार मलाई अत्यन्तै रमाइलो लाग्यो तर उसलाई यो अप्ठ्यारो स्थितिबाट निकाल्न मैले अर्को प्रसङ उठाएँ – “ए, साँची। तेरा बाले अहिले अस्ति त्यो आउनेलाई के समाचार पठाउनु भएको छ, हँ?”

म्ोरी स्वास्नीले तुरन्तै आफूलाई नयाँ प्रसङमा ल्याएर भनी – “ए, त्यो बीरेलाई? यसपाली दशैंमा तपाईलाई पनि लिएर आउनु भनी पठाउनु भएको रहेछ। पोहोर पनि जान पाइएन। यस पाली त जानु पर्ला। अनि तपाई पनि जाने होइन?”

“बीचार गरूँला नि त्यो। अहिले के हतार छ? – मैले वचन दिन चाहिनँ।

“यस्तै त हो नि तपाईको। अहिले ‘के हतार छ र?’ भन्यो, पछि ‘हुन्देन त’ भन्यो। जसरी भए पनि न जाने कुरा। ल तपाई नै भन्नोस् त सुभद्रा दिदी। त्यत्रो मान गरेर बोलाए पछि जानु पर्दैन त?”

सुभद्राले लोकाचारको लागि भनी – “अनि गए भइ हाल्छ नि। जान न हुने होइन।”

म्ोरो जवाफ प्रतिक्षा नगरी मेरी स्वास्नीले भनी – “अनि तपाई र सानोकाका पनि सँगै जाने है? हामी तपाईहरूलाई छोडौला अनि फर्कदा सँगै फर्कौला। हुन्न?”

सुभद्राको अनुहारमा कुटिलता देखा पर्योा। उसले एक दृष्टि मेरो आँखामा फालेर मेरी स्वास्नीलाई भनी – “सबै जना चैं मैले वहाँलाई तिम्रो हातबाट खोस्छु कि भनेर तर्सेका छन्, तिमी भने उल्टै मलाई सँगै लिएर जाने कुरा गर्छ्यौ। डर लाग्दैन तिमीलाई?”

“आमै। के को डर? तपाईको माल तपाईले फिर्ता लानुहुन्छ भन्ने डर मानेर हुन्छ?” – मेरी स्वास्नीले आश्चर्य मानेर भनी।

“त्यो त तिमीले पो भन्यौ त। वहाँले त आफूलाई मेरो माल भनी ठान्नुभएको छैन।” – सुभद्राले मलाई असजिलो पार्न चुकिन।

“मुखले त वहाँले के कुरा पो भन्नु हुन्छ र? वहाँको गराईबाट सबै कुरा बुझ्नु पर्छ।” – फेरि स्वास्नीले नरोकिई जवाफ दिई।

मैले आफूलाई बचाउन भन्न करै लाग्यो – “अब भने यसले नचाहिदो कुरा गर्न लागी है।”

तर सुभद्राको आड पाएकीले उसले मेरो विरोधको वास्ता गरिन।

“पहिलेको त कुरै छाडिदिउँ्क। आजकै कुरा लिउँ्क न। कोही पनि स्वास्नीमानिस, राधा नानी र आमा बाहेक है, यहाँ पस्यो भने वहाँ यसरी बस्नु हुन्थ्यो? निस्केर कहाँ पुगिसक्नु हुने थियो। खै, तपाई आँउदा निस्कनु भयो त?”

“म देखि डर लागेन होला नि त अनि?” – सुभद्राको कुटिल मुस्कान यथावता रह्यो।

“कुन्नि। डर नलागेको हो कि मन परेको हो, त्यो चैं राधा नानीलाई सोध्नु पर्छ।” – उसको अनुहारमा ठट्टा पर्याप्त थियो।

“राधा नै किन चाहि्यो? वहाँले नै भनिदिए पनि त हुन्छ होला नि?” – सुभद्राले विजयी ठट्टामा जवाफ दिई।

मैले अनुभव गरें – दुईटी स्वास्नीमानिस अब छिचरो ठट्टामा ओर्लन सक्नेछन्। म केटाकेटी छँदा आमाका आफ्ना दौतरीहरूबीच भएको ठट्टा म त्यो बेला त बुझ्दिनथेँ तर अहिले बुझ्दा कुनै पनि लोग्नेमानिस त्यो सुनेर बस्न सक्ने सम्भावना थिएन। त्यसैले समयमा नै आफूलाई बचाउनु उपयुक्त ठानेर मैले उठ्दै भनें – “ल, तिमीहरू कुरागर्दा गर। मेरो त एकदिन बाहिर जाने काम छ।”

म्ोरी स्वास्नी सुभद्रालाई हेरेर खिसिक्क हाँसी। सुभद्राले मलाई गिज्याउँदै भनी – “के हामी दुईटीले खान्छौं जस्तो लाग्यो कि के हो?”

मैले आफ्नो भावनालाई यथावत् राखेर मुस्कुराउँदै भनें – “तिमीहरूले मलाई के खान्छौं? मलाई खाने मानिस त जन्मेकै छैन।”

ढोकाबाट बाहिर खुट्टा राखेपछि सुभद्राको स्वर सुनियो – “स्वास्नीमानिसको डरले भाग्ने लाछी लोग्नेमानिस त आजै देखियो।” दुइजना नै एकै चोटी हलल्ल हाँसे। म नसुने झैं बुझ पचाएर निस्कें।

सुभद्रा हाम्रो घरमा आउने जाने क्रम बढदै जान लाग्यो तर मेरो अनुपस्थितिको समयमा। ऊ मेरो घरमा भएको बेला म आइपुगें भने बहाना बनाएर तुरन्तै उठेर जान्थी। ऊ धेरै जसो मेरै स्वास्नीसँग बस्थी बाहिर होस् या भित्र कोठामा। कहिले उसलाई लिएर आफ्नो घर जान्थी र त्यही अलमल्याएर राख्दथी।। कहिले ऊ मेरी छोरी मात्र भए पनि लिएर जान्थी। मेरी आमालाई सुभद्राको आगमन मन पर्दैनथ्यो तर केही भन्न सक्नुहुन्नथ्यो। बुहारी बिगारीदिन्छे कि भन्ने डर त उनमा थियो तर राधाको बिहे नहुन्जेलसम्म सुभद्रासँग सम्बन्ध बिगार्नु असल होइन भनी ठानेर चुपै हुनुहुन्थ्यो।

“यो राधाको बिहे त सकियोस् जानेकी छु त्यसलाई मैले।” – आमाले रिसाएर बासँग भनेको कुरा सुनेको थिएँ मैले।

यसरी सुभद्राले मेरी स्वास्नीसँग सम्बन्ध बढाउनु र मेरी स्वास्नीले मसँग सुभद्राको बखान गर्न छोडिदिनुको कारण मैले बुझ्न सकिनं र स्वास्नीलाई भने – “हैन। सुभद्रा सँधै किन आउने हँ हाम्रो घरमा?”

मेरी स्वास्नीले आग्नेय दृष्टिले हेर्र्दै जवाफ दिई – “होइन। सुभद्रा दिदी म कहाँ आउँदा यो घरका सबैलाई किन पीर पर्ने हँ? कसैको के के न खाइदिए जस्तो।”

“त्यसै बेला न कुबेला बेकाममा किन आउनु पर्योद त?” – मैले लोग्नेको रोब देखाएँ।

“आमाले पनि त्यही कुरा, छोराले पनि त्यही कुरा। के मेरा मान्छे चैं आउनु हुँदैन यो घरमा?” – मेरी स्वास्नी झगडा गर्न तयार भई।

म अरू बोलिन किनकि मेरी स्वास्नीले सुभद्रालाई आफ्नो मानिस मानिसके पछि मेरो भनाईले उसलाई केही फरक पर्ने थिएन, कसैको भनाईले पनि। सुभद्रा, म र मेरी स्वास्नीको बीचमा एउटा त्रिकोणको सिर्जना भइसकेको थियो जसमा एकको अर्कासँग सम्बन्ध त थियो तर तीन वटा शीर्षबिन्दु एकै ठाउँमा मिल्न सक्दैनथे। मेरी स्वास्नीको मुर्खताप्रति हँस्सी उडाउँदै एक दिन सुभद्रालाई भनें – “मेरी स्वास्नीलाई तिमीले के मोहिनी लगाइदियौ हँ? मेरो त कुरै सुन्न मान्दिन।”

सुभदाले मेरो हँस्सीको वास्तै नगरेर गम्भीर जवाफ दिई – “जुन स्वास्नीमानिसलाई तपाईले चिन्नु नै भएको छैन, त्यसबारे के कुरा गरूँ?”

म्ा वाल्ल परें। त्रिकोण रहस्यमय हुँदै गएको थियो। मेरी स्वास्नी र मेरो सम्बन्ध थाहा थियो। सरल, निष्कपट मेरी स्वास्नी माया र घृणा छिनछिनमै देखाउन सक्थी। उसलाई रिसाउन समय लाग्दैनथ्यो र खुसाउन पनि। माया देखाएर मासु काटेर लगेको पनि ऊ थाहा पाउँदिनथी, रिस उठे छारष्ट गर्न पनि सक्थी। ऊ आफूलाई चित्त नबुझेको कुराको प्रतिवाद गरिहाल्थी, आफूले देखेको कुरा प्रष्ट भन्थी। ऊ मलाई माया गर्थी मेरी छोरीलाई जस्तै। म उसलाई मायागर्ने वा गर्दिनथें भन्न सक्दिनँ तर उसको चित्त दुःखने काम भने कसै गरे पनि गर्न सक्दिनथें। त्यसमा पनि छोरी जन्मे पछि त हामी झन बाँधिएर बसेका थियौं।

सुभद्रासँगको मेरो सम्बन्ध मायाको होइन, कर्त्तव्यको थियो। दत्ता भएर र सानोकाकाको विवाहिता भएर ऊ कर्त्तव्यको दायर भित्र परी मेरो परिवारका सदस्य परे जस्तै। म सुभद्रालाई माया गर्थे भन्ने कुरा त शंकै थियो तर सुभद्रा मलाई माया गर्थी भन्ने कुरामा भने मलाई शंका थिएन। म चाहन्थें – ‘सुभद्रा सानोकाकाकी स्वास्नी भएर बसोस्, उसको जीवन सफल र सुखमय होस्, सुभद्रा अतितलाई बिर्सेर वर्तमानमा बाँच्न सकोस्।”

त्रिकोणको तेश्रो पक्ष – सुभद्रा र मेरी स्वास्नीको सम्बन्ध – मेरो निम्ति न बुझने समस्या भयो। मेरो निम्ति त्यो त्रिकोण खुला त्रिकोण थियो जसको एक शीर्षबिन्दुमा बसेर त्यो खुला त्रिकोणको तेश्रो बाहु निश्चित नहुन्जेल दुई बाहु कति तन्कने हुन् त्यसलाई पर्खनु मेरो बाध्यता थियो।

महादशैं आयो। हाम्रो घर मूल घर भएकोले दशैंघर यही नै हुन्थ्यो। बाजे छुट्टै बसे पनि पहिले देखि नै यहीं दशैं मनाउने चलन भएकोले वहाँ दशैं भरी हाम्रै घरमा आएर बस्नु हुन्थ्यो। बाजेको शेष पछि त बा हर्ताकर्ता हुनुभयो। सानीहजुरआमा त दिनमा मात्र आउने भए पनि खाना हामी कहाँ नै खानु हुन्थ्यो। सानोकाकाको त बासै यतै हुन्थ्यो। घरमा घटस्थापना गरे पछि आमाले सानी हजुर आमालाई भन्नु भयो – “सानीआमा पनि यहीं बसे भइहाल्छ नि अब त। पहिले पो घर छोड्न मिल्दैनथ्यो, अहिले त बहिनी छँदैछन्।” आमाको आग्रहमा सानीहजुर आमाले आफ्नो राय प्रकट गरिन् – “आ, बुहारी। म राँडी के को पूजामा बस्नु? अब त छोरो ठुलो भयो, बुहारी पनि भई। छोरो भोको बस्छ, पूजा गर्छ दाजु सँगै। बुहारी बस्छे, तिमीले गरेको देखेर काम पनि सिक्छे। त्यसो पो त। बरू बुहारीलाई देऊरानी जस्तो होइन बुहारी जस्तो जोतेर काम लगाउनु। चाँडै जान्ने हुन्छे।” “जानिहाल्छिन् नि आफैं। त्यस्तो जोत्नु पर्छ र? एक पल्ट देखेपछि टपक्क टिप्ने खालकी छन् बहिनी। गोज्यांग्रीं, नजान्ने भए पो।” – आमालाई सासूको अगाडि बुहारीको बखान गर्न कर लाग्यो। सुभद्रा घरमा बस्ने गरी आउने कुरा पटक्कै मन नपरे पनि दशैं घरमा बस्न आउने देवेर देऊरानीलाई ‘हुँदैन’ भन्न नमिल्ने हुनाले मात्र वहाँलाई चुप लाग्न कर लाग्यो।

घटस्थापनाको दिनमा नै सानोकाका र सुभद्रा हामी कहाँ आए। सानोकाका बिहानको पूजा सिध्याए पछि गाउँ घुम्न निस्कियो भने बेलुका मात्र घर पस्थ्यो। सुभद्रा दिन भरी मेरी स्वास्नीसँगै काम गरिरहन्थी। एउटीले भ्याउने काम दुइटीले गर्दा बेलुकाको भान्सा उज्यालैमा उठेकोले मेरी स्वास्नी आफै आएर मेरो कोठामा सानोकाकाको ओछ्यान लगाइदिई। कोठाको पल्लो छेउमा ओछ्यान लगाएको देखेर मैले भनें – “किन त्यति टाढा? यहीं नजिकै लगाए भइहाल्थ्यो नि।”

मेरी स्वास्नीले नबोली काम गरिरहेकी देखेर मैले अरू केही भनिनँ किनकि यसरी नबोल्दा अरू थप्न खोजे पडकने उसको स्वभाव थियो।

हामी लोग्ने स्वास्नी पहिले सँगै सुत्दथ्यौ। छोरी पाएपछि ऊ भुँईतिर सरी तर यसले हामीलाई कुनै असजिलो पारेन। मेरो आवश्यकतामा म उसलाई बलैले पनि आफू कहाँ ल्याउँथे र उसले चाहँदा अनेक बहाना निकालेर मेरो ओछ्यानमा घुस्रन्थी।

सानोकाकाको ओछ्यान लगाईसके पछि उसले आफ्नो ओछ्यान राधाको कोठामा सारेकीले ऊ सुभद्रासँगै राधाको कोठामा सुत्ने कुरा बुझयो। उसको जाने बेलामा मैले मसिनो ठट्टा गरें – “मलाई चैं सानोकाकाको जिम्मा लगाएर जान लागेकी?”

उसले आँखा नचाएर मलाई हेर्दै सानोकाकाले नबुझ्ने गरी मसिनो स्वरमा मुस्कुराउँदै भनी – “माया त किन मार्थे? भरे एक्लै नपरे भएन?”

साँचै राति कसैको स्पर्श पाएर बिउँझदा म एक्लै थिइनँ। मेरी स्वास्नी कुन बेला आएर घुसि्रसकेकी थिर्ई। उसको स्पर्श पनि नयाँ थियो र लचक पनि नौलो। उत्तेजनाको समयमा मैले त्यस पट्टी ध्यान दिइनँ तर त्यो स्वास्नीमानिस कुमारी हो भन्ने अनुभव गरेपछि म आफू ठगिएको थाहा पाएँ र त्यो स्वास्नीमानिस को हो? भनेर अन्दाज गर्न मुश्किल परेन तर यो स्थितिमा आएर म सत्यवान बन्न सक्दिनथें किनकि यसले नारी समपर्णको अपमान हुने थियो र भोलि तीनवटी स्वास्नीमानिस (यदि राधा पनि यो प्रपञ्चमा सहभागी थिर्ई भने) पाइला पाइलामा मेरो अपमान र तिरस्कारगर्ने थिए। अझ सुभद्राको निम्ति त यो अपमान मृत्यु सम्म हुन् सक्थ्यो र जे पनि गर्न सक्थी। नारीको प्रपञ्चले मेरो पौरुषत्वलाई दिएको चुनौती जति सुकै तीतो भए पनि मलाई निल्न करै लाग्यो। म बगें र त्यो बगाइमा नौलो अनुभूति र आनन्द पाएँ।

भ्ाोली पल्ट बिहानै मेरी स्वास्नीले कोठामा पसेर मुस्कुराउँदै सोधी – “निन्द्रा त राम्रो लाग्यो? सपना कस्तो देख्नु भयो होला नि आज?”

“कुकुर्नी आफ्नो लोग्नेलाई अर्कोलाई सुम्पेर पनि हाँसिरहन सक्छे।” – मैले मनमनै भनें तर मुखले केही बोलिन।

एक पल्ट नाघिसकेको नैतिकताको ल73मण रेखा त्यसपछि नाघिरहन कुनै गाहारो भएन तर पहिलो नघाईले नै मेरो आत्मसम्म ान र आत्माभिमानमा चोट लगाईसकेको थियो र ममा आत्मग्लानी थियो तर सुभद्रा भने केही भएर पनि केही नभए झैं गरिरहेकी थिर्ई मानौं त्यो हुनु स्वाभाविक हो र त्यो हुने कुरा निश्चित थियो। त्यो प्रपञ्चमा मेरी स्वास्नीको पूर्ण सहमति थियो भन्नेमा त कुनै शंका थिएन तर राधालाई यो कुरा थाहा भयो वा भएन, उसको सहमति थियो वा थिएन मैले कहिले पनि बुझ्न सकिंनँ। राधाले यो बारे कहिले पनि कुरा उठाइन र उसले थाहा पाएकै भएपनि दाजुसँग त्यस्ता कुरा गर्न नमिल्ने भएकोले नगरेको हुन् सक्थ्यो।

म्ाहादशैं सिद्धिएपछि लामो समयसम्म सुभद्रा र मेरो भेट भएन। सुभद्रा हाम्रो घरमा आउन पटक्कै छोडिदिएकी थिर्ई र म पनि सानीहजुरआमा कहाँ जान हिच्किचाउँथे। सुभद्रा किन आउन छोडी त्यो नजाने पनि म नजानुको कारण आत्महीनता र आत्मग्लानी थियो। म सुभद्रालाई जुन रूपमा देख्न चाहन्थें र आफूलाई जुन रूपमा प्रस्तुत गर्न चाह्रन्थें त्यसमा असफल भएपछि मेरो आत्मगौरव समाप्त भएको थियो। आफ्नो नैतिकता रहुन्जेल मसँग स्वगौरव थियो तर त्यो नभए पछि सुभद्रा र मेरी स्वास्नीको सामु म पतित भइसकेको थिएँ। सुभद्रालाई स्वास्नीको स्थान दिएर राख्न सक्ने परिस्थिति र क्षमता भएको भए म हीनता अनुभवगर्ने थिइनँ होला तर त्यो असम्भावी कुरा चिताउन पनि सकिन्नथ्यो। सुभद्रा मेरो निम्ति कालकुट भई जसलाई निल्न बाध्य त भएँ पचाउन सक्ने सामर्थ्य ममा थिएन।

म्ोरा बा आमालाई मप्रति कुनै चिन्ता थिएन। बिहेको सांग्लोले बाँधिइसकेको मलाई कुनै अप्रत्याशित घटनाले बीचलित गराउन पनि सक्छ भन्ने वहाँ सोच्नु पनि हुन्नथ्यो। कसैसँग अनैतिक सम्बन्ध भइहाले पनि ‘मर्दका सातवटी’ भन्ने उक्ति वहाँहरूको हुन् सक्थ्यो तर यस किसिमको अनैतिक सम्बन्ध पनि हुन् सक्छ भन्ने कुरा मेरी आमाका सपनामा पनि आउन सक्दैनथ्यो। मबाट निस्पि्र्ककी भएर राधाको बारेमा सोच्नु हुनुहुन्थ्यो तर राधाको बिहेमा कुनै बाधा आएन। बिहे सकुशल सिद्धिएकोले वहाँको छाती नांग्लो जत्रो भयो। त्यो बिहेमा पनि सुभद्रा र म एक अर्काको सामु पर्न हिचिकिचाइरहेको थियौै र हाम्रो देखादेख भए पनि कुनै खास कुरा भएन।

म्ांसिर सिद्धिन लागेको थियो। आमाले मलाई बजार (हाट) पठाउनु भयो-वर्ष भरिको लागि अपुग मास, तील यस्तै सामानहरू किन्न। हुन् त यस्तो काम बाले आफैं गर्नुहुन्थ्यो तर यो पटक बालाई सन्चो नभएकोले मेरो थाप्लोमा आइलाग्यो। घरमा चाहिने यस्तो चीजहरू समयमा जुटाउन नसके पछि नपाइने हुनाले मैले ‘नाइँ’ भन्न सकिनँ र छोरीको बाबु भइसकेको मैले भन्न पनि मिल्दैनथ्यो।

किनमेल सिध्याएर भरिया अगाडि पठाई आफू दोपहरको अन्त्यतिर घर फर्कन लाग्दा सुभद्रा र सानीहजुरआमा बजारकै छेउमा दोबाटोमा बसिरहेका थिए। यसरी सुभद्रा भेटिएली भन्ने लागेको थिएन। त्यसैले झ्वाट्ट भेट्दा अलि विचलित भए पनि आफूलाई संयमका ल्याएर सानी हजुआमालाई लक्षगर्दा भनें – “ए ! तपाईहरू पनि आउनु भएको रहेछ। कति खेर आउनु भएको?”

सानीहजुरआमाले उठ्दै जवाफ दिनु भयो – “आएको त अघि नै हो तर यसो उसो किनमेल गर्दागर्दा भुसुक्कै दिन गएछ। सानेले तँ आउँदै छस् भनेको थियो र कुरेर बसेका।” “जाउँ त त्यसो भए। के? साँझ नपरी पुगिदैन अब। ढिलो गरे झन रात पर्छ।”

“मेरो त अहिले यतैबाट माइत जानु पर्ने भयो। यो एक्लै भई। ‘को साथी लाई दिउँ्क’ भन्दै थिएँ। तँ आउदै छस् भनेर ढुक्क परेर बसेकी।”

म्ा जुन जिम्मेवारी लिन चाहन्नथें, त्यही आइलाग्यो मसँग। म ‘हुन्न’ भन्न सक्दिनथें। मेरो यस किसिमको अप्ठ्यारो परिस्थितिमा सुभद्रालाई आनन्द आइराखेको थियो होला, त्यसैले ऊ अर्को तिर फर्केर मुसुमुसु हाँसिरहेकी थिर्ई।

“हुन्छ नि। के भयो र? घरैसम्म जाने साथी हो नि। पुर्यामइदिन्छु।” – मलाई भन्न करै लाग्यो। सानीहजुरआमा हामीसँग विदा भएर गइन्। हामी पनि आफ्नो बाटो लाग्यौं। सुभद्रा अघिअघि र म पछिपछि केही बेर नबोली हिडयौं। एक अर्कालाई राम्रैसँग चिन्ने मानिसहरू यसरी नबोली हिंड्न निकै गाहारो भयो तापनि सुभद्राले गराएको बाध्यताको विरक्तिले मलाई घोचेकोले म ऊप्रति रुष्टता प्रकता गर्न चाहन्थें। सुभद्रा शायद म नै पहिला बोल्न शुरू गरूँ भन्ने चाहन्थी होला तर धेरै बेर सम्म पनि म नबोलेकोले उसले नै शुरू गरी।

“तपाई म देखि रिसाउनु भएको होला। होइन?”

“तिमीलाई त्यस्तो लाग्छ?”

“म देखि जहिले पनि टाढा भाग्नुको कारण अरू के हुन् सक्छ र?”

“हो। रिस मलाई उठेको छ तर तिमीप्रति होइन, आफैप्रति।”

“आफूसँग त किन रिसाउनु पर्योम तपाईले? तपाईको सलले होइन, मेरो छल र बलले गर्दा पर्नु भएको न हो तपाई।

“तिमीलाई त्यत्रो छल गर्नु पर्ने आवश्यकता के परेको थिई, सुभद्रा?”

“केटाकेटी जुन टिप्न खोज्छन्, लंगडोलाई दौडने शोख हुन्छ। प्रेमिका अप्राप्य चीज पाउन खोज्छे र त्यो अप्राप्य पाउनुको आनन्द केहीसँग पनि तुलना गर्न सकिंदैन।” “मेरी स्वास्नीले कसरी सहमति दिई तिमीलाई?”

“सहमति? सहमतिका त कुरै छोडिदिऊँ। उसले त मलाई बलजफ्ति नै पहिलो रात तपाईको ओछ्यानसम्म पुर्या एर आई। पछिल्ला रातहरूमा तपाईको अनिच्छा देखेर आएकी मलाई मेरो विरोधको वास्तै नगरी ढोका भित्र सिधै हुली।”

“के राधा पनि सहमतिमा थिर्ई त?”

“राधालाई शायद थाहा भएन। थाहा भएको भए मलाई नजिस्क्याई पक्कै ऊ बस्न सक्ने थिइन।”

“राधालाई किन साथ लिएनौ त तिमीहरूले?”

“दुई कारणले। पहिलो त यौन अपराधको यस्तो जालझेलमा कुनै कुमारीलाई सहभागी बनाउनु यसै पनि अनुचित ठान्दछु। दोश्रो, दाजुसँग गरिने जालझेलमा बहिनीलाई सहभागी बनाउनु मर्यादाहीन कुरा हो।”

“कम से कम त्यतिसम्म मर्यादा त तिमीहरूमा बाँकी रहेको रहेछ।” – मैले सुभद्राप्रति व्यङ्ग्य प्रहार गरें।

उसले मेरो व्यङ्ग्यप्रति कुनै प्रतिक्रिया नदेखाई भनी – “मर्यादा र नैतिकता पनि सबैको आफ्नो आफ्नो सोचाईको परिभाषा हो र त्यस्तै हो न्याय र अन्याय पनि। त्यसैले’को गलत? को ठीक?’ यो तर्क गर्न म चाहन्न तर यो जाल झेलको अविष्कारक भने राधा नै हो।”

म जिल्ल परे र भनें – “एकातिर राधालाई थाहा छैन पनि भन्छ्यौ, अर्को तिर आविष्कारक बनाउँछ्यौ। म पत्याउँदिन तिम्रो कुरा।”

“कुनै सिद्धान्तका आविष्कारकले त्यसको कार्यान्वयनमा भाग लिनै पर्छ भन्ने केही छैन। उसलाई सहभागि बनाउनुभन्दा पन्साउनु उपयुक्त ठानियो भने उसको सिद्धान्तलाई उसको सामु अस्वीकार गरेर गोप्य रूपमा प्रयोग गर्न सक्रिन्छ।”

“के तिमीलाई आफ्नो कर्मको पछुतो छैन?” – मैले निकै गम्भीर भएर भनें।

“समय छँदै आफूले ठीक बेठीक छुट्याउन न सक्नु अल्पबुद्धि हो र आफूले ठीक ठानेर गरेको कर्ममा पछुतो गर्नु कायरता। मलाई आफूले गरेको काममा पछुतो छैन।” – सुभद्राले दृढ स्वरमा जवाफ दिई।

सुभद्राले अनुहार म तिर फर्काएर गहिरो आँखाले मलाई हेरी र भनी – “हामी स्वास्नीमानिसले पऋणामलाई पहिले नै सोच्नु पर्छ। यसो ‘भए’ भन्ने होइन यसो ‘हुन्छ’ भनेर जान्नु पर्छ। तपाईले पनि जानिराख्नु बेश होला। तपाईको त्यो ‘भए’ ‘भइसक्यो’ मा पऋणत भएको छ।”

म्ोरो अनुहार रंगहीन अवश्य भयो होला किनकि सुभद्राले त्यसबारे पहिले कुरागर्दा नगरेकीले म ‘केही भएन’ भन्नेमा आश्वस्त थिएँ। त्यसैले यो आघातको निम्ति तयार थिइनँ। त्यो देखेर सुभद्राले हाँस्दै भनी – “परेन अब फसाद? बीचरो सानोकाकाले मलाई छोएकोसम्म पनि छैन भन्ने त तपाईलाई थाहा छँदैछ। केरकार गर्दा यो कुरमा त उसले पक्कै भन्ला। अनि शंका जान्छ कसमा? तपाईमा। होइन? फेरि मैले पनि त कोही मानिस देखाउनै पर्यो । तपाई जति सुयोग्य व्यक्ति अरू को पाउनु सक्छु मैले?”

मैले कम्पित आवाजमा भनें – “त्यस्तो नचाहिदो ठट्टा गर्नु हुन्न, सुभद्रा।”

सुभद्रा सामान्य स्थितिमा आएर भनी – “ठट्टा होइन, साँच्चै हो। छोरो होस् या छोरी मेरो जन्मने बच्चाको बाबु त बनिसक्नु भयो तपाई। खालि त्यसलाई तपाईले कसरी स्वीकार गर्नुहुन्छ? त्यो मात्र सोच्नु पर्योच तपाइले।”

अहिले म सामान्य स्थितिमा आइसकेको थिएँ। हुने आशंकामा डर लाग्नु स्वाभाविक थियो तर सुभद्राको पछिल्लो भनाइले ‘भइसक्यो’ भन्ने बुझे पछि त्यसमा डर मान्नु बेकार थियो बरू समाधान खोज्नु पर्थ्यो। मैले सुभद्रा तिर हेरेर भनें – “त्यसका बाटा थुप्रै छन्? त्यो खालि कुन बाटो समाउने भन्ने एकछन बसेर सोचौं।”

मैले सुभद्रालाई चौतारोको ढुङा देखाएर आफू पनि बसें।

“तिमी र म यहाँबाट निस्केर कतै जाउँ, सुभद्रा।” – मैले उसको अनुहार हेरेर भनें

मेारो कु्रा सुनेर उसले विष्फारित आँखाले हेर्दै भनी – “त्यो कसरी सम्भव हुन्छ?”

“किन हुँदैन? फुत्त उठयो, हिंडिदियो। यसमा नहुने कुरा के छ?” – मैले डोरी कसें। “तपाईको घर छ, परिवार छ। त्यसमा पनि एक्लो छोरो। भोलि बहिनीले के भन्ली मलाई?” – सुभद्राले कडा आपत्ति गरी।

“होइन। तिमी आफ्नो निम्ति बाँच्छ्यौ कि अरूको निम्ति?”

“म त मेरै निम्ति बाँच्छु तर तपाईको आधारमा बाँच्ने धेरै छन्। आफ्नो सुखको निम्ति त्यत्रो हत्याको अपराध लिन सक्दिनँ म।” – उसले टाउको निहुराई।

“मसँग सँगै झ्यालखाना जाने विचार त छैन होला तिमीमा?” – मैले अर्को प्रहार गरें। ऊ बोलिन।

“त्यसो भए, सुभद्रा, हाम्रो बाटो एउटै मात्र छ।” – सुभद्राले टाउको उठाएर मलाई हेरी।

मैले सम्झाउने स्वरमा भनें – “समाजको निम्ति तिमी सानोकाकाकी स्वास्नी हौ र वास्तविकतामा पनि त्यही बन। तिमी अतितलाई बिर्सेर वर्तमान र भविष्य हेरेर बाँच्न सिक र सानोकाकालाई अपनाऊ। त्यो जन्मने बच्चा हामी सम्म मा मात्र मेरो हुनेछ। अरूको निम्ति त्यो सानोकाकाको नै बनोस्।”

“कति यस्ता सत्य हुन्छन् जसलाई अतित भनेर बिर्सन सकिन्न। अर्को, जुन सानोकाकालाई मैले अहिले सम्म स्वीकार गर्न सकिंनँ त्यसलाई अब स्वीकारगर्ने कुरा आउदैन। उसको र मेरो बीचमा पनि एउटा रेखा खिचिइसकेको छ जसलाई हामी दुवै नाघ्न सक्दैनों। बाध्य भएर नाघे पनि अहिले नबुझुन्जेल सानोकाकाले यो मान्ला, बुझ्ने भए पछि त ‘यो मेरो बच्चा होइन’ भन्ने छ उसले। पोइले अर्काको ठानेको बच्चा लिएर जिन्दगी गुर्जान त्यति सजिलो छैन। त्यो घर त नरक हुन्छ स्वास्नीमानिसको निम्ति।”

म बोलिनँ। ऊ भन्दै गई – “त्यसको समाधान तपाई निकाल्न सक्नु हुन्न किनकि समाधान मसँग मात्रै छ। मेरो जीवनको लक्ष पहिले नै निश्चित छ। मेरो आफ्नो भन्ने पनि सीमित छ। म नहुँदा फरक पर्ने केही छैन।”

“तिमीले मर्ने विचार गरेकी त होइनौं?” – मैले झस्केर सोधें।

सुभद्राले मुस्कुराएर जवाफ दिई – “तपाईलाई नभेटुन्जेल त ममा मर्ने विचार पनि आउथें। अहिले त्यस्ता भावना म भित्र उब्जन सक्दैनन्। मैले बाँच्नुको अर्थ बुझेकी छु अहिले। कसैलाई जीवन दिन सक्नु बाँच्नु हो र बाँच्नलाई कसैलाई माया गर्न सक्नु पर्छ। मेरो सबै इच्छाहरू प्ाूरा हँुदै गएका छन्। मैले जान्न चाहेका कुरा धेरै जाने पनि। खालि एउटा प्रश्नको जवाफ म तपाईको मुखबाट सुन्न चाहन्छ ु- ‘के तपाई मलाई माया गर्नु हुन्छ?'”

मैले एकछिन घोरिएर जवाफ दिएँ – “म कसलाई माया गर्छु, कसलाई गर्दिन भन्न सक्दिनँ। कहिले लाग्छ-सबैलाई माया गर्छु। कहिले लाग्छ-कसैलाई पनि गर्दिन। मेरा प्रत्येक नजिककाहरू प्रति मेरा कर्त्तव्य र अधिकार भने म फरक फरक पाउँछु। बा, आमा, बहिनी, स्वास्नी, छोरी र तिमीसँग मेरो यी दायरा समान छन् जस्तो लाग्दैन तर यो पनि देख्नेले बढी जान्ने कुरा हो। मसँग नजिक भएकाहरूको दायरा नजिक छ, मसँग टाढा हुनेको टाढा। माया, अधिकार र कर्त्तव्यका यी दायरा पनि व्यक्ति व्यक्तिको सम्बन्धमा भर पर्छ र परिस्थितिमा पनि आधारित हुन्छ।”

“म सँगको सम्बन्ध?” – सुभद्राकोले आँखी भौं उचालेर सोधी।

“तिमीसँगको सम्बन्ध एउटा मात्र छैन। पहिलो, तिमी मेरी दत्ता हौ। दोश्रो, तिमी ह्दय देखि नै मप्रति अर्पिता हौ। तेश्रो, मैले नचाहँदा नचाहँदै पनि बलजफ्ती आफ्नो शरीर मलाई सुम्पेर पत्नीको स्थानमा टेक्न पुग्यौ र चौथो मेरो बच्चाको आमा हुन् लागेर पत्नीको अधिकार अझ बलियो बनायौ। अब हाम्रो नातासम्बन्ध तिमी नै केलाउ।”

सुभद्रा केही बोलिन। मैले उठदै भनें – “जाउँ। उठ। बाटो अझै निकै छ।”

घर आइपुग्न आधा घडीभन्दा कमको बाटो बाँकी थियो तर साँझ झमक्कै परिसकेको थियो। अचानक सुभद्रा ठेसिन पुगी र लडी। मैले हतारिदैं गएर उठाएँ। ऊ पात झैं कामेकी थिर्ई र मेरो सहारा उभिई। मैले दुवै हातले उसलाई समाएर सोधें – “कहीं चोट लाग्यो?”

“लागे खुट्टोमा लाग्यो। दुःखेको छ।” – उसले लामो सास फेर्दै आफ्नो जिउ पुरै मेरो छातीमा अड्याएर जवाफ दिई।

“अँध्यारो छ हेर्नलाई। हिड्न सक्छ्यौ घरसम्म?”

“सक्छु होला तर एकछिन उभिउँ्क।”

हामी त्यहीं स्थितिमा उभिइरह््यौ एकछिन। चराचुरुङीं बास बसिरहेका थिए र शायद मानिस पनि १।२ जना मात्र बाहिर थिए होलान् र कुकुर भुकिरहेका थिए त्यो अँधेरी रातमा र पारी पाखामा उज्यालो वरपर गर्दथ्यो। एकछिन पछि सुभद्राले भनी – “जाउँ्क अब।”

सुभद्रा नबोली मेरो भर लिएर हिंड्दै थिर्ई। उसको हिंडाई मन्द भएकोले मैले सोधे – “सारै दुःखयो?”

उसले मेरो प्रश्नको जवाफ नदिएर भनी – “हाम्रो भेटको पहिलो दिन पनि यसरी नै हामी दुइजना मात्र हिडिरहेका थियौं। ह कि?”

“त्यो दिन सम्झेर के फाइदा छ?” – मैले भनें।

“त्यो दिन त्यत्रो विधि मानिस भएर पनि तपाईलाई नै जिम्मा लाएथें अनि कालले त्यो साथ पनि छुटाइदियो र म तपाईलाई निदाएकै बेला छोडेर हिडें। म त्यही बेला मर्नु पर्थ्यो। मरिनँ। आज फेरि तपाई सँगै हिड्नु परिरहेछ। यसरी हिड्नु शायद यही नै अन्तिम होला।”

म्ा बोलिनँ। ऊ भन्दै गई – “जुन जुन क्षण म तपाईसँग एक्लै हुन्छु त्यही त्यही क्षण म एउटा न एउटा विपत्ति तपाई माथि ल्याउँछु। म यस्तो चाहन्न तर यस्तो भइदिन्छ। मलाई लाग्छ-मेरो उपस्थिति नै एउटा दोष हो।”

सुभद्राको घर पुग्दा निकै अँध्यारो भइसकेको थियो र सानोकाका र घर कुनै बजै (हर्के-श्यामे काण्ड पछि सानीहजुरआमाले एउटी बजैलाई राखेकी थिईन्) मैले बोलाए पछि बजैले ढोका खोलिन् र सुभद्रालाई मात्र देखेर सोधिन् – “खै त कजिनी?”

“माइत जानु भयो।” – मैले छोटो उत्तर दिएँ र भनें – “खै बत्ती यता ल्याउनुहोस् त बजै। यो सानी काकीले खुट्टो फुटालिन् जस्तो छ।”

सुभद्राले दुइवटा औला फुटालेकी थिर्ई र हात खोस्याएकी। तातो पानीले घाउ धोई दिएर भरमा भएको औषधी लगाइदिएर म आफ्नो घर तिर लागें।

म्ा २।४ दिन घरबाटै निस्किन। एकदिन बिहानै मेरी स्वास्नीले मलाई बिउँझाएर समाचार दिई – “सुभद्रा दिदी घरमा हुनुहुन्न रे।”

“माइत साइत गइन् होला नि” – मैले कोल्टो फर्कदै भनें।

“हिजो बेलुका कोठामा सुतेकी मान्छे बिहान ढोका उघारै राखेर जान्छन् माइत? त्यसमा पनि सासूलाई पनि केही नभनी?” – मेरी स्वास्नी चिढिई।

स्वास्नीको तीव्र उत्तेजना देखेर मलाई उठन कर लाग्यो र उठेर बस्दै भनें – “धारा पँधेरा, छर-छिमेक कतै गइन् होला नि। तिमीहरू यसै आत्तिन्छौं यसो बिहान एकछिन छैनन् भने पनि।”

“के को बिहानै छ अहिले? आधा दिन जान लागिसक्यो। सानी हजुर आमा आउन भएको छ तल। तपाईलाई सोध्दै हुनुहुन्छ।” – मेरी स्वास्नी फन्कँदै बाहिर निस्की। मैले लामा सास फेरें आफ्नो भाग्यको विडम्बना देखेर। सुभद्राले ब्याइते लोग्नेलाई अपनाउन सकिन, घर खान सकिन। यसको लागि सासूले माइतीलाई दोष लाउनु पर्ने तर दोष म माथि आयो। एक पुस्ता माथिकाले सुभद्राको बिहे मसँग गरिदिने निर्णय गरे र निर्णय बदले। त्यसको लागि पनि दोषी म ठहरिएँ र मानसिक चोट पनि मैले सहनु पर्योक, शारीरिक आक्रमण पनि मैले बेहोर्नु पर्योक। म सुभद्राको भलोको निम्ति काम गर्न खोज्थें तर सुभद्रा त्यो गर्न दिन्नथी जो म गर्न चाहन्थें र त्यही गराउँथी जो मेरो इच्छा विपरीत हुन्थ्यो तैपनी दोष मैले बेहोर्नु पर्थ्यो। अब सुभद्रा थिइन। सानीहजुरआमा म कहाँ खोज्दै आएकी थिइन् मानौं उसलाई मैले लुकाएको थिएँ, मैले कही भगाएको थिएँ। यदि सुभद्रा साँचै गएकी थिर्ई भने भोलि उसका माइती खोज्दै आउने थिए म कहाँ उसलाई र मसँग मरेको चिनो या हिंडेको गोहो मागगर्ने थिए। सबको दृष्टिमा म सानोकाकाको वारेस थिएँ र सानोकाकाको नाममा सुभद्रालाई मैले जिम्मा लिएँ र सानोकाका त कुशको ऋषि या सुवर्णप्रतिमा थियो जसलाई सबै चिज दिइएको थियो जिम्मेवारी बाहेक। म्ा माथिबाट तल झरें। सानीहजुरआमा आमासँग खासखुस कुरा गर्न लागेकी थिइन् र मलाई देखे पछि कुरा गर्न छोडिन्। शायद सुभद्राकै कुरा चलिरहेको थियो होला। मैले उनलाई देखेर स्थितिलाई अति सामान्य बनाउन खोज्दै भनें – “सानीहजुरआमा त आज बिहानै आउनु भएछ नि।”

उनले म तिर हेरेर भनिन् – “म तँलाई लिन आएकी, जीवन।”

“किन? के पर्यो-? अहिले नै जानु पर्ने?” – मैले थाहा नपाए झैं गरी सोधें।”

“बहिनी छैनन् रे घरमा।” – आमाले बीचैमा कुरा काट्नु भयो।

“छैनन् त के गर्नु मैले?” – आमाको मनमा समेत मैले सुभद्राको जिम्मेवारी लिनु पर्ने भावना देखेर म चिढिएँ।

“कस्तो के गर्नु भनेको? कता गइन्? कहाँ छन्? भनेर खोजीनीति गर्नु परेन त लोग्नेमानिसहरूले?” – आमालाई मेरो भनाई मन परेन।

“हो खोज्नु पर्छ। तर के म मात्रै छु यहाँ लोग्नेमानिस?”

सुभद्राको अनुपस्थिति मेरो लागि एउटा बोझ भएको थिई, एउटा चोट भएको थियो। सुभद्रा मैले उसलाई बेहोर्ने बचन कहिले पनि न दिइएकी एउटा दायित्व भएकी थिर्ई, भोग्न नचाहेकी भोग्या थिर्ई, बलजफ्ती टाँसिन आएकी प्रेमिका थिर्ई र मैल्ो न चाहँदा नचाहँदै पनि मेरो अंग बन्न पुगी-आधा अंग बन्न। मलाई थाहा थियो -‘ऊ अचानक एकदिन जानेछ’ तर उसको जानुको दुःख मैले अन्दाज गर्न सकेको रहेनछु। ‘सुभद्रा छैन’ भन्ने मेरो स्वास्नीमानिसको कथन नै पर्याप्त थियो ‘उ गई’ भन्ने बुझ्नलाई र त्यो ‘गई’ ले म भित्र ल्याएको आँधीबेरी म एक्लैले एकान्तमा बेहोर्ने मेरो चाहना मेरी स्वास्नीले बुझ्न सकिन। मेरी स्वास्नीको ठाउँमा सुभद्रा भएकी भए अवश्य त्यो बुझ्ने थिर्ई र मलाई आमा र सानीहजुरआमाको अगाडि ल्याएर अपराधी जस्तै उभिन लगाउने थिइन। आमा माया त गर्नु हुन्थ्यो तर दोश्रो पुस्ताको छाती भित्रको दावानल देख्न सक्नुहुन्नथ्यो। त्यसैले वहाँ मलाई केही भन्न लाग्नु भएको थियो बीचैमा सानीहजुरआमाले रोकेर भन्नु भयो – “जीवन। ‘बुहारी घरमा छैन’ भनेर कस कहाँ भन्न जाउँ्क तँ कहाँ नआएर? भन् त।”

सुभद्राको भनाई झैं व्यवहारिकताको नाममा बाँच्नु पर्ने मैले सानीहजुरआमालाई लिएर उनको घरमा गएँ।। त्यो घरलाई ओगेटेर बस्ने सुभद्रा त्यहाँ थिइन। म बानी परिसकेको थिएँ र त्यो घर र सुभद्रासँग। त्यसैले सुभद्रा बिनाको त्यो घर फुङ उडे जस्तो लाग्यो मलाई। मूल ढोकाबाट झ्वाट्ट भित्र पस्दा मजेरीको पल्लो छेउबाट केही टाउको घुमाएर चोर आँखाले मेरो आँखामा हेर्ने सुभद्रा ‘त्यही छ कि?’ जस्तो लागेर मैले त्यता दृष्टि दिएँ -विश्वास नभएको दृष्टि। सानोकाका मूल ओछ्यानमा लम्पसार परेर सुतेको थियो मानौ उसको प्यारो पुतली हराएको थियो, मानौ उसको खेल्ने साथी छोडेर गएको थियो। म मूल ओछ्यानको छेउमा गएर बसें र उभिएकी सानीहजुरआमा तिर हेरेर सोधें – “ल भन्नोस् त। कुरा के भयो?”

सानीहजुरआमाले अँगेनामा छेउको पीरामा बस्दै भनिन् – “हिजो दिन भरि एक्लै घोत्लेर बसेकी थिर्ई। मैले ‘सन्चो भएन?’ भनेर सोधें ‘होइन, सन्चै छ’ भनी। दोजिया भए जस्तो लाग्छ। यस्तो बेला यस्तै हुन्छ नै जस्तो लाग्यो। ‘पीर न गर्नु है। जिउको अलि सम्भार गर्नु पर्छ नि।’ मात्र भनें।”

सानीहजुरआमाले म तिर हेरिन्। हुन् त उनको हेराइ कुनै विशेष थिएन तर मेरो अपराधी मनले उनले मलाई आरोप लगाए जस्तो ठान्यो।

“बेलुका सँधै झैं सुत्न गयौं। बिहान म उठ्दा ढोका ढप्काएको मात्रै थियो। धारा पँधेरा गइहोली भनेर वास्ता गरिन। बिहान बित्न लाग्दा पनि नआएकी देखेर तँ कहाँ गएकी।” – सानीहजुरआमाले कुरो टुंग्याइन्।

“कहीं अरू ठाउँमा पनि खोजिनीति गर्नु भयो कि?”

“कहाँ खोजिनीति गर्नु? तेरो घरमा बाहेक अरू कसैको घरमा पनि उसले खुट्टा हालेकी छैन। कस कहाँ खोज्नु? तँलाई न सुनाई कसलाई ‘खोजिदे’ भन्नु?” सानीहजुरआमाको भनाई जता अर्थ लगाए पनि हुन्थ्यो।

मैले सानोकाकालाई छोएर भनें – “उठ, सानोकाका। एक पल्ट कोठामा गएर हेरौं केही सुत्र पाइन्छ कि?”

सानोकाका आज्ञाकारी बालक झै्र उठ्यो। मैले उठ्दै सानीहजुरआमालाई भनें – “भात पकाउँदै गर्नोस् न। म पनि यतै खाउँला।”

मलाई सानोकाकासँग धेरै कुरा गर्नु थियो। सुभद्रासँग धेरै बस्ने व्यक्ति उही नै थियो र सुभद्राले केही न केही कुरा अवश्य नै ऊसँग भनेको हुनु पर्थ्यो। सानोकाका अवश्यै पनि आमाको अगाडि केही भन्ने थिएन र सानीहजुरआमालाई कुनै काममा नअल्मल्याए उनले हाम्रो पिण्ड छोड्ने थिईनन्। कोठा भित्र पसे पछि मैले साने काकालाई सोधें – “सानी काकी निस्केको तिमीले थाहा पायौ?”

“अहँ, थाहा पाइँन।” – सानोकाकाले निहुरेर जवाफ दियो।

“जान्छु भनेकी थिइन् तिमीसित कहिल्यै?”

“हिजो भनेकी थिइन्। अनि धेरै बेरसम्म रोइन्।”

“के भनिन् अरू?”

“मैले धेरै पढ्नु रे। ठुलो भएपछि राम्री केटी बिहे गर्नु रे। ‘म बिहे गरिदिउँला भन्ने थियो तर मैले भ्याउँन सकिन।’ – भन्थिन्।”

“तिमीले ‘किन जाने तिमी?’ भनेर सोधेनौं?”

“सोधें। ‘तिमीले म किन जानलागें? त्यो नजान्नु नै असल छ। अँ, अरू म मरेको समाचार पायौ भने तिम्रो जीवन दाईलाई किरिया गर्न लगाई दिनु है’ भनेर भनिन्। तिमीले किरियापुत्री बन्नु हुन्छ रे। हो?”

“हो। उसले भनेपछि कसरी नहुने?” – मेरो मुखबाट निस्कियो।

सानोकाका वाल्ल पर्योक। सुभद्रालाई ‘तँ’ साइनो लगाएर यसरी भनेको उसले कहिले पनि सुनेको थिएन तर मैले त्यता पट्टी वास्ता नगरेर उसलाई सोधें – “लुगा फाटो, गहना, पैसा के के लिएर गइन्?”

सानोकाकाले हतार हतार जवाफ दियो – “त्यो त आमाले सबै हेरिसक्नु भयो। केही पनि लगेको रहेनछ। लाएको एकजोर लुगा मात्रै हो। कानका मुन्द्री यहीं सिरानी मुनि रहेछन्। ‘फुली चैं लगिछ’ भन्नु हुन्थ्यो आमा।”

म्ोरो निम्ति त्यो भनाई पनि असह््य भयो। एउटी स्वास्नीमानिस आफूले लगाएको एकजोर लुगाका भरमा एक्लै मानव समुन्द्रमा बिलाएकी छ त सानी हजुर आमालाई एउटा फुलीको माया थियो। यदि सुभद्राले सबै चीज लिएर गएकी भए त्यसको मुल्य म तिरिदिने थिएँ। शायद सुभद्रालाई थाहा थियो – जो ऊ लिएर जानेछ त्यसको मोल पनि मसँग माग्ने छन् – र ऊ मलाई त्यो भारी बोकाउन चाहन्नथी।

यसरी म नबोली बसेको देखेर सानोकाकाले केही सम्झयो र भन्यो – “ए, साँचि त। तिमीलाई एक चीज दिनै बाँकी छ।”

सानोकाका खटप्वालमा हात हाल्नु पुग्यो। मलाई बोल्ने चाहना थिएन र उसको गतिविधी हेरेर बसिरहें। म भित्रको तनाव क्रमशः बढिरहेको थियो। प्वालबाट सानोकाकाको हात बाहिर आउँदा एउटा कागज पनि सँगै आयो। उसले त्यो कागज मेरो हातमा राखिदिदैं भन्यो – “अरू ठाउँमा राख्दा आमाले देखिहाल्नु हुन्छ। ‘तिम्रै हातमा दिनु, नसके च्यातिदिनु’ भनेकी थिइन्।”

प्ा्कलाम जस्तै गह्ौं छाती पारेर मैले पट्याएको कागज खोलें। ठुलो कागज भित्र सानो कागज पनि थियो। मेरो दृष्टि पहिले ठुलो कागजमा गयो। सम्बोधनमा कसैको नाम थिएन। शुरूमा नै लेखिएको थियो – “दैबु राजै।” त्यसलाई पढ्ने समय पनि मसँग थिएन र आँट पनि भएन। त्यसैले त्यसलाई गोजीमा राखेर कसैलाई पनि सम्बोधन नगरिएको सानो कागज पढ्न थालें।

“म आज हिडिसकें। त्यसैले भोलि गाउँमा कचहरी ब्ास्नेछ। मेरा नाता, गोता सबैसँग म हराउनुको कारण सोधिने छ, स्पष्टिकरण मागिने छ। तर मेरो जानुमा उनीहरूको कुनै दोष छैन र उनीहरूसँग सम्बन्ध पनि छैन। मेरी सासूले, वहाँको छोराले मलाई माया दिएर राख्नु भयो। वहाँका नातागोता सबैले मलाई मेरो ठाउँमा पाउनु पर्ने सम्म ान सँधै नै दिऊ। मलाई खान लाउन दुःख कहिले पनि भएन, कामको बोझ पनि मलाई परेन। म जस्तो स्थितिमा बस्न पाउने बुहारीलाई भाग्यवानी नै मान्नु पर्छ। तैपनि म आज हिंडे र हिड्नुको कारण म आफू स्वयम् हँु। आफूमा भएको चीजमा सन्तोष नगरेर आकाशका तार टिप्न खोज्नु मेरा दुःस्वप्नहरू न्ौ मेरा हिड्नुका कारण हुन्। म मर्न गएकी पनि होइन। त्यसैले मेरा लास कहीं छ कि भनेर खोजिगर्ने अकारण दुःख कसैले नउठाओस्। म त केवल यो ठाउँ, यो गाउँ मात्र छोडेर जान लागेकी हुँ, संसार छोड्न लागेकी होइन। मेरो माइतीबाट मेरो दाजु खोजिनीतिगर्दा सोध्न आइपुग्ला। ऊ आयो भने भनी दिनु -‘मेरो खोजीनीति न गर्नु रे’ भनेर अनि भनी दिनु ‘जसलाई ऊ दोषी ठान्छ, ऊ दोषी होइन। एउटी बहिनी म दाजुलाई छोएर किरिया हाल्छु, ऊ गंगा जत्तिकै पवित्र छ र उसलाई केही गरियो भने एउटी बहिनीलाई मारेको पाप लाग्ने छ।’ मैले भोलि बस्ने कचहरीलाई भन्ने कुरा यति नै हो।

सुभद्रा

म्ा उठेर नबोली तल झरें। सानोकाका मेरो पछि पछि आयो। चुलोमा बसेकी सानीहजुरआमालाई हेरेर मैले भावहिन स्वरमा भनें – “सानी काकी बिदा भएर गइन्। अब उनी फर्केर आउँदिनन्, सानीहजुरआमा। भोलि कचहरी बोलाएर यही कागज देखाए पुग्छ। बालाई दिइ दिनु यो कागज। वहाँले सबै मिलाउनु हुन्छ।”

म्ा बाहिर निस्कन लागें। सानीहजुरआमा कराउनु भयो – “खाने कुरा त खाएर जा न। पाकिसक्यो।” मेरो खाने कुनै चाहना थिएन र’अर्को कुनै दिन आउँला’ भन्दै बाहिर निस्कें। म घर आइपुग्दा आमा बाहिर दलानमा बसिरहनु भएको थियो। म यान्त्रिक पाइला चाल्दै दलानमा उक्लें। मलाई विश्वास थियो कि आमाको पहिलो प्रश्न नै सुभद्राको बारेमा हुनेछ। मानसिक रूपले थकित भए पनि आमाको अगाडि त्यो थकाई देखाउन चाहन्नथें। त्यसैले बाटा भरी नै म उत्तरको अभ्यास गरेर आइरहेको थिएँ र आमाको एउटा प्रश्नमा नै भनिदिइहाल्ने थिएँ – “आमा। सुभद्रा गई। ऊ फर्कन्न। अब कसैले पनि उसको डर मान्नु पर्दैन, उसको पीर पनि लिनु पर्दैन।” तर आमाले अकस्मात् पर्न आएको कुनै आघातले पीडित भए जस्तो अनुहार बनाएर मलाई हेर्दै भन्नु भयो – “के भयो बाबु, तँलाई?”

म त्यस्तो प्रश्नको निम्ति तयार थिइनँ र न मसँग त्यसको उत्तर नै थियो। आमाको भनाइबाट मैले त्यति बुझें कि म सँधै जो थिएँ, त्यो बेला त्यो थिइनँ। छोरा, छोरीको मुटुसम्म छिर्न सक्ने आमाको दृष्टिले म भित्र कहीं केही देखेको थियो। आफ्नो मानसिक तनावलाई भरसक सम्यम्मा राख्न खोज्दै जवाफ दिएँ – “केही होइन, आमा। यसै टाउको दुःखे जस्तो छ। एकछिन सुते पछि ठीक होला।”

म भर्या ङ उक्लन लागें तर आमाले मलाई पछ्यउन छोड्नु भएन। म कोठामा आएर ओछ्यानमा पल्टिएँ। म मानसिक तथा शारीरिक दुवै रूपले एकान्त चाहन्थें तर आमाको मन छोरोलाई केही पीर परेको थाहा पाएर छोड्न चाहँदैनथ्यो र त्यही पूरानो ममताको खास्टो ओडाएर मायाको मलहम लगाउन चाहन्थ्यो। आमा आएर छेवैमा बस्नु भयो र भन्नु भयो – “म एक छिन टाउको मिचि दिऊँ, है?”

मैले ममताको अपमान गर्न सकिनँ। आमा मेरो टाउको सुम्सुम्याउन लाग्नु भयो र निन्द्रा नलागे पनि निन्द्रा लागेको नकल गरें। एकै छिन पछि आमा बिस्तारै ढोका बन्द गरेर बाहिर जानु भयो। आमा गए पछि पनि म निकै बेर पल्टिरहें। म कोल्टो फर्कन खोजें। मेरो गोजीमा भएको कागजको ‘खस्स’ आवाज शूल जस्तै भएर मेरो छातीमा गाडियो र मैले कामेको हातले सुभद्राको चि195157ी निकालेर उठेर बसें। चिठ्ठी सोझ्याएर पढ्न मलाई निकै गाहारो परे पनि आफ्नो संतुलनलाई बलजफ्ती कायम राखेर पढ्न थालें।

“दैवु राजै,

यी दुई शब्द लेख्नु अगाडि मैले बीसौं पटक दोहोर्या एर रोएँ, आफैंले बोलेर आफैलाई सुनाएँ किनकि यी शब्द तिमीलाई भन्नु मेरो पहिलो पटक हो र अन्तिम पटक पनि। हुन् त तिमी भनौला – ‘तँ ती शब्द अगाडि पनि भन्न सक्थिस्।’ हो सक्थें तर भन्न सक्नु र भन्नुको बीचमा ठुलो अन्तर छ। कति कुरा भन्न चाहेर पनि भन्न सकिंदैन र कति कुरा भन्न सकेर पनि भनिदैन। आज म स्वतन्त्र छु भन्नलाई र त्यसैले भन्दैछु। यो मेरो भनाईले अब कसैलाई पनि नोक्सानी गर्दैन। नोक्सानी हुने सीमाभन्दा बाहिर जाँदै छु म मृत्यु सम्म पुग्न नसके पनि।”

“तिमीलाई लाग्ला म अति भावुक भएकी छु। हो, भावुक भएकी छु। भावुक हुने अधिकार छैन र मसँग? मैले भावुक हुन् पाउने क्षण आउनुहुन्न र म भित्र? तिमी पो वास्तविकता र व्यवहारिकतामा बाँच्नु पर्ने मान्छे। तिमी पो भावुक हुन, रून र हाँस्न सक्दैनो, जान्दैनों। तिमी त अर्काको निम्ति बाँच्ने मान्छे। कसैको पैताला बालुवाले खोस्याउला भनेर उसको बाटोमा आफ्नो छाती ओछ्याइदिने मान्छे।”

“दैबु ! काल पनि कति निर्दयी हुन्छ, ह कि? एकदिन आफू जन्मेर हुर्किएको माटो सँधैको निम्ति छोडेर हिंडदा मेरा पाइला अनन्त भास तिर लागेको अनुभव गरेथें र त्यही भासमा डुबेर बिलाउने आशा म निश्चिन्त थिएँ। तर कहाँ पाएँ र मैले डुब्न? तिमी मेरो आशाको त्यान्द्रो भएर अगाडि उभिई रह््यौ। तिमी मेरो संरक्षक भएर मृत्युसँग लडिरह््यौ। तिम्रो सामु त अजेय मृत्यु पनि हारेर गयो। ह कि? मलाई बचाएकोमा तिमीलाई अवश्य गर्व भयो होला तर सोचेनौं नि तिमीले त्यो बेला -मेरो निम्ति बाँच्नु कति कष्टकर छ भनेर। मैले बाँच्न त रामायणमा वर्णित राजा श्वेतकेतुले आफ्नो लास स्वर्गबाट ओर्लेर आफैं खाए झैं आफैंलाई खानु पर्छ, आफ्नै रगत पिउनु पर्छ। अहिले हेर त। आज कालचक्र एक फन्को मारेर फेरि मलाई यो मैले टेकेको ठाउँबाट बाहिर हुत्याउँदै छ तर, मेरो दुर्भाग्य। अहिले तिमी मेरो साथमा छैनों। केवल तिम्रो सम्झनाको चिनो मात्र हुनेछ मसँग। मृत्युसँग पनि म एक्लैले लडनु पर्नेछ किनकि आज त मर्ने चाहना पनि छैन ममा।”

“राजै ! भन्न त मलाई धेरै मन थियो तिमीसँग – धेरै, धेरै, यति धेरै कि त्यो बोली सँगै प्राण उप्किएर जिब्रोमा आएर टाँसिए बोली नरोकिए सम्म। तर भाग्यमा म लेखिएको चिज म कहाँ पाउँ्क? मैले तिमीलाई धेरै दिन मन गरेथें तर मसँग दिने चिज केही रहेनछ। म त रित्तै रहिछु। मैले तिमीसँग माग्नु पनि धेरै थियो तर आफूसँग दिने केही नभए पछि तिमीसँग मात्र मागेर कति दुःख दिउँ्क तिमीलाई? तिमीले जति दियौ त्योभन्दा बढी एउटी नारीले के पाउन सक्छे? तिम्रो सामु म त स्वार्थी मगन्ते मात्रै हुँ र तिमीसँग त अझै माग्नु छ। त्यसैले यो मगन्तेको अन्तिम मगाइ न नकारिदेऊ।”

“दैबु ! तिम्रो संगतमा आएर मैले दुइवटा प्रिय वस्तुहरू कमाएँ। एउटी बहिनी जसलाई तिमी स्वास्नी भन्ने गर्छौ। उसको ह्दय हिमालको हिमशिला जस्तै छ, बाहिरबाट कडा र चिसो तर प्रेमको न्यानोपनले छोपिदिए पछि ऊ पग्लन्छें स्वच्छ र निर्मल पानी जस्तै भएर। ऊ असत्लाई असत् भनिदिन्छे। तिमी हामी जस्तो छोपेर राख्न सक्दिनँ ऊ। तिमीले बाँच्न दियौ भने ऊ बाँच्छे, मर्न दियौ भने मर्छे। ऊ तिमीलाई माया गर्छे, यति धेरै माया कि प्रत्येक स्वास्नीमान्छे माथि ऊ शंका गर्छे ‘उसले तिमीलाई आफूबाट खोस्छे कि’ भनेर। त्यसैले ऊ अकारण त्यो स्वास्नीमानिससँग झगडा गर्न पनि तयार हुन्छे तर कुनै स्वास्नीमानिसले तिम्रो भलो चाहन्छे भन्ने उसको मनमा विश्वास भयो भने तिमीलाई उसको हातमा सुम्पन पनि सक्छे। मेरो त्यो मुर्ख बहिनीलाई तिम्रो काँखमा छोडेर गएकी छु। उसलाई सुखी हुन् सिकाईदेऊ अन्यथा उसको आँसुले मलाई पिर्ने छ। तिमीलाई अर्को नासो पनि छोडिदिएको छु-मेरो भाग्य या दुर्भाग्यले कमाइदिएको नासो। सामाजिक र कानुनी नाताले ऊ मेरो लोग्ने हो र हामी दुई बीचको हार्दिक भावना र सम्झैाताले मेरो भाइ। कस्तै विषम परिस्थितिमा पनि उसले मलाई ‘दिदी’भन्दा अर्को भावनाले हेरेन र आमाको नैतिक दबावमा पनि उसको मनमा पाप उब्जिएन। मैले सक्ने भए म उसलाई हुर्काइदिने थिएँ तर त्यो असम्भव हो भन्ने तिमीलाई थाहा छँदै छ। ब्याहिता स्वास्नी दिदी भएर यो समाजमा कसरी बाँच्न सक्छे र? तिमी बाहेक उसको जिम्मेवारी लिने कोही छैन। ऊ आफू आफ्नो खुट्टामा उभिने नहुन्जेलसम्म सहारा देऊ। मेरो माग्ने यत्ति नै हो।

“तिमी भन्थ्यौ नि, दैबु ! मानिस मानिसको बीचमा साइनो बाँधिएको हुन्छ भनेर। मलाई काकीको नाता भित्र बाँध्न खोज्यौ सँधै नै तर कसले स्वीकार गरिदियो तिम्रो त्यो साइनोलाई? अरू त अरू तिम्री आमाले पनि मानि दिनु भएन त्यो तिम्रो ढिपीलाई। सबैले मलाई तिम्रो पोल्टा भित्रको ‘तिम्रो वस्तु’ ठानें, सँधै तिम्रो अधिकारको दायरा भित्र राखे मलाई। जुन कुरा मैले चाहिंन त्यही गर्न बाध्य गरे मलाई र जो तिमी हुन् चाहेनौ त्यही बनाए तिमीलाई। यो माटोमा जन्मले बाँधेको नाता त बलियो हुँदो रहेनछ भने संकल्पले बाँधेको साइनोमा अडन खोजेर आफैं पीडा भोग्नु बाहेक अरू के पायौ तिमीले? म त बिना साइनो आएकी मान्छे बिना साइनो मेटिन जादैछु – मैले तिमीलाई दिएको दुःखको प्रायश्चित गर्न।

“मेरो राजा ! आफ्नो भाग्यको निम्ति त मलाई रून छैन तर तिम्रो दुर्भाग्य सम्झेर मेरो मुटु घाँटीसम्म आइपुग्न खोज्छ। तिमीले अर्काको वारेस भएर सँधै नै आफूले नगरेको अपराधको सजाय भोग्नु परिरहेको छ, अर्काको जिम्मेवारी आफूले बेहोर्नु परिरहेको छ। तिमी सँधै सँधै आफ्ना सबै घाउ लुकाएर एक्लै आफ्नो दायित्व पूरा गरिरहेका छौ। न कसैले तिमीलाई सह्योग दिन्छ, न सहानुभूति। तिमी आगोमा हाम फालेको बखान त सबैले गर्लान् तर त्यो आगोले पोलेको तिम्रो घाउको दुःखाई कसैले पनि अनुभव गर्न सक्दैन। मैले त तिमीलाई भेटेको दिन देखि नै सँधै दुःख दिएँ तिम्रो मुस्कान भित्र अमिलो दुःखाई भएको थाहा पाई पाई पनि। माफी देऊ मेरा सबै अपराध। बिन्ती छ। बिर्सिदेऊ एउटा दुस्वप्न ठानेर सुभद्रा भन्ने तुच्छ जीवलाई। म आफैले तिम्रो वारेसनामा च्यातेर गएकी छु म प्रतिको तिम्रो सबै जिम्मेवारी छुटाएर।

सुभद्रा

आफ्नो संयम्प्रति मलाई जहिले पनि गर्व थियो। त्यसैले त्यो चिठ्ठी पढिसक्दा पनि आफ्नो संतुलन कायम राख्न कोशिश गरिरहें र चिठ्ठी पढिसकेर पल्टें। तर मेरो छाती रित्तो भयो सुख दुःख केही नभए जस्तै अनि मस्तिष्क शून्य थियो भूत, भविष्य वर्तमान केही पनि नसम्भि्कने। मैले सुभद्राको चिठ्ठी पनि सम्भि्कनँ। बिस्तारै शारीरिक शिथिलता बढदै गयो र बाहिरबाट आउने स्वरहरू मसिनिदै गए। बाहिर साँझ पर्न लागे जस्तै झ्यालबाट आउने उज्यालो धमिलिदै गइरहेको थियो। यसले पनि मस्तिष्क र शरीरमा कुनै प्रतिक्रिया ल्याएन। केही क्षणमै स्वरहरू ठ्याम्मै बन्द भए र अँध्यारो निस्पट्ट भयो। मैले आँखा चिम्लें। शायद म निदाएँ क्यारे।

उपसंहार

“अनि सुभद्राको कसैले खोजि गरेन?” – मैले अगाडि बसेकी ती सेतै फुलेकी बूढीलाई सोधें।

“कसलेगर्ने उसको खोजी? माइतीको निम्ति ऊ पहिले नै मरिसकेकी थिर्ई। सानीहजु्रआमाले ‘कुचोले बढार्नुपर्ने हावाले उडाई दियो’ भनी ठान्नु भयो। सानोकाका सानै थिए। जीवनका बाले पनि ‘लण्ठै मेटियो’ भनी ठान्नु भयो।”

“जीवन नि जीवन?”

“बुहारीले ऊसँग रोई, कराई सुभद्राको खोजी गर्नोस् भनेर तर ऊ ढुङो जस्तै न ‘हुन्छ’ भन्थ्यो, न ‘हुँदैन’ भन्थ्यो। सुभद्राका कुरा आउने बित्तिकै ऊ त त्यो ठाउँ बाटै उठेर हिंड्थ्यो।”

“यसरी सुभद्राका कुरा सुन्न न चाहनुका पछाडि केही कारण त थियो होला नि? अरूले नबुझे पनि तपाईले त अवश्य बुझ्नु हुन्थ्यो होला।”

“कसैको मुख हेर्न नचाहनु, कसैको कुरा सुन्न न चाहनुका पछाडि दुइटा मात्र कारण हुन् सक्छन्, अमर बाबु। कि त आफूले असाध्यै घृणा गरिएको मान्छेको मुख हेर्न, कुरा सुन्न मन लाग्दैन कि आफूले जानी जानी निर्दोषलाई दण्ड, सजाँय दिएँ भन्ने हेय भावना आफूमा भयो भने हेर्न न सुन्न सकिदैन।”

“यिनै कारण थिए त जीवनले सुभद्राको खोजिनीति न गर्नु?”

“ऊ यथार्थवादी थियो र व्यवहारिकतालाई ऊ आफ्नो आदर्श मान्दथ्यो। उसको सामु हिंडिसकेकी सुभद्राप्रतिभन्दा उसका अगाडि भएका हामी आमा, बाबु, उसकी स्वास्नी, छोरी, बहिनी, सानोकाका र सानीहजुरआमा प्रतिको जिम्मेवारी प्रत्यक्ष थियो, बढी थियो। सुभद्राको खोजीनीतिगर्ने मेरा सुझावलाई उसले अस्वीकार गरेर भनेथ्यो – ‘आमा। सुभद्रा फेरि पाएर कसको सुख बढ्छ यहाँ? सुभद्रा आफैं पनि सुखि हुन् सक्दिनँ।’ त्यसैले हामी सबैले बिर्सिदियौं सुभद्रालाई।”

“हुन त हो। सुभद्रालाई खोजेर कसलाई पो फाइदा हुन्थ्यो र?”

“यही त गल्ती सोच्यौं, बाबु, हामीले पनि। सबैको निम्ति त सुभद्रा गइसकेकी थिर्ई, बिलाईसकेकी थिर्ई अथवा मरिनै सकेकी थिर्ई तर मेरो छोराको छाती भित्र ऊ दावानल भएर बसिरहेकी थिर्ई। सुभद्राको दुर्भाग्यको कारण ऊ आफूलाई ठान्दथ्यो र सुभद्रा गइसकेपछि सुभद्रा उसको आत्मा भित्र कति गहिरोसँग बसेकी रहिछ भन्ने उसले अनुभव गर्न थाल्यो।”

“सुभद्राप्रति गहिरो सहानुभूति मात्र छ भनेर हामीलाई भनेको थियो तर उसको भनाइ सत्य होइन रहेछ। उसले हामीलाई मात्र होइन ऊ आफैलाई पनि ढाँट्यो। त्यो उसको सहानुभूति होइन उसको प्रेम थियो सुभद्राप्रति। असत्यको खाष्टो ओडेर ऊ आफूलाई ढाँटिरहेको थियो र हामीले पनि पत्यायौं। खाली उसकी स्वास्नीले पत्याइन उसको कुरालाई। बुहारीको त स्वभावै थियो असत् लाई असत् भनी दिने। छोराले जम्मै माया बुहारी माथि खन्याइदिन खोज्यो तर त्यो अर्काको नासो स्वीकार गर्न सकिन उसले।” “के स्वास्नीले पनि माया गरिन?”

“माया गरी। आफ्नो जम्मै माया दिई तर लोग्नेको माया कृत्रिम ठानिदिई। ऊ विक्षिप्त भई र यस्तै विक्षिप्तताको क्षणमा एकदिन आत्महत्या गरेर मरी। यसरी मैले मेरो घरबाट पहिलो लास बुहारीको उठाउन लगाएँ।”

“जीवनलाई चोट लागेन त यसले?”

“जो आफ्नो मृत्यु सँगारमा आएर उभिए पनि अर्काको निम्ति काम गरिरहन्छ त्यसलाई चोट लाग्यो लागेन कसरी थाहा पाउनु? लाग्यो होला पक्कै नै तर त्यो बुझ्ने गरी उसको छातीभन्दा बाहिर कहिले पनि निस्केन। खाली स्वास्नीको लासलाई पहिलो पटक देख्दा शून्य आँखाले एकछिन हेरेर बिस्तारै भन्यो – ‘त्यसो भए तँ पनि गइस्।’ यस्तो बेलामा छोराको सहायता गर्नु पर्छ भनी ठान्र म उसको छेउमा नगएकी भए म पनि उसको भनाई सुन्ने थिइनँ होला। उसको भनाईको एउटै अर्थ थियो – सुभद्राले त छोडेर गई गई, तँ पनि गइस्? यसले सुभद्राप्रति गहिरो प्रेम रहेछ भन्ने मलाई प्रष्ट भयो तर के गर्नु, बाबु? हामी स्वास्नीमानिसको बोली बिक्छ नै कहाँ? सुभद्रालाई खोजेर ल्याउनु न जीवनले मान्यो, न उसका बाबुले। लोग्ने मानिसको गर्व र जिद्दीले नै उनीहरूलाई खाँदो रहेछ, बाबु। त्यसैले नै उनीहरू चाँडै मर्छन् क्या रे।”

“त्यसपछि त जीवनले बिहे गरेन होला?”

“गरेन। मैले पनि जोड गरिन। सुभद्राको भनाई सत्य नै भएर निस्कियो -‘मन त माटाको घैंटो न हो। सद्धे हुन्जेल के के न जस्तो, एक पटक चोट परे पछि टुक्रा टुक्रा हुने।’ त्यो सय टुक्रा भएको जीवनको मन सुभद्रा बाहेक अरू कसैले पनि जोड्न सक्ने थिएन र सुभद्रा खोजेर ल्याएर राख्न ऊ चाँहदैनथ्यो, सक्दैनथ्यो।”

“अनि सानोकाकाले बिहे गर्योस?”

“गर्योा। गरिदियो जीवनले। उमेर पुगेको सानोकाकाको वारेस उसले बन्नु परेन। सानोकाका आफैं कर्ता भएर बिहे गर्योे। तर सानोकाकाको बिहे पछि ऊ बिस्तारै खच्कन लाग्यो। शायद ‘सुभद्राका अनुरोधहरू प्ाूरा गरिदिएँ’ भनी ठान्यो उसले। व्यवहारिकता र यथार्थको उसको अभेद्य कवच त सुभद्राले च्यातेर गएकी थिई र सुभद्राले सुम्पेको जिम्मेवारी पनि उसले पूरा गर्योत। त्यस पछि त उसको जीवन पनि लक्षहीन भएको थियो र लक्षहीन मानिसको जिन्दगी कि पागलखानामा पुगेर बिलाउँछ कि चितामा पुगेर सेलाउँछ।”

“बाबु, आमा प्रति, छोरी प्रतिको जिम्मेवारी त थियो नि उसको?”

“थियो र त उसले सुभद्राको खोजीनीति गरेन। आफ्नो निम्ति होइन, बाबु आमाको, कुलको र घरको इज्जत जान्छ भनेर ा फेरि हाम्रो माया त उसलाई सापटी न थियो। त्यो सापटी त उसले बाँचुन्जेल तिरिरह््यो। सुभद्राको माया निस्वार्थ थियो। उसले जीवनबाट माया न पाए पनि आमाबाबु घर परिवार सबैको माया केवल जीवनलाई दिई। उसले जीवनको सन्तानकी आमा बन्न लाग्दा पनि त्यसलाई आफ्नै जिम्मेवारी ठानेर जीवनलाई स्वतन्त्र छोडिदिई।”

“र त्यसपछि?”

“एक दिन जीवनले ओछ्यान समायो र त्यो ओछ्यानबाट कहिले पनि उठेन। यसरी ५।७ वर्ष न बित्दै छोराको अन्तिम संस्कार गर्न लगाएँ मैले।” – बुढियाले चाउरी परेका गालामा झरेका आँसु पुछिन्।

म्ा त्यो बेला २२ वर्षको लक्का जवान थिएँ र स्नातकोत्तर तहमा पढदै थिएँ। यी सेतै फुलेकी बूढी मेरी डेराकी घर मालिक्नी थिइन्। एउटा नाती र नातिनी लिएर बसेकी ती बूढीको घरमा बसेको वर्ष दिनभन्दा बढी भइसकेको थियो र मेरो निम्ति उनी आमा जस्तै बनिसकेकी थिइन्। कुराको प्रसङमा नै उनले मलाई आफ्नो पूर्वकथा र जीवन र सुभद्राका कुरा सुनाई रहेकी थिइन्। मृत छोराको सम्झनाले उनको छातीमा भरिएको दुःख केही मत्थर हुन् दिऊ पछि मैले बिस्तारै सोधें – “त्यसो भए जीवनको सुभद्रासँग भेट भएन?’

“भएन बाबु, भएन। शायद उसको चाहना मर्नु अगाडि एकपल्ट सुभद्रालाई भेट्ने थियो होला तर उसको त्यो इच्छा हामीले पुर्यासइदिन सकेनौं। उसले आफ्नो मृत्यु निश्चित ठाने पछि मर्नु अगाडि मलाई भनेथ्यो -‘आमा केही गरी सुभद्रालाई भेट्नु भयो भने उसको जीविकोपार्जनको लागि मेरो एक भाग उसलाई दिइ दिनु होला।'”

उनी भन्दै गइन् – “बाबु ! छोरा छोरीलाई आमाबाबुको लास उठाउन कुनै गाहारो हुँदैन किनकि यो सबैलेगर्ने पर्ने कर्म हो। बूढाबूढी भए पछि लोग्नले स्वास्नीको र स्वास्नीले लोग्नेको मृत्यु देख्ने कुरा पनि निश्चित गरेर त्यसलाई पर्खिरहेका हुन्छन् तर बूढी आमाले उमेरदार छोराको लास उठाउनु पर्ने दुर्भाग्यको ब्यथा त्यो लास उठाउने आमालाई मात्र थाहा हुन्छ।”

“त्यो त हो। आमालाई जति पीर कसलाई पर्छ र?”

“त्ार आमा आमा हो, बाबु। उसलाई कस्तै दुःखमा पनि मर्ने अधिकार छैन। उसले त्यो सब सहेर बाँच्नु पर्छ र बचाउनु पनि पर्छ। दुःखले छोरी मेरो जिम्मा लाएर मरेकी बुहारीको निम्ति मैले बाँच्नु पर्यो । आफ्नो कर्त्तव्य पूरा गर्न नसकी बाबुलाई मेरो हातमा छोडेर गएको छोराको निम्ति पनि मैले बाँचि दिनु पर्योब र छोराले मर्ने बेलामा सुभद्रालाई पुर्यामइ दिनु भनेर सुम्पेको नासो पनि मैले पुर्यााइदिनै पर्यो ।”

“बाबु पनि त हुनुहुन्थ्यो नि।”

“मैले भनी हालें नि ‘लोग्नेमानिसलाई आफ्नै स्वगर्वले खान्छ’ भनेर। छोरोलाई त्यही स्वगर्वले खायो। बुहारीको मृत्यु, छोराको मौनताले बूढालाई पश्चातापको रोगले जर्जर बनाएको थियो। त्यसमा पनि एक्लो उमेरदार छोराको मृत्युको कारण आफूलाई ठानेर बूढाको शिर ढल्यो र ढलेपछि उठेन। यसरी मैले सात वर्ष पनि नबित्दै आफ्ना सबै आफन्तको क्रियाकर्म गरें।

“सबै भाग्यको खेल हो। परमात्माको इच्छा नै बलवान हो।”

“होइन, बाबु ! होइन। भाग्य र भगवानलाई हामी दोष मात्र लाउँछौं तर सबै दोष हाम्रो नै हो। समयमा हामी निर्णय गर्न सक्दैनों, दुई हात परतिरको कुरा सोच्न सक्दैनौं र आफ्नो कमजोरीलाई भाग्य र भगवान माथि थोपर्न खोज्छौं। मेरो थाप्लोमा सबै जिम्मेवारी आएपछि मैले थाहा पाएँ – छोराबाट आमाबाबुप्रति पूरा गर्नु पर्ने कर्त्तव्यको माग मात्र गरेछांै हामीले। ‘छोराको सुख कहाँ छ?’ भन्ने सोचेनछौं। दुई पुस्ता बीचको भावनात्मक अन्तर थाहा पाएन छौं। यदि सुभद्रालाई खोजेर उसलाई एउटा निश्चित स्थान दिएको भए न बुहारी मर्थी, न छोरा नै गुमाउनु पर्ने थियो। मलाई यो कुरा समय बितिसकेपछि मात्र थाहा भयो।”

“तपाईले यस्तो सोच्नु पर्ने कारण?”

“मेरो छोरो जीवित अवस्थामा न सही मरे पछि पनि उसलाई आफ्नी प्रेयसी र स्वास्नीको स्थान दिन चाहन्थ्यो। सानोकाकाले न छोएकी त्यो स्वास्नीमान्छे मेरी बुहारी थिई, मेरो छोराकी प्रेयशी थिर्ई र उसको सन्तान आफूमा बोकेर बिलाएकी स्वास्नीमानिस थिर्ई। उसले नमागे पनि उसको हक जादैनथ्यो। त्यसैले आफूले निर्णय गर्नुपर्ने भएपछि सबभन्दा पहिले सुभद्राको खोजीमा लागें। ७ वर्ष अगाडि सुभद्राले हिंडेको गोहो पैल्याउन गाहारो अवश्य पर्योा तर मान्छेले आँटे पछि ब्रह्माण्डलाई पनि साँगुरिन कर लाग्दो रहेछ। मेरा सारा शक्ति लगाएपछि ऊ भेटिई।”

“कहाँ?”

“शहरमा। गाउँका मानिसको लुक्ने ठाउँ नै शहर हो र शहरका मानिसको गाउँ। घनाढ्यको घरमा नोकर्नी भएर बसेकी थिर्ई ऊ त्यो बेला। अर्कोले निश्चित गरी पैल्याइदिएको गोरेटो पछ्यउँदै गएँ म र एकदिन सुभद्रालाई बाटोमा नै फेला पारें। सुभद्रा धेरै बदलिएकी थिर्ई। यदि त्यो बाटो नै सुभद्राको सामु पुग्ने बाटो हो भनेर कसैले अघि नै विश्वास नगराएको भए मैले उसलाई चिन्ने पनि थिईन। ऊ त त्यो ७।८ वर्षको अन्तरमा नै ३० नाघेकी स्वास्नीमानिस जस्ती देखिन्थी। म मा पनि अन्तर अवश्य आएको थियो होला तर म बूढीमा आएको अन्तर त्यति ठुलो हुन् सक्दैनथ्यो। त्यसैले ऊ मलाई देखेर झस्की। मैले उसलाई सोधें -‘तिमी सुभद्रा हौ?’ उसले आफूलाई सुभद्रा होइन, राधिका भनेर चिनाई र मैले जतिसुकै जोड गरे पनि ‘सुभद्रा हुँ’ भनेर मानिन।”

“अनि?”

“मलाई भन्न करै लाग्यो -‘मैले त तिमी सुभद्रा भनी ठानेको थिएँ। सुभद्रालाई जीवनको बारेमा केही भन्नु थियो। म त सुभद्रालाई खोज्न निस्किएकी मान्छे।’

“मेरो भनाई सुन्ने बित्तिकै उसले आत्तिएर भनी – ‘के भयो वहाँलाई?’

“मैले उसको भनाईका जवाफ नदिएर भने – ‘तिमी मसँग हिड सुभद्रा।'”

“कहाँ” – उसले सोधी।

“जहाँ म, त्यहाँ।” – मैले जवाफ दिएँ।”

“उसले मेरो कुरा मौनभएर स्वीकार गरी। उसकी मालिक्नी कहाँ गएर ‘म छोरी लिन आएकी’ भने पछि उनीहरूले विरोध गरेनन्। सुभद्राको ६।७ वर्षको छोरो रहेछ। त्यसलाई पनि साथै लिएर डेरामा आएँ। डेरामा आउन्जेलसम्म त ऊ बोलिन तर त्यहाँ आइपुग्ने बित्तिकै ‘जीवनलाई के भयो?’ भनेर मलाई जवाफ दिन कर गर्न थाली। मैले उसलाई बुहारी मरेको समाचार सुनाएँ। त्यो सुनेर ऊ धेरै बेर रोई। केही समय पछि बाबु मरेको समाचार दिएँ। वहाँ मरेको सुनेपछि भनी – ‘शायद वहाँले मलाई कहिले पनि माफी दिनु भएन होला।’ त्यसपछि मैले भनें -‘सुभद्रा। जीवनको चाहना अनुसार उसको एक अंश म तिमीलाई दिन आएकी।’ मेरो भनाई सुनेर उसले सतर्क भएर सोधी -‘वहाँ किन आउनु भएन?’ “मैले गम्भीर भएर भनें – ‘ऊ आउन सक्ने स्थितिमा भएको भए म किन आउनु पर्थ्यो?

‘ “के भएको छ वहाँलाई?” – ऊ जवाफ सुन्न आत्तिएकी थिर्ई।

“केही भएको छैन। अब केही पनि हुन् सक्दैन उसलाई। ऊ केही हुन् सक्ने स्थितिभन्दा पर पुगिसक्यो।” – मैले भन्न नचाहेको कुरा भन्नै पर्योए।”

“त्यसो भए वहाँ यो संसारमा नै रहनु भएन।” – उसले फलामभन्दा गरूँगो स्वर पारेर भनी।’

“मैले सम्झाएँ -‘सुभद्रा। मलाई नै हेर। एकपछि अर्कोगर्दा मैले मेरा आफन्तहरूलाई आगोमा सुम्पें र पनि मलाई बाँच्न कर लागिरहेछ। म एउटी बूढीलाई के को कर थियो बाँचिरहन? आज म न बाँचिदिएकी भए तिम्रो छोरोले बाबु पाउने पनि थिएन। मर्दा आफू मात्र मरिन्छ, बाँच्दा धेरैलाई बचाउन सकिन्छ।”

“उसले थाकेको स्वरमा भनी -‘लिएर जानोस् यो छोरोलाई। जसको नासो हो उसकै हातमा दिन त सकिनँ तर तपाई पन उसकै वारेस हो। तपाई नै लिई जानोस्।”

“त्यही रात छोरोलाई छोडेर सुभद्रा गई। ऊ कहिले पनि फर्केर आइन।”

“के सुभद्रा मरी त त्यसो भए?”

“सुभद्रा जस्तो आत्मबल हुने स्वास्नीमानिस त्यति सजिलै मर्दैनन्, अमर बाबु। ऊ पृथ्वीको एउटा कुनामा गएर जीवनलाई सम्झी रहेकी होली र उसकै नाममा केही गरिरहेकी होली।”

“तपाई सँगै बसेर पनि त त्यो गर्न सक्थी?”

“सक्दिनथी। सामाजिक रूपमा ऊ मेरा छोराकी दत्ता मात्र हो, प्रेमिका र अन्त्यमा ल्याइते मात्र। उसका हाम्रा मनका कुराले बाहिरको समाजमा नियमलाई बाँध्न सक्दैन। उसले बुझेकी थिर्ई -‘उसको छोरोलाई जीवनको छोरो बन्न उसको उपस्थितिले बाधा गर्दथ्यो। छोरो मेरो जिम्मा लाए पछि छोरा प्रतिको उसको दायित्व पूरा भएको थियो। उसको छोरो त जीवनको नासो थियो र त्यो नासो मलाई सुम्पे पछि ऊ मुक्त भई।”

“त्यो छोरोलाई जीवनको छोरो भनाउँन तपाईलाई गाहारो परेन त?”

“मैले त्यो घर गाउँ समाज सबै नै छोडिदिएँ। त्यहाँको सबै बेच बिखन गरेर यो शहरमा आएर बसें। गुँड छोडेर हुलमा पसेपछि चराको पनि पूर्व अस्तित्व बिलाउँछ भने मान्छेको के कुरा? यहाँ त फगत हामी तीन जना छौं -जीवनकी आमा, उसको छोरो र छोरी।”

“अनि सुभद्रा नि?”

“सुभद्रा जस्ता स्वास्नीमानिस कि त मेरो छोरो जस्तो हठयोगीको अँगालोमा अटन सक्छन् कि मृत्यु जस्तो अजेय योद्धासँग हार मान्छन्। पहिलोलाई त उसले पाउन सकिन। शायद दोश्रोको अँगालोमा जाने बाटो कुरेर कहीं बसिरहेकी छ या गइसकी। छोरो साथमा हुन्जेलसम्म त ऊ मर्न चाहन्नथी तर छोरो मेरो जीवनले थोपरी दिएको उसको बाँच्नु पर्ने बाध्यता सिद्धिइसकेको थियो र सुभद्राको कथा समेत ऊ निस्किएर हिंडेको दिन नै सिद्धियो।”

ब्ाजैले आफ्नो छोरो जीवनको कथा फेरि कहिल्यै पनि दोहोर्या इनन्। शायद उनले आफ्नो अतीतलाई पुरपार पारेर नाति र नातिनीमा नयाँ जीवन शुरूआत गरिन्। उनी आमा थिइन् – युग युग बाँच्नु पर्ने आमा, पुस्ता पुस्ताका आमा बिनाका नानीहरूलाई ममता दिनुपर्ने आमा। अरू त केवल यिनै आमालाई मियो बनाएर घुम्ने पात्रहरू म्ाात्र थिए। बजैको मुखबाट यो कथा सुनेपछि केही महिना भित्र नै मैले नोकरी पाएर अर्को ठाउँमा गएँ। त्यसपछि त्यो परिवारसँग भेट कहिले पनि भएन।

समाप्त

मालिगाउँ, काठमाडौं
२०५० श्रावण ३०

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

About Sahitya - sangrahalaya

We will try to publish as much literary work of different authors collected from different sources. All of these work is not used for our profit . All the creative work belongs to their respective authors and publication. If requested by the user we will promptly remove the article from the website.

This entry was posted in नेपाली उपन्यास and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *