गजल : पिर भयो जिन्दगी

~रिता खड्का ‘त्रिलता’~

आज भोलि खै किन!! पिर भयो जिन्दगी
भाग्य लेख्ने भावीको तक्दिर भयो जिन्दगी

न मेटाउन सक्छु न मेटिएरै जाने भयो याद
इतिहास मै सजाएको तस्बिर भयो जिन्दगी

बिर्सन त प्रयास मैले पनि नगरेको कहाँ हो र
पलपलको याद मुटु माझ तिर भयो जिन्दगी

छुट्टै रंगिन संसार होला छुट्टै परिवार उनको
यो मुटु माझ बिझाउने जन्जिर भयो जिन्दगी

कलेजिको कुनामा तस्बिर उनकै नामको थियो
मेटाउन खोज्दा आफैँ लड्ने भिर भयो जिन्दगी

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : गजल | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *