गजल : दबावमा छु

~डा‍. घनश्याम परिश्रमी~

उता कसैको दबावमा छु
यता म तिम्रो अभावमा छु

तिमी खुसीको उचाइमा छौ
यहाँ म हरदम तनावमा छु

सवाल धेरै ग‍र् यौ तिमीले
म अल्झिएकाे जबावमा छु

तिमी समुद्री किनारमा छौ
म गण्डकीकाे बहावमा छु

नचिन्न सक्छौ सिधै मलाई
अचेल अर्कै नकावमा छु

तिमी खुला छौ स्वतन्त्रतामा
म कामकाे नै लगावमा छु

सूत्र 12122, 12122.
भैरहवा

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.