कविता : अचेतमा चतना

~गोपालप्रसाद पौडेल~

छैन भरोसा यो जिवनको अंधकार व्याप्त वरीपरी
रोग चाहिन्न मरणलाई जिवन आफै रोगभरी
दृष्टि मात्र आडम्वर हो काफी घमण्ड गर्नलाई
रोग चाहिन्न मरणलाई अनि महारोग सर्नलाई ।

मेरो मात्र जिवन अमूल्य कहाँको हो स्वार्थ यो
भन्ने लाग्थ्यो मलाई तर पनि कुन मन मान्दथ्यो
दुई गोडा सकुसल अनि हात दुबै बलिया छन्
त के को डर कालको जो भन्ने मलाई लाग्दथ्यो ।

हृष्टपुष्ट छन् सबै अंग छाती द¥हो, फराकिलो
हेर्दा ऐनामा आफुलाई लाग्थ्यो के कम छु जस्तो
बन्दा शाकाहारी सरल लाग्छ आनन्द जिवनको
दैनिक चलिरहेछ, बाँचिरहेछु यै त हो चाहे जस्तो ।

अकस्मात बिहानी झिसमिसे म काखमा उसको
हेर्दाहेर्दै संसार अन्धकार भो बसेँ कुर्चीमा बेतको
सम्हाल्न खोजेँ दृष्टिलाई सकिन थाम्नै यो शरिर
उठेँ बल्लतल्ल तर छाम्दै लागेँ ढोकातिर भित्रको ।

चिसो मलाई याद छ शरिर पसिनाले भिजिगो
लडेछु ढोका पस्तै शरिर मेरो लास झैँ बनिगो
छैन होस ममा कसैगरि अहो शायद जिवन टाढियो
रुन, कराउन, बोलाउन के थाहा को आयो को गयो ।

बेहोसी कतिवेर गएछ जिवन होसमा म आएछु
तैपनि सम्हाल्न सकिन आफ्नै शरिर बोझ यो
मागेँ तातो पिउनलाईं शायद अलि समय जिउनलाई
लाग्यो कमजोरी हो धपेडी अनि चिन्ता शरिरको ।

तर एक घुड्को रसपनि गएन हा कण्ठबाट तल
एक्कासी हिक्क आएथ्यो शरिर पुन भुइमा लडिगो
अलि अलि होसमा छु बौरिने कोशिसमा पनि
तर शरिर मेरो लागेन मानौ लग्नेछ जो उसैको ।

घडी मेरो चल्दैन रहेछ उसकै समयको सार छ
नियम मेरो मान्दैन ऊ उसकै नियम अपार छ
म त उठेँ, उठाइएछ,ु धन्न दृष्टि उज्यालो छ
सम्झेँ जिवन पाएछु है, तर घमण्ड बेकार छ ।

कोलाहल संसारी यो बेकारमा अनेक महसुस गरिन्छ
मेरो सन्तान, मेरै सम्पत्ति अनि मेरै संसार भनिन्छ
मभित्रको शक्तिले पनि नपत्याएको शितल बिहानी
के को घमण्ड गर्ने हो के थाहा कुन बेला मरिन्छ ।

चिंता ब्यर्थ किन म गरुँ म पनि जानलाई आएको
अतुलको त महाँप्रयाण भो मष्तिष्कबाट प्राण गो
हिँड्नु छ साथ साथ भैकन छोडी राग, द्वेष, घमण्ड
कपन साहित्य समाजमा बनाई साहित्यिक सम्वन्ध ।

गोपालप्रसाद पौडेल
कपन १, काठमाण्डौँ
कपन साहित्य समाज

(स्रोत : कपन साहित्य डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.