पशुपति कर्माचार्यका छ मुक्तकहरु

~पशुपति कर्माचार्य~

दुखमा सधै बिताउनु पर्नेभो
च्यातिएको पालमा सुत्नु पर्नेभो
कहिले हेर्छखै गरिब लाई सर्कारले
लाला बाला सबै भोक भोकै मर्नेभो ।

नेताको मोह सधै सत्तामै हुन्छ
खाने पनि सधै तेही धन्ने हुन्छ
डन र माफियाहरु सितको साथ् गाथले
देशलाई झन् झन् आघातनै हुन्छ ।

कति मिठास छ हाँसो तिम्रो
कति गहन छ नयन तिम्रो
तिम्रो सामु सबै फिक्का लाग्छ मलाई
तिम्रो मुटुमा बस्न पाएं सारै हुन्थ्यो राम्रो ।

खेत वाँझो छ गाउँ सुन्य छन्
युबा वाध्यताले आशुँ पिउदै विदेश छन्
नेता सबै कालो धन्दा मा लागे पछि
जनताहरुले निरन्तर दुख पाएकै छन् ।

बजारमा बस्तुहरु छुनै नसक्नेभो
नेपाली पैसा जस्तो सस्तो अरु नहुने भो
एक डोको पैसामा पनि माल किन्न नपाउने दिन
धरै टाढा नहोला जस्तो भो ।

मध्यपूर्वमा चेलीको चित्कार म हेर्न सक्दिन
झुन्द्याएर चेलीहरुलाई पित्दैगरेको म हेर्न सक्दिन
सरकारलाई जनताहरुको दुख थाहा छैन यहाँ
फर्किआउ चेली आफ्नै देश केहि गर यहि म हेर्न सक्दिन ।

हाल: न्युजिल्यान्ड

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *