गीत : त्यो आँखाले लौन मलाई मार्यो

~बच्चु कैलाश~

त्यो आँखाले लौन मलाई मार्यो
त्यो बोलीले लौन लाटो पर्यो
त्यो हाँसोलाई बिर्सनलाई धेरै गार्हो
तिमी मलाई जिन्दगीमा कस्तो प्यारो ।।

एक्लै बसी दिउँसै पनि सपनामा देख्ने भएँ
आफैसित साँझ बिहान गुनासोमा पोखाइरहेँ
कहिले खोला जस्तो भएँ कहिले हावा जस्तो भएँ
जे जे भएँ आखिरमा तिम्रै निम्ति यस्तो भएँ
कलेजी समाउनेले नै मार्यो
मलाई हेरी टोल्याउनेले मार्यो ।।

रुपको पनि नशा हुन्छ यो त मलाई थाह थिएन
परेलीको भाषा हुन्छयो पनि त थाहै थिएन
आँखा आँखा जुझिदिन्छ मुटु मुटु अल्झिदिन्छ
यस्तो पनि हुँदो रहेछयस्तो मलाई थाहै थिएन
घुम्टोबाट चियाउनेले नै मार्यो
झझल्कोमा आउनेले नै मार्यो ।।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *