गजल : ठाउँ खोजेको छु !

~खोजराज गोले तामाङ~

कसैले’नि नचिन्ने त्यो ठाउँ खोजेको छु !
तिमी लिई भाग्न यौटा गाउँ खोजेको छु !!

यो हप्तैमा निस्कनु छ तयार हुनु तिमी !
झिस्मिसेमै कोशी तर्न नाउँ खोजेको छु !!

भोक लागे माया छ नि तिर्था लागे पानी !
चुसी राख्न पुग्ने गरी पाउँ खोजेको छु !!

चिनेकाले देख्लान् भनी चिन्ता नलिनु है !
गाउँ छोडे पछि राख्न नाउँ खोजेको छ !!

साडी चोलो सुन चाँदी कस्तो छान्ने प्रिया ?
चुराधागो सिन्दूर किन्न दाउ खोजेको छु !!

खोजराज गोले तामाङ
सिन्धुली

This entry was posted in गजल and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *