स्वदेश गान : प्यारी छिन् हाम्रै धर्तिमाता

~आचार्य प्रभा~acharya Prabha

सगरमाथा शिर हाम्रो,अन्नपूर्ण छाती
मकालु र लाम्टाङ हिमाल बस्छन शिरमाथी —

पशुपती पुज्ने थलो,आस्था भद्रकाली
एकचित्त ध्यान दिइ पूज्छन गोरखाली —

स्वयम्भु र दक्षीणकाली भाक्ने सबको थलो
मनकामना,पन्चकन्या गर्छन् सबको भलो —

स्वयम्भु हो हामीसबको दुई आँखाका नानी
फेवाताल,रारा दह तिर्खा मेट्ने पानी —

माछापूछ्रे,कन्चनजङा स्वाभिन हाम्रो
सुन्दरिजल रानी बन छन अत्ती राम्रो —

लालीगुराँस,डाफे र खुकुरी हो निशान
दौरा,सुरुवाल ढाका टोपी नेपालीको पहिचान —

चन्द्र,सूर्य ध्वजा हाम्रो बिरताको गाथा
सबैभन्दा प्यारी छिन् हाम्रै धर्तिमाता—

(अमेरिका)

(स्रोत : कविता कुसुम)

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.