कविता : धन्य हो लोकतन्त्र

~हुसैन खाँ~hussain-khan

यताउता जतासुकै कुरा चल्यो फसादको
कि अन्ध भो स्वदेश यो हुरी चल्यो विषादको
चुसेर रक्त दीनको मजा लिने मनुष्य हो
मनुष्यलाइ विश्वमा सताउने मनुष्य हो
(१)

सभा भयो कठैबरा ! कराउने- तताउने
बढ्यो स्वभाव दानवी दबाउने- सताउने
हिड्यो बथान गिद्धको कराउँदै- सुसाउँदै
यताउता जतासुकै रमाउँदै – डराउँदै
(२)

स्वतन्त्रता- समानता कता गयो कतागयो ?
सहानभूति भावना जहाँकहीँ विलीन भो
गरीब रुन्छ देशमा बढ्यो व्यथा र वेदना
पशुत्व नै बढ्यो यहाँ बढेछ क्रूर भावना
(३)

अधर्मको बजार नै भएछ लोकतन्त्र यो
सिपालुको कटार नै भएछ लोकतन्त्र यो
रवाफको सितार नै भएछ लोकतन्त्र यो
मनुष्यको शिकार नै भएछ लोकतन्त्र यो
(४)

हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।

(स्रोत : पल्लव साहित्य प्रतिष्ठान – पल्लव डट कम )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.