सजना गुरुङका चालिस मुक्तकहरु

~सजना गुरुङ~Sajana Gurung

…………*****…………
जीवनरुपी वृक्षमा चेतनाको फल फलाउन सक्छौ
हिम्मत गर सुकेको बोटमै तिमी पलाउन सक्छौ
तत्पर हुनु आफै नै हर परिस्थितिको सामना गर्न
आत्माबलले जाँची हेर वैरी समय ढलाउन सक्छौ !

…………*****…………
अब देखि तिम्रो मेरो बस्ने छत एउटै भयो
फरक सोंच भए पनि दिने मत एउटै भयो
नजिकटाढा जे भएनि ढुक्क छु तिम्रै साथमा
लक्ष्य एकै,गन्तव्य एकै हिड्ने पथ एउटै भयो !

…………*****…………
त्योआँखाको पानी चिन्छु नदुख भो मेरो सामु
माया गर्छु भन्दै फेरी नभुक भो मेरो सामु
टुक्रा टुक्रा पारी छोड्यौ हिजो तिम्ले यही मन
मौका देउ जोड्छु भन्दै नझुक भो मेरो सामु !

…………*****…………
आफ्नो बर्बादी आफै कोर्छन् रुपहेरी मर्नेहरु
जानी जानी भुल दोहोर्याई ओराली झर्नेहरु
मनको सुन्दरतालाई चिन्न सिक समय हुँदै
चोखो माया लत्याएर अन्तै बसाईं सर्नेहरु !!

…………*****…………
अन्याय धेरै नगर है सबको सामु थुक्नु पर्ला
जिन्दगीको भिग माग्दै यै खुट्टामा झुक्नु पर्ला
अत्याचार अति हुँदा ढुंगा बोल्छ , मुडा बोल्छ
अवला सम्झी नहेप है जिउँदै नर्ग पुग्नु पर्ला !

…………*****…………
जिन्दगीमा आशिष भर्छन् मधुर ती बातहरु
कर्म गर्न सधै अगि सर्छन् परिश्रमी हातहरु
सन्त्रास बीच पनि बाँच्ने इच्छा प्रबल बन्छ
जीवनमा वर्षी दिंदा प्रेरणा र स्नेहका खातहरु !

…………*****…………
सबै मनको रहर बाँच्छ मेलमिलापले नै
गाउँ बजार शहर बाँच्छ मेलमिलापले नै
क्रोध, डाह इर्श्याले त खति मात्र हुन्छ है
आफ्नो पनको ठहर बाँच्छ मेलमिलापले नै !

………….*****…………
शंका होइन चोखो सम्बन्धको डर मा बाँचौ हामी
हर परिस्थितिमा साथ निभाउने कर मा बाँचौ हामी
कहिले आँशु बाँड्दै कहिले खुशी बाँड्दै जिन्दगीमा
यसै गरी सधैभरी एकअर्काको भर मा बाँचौ हामी !

………….*****…………
स्वार्थी भै घात दिनेलाई धन्यबाद
माया गर्दै साथ दिनेलाई धन्यबाद
जे हुन्छ राम्रो हुनलाईनै हुन्छ भनि
मधुर त्यो बात दिनेलाई धन्यबाद !!

………….*****…………
एकअर्काको साथ निभाउनु पर्ने कर माग्छु हजुर
मायाले बनाएको कैले नभत्किने घर माग्छु हजुर
स्वार्थी बनी आफ्नो मात्र भलो सोच्ने यो संसारमा
नबिक्ने र नबदलिने एकै निर्णय र भर माग्छु हजुर !

………….*****…………
तिम्रो बात पाएपछी मुस्कुराउँछ मेरो बिहानी
तिम्रो हात पाएपछी सजीवबन्छ निर्जीव सिरानी
पुज्छु तिमीलाईनै तिमी ईश्वर मेरो मन मन्दिरको
तिम्रो साथ पाएपछी सार्थक हुन्छ यो जिन्दगानी !

………….*****…………
प्रायश्चितको आशुले सारा पाप धुन पाए
सुव्यवहारले सधै सबको हृदय छुन पाए
धन्य हुन्थ्यो म जन्मेको यस जगतमा
आफ्ना र वैरी नयनको नानी हुन पाए !!

………….*****…………
सहासीपूर्ण एकै यस्तो पाइला चाल्न चाहन्छु
सक्रियबनी सुकर्मको नयाँ जग हाल्न चाहन्छु
सारा अन्धकार हटाउन चेतनाको रोशनी छर्ने
सृजनाको अनुपमीय दिब्य दीप बाल्न चाहन्छु !

………….*****…………
रातो गुलाब टिपेर दिउँ कि हजुरलाई
मेरो मनमुटु झिकेर दिउँ कि हजुरलाई
आशभरी लाश जगाउने अमृतवाणी पिई
बोध र सद्गुण जितेर दिउँ कि हजुरलाई !!

………….*****…………
एकोहोरो माया तिमीसँग लाउदिन भो अब
मेरै हुनुपर्छ भनी तिम्रोपछि धाउदिन भो अब
नपाएमा तिमी मर्छु भन्दै ज्यानको बाजी राखी
देउतासँग तिम्लाईनै प्रार्थनामा माउदिन भो अब !!

………….*****…………
मन्को सारा पिडाहरु नाँसेर बाँच्ने छु
सुकाएर आँसु आँखा मै हाँसेर बाँच्ने छु
सास्ती र वेदनाले जिन्दगीलाई घेरे पनि
हाँसो र खुशीसँगै नाता गाँसेर बाँच्ने छु !!

………….*****…………
जस्तै अभाव परेपनि निराशाले लुट्न दिनेछैन मनलाई
सयौ ठक्कर खाएपनि ऐनासरी फुट्न दिनेछैन मनलाई
सम्हालेर लैजानेछु जिन्दगीलाई एक्लै नै गन्तव्य सम्म
गर जति तिरष्कार तर कैले म टुट्न दिनेछैन मनलाई !!

………….*****…………
स्वार्थ पुरा गर्ने आशमा फाट्य मन सिउँदा रैछन् मान्छेहरु
विनम्र भै मुटुभित्र पसेपछि खून नै पो पिउँदा रैछन् मान्छेहरु
झुक्किएर एकै मौका कसै माथी निर्णय लिन पाउँदा घमण्डले
भगवान सम्झी आफैलाई भ्रमै भ्रममा जिउँदा रैछन् मान्छेहरु ! !

………….*****…………
बसन्त बनि आफै तिम्रो दिल्मा बहार हुल्न मन लाग्छ
रमाउदै तिम्रै मन्को भित्रि सौन्दर्यमा भुल्न मन लाग्छ
तनमन अर्पिएर तिमीलाई जुनीभरी तिम्रो साथ निभाउन
तिम्रै जिन्दगीको आँगनीमा तुलसी बनी फूल्न मन लाग्छ !

………….*****…………
पाप होस् या पुण्य तिम्रै साथ उभिदिएँ साथी !
आवाज यो मन्को मैले आज सुनिदिएँ साथी !
हेर्न सक्दिन भो कैले पनि त्यो आँखामा आँशु
तिम्रो सारा विन्ती स्वीकारेर रुकिदिएँ साथी !

………….*****…………
रेटेर निर्दोष आत्मा आफै क्रन्दनको गीत लेख्न छोड
भारीपर्ला ओकालिएका शब्दहरु झुठो प्रीत लेख्न छोड
कतिन्जेल लुक्न सक्छौ र तिमी बैमानी गर्दै नेपथ्यमा
मै हुँ भन्दै कोरा मनहरुमा षड्यन्त्रको रीत लेख्न छोड !

………….*****…………
नदुख भो घाउ बनि मनभित्र रुने चाह छैन मलाई
सम्झनामा डुब्दै निर्जीव तस्वीर छुने चाह छैन मलाई
जानीसकें त्यो नशानशामा स्वार्थको खोली बग्छ भन्ने
नआउ भो वरिपरी ढुंगे मुर्ति तिम्रो हुने चाह छैन मलाई !

………….*****…………
सम्बन्धको नाउमा आज कहीकतै छैनौ तिमी
मायाको त के कुरा , घृणामा नि रहेनौ तिमी
आफ्नै हातले सिउँछु भनी मन अरु फाटी दियौ
वर्तमानको कुनैपल सम्झने लायक भएनौ तिमी !

………….*****…………
पीडा कति भयो मलाई तिमी आफै रोई हेर
चोट सारा त्यही आँशुले तिमी पनि धोई हेर
कति शुन्य कति उजाड हुने रैछ जिन्दगानी
पागल हुँदै मेरो तस्वीर एक्लै सधै छोई हेर !

………….*****…………
अरुलाई मृत्यु दिई आफ्नो आयु थप्ने धन्य छौ तिमी
आगो पानी , घाम छायाँ सारा खप्ने धन्य छौ तिमी
वाह ! नेपथ्यमा निर्दोषको अस्मिता लुटी निर्ममतापूर्वक
बाहिर शिर ठाडो गर्दै राम नाम जप्ने धन्य छौ तिमी !!

………….*****…………
सुधार गरी गल्तीहरु मेरो सपना पुरा गर्नु छ तिमीसंगै
सत्कर्ममा फक्रिएर सुवास छर्दै जगमा झर्नु छ तिमीसंगै
निराश हुन पुगे पनि कोमल मनमा आशाको बिज रोपी
दुइदिने चोला यो जिन्दगी हाँसो खुशी भर्नु छ तिमीसंगै !!

………….*****…………
हँसायौ तिम्ले नै तिम्रै दिलमा खुशी छर्छु म त
फुलायौ तिम्ले नै तिम्रै दिलमा आज झर्छु म त
सारा चोट , पिडा सारा समस्यामा टुट्न बाट
बचायौ तिम्ले नै तिम्रै दिलमा बसाइ सर्छु म त !

………….*****…………
दिनमा त सबै हिड्छन् परिक्षा त रातमा छ साथी
अमृत र विषको मुहान तिम्रो नै बातमा छ साथी
हरेस नखाउ सुरक्षित छ भविष्य तिम्रो आज पनि
सहासी भै अगि बढ वर्तमान तिम्रो नै हातमा छ साथी !

………….*****…………
शायद कर्तव्यको बाटोमा म नै चुकें धेरै
ममतामयी साथ् खोज्दै तिमीसामु म नै झुकें धेरै
कसरी म बाँची रहेछु, बुझ्न कहिल्यै चाहिनौ आमा
हरपल हामीबीचको सम्बन्ध भित्र एक्लै म नै दुखें धेरै !

………….*****…………
तिम्रो साथ् पाए देखि धेरै खुशी छु म
मुल्यावान छ आँशु पनि व्यर्थै किन रुँ म
काँडे पथ पार गरी गन्तव्यलाई भेट्दा
यस्तो लाग्छ संसार कै भाग्यमानी हुँ म !!

………….*****…………
हामीबीच जति छन् पर्दा अब हटाउनु पर्छ
झुटको खेती लगाएको भए सबै कटाउनु पर्छ
सत्य तथ्य जानेर अपनाउनु पो चोखो माया
भरोशामा बाँची दुबै शंकाहरु घटाउनु पर्छ !!!!

………….*****…………
महान् मन्को धनि तिमीसँग छल गर्ने मन छैन मलाई
मेलमिलाप मै बस्न चहान्छु कल गर्ने मन छैन मलाई
मैले गर्ने सत्कर्म मा साथ देउ गल्ति गर्दा सजाय तिमी
निर्णय मेरै पक्षमा गर्नु भन्दै बल गर्ने मन छैन मलाई !

………….*****…………
तिम्ले माया गरे पछि मलाई नि गर्न कर लाग्छ !
कोही आइ चोर्ला भन्ने मन भित्र धेरै डर लाग्छ !
आफ्नै स्वार्थ पुरा गर्न सयौं जाल बुन्ने संसारैको
वर्तमानी यो बाटोमा एक तिम्रै मात्र भर लाग्छ !

………….*****…………
यी आँखाका आँसु पुछी हाँसो छर्ने साथी भेटे ,
फुल्थ्यो होला मेरो खुशी माया गर्ने साथी भेटे ,
…..,छाउथ्यो कि बहार नै उजाड यो मनै भरी
……उत्साह र उमंगको लाली भर्ने साथी भेटे !!

………….*****…………
दुर्भाग्यको पहाड सारा खस्दा मै माथी
..आँशु नै भो अभागीको भर पर्ने साथी
मनैभरी फक्रिएका आशाहरु ओइली झर्दा
सोच्छु आज बाँच्नु भन्दा मर्नु मै छ जाती !

………….*****…………
भूल गरे आफ्नो सम्झी तिम्रो नासो फिर्ता लैजाउ ,
रुदै बाँच्न सक्छु म त तिम्रो हाँसो फिर्ता लैजाउ ,
….नभनेरै बुझ्न सक्छु स्वार्थी मनका धेरै कुरा
मलाइ पार्न थापेको त्यो तिम्रो पासो फिर्ता लैजाउ !!

………….*****…………
चश्मा लगाई हिड्नु पर्यो कचेराले आँखा पाक्दा
कस्तो कस्तो हुँदो रैछ अठ्ठाइस पुगी उन्तिस लाग्दा
कति धेरै पिर चिन्ता रुपियाँको खातमा पनि
कसो गरी बोलाउँ हजुर बुढेसकालमा निन्द्रा भाग्दा ! !

………….*****…………
साना जति बच्चा भए ठुला जति अरुकै परे
यता जाउ कि उता जाउ म पो बिचमा अड्किए
डाह लाग्यो, शोक लाग्यो भन्नै नमिल्ने रोग लाग्यो
………….विकार भरिंदा मनै भरी बारुद झै पड्किए !!

………….*****…………
बहकिन नदिई मनलाई दृढतामा थुन्नुपर्छ आफैले नै
बिर्सिएर पुरानो त्यो बस्ती नयाँबाटो चुन्नुपर्छ आफैले नै
साकार हुनेछन् सपना पनि कुनै दिन सहासी भै अगि बढे
आशाका ती मोतीहरू आफ्नो जिन्दगीमा उन्नुपर्छ आफैले नै !

………….*****…………
तिमीबाट टाढा जाने कोशिस गर्दैछु अलिअलि
समुन्द्र छ आँखामा नदि बनि झर्दैछु अलिअलि
जस्को हुनुमा गर्व गरें त्यही फूलले रेट्दा आज
बाँचे जस्तो लागेपनि भित्र भित्रै मर्दैछु अलिअलि !
…………*****…………

कुश्मा , पर्वत
हाल इजरयल

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.