व्यङ्ग्य कथा : आषाढस्य प्रथम दिवसे

~चन्द्रकान्त आचार्य~

मैले मास्को उत्रेको केही दिनभित्रै पार्कहरुमा, मेटूोमा र बाटोमा पनि युवायुवतीहरु स्वच्छन्दतापूर्वक एक अर्कोको अँगालोमा कँस्एिर चुम्बन गरिरहेका दृश्य देखें । किन यस्तो स्वच्छन्दता ? के यो आवश्यकता हो या अश्लीलता प्रदर्शन गर्ने बाहना हो ? मलाई निर्णय लिन कठिन परुयो । म काठमाडौं एयरपोर्टमा आफ्नी श्रीमतीसँग बिदा हुँदा उनका आँखामा आँसु देखिएलान् भनेर छुने बेलामा नजिकिनसम्म सकिन । त्यस बेलामा उनलाई अँगालोमा कँसेर चुम्बन गरेको भए के हुन्थ्यो ? एकजना पश्चिमी पर्यटकले त्यस्तो मेरो रुखो बिदाइ देखेको भए के भन्थे होलान् ?

एकजना अंग्रेज साथीले गफको प्रसंगमा भनिन्( रुम बीस वर्षपछि उनलाई भेट्दै थिएँ तर ती साथीले टाढैबाट दुई हात जोडेर अत्यन्त भद्रतासाथ नमस्कारग् भने र कस्तो छ तपाईंलाई भनेर प्रश्न गरे ।रु ती अंग्रेज महिलाले अवश्य ती नेपाली पुरुषबाट पश्चिमतिर जस्तै अँगालोमा लिने र चुम्बन गर्ने आशा गरेकी थिइन् किनकि धेरै वर्षपछि नेपाल आउँदा उनले नेपालको संस्कारभन्दा आफ्नै संस्कार बढी सम्झिरहेकी थिइन् । त्यसबेला मैले आफ्नी जीवनसंगिनीसँग बिदा भएको दृश्य उनलाई बताएको भए के भन्थिन् होला ग् अवश्य म उनलाई माया गर्दिन भन्ने सोच्ने थिइन् । तर म त दिल्ली एयरपोर्टमा उत्रिनेबित्तिकै टूान्जिटबाट नै फोन गर्न र सुटुक्क आई लभ युग् भन्न आतुर थिएँ ।

इभ्ल्यान्ड आएको केही दिनपछि मलाई हल युनिभर्सिटीग् मा छोरीले एकजना माल्दिभ्सकी साथीसँग परिचय गराइन् । उनको देश र नाम भनेर परिचय गराउनेबित्तिकै मलाई झ हात अघि बढाउन पनि कठिन परेको थियो तर उनले नै पहिले हात बढाएकीले मैले हात मिलाएँ । तर, मास्कोमा नेपाली राजदूतावासबाहिर मैले एकजना पुरानी साथी लुबालाई भेटें, तिनलाई मैले तीस वर्षपछि भेट्दै थिएँ, उनी परैबाट दुई हात फैलाउँदै आइन् र हामी पश्चिमा शैलीले भेटघाट गरुयौं । त्यसपछि हामी केही बेर घुम्यौं र बिदा हुने बेलामा उतैको शैलीमा हात समातेर फोटो खिचाएका छौं, अरुलाई त्यो फोटो देखाउन मलाई अप्ठ्यारो लाग्दैन । तर, त्यसैगरी आफ्नै श्रीमतीसँग पनि फोटो खिचाउन हामी अप्ठ्यारो मान्छौं ।

एक दिन काठमाडौंमा संस्कार टीभीमा यौटा महात्माले प्रवचन दिइरहेको मैले सुनेको थिएँ । त्यसमा यौटा कथा यस प्रकारको थियो ः एकजना राजाले शत्रु पक्षकी सजाय दिनुपर्ने एक कन्याको हात समातेछन् । त्यसपछि कन्याले तुरुन्तै भनिन्( राजन् , तपाईंले मेरो हिफाजत गर्नुपर्छ किनकि तपाईंले मेरो पाणी ग्रहण गर्नुभयो ।ग् कथाको निष्कर्षमा महात्माले भने( परपुरुषले कुनै नारीको हात समात्नु भनेको त्यस्तो कार्य हो, अर्थात् हाम्रो संस्कारअनुसार पाणी ग्रहण भनेको विवाह गर्नु हो ।ग् त्यो प्रवचन सुनेपछि मैले नेपाल, भारतमा पुरुष र महिलाले एकआपसमा हात मिलाउन अप्ठ्यारो मान्ने पक्षलाई राम्ररी बुझेको हुँ । तर, त्यो कुरा ती अंग्रेज महिलालाई कसरी बुझाउने ? या मैले परैदेखि हात फैलाउँदै आउने रस्सियन साथीको अभिवादन कसरी अस्वीकार गर्ने ? यिनै सांस्कृतिक विविधताले गर्दा हामी कतै आफै अशिष्ट देखिन्छौं भने कतै उनीहरुको क्रियाकलापलाई अश्लील सम्झन्छौं ।

बिदाइ र भेटको अवसरमा गरिने स्नेहपूर्ण प्रक्रिया र सार्वजनिक स्थलमा गरिने प्रेम प्रदर्शनलाई यौटै आँखाले हेर्नु त मिल्दैन । उता पनि यस्तो कुरामा भिन्नता राख्ने गरेका मैले भेटाएँ । म तीस वर्षपछि आफूले इन्जिनियरिरु डिग्री प्राप्त गरेको मास्कोको सर्भे इन्स्टिच्युटमा गएको थिएँ । त्यहाँ इन्जिनियरिभ् फ्याकल्टीमा काम गर्दै गरेकी एकजना मसँगै पढेकी साथी तान्यालाई भेटाएँ र उनले मलाई पुरा सबै ठाउँहरु देखाउँदै हिँडेकी थिइन् । त्यहाँ पुरानो भवनसँगै अर्को ठूलो नयाँ भवन बनेर मूलबार नै अन्यत्र थियो भने पहिलेको इन्स्टिच्युट अहिले मास्को स्टेट युनिभर्सिटी अफ जियोडेजी एन्ड कार्टोग्राफीग् मा परिणत भएको थियो । त्यसैले म मूलबारबाट प्रवेश गरेको हुँदा उनले पुरानो भवन देखाउने क्रममा मलाई हाम्रो पुरानो ढोकामा पुरुयाइन् । त्यहाँ यौटा सानो अफिस रहेछ र त्यसमा काम गर्ने यौटी सुन्दर युवतीसँग परिचय भयो । म नेपालबाट आएको भनेपछि उनले दक्षिण्का मानिसहरु पछिसम्म जवान नै देखिन्छन् नि ग्ग् भनेर मेरी साथीसँग प्रश्न गरिन् अर्थात् ती साथीको उमेरको म हुनुपर्छ भन्ने हिसाबले उनले टिप्पणी गरेकी थिइन् । ती युवतीले जवान भनिदिएकोमा म दंग परें र उनलाई स्पासिबाग् (धन्यवाद) भनें । त्यहीं नजिकै पहिलेको मूल ढोकाको सामुन्ने झ्यालको छेउमा भर्खरका युवा छात्रछात्राको यौटा जोडी चुम्बनमा मस्त थियो । हामीले त्यतातिर वास्ता गरेनौं तर ती युवतीले मसँग प्रश्न गरिन्( तपाईं मुस्लिम हो ?ग् मैले होइन, म हिन्दु होग् भनेपछि जे होस्, तपाईंहरुलाई त यस्तो कुरा ठीक लाग्दैन नि ग् खै, हामी कहाँ त के भएको हो, यस्तो छाडापन ग्ग् भन्दै त्यस जोडीतिरबाट आँखा फेर्दै मलाई हेरेर उनी हाँसिन् । म तिनको टिप्पणी सुनेर उनीजस्ती पश्चिमा युवतीको पनि यस्तो विचार ग्ग् भन्ने सोच्दै अचम्म परें र उनीसँगै हाँसें ।

मास्कोमा युवायुवतीको त्यस्तो आचरण देखेर लन्डन आएपछिे पुनः यस्तै विषयमा रुचि लिन थालें । एयरपोर्टमा भेट हुने महिला र पुरुषबीचको चुम्बन गरेर अभिवादन गर्ने प्रक्रिया मलाई राम्रो लाग्न थाल्यो । हिथ्रो एयरपोर्टमा मैले आफ्नी छोरीलाई कुरिरहेको थिएँ, त्यसैबेला यौटी १८(१९ वर्षे गोरी केटी आफूले ल्याइरहेको सामानसहितको टूली छाडेर अचानक हुर्रिंदै अघि दौडेको देखें । अर्कोतिरबाट त्यस्तै अनुहारकी अलि ठूली युवतीले हात फैलाउँदै तिनलाई छातीमा अडाउन खोजेकी र उनी घाँटीमा झुन्डिएर सानो बच्चाजस्तै उफ्रिएको देख्दा म ज्यादै भावुक भएको हुँ र हाम्रा दिदीबैनीले पनि यस्तै गरी आपसमा माया देखाउन सकुन् भन्ने भावना मनमा जागेको थियो । तर, अन्डर ग्राउन्ड रेलमा झर्ने भरुयारु र रेलमा पनि मास्को र सेन्ट पिटर्सवर्गका युवा जोडीहरुको भन्दा बढी स्वच्छन्द आचरण देख्दा पुनः म कुनै कुराको वास्ता नगर्ने पक्षमा गएँ । रेलमा बसेको बेला नजिकै उभिएकी छोटो मिनिस्कर्ट लगाएकी युवती र सँगै टाँस्सिएर तिनलाई चुम्बन गरिरहेको युवक होस् या आफ्नै छेउको सिटमा बसेर चुम्बन गरिरहेको जोडी होस् त्यहाँ कसैले वास्ता गरेको देखिएन ।

मैले सोच्न थालें( यो के हो ? के यहाँ सबै प्रेम रसमा नै घोलिएका छन् ? होइन, त्यस्तो मात्र छैन । केही त्यस्ता आलिभ्न र चुम्बनमा आबद्ध जोडीबाहेक कैयौं युवायुवतीहरु किताब पढ्न मस्त भएका र कैयौं मानिसहरु उदास भएर बसेको पनि देखिएका हुन् । रेलमा पुग्न झर्ने यौटा विद्युतीय भरुयारुमा एकजना पुरुषले सँगै उभिएकी महिलालाई हातले नजिक ल्याउन खोज्दै थिए र चुम्बन गर्ने आशय बुझेर ती महिला झ अर्को खुड्किलोमा निस्केको दृश्यले उनले लाज मानेर त्यसो गरेको नभई उनीहरुबीच कटुता रहेको र पुरुषले त्यो कटुता हटाउन खोजेको स्पष्ट देखिएको थियो । त्यसपछि मैले सोच्न लागेको थिएँ( हो, चुम्बन गरेर माया देखाउन सकिएजस्तै कटुता देखाउने स्पष्ट माध्यम त त्यहाँ थिएनन् । त्यसैले मानिसहरुको यस भीडमा चुम्बन गर्नेभन्दा कटुता, वैमनस्यता र छुпिїЅन तम्सिने जोडी धेरै थिए होलान् । त्यस्तो जोडीको कसरी पहिचान गर्ने ? अनुमान मात्र त हो, मेरो अनुमानले एक दिन सत्यता देखायो ।

म छोरीसँग हलबाट लिभरपुल जाँदै थिएँ । हलदेखि लिभरपुलसम्म सिधै रेल रहेनछ, म्यानचेस्टर पिकाडेली स्टेसनमा उत्रेर अर्को प्लेटफार्मबाट लिभरपुल जाने रेल चढ्नुपर्ने थियो । हामी पिकाडेली स्टेसनमा उत्र्यौं र अर्को प्लेटफार्मतिर जाँदै थियौं कि यौटा दुःखदायी दृश्य देख्नुपरुयो । त्यहाँ एक युवा जोडीबीच मुक्कामुक्की चलिरहेको थियो । एक हातमा सानो बालक समातेका युवकले अर्को हातले युवतीको मुख ताकेर क्रुद्ध मुद्रा प्रदर्शन गरिरहेका थिए भने त्यसैगरी रिसाएर दुवैहात अघि बढाउँदै युवकलाई परास्त गर्न र बालक समाउन युवती प्रयत्नरत थिइन् । त्यो अबोध शिशु महिलातिर आउन आतुर देखिन्थ्यो । तर, युवती अबला नै ठहरिन्, दायाँबायाँ कसैले त्यसैगरी वास्ता गरेन जसरी कैयौं युवायुवती आलिभ्न र चुम्बनबद्ध हुँदा वरिपरि बस्नेहरु वास्ता गर्दैनन् । त्यो युवक शिशुसहित रेलतिर अघि बढ्यो भने युवती पछि फर्किंदै नजिकै रहेको सामान ढुवानी गर्ने टूलीलाई लात्ताले हुत्याउँदै सहरतिर बाहिर गइन् ।

ती युवा(युवतीबीचको घृणापूर्ण स्थिति देखेपछि स्वच्छन्द रुपले आलिभ्न र चुम्बन गर्ने युवायुवतीप्रति ममा सहानुभूति जाग्यो । अंग्रेजी सिनेमामा अनावश्यक रुपमा धेरै चुम्बनका दृश्य देखाउँछ भनेर टिप्पणी गर्ने एकजना साथीले यौटा त्यस्तो सिनेमा हेरेछन् जसमा एकजना प्रेमीले आफ्नी प्रेमिकालाई शत्रुपक्षबाट बचाउन ज्यानको बाजी लगाउँदै लडेर आफू अत्यन्त नाजुक अवस्थामा पुग्दा ती प्रेमिकालाई भेटेछन् । त्यसबेला ती दुईले चुम्बन गरेको दृश्य देखेपछि उनले भनेका थिए( त्यसबेला उनीहरु अझै अघि बढेर माया प्रदर्शन गरेका भए पनि म सहानुभूतिपूर्वक हेरेर रमाउने थिएँ ।ग् ती साथीले भनेजस्तै म पनि चाहन्छु कि म्यानचेस्टरका ती युवा जोडीको पुनर्मिलन होस् र उनीहरु सार्वजनिक ठाउँमा नै अँगालोमा कँस्सिएर चुम्बन गरुन् । त्यतिबेला म त्यो अश्लीलता प्रकट गर्ने बहाना होग् भन्ने छैन ।

अहिले मलाई हाम्रो पूर्वीय संस्कारमा पनि त्यस्तो प्रेम रसमा रमाउने क्षणहरु भएको कुराको स्मरण हुन थाल्यो । महाकवि कालिदासका काव्यहरुमा वर्णन गरिने शृंगार रसपान गर्न नथाक्ने हामी पूर्वीय संस्कृतिका बाहकले यति भिन्नता बुझ्नुपरुयो कि हामी कालिदासले सिँगारिदिएकी उन्नत वक्ष भएकी, मृगनयनी आदि विशेषणयुक्त नायिकालाई शिरदेखि पाउसँम्म लुगा लगाएकी सुन्दरी युवतीको रुपमा देखेर उनको भित्री रुपको अनुमान गर्दै रमाउँछौं भने उनीहरु अलिकति लुगा खोलेर शरीरको सुन्दरता स्पष्टरुपमा हेर्न अभ्यस्त भएका छन् । हामी त्यस सुन्दरतालाई एकान्तमा चुस्न लालायित हुन्छौं भने उनीहरु त्यसलाई मानिसहरुको बीचमा नै चुस्न आतुर हुन्छन् । परिस्थितिले ती दुवै प्रवृत्तिलाई आ(आफ्नो ठाउँमा ठीक सम्झेला । त्यसैले म पनि कवि कालिदासकै आसय र भाषामा आफ्नी प्रेयसीलाई आज १५ जुन २००३, आषाढ १ को दिन आफ्नो भावना बुझिदिनको लागि आषाढस्य प्रथम दिवसेग् भन्ने मिति राखेर चिठी पठाउँदैछु ।

(स्रोत : Freenepal)

This entry was posted in नेपाली कथा, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *