सूत्रकथा : कौमार्य

~कुमार काफ्ले~kumar-kafle

-प्रकृतिले प्रेमलाई अँगालो हालिन् र आफ्नो सर्वश्व सुम्पन तयार भईन्।

-प्रेमले प्रकृतिमा आफ्नो छुट्टै स्थान, अर्थ र मूल्य खोज्यो।

-प्रकृतिको आफ्न‌ै सार्वभौम नियम थियोे सबथोकमा।

-प्रेमले प्रकृतिभित्र आफूलाई कहीँ कतै भेटेन।

-अनि प्रकृति समक्ष आफ्नो गुनासो राख्यो र उनीसँगको सम्भोग हार्दिकतापूर्वक अस्वीकार गर्यो।

-प्रकृतिले प्रेमलाई सर्वश्व सुम्पदाँ पनि उनको कौमार्य जोगियो।

-त्यसैले कौमार्यवती प्रकृतिलाई अहिले पनि हरेकले पहिलो प्रेम गर्छन् र जीवनभर सम्झिरहन्छन्।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.