बाल कविता : पर्खंदैन समय

~रामेश्वर राउत ‘मातृदास’~rameshwor-raut-matridaas

लौरो टेक्ने बूढाले
थर्थर गोडा कमाए,
यताउति हेरेर
रूखका जरा समाए ।

पढ्ने लेख्ने बेलामा
गुच्चा हान्थे ठेलामा
अहिले आँसु झारेर
रून्छन् कठै हेलाँमा ।

समयको घामलाई
चिमोटेर लखेटे,
अन्धकारमा झोक्राई
रून्छन् बूढा खपटे ।

आलस्यलाई पन्छाई
ज्ञान बुद्धि कमाए
लहै नत्र कसैलाई
पर्खँदैन समय !

– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती

(स्रोत : मुना २०६५ पुस)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *