गीत : रुन्छु नभन

~बच्चु कैलाश~

रुन्छु नभन
सम्झी मलाई जुनेली रातैमा
भेटी मलाई सपनाको देशैमा
विरही बन्छु नभन ।।

मन मनको पूजा हो यो
तिमीलाई छ सदा मेरो प्यार
तिमी हाँसि रहू त्यो किनार
म बाँचि रहूँ यो किनार
परेलीमा तिमीलाई राखी निदाऊँला
बिहानीको जुनमा बिउँझी बोलाऊँला
बिहानीको बिहानीको जुनमा बिउँझी बोलाऊँला ।।

जब फूलहरु रोइदिन्छन
तिमी त्यहाँ गइ हेर्नू
मेरा जीवन सपनाहरु
त्यही फूलसँग सोध्नू
तिमी आउने बाटोमा हेरि बसूँला
आउने साथी आइदेऊ कुरि बसूँला ।।

शब्द / स्वर / सङ्गीत : बच्चु कैलाश

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.