गीत : मायाको संसार

~शशीकला थापा सुब्बा~Shashi Thapa Subba

यो कस्तो विवशता कस्तो बिडम्बना
न सम्हाल्न सके न पन्छाउन सके
माया को संसार गाह्रो भो मलाई २

यस्तै जिन्दगी हो भन्दै,कोहि बाची दिन्छ
मन पखाली आँशुले, कोहि हांसी दिन्छ
न हसाउन सके न रुवाउन सके
ढुंगा भन्दा साह्रो भो मलाई
मायाको संसार गाह्रो भो मलाई

कोहि जंघार तर्छन, कोहि पर्बत पनि चड़छन्
जस्तो पर्छ तेस्तै टर्छ, भन्दै यात्रा गर्छन
न उक्लिन सके न ओर्लिन सके
पहरा भन्दा अप्ठेरो भो मलाई
मायाको संसार गाह्रो भो मलाई

हाल : लण्डन

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in नेपाली गीत and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.