नेपाली भजन : मन पनि हरि भो,तन पनि हरि भो

~राममणी रिसाल ~

मन पनि हरि भो,तन पनि हरि भो
भज भज प्राणी हरि नै भर हो ।

मैले सम्झें म चाँहीं तर तिमी मन मै बस्छौ आई
जानी नजानी बोल्छे रचना, भव भए नै हो यो सब रटना
मन पनि हरि भो,तन पनि हरि भो …

बैरी दु:ख यो सधैं मिलोस् नाम यसले तिम्रो आवोस्
जती जती भर्छु आँसु नयनमा उती उती देख्छु हरि तिमी मनमा
मन पनि हरि भो,तन पनि हरि भो….

शब्द : राममणी रिसाल
स्वर\सङ्गीत : भक्तराज आचार्य

This entry was posted in नेपाली भजन and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.