कविता : बुद्ध थिएँ

~सुरज सोडारी~

देवकोटा बनेँ -पागल भने
गोर्की बनें -गरिब भने
कालिदास बनें- मूर्ख भने
चर्चिल बनें-बुद्दु भने
परिक्षणमा
कुनै दिन मलाई
हिटलरको मुटु
मुसोलिनिको आत्मा
ओसामा र हुसैनको खोपडिमा
बारुद भरेर
स्टेलिनको बिचार बोकेर
ईन्क्लाब- मुर्दाबाद !
मान्छेहरु झुटा हुन भन्दै
बिचारको छापामार युद्धमा
हिंडेको देख्यौ भने
अनौठो नमान्नु ।

ए मान्छे हो !
तिमिहरुले नै हो मलाई
रिस र क्रोधको
अलंकार पहिरिदिएको
आँखाको बगैंचामा कुरुक्षेत्र उमारिदिएको
मनको गुराँशमा डाईनामाईट फुलाएको
प्रतिसोधमा महानता देखाईदिएको
नत्र त कहाँ,
म पनि शान्त थिएँ , मौन थिएँ
र एकदमै बुद्ध थिएँ

सुरज सोडारी
खाँदबारी, संखुवासभा

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.