गजल : गाली दिन नलगाउ अब

~हरी गौतम~

उस्को हातमा फोन थमाई,गाली दिन नलगाउ अब!!
फोन लगाई यस्तो भन्नु,भनी तिम्ले नअह्राउ अब!!

अरू जस्तै तिम्रो रूपमा,विक्ने मान्छे परीन म
कागजको डुङ्गा वनाई,फकाई सागर नतराउ अब!!

मेरो चोँखो माँयालाई,मजाक वनाई हिँड्छेउ भनें
माफी दिने छैन कहीले,बरु मनै नपराउ अब!!

तिम्रो खुसी देखी मैले,हार्छु भन्दा-भन्दै पनी
आफै जित्न जानी-जानी,झुक्काएर नहराउ अब!!

पटक-पटक भेट्छेउ भनी,डिस्ट्रव गरी राख्दा
ढुक्क हुनु गुड्वाई प्रिय,आउछु भनी नडराउ अब!!

हरी गौतम
खनदह-3,अर्घाखाची
हाल-भारत

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.