छोक : प्रिय अँध्यारो

~अनिल नेम्बाङ~

मलाई अध्याँरो मन पर्छ
अध्याँरोमा-
सुटुक्क तोङ्बा तान्न पाइन्छ
सोल्टिनीको मिठो सम्झना हुन्छ
आकाशमा जून-तारा फुल्छन्
त्यो भन्दा बेसि त अध्याँरोमा
मिठो निन्द्रा हुन्छ
निन्द्रा सँग सपना
सपनामा/सँग सप्पै सप्पै हुन्छ
सपनामा केहि देख्न बर्जित छ र?

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.