सूत्रकथा : संघर्ष

~कुमार काफ्ले~kumar-kafle

-सामन्तवादको विरुद्धमा सर्वहारा जनताले आन्दोलनको आँधी सिर्जना गरे र जनतासामू उसले घुँडा टेक्यो।

-तर फेरि उसले आफूलाई पुँजीवादको नयाँ स्वरुपमा बदल्यो अनि सर्वहारा जनता र मजदुरमाथि उत्पीडन र श्रमशोषण गर्न थाल्यो।

-शासक र शासितबीच ठूलो खाडल र दरार पैदा भयो।

-सर्वहारा जनता,मजदुर र किसानहरू समेत विभिन्न कित्ता र खेमामा विभक्त भएर एकापसमा लडेर शक्ति क्षीण गरे।

-मौकाको फाइदा उठाउँदै कहिले कसको त कहिले के को नाममा शासकहरूले जनतामाथि दमन र अत्याचारको श्रृङ्खला रचे।

-धेरैपछि सर्वहाराहरूको चेत खुल्यो र एकत्रित हुन थाले।

-गुमाउनका लागि केही बाँकी नरहेको र प्राप्तिका लागि सिङ्गै संसार सामुन्ने देखे।

-र फेरि मुक्तिकामी जनताले क्रान्तिको बिगुल फुके त्यसपछि अविचलित भइ सम्झौताहीन संघर्ष गरे।

-उनीहरूले अगाडि पूर्व क्षितिज रातो हुँदै गरेको देखे।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *