कविता : सत्ता

~दिनेश अधिकारी~Dinesh Adhikari

जसरी पनि
जालन्धरलाई मार्नैपर्ने
उद्देश्यमा समर्पित छ विष्णु
र, उसका लागि ठूलो चुनौती
बृन्दाको निष्ठा भएको छ ।

शक्तिले नसकेपछि
षड्यन्त्रमा ओर्लन्छ देउता पनि
विष्णु
जालन्धरको भेषमा
बृन्दाको सतित्त्व हरण गर्न उद्यत भएको छ
बृन्दास“ग
जालन्धरजस्तै बोलिरहेछ
जालन्धरजस्तै हा“सिरहेछ
जालन्धरजस्तै जिस्किरहेछ
र, जालन्धर हुनुको विश्वासमा पारेर
एउटै ओछ्यानको आनन्द भोग्न खोजिरहेको छ ।

म अनुभूत गरिरहेछु
मैले भोगिरहेको
अहिलेको समय पनि विष्णुमय भएको छ ।

ए, क्रान्तिको मसाल बोक्नेहरू †
के तिमीलाई थाहा छ
सत्ता भनेको सधै“ विष्णु हो
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ †
र, विष्णुले जहिले पनि
अरूलाई चुकाउने गरेको छ !!

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक अङ्क २९७)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.