लघुकथा : त्रि-पाल

~कात्यायन~dhanwantari-mishra-katyayan

– “यो कस्तो साहुको फेला परिएछ !” – एउटा नाम कहलिएको साहु राति झ्याल खोलेर सत्तो-सराप गरिरहेकोथियो | संधै झैं उसको घरको पेटीमा एउटा माग्ने आनन्दले सुतिरहेकोथियो | शब्दकोषभरिको सबै नराम्रा गाली गर्दा पनि त्यो उठ्दैन | आफ्नो घरमा भए जति पानी बर्साउंदा पनि त्यो डेग चल्दैन | घरभरिको सबै फोहोरले पुरिदिंदा पनि त्यो टसको-मस गर्दैन | यी सबै प्रयासहरू त उल्टै त्रि-पालको काम गरिरहे झैं भान हुन्थ्यो त्यसलाई |

– त्यो प्रक्रिया, युगौं-युगदेखि चलिरहेकोथियो साहु र माग्नेको ! त्यो थाकेर आएको हुन्थ्यो र मस्त निदाउंथ्यो | साहु पछि थाक्थ्यो र निदाउने चिन्ताले निदाउन खोज्थ्यो |

– एकदिन प्रलयंकारी भू-कम्प आयो ! उसले गर्न सक्ने जति विनाश पनि गरेर गयो, कसैलाई मालामाल पनि ! कसैलाई रुवाएर गयो, कसैलाई हँसाएर पनि !…

– राति त्रि-पाल भित्र आफ्नो भागको ओढनी पनि तानेर संगै सुतेको साथीलाई त्यो माग्नेले चिन्ने प्रयास गरेको थिएन | बिहान देख्छ र सोध्छ – “ओहो ! साहुजी ! मसंगै त्रि-पालमा ?”

– साहुजीले पनि त्रि-पाल पाएको थियो, र त्यो माग्नेले पनि !

२०७३/०२/१०
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *