निबन्ध : गुरु र विद्यार्थीका कथा

~सङ्गीत आयाम~Sangeet Aayam

हेर्नुहोस् न, आजभोलि आफ्ना कतिपय विद्यार्थीहरू सर्पकै रूप धारण गरेका कारणले गुरुहरू अत्यन्तै चिन्तित हु“दै गएका छन् । निश्चित रूपमा तपाई पनि कतै न कतै कतिपय विद्यार्थीहरूका गुरु हुनुहुन्छ । तपाईको त हक नै छ कि आफ्ना विद्यार्थीहरू गलत बाटोमा लागे भने उनीहरूलाई अनुशासन र आचरणको पाठ पढाएर सही मार्ग देखाउने । तपाईस“ग त अधिकार नै हुन्छ कि आफ्ना विद्यार्थीहरू बिग्रिए, भत्किए भने उनीहरूलाई सक्दो मेहनत गरेर सकारात्मक सोचको विकास गराउने । सत्य र न्यायका लागि आफ्ना विद्यार्थीहरूलाई लड्न सिकाउने तपाईको कर्तव्यमाथि कसैले हस्तक्षेप ग¥यो भने त्यो तपाईलाई कहिल्यै सह्य हु“दैन नै, हुन्छ त ? तपाई त स्वतन्त्रताका लागि पनि लड्नुहुन्छ र स्वतन्त्रताको पनि सीमा हुन्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ । के तपााईलाई लाग्दैन त आफ्ना विद्यार्थीहरू सँधैभरि स्वाभिमानी र न्यायप्रेमी होऊन् भन्ने ? विद्यार्थीहरूलाई तपाईले नाम दिनुहुन्छ, उनीहरूका पहिचान दिनुहुन्छ ताकि आफ्ना विद्यार्थीहरूले भोलि भविष्यमा सशक्त रूपमा आ–आफ्नो क्षेत्रमा राम्रो गर्न सकून् । यदि कतिपय विद्यार्थीहरूले तपाईले उनीहरूका लागि गर्नुभएका हरेक उपकार र सहयोगलाई बिर्सिएर अनि सबै सीमाहरूलाई नाघ्दै तपाईमाथि आक्रमण गर्न शुरु गर्छन् र तपाईलाई बदनाम गर्दै हिड्छन् भने कस्ता विद्यार्थीहरूलाई शिक्षादीक्षा दिएछु भनेर तपाई चिन्तित हुनु अस्वभाविक हु“दैन पनि । मलाई लाग्छ, तपाईले कहिल्यै पनि दासतालाई स्वीकार्नुहुन्न र आफ्ना विद्यार्थीहरू अरूबाट सञ्चालित गोटीको रूपमा काम गरिरहेको देख्न पनि सक्नुहुन्न ।

आफ्ना विद्यार्थीहरूले जे गर्दा पनि तपाई टुलुटुलु मात्रै हेरेर बस्नै सक्नुहुन्न किनकि उनीहरूमा चेतना र क्षमता भर्ने काम तपाईको हुन्छ । हुन पनि उनीहरूलाई नाम र पहिचान दिने काम तपाईभन्दा अरूले गर्नै सक्दैनन् । कहिले भने तपाई आफ्ना विद्यार्थीहरूका क्रियाकलापहरूलाई लिएर अत्यन्तै कडा टिप्पणीहरू पनि गर्नुहुन्छ जुन आवश्यक पनि हुन्छ । विद्यार्थीहरूलाई यस्ता टिप्पणीहरू मीठा लाग्दैनन् र तपाईका विरुद्धमा कुनै ठाउँ पाउने बित्तिकै तपाईलाई कहिले विक्षिप्त भैसक्यो भनेर त कहिले समाप्त भैसक्यो भनेर विद्यार्थीहरू बर्बराउन शुरु गर्छन् । वास्तवमा तपाई त, धैर्यताको समुद्र मात्र हुनुहुन्न ज्ञानको महासागर पनि हुनुहृुन्छ । यदि विद्यार्थीहरूले आपूmलाई राम्रो बनाउन र सही बाटोमा अघि बढाउन नै गुरुले आपूmप्रति यस्ता प्रकारका सजाय दिनुभएको होला भनेर बुभ्mन नै सक्दैनन् भने पनि ती विद्यार्थीहरूलाई उनीहरू कै लागि राम्रो होस् भनेर कडा सजाय दिने हक तपाईबाट जो कसैले पनि खोस्न सक्छ त ? तपाईले त सपनाहरू मात्र देखाउनुहुन्न अझ त्यसलाई साकार पनि पार्नुहुन्छ ।

यदि तपाईका आफ्ना विद्यार्थीहरूमा आपूmलाई रूपान्तरण गर्ने गुरुप्रति आदर छ भने सम्मानका लागि उनीहरू स्वत कृतज्ञता प्रकट गर्न उपस्थित भैहाल्छन् नत्र उनीहरू आफ्ना स्वार्थहरूका लागि तपाईलाई बारम्बार गर्नुसम्म उपयोग गर्दछन् र तपाईलाई नै ठाउँ कुठाउँमा तथानाम गाली गर्दै हिड्छन्भ ने उनीहरूमा शिष्टता र शालिनता कत्ति पनि नभएर सर्पजस्तै डस्ने विशेषताहरू बढी छन् भनेर तपाईले अब जान्दा हुन्छ । तपाईलाई क्रमशः थाहा हँुदै जान्छ पनि, उनीहरूभित्र कृतज्ञताको ठाउँमा कृतध्नता मात्र लुकेको हुन्छ । तर तपाईलाई भने लाग्छ, एक न एकदिन आफ्ना विद्यार्थीहरू प्राकृतिक हुनेछन् र आपूmले दिएको शिक्षादीक्षाको महत्व उनीहरूले त्यतिबेला बुभ्mने छन् जतिबेला उनीहरूलाई त्यसको आवश्यकता हुन्छ । आफ्ना विद्यार्थीहरूले तपाईप्रति यस्तो व्यवहार गर्दा पनि अझ उनीहरू एकदिन पक्कै पनि सुध्रिनेछन् भनेर आशा राख्नु त तपाईको विशेषता नै हो । तपाई त विश्वासको प्रर्तिमूर्ति हुनुहुन्छ ⁄ तर म तपाईलाई यहाँ एउटा प्रश्न गर्न चाहन्छु, के यस्ता खराब विद्यार्थीहरू फेरि कहिल्यै ठीक बाटोमा आएका छन् त ?

तपाईका कतिपय विद्यार्थीहरू यस्ता पनि छन् जो अप्ठ्यारो र असजिलोमा पर्दा उनीहरूलाई तपाई नभइ हुदैन, जहाँ भए पनि खोजेर पत्ता लगाउँछन् किनकि उनीहरूले कुनै निकास नै भेटिरहेका हँुदैनन् आफ्ना समस्याहरूका । अनि फेरि सजिला र सुखका दिनहरू आउँदा भने तिनै विद्यार्थीहरूले तपाईलाई आदर गर्नु त कता हो कता अझ जहाँ पाए त्यहीँ गुरु यस्तो र उस्तो भनेर अविच्छिन्न रूपमा बर्बराइरहन्छन् । हो, यस्ता विद्यार्थीहरू देख्दा पनि तपाई कहिलेकाहीँ अत्यन्तै उदास र निरास देखिनुहुन्छ । तपाईलाई लाग्छ, जिन्दगीभरि जसका लागि म चेतनाको हतियार लिएर लडें आज तिनै विद्यार्थीहरूले त्यो लडाइँ एकदमै व्यर्थ थियो भनेर प्रमाणित गर्ने कोशिश गरिरहेका छन् । तपाईलाई लाग्छ, जीवनभरि उज्यालोको लागि अँध्यारोलाई परास्त गर्न नै यात्रारत रहियो तर अँध्यारो त झन् झन् बढ्दै गैरहेको आभाष भैरहेछ । अब हेर्नुहोस् न, तपाईको चिन्तनमा देखिएको कहिलेकाहीँको उदासी र निरासालाई फेरि विद्यार्थीहरूले कतै मञ्च प्राप्त गर्ने बित्तिकै गुरुहरू विक्षिप्त तथा समाप्त भैसके भनेर गौरवान्वित रूपमा उद्घोष गर्न छोड्दैनन् । तपाईले पनि उनीहरूप्रति केही कडा रूपमा आपूmलाई त प्रस्तुत गर्नुपर्ने आवश्यकता त हुन्छ नै ।

हजारौं पीडाहरूलाई आपूmभित्र पचाइसकेका र हजारौं अनुभवहरूलाई आपूmभित्र खोपिसकेका तपाईजस्ता गुरुहरूले विद्यार्थीहरू जस्ता भए पनि चेतनाको उज्यालो बाल्न छोड्नुहुन्न । वास्तवमा तपाई त मैनबत्ती जस्तै हुनुहुन्छ जो आपूm सिद्धिएर पनि अरूलाई निरन्तर रूपमा उज्यालो दिइरहन्छ । सँधै ज्ञानको ज्योति छर्ने तपाईजस्ता गुरुहरू केही बिग्रिएका विद्यार्थीहरूले बारम्बार आरोप लगाए झैं न कहिले विक्षिप्त हुन सक्नहुन्छ न कहिले समाप्त भएर नै जान सक्नुहुन्छ । तपाई त यी सबै कुराहरूभन्दा माथि हुनुहुन्छ र अध्ययनलाई परिस्कार र परिमार्जन गर्नमा साधनारत रहनुहुन्छ पनि । हो, तपाईलाई समाप्त पार्ने कोशिशहरू भैरहन्छन् तर तपाई कहिल्यै पनि समाप्त हुनुहुन्न । तपाई नै सोच्नुहोस् त, गुरुहरू समाप्त भएर जाने हो भने सँस्कृतिको अवसान भएको कुरा घोषणा गरे हँुदैन र ? गुरुहरू समाप्त हुने हो भने विचार र चेतनाको पहिचान नै मृतप्रायः हु“दैन र ? निश्चित रूपमा गुरुलाई सिध्याएर गलत प्रकारका विद्यार्थीहरू गुरु बन्ने उपक्रममा स“धै लागिरहन्छन् तर ती विद्यार्थी कहिल्यै पनि गुरु बन्न सक्दैनन् । गुरुको दशकौंदेखिको ज्ञान र अध्ययन के ती दुईचार वर्ष पढेका विद्यार्थीहरूले प्राप्त गर्न सक्छन् त ? गुरुको आफ्नो क्षेत्रप्रति रहेको दशकौंदेखिको साधना र समर्पण विद्यार्थीकाल पनि राम्रोस“ग पूर्णं नगरेका के ती विद्यार्थीहरूले जादुको लठ्ठी जसरी अकस्मात् प्राप्त गर्छन् त ? तपाई नै भन्नुहोस् त, के गुरुको बदनाम् गरेर कोही विद्यार्थी आजसम्म गुरु बन्न सकेको प्रमाण छ ? के गुरुको अपमान गरेर कुनै विद्यार्थीले आजसम्म बौद्धिक उचाइ निर्धारण गर्न सकेको छ ? गुरु बन्नु कुनै ठट्टाको विषय होइन । गुरु बन्न त ज्ञान र बौद्धिकताको लागि कठोर साधनामा लाग्नुपर्छ जो धेरैका लागि असम्भव कुरा हु“दै गएको छ ।

मलाई आश्चर्य लाग्छ कि तपाईले आफ्ना विद्यार्थीहरूले दिएका अपमानहरू जिन्दगीमा कति पाउनुभयो होला र पनि तपाई कति आशावादी हुनुहुन्छ जिन्दगीदेखि । मलाई आश्चर्य लाग्छ कि तपाईले जिन्दगीमा कति पीडाहरूलाई झेल्नुभयो होला र पनि कति अविचलित देखिनुहुन्छ जीवनमा । मलाई आश्चर्य लाग्छ कि तपाईले जीवनमा कति पाउनुपर्ने कुराहरू पाउनुभएन होला र पनि जे हँुदैछ त्यो राम्रोको लागि नै हँुदैछ भनेर कति विश्वस्त हुनुहुन्छ आपैंmमा । मलाई आश्चर्य लाग्छ कि तपाईले जीवनकालमा कति अन्याय र शोषणहरूस“ग साक्षात्कार गर्नुभयो होला र पनि कति शान्त देखिनुहुन्छ सबैका सामुन्यमा । यति धेरै अपमान, पीडा र शोषणको बज्रपात तपाईमाथि पर्दा पनि तपाईको यस्तो अदभुत शक्ति र क्षमता देख्दा जो कोहीलाई इष्र्या लाग्नु स्वाभाविकै हो । तपाईको महानता यसैमा छ कि तपाई गुरु हुनुहुन्छ र विशाल ज्ञानको भण्डारलाई मस्तिष्कमा बोकेर भविष्यका लागि बाँच्नुभएको छ आफ्ना विद्यार्थीहरूका लागि । उनीहरू त केवल तपाईले सिकाएका विद्यार्थीहरू हुन्, उनीहरूलाई के थाहा छ जीवन र जगत्का बारेमा ? विद्यार्थी बिग्रिने कारणहरू अरू नै हुन सक्छन् तर बन्ने कारण तपाई मात्र हुनुहुन्छ । तपाईजस्तो आस्थाको स्तम्भलाई विद्यार्थीहरूले कसरी जे पाए त्यही भन्न सकेका होलान्, मलाई आश्चर्य लाग्छ ⁄ मेरो विचारमा, त्यस्ता प्रकारका विद्यार्थी कहिल्यै पनि नसुध्रिने गरेर विग्रिएको
हुनुपर्छ ।

तपाईले आफ्ना विद्यार्थीहरूलाई राम्रोसँग शिक्षादीक्षा दिनमा कहिल्यै पनि कन्जुस्याईँ गर्नुभएन, गर्नुभयो त ? बरु उनीहरू नै फलुन् फुलून भनेर आफ्नो सर्वस्व नै गुमाउनुभयो । आफ्ना विद्यार्थीहरू बन्दा र उनीहरूले प्रगति गर्दा तपाईलाई सँधै खुशी नै लाग्यो । तपाईका कति विद्यार्थीहरू आज डाक्टर, इन्जिनियर र पाइलटहरू बनिसके होलान् । तपाईका कति विद्यार्थीहरू लेखक, राजनीतिज्ञ, कलाकार, चित्रकारहरू भैसके होलान् । तपाईका कति विद्यार्थीहरू अरू पनि धेरै क्षेत्रमा नाम र दाम कमाउने अवस्थामा पुगिसके होलान् तर पनि तपाईले कहिल्यै उनीहरूबाट गुरुदक्षिणाको आशा गर्नुभएन, गर्नुभयो त ? आपूmले पढाएका र सिकाएका कतिपय विद्यार्थीले प्रगति गर्दा आपूmले नै प्रगति गरेको सँधै महसुस गर्नुभयो । माथि पुग्दा आपूm नै माथि पुगेको महसुस गर्नुभयो भने कतिपय विद्यार्थी गलत सङ्गतमा पर्दा र सकारात्मक बाटो नलिदा तपाई अत्यन्तै चिन्तित पनि रहनुभयो ।

वास्तवमा तपाईलाई कसरी परिभाषित गर्ने, यो मैले यतिखेर भोगेको ठूलो समस्याको रूपमा प्रकट भएको छ । वास्तवमा गुरु बौद्धिकताको महासागर होइन कि जसको छेउछाउमा जानलाई पनि शैतान विद्यार्थीहरूलाई हम्मे हम्मे पर्छ । गुरु ज्ञानको सहस्र स्रोत होइन कि जसको भेउ पाउन पनि अहङ्कारले बलेका विद्यार्थीहरूबाट संभव नै छैन भने हुन्छ । तपाई त चाहनुहुन्छ, आफ्ना विद्यार्थीहरू पनि आपूmजस्तै भैदिए जे जति आपूmसँग छन् ती सबै उनीहरू कै लागि छोडेर जान हुन्थ्यो । तपाईले चाहेर मात्र के हुन्छ ? तपाईसँग भएका र रहेका चीजबीजहरू बुभ्mन सक्ने र लिन सक्ने क्षमता नै विद्यार्थीहरूले आपूmमा विकास गर्दैनन् भने । तपाईले खोजेर मात्र कहाँ हुन्छ जब विद्यार्थीहरूले नै तपाईलाई कत्ति पनि बुभ्mदैनन् भने । तपाईलाई त सँधै यही कुराले चिन्तित बनाउँछ कि मेरो शेषपछि मसँग भएका यति धेरै चीजबीजहरू त्यसै समाप्त भएर जाने भए ।

तपाईलाई थाहा नै छ, विद्यार्थीहरूले धेरै कुरा सिक्न बाँकी हुन्छ जीवनमा कारण सिक्नुपर्ने त उनीहरूको जातै हो । एउटा बच्चालाई रङ्गीचङ्गी खेलौना ल्याएर दिनुहोस् त ऊ कति खुशी हुन्छ । उसलाई लाग्न थाल्छ, ‘म जति ठूलो संसारमा कोही छैन, कसैले मलाई अब हराउन सक्दैन । हो, विद्यार्थी भनेका पनि यस्तै कुनै खेलौना पाउ“दा अत्यधिक रमाउने बच्चाहरूजस्तै हुन् । जब विद्यार्थीले पनि खेलौनाजस्तो केही चीज प्राप्त गर्छ (चाहे त्यसको महत्व केही पनि नहोस्) तव उसलाई लाग्न थाल्छ, ‘गुरुहरू भनेका मेरा अघि केही होइनन्, मैले अब गुरुहरूलाई जितिसकें, म अब संसारका ठूला व्यक्तिहरूमा परिसकें । तपाई त हाँस्न पो थाल्नुभयो त १ मैले भन्नुभन्दा पहिला नै तपाईले बुझिसक्नुभयो । वास्तवमा तपाईको अध्ययन नै यस्तो विशाल छ कि नबुझेका कुनै पनि कुरा छैनन्, म यसै कारणले तपाईप्रति अत्यन्तै आदर गर्छु । म भन्दै थिएँ, जब विद्यार्थीले आपूmले पाएको त्यो खेलौनाजस्तो चीजको औचित्य क्रमशः समाप्त हँुदै गएको र त्यसको महत्व आफ्ना साथीहरूका माझमा जति हल्ला गरे पनि बचाउन नसकिने भयो भन्ने कुरा महसुस गर्दै जान्छ तव केही समयपछि सोही विद्यार्थी आपूmसँग नभएका धेरै कुराहरू सिक्नका लागि तपाईसँग कक्षाहरू लिन आउँछ, यो कुरा म लेखेर नै दिन सक्छु । तपाईलाई थाहा नभएको कहाँ हो र ? विद्यार्थीले आफ्नो जात ढिलो चाँढो देखाइ नै हाल्छ । तपाईले भने यस्ता विद्यार्थी फेरि फर्केर आउँदा पनि यसलाई गुरुदक्षिणाको रूपमा नै लिनुहुन्छ । तपाई त फिल्मको निर्देशकजस्तो हुनुहुन्छ किनकि पर्दामा देख्दा दर्शकहरूले अभिनेता र अभिनेत्रीहरूलाई नै देख्छन् र पत्र–पत्रिका तथा मीडियाहरूले उनीहरू कै मात्र चर्चा गर्छन् अनि उनीहरू नै सबैभन्दा ठूला भएका घोषणा पनि गर्छन् । तर सत्यता, प्रस्तुत गर्ने गरिएका कुराहरूमा मात्र हुँदैन त्योभन्दा बाहिर पनि हुन्छ । वास्तवमा फिल्मसँग सम्बन्धित सम्पूर्ण कुराहरूको नियन्त्रण भने निर्देशक कै हातमा हुन्छ, के गर्ने र के नगर्ने भनेर । निर्देशक प्रत्यक्ष रूपमा ओझेलमा परेको देखिए पनि ऊ जति शक्तिशाली अरू कोही पनि हुँदैन । उसले आफ्नो परिवृतलाई अत्यन्तै सशक्त बनाइरहे कै हुन्छ र विश्राम गरेर बस्दैन ।

तपाई पनि प्रत्यक्ष रूपमा हेर्दा ओझेलमा पर्नुभएको हो कि भन्ने भ्रम देखिन्छ तर तपाई त नियन्त्रण कक्षमा नै हुनुहुन्छ सबैलाई नियन्त्रण गरिरहेको अवस्थामा । विद्यार्थीहरू त मात्र अभिनय गर्ने माध्यमहरू हुन्, उनीहरूको हात तत्काल भरिएको देखे पनि समयक्रममै त्यो खाली हुँदै पनि जान्छ । हो, वास्तवमा तपाईका सबै विद्यार्थी एकैनासका हुँदैनन् पनि । अरबौं मान्छेहरूमा त एउटा मान्छे अर्कोसँग मिल्दैन भने तपाईका सबै विद्यार्थी आपूmले चाहेजस्तै हुन्छन् भन्ने केही छैन । तपाईलाई लाग्न सक्छ, मेरा केही विद्यार्थीहरू बिग्रिनुमा ममा नै केही दोषहरू भएर हुन् कि ? तपाईलाई लाग्ला, मैले त सबै विद्यार्थीलाई समान रूपमा माया गरेको हुँ र सबैलाई समान तरिकाले शिक्षादीक्षा दिएको हुँ तर कोही कस्ता कोही कस्ता किन भए ? मलाई थाहा छ, एउटा गुरुलाई आफ्ना सबै विद्यार्थीहरू आपूmले सोचे अनुसार नभैदिदा अत्यन्तै पीडा हुन्छ । तपाईका कतिपय विद्यार्थीहरू भ्रष्टाचार गरेर महलमा वास गर्छन्भ ने, कतिपय विद्यार्थीहरू चाकडी गरेको कारणले केही झरिहाल्छ कि भनेर आश गर्छन् । कतिपय विद्यार्थीहरू गलत बाटो रोजेर अघि बढ्दा गर्वित देखिन्छन् भने कतिपय विद्यार्थीहरू आपूmलाई नाम, पहिचान र प्रेरणा दिने गुरुहरूलाई अपमान गर्दा मस्त भेटिन्छन् । तपाईले विर्सिनुभएको छैन होला, विद्यार्थीहरूले विश्वविद्यालयमा लगाएको आगोलाई, त्यो आगोले कस्तो रूप लियो ? तपाईलाई थाहा नभएको पनि होइन । भन्नुहोस् त, अब सबै विद्यार्थीहरू एकै हुन्छन् भनेर मान्ने आधार कतै छ त ? म भन्छु, विद्यार्थी विग्रिनुमा बढी गुरुकोभन्दा उसले लिएर आएको जन्मजात विशेषताहरूको कारणले, उसले गरेको गलत मान्छेहरूको सङ्गतको कारणले र पारिवारिक वातावरणको कारणले महत्वपूर्ण भूमिका खेलेको हुन्छ । तपाईले त उनीहरूका लागि आफ्नो जिन्दगीलाई सँधै दाउमा राखेर काम गर्नसम्म गर्नुभएको हो, बरु तपाईले आफ्mूले दिएको शिक्षादीक्षालाई कत्ति पनि दोष नदिइ विद्यार्थीहरूले आपूmमा हुर्काउँदै लगेका अहङ्कारलाई नै दोष दिन सक्नुहुन्छ ।

सहने कै छाती अचानो भने झैं गुरुहरूलाई त सहनुको अर्को नाम भने पनि हुन्छ कारण यो संसारमा सबैभन्दा बढी गुरुहरू नै अचानो भएका इतिहासहरू छन् । तपाईले भन्न सक्नुहुन्छ, आफ्ना गुरुहरूलाई अत्यधिक पीडा दिने यस्ता विद्यार्थीहरूलाई अब के गर्न सकिन्छ त ? तपाईले अन्यथा मान्नुहुन्न भने म भन्छु, अब तपाईले यी गलत विद्यार्थीहरूलाई सकारात्मक बनाउने कोशिशभन्दा संभावना र क्षमता भएका अरू नयाँ विद्यार्थीहरूप्रति ध्यान दिंदा राम्रो हुन्छ ताकि तपाई आफ्नो काममा अझ साधनारत् र समर्पित रहेर राम्रा र असल विद्यार्थीहरू भविष्यमा जन्माउन सक्षम हुँदै जान सक्नुहोस् ।

सङ्गीत आयाम
चितवन, भरतपुर
sangeetaayam@ntc.net.np

(स्रोत : खसखस डट कम)

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *