गजल : मान्छे ठान्छु म त

~शिव वियोगी चौलागाईं~

देख्या छैन तर पनि आफ्नै मान्छे ठान्छु म त
जे सुकै होस् तिमीलाई प्रेम नजरले हान्छु म त

टाढा छ गन्तब्य हिड्न धरै बाँकी छ
जीवनको सहयात्री तिमीलाई मान्छु म त

एक पल पनि तिमीविना टाढा हुन सक्दिन म
परपर भयौ भने हात समाई तान्छु म त

रुपरंग कस्तो होला लट्ठ पर्छु बोली सुँन्दा
नदेखेनी धरोधर्म मेरै रानी मान्छु म त

मनपराई तिमीलाई राखिसकें मनभित्र
बाबु आमा नमानेनी भगाएरै लान्छु म त ।

-हेटौँडा,मकवानपुर

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.