बाल कथा : गलैँचाबाट फर्किएपछिको खुशी

~रामकुमार एलन~

म¥याङकोट गाउँका दुई बालक पराङ र कुन्साङ घरबाट भागेर काठमाडौं गए । उनीहरु गाउँकै स्कुलमा कक्षा ४ र ५ मा पढ्दै थिए । एकदिन गाउँमा आएका नयाँ मानिसले उनीहरुलाई फकाए । गाउँमा प्राथमिक तहको पढाईपछि थप पढ्न विद्यालय थिएन । आमाबाबुले पढाउन सक्ने अवस्था थिएन । त्यसैले तिमीहरु गोठालो लाग्ने र खेतिपातीमा लाग्ने त हो नि भनेर उनीले फकाएपछि दुई बालकको कलिलो मनमा त्यस्तै कुरा पस्यो । उनीहरु बरु अहिले नै पढाइ छाड्न तयार हुने कुरामा पुगे । उनीहरुले यो कुरा घरमा भनेका थिएनन् । ती मान्छेको कुरा सुनेर उनीहरु काठमाडौंमा गलैँचा बुन्न जाने कुरामा तयार भए । गलैँचा बुन्दा महिनामा पाँच हजार रुपियाँ भन्दा बढी कमाइ हुने भएकाले बरु केही रकम आमाबाबुलाई पठाउन पाए भागेर गए पनि रिस मर्छ भनेर उनीहरुलाई गलैँचामा जान फकाउनेले उक्साए ।

भोलिपल्ट उनीहरु बिहानै सदा झैँ किताब बोकेर स्कुल जान भनेर हिँडे । तर उनीहरु काठमाडौं जाने तयारीमा निस्केका थिए । उनीहरुको तमाङ गाउँबाट थुप्रै युवायुवती, किशोरकिशोरी र बालबालिका गलैँचामा गएका थिए । गाउँका तमाङका छोराछोरी चारपाँच कक्षा पढेपछि गलैँचा बुन्न काठमाडौं जानु नौलो थिएन । उनीहरुले पनि आमाबाबुलाई ढाँटेर नै गलैँचा जाने निर्णय गरे र उनीहरुलाई लैजान तयार भएको मानिससँगै काठमाडौं जाने टुंगोमा पुगे । उनीहरु विद्यालय जाने बहानामा गलैँचा बुन्न जान घरबाट निस्किएर सिधै नजिकैकोको बजारमा पुगे । त्यहीँबाट उनीहरुलाई हिजो फकाउने युवकले काठमाडौं लैजाने तयारी गरेको थियो र त्यही आउँन भनेको थियो ।

उनीहरु बस स्टेसनमा पुग्दा उनीहरुलाई लैजान्छु भनेर तयार भएको युवकले अरु पाँचजना केटाहरुलाई लिएर त्यहाँ बसिरहेको थियो । उनीहरु आएको देखेर खुशी हुँदै कुन्साङ र पराङलाई एक एक वटा चक्लेट दिँदै ल अब काठमाडौं जाने है भनेर अँगालो हालेर माया गरे । उनीहरुले मुन्टो हल्लाए । बस काठमाडौं जान तयार थियो । उनीहरु सिटमा बसे । घरमा आमाबाबुलाई थाहै नदिइ उनीहरु काठमाडौं जान लागे त्यो पनि काम गर्नका लागि । कुन्साङ र पराङ एउटै सिटमा बसेका थिए । उनीहरुलाई मन पर्ने चक्लेट, खानेकुरा दिइएको थियो । कुन्साङ अलि खिन्न थियो भने पराङ काठमाडौंमा भएको दाई, काका, दिदी भेटिने खुशीमा थियो । उनीहरु मनमा अनेक कुरा खेलाउँदै काठमाडौं पुगे ।

उनीहरुलाई लैजाने अंकलको नाम छेबाङ रहेछ । उनीहरुले बसमा थाहा पाए । नागढुंगामा प्रहरीले सोध्दा दाई, दिदीलाइ भेट्न छेबाङ अंकलसँग आएको भन्नु है भनेर उनैले सिकाएका थिए । उनीहरुले त्यसै भने । त्यसपछि काठमाडौंमा ओर्लिएर उनीहरु अंकलसँगै सिधै माइक्रोबस चढेर गलैँचा भएको ठाउँमा पुगे । उनीहरु रात नपर्दै गलैँचा बुन्ने ठाउँमा आइपुगे । उनीहरु सात जना बालक थिए नयाँ । ठूलो कोठाभित्र गलैँचा कारखाना चलिरहेको थियो । उनीहरुले त्यहाँ घुमे । भोलिदेखि तिमीहरु यहीँ काम गर्ने हो भनेर अंकलले भने । उनीहरु हस भन्दै आजलाई बास बस्ने ठाउँमा पुगे । उनीहरु काठमाडौं आइपुगे पनि बाबुआमालाई केही थाहा थिएन । गाउँमा खोजी सुरु भयो होला हाम्रो, कुन्साङले भने । पराङले एक दुईदिनमा थाहा पाइहाल्नु हुन्छ नि भने । दाई दिदी पनि यसरी नै काठमाडौं आउनु भएको हो, उनीले थपे ।

बिहानै उठेर उनीहरु गलैँचा कारखानामा गए । सामान्य खाजा खाएर गलैँचाको तानमा काम सिक्न थाले । भर्खरका बालकहरुलाई गलैँचा बुन्न आउँथेन । उनीहरु काम सिकिरहेका थिए । धागोको डल्ला ओसार्ने, तानमा काम सिक्ने गरेरै उनीहरुको दिन बित्दै गयो । उनीलाई काममा भिज्नु थियो । जतिसक्यो, चाँडै काम जान्नु थियो । दिनको १ बजे बल्ल खानाको व्यवस्था थियो । अनि राति १० बजेसम्म उनीहरु काममा खटिन्थे । राति खाना खाएर थाकेपछि सुत्थे । फेरि बिहान उठेर उही काम गर्नुपथ्र्यो । उनीहरु गधाझैँ पेलिएका थिए । केही समयपछि उनीहरुलै गलैँचाको तान छुने मौका पाए । गलैँचाका धागोले उनीहरुका औँलाबाट रगत आउन थालेका थिए । काम निकै गाह्रो थियो । उनीहरु सकिनसकी काममा लागेका थिए । उनीहरुलाई ल्याउने छेबाङ अंकल पनि अहिले गलैँचामा थिएन । भनेको काम समयमा गर्न नसक्दा उनीहरु कुटिन्थे । त्यहाँ बोलिदिने कोही थिएनन् । उनीहरुमाथि धागो, तानका काठ र अरु जेले पनि कुटपिट हुन्थ्यो ।

एकदिनको कुरा हो, कामको सिलसिलामा कुन्साङको औँला गलैँचाको तानमा प¥यो र च्यापियो । उनी बेस्सरी चिच्याए । गलैँचाका अरु पनि आत्तिए । के भयो भनेर सबै काम छाडेर आए । कुन्साङको औँला च्यापिएको रहेछ । सबै मिलेर निकाले । औँला च्यापिएर कुन्साङ फत्र्याकफत्र्याक परेका थिए । तर उनीमाथि फेरि कुटपिट भयो । आँखा नहेरी काम गर्ने भन्दै उनीमाथि कुटपिट भएपछि पराङलाई पनि धेरै दुख लाग्यो । उपचार गर्नु पर्नेमा उल्टै कुटपिट भयो । उनको औला चुँडिने अवस्थामा थियो । कोहीकोहीले उनलाई अस्पताल लैजानु पर्छ भनेर लैजाने तयारी गरे । अस्पतालका डाक्टरले उनको औँला काट्नु पर्ने र अप्रेसन गर्नु पर्ने बताए । कुन्साङको एउटा औँला काटिने भयो ।

कुन्साङको अवस्था देखेर पराङ पनि निकै रोए । उनीहरुलाई घर छाडेर आएकोमा पश्चाताप भयो । अप्रेसनका लागेको पैसा पनि गलैँचावालाले नै ति¥यो । पराङ काममा जान सकेनन् । उनको एउटा औँला चुडिएपछि मन खुशी छैन । आमाबाबुलाई कसरी मुख देखाउने भन्दै निकै रोए । छेउमै बसेर पराङ पनि रोयो । उनीहरुको काठमाडौंमा कोही थिएनन् । गलैँचाभन्दा बाहिरको काठमाडौं उनीहरुलाई थाहा थिएन । उनीहरुको दाई, दिदी, काका काठमाडौंकै गलैँचामा भए पनि भेटिएनन् । उनीहरुले घरबाट भागेर गलैँचामा आएकोमा निकै पश्चात्ताप गरे । उनीहरुलाई घर फर्कन मन लाग्यो ।

पराङले गलैँचाका एक जना दाईलाई घर जाने बतायो । तर गलैँचाका मालिकले उल्टै तिमीहरुलाई उपचार गरेको पैसा नतिरेसम्म जा नपाउँदैनौ भनेर बढी बोले कुटपिट गर्ने र मार्नेसम्म धम्की दिए । पराङ डरलै काम्दै कुन्साङ भएको ठाउँमा गयो र सबै कुरा बतायो । उनीहरु फेरि रोए । उनीहरुसँग कुनै विकल्प थिएन । एकदिन गलैँचामा आउने पत्रिकाको पानामा पराङको आँखा पुग्यो, त्यहाँ गलैँचा, सर्कसमा फसेका बालबालिकाका लागि उद्धार गर्ने संस्थाको नाम र नम्बर रहेछ । पराङ लुुकेर बाहिर पुग्यो र एउटा पिसिओबाट त्यहाँ फोन ग¥यो । संस्थाबाट उनीहरुलाई उद्धार गर्ने तयारी त भयो तर निकै गाह्रो भयो । एकदिन प्रहरीसहित आएर उनीहरु उद्धार गरेर संस्थामा पुगे । गलैँचा मालिकले उनीहरुलाई १० हजार रुपियाँमा किनेको र कुन्साङको उपचार खर्च पनि माग्यो । संस्थाले उनीहरुको पक्षमा मुद्दा लड्यो र कुन्साङले औँला गुमाएको क्षतिपूर्ति पनि पायो । उनीहरु संस्थामार्फत नै घर पुगे ।

संस्थाका मानिसले भनेपछि कुन्साङ र पराङका बाबुआमाले उनीहरुलाई गाली गरेनन् । माया गरे, उनीहरु फेरि विद्यालय भर्ना भएर पढ्न थाले । अहिले कुन्साङ म¥याङकोट बालक्लबका अध्यक्ष र पराङ सचिव भएर काम गरेका छन् । विद्यालयमा कक्षा ७ सम्मको पढाइ थपिएकोछ । उनीहरु क्लबमार्फत गाउँगाउँमा पुगेर बालबालिकालाई सर्कस, गलैँचामा नपठाउन अनुरोध गर्छन्, आमाबाबुले थाहा नपाउने गरी कसैले फकाउला हामीलाई जस्तै गरेर भनेर बालबालिकासँग पनि छलफल गर्छन् । एउटा खुशीको कुरा, उनीहरुले आफूसँगै गलैँचामा गएका अरु पाँचजना बालक, जो हात्तिपाइले डाँडाका थिए, उनीहरुलाई पनि उद्धार गरे अनि आफूहरुलाई गलैँचामा लगेर बेच्ने छेबाङ अंकललाई पनि पक्राउ गर्न सफल भए । उनीहरु अहिले भीमफेदी जेलमा छन् । भदौ २३ गते पराङ र कुन्साङले नेतृत्व गरेको म¥याङकोट बाल क्लब जिल्लामै उत्कृष्ट भएको भनेर पुरस्कृत भएको छ । पराङ र कुन्साङ खुशी छन् । उनीहरुजस्तै उनीहरुका अभिभावक पनि । अचैल गाउँमा कोही बालबालिका सर्कसमा पठाउँदैनन् । सर्कसमा भएकाहरुलाई पनि उद्धार भइरहेको छ । गाउँमा कोही युवा आएको पाए बाल क्लबले नै मान बेचविखनका लागि आएको भनेर केरकार गर्छ ।

– मनहरी, मकवानपुर

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *