स्वदेश गीत : मेची-काली झंकृत पारी

~रामप्रसाद ज्ञवाली~

मेची-काली झंकृत पारी गुन्जिरहेको जागृति गान
जनजनको मन गर्दछ नूतन, छर्दछ जीवन, भर्दछ सान

स्वतन्त्रताले राष्ट्रियताले सम्प्रभुताले गर्वित भाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल

हिमगिरिदेखि पर्वतबेंसीसम्म तराई पौरख गान
धर्म र जाति संस्कृतिमाथि दृष्टि भएको एक समान

प्राकृतताले उच्च कलाले शोभित, सुन्दर शान्त विशाल
जय होस् मेरो जीवनमाली गौरवशाली देश नेपाल

यो गान राष्ट्रिय गान छनोट समितिले २०६३ मंसिर १४मा नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो। प्रदीपकुमार राई/व्याकुल माइलाको गान राष्ट्रिय गान छनोट भएपछी, यो गीत तेस्रो भएको थियो र हरिहर तिमिल्सिनाको लेखन दोस्रा भएको थियो ।

This entry was posted in नेपाली गीत and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.