नियात्रा : दार्जीलिङको दौरा-सुरुवाल

~प्रदीप नेपाल~

तपाईं दार्जीलिङ जानु भा’छ – भनेर कसैले सोध्दा म न गा’छु भनेर जवाफ फर्काउन सक्थे”, न त गा’छैन भनेर नै जवाफ दिन सक्थे” । दार्जीलिङ गा’छैन भनु” भने दर्ुइ-तीनपटक त्यो बाटो म हि”डेको छु । गा’छु भनौ” भने दार्जीलिङमा कहा” के छ भनेर कसैले सोध्यो भने खै त्यो त थाहा छैन भनेर भाग्नुपर्ने अवस्थाको मान्छे भा’को छु म ।

त्यसैले एकपल्ट मन लागेजति हर्ेर्ने गरी दार्जीलिङ जाने मन बनाएको थिए” । वषर्ापछि जाने योजना थियो । असोजसम्म झरी पर्लाजस्तो पनि लागेको थिएन । त्यसैले २०६५ असोजको दोस्रो सातामा मैले दार्जीलिङ जाने सोच बनाएको थिए” ।

नभन्दै म लागे” असोज ११ गते बिहानै पशुपतिनगरबाट दार्जीलिङतिर । हाम्रो गुरुजीको नाम थियो, सञ्जीव र्राई । बाबा -भन्नाले विमल देवान)को भतिज रहेछ । ऊ पर्‍यो पशुपतिनगरको, गाडीका साहूजी रहेछन् दार्जीलिङका डुक्पा । साहूजी र गुरुजीबीचको सम्बन्ध साह्रै राम्रो रहेछ । साहूले आफ्नो गाडी चालकलाई विश्वास गर्ने र गाडी चालकले साहूजीको अहित चिताउनै नसक्ने ।

“एकछिन सिमानामा रोक है †” बाबाले फाटकबाट गाडी गुड्नेबित्तिकै अह्रायो ।

“हामी सिमानाको किनारैकिनार हि”डिरहेका छौ”, कहा” रोक्ने भनेको होला †” मेरो मन छक्क पर्‍यो ।

सिमाना नाम दिइएको एउटा डील रहेछ एक दर्जनजति चिहान उनिएको । भारतीय पक्षले त्यो चिहानमाथि नै हमला गर्न खोजेको रहेछ । हिलेमा त ज्यू”दा मानिसहरू थिए र तिनले प्रतिवाद गरे । तर, सिमानामा चिहान चिथोर्ने कोसिसै भएको रहेछ । कसले प्रतिवाद गरोस् † त्यसैले त्यो ‘नो म्यान्स ल्यान्ड’जस्तो भएर डीलैमा उभिएर बसेको रहेछ । नेपालको भूमि नो म्यान्स ल्यान्ड -अर्थात् दसगजा) र खासको नो म्यान्स ल्यान्डचाहि” मिरकि-पशुपति- दार्जीलिङ सडक ।

अङ्ग्रेजीमा एउटा शब्द छ, मीननेस । ठ्याक्क नेपालीमा यसको अनुवाद के हुन्छ – सङ्कर्ीण्ाताको पराकाष्ठा † विस्तारवाद त राजनीतिक सम्मानको शब्द भयो । भारतीय शासक गुटका लागि त्यो सम्मान सुहाउ”दैन । हिलेमा मूल सीमास्तम्भ भत्काउने गरी डील कपिएकोे छ । नेपाली नागरकिको घरको बीच आ”गनमा सहायक स्तम्भ गाड्ने धृष्टता गरएिको छ । हु”दाहु”दा उहिलेका पितापर्ुखाले सिमानामा खनेका चिहानहरूमाथि अवैध कब्जा गरेर के नाफा होला भारतलाई † जति कब्जा गर्न खोजिएको छ, नापोका हिसाबले त्यो साह्रै धेरै छैन । भारतीय जमिनको हिसाबमा भन्ने हो भने एक बित्ता । एक दर्जनजति चिहानहरू होलान् जम्माजम्मी । नागरकिको भावनास”ग जोडिएको त्यस्तो भूमिमा त अघोरीले पनि आ”खा लाउ”दैन बा †

प्रश्न र जिज्ञासा अनगिन्ती छन् तर उत्तरहीन छ क्षितिज ।

मैले सोचेभन्दा नजिक रहेछ दार्जीलिङ । पशुपतिनगरबाट सिमाना, सिमानाबाट सुकियापोखरी -हो वा सुकेपोखरी)बाट घुमपहाड, घुमपहाडबाट दार्जीलिङ । गाडी नै भाडामा लिएर जा”दा सवा घन्टामा दार्जीलिङ बजारको छेउ टेकि”दो रहेछ ।

भुइ”कुहिरो उठिरह्यो । बाटामा गाडी चलाउ”दै सञ्जीवले ‘अङ्कल † ऊ तल कर्ुर्सियाङको टावर’ भनेर पनि देखाउन भ्याउ”दै थियो । दर्ुइ मिनेटका लागि देखिएको थियो खर्सर्ाा अचेलका भाइबैनाको बोलीको कर्ुर्सियाङ ।

“काका, यसपालि ढिलोसम्म पानी पर्‍यो, नत्र टुरस्िट सिजन सुरु भइसक्थ्यो,” सञ्जीवले विमललाई सम्बोधन गरेर भन्यो, “टुरस्िट तै छैनन् होला तर जोरपोखरीको बाटो घुमेर जाने कि †”

“हि”ड न त्यतैबाट, फर्किंदा सीधै आउ”ला,” बाबाले भनेको पा”च-सात मिनेटपछि बाटो फाट्यो । गाडीले मूलबाटो छोड्यो र त्यो एकपल्ट घ्याचाक्क गरेर खस्रोखस्रो खालको उकालो बाटो लाग्यो ।

जोरपोखरीमा मानवनिर्मित जस्ता लाग्ने दुइटा पोखरी रहेछन् मिहिनेत साथ चित्रकारी गरएिका । बस्न मन लाग्दो रहेछ । यद्यपि, त्यहा”बाट पनि कञ्चनजङ्गाचाहि” देख्न गाह्रै पर्दो रहेछ र पनि ठाउ” मनपर्ने खालको । “टुरस्िट आउनुपर्ने बेला हो यो तर यसपालि पानीले मान्छेलाई उकालो लाग्नै दिएन,” जोरपोखरीको मूलढोका खोल्ने भाइले सञ्जीवस”ग गुनासो गरे ।

“घिसिङले यो चाहि” बनाएकै हो,” सञ्जीवले हामीलाई सुनाउ”दै भन्यो ।

गर्ने मान्छेको कर्मले नै सबैलाई चिनाउने हो ।

१० मिनेटजस्तो अलमल गरेर हामी पल्लोपट्टकिो ओरालो झर्‍यौ” ।

घुमपहाड त धुम्मिनका लागि नाम कमाएकै ठाउ” हो ।

“काका आज साह्रै ट्राफिकजाम भएजस्तो छैन । कम्तीमा पनि जिरो स्पीडमा भए पनि गुडिरहन पाइन्छजस्तो छ,” सञ्जीवले विमललाई सुनाएपछि मैले अनुमान गरे”, “घुमबाट आठ किलोमिटर पर भएको दार्जीलिङ बजार पुग्न, हाम्रो काठमाडौ”को ढुङ्गाअड्डाबाट कालीमाटी आउनुजस्तै महाभारतको युद्ध लड्नुपर्ने रहेछ ।”

दार्जीलिङको हाम्रो पहिलो कार्यक्रम थियो हेमु र्राईजीको घर । उहा” नै हुनुहुन्थ्यो, हाम्रो सिक्किम यात्राको व्यवस्थापक । सुनीताको नाताको दाइ हुनाले विमल उहा”हरूको ज्वाइ” पर्ने, ज्वाइ”को आदरणीय म भएको हुनाले दार्जीलिङको न्यानो माया मैले पनि पाए” ।

तर, चिया खा”दै गरएिको मनकारी कुराकानीपछि मैले यसपालि सिक्किम नजाने नै निर्ण्र्ाागरे” ।

गोर्खाल्यान्ड आन्दोलनको राप तातेपछि होला सिलगुडीतिर कतै पवन चाम्लिङको पुतला जलाइएछ । उनलाई अभारतीय भनेर तिरस्कार गरएिछ । नेपालबाट आएको नेपालीले हाम्रो देशको कुनै पनि राज्यमा शासन गर्न पाउ”दैन भनेर मार खेदो गरएिछ ।

छक्क परे” म । पशुपतिनगरमै देवी भाइले मलाई सिक्किमसम्बन्धी दुइटा पुस्तक दिनुभएको थियो । एउटा त चित्र पुस्तक थियो । एकपटक सरर्सर्ती आ”खा डोलाएपछि पुग्ने । अर्कोचाहि” पवन चाम्लिङका भाषणहरूको स”गालो थियो र त्यो निकै महत्त्वपर्ूण्ा थियो । त्यसका पानापानाहरूमा पवन चाम्लिङले आफ्नो भारतीयताको प्रमाणपत्र पेस गरेका थिए । कतिपय सर्न्दर्भमा त यो भारतप्रेम नदेखाएकै भए पनि हुन्थ्यो भन्ने लागेको थियो मलाई । तिनै भारतीय चाम्लिङलाई अभारतीय बनाउन खोज्ने मान्छेहरूको दिमागमा कस्तो सङ्कर्ीण्ाताको कीरो कुदिरहेको होला †

मैले आफ”ैलाई सोधे” । जवाफ दिनुभयो र्राईजीले, “सब फत्तुर हो यो । उहा”मा त्यस्तो कुनै विचार नै छैन । उहा”लाई ग्रेटर नेपालवादीसमेत भने तलतिरका -भनेको सिलगुडीतिरका) मान्छेले । बङ्गालीहरू मैदानबाट धेरै पछि पहाडतिर उकालो लागेका हुन् । हामी त माटोस”गै यहा” आइपुगेका हौ” । हाम्रो इतिहास यही”बाट आरम्भ हुन्छ र यही” समाप्त हुन्छ । तर, हामीले बुझेको मात्र हु”दो रै’नछ ।” र्राईजीले सुस्केरा पोख्नुभयो ।

“अहिले अलिक अप्ठ्यारो बढेको छ । एकातिर यो नरोकि”दो झरी, यात्राको रमाइलो घटाइदिने । अर्कातिर पवनजीको पुतला जलाइएको विरोधमा भोलि र पर्सि सिक्किम बन्दको आह्वान गरेका छन् सिक्किमेली जनताले,” बोल्दाबोल्दै उहा” फेर िरोकिनुभयो, “जतिबेला मैले यहा”को यात्राको बन्दोबस्त मिलाएको थिए”, परििस्थति यस्तो थिएन । तर पनि यहा”ले जाने नै मन बनाउने हो भने बन्द सकिएपछि हामी त्यता जानसक्छौ” ।”

भुइ”कुहिरोले छोपिरहेको प्रकृतितिर अनुहार डुलाउ”दै मेरो मनले भन्यो, “अहिले त्यता जानु ठीक हु”दैन ।”

मेरो मनको निर्ण्र्ाार्राईजीलाई थाहा भएन । त्यसैले उहा”ले भन्नुभयो, “अरू केही नभए पनि गान्तोक बजार त घुम्न सकिन्छ ।”

“यहा”लाई धेरैधेरै धन्यवाद †” मैले भने”, “यो अप्ठ्यारोमा सिक्किम गएर रमाउन मेरो मनले मान्दैन । आखिर हाम्रो चिनजान भयो, विमलमार्फ यहा”ले मलाई आफ्नो सुविस्ताको समयको जानकारी गराइदिनुहोला । त्यतिबेलै यात्राको कार्यक्रम मिलाउ”ला भने” ।

त्यसपछि हामीले साहित्यिक सांस्कृतिक सम्बन्धका बारेमा छलफल गर्‍यौ” । मैले उहा”लाई उत्तरबङ्गाल विश्वविद्यालयमा नेपाली विषयमा स्नातकोत्तर गर्ने उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन राशि प्रदान गर्न नेपाल सरकारका तर्फाट आठ लाख नेपाली रुपिया”को अक्षयकोष, विश्वविद्यालयकै व्यवस्थापनमा पठाइएको जानकारी दिए” ।

खुसी मान्नुभयो हेमु र्राईजीले ।

हामी हतारमै थियौ” । पानी पररिहेको थियो र हामी एकसरो दार्जीलिङ घुम्ने चटारोमा थियौ” । त्यसैले मैले नमस्कारको बिदा माग्दै भने”, “सवा घन्टाको बाटो रहेछ, हामी आजै पशुपतिनगर फर्किने मनस्थितिमा छौ” । यहा”का केही दर्शनीय स्थलहरू हेरेर हामी सीधै बाटो लाग्छौ” । अहिले बिदा पाउ”m ।”

र, हामी बाटो लागिहाल्यौ” । कच्याक्कुचुक्क परेछ दार्जीलिङ † विश्व सम्पदामा परेको रेललाई घुम पहाडभन्दा उतैतिर थन्क्याउने व्यवस्था गर्दा सायद दार्जीलिङ थोरै फराकिलो हुन्थ्यो कि † घुमपहाडको गोलचक्करमा बटार”िदै सिट्ठी बजाउ”छ र दार्जीलिङ बजारका मानिसलाई बजारको सरसफाइमा ध्यान देऊ है भन्ने सन्देश दि”दै फेर िफनक्क फर्किएर ओरालो लाग्छ ।

सानो पाखोमा गाडीहरू पनि धेरै भएछन् । बिचरा सञ्जीवले गाडी पार्क गर्ने ठाउ” नै पाउन सकेन । त्यसैले उसले विमललाई भन्यो, “काका, म तपाईंहरूलाई बाटैमा ओरालेर गाडी पार्क गर्न जान्छु । फर्किंदा मलाई खबर गर्नुहोला । म गाडी लिएर आइहाल्छु ।”

हामी उभिएका थियौ” पर्वतीय सङ्ग्रहालयको मूलढोकाअगाडि ।

३० रुपिया” लाग्दो रहेछ प्रवेश टिकटको दाम । चिडियाखाना र पर्वतीय सङ्ग्रहालय स”गै रहेछन् । बाटोको दुवैतिर थुनिएका जङ्गली जनावरलाई हर्ेर्दै हामी सङ्ग्रहालयको ढोकामा पुग्यौ” । र्

पर्वतीय सङ्ग्रहालय मैले पोखरामा हेरेकै थिए” । तेन्जिङ नोर्गेका सामान यहा” बढी रहेछन्, अरू त्यस्तै उस्तै पाए” मैले । तर, अवस्थितिका हिसाबले भने पोखराको पर्वतीय सङ्ग्रहालय कता हो कता राम्रो † एउटा कर्ुर्सर्ीी बसेर नाम चलेका आठवटा उच्च हिमशिखर हर्ेन पाइने । हातैले छोउ”लाजस्तो पवित्र माछापुच्छ्रेको दर्शनले मन मुग्ध हुने । पोखरामा पनि मलाई मोड्युलले लोभ्याएको थियो । दार्जीलिङमा पनि त्यही मोड्युलले लोभ्यायो । मैले गान्तोक खोजे” । धर्सर्ैैर्ाे खोज्दै गएको त भेटिइहाल्यो ।

मोड्युलमा हर्ेदा गान्तोक राम्रै ठाउ”मा रहेछजस्तो लाग्यो ।

मलाई दर्शन गर्न मन लागेको अर्को स्थान थियो चौरस्तास्थित भानुभक्त आचार्यको सालिक । नेपालतिर महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठका सालिकहरू भत्काउने आपराधिक कामहरूको जानकारी पाएर बैरागिएको मन बोकेर म दार्जीलिङ पुगेको थिए” । चौरस्ताको एउटा कुनामा भानुभक्तको विशाल प्रतिमा देख्दा मन दङ्ग भयो । ‘जातीय कवि’ भारतका नेपालीहरूले आदिकविपछिको विशिष्ट सम्मान दिएका छन् । धेरैबेर टोलाएर उभिइरहे” म चौरस्ताको टु”डिखेलमा ।

एकपल्ट आज रमिता छका उपन्यासकार इन्द्रबहादुर र्राईलाई नमस्कार गर्न मन लागेको थियो । हेमु र्राईजीस”ग सोधपुछ गर्न बिर्सिएछु । चिन्ता थियो सिक्किम यात्राको, दार्जीलिङ त यसो बजार घुम्ने सोच मात्रै थियो । चौरस्तामा भानुभक्तको प्रतिमा देखेपछि पो झस्स सम्भिmए” आईबी दाइलाई ।

सञ्जीवले ‘गङ्गामाया स्टोन -रक) गार्डर्ेेहर्ेन जाने हो भने ढिला नहोस् है’ भनेर खाना खानेबेलामा सचेत गराएको हुनाले हामी उसैको खोजीमा लाग्यौ” । चौरस्ताबाट सीधै तल बजारमा भेट्ने कार्यक्रम मिलाएका थियौ” हामीले ।

एउटा अनौठो परविर्तन देखिरहेको थिए” मैले दार्जीलिङ बजारमा । मानिसहरूले टाउकामा टोपी लाएका थिए कालो अथवा ढाकाको । दौरा, सुरुवाल, कोट वा अस्कोट र टोपी, सुन्दर दृश्य थियो । कताकतिले दौरा र पाइन्ट पनि लगाएको देखियो । परचियको चिन्ता नागरकिहरूमा पाइयो । चेलीहरू पनि ढाकाको चोलो र सारीमा हि”डेका देखिए । म पनि एकछिन दार्जीलिङे नै भैदिए” देख्नेका लागि । किनभने, मैले नेपाली भेलाको दौरा, सुरुवाल, कालो टोपी र कोट लगाएको थिए” ।

बजारमा विमल गुरुङको जनसभा चलिरहेको थियो । तर, हामी राजनीतिक भाषण सुन्ने मनस्थितिमा थिएनौ” । पा”च-सात मिनेट लाग्यो सञ्जीवलाई खोज्न । त्यतिन्जेल वक्ताको बोली सुन्नै पर्‍यो । बोली मीठै लाग्यो । ‘विमल गुरुङ आफै” भाषण गर्दै रहेछन्’ भनेर विमलले मलाई जानकारी गरायो ।

“हामी जाने बाटो बन्द भएछ,” सञ्जीवले हामीलाई गाडीमा बसाल्दै भन्यो, “अब अघि गएकै बाटोतिर -अर्थात्, पर्वतीय सङ्ग्रहालयतिर) जानुपर्ने भयो । ठीकै भयो । चौरस्ताबाट घुमेर तेन्जिङ नोर्गेको घर पनि हेरहिालौ” । त्यतैबाट तल रक गार्डर्ेेजाउ”ला ।”

“तेन्जिङ नोर्गेको घर भनेर सञ्जीवले एउटा सेतो घर देखायो । गाडी रोकेन तर उसले । मान्छे हि”ड्ने गतिमा गाडी गुडाइरह्यो । किनभने, ऊ जतिसक्दो चा”डो तलको रक गार्डर्ेेा हामीलाई पुर्‍याउन चाहन्थ्यो । र्

पर्यटक तान्ने रक गार्डर्ेेपनि पुगियो । धेरै तल रहेछ । दार्जीलिङबाट झर्दा गर्मी लाग्ने । एउटा खोलामा केटाकेटी रमाउने पुलपुलेसाहरू बनाएको । खोलाको पानीलाई तालतिर हालेर फेर िखोलामै फर्काएको । पुछारमा एउटा ठूलो ढुङ्गोलाई गेरु रङले पोतेर सुन्दर बनाएको † हामी पहाडबासीलाई त उस्तो नाई तर मैदानबासीका लागि भने अनौठै लाग्ने ।

“पर्यटक तान्ने घिसिङको बुद्धिचाहि” मान्नर्ैपर्छ,” प्रेमले भन्यो, “यस्तो खोल्सोलाई पनि आम्दानीको स्रोत बनायो ।”

सिमसिम पानी पररिहेको थियो र आकाश रुने लक्षण बढिरहेको थियो । त्यस दिन बिहानदेखि नै घरी झरी, घरी सिमसिम पानी पररिहेको थियो । अहिले पररिहेको सिमसिमे पानी दर्के झरीमा परण्िात हुने लक्षण बढेको हुनाले हामीले आफ्नो दर्शनलाई एक-एक कप कफीमा रत्ियायौ” ।

बाटोचाहि” थियो ज्यानमारा । झर्दै सातो खाने खालको लागेको थियो । त्यस्तो छा”ट न छन्दको बाटो मैले कहिल्यै देखेको थिइन” । इलामको सुनमाईमाथिको बाटोलाई ग्रेड नमिलेको भन्थे इन्जिनियरहरूले । रक गार्डर्ेेझर्ने बाटो हेरी त हाम्रो कुटिडा”डाको उकालो कता हो कता राम्रो †

ओरालो झर्दा सञ्जीवको कुशल हातले सातो खा”दै पनि ठाउ”मै पुर्‍यायो । फर्किंदा भने पा”च ठाउ”मा पछाडिबाट ठेल्नुपर्‍यो गाडीलाई । पिच बाटामा गाडी ठेल्ने भनेपछि कस्तो बाटो होला त्यो । “भक्कु मातेको इन्जिनियरले बनाएको बाटो रहेछ यो,” भाइहरूले आफ्नो दुःख बिर्सर्ाा इन्जिनियरङि्को प्रमाणपत्र लिएको त्यो मतुवा मान्छेलाई गाली गरे ।

म र सञ्जीवले त्यो पीडा भोगेनौ” । तर, तीन जनाको हविगतै भयो । † बिचरा विमल, प्रेम र खालिङ भाइ झत्तु भए भिजेर । मरी मरी गाडी ठेल्यो । तर, मोडबाट ठाडै उकालो हुनाले गाडीलाई गति लिन अप्ठ्यारो पर्ने । त्यसैले उनीहरूलाई पछाडि छोड्दै हामी अगाडि बढ्थ्यौ” । तीन भाइको छोटो हि”डाइ २५ मिटर भयो भने लामो हि”डाइ एक सय मिटर नै भयो ।

सा”झ नपर्दै हामी आफ्नो बास आइपुग्यौ” चरोजस्तै फन्फनिएर ।

(स्रोत : कान्तिपुर – नेपाल साप्ताहिक )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *