गजल : हजुर जुहारी भन्नुहुन्छ

~सुशीलराज रेग्मी~

तर्क, वितर्क गर्दा आमै, हजुर जुहारी भन्नुहुन्छ
मुखाले परी बाबै हेर, मेरी त बुहारी भन्नुहुन्छ

केही गर्नु अगावै सर–सल्लाह गरेको त राम्रो
आफन्ती डाक्दा, बेर्थ दुनिया गुहारी भन्नुहुन्छ

सासु भएपछि म बुहारी, पनि थिएँ बिर्सनु भएछ
छोरी काखा बुहारी पाखा, आफूँ नारी भन्नुहुन्छ ?

बा भनेजस्तो नहुँदा, गुनासो हजुरका पनि त थिए
मैले भनेको माने, छोरो जोईटींग्रे पारी भन्नुहुन्छ

अब महिला चुलो चौकामा मात्र सीमित रहेनन्
हिड्दा कतै माहारानीको, भयो सवारी भन्नुहुन्छ

हाल : दक्षिण कोरिया

(स्रोत : आजको खबर डट कम)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.