व्यङ्ग्य निबन्ध : सबैभन्दा खत्तम म

~आर आर छुछुनर~

मेरो कक्षामा मात्रै होइन, मेरो विद्यालयमा नै सबैभन्दा खत्तम विद्यार्थी भनेर शिक्षकहरूले मेरो प्रशंसा गर्नुहुन्थ्यो । एउटी शिक्षिकाले मेरो कक्षामा क, ख, ग, घ पढाउँदै गर्दा ‘राम्री म’ भनेर विद्यार्थीलाई घोकाउँदा मैले ‘नराम्रो म’ भनेर जोडले चिच्याउँदा गालामा चड्कन–चिउरा खाएर मेरो अनुहार हनुमानजस्तो सुन्निएको मलाई राम्ररी सम्झना छ । कोही साँच्चिकै सुन्दर शिक्षिकाले आपूmलाई ‘राम्री म’ भनेर सत्य कुरा बोल्दा सबै शिक्षिकहरूले नै भन्ने गरेकोजस्तो ‘नराम्रो म’ भनेर बोल्दा गोदाइ खानुपरेको घटनाले पढाइप्रति म झन् ‘जस्तो थिएँ, त्यस्तै भएँ ।’

अरूलाई सबैले सोध्थे– तिम्रो कुन विषय कमजोर छ ? त्यही बेला मलाई सोधिन्थ्यो– तिम्रो कुन विषय राम्रो छ ? म पनि त्यत्तिकै बाठो मान्छे । कसैले मलाई धेरै सोधेर दुःख देला भनेर जुन विषयको प्रश्न ग¥यो, त्यो विषयबाहेक मलाई सप्पै आउँछ भन्दिन्थें । जस्तै नेपाली व्याकरणको प्रश्न सोध्यो भने मलाई नेपाली विषयबाहेक सबै आउँछ, अङ्ग्रेजी व्याकरणको प्रश्न सोध्यो भने अङ्ग्रेजीबाहेक सबै आउँछ, गणितको प्रश्न सोध्यो भने गणितबाहेक मलाई सप्पै विषयको ज्ञान छ, विज्ञानबारे जिज्ञासा आउँदा सगर्व भन्दिन्थें कि मेरो विद्यालयका विज्ञान मास्टर विज्ञानभन्दा बढी अन्धविश्वासमा विश्वास गर्छन् । अब आपैंm अनुमान गर्नुहोस् त, शिक्षिकहरूले भनेको जस्तै म खत्तम कि उत्तम ?

मैले बाहिर जेसुकै भने पनि मेरो मनमा भने गणित विषयप्रति निकै मोह थियो । अहिले पनि छ । यो मेरो सबैभन्दा प्रिय विषय हो । गणितमा मेरो कुशाग्र बुद्धि देखेर गणित मास्टरले मेरो ईष्र्या गरेको मलाई अहिले पनि हेक्का छ । मेरो गणित शिक्षिकले कालोपाटीमा लेखेर सबैलाई पढाए– चारबाट एक घटाउँदा तीन हुन्छ । मैले बिस्तारै भनें– भूmट, चारबाट एक घटाउँदा पाँच हुन्छ । चारबाट दुई घटाउँदा दुई हुन्छ भनेर कालोपाटीमा लेखेर देखाउँदा म सजिलै भन्थें छ हुन्छ । चारबाट तीन घटाउँदा सात हुन्छ र चारबाट चार घटाउँदा आठ हुन्छ भनेर मैले अन्तिममा भन्दा शिक्षिकको आक्रोशपूर्ण आशीर्वचन थियो– गधा, कमसेकम अरूलाई त पढ्न देऊ ।

म कक्षाको बोझ थिएँ । एक अर्थमा खुशी पनि थिएँ कि सबैले मलाई खत्तम नै किन नभनून्, सबैले चिन्छन् । सबैले चिन्नु सबैको लागि सौभाग्य हो । मेरो परम भाग्य म अहिले पनि मान्छु । कक्षाका धेरै अनुशासित विद्यार्थीको नाम शिक्षिकहरूको दिमागमा अटाउँदैनथ्यो तर मेरो विशाल अप्रतिभाको कारण मेरो नाम सबैको मुखमैं झुन्डिएको हुन्थ्यो । अहिले सम्झन्छु– कतिपयको नजरमा दुर्नाम नै कमाएको भएपनि सबैले मलाई जहाँसुकै चिन्न सक्नु मेरो कमाइ थियो ।

“म मान्छु कि गधाजस्तो म मात्र छु,” मेरो बोली खस्न नपाउँदै सबैजना गलल्ल हाँसे । मेरो हौसला बढ्यो र मैले भनें– घरमा दाइले जिस्केर भाउजूको रुमालको एउटा कुना काटिदिनुभयो, त्यसमा एउटा कुना बढ्यो । एउटा रुमालमा चार कुना हुन्छन्, एउटा कुना काट्दा रुमालमा पाँचवटा कुना बन्यो । दुईटा काट्दा छवटा कुना बन्यो । तीनवटा कुना काट्दा सातवटा बन्यो र चारै कुना काट्दा आठवटा बनेको मैले देखेको छु । त्यतिमात्रै होइन, अस्ति बुबाले वीरगंजबाट एउटा तन्ना किनेर ल्याउँदा आमाले बीचैबाट काटेर दुईटा ओछ्यानमा बिछ्याएको मैले देखेको छु । एउटाबाट एउटा घटाउँदा दुई हुन्छ ।”

मेरो कुरा व्यावहारिक भयो । कक्षामा यस्तो पढाइ हुँदैन । पढाइको आप्mनो नियम हुन्छ । नियमभन्दा बाहिर जाने हो भने कक्षाबाट मात्र होइन, विद्यालयबाटै बहिष्कृत हुनुपर्छ ।

त्यसपछि म डराएँ । अनि गणित शिक्षिकसँग कहिल्यै पनि मुख लागिनँ ।

खाली घण्टीमा एक दिन अर्को एकजना शिक्षिक गणित पढाउन आउँदा मेरो मनभित्रको गणितको शैतान फेरि जाग्रत भयो । शिक्षिकलाई समय कटाउनु थियो, त्यसैले जोड पढाउनुभयो– “एकमा एक जोड्दा दुई हुन्छ ।” बिस्तारै तर शिक्षिकले सुन्ने गरी उही भलाद्मी पाराले मैले भनें– “एकमा एक जोड्दा एक हुन्छ ।”

मेरोबारे शिक्षिकले सुनेकै थिए क्यारे । रिसले माया गरेकोजस्तो बोलाएर गालामा चड्याम्म चड्कन दिएर मेरो बुद्धिलाई ठेगान लगाउँदै भने– एकमा एक जोड्दा एक कसरी हुन्छ, भन् त ?”

मैले आपूmले देखेको कुरो सुनाएँ– “मेरो घरभन्दा अलिकति पर एउटा मेरो खेत थियो । बुबाले केही दिन पहिले सँगै टाँसिएको छिमेकीको एउटा खेत किन्नुभो । पहिलेको एउटा र अहिलेको एउटालाई हिजोमात्र जोड्नुभो । एक खेतमा अर्को एक खेत जोड्दा एउटै खेत बन्यो । एकमा एक जोड्दा दुई नभएर एक हुन्छ ।”

मेरो कुरा किन पच्थ्यो शिक्षिकजस्तो मानिसलाई । अर्को थप्पडले मेरो गणितको सारा बुद्धि पलायन भयो । साँच्चि धरोधर्म भनुँ भने सबै विषयमा मलाई शिक्षिकहरूले यसै कारण खत्तम भन्थे । शिक्षिकहरूले पढाएको कुरामा सही थाप्दै मैले प्रगति गर्न थालें । मेरो कुरा कुनै शिक्षिकले नपत्याइदिएपछि म खत्तम । हो हजुर, मलाई विश्वास छ– म सबैभन्दा खत्तम ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *