कविता : मेडुसाहरुको राज्य !

~दिवाकर स्वप्नील~Diwakar Swapneel

भाग्दैछु पर__तिमीदेखी!
पाउँछु तिमीभित्रै आफुलाइ ।
मायावी जालले पछ्याइरहन्छ निरन्तर।
म भित्र तिमी छौ या तिमीभित्र म ?

म उही दोधारमा पल्टिरहेँ-
तिमी र कविता ?
पहिल्याउँदै तिम्रो आत्माको मार्ग
विचरण गर्दै मनको भित्तामा
तिम्रो मनकै परिभाषा कोरेँ ।
अपूर्ण__अपूर्ण !

क्यानभास हौ तिमी__चित्रकारको ।
सफेद मुहार विकृत पार्छ रङ्गले__अस्तित्व लडाइमा ।
काला-सेता-राता रंगहरु !
पोतिन्छ__कुचीको रणभुमिमा ।

अलाप्छ तिम्रै दर्द गाइनेको सारंगीले !
एक झुण्ड तम्सिन्छ
विद्यावारिधी गर्न !
हाँक दिन्छन् लठ्ठुहरु_सिद्धान्त र वादका कुरा
हुट्टिट्याउँले सगर थामेको देशमा ।

पाखण्डी कवि !
सयौँपल्ट तिम्रो नामको कविता__कोर्छु च्यात्छु
फेरी कोर्छु__च्यात्छु !
छैनौँ शब्दहरुमा तिमी !
सक्छ र कोही उतार्न तिम्रो पूर्णकद तस्विरमा ?
दानवी रुप उत्रिन्छ र शब्दहरुमा ?

मेडुसाहरुको राज्य !
भो फुत्किन देऊ मलाई।
बिन्ती एकैछिन चिम्म गर__तिम्रा आँखा ।

मेडुसाहरुको राज्य !

भाग्दैछु पर__तिमीदेखी!
पाउँछु तिमीभित्रै आफुलाइ।
मायावी जालले पछ्याइरहन्छ निरन्तर।
म भित्र तिमी छौ या तिमीभित्र म ?

म उही दोधारमा पल्टिरहेँ-
तिमी र कविता ?
पहिल्याउँदै तिम्रो आत्माको मार्ग
विचरण गर्दै मनको भित्तामा
तिम्रो मनकै परिभाषा कोरेँ ।
अपूर्ण__अपूर्ण !

क्यानभास हौ__चित्रकारको।
सफेद मुहार विकृत पार्छ रङ्गले__अस्तित्व
लडाइमा ।
काला-सेता-राता रंगहरु !
पोतिन्छ__कुचीको रणभुमिमा ।

अलाप्छ तिम्रै दर्द गाइनेको सारंगीले !
एक झुण्ड तम्सिन्छ
विद्यावारिधी गर्न !
हाँक दिन्छन् लठ्ठुहरु_सिद्धान्त र
वादका कुरा
हुट्टिट्याउँले सगर थामेको देशमा ।

पाखण्डी कवि !
सयौँपल्ट तिम्रो नामको कविता__कोर्छु
च्यात्छु
फेरी कोर्छु__च्यात्छु !
छैनौँ शब्दहरुमा तिमी !
सक्छ र कोही उतार्न तिम्रो पूर्णकद
तस्विरमा ?
आफै विलिन भएँ तिम्रो नजरले ।
दानवी रुप उत्रिन्छ र शब्दहरुमा ?

मेडुसाहरुको राज्य !
भो फुत्किन देऊ मलाई।
बिन्ती एकैछिन चिम्म गर__तिम्रा आँखा ।

चारपाने , झापा ।
swapneeldiwakar@gmail.com

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.