sahityasangraha.com
सूत्रकथा : रहर - साहित्य सङ्ग्रहालय
~भूधरा उपाध्याय~ – श्यामले संसद बैठकमा धेरैजसो सांसदहरु हाई गर्दै निदाएको देख्यो। – त्यसको केही दिनपछि सांसदहरुको तलब बढेको समाचार सुन्यो। – निदाउँदा बढ्दो तलब पाउने भएपछि उसलाई पनि सांसद बन्ने रहरले औडाहा बनायो।