कथा : कोही शहीद, कसैको सिउँदो रङ्गिदै

~रोहित शाही~

हातमा बाँधेको साइको फाइभ घडि हेरेँ, समय घर्किदो थियो । सर्ट आर्इसाइटको पावरले घनिभूत मेरा आँखाहरु पर परसम्म कसैलाई खोजिरहेका थिए । पर टाढैबाट एयरपोर्ट जाने बस ृई ३४े आउँदै थियो, यता मेरो मन छटपटाइरहेको थियो । म कसै गरिकन पनि यो बस मिस गर्न सक्दिनथेँ । काममा सँधै समयमै हाजीर हुने मेरो गत पाँच वर्ष देखिको रेकर्डलाई कत्ति पनि खराब गर्न चाहँदिनथेँ तर के आज मैले मेरो त्यो रेकर्डलाई खल्बलाइदिऊँ त ?आखिर किन ? मेरै मन भित्रबाट कसैले मलाई जिस्काउँदै सोधिरहेको थियो । अँ हँ, कसै गरिकन पनि यो बस मिस गर्नु हुँदैन । ‘दयाटस् इट’ १ अन्तरमनको लडाइँ निष्कर्षमा नपुग्दै बस आइपुग्यो । अब भने मेरा आँखा मेरैवरपर डुल्न पुगे तर यसपालि पनि मेरा आँखाहरु निराश भए । यस्तै निराश भावले अक्टोपस ‘ट्याट्ट’ बजाउँदै बस भित्र छिरेँ र सरासर मेरो मनपर्दो अप्पर डेकको फ्रन्ट(राइट सिटमा, छेवैमा झोला राखेर बसेँ, मन भारी थियो । तर जसै मेरा नजरहरुले सिटको देब्रेतर्फ चिहाए तब एक्कासि मेरो भारी मन हलुंगो भयो । शरीरभित्र एक भिन्दै किसिमको तरङ्ग फैलियो ।

‘उनी त्यहाँ आफ्नै धुनमा चुइङ्गम चपाउँदै आई पडमा गीत सुनिरहकि थिईन् । उनको ध्यान मतर्फ खिँच्न मैले झोलाको फस्नर खोल्दै, बन्द गर्दै अनि फेरि खोल्दै, बन्द गर्दै गरिरहेँ तर उनी यति मस्त थिईन् कि मानौं उनले मेरोतर्फ फगत एक नजर हेरिदिँदा रीनै लाग्लाझैं गर्दै थिईन् । यता क्षणभरमा नै म आफू बुद्धु भएको महशुस भयो किनकि मेरो झोलाको फस्नरको आवाज उनले सुन्दै गरेको संगीतको आवाजभन्दा बेशी उँचो पक्कै थिएन । आफैप्रति टिठ लागेर आयो, तर पनि मिल्ने र हुने भए उनीसँग “किन अघिल्लो स्टपबाट बस चढेको रु” भनेर सोध्न मन लागेको थियो, अझै सक्ने भए “म तिमी आज आउँदैनौ कि भनेर निराश भएको थिएँ” भनेर भन्न मन लागेको थियो । तर यी सबै मनका लडडु जो थिए ।

बितेका चार महिनादेखि हामी दुबै एउटै बस स्टपबाट, एउटै समयमा, एकै रुटको बस चढने गरेका थियौं। उनी एयरपोर्टमा क्याथे प्यासिफिकको क्याटरिङ्गमा काम गर्दछिन् भन्ने कुरा उनलाई देखेको दोस्रो दिनमा नै थाहा लागेको थियो । जब उनी मोबाइलमा कसैसँग आफ्नो काम र त्यसको प्रकृतिबारे गफ्फिँदै थिईन् ।

साँझलाई टुसुक्क छुने, भूतले खाना खाने समय भएकोले होला, हामी चढ्ने बस प्रायः खाली नै हुन्थ्यो । सिटहरु रोज्जा पाइन्थ्यो तर उनी सरासर अप्पर डेकको फ्रन्टलेफ्टमा बस्दथिईन् भने म राइटमा । यत्तिका दिनमा उनीसँग दुई, चारपटक आँखा जुध्नुसिवाय औपचारिक परिचय पनि भएको थिएन । तर पनि त्यो आधा घण्टाको सफरमा मेरो मन कैयौं किलोमीटर दौडन्थ्यो, उनको मनसँग मेरो सँधै जिस्किरहेको हुन्थ्यो । मेरो यो निराश यात्रामा थाहै नदिई चुपचाप उनलाई साथी बनाएको थिएँ । कल्पनै कल्पनामा उनीसँग मैले जीवनको धेरै(धेरै गफहरु गरेको छु । मेरा दुःख र सुखका आरोहअवरोह उनीसँग चुपचाप साटेको छु । चुपचाप उनलाई मन पराउन थालेको छु । उनलाई माया गर्न थालेको छु, चुपचाप, अनि मेरा भावी जीवनका यात्राहरु उनैसँग बिताउने प्रण पनि गरेको छु, चुपचाप ।

यस्तैमा एकदिनको घटना हो, बिहानपख कामबाट घर फर्कँदा पनि हामी एउटै बसमा पर्‍यौं । संजोग र मेरो भाग्यले साथ दिएर नै होला क्यार, सबै सिटहरु पूरापूर फुल हुँदा पनि उनी बसेको छेवैको सिटभने खाली थियो । यद्यपि त्यो सिटमाथि दावा गर्ने दोस्रो व्यक्ति थिएन तर पनि म सय मीटर दौडको फिनिसिङ लाइनमा पुग्न आँटेझै, त्यो सिटमा हुत्तिँदै कब्जा जमाउन पुगेँ । मभित्र वसन्त ऋतु छाएको फिलिङ भयो । आजको दिनलाई मेरो अन्तरमनले अंग्रेजीमा, ‘।’मस्ट लक्किएस्ट डे आई एभर हयाड’‘।को घोषणा गर्‍यो । तै पनि यो असंन्तुष्टी मन थोरै ओसिलो भयो किनकि उनी कामको बोझले गर्दा होला सायद झयालतर्फ टाउको अड्यायर मस्त निन्द्रामा थिईन् ।

‘समथिङ इज बेटर देन नथिङ’ भनेझैं उनको सामिप्य पाउनु नै मेरालागि अहोभाग्य थियो । आज आफूलाई कता(कता हिरो ठानिरहेको थिएँ । उनी तर्फबाट एक भिन्दै प्रकारको मीठो लठ्याउने पाराको गन्ध मेरो नाक र दिमागमा ठोकिरहेको थियो । मेरो कुम उनीसँग जुधिरहेका थिए, मेरा गोडाहरु उनका गोडासँग लगभग टाँसिएका थिए । म स्वंयबाट पनि तातो(तातो श्वास उत्पन्न भइरहेको थियो । असामान्य तवरबाट मेरो मुटु धड्किरहेको थियो । उनको ओँठ र मेरो ओँठको दुरी जाबो कत्ति न थियो र रु सँधै टाढैबाट दर्शन मल्ने आज पूरा शरीर नै टाँसिएको थियो ।

जीवनमा यस्ता क्षणहरु जहाँ सहयात्री महिला हुन्थे, कति आए, कति गए, तर आज मैले जे अनुभव गर्दैथिएँ, कहिल्यै पनि मेरो जीवनमा यस्तो अनुभव भएको थिएन । ‘।।शरीरभित्र कता(कता हो, केही बगेको अनुभव हुँदै थियो । त्यो बगाइ एक यस्तो रोमांचक थियो कि सायद शब्दमा वर्णन गर्न कम्तीमा पनि म असमर्थ हुन्छु । अचानक मेरा कानहरु ताता भएका थिए, आँखामा अनौठो पाराको नशा चढेजस्तै भएको थियो । कहिलेकाँहि अति भोक लाग्दा मीठो परिकार खाएर सन्तुष्टी लिएको छु । मनपर्ने राम्रा(राम्रा कपडा लगाएर पनि मन संतुष्ट भएको छ, जीवनमा सोचेका कुराहरु पाएर पनि संतुष्ट भएको छु तर आजको यो सन्तुष्टी ब्रम्हाण्डका सबै सन्तुष्टीलाई माथ गर्ने खालको थियो । मैले मेरा हातहरुलाई कहाँ कसरी राख्ने कुनै भेऊ पाएको थिइनँ । साँचो भनुँ भने मेरा हातहरु आज मलाई नै बोझ भएका थिए । सँधै मेरा हातहरु कहाँ कसरी हुन्थे, मैले सोच्ने कोशिस गरेँ तर सोच(विचार गर्ने दिमाग मसँग बचेको नै कहाँ थियो र रु

यी सबै लीलाहरुबाट बेखवर उनी मस्त निन्द्रामा थिईन् यसै बीचमा कुन्नी कसो, उनको निदाएको टाउको मेरो कुममा आएर बास बस्यो । उनको गहिरो निन्द्रा नखलबल्याउने कोशिसमा मेरो शरीर जाम भयो र कतिखेर म पनि निदाएछु, पत्तो भएन । एक्कासि बसको ड्राइभरले चाइनिज भाषामा फत्फताउँदै उठाउँदा हामी दुबै झस्याङ्ग भएका थियौँ, किनकि हामी बसको अन्तिम गन्तव्य तिन सूई वाई आइपुगेछौँ । जबकि हाम्रो स्टप यूनलोङ थियो । हामी दुबै झटपट उठ्यौं र उनले टाउको निहुराएर ‘।सरी १ भनेर बसबाट सरासर ओर्लिईन् अनि जेब्राक्रस पार गरी एमटीआरको स्टेशनतर्फ बढिन् भने म पनि स्वचालित रोबोट मानवझैं सुस्तरी उनको पछि(पछि लाग्दै गएँ ।

आज ठ्याक्कै दश दिन जति भयो, पुनः मेरा आँखाहरु बस स्टप र त्यसको वरिपरि टाढा(टाढासम्म उनलाई खोजिरहेछन् । हो, उनी अचानक यो शहरबाट हराएकिछिन् । उनी हराउँदा म आफूलाई बिछोडिएको बौलाहा प्रेमी जस्तो ठानिरहेछु । एक दुई दिन त म तिन सूई वाई नै पुगेर क्रमैसँग हरेक बस स्टपमा उनलाई खोजे छुट्टिको दिन पारेर क्याथे प्यासिफिकको क्यान्टिन नजिकैको बस स्टपमा गएर दिनभरि रुँगेको छु । तर पनि उनको कुनै अत्तोपत्तो छैन । उनका साथीहरुलाई सोधूँ भने पनि के भनेर सोध्ने रु न उनको नाम ठेगना थाहा छ, न नै उनीबारे मसँग यथेष्ट जानकारी छ । बेला छँदै उनीसँग परिचय नगर्नु र उनलाई आफ्नो मनको पेटारो नखोल्नु एक्काइसौं शताब्दीको प्रेमी भई टोपलेको मेरै कमजोरी थियो र आज म त्यसैको नियति भोग्दै थिएँ । मेरा उमङ्ग, सपना जवानी र जोशहरुले मसँग पालैपिलो कट्टी गर्न थालेका छन् । बस मलाई यत्ति थाहा छ म चेत भएको बैलाहा भइरहेछु । न म रुन सक्छु, न म चिच्याउन सक्छु, न उनी बेखबर भएको रिपोर्ट कतै लेखाउन सक्छु । के कोही मानिस कसैसँग एक शब्द पनि नबोली, एकातर्फी यति घनघोर मायामा बाँधिन सक्छ रु उसलाई यति धेरै माया गर्न सक्छ रु हो, सक्दोरहेछ ।

माया भन्ने चिज नै यस्तो हुँदोरहेछ, जसको आज म जिउँदो(जाग्दो प्रमाण भएको छु । बिहान मैले के खाएँ, बस चढ्दा अक्टोपस बजाएँ कि बजाइनँ, इन्डियन आइडलमा नेपाली जस्तो लाग्ने किशोर थापा एलिमिनेट भयो कि भएन, कुनै अत्तोपत्तो छैन । बस म क्रमशः पागल बन्दै गइरहेछु । एउटा सद्धे पागल, एउटा प्रेमी पागल । मलाई छिनछिनमा उनीसँग पहिलो पटक सामिप्य हुँदा, त्यस बखतको त्यो तातो र न्यानो गन्ध नाकमा ठोकिँदै दिमाग र मुनि पाइताला हुँदै पूरै इन्द्रीय डोलायमान बनाइरहेछ । मलाई पत्तो छैन, म उनको त्यो गन्ध ९वासना० को खोजीमा छु या उनको मायाको, जो मैले उनलाई नै थाहा नदिई एकतर्फी रुपमा समपर्ण गरेको छु । मेरो दिमाग र शरीरले लगभग काम गर्न छोडेको छ ।

तर पनि म आफ्नो रोजी(रोटीको श्रोतलाई चटक्कै बिर्सन सकेको छैन । बौलाहालाई पनि खान, लाउन र सुत्नुपर्दो रहेछ, जुन आज मैले भोगिरहेको छु । जे जसो भए पनि मेरा दैनिकीहरुलाई निरन्तरता दिनु नै पर्छ मैले अबका यात्राहरु कठिन र पट्टयारलाग्दो अवश्य हुनेछन् । मेरा थकित आँखाहरु अप्पर(डेकको फ्रन्ट(लेफटमा निराश भएरै पनि दौडन छाड्ने छैनन् । उनको अनुपस्थितिमा ताइलाम टनेलभित्र हुनु र चिङमा ब्रिजमाथि दौडनुमा अव फरक के नै रहन्छ र रु माउन पुलबाट देखिने त्यो मनमोहक सूर्यास्त के उनका खातिर केही क्षण प्रतीक्षा गर्न सक्ला रु उनको अभावमा सारा प्रकृति र भौतिक तत्वमा के कुनै गडवडी होला र रु के कसैले उनलाई मैले जति माया र ख्याल गरे होलान् रु तर म यति त ठोकरै सगौरब घोषणा गर्न सक्छु कि उनलाई मेरो जति उत्कृष्ट र विशाल माया यो संसारमा कसैले गर्न सक्दैन ।

सधै झै आज पनि उनलाई मेरा आँखाहरुले खोजे । मुटुका धड्कनहरुले उनको पदचापको प्रतीक्षा गर्‍यो । दिमाग र शरीर पुनः एकपटक आआफ्नो खोजमा भौँतारिए तर निराश, निराश । ‘‘ आज पनि निराशसिवाय मेरो भावीले लेखेको निधारमा खुशी र आशाका धर्काहरु खल्वलाएनन् । ओसिलो मन लिएर बसभित्र छिरेँ । यन्त्रवत मेरा गोडाहरु अप्परडेकको फ्रन्टराइटतिर बढे अनि स्वभावतः आँखाहरु उनैलाई खोज्दै फ्रन्टलेफटतिर दौडिए ।

अचानक दिमागमा क्षणभरका लागि बल्याक(आउट भयो । मन बरफ जमेझैं भयो र कठ्याङ्ग्रियो । सबै शरीरका अंग(प्रत्यंगहरु म महाशून्यमा पुगे । उनी त्यहाँ कसैको बलिष्ठ भुजामा बाँधिएकी थिईन् । सिउँदोविहीन उनको कपालमा छुरा जस्तो तीखो सिउँदो कोरिएको थियो र त्यहाँ हल्का सिन्दुरले अब उनको र मेरोबीच सीमारेखा खिँचिएको थियो । मलाई यस्तो भान भयो कि, त्यो सिउँदोरुपी छुराले मेरो मुटु छेदन गरेको छ र त्यहाँबाट निस्केको रगतको भेलले उनको सिउँदो रक्ताम्य भएको छ । मानौँ, यहाँ कोही शहीद भएर कसैको सिउँदो सजिएको छ । कसैलाई पत्तो नै भएको छैन, यो शहरमा कोही चुपचाप अज्ञात शहीद भएको छ । चुपचाप‘‘।।चुपचाप ‘‘।।

(स्रोत : एभरेष्ट दैनिक डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.