छन्द कविता : पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा

~प्रेम प्रसाद पौडेल~prem-prasad-paudel

छन्द : शार्दूलवीक्रीडित

मेरो देश भनी भन्यौ तर अहो देखिन्न राष्ट्रियता
मेची विव्हलमा छ रोदन गरी काली कता हो कता ?
मेरो ठाउँ यहाँ, कहाँ अरु बसे – भन्दै लछारो यहाँ
व्यर्थैमा झगडा परे दिनदिनै देखी रहेछौं जहाँ ।। १

पार्ने रे जगतै चिरा अभयले संघीयको नाममा
कौनै जात अरे त कौन कुन हो – यस्तै कुनै भानमा ।
नेता खण्डित नै हुँदा जगतमा विश्वास घट्दै गए
यूवाशक्ति विशाल स्वप्नसहितै सारा पराया भए ।। २

शान्ती क्षेत्र भनेर यो चिनियको सारा कुरा बिर्सदै
नेता राज रहे त कल्मषी भए यै मट्मिा कुल्चदै ।
माटो मानिसमा अमुल्य रहँदा बन्दै गए घायल
नेपाली भूमिका सबै नगरिमा देखिन्न है उज्वल ।। ३

कालीमा नदुखे कहाँ प्रिय भयो – यो देश मेरो भनी
साराको दुःख देख्नु पर्छ सहजै मेची र काली बनी ।
कौनै धर्म र जातिका तवरले यो देश चुड्ने भए
छातीमा परि वेदना जगतको भेटिन्न कैल्यै जय ।। ४

– प्रेमप्रसाद पौडेल, धैबुङ-९, रसुवा (-९७४१०१६७३२)

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *