बाल कविता : तिमी कति ज्ञानी

~विनोद रोका~binod-rokka

आमा बाबा भन्नु हृुन्छ तिमी कति ज्ञानी ।
सानैदेखि बसाउदै छौ राम्रा राम्रा बानी ।।

बिहानै उठी सफा भई ताजा खाजा खान्छु ।
स्कुलमा खान पनि घरबाटै लान्छु ।।।

आदरभाव सबमा राख्छु चाहिंदो मात्र बोल्छु ।
नजानेको कुरा आए गुरुबालाई सोध्छु ।।

साथीसंग मिलीजुली खेल्छु रमाएर ।
भीडभाडमा हिड्छु ठूलाकोे हात समाएर ।

स्कुलबाट घर आई अर्को लुगा लाउछु ।
खाजा खाई, होमवर्क गर्छु अनि नाच्छु गाउछु ।।

-बिनोद रोका, न्यु योर्क

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.