बाल कविता : राम्रो खरायो

~ललिता ‘दोषी’~lalita-doshi

सानो-सानो सेतो-सेतो
राम्रो खरायो
मैले आऊ भनेको त
परै हरायो

खुर्र यता, खुर्र उता
आमा छोडी जान्छ
दुबो घाँस जे पाए नि
कुटुकुटु खान्छ

ठाडा-ठाडा कान छन्
राम्रा ठूला आँखा
डराएर खोरमा पस्छ
ऊ नजिक जाँदा

माया लाग्छ उसको मलाई
दिन्छु अन्न पानी
गएन है उसको कहिल्यै
चकचके बानी ।

-बुद्धनगर, काठमाडौँ

(स्रोत : मुना २०६५ फागुन)

This entry was posted in बाल कविता and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *