लघुकथा : आगो

~कात्यायन~dhanwantari-mishra-katyayan

– आँगनको अंगेनामा हामीहरू आगो फुक्न तल्लिन थियौं |

– आगोमा हुर्किएका मधेशका आन्दोलनका आगोले हामीहरूलाई भान्सामा हैन, आँगनमा आगो फुक्न बाध्य तुलाएको थियो | बल्न गाह्रो मानिरहेका काँचा दाउराबाट निस्केका धुँवालेभन्दा गाँसको अभावको निरन्तरताले बढी पोलिरहेको थियो | नाकाबन्दी खुलिसकेको भएता पनि; गाँस डिपो, नेपाल आयल निगमदेखि माथिसम्मकोलाई सराप्दा-सराप्दै हामी थकित भएका थियौं | तर पनि मनमा आगो बाल्दै, आगो सल्काउन अभ्यस्त भैसकेकाथियौं |

– ‘ज्वाला’ ! जो हाम्री छिमेककी बहिनी ! जो अझै अविवाहित थिईन् ; आगो माग्ने निउंमा, जंगलको डढेलो झैं हुर्रिएर आउँछिन् र मलाई एक्कासी अंगालो मार्छिन् र भन्छिन् – “भिना त संधै उस्तै !… धेरै भयो दर्शन नपाएको !” – जो भर्खरै मात्र एक-हप्ताको प्याकेज-डिलमा यूरोप भ्रमण गरेर फर्किएकी थिईन् |

– म धर्म संकटमा पर्छु !… श्रीमतिको आँखाको आगोले बढी पोलिरहेछ कि ज्वालाको शरीरबाट निस्किएको मधूर तापले ?!

– ज्वाला जसरि हुर्रिएर आएकी थिई, त्यसरी नै आगोको बिऊ लिएर गई !

– र, हामीहरूलाई पनि आगोको बिऊ छाडेर गई !

२०७३/०२/०३
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.