गजल : दुखै दुखको खात लाग्यो

~देव गुरुङ~

जिन्दगीको गोरेटोमा दुखै दुखको खात लाग्यो
के गरेर पन्छाउने खै दशा साढे सात लाग्यो ।

ज्योतिषीलाई हेराउंदा भाग्यमानी हुन्छ भन्थे
अहिले भाग्य हेदा खेरी सवै झुटो वात लाग्यो ।

देश विदेश सवै भोगें कतै भएन सोचे जस्तो
जहां गएनि सुख पाइन दुखै मात्र हात लाग्यो ।

धर्म कर्म सवै गरें फेरिएन यो जिन्दगानी
लाग्छ पक्कै भाग्यमा विधाताको लात लाग्यो ।

दुइ पाईला उंभो लागे तीन पाईला उंधो र्झछ
विफल भयो सवै प्रयास जिन्दगीमा घात लाग्यो ।

घाचोक कास्की
हालः हङकङ
January 16, 2007

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.