अनूदित लघुकथा : बोर्खेज र म

~खोर्खे लुई बोर्खेज~jorge-luis-borges

त्यो जो ‘दोस्रो’ हो, त्यो नै बोर्खेज हो, जससँग घटना घटित भएको छ ।

म बुएनोस आयरेसमा भौँतारिँदै कुनै तोरणको अर्धवृत्ताकार भाग वा फलामको ढोकालाई नियाल्दै ढकढकाउँदै, अब कदाचित् यन्त्रवत् । मलाई बोर्खेजको सूचना हुलाकबाट प्राप्त हुन्छ र कुनै विद्वत्परिषद्को सदस्य–सूचीमा वा सङ्क्षिप्त जीवनीहरूको कोशमा उसको नाउँ देख्तछु ।

बालुवाघडी, नक्सा, अठारौँ शताब्दीको टाइपोग्राफी, कफीको स्वाद र स्टिभेन्सनका गद्य मलाई राम्रो लाग्दछ । ‘दोस्रो’ यी रुचिहरूमा म जस्तै रुचि लिन्छ, यद्यपि कस्तो व्यर्थ तरिकाबाट भने जसबाट ऊ कुनै अभिनेताका लक्षणहरूमा परिवर्तन हुन्छ । यो अतिशयोक्ति हुन्छ, भनौँ हाम्रो बीच वैर छ; म छु, छु, ता कि बोर्खेज आफ्ना साहित्यसिर्जना जारी राखोस् र त्यो साहित्य मेरो अस्तित्वलाई प्रभावित गरोस् । भन्नुमा कुनै हानि छैन उसले केही पाना भरेको छ, तर पाना मलाई बचाउन सत्तैmन, किनकि सम्भवतः राम्रो भाग कुनैको, त्यस ‘दोस्रो’को पनि कामको होइन, यद्यपि सम्भवतः स्पेनी भाषाको वा परम्पराको योग्य हो । अन्यथा म बिर्सिइने हुनेछु, निश्चित छ, एकदम पक्का र मेरो केवल केही नै क्षण दोस्रोमा बच्नेछ ।

शनैःशनैः सबै कुरा उसलाई सुम्पिरहेछु, यद्यपि नभएको र अतिरञ्जित गर्नुको उसको विकृत स्वभावसँग पूर्णतया अवगत छु र स्पिनोजा (हल्यान्डका दार्शनिक : १६३२—७७) को दृढ मत थियो, अहिले कुराहरू आफु स्वमय्को स्वभावलाई बनाइराख्नुको उत्कट इच्छा गर्दछन् : चट्टान सदैव चट्टान बनिरहन चाहन्छ र सिंह, सिंह नै । यद्यपि मलाई— यदि साँच्चै म कोही हुँ त— बोर्खेजमा नै जीवित बनिरहनु छ, स्वयम्मा होइन, यद्यपि स्वयम्लाई उसका पुस्तकहरूमा वा कुनै गितारको तानीतानीकन बजेको झङ्कारमा नै ।

वर्षौंपूर्व त्यसबाट मुक्त हुने प्रयास गरियो र निम्नमध्यमवर्गीय मिथकहरूबाट खुसुक्क हरेर दिक् र कालका साथ खेल्न लागियो, तर त्यो खेल अब बोर्खेजको हो, त मलाई दोस्रो केही धारण गर्नुपर्नेछ । यसरी मेरो जीवन बितिरहेछ र म सबै कुरा हराउँदै छु र सबै कुरा विस्मृतिका थाहा छैन, हामी दुवैमध्ये को यो पृष्ठ लेखिरहेछ ?

This entry was posted in अनूदित लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *