गीति कविता : अब जीवनको हिसाब नखोज

~दीपक जडित~

बेहिसाब नै बितीसक्यो अब जीवनको हिसाब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध ।

सुनबुट्टे रहरहरु आंखैमा फुटेर रगतको आंशु झरीरहें
पाईला पाईलामा टेकेर आफैंले फूलाएको सपना मारीरहें
खाली खाली भै रित्तिसकें , कती बांकी छु – अब नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध ।

आफ्नै नियतीको भुमरीमा परेर बालुवाको अक्षरझैं मेटिईगएं
कण कण भै उडेर धुलो संगै आफ्नै भाग्य संग रेटिईरहें
टुक्रा टुक्रा भै बांडिईसकें , कहां सिंगो छु – भै गो नखोज
जती दुख्नु दुखी सकें म , कति दुख्छौ – भनेर नसोध ।

November 23, 2006

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in गीति कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *