व्यङ्ग्य निबन्ध : पुच्छर भएको पार्टी

~पिँडालु पण्डित~Basudev guragain_Pindalu Pandit

उहिले उहिले उस्तै उस्तै छट्टूलाई उत्तिकै तौलेर नाम राख्नुपर्दा घिउबेचुवा र तरबारबेचुवा भनेर बूढापाकाले भत्रे गरेको आफ्नै कानले सुनेको । सुनेको प्रमाण म जुटाउन सक्तिन । बरु मौका परे त्यस्ता बूढाखाडालाई उपस्थित भने गराइदिन सक्छु । यो कुरा मैले किन ओकल्नु प¥यो भने भनिजात्रेको अनुपस्थितिमा सुनिजात्रेको कुरा सबैले पत्याइहाल्छन् भत्रे कुनै टुङ्गो छैन । एउटाले भनेको कुरा अर्काले सुत्रे र अर्काले भनेको कुरा फेरि अर्काले सुत्रे भएपछि अरे अरेकै भरमा गरेका कुरा भरेका पुस्ताले पत्याउनै पर्ने परम्परा बस्दै जान्छ । अनि नपत्याएर पनि के गर्ने ! त्यसैले अरेका कुरा गर्न सजिलो छ । अरेका कुरा गरेपछि न भत्रेले जिम्मेवारी लिनुपर्छ न सुत्रेले । त्यसैले अरेको कुरो पत्याए पनि हुन्छ नपत्याए पनि हुन्छ । त्यसो भए यसका कुरा किन पत्याउने भनेर तपाईं मुन्टो लुकाउनु होला, पख्नुस्— त्यत्तिविधि भने गर्नुपर्दैन । हुन त मेरो आनीबानी थाहा पाएका कसैले पनि मलाई त्यत्ति शङ्का गर्दैनन् । किनकि म कहिल्यै भूmटो बोल्दिन, न त साँचो बोलेकै इतिहास छ । त्यसैले मलाई शङ्का गर्नु भनेको आफ्नो लागि आपैmँले खाल्डो खत्रु जस्तै हो । तब त आजकल म अरे अरेका कुराका पछि लाग्न छाडेर आफ्नै कानले सुनेका कुरा मात्र गर्न थालेको छु ।

अस्ति मात्रैको कुरो हो । मैले आफ्नै कानले सुनेको । कुत्रि कुनचाहिँ एफएम नामधारीले भटाभट भट्ट्याउँदै थियो,—‘हाम्रो पार्टी पुच्छर लुकाएर हिँड्ने पार्टी होइन ।’ मैले यत्ति मात्र याद गरेँ । कुनचाहिँ राजनीतिक पार्टी वा नेताको भनाइ हो भत्रेतिर मैले चासो राखिन । किनकि हिजोआज मेरो आनीबानी फरक हुँदै गइरहेको छ । कसले के भन्छ भन्दा पनि कसले के गर्छ भत्रेतिर मेरो ध्यान केन्द्रित हुन थालेको छ । त्यसमाथि नेताका कुरा भुराले पनि पत्याउन छाडिसकेका बेला खासै त्यति चासो राखेर सुत्रुपर्ने कुनै कारण पनि तत्काल मैले देखिन । हुन पनि हो नि सबैले भनेका सबै कुरा पुग्दै गएको भए अमेरिका र बेलायत जस्ता अहम्वादी राष्ट्रहरूले पनि हाम्रो नक्कल गर्नु पर्ने भइसक्थ्यो । अरूको के कुरा !

तर आज अचम्म भयो । विश्वास र पत्यारको यत्रोविधि खडेरी परेका बेलामा पनि मलाई एफएमले भट्ट्याएको,—‘हाम्रो पार्टी पुच्छर लुकाएर हिँड्ने पार्टी होइन ।’ भत्रे वाक्यको सत्यताप्रति औधी विश्वास जाग्यो । लाटो अर्थमा मैले यसबाट के बुभेmँ भने— पुच्छर नलुकाउनु भनेको पुच्छर ठड्याउनु हो । अथवा, यस वाक्यलाई वक्ताको आशयबमोजिम पुनः संरचना गर्दा— ‘हाम्रो पार्टी पुच्छर ठड्याएर हिँड्ने पार्टी हो’ भत्रे बन्छ होला । ‘पुच्छर लुकाएर हिँड्ने पार्टी होइन’ भत्रु र ‘पुच्छर ठड्याएर हिँड्ने पार्टी हो’ भत्रुमा सम्भवतः एउटै अर्थ र आशय झल्कन्छ । अन्यथा अर्थ लागेमा भाषाशास्त्रीहरू नै जानुन् । आगे उनीहरूकै मर्जी !

पुच्छर भनेको पुच्छर नै हो । चाहे त्यो ठाडो होस् चाहे निहुरेको । चाहे सोझो होस् चाहे बाङ्गो । चाहे लामो होस् चाहे छोटो । पुच्छरको वर्णन गरिसाध्य छैन । पुच्छरको खोज अनुसन्धान र वंशावली उतार्दै जाने हो भने पुच्छर पुराण नै तयार हुन्छ । पुच्छरको कुरा आउनेबित्तिकै एउटा कुराचाहिँ के बुझिहाल्नुपर्छ भने पुच्छर हुनेहरूको स्वभाव फरक–फरक हुन्छ । सबै पुच्छरवालाहरू एउटै स्वभाव र आचरणका हुत्रन् । कोही पुच्छरवालाहरू एकअर्कालाई देख्नेबित्तिकै जुध्नका लागि सिँगाउरी खेल्न थाल्छन् । कोही पुच्छरवालाहरू भुक्न र घुर्न थाल्छन्, अनि मौका परे पर्खाल बिटुल्याउँछन् । कोही चुपचाप उभिन्छन् । कोही खानेकुरा देख्नेबित्तिकै पुच्छर हल्लाउँछन्, कोही पेटमा परेपछि । जे होस् रतिएको छैन भने बेग्लै कुरा अन्यथा पुच्छरवालाहरू स्वामीभक्त भने हुन्छन् । त्यसमा शङ्का छैन । बरु स्वभावमा यति धेरै विविधता हुँदाहुँदै पनि सबै पुच्छरवालाको एउटा स्वभाव भने मिल्दोजुल्दो हुन्छ । त्यो हो,— खानका लागि लुछाचुँडी गर्नु, पछाडि पटक्कै नहेर्नु । ­

मेरो एउटा अति नै मिल्ने साथी छ । तर असाध्यै शङ्कालु । पुच्छरका विषयमा मेरो भावना र विश्लेषण सुनिसकेपछि उसले मेरो विश्लेषणलाई अपूरो मान्यो । अर्थात्, शङ्का ग¥यो । सुरुमा त एक हिसाबले उसको तर्क पनि मलाई त्यति बेठीक लागेन । उसको तर्क थियो— पुच्छर भत्रे कुरा जीउमा उमे्रको लुर्को मात्र होइन । अर्काको पछि लाग्ने काम पनि पुच्छर नै हो । पुच्छर भएर नलाग्नु लागिसकेपछि पुच्छरको अनुभव हुने गरी लाग्नु पनि एउटा बहादुरी नै हो । कुत्रि के गर्नेलाई भन्दा देख्नेलाई लाज भने जस्तो अरूको नजरमा जेसुकै होस् । पुच्छर भएर पछि लागिसकेपछि लुकाउनु पर्ने कुरा नै के पो बाँकी रहन्छ र ! त्यसैले पुच्छर भनेको पुच्छर नै हो । चाहे जहाँसुकै जाँदा होस्— जहाँ पनि पुच्छरको पुच्छर । यति मात्र हो र ‘पुच्छर लाग्ने बानी बढ्दै गएपछि बुद्धि पनि पछाडिँदै जान्छ, अरू के कुरा !’ —लोकबोलीमा यस्तो सुनिन्छ ।

साथी भनेर के गर्नू ! उसका सबै तर्क सुनिसकेपछि मलाई उसको तर्कमा खासै दम भए जस्तो लागेन । किनकि, वास्तविक पुच्छरवालासँग उसले वर्णन गरेजस्तो विशेषताधारीको आचरण मिल्दै मिल्दैन । फेरि दृश्यअदृश्य सबै पार्टी खान पाउँदा पुच्छर हल्लाउने र नपाउँदा सडक–सडक र दोबाटो चौबाटोमा बसेर कराएको देख्दा साथीको तर्कसँग म झनै सहमत भइँन ।

पार्टीहरू हाम्रा मुलुकमा मात्र छैनन् । विश्वका थुपै्र मुलुकहरूमा पार्टीहरूको खातैखात छ । देश विदेशका सबै पार्टीहरूको खबर बुझ्दै–सुन्दै जाँदा मिलेर खानुबस्नुको सट्टा एक अर्कालाई देख्दा जुध्ने/घुर्ने, मालिक देख्दा पुच्छर हल्लाउने तर अरूलाई नटेर्ने, बलियाका अगाडि उत्तानो परेर निरीहता प्रकट गर्ने अनि कमजोरलाई झम्टिहाल्ने, झगडाका लागि कुनै ठूलो बीउ नचाहिने सानै हड्डी पनि पर्याप्त हुने जस्ता विशेषताहरूले ती भरिपूर्ण छन् । यसबाट के निष्कर्ष निस्कँदो रहेछ भने ‘पुच्छर’ कुनै पनि पार्टीको अभित्र अङ्ग हो । पुच्छर उसको आभूषण हो । पुच्छरको अभावमा पार्टीको अस्तित्व रहत्र । बरु विचारणीय प्रश्नचाहिँ के हो भने— ‘कस्ता पुच्छरवालासँग संसर्ग गर्ने ? कस्तासँग नगर्ने ?’ यसरी विश्लेषण गर्दा पुच्छर ठड्याउने पार्टीसँग खासै डराउनु पर्ने जस्तो लागेन । पुच्छर ठड्याइ स्वस्थताको प्रतीक हो । बरु पुच्छर लुकाउने कुनेै पार्टी भए त्यस्ता पार्टीसँग भने छेउछाउ नपर्नु नै बेस होला । किनकि, पुच्छर लुकाउनु भनेको जङ्गली स्यालसँग उसको जम्काभेटको पूर्व सङ्केत हो । यसकारण यिनीहरूबाट रेबिज भित्रिने सम्भाबना प्रबल रहन्छ । अनि परेन फसाद् ।

पार्टीको यो पुच्छर–महात्म्य सुनेर तपाईंहरूलाई त फाइदै भयो होला । तर म र मेरो शङ्कालु साथीलाई भने ठूलो घाटा परेको छ । जति धेरै जना मिलेर पार्टी खोल्यो उति चाँडै पार्टी फुट्ने सम्भावना भएकाले दुईजना मात्र मिलेर पार्टी खोल्ने सुरसारमा हामी थियौँ । सरकारमा जाँदा पनि एउटाले सरकार हाँक्ने र अर्कोले पार्टी हाँक्ने हाम्रो सोच थियो । त्यति मात्र कहाँ हो र ! घिउबेचुवा र तरबारबेचुवाको पगरी पनि अरूलाई बाँड्नु नपर्ने । तर के गर्नू ! परिवेश हेर्दा पार्टी खोल्न पुच्छर नभइनहुने भएकाले त्यसको अभावमा हाम्रो योजना तत्कालका लागि सबै चकनाचुर भयो । सयौँ पार्टी भएको मुलुकमा त पुच्छरको झनै महत्व हुने रहेछ । त्यसैले अबको हाम्रो योजना भनेको पुच्छरैपुच्छर भएको पार्टी खोल्नेतिर केन्द्रित हुनेछ । यति भएपछि जहाँजहाँ आवश्यक पर्छ त्यहीँत्यहीँ लगेर हामी पुच्छर जोडिदिन्छौँ । अनि त सबैतिर हाम्रै सहभागिता । सडकमा होस् कि सरकारमा । समर्थनमा होस् कि विरोधमा । विकासमा होस् कि विनासमा । जताततै हामै्र उपस्थिति । कसैले चालै पाउँदैनन् । अनि त— न चिची गुम्ने डर न पापा । त्यसपछि मात्र बल्ल हाम्रो पुच्छरको महत्व र चमत्कार सबैले थाहा पाउनेछन् । हजारौँ वर्ष अघिका हल्लन्ते हनुमानको एउटै पुच्छरले त्यत्रो लङ्काको उछित्तो काढ्यो भने अहिलेको यो आधुनिक युगमा दुईटा पुच्छर हुने हो भने हामी पक्कै पनि सबै महादेश त नभनौँ तर एसियाभित्र चाहिँ अवश्य पनि तहल्का मच्चाइछाड्छौँ । यो विश्लेषण पछि अचेल हामी ईश्वर समक्ष खुसुक्क एउटा प्रार्थना गर्न थालेका छौँ— हे प्रभु ! हामीलाई छिट्टै एउटा/एउटा पुच्छर उमारिदिनुस् । किनकि,— हामीलाई यथाशीघ्र अर्को एउटा पुच्छर भएको पार्टी खोल्नुछ । जुन पार्टीको स्थापनापश्चात् संसारभरका सबै पार्टीभित्र आ–आफ्नो अस्तित्व रक्षाका लागि ठूलै खैलाबैला मच्चिनेछ ।

(स्रोत : समकालीन साहित्य डट कम)

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *