कविता : खस्रो गुलाब

~सुरेस खनाल~

बास्ना आफ्नो ठाउँमा छ,
कोमलता आफ्नो ठाउँमा छ,
सौन्दर्य आफ्नो ठाउँमा छ,
र फक्रेर बिहानि बोलाउने
कोपिला आफ्नो ठाउँमा छ!
तर सुगन्ध भेट्न
जरा देखि उकालो लागेको म;
बिचका असंख्य काँडाहरुमा अल्झिँदै,
चिरिँदै र टुक्रिँदै,
रगताम्य शरिर लिएर
थुङ्गा सम्म पुग्दा-
मलाई गुलाब;
खस्रो लाग्छ!
सतहि लाग्छ!
खोक्रो लाग्छ!
व्यर्थ लाग्छ,
र बेकार लाग्छ!!

भन्छन, जुन चिज प्राप्ती भित्र पर्दछ, जुन चिज साध्य छ त्यो चिजको महत्व अप्राप्त र असाध्य चिजहरुभन्दा कम हुन्छ। र कहिलेकाहिँ सफलता चुम्न खोज्दा संघर्ष र परिश्रमले यति थकित बनाइदिँदोरहेछ कि, पाएको सफलताप्रति मन उदासिन हुँदोरहेछ

-यु एस् ए
डिसेम्बर २२, २००६

(स्रोत : साझा डट कम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.