कथा : बाल्यकालको प्रेम..

~करण घिमिरे~

अरु दिन जस्तो त्यो दिन पनि उज्येली कक्षा ९ को झ्याल बाट चियाइरहेकी थियिन ..१० सम्म मात्र अध्यन हुने स्कुल निकै पुरानो भइ सकेको थियो भानु माध्यमिक लेखिएको बोड पनि कलर उत्रिएर थापना को लागि मात्र राखेको जस्तो लाग्थ्यो झ्याल हरुका पनि केही केही सराहरु भाँचि सकेका थिए ..

स्कुल ब्य्बस्थापन को पनि त्यसमा केहि दोष थिएन ..पटक पटक फेर्दा पनि झ्यालका सराहरु पढ्न अल्क्षी लाग्ने साथी हरु समय सकिनु पुर्ब नै झ्याल देखि झोला छिराएर भाग्न सजिलो होस भन्ने हेतुले जानी जानी भाँच्ने गर्थे मानौ यस्तो लाग्थ्यो प्रतेक कलाशका झ्याल हरु बाहिरि दृश्य हेर्न अनि हावा आवत जावत को लागि होइन झोला हरु छिराउने मार्ग बनाइएको हो जस्तो लाग्थ्यो

बिचरा उज्येली दिउसो नास्ताको लागि ल्याइएको इमिली पहिले नै खाइछ्न आको एकछिनमा नै कति हतार भएको अजै राम्रो संग नि नखाने गाला हरुमा पोतिएको इमिली सुकेर कालो कालो भएको रहिछ छर्लङ्ग देखिएको थियो ।

अजै त्यसै माथी 2/4 वटा माखाले त्यस्मा रहेको केही गुलियो पनलाई उडिउडि स्वाद लि रहेका थिए ..बिचबीच मा उन्ले जिब्रो निकालेर हल्लाएको जस्तो गर्थिन कुरो बुझ्दा त्यसो गर्दा इमिली खान आको माखा उड्दो रहिछन अनि एकछिन मा नै आएर फेरि त्यही गाला मा आएर बस्थे ती दुष्ट माखाहरु..

उनी त्यही भाँचिएको झ्याल देखि आधा मुख भित्र आउने गरि लगातार हेरि रहेकी थियिन ..

अरु साथी हरुले हेर करण आज पनि तलाइ हेर्न आइ तेरि मायालु जा आज गएर मैले पनि माया गर्छु भन्दे भन्दै कान खुसुमुसु गरि रहेका थिए ..

म भने लगातार उनलाइ हेरि उन्कै ध्यानमा डुबिरहेछु

ती माखा हरु भमरा जस्तै देखिन्थे अनि उनी फुल जस्तै यस्तो लाग्थ्यो त्यो दृश्य भमाराहरु फुलको ओरिपरी घुमिरहेका छ्न..

हेर्दा हेर्दै फुत्त भागिन बल्ल झसङ्ग भए अगाडी हेर्दा नेपाली शिक्षिका माया मेडम आउनु भएको रहिछ पढाउन को लागि त्यसैले त गाली खाने डरले भागेकी रहिछ्न उज्येली..

दिन हरु क्रमश त्यसरी हेरा हेर मै बितिरहेका थिए झट्ट हेर्दा दुब्लो पातलो सोझो सोझो म पढाईमा भने टाठो बिद्यार्थी हरु को बर्गमा आउने गर्थें उन्का त कुरै नगरम कक्षा ८ मा मात्र प्रथम होइन स्कुल देखि नै होल फस्ट हुने गर्थिन ….

अहिले जस्तो फेसबुक मोबाईल को जमना थिएन त्यसै माथी लजालु अनि डरपोक म उन्को अगाडी पर्दा सास नै रोकिएको जस्तो एक्कासी मुटुको धड्कन तीब्र हुन लाग्थ्यो …

एकदिन आफ्नै गाउको साथीहरुको सहायता मा प्रेमपत्र लेखियो जानी नजानी अतत उनको हातमा पुग्यो प्रेमपत्र जवाफ पनि आयो मैले पनि मन पराउछु भन्ने यसरी पत्र हरु दैनिकी जसो हुन लागेका थिए..

एकदिन दिउसो खाजा खाने छुट्टीमा स्कुल पछाडीको तिजुको बोटमुनि भेट्ने सल्लाह भयो अजै आजकाल को भाषामा भनौं भने डेटिङ्ग जाने ..

त्यो दिन खै किन खान पनि मन लागेन मन आतिएको हो या डराएको जस्तो अनुभुती भएको थियो राम्रो बन्न मम्मीको पाउडर लगाएर स्कुल गए पढाईमा पटक्कै ध्यान गएन आज गएर के कुरा गर्ने के भन्ने यस्तै यस्तै सवाल हरुले मनमा तहल्का मचाइरहेका थिए । दिउसो खाजा खाने छुट्टी भयो। सर्टको बाउलोले मुख पुछ्दै तोकिएको स्थान तिजुको बोट मुनि पुगे एकछिन मा लुरुलुरु उज्येली पनि आइन ..सर्माएर झिजोले भुइको माटो कोट्यादै एक आर्कोको मुखमा हेर्दै मुसुमुसु हास्दै केही क्षेण मौनता मै सम्बाद भयो पछि मन दरो गर्दै एक आर्को लाई गर्ने माया अनि ठुला भए पछि बिहे गर्ने जीवन भर साथ नछाड्ने कसम खाने अन्य सपनाहरु ठुला भए पछि के गर्ने भन्ने आफ्नैे किसिमले मिठा प्रेमरुपि कुरा हरु साटासाट भइरहेको थियो समय बितेको पत्तै भएन घण्टी बजेको आवाज आयो कक्षामा जाने ..भाग्दै कक्षा तर्फ लाग्यौं मन फुरुक्क भएको थियो त्यो दिन ..

माघको महिना थियो अल्लि जाडो हुने बाबा ले भारत देखि लेइदिएको नया टोपी लगाएर स्कुल गए दोश्रो दिन उज्येली स्कुल आइन कुनै काम परेर न आको होला भन्ने सोचेर खासै चासो राखिन तेस्रो दिन पुन स्कुल गए ९ कक्षाको झ्याल बाट हेरे उज्येली देखिन त्यो भेट अन्तिम रहेछ पछि थाहा भयो ।

..आफिस बाट आएको फोनको घण्टीले झस्लङ्ग ध्यान बिथोल्दियो गहभरी आँसु भरिएका रहिछ्न १ घण्टा अगाडि फेसबुक खोल्दा people you may know को लिस्टमा थर परिबर्तन भएकी उनलाई देख्न पुग्दा आज ८/९ बर्ष पछि पुन ताजा भए पुराना याद हरु दुरुस्तै फेसबुक मा add गर्ने हिम्मत भएन …घडी तर्फ हेरेको ड्युटि जान निकै ढिला भइ सकेछ रहेछ र पो अफिस देखि फोन गरेको रहिछ्न । परिबारको आर्थिक अवस्था पनि कमजोर भएर नै होला जाबो एउटा बिदेशी केटा देख्दा बितिक्कै माघ महिनाको २७ गते सोमबार दिन लगन गाठो कसेर त्यो कलिलो उमेरमा कन्या दान दिनु पर्ने खुब उज्येली लाई .. मैले पनि त पाल्न सक्थे नि आफू नखाएर भए पनि तीनकि छोरीलाई यस्तै सोच्दै सोच्दै पुन काम को लागि अफिस तर्फ लागे …।

हाल : दुबई
(काल्पनिक घटना मा आधारित)

(स्रोत : रचनाकार स्वयंले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.