सूत्रकथा : आश्वासन

~राम अप्रिय~ram-apriya

– सरकारबाट देशका सम्पूर्ण शिक्षित बेरोजगारी युवाहरूलाई आफ्नो शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा लिन पाउने विषयमा तत्काल कार्यन्वयन हुने मिडिया र पत्रपत्रिकाभरि छ्यापछ्याप्ति हल्ला चलेपछि ।

– सम्पूर्ण बेरोजगारी युवाहरूको शिथिल मनमा नयाँ उमंग, जोस् जाँगर, हौसला बढ्न थाल्यो ।

– युवाहरूले रोजगारीको माग राख्दै देशभरि चर्काएका आन्दोलनहरू स्थगित गर्दै गए ।

– बिदेश जान पासपोर्ट बनाउन लागि परेका युवाहरूले बेवास्ता गर्न थाले ।

– भिसा लागिसकेका युवाहरू पनि कोही नजाने निर्णय गर्न थाले, कोही अलिक पछाडि जाने भन्न थाले ।

– प्रत्येक युवाहरूले जीविकोपार्जनको लागि नयाँ-नयाँ बाटाहरू सोच्न थाले ।

– कोही पशुपालन गर्ने, कोही व्यापार गर्ने भन्दै योजना बनाउन थाले ।

– सबै युवाहरू उक्त नियमको कार्यन्वयनको प्रतीक्षामा थिए ।

– समय बित्दै गयो दुई महिना, चार महिना, छ महिना हुँदै वर्ष पुग्यो । नियन कार्यन्वयनको कुनै हल्ला आएन ।

– अन्ततः फेरि सरकार विरुद्धको नारा घन्काउँदै देशका सम्पूर्ण युवाहरू जुर्मुराएर उठे ।

पाँचथर
हाल :- साउदी अरेबिया
रचनाकाल : २०१६/०७/२४/१

This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.