सूत्रकथा : सपना

~कुमार काफ्ले~kumar-kafle

-वलवीर दिनभर काम गरेर साँझ भान्सामा बस्दा कहिले भान्से आमा त कहिले श्रीमतीले भरपेट अघाउँजी खान नपाएपछि सुन्दर सपना सजाउँदै विदेशियो।

-विदेशमा लगातार ड्युटी र ओटी गरेर रगत पसिनासँग पैसा साट्थ्यो र श्रीमतीको नाममा पठाउँथ्यो।

-दिनभर वस्तुभाउ र मेलापात गर्ने श्रीमतीको दैनिकी र जीवनशैली एकसय असी डिग्रीमा बदलिएको थियोे।

-छोराछोरी पढाउन भनेर बूढा बाआमालाई गाउँमै छोडेर उनी शहर पसिन् र डेरा लिएर बसिन्।

-छोराछोरीको पढाइलाई मध्यनजर गरि होस्टेलमा राखिदिईन् र आफू निष्फिक्री भईन्।

-तीन वर्षपछि वलवीर स्वदेश फर्कदा न श्रीमती भेटिईन् न त पठाएको पैसा नै!

-थियो त केवल श्रीमतीले खाएको पसलमा उधारो फेहरिस्त र साथीभाइहरूसँग सापटी फिर्ता गर्नुपर्ने कर्तव्य अनि स्कूल र होस्टेलको तिर्नुपर्ने बिल।

-विदेशिदाँ उसले देखेका सपना जो थिए ती अझ भीमकाय र अप्राप्य सावित भएका थिए।

– ओखलढुंगा।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in सूत्रकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *