हरिकृष्ण काफ्लेका दुई मुक्तकहरु

~हरिकृष्ण काफ्ले~

तिमी आँसु–आँसु भन्छौ, म हर्षको कुरा गर्छु
पतन अवनति छोडी, उत्कर्षको कुरा गर्छु,
पराजित मानसिकतां उन्नतिको बाधक हुन्छ,
म उत्साह उमङ्ग र सङ्घर्षको कुरा गर्छु ।

सिर्कनाले पिँडुलामा सड्काई दिन्छु भन्छन् बाले
बाँउठिस् भने रासन पानी अड्काई दिन्छु भन्छन् बाले,
नगर्नु रे सङ्गत मैले भन्छन् देशद्रोहीसँग,
नत्र लम्फू तेरा गाला चड्काई दिन्छु भन्छन् बाले ।

-चन्द्रनिगाहपुर, रौतहट

(स्रोत : फित्कौली डट कम))

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.