कविता : फर्केपछि

~अकेला यात्री~akela-yatri

एकान्तमा एक्लै………
यो अँध्यारो रातमा उज्ज्यालो खोज्दै छु
अबेरतिर चल्ने हावाको स्पर्श
मेरो निधारमा आएर ठोक्कियो
र एक झरी बर्षात् बगेर गयो
स्तब्ध तालहरूमा गएर डुब्न मन लागेको छ ।

सुदुरबाट आएका कर्याङकुरुङ !
मलाई उडाएर लैजाऊ
शान्त नदीहरूलाई भन्न मन लागेको छ-
ए ! मलाई बगाएर त्यहाँसम्म पुर्याऊ
जतिजति चढ्दछु यो शिखरतिर
किन उतिउति भासिन्छ मेरो दिल ?
फर्केपछि अँगालिरहेछु छुटेको समय ।

मध्यरातमा निदरीलाई पठाएर
म चुम्दछु तिम्रो सम्झना सिरानीमा
म चुम्दछु निधारमा, आँखामा………
म चुम्दछु मेरो दिलमा बसेको तिम्रो तस्बिरलाई
र चुम्दछु मेरो छातिमा निदाएर सुतेको मेरो मायालाई…।

मंगलटार–२, खोटाङ
हाल: श्री शारदा मा.वि. खार्पा-४, खोटाङ
akelayatri37@gmail.com

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.