यात्रा संस्मरण : भानुतीर्थको यात्रामा

~निर्मोही व्यास~Nirmohi Vyas

२०४८ साल असारको २८ गते। बिहान ६ बजेको समय। सात दिन जति पहिलेको आपसी सल्लाह र निधोअनुसार केशव दाइ (डा. केशव उपाध्याय) र म असार २९ गते भानुजयन्तीको साइत पारेर रम्घादर्शन गर्न जाने आफ्नो वर्षौदेखिको सुकुमार धोको मेट्न सहयात्रामा निस्कन्छौं कााधमा एकुन्टा झोला भिरेर। बस चढ्न लाग्दा म गद्गद्हुा दै आकाशमा धुम्मिएको कालाम्मे बादललाई मन्दाक्रान्ता छन्दमा सम्बोधन गर्छु:

रम्घा रम्यं प्रियचुादिसरित्सेवितं काव्यतीर्थं
नैपालानां कवि कुलगुरोर्भानुभक्तस्य धाम
दिदृक्षुच्छे श्चेञ्चलत्व भो कालिदासस्य मेघ
यानं पश्यन्पदमनुसरन् केशवव्यासयाश्चे।।१

वीरगञ्ज पुगेपछि पोखराको बसभित्र छिरेर अघिल्तिर ढोका छेउको सिटमा पस्छौं। ८:३० बजे बस गुड्छ, हाम्रो मन भने बसको गतिलाई कता हो कता निकै पछाडि छाडेर अकासिदै बतार्सिदै बेतोडले उड्छ। धुलावारीपछिको यो दोस्रो साहित्यिक सहयात्रा हो दाजुसित मेरो। सिमरा पुगेपछि हो क्यारे केविनबाट निस्कदै एउटा शहरिया पाखे तन्नेरीले ढयाम्म हिर्काएको ढोकाले लागेर मेरो देब्रे हातको कान्छी औला घाइते हुन्छ। म एकछिन राम्रै गरी रन्थनिन्छु, तर मेरो यो अपूर्व यात्रागत उमङ्ग र फूर्तिलाई यति नाथे पीडाले के बिथोल्न सक्छ ? त्यसैले म त फेरि उतिखेरै फुरूङ्ग परेर आफौभित्र मगमगिन थालिहाल्छु, भरीभएर छचल्किन थालिहाल्छु र दङ्ग गरेर उड्न थालिहाल्छु।

हेटौंडामा नजिकै अर्कोपट्टिको सिटमा बस्न आइपुग्छ बीसबाइसे कृष्णराधाको एउटा मनमोहक जोडी हातमा अनेक थरी फलफूलले भरिएको पारदर्शी झोला झुन्डयाएर। बसमा सागै यात्रा गरिरहेका अरूहरूको अस्तित्वप्रति ठयाम्मै आाखा चिम्लेर आपसमा पूरै मग्नमस्त भएका तिनीहरूको प्राय: शिष्टताको सीमाभित्रैको रासलीला हाम्रो शेष यात्रातिर नै चलिरहन्छ। मुङ्लिङ्मा चढेका एक जना गाइने भाइले त्रिशुलीको पुल नाघेर बस पश्चिमतिर मस्र्याङ्दी प्रवाहको उल्टो दिशामा तीरैतीर कुद्न थालेपछि सारङ्गीमा:

‘पानको पा…त, माया तिमीलाई सम्झन्छु दिनको रा…त…मस्र्याङ्दी स…ल…ल…’

घन्काउादै हाम्रो यात्रामा अझ रमाइलो थपिदिन्छन्। तिनको सारङ्गीको धुनसागै केही १ ए कालिदासका बादल झ् प्यारो चुादीखोलाले सेवा गरिएको नेपालीहरूको काव्यतीर्थ कवि कुलगुरू भानुभक्तको रमाइलो रम्घा गाउा तिमी पनि हेर्न चाहन्छौं भने केशव र व्यासको सवारी र पाइलालाई पछयाउादै हिाड।छिन अरू रमाउने हाम्रो रहर पूरा हुन नपाउादै फ्याट्ट सामुन्ने आइपुग्छ ‘आबुखैरेनी’। हामी दुई भाइ डुम्रे पुग्नतिर नलागी त्यहीा नै ओर्लन्छौं, त्यहााको वाणिज्य बैंकका प्रबन्धक मित्र जनार्दन पुडासैनी (कथाकार राजव) लाई भेट्तै जाने विचारले। शुक्रबार परेकाले बैङ्क अघि नै बन्द भइसकेको र राजवजी आफ्नो निवास कक्षमा बसिरहनु भएको रहेछ। उहाासित गफ, डुलफिर र रमाइलो गरी उहााको आग्रहमा त्यो रात त्यही नै बिताएर भोलिपल्ट २९ गते बिहान ५:३० बजे बाटो लाग्छौं। हाम्रो रहर त हो राजवलाई पनि सहयात्री बनाउने र उहाालाई चौपट्टै इच्छा नि छ हामीलाई साथ दिने तर आर्थिक वर्ष समाप्तिको अन्तिम अन्तिम दिन भएकाले कामको चापाचापले गर्दा आफू जान नपाउने कुरो बडो दिक्दार भावले सुनाउनु हुन्छ उहाा र चरम हार्दिकतासाथ हामीलाई बिदा गर्नुहुन्छ। हामी मोटर कुर्न थाल्छौं। ६ बजेपछि पुर्पुरोमा कसारे अक्षरले ‘बूधं सरनं गछामी’ लेखिएको एउटा ट्रक आइपुग्छ पहिले। हामी खुसीसाथ खाादिन्छौं त्यसभित्र। गुन्द्रुक, सिन्की, तामा, छोएला जे जे बन्नुपरे पनि हाम्रो कुनै गुनासो हुनेछैन कसैसित पनि। हामी भानुतीर्थको यात्रामा निस्केका साहित्यिक तीर्थालु वा तिर्खालु पो त। त, ठाउाठाउामा रोकेर चिया चुरोट खाादै रमाइला गुरूजीले सात बजे हामीलाई डुम्रे बजारमा ओरालिदिन्छन्। खैरेनीभन्दा यता यो मेरो पहिलो यात्रा हो। रम्घा जान डुम्रेमा झर्नुपर्छ। त्यहाा केही परसम्मलाई विश्वयुद्धमा प्रयोग गरिएका अनौठो मोडेलका बृटिस गाडी (ट्रक) पाइन्छन् अनि त्यसपछि चााहि पैदल हिड्नुपर्छ भन्ने सुनेका थियौ हामीले। यहाा एक जना पसले दाइले बताउाछन्, बर्खामासमा त्यो बाटोमा ट्रकस्रक केही जाादैन। हिउादमै पनि त लमजुङ जाने मोटरले ती दुई तीन किलो मिटरको भन्सार भन्ने ठाउासम्म त लगिदिने हो चुादीतिर जान खोज्नेलाई। त्यै पनि कति टाढा छ र चुादी रम्घा। तपाईंहरू कत्तिको हिड्नुहुन्छ कुन्नि, अलि कस्सिएर हिड्नुभयो भने त दुई घण्टा जतिमा पुगिहाल्नुहुन्छ नि। हो र ? हाम्रो मन पुलकित हुन्छ। अनि नजिकै भोजपुरीभाषी बन्धुको मिष्टान्न भण्डारमा स्पेसल चियाले दाजुको तलतल मेटिन्छ र हाम्रो पदयात्रा थालिन्छ। अघिका पसले दाइले देखाइदिएको बाटोबाट तल केही पाइला ओर्लेर डुम्रेसित टाास्सिएर बगेको सङ्लो र रमाइलो एउटा मझौला खाले खोलाको मान्छे मात्र कसै गरी ओहोरदोहोर गर्न हुने पक्की सााघु तर्न थाल्छौं। सााघुको माझमा भेटिएका एक जना बटुवासित म खोलाको नाउा सोध्छु। उनी बताउाछन्, चुादी खोला। मेरो खुसी फुस्कन्छ, यै हो चुादीखोला…? मानौं म चुादी बोसी पुगिसकें, म रम्घा गाउामा भित्रिइसकें। फुरूङ्गिएर मेरा पाइला गह्रौ हुन पुग्छन्, आाखाहरूले लोभ्भिएर हेर्न थाल्छन् चुादीको पञ्चम स्वरमाधुरीलाई। म देखिरहेको छु, दाजु झन् दङदास पर्नु भएको छ चुादीलाई चुम्न पाएर। लाग्छ, चुादी राम्घातिरबाट बगेर आएको यो खोलामा पानीको साटो भानुको अथाह काव्यामृत बगिरहेको छ, यो खोलाको लम्बाइ, चौडाइ र रजस्थल गहिराइमा कणकणमा व्याप्त भएर भानुको आत्मीय गन्ध डुलिरहेको छ। हामी आफूभित्र अटेसमटेस भइरहेको आनन्दको पखेटा चालेर फराकिलो कच्ची सडकसागसागै उकालिदै, ओरालिदै, समथरिदै लम्कन थाल्छौं। ठाउाठाउामा भेटिने गाउाले र बटुवासित बाटो र दुरी सोध्दै। मनमा अपार खुलदुली छ। कस्तो होला रम्घा गाउा ? कस्तो होला चुादीबोसी ? त्यहााको परिवेश वा भूगोलको आ आफ्नै किसिमको काल्पनिक तस्बिर पनि तयारछ ह्दयको कोमल क्यानभासमा।

यीा त हो नि, तीा त हो नि, अब एक घण्टा बाटाबाटामा सुनेर लामा छोटा फड्का हाल्दै र झोलाबाट दालमोट र बिस्कुट झिकेर फाक्याउादै, कहिले हिलोपानीमा जाकिादै र कहिले बाटो छेउमा चियापसलहरूमा पानी वा चिया खाएर अघि बढ्दै क्रमश: साजबोटे, सालबिस्ने, भन्सार, स्याउली बगौचा, जामुने, गैरा, बाघखोर, साहेटार, फुस्रेटार, भलायोटार नाघेर र बाङ्ग्रेरह २ तरेर बारीफााट वरभञ्ज्याङ, छ यस फााट नाउका अरू पनि गाउा काटी ठीक एकार बजे हामी पुग्छौं सेपा बगैचामा। बाटाका यी सबै गाउा भानु गाउा विकास समितिमा पर्दारहेछन्। यहाा केही घर र खाजा खाने कुरा, त्यस्तै खिच्रिङमिच्रिङ पाइने दुई चार पसल रहेछन्। कुनैताका यो ठाउामा सेपिलो बगौचा थियो रे, त्यसै आधारमा ठाउाको नाउा सेपा बगौचा रहन गएको रहेछ। बजारको अन्तिममा बाटोको देब्रेतिर यताबाट जाादा साझा संस्थाको हो क्यारे, आागनमा भानुभक्त र देवकोटाका विकृत आवक्ष मूर्तिहरू राखिएका रहेछन्। दाहिनेतर्फ घरहरूको पछिल्तिर टाास्सिएर चुादी खोला बगेको रहेछ। पारिपट्टि नजिकै मसक्क मस्किरहेको रहेछ धान रोपिएको रमाइलो फााट। त्यसको मास्तिर रहेछ ठलू ा े बस्ती जसमा एक दइुर् पक्की भवन पनि रहछे न ् र त्या े भन्दा माथि मसु मु सु ु हााि सरहके ो रहेछ हरियो वनको र्फिफिरे दोसल्ला ओढेको अग्लो पहाड। अघि बाटोमा एक जनाले तपाईहरू जान खोजेको ठाउा सेपा बगौचाको नजिकै छ, त्यहाा पुगेर सोध्नुहोला, भनेकाले हामी छेउको एउटा होटेलमा पसेर भन्छौं, हामी भानुभक्तका भक्त, आज भानुजयन्तीको अवसर पारेर उनको गाउा चुादी रम्घाको दर्शन गर्न कलैयाबाट आएका, रम्घा यतै नजिकै पर्छरे, कतातिर होला ?

होटल मालिकवाहेक त्यहाा अरू पनि एक दुई नवयुवक र एक दुई अधवैशे अनुहारहरू छन्। उनीहरू पालैसित हामीलाई जानकारी गराउाछन् सहानुभूतिसाथ। ए झ्उ ति टाढाबाट पाल्नु भएको ? तीा पारि देखिएको गाउा त हो नि चुादी रम्घा। भानुस्मारक सङ्ग्रहालय तल बेंसीमै छ, जयन्ती कार्यक्रम पनि तलै हुन्छ, प्रतिमाचााहि माथि पहाडमा जन्मेको ठाउातिर राखिएको छ। हामीहरू पनि अहिले उतै जाने हो। पारि पसलहरू छैनन्। यहााहरू यतै भान्सा गर्नोस्, अनि सागै जाउाला। हामीलाई कुरा मनासिब लाग्छ
२ त्यो ठाउामा चुाद खोला अलि बाङ्गिएको र रहसमेत परेकाले यस्तो भनिदो रहेछ र दङ्ग परेर हवस् त भन्दै हामी त्यही होटेलमा भोक मार्न तम्तयार हुन्छौं। होटेलनी भाउजूले पस्केर ल्याउनुहुन्छ खानेकुरा तर खानेकुराको रूपरङ्ग देख्नासाथ भोकले आत्महत्या गर्छ, हामीले मार्नै पर्दैन। त्यस्तो ढााचाको खानेकुराको पनि चर्को शहरबजारिया मोल छक्क परेर तिरी बाटो लाग्छौं। डुम्रेदेखि हामीलाई डोर्‍याउादै ल्याउने सडक त्यहीा छुट्छ। हामी अघि कुरा गर्ने भाइहरूको पछि लागेर तल खोलामा झर्छौं। यहीा वेगवान्र हेछ खोला, पानी पनि झन्डै कम्मरसम्म आउने। बाङ्ग्रे रह त रमाउादै तरेका थियौं,यहाा भने दाजुभाइकै मन आत्तिन्छ, तर केही छैन, भानुले सजिलैसित तारिदिन्छन्। पारि हिलोचिप्लो आलीको अप्ठ्यारो बाटोमा ठयाक्क भेटिनुहुन्छ यज्ञनिधि दाहाल, गणेश विषम र महेश्वर न्यौपाने। काठमाडौंबाट भानु सेवा समितिको अनुरोधमा आउनुभएको रहेछ उहााहरू र बिहान नौ बजेतिर माथि डााडामा उक्ली भानुको प्रतिमामा फूलपाती चढाएर आई अब केही बेरलाई पारि जान लाग्नु भएको रहेछ। नमस्कार, भलाकुसारी र अति छोटो कुराकानीपछि दुवै थरी आ आफ्नो दिशातिर लाग्छौं। चुादी रम्घा भित्रिएपछि हामी पहिले सरासर मूल बाटोभन्दा दाहिनेतिर केही गरा पर रहेको एउटा पक्की भवनमा पुर्‍याइन्छौं भानु संस्कृत माविको आागन हुादै। त्यहाा पुग्नासाथ लमजुङबाट भर्खरै आइपुग्नुभएका कवि गोविन्द कुावर र उहााकी श्रीमतीसाग चिनजान हुन्छ।

अङ्ग्रेजी एल आकार, उजाड रङरूप र जीर्णशीर्ण अवस्थाको रहेछ त्यो भवन। सात वटा कोठा, तर खास प्रयोगमा ल्याइएका सद्दे देखिने केवल एक दुई कोठा, अधुरो, तर चलन भइरहेको शौचालय, छतमा उक्लन स्तरीय पक्की तर थोत्रिएको भर्‍याङ। अघिल्तिर चउर, चउरको छेउछेउ आाप, केरा, अम्बा, मेवा, कटहर, आरूजस्ता फल र अनेक फूलका साथै सल्लो, लहरे पीपल, बकाइनो आदि अरू वनस्पतिका बोटबिरूवा रहेछन्। भवनको सामुन्नेपट्टिको भित्तामा भानु पुस्तकालय २००८ चुादी रम्घा तनहुा लेखिएको टिनको बोर्ड झुन्डिएको रहेछ। मुख्य कोठामा ताल्चा मारिएकाले त्यो वेला हामी भित्रको केही पनि हेर्न पाउादैनौं। ‘अब केही बेरपछि यो खुल्छ। पानी पर्‍यो भनेकविगोष्ठी पनि यसमै होला, त्यो वेला हेर्न पाइहालिन्छ, बरू अहिले चााहि यहााहरू माथि भानुभक्त बस्ने गरेको मुख्य थलो र उनको प्रतिमा हेर्न जानुहोस्। प्रतिमामण्डपमा ताल्चा मारिएको छ। सााचो राख्ने मान्छेलाई म यहााहरूको साथ लगाइदिन्छु’ भनेर त्यो पुस्तकालयका तन्नेरी पाले खेमबहादुर थापामगरलाई हाम्रो गाइड बनाइदिन्छन् पारिको होटेलदेखि, हामीलाई बाटो देखाउादै आउने, बारीफााट घर भएका कवि भाइ परशुराम अधिकारी र हामी गाउा नाघी उकाली लाग्छौं।

स्याा…स्याा… गराउने उकालो, रातोमाटे चिप्लो बाटो, मध्यान्Þपखको वेला,टन्टलापुर घाम, अब योभन्दा बढी चाहियो नै के र ? हिाड बाबू हो, हिाड। अतिरिक्त रूपमा मुटु ढुकढुकाउादै हिाड, पसिनाले खलखली नुहाउादै हिाड, बेकाइदाको पाइला चलाउने वेलावेला सानाठूला माछा मार्न तरखराउादै हिाड। तीर्थ जानु भनेको कहाा सजिलो हुन्छ र? मलाई त यस्तो खास फरक परिहाल्दैन, यस्तै मौकामा त हो सुइाखुट्टे हुनुको नाफा कमाउन पाउनु। दाजुलाई भने अली अफ्ठ्यारै पर्छ तर पनि गाइड महोदय मिजासिला, फरासिला मात्र नभइ बलिया बाङ्गासमेत परेकाले उनले निकै भरथेग गरिदिन्छन्। नाङ्गो डााडो काटेर सालघारीभित्र पसेपछि ठाउाठाउामा सुस्ताउने अवसर दिन्छन्। आफ्नो बारेमा र आफूले जानेका कुराहरूका बारेमा जानकारी दिएर प्रशस्त मनोरञ्जन गराइदिन्छन्।

अनि यता चितुवा लाग्छ भन्ने डरलाग्दो कुरा पनि सुनाउाछन्। तर कृपा गरेर होला चितुवाले दर्शन दिादैन बरू झ्याउाकीरीको सङ्गीतचााहि अखण्ड रूपले चलिरहन्छ झ्याइा झ्याइा। म कहिले बाटाछेउ भेटिने पाटीमा उक्लेर पल्टन्छु, कहिले कुनै ढुङ्गेचौतारिमा ढल्कन्छु। यसरी झन्डै सवा घण्टा उक्लेपछि थापाले हामीलाई चौतारीको छेउमा केही पाइला मास्तिरको ठूलो आापको रूखनजिक बाटोको देव्रेपट्टि आधा रोपनी जति क्षेत्र ओगटेको र डेढ दुई मिटर जति गहिरो खाल्डोनेर पुर्‍याएर भन्छन्: भानुभक्तको गोठ यतै थियो रे र यो खाल्डोचााहि उति वेला वस्तुभाउलाई पानी खुवाउने आहाल बसाल्ने पोखरी हो रे। म हेरेर दङ्ग पर्दै भन्छु ‘हो र ? उसो भए भानुभक्तको घडेरीथलो चाहिा कहाानेर छ नि भाइ’ गाइड साहेब भन्छन्: ‘त्यो अलि माथि मूर्ति राखेको ठाउातिरै छ रे, अब पन्ध्र मिनेट जतिमा पुगिन्छ।’ अब म केही पाइला अघि लाग्छु र एकैछिनमा वन छिचोलेर माथि खुला र औधी रमाइलो ठाउामा पुग्छु।

छेउको वरपीपल चौतारीबाट लेग्रो तानेको एउटा साह्रै विरह लाग्दो तरूनी स्वर फुस्किरहेको छ गण्डकी अञ्चलको आफ्नै मौलिक भाकामा। देख्छु अठार बीसकी एउटी पातली गोरी र लाम्चो अनुहार भएकी नानी बत्ती कात्दै गाइरहेकी छिन्, ‘छोरीको…हा…रे को…जुनी…माइती…घर… ब…सेर… न…हु…नी…।’

उनको छेउमै अर्की अधवैशे पनि छिन्। म उनीहरूसित चिनजान र कुराकानी गर्दै दाजुहरूलाई पर्खन्छु। जातका कमिनी र सर्किनी ती अबोध महिलाहरू त्यतै छेउछाउको गाउाका रहेछन्। भानुजयन्तीका बारेमा उनीहरूलाई पनि थाहा रहेछ र आज बिहान पोहोर परारजस्तै यहाा बाजासाजा नबजेकाले भानुजयन्ती आज नभएर भोलि पो होला भन्ठानेर आफू झुक्किएको कुरा सुनाउाछन् उनीहरू। दाजुहरू आइपुग्नुभएपछि हामी सागसागै प्रतिमास्थल र त्यहााको परिवेश चहार्न थाल्छौं। सामुन्ने भिरालो परेको चउर हाासिरहेको छ।

त्यो वरपीपल चौतारी छेउमै अलिअलि पानी भएको सानो पोखरी, त्यो भन्दामाथि ढुङ्गाले छाएको पुरानो पक्की भवन, त्योभन्दा माथि फेरि वरपीपल चौतारी र त्योभन्दा माथि फराकिलो आठ कुने वेदीमाथि निर्मित फलामे बार (डण्डी) हालेको कलात्मक अग्लो मण्डपमा सालिक राखिएको रहेछ दक्षिणपश्चिम फर्काएर। थापा भाइले ताल्चा खोलेपछि हामी भित्र छिरेर दर्शन गर्छौं। दौरा सुरूवाल बिर्के टोपी लगाएको, एक हातमा कलम र अर्को हातमा पातो लिएको, दाहिने हातमुन्तिर मसीदानी राखेको र पलोटी मारेर बसेको मुद्रामा रहेको उक्त भानुप्रतिमा धातुको रहेछ।

यो प्रतिमा २०१५ सालमा राजा महेन्द्रद्वारा प्रदान गरिएको रू पााच हजारको सहयोगबाट २०१६ सालमा निर्मित र २०२३ सालको भानुजयन्तीमा स्थापित भएको रहेछ। २०३२–०३५ सालतिर कुनै अज्ञात दुष्टले प्रतिमाको टाउको र देव्रे हात भााचेर बेपत्ता पारेकाले पछि अर्को टाउको र हात बनाउन लगाएर जडान गरिएको रहेछ। हेर्दा जोड प्रष्टै बुझिदो रहेछ। त्यो घटनापनि मण्डपमा ताल्चा मार्न थालिएको रहेछ। हरे शिव, उहिल्यै (वि.सं. १९२५ मा नै संसार छोडेका सोझा कवि भानुभक्तले अहिले आएर कसको पो कर्कलोघारी फााडिदिए होलान् र त्यसरी साटो फेरेको होला ? गजाधर सोतीका घरबूढी र गिरिधारी भाटको रिस पनि उनीहरूसागै मरिहालेकै होला अनि अहिले फेरि कसले के को पो इबी सााधेको होला त विश्वयात्रा गरिसकेका भानुको आफ्नै गाउाठाउामा राखिएको यो मुर्दा सालिकलाई मुर्कटटा बनाएर ? हाम्रो मन अग्घोरसित अमिलिन्छ। उसैताका सुनिएको त्यो घीनलाग्दो घटनाको विकृत चिनो अहिले आफ्नै आाखाले देख्न परेर।

अब हामीलाई भानुभक्तको घडेरीथलो भनेर थापाले सालिकछेउको एउटा बुटयानतिर औाल्याउाछन्। हामी त्यहाा पुगेर एकछिन विभोर हुन्छौं र त्यहााबाट पााच मिनेट जतिको दूरीमा तल रहेको भानु पाधेरोमा पानी खाएर ओरालो झर्छौं। छन त यो पाधेरो त्यो वेलामा पनि थियो रे तर भानुले प्रयोग गर्ने गरेको खास पाधेरो त होइन रे। यसको नाउाचााहि पछिकाले त्यत्तिकै भानुपाधेरो वा भानुकुवा राखिदिएका रे।३

तल बोसीमा ओर्लदै दिउासोको तीन साढे तीन बजिसकेको हुन्छ। हामी सरासर कार्यक्रमस्थलमै जान्छौं। पुस्तकालय भवनको पछिल्तिर पााच मिनेट जतिको दूरीमा रहे को अजङको वरपीपल चौतारीमा प्रवचन, कविगोष्ठी थालिइसकेको रहेछ। हामी देख्छौं चौतारी अघिल्तिरका, पछिल्तिरका चारैतिरका कान्लाकान्ली र गराहरू ग्यालरी बनेका छन्। तिनमा केटाकेटी र तरूनातरूनी, बूढाबूढी चारपााच जना पलोटी मारेर बसेका छन्। चौतारीको बीचमा सभापतिका लागि एउटा कुर्ची, कागजपत्र राख्न एउटा टेवुल अनि विशेष पाहुनाहरूका लागि होला केवल एउटा मञ्च। बााकी अरू सबै चिसो भुइामा चप्पल ओछ्याएर वा घाासमाथि, एकदम अनौपचारिक। दर्शक, श्रोता, वक्ता, कवि कवयित्रीहरूमध्ये प्राय: श्रीकृष्ण आचार्यका छ भाइ छोराहरूका वंशजहरूनै। बाहिरिया त फाटफुट मात्र र कविताहरू पनि झन्डै शतप्रतिशत नै छन्दोवादी तर प्राय: सिकारू। ३ पछि मुक्तिनाथजीबाट थाहा भएको गोविन्द कुावर, यज्ञनिधि दाहाल, गणेश विषम, महेश्वर न्यौपाने आदिले साह्रै मीठामीठा कविता सुनाउनु हुन्छ। केशव दाइले काव्यात्मक शैलीमा भावपूर्ण प्रवचन दिनुहुन्छ। यसैबीच मेरो परिचय हुन्छ भानुभक्त आचार्यका पनाति मुक्तिनाथ आचार्यसित, उहााले नै पछिल्तिरबाट मलाई कोट्टयाएपछि। रमानाथका पााच भाइ छोरामध्ये जन्मक्रमका साहिाला देवीभक्तका साहिला छोरा नै हुनुहुादोरहेछ उहाा पनि। मुक्तिनाथजीबाट त्यही थाहा पाउाछु। रमानाथका कान्छा छोरा अर्थात् उहााका कान्छा बा शिवभक्त भर्खर केही महिनापहिले मात्र स्वर्गीय हुनुभएछ। उफ् हामी पोहोर साल नै आएका भए… उहााबाट पक्कै केही बढी जानकारी पाइन्थ्यो होला। भैगो अब चुकचुकाएर के फाइदा ?

कुराको सन्दर्भमा उहाा आफ्नो हातमा रहेको फाइल पल्टाएर सरकार सेवामा रही राम्रो कामकाज गरेबापत भानुका पिता खरदार धनञ्जय आचार्यलाई सरकारले काठमाडौं महाबौद्ध टोलको (हाल वीर अस्पताल रहेका ठाउाको एउटा घर बिर्ताबकस दिएको सम्वत् १८८२ सालको (राजेन्द्रविक्रम शाहका पालाको लालमोहरका साथै भानुभक्तको हस्तलिपिका लेखोटहरू देखाउनुहुन्छ र यही क्रममा मैले माथि डुलेर आएका ठाउाहरूको चर्चा गर्दा उहाा भानुभक्तको घडेरीथलो चााहि फरक परेको भन्ने सुनाउनुहुन्छ। अब म छटपटाउन थाल्छु। मूल ठाउाका बारेमा नै झुक्किएकोमा। पहिले नै उहााजस्तै जान्ने बुझ्ने बूढापाका वा भानुका निकट वंशजसित जान पाएको भए हुने…। एसो भए अब फेरि एक चोटि जाने ?

त्यसो त एक किसिमले भन्ने हो भने अब माथि नगए पनि के नै बिग्रने हो र ? यात्रा कहाा अधुरो रहने हो र ? तर मेरो रहर भने अवश्य नै अधुरो रहनेछ, मेरो मनमा यो खट्को त साधैलाई रहिरहने छ। म फेरि कहिल्यै यहाा आउाला नआउाला, आइहाले नि कहिले पो आउाला ? वर्षौदेखि सोच्तासोच्ता बल्लतल्ल त आज मौका मिलेको छ भने घर फर्कन केही घण्टा ढिलोचााडो हुने कारणले आफ्नो पवित्र मनको अपार खुसीलाई चुपचाप निमोठिदिऊा म ? मलाई एकदम खल्लो लाग्न थाल्छ, मभित्र बिछट्ट असन्तोष जाग्न थाल्छ। अब आज यसैउसै डुम्रे फर्कन भ्याइने होइन, फर्कन भ्याइने नै भए नि म आजको एक रात रम्घाम बास बस्न लालायित पनि छादैथिएा, त्यसैले त्यस्तै साथी पाइएर भरसक अहिले नै फेरि खुर्र उक्लेर हेरी आउने थिएा भन्ने चौपटट्को हुटहुटी लागेर ठूलो आशा र भरोसाका साथ उहाासित आफ्नो ह्दय खोल्छु। पैसठ्ठी वर्षका मुक्तिनाथजी मलाई स्नेहसाथ आश्वासन र निमन्त्रणा दिनुहुन्छ: अहिले छ बजिसक्यो अब यति वेला माथि गएर फर्कन रात पर्छ। वनको बाटो, अलि ठीक हुादैन। तपाईंलाई त्यो ठाउा नहेरी नछोड्ने त्यस्तो श्रद्धा र रहर लागेको छ भने के भो र भोलि बिहान म आफौ लगेर डुलाई देखइदिउाला मजासित। आज राति तपाईंहरू दुई जना मकहाा नै बस्नुपर्छ, तपाईंहरूसित मलाई राम्ररी कुरा गर्न मन लागेको छ। अहा… मलाई के खोज्छस् काना ? आाखो भने सरह नै भइहाल्छ। कार्यक्रम पनि सकिन्छ। अघि ओर्लदा दाजुले भन्नुभएको थियो आज भ्याइएनछ भने भोलिचााहि सबैरे सााढे चार पााच बजेतिर उठेर घरको बाटो लाग्नुपर्छ भनेर। तर यहाा मैले मुक्तिनाथजीसितको कुराकानीको सारांश पोखेपछि उहाा भन्नुहुन्छ: लौ भाइ तिमी जसो भन्छौ त्यसै सही।

अब हामी पुस्तकालयमा फर्कन्छौं र सञ्चालकले ताल्चा खोल्नुभएपछि भित्र पस्छौं। थाहा हुन्छ यसमा पुस्तकालयका साथै भानुस्मारक सङ्ग्रहालय पनि सञ्चालित रहेछ। पुस्तकालय जनताद्वारा र सङ्ग्रहालयचााहि श्री ५ को सरकार शिक्षा तथा संस्कृति मन्त्रालयद्वारा चलाइएको रहेछ। यसको रेखदेखको अभिभारा सरकारका तर्फबाट विष्णुप्रसाद आचार्य .भानुभक्तका कान्छा काका इन्द्रविलासका पनातिलाई तोकिएको रहेछ सम्बन्धित मन्त्रालयको स्थानीय कर्मचारीका हैसियतले र सरकारी स्तरबाटै एक जना पियनको पनि व्यवस्था गरिएको रहेछ। विष्णुप्रसादजी हामीलाई त्यहााका सामानहरू सामान्य पुस्तकालयमा देखिने स्तरका पााच सात अरू त्यस्तै खिच्रङमिच्रिङ सामानहरू। कुनातिर राखिएको एउटा सानो दराजमा एउटा गबुवा, बिट फुटेको एउटा पत्थरी, भानुभक्तको हस्तलिपिमा संस्कृत अमरकोषको प्रतिलिपि, कपाल खौरने एउटा छुरा र त्यो राख्ने छालाको खोल। त्यसका अतिरिक्त भानुभक्तले प्रयोग गरेको ठानिने खास वस्तु वा गबुवा र पत्थरी मात्र रहेछन् । बस…।

एकछिन आगन्तुक हस्ताक्षर पुस्तिका हेर्न पाउा न। खै त्यो त राख्ने गरिएकै छैन।

यो भवन भएको परिसर चार रोपनी जग्गामा रहेछ। जग्गा भानुभक्त आचार्यकै वंशजले अर्पेका रहेछन्। भवनचााहि २०२९ सालको भानुजयन्तीमा रम्घा आउनुभएका सिद्धिचरण, धरणीधर र गोपाल पााडेले काठमाडौं फर्केपछि उत्कट चाहनासाथ संयुक्त सक्रियता देखाएर श्री ५ को सरकारबाट पौने दुई लाख रूपैयाा उपलब्ध गराइ दिनुभएकोले बनेको रहेछ र यसको उद्घाटन २०३२ सालमा भएको रहेछ। भर्खर पन्ध्रसोह्र वर्ष मात्र पहिले निर्मित भएको भवनको यस्तो विरूप अवस्था र अन्य केही कुरामा पनि आफ्नो अनुमानविपरित अस्तव्यस्तता देख्नुपर्दा हामीलाई कस्तोकस्तो खल्लो अनुभव हुन्छ। कार्यक्रममा सम्मिलित हुन आएका छेउछाउका एक दुई सचेत व्यक्तिले यसबारे हामीसित गुनासो पोख्छन्, के गर्ने ? यस्तै छ, भानुभक्त आचार्यका आफन्तहरू भानुलाई आफ्नै मात्र ठान्छन् र समितिलाई पनि आफ्नै पेवा बनाएर गम्लङ्ग आगालो मारेर बसेका छन्। अरूलाई समितिमा छिर्नसम्म दिदैनन्। केही गन्दै गन्दैनन् ?

प्रतिवर्ष भानुजयन्तीका दिन समितिद्वारा निमन्त्रित भएर वा श्रद्धाले स्वयम् आइपुगेका अन्य अतिथिहरूको त्यो दिनको चिया, खाजा, भोजन र बसोबासको व्यवस्था पारिको होटलमा गरिन्छ रे आयोजककातर्फबाट। अहिले पनि अघि कार्यक्रम सकिएपछि अरू अतिथिहरू चियाखाजा र भुजाविश्राम आदिका लागि पारि लागिसकेका छन्। भानुजयन्ती मध्यवर्सातमा पर्ने भएकाले अतिथिहरूको यथाशक्ति गरिने स्वागत सत्कारको सम्पूर्ण व्यवस्था पारिको साटो यतै चुादी रम्घामा नै गरिनु उपयुक्त हुन्थ्यो नि। भोजन र आवासका लागि त्यस्तो अप्ठयारै पर्ने भए कम्तीमा चिया खाजाको प्रबन्ध त कार्यक्रमस्थलकै छेउछाउमा, डङ्डङ्ती परेको यही भवनको कुनै कोठामा मिलाइएको भए पनि त हुन्थ्यो भन्ने लाग्छ हामीलाई। भोलि बिहान सबेरै वारिबाटै घरको बाटो लाग्ने भएपनि कुावरदम्पत्ति पनि झन्डै कम्मरसम्म आउने तेजिलो चुादीखोला तरेर पारी जान बाध्य हुन्छन् केवल रात कटाउन। हामीलाई चााहि अघि भन्नुभएअनुसार मुक्तिनाथजीले आफ्नो घरतिर डोर्‍याउनुहुन्छ।

आज दिउसो यहाा आइपुगेदेखि नै मलाई आउा परिरहेको छ, खानेकुरा त हेर्न पनि मन छैन, तर मुक्तिनाथजीले पिढीमा बसाएर आफ्नो बारीबाट ठूल्ठूला र चौपट रसिला नास्पातीका पााच सात दाना टिपेर र नुन जिरा पिध्न लगाएर ल्याई स्नेहसाथ हासियाले ताछ्दै ख्वाउादै गर्दा म दुई तीन दाना थाहै नपाई सिद्धयाउाछु।, आहा… ख्याल आनन्द आउादैन…। रम्घामा भानुभक्तका साख्खै पनातिको घरमा त्यो पनि उहााकौ आग्रहमा रात बस्न पाएर गद्गद छौं हामी। हामीलाई कस्तो अनुभव भइरहेके छ भने मानौं यो भानुभक्तकै युग हो र अहिले हामी उनीकहाा उनकै स्नेहिल आतिथ्य भोगिरहेका छौं। निकै मिलाजिसा, फरासिला र बौलैया हुनुहुादोरहेछ मुक्तिनाथजी र साठी नाघिसकेको उमेरमा पनि गजबका फुर्तिला। उहाा आध्यात्मिक भावका कविताकाव्य लेख्नुहुादोरहेछ, तीनचार पुस्तक प्रकाशित पनि रहेछन्। तीमध्ये एउटा रहेछ भानुभक्त आचार्यको खोजपूर्ण जीवनी (२०४२) त्यसमा भानुका पूर्वप्रकाशित जीवनीहरूमा भानु घाासीभेट, गजाधर सोतीकी घरबूढीको प्रसङ्ग, भानुभक्त थुनुवा पर्नाको कारण, रामगीताको रचनाकाल र स्थान आदिवारे पूर्वजीवनीकारहरूबाट गरिएका केही अनर्गल स्थापनाको खण्डन गरी आफूले सकेसम्म प्रामाणिक कुराको समावेश गरेको चर्चा गर्नुहुन्छ उहाा र हामीलाई उपर्युक्त भानुजीवनीग्रन्थ लगायत आफ्ना तीनवटा पुस्तक एकेक प्रति उपहार दिनुहुन्छ। त्यस्तै हालसम्म विभिन्न प्रकाशनबाट निस्केका भानुभक्तीय रामायण भानुभक्तको मूल लेखोटसित कतिपय ठाउामा नमिलेको देखेर श्री ५ को सरकार सञ्चार मन्त्रालय सूचना विभागद्वारा प्रकाशित चााहि संस्करणको आफूसित रहेको एक प्रतिमा भानुभक्तको मूल लेखनका अनुसार कयौं ठाउामा आफूले संशोधन गरेर राखेको देखाउादै त्यसलाई सकेसम्म प्रकाशित गराउने आफ्नो अठोट पनि बताउनुहुन्छ।

घरीघरी टर्च बोकेर तल कान्ला गरातिर कुद्न परेकाले म केही शिथिल भएको हुन्छु, दाजुलाई पनि थकाइले चूर पारेकै हुन्छ, तैपनि उहाासित हामी मजैले घण्टौ गफिन्छौं र राति ११ बजे भान्साको पनि सारा काम सकिएपछि पिढीामा हालिएको ओछ्यानमा पल्टन्छौं।

भोलिपल्ट ३० गते आइतबार बिहान ठीक चार बजे मुक्तिनाथजीले हामीलाई ब्यूाझाउनुहुन्छ। उहाालाई आज कामको निकै चटारो छ। अहिले साढे छ बजेसम्म घर नफर्की हुन्न त्यसैले सिमसिम पानी परिरहेको र आध्यारै भए पनि उहाा र म टर्च र छाता लिएर उकालो लाग्छौं। दाजुचााहि जीउ गलेकाले मन मारेर घरै बस्नुहुन्छ।

उही सालघारीले टन्न, लामो उकालो, उसमाथि जताबाट पनि चितुवाले झम्टने पो हो कि भन्ने मलाई डर । तर रहर पनि त कम शक्तिशाली हुादैन, त्यसैले मुटुको चाल बढिरहे नि खुट्टाको सन्तुलन बिग्रन खोजे पनि, छाताले टर्चको उज्यालो छेके पनि र बुटयानले छातालाई अल्झाए पनि म बिथोलिन्ना र मुक्तिनाथजीबाट भानुभक्तको चिनाको नाउा चिन्तामणि रहेको, आठ वर्षको उमेरमा उनको पहिलो विवाह भएको र त्यसको अठार महिनामै दुलही मरेकाले ११ वर्षको उमेरमा पुर्नविवाह भएको, कान्छा छोरा शिवशंकर भानुको मृत्युको तीन वर्षपछि १४ वर्षको उमेरमा मरेको, तर बोसीमा पुरानाडिही भन्ने ठाउामा श्रीकृष्ण आचार्यको घर रहेको, साधियार गिरिधारी भाटसित झगडा परेको, भानुको खेत तल घरनजिकै भएको आदिआदि कुराहरू थाहा पाउादै र यी दुई ठाउा पनि देखाइदिन अनुरोध गरी स्वीकृतिसमेत पाएर फुरूङ्ग पर्दै बिहान मिर्मिरेमा म जङ्गलबीच रहेको त्यो गन्तव्यमा पुगिहाल्छु र देख्छु यो त हिजो खेमबहादुरले भानुको गोठ र पोखरी भनेर देखाएको ठाउा हो। मुक्तिनाथजी पहिले परिवेश देखाउादै भन्नुहुन्छ, ‘पहिलेको खास रम्घा गाउा यहाा र यहााभन्दा एक किलोमिटर जति पश्चिममा माथि मूर्ति राखिएको ठाउातिर पनि थियो रे र श्रीकृष्ण आचार्यको गाउाको (शिखरको घर यहीा तल्लो रम्घामा नै थियो रे। भानुभक्त बर्खामासमा जन्मेका हुनाले उनको जन्म औलो लाग्ने बोसीको घरमा नभएर यहीा गाउकै घरमा नै भएको हुनु सोह्रै आना सम्भव छ।

श्रीकृष्णका छोराहरू भिन्न हुादा यहााको घर जेठा धनञ्जयको भागमा पर्‍यो र स्वत: नै भानुभक्त र रमानाथको घर पनि यही हुन गयो। पछि यो ठाउामा औलो र डढेलोको डर भएर यहााको बस्ती माथि सर्‍यो र यहााबाट २०२०–०२२ सालतिर हामीहरू तल चुादीबोसीमा झर्‍यौं।’

अनि त्यो वेलाको पोखरी भनिएको ठूलो सुख्खा खाल्डोभन्दा दुई चार पाइला वरै रहेको, घडेरीको प्रष्ट झलक दिने खालको बीस इञ्च जति चौडा र डेढ दुई फिट जति अग्लो (कतैकतै मात्र) ढुङ्गाको चारकुने घेरोभित्रको झ्याङ्झुङमा लगेर उहाा मलाई भन्नुहुन्छ, ल हेर्नोस्, व्यासजी, भानुभक्तको घरको गारोको भग्नावशेष। यही हो जन्मे हुर्केदेखि अन्त्यकालमा मस्र्याङ्दीको सतीघाट (यताको मरणघाट) लगिनु अघिसम्म भानुभक्त बसेको थातथलो। अहिले उ: त्यो आापको रूख भएतिर थियो रे यो घरको दैलो। हाम्री बज्यै रमानाथकी श्रीमतीले मसितै भन्नुभएको। सातवर्षे उमेरकी उहाालाई बिहा गरेर ल्याइ यही घरमा भित्रयाइएको हो रे र सानैमा परलोक हुने मेरा जेठा र माहिला बाको जन्म मरण भएको थलो पनि यही नै हो रे।’

त्यहाा उभिएर ठाउा नियाल्दै र उहााको भनाइ सुन्दासुन्दै म अलिबेर भानुभक्तको चिहाा…चिहाा… सुन्छु, ‘एक् दिन् नारद सत्यलोक् पुगिगया लोक्को गरूा हित् भनी’ उनले गाएको मीठो स्वर सुन्छु र अपार तृप्तिबोध गर्छु। अनि उहाा मुक्तिनाथजीले ‘लौ हिाड्नोस् अब पुरानाडिहीतिर जाऔं’ भन्नुभएपछि त्यहीनेरबाट तल झर्ने अर्को बाटो ओर्लन थाल्छु। सूर्योदयको वेला अझै भइसकेको छैन र पानी पनि सिमसिम परिरहेकै छ। गफिदै गफिदै एक डेढ किलोमिटर जति तल ओर्लेपछि एकाएक झल्याास्स भएर थकथक मान्दै टक्क अडिन्छु र अघिअघि हिडिरहनुभएका उहाालाई भन्छु: ‘धत्तेरी, मैले त एउटा ठूलै पो भूल गरेछु।’

उहाा मतिर फर्की उत्सुक भावमा सोध्नुहुन्छ, ‘किन, के भयो र ?’

म भन्छु, ‘ज्या मैले भानुको त्यो घरको गारोबाट ढुङ्गा ल्याउन भुसुक्कै बिर्सेछु, चिनो लैजान कत्रो रहर थियो।’ स्याा..स्याा… गर्दै आध्यारै त्यत्रो चिप्लो र ढुङ्ग्याने उकालो उक्लेर अब यहाासम्म ओरालो पनि झरिसकेको मान्छे अहिले फेरि ढुङ्गा लिन माथि उक्लनु, अनि फेरि ओर्लनु, अझै केही ठाउा पुग्नै बााकी छ, आफूलाई आजै फेरि हतार पनि परेको छ आदि कुरा सोचेर र मेरो भावुकताको मात्रा बढ्दै गएको देखेर होला उहाा केही दिक्दारीको मुद्रा र स्वरमा भन्नुहुन्छ, ‘अब नफर्कौ क्यारे, भावनाकै कुरा त हो, यतैको कुनै ढुङ्गो टिपेर लगे पनि त भइहाल्छ नि।’ तर मलाई कहीा सन्तुष्टि मिल्छ र यो पहाडको जुन पायो त्यही ढुङ्गो टिपेर भावनाकै कुरा त हो भन्दैमा…? होइन, मलाई त त्यो भग्नावशेष गारोकै ढुङ्गा चाहिन्छ। तर यसका लागि उहाालाई उकालो लगाउने विचार मेरो पक्कै छैन। उहााको समस्या र चिन्ता मैले बुझेको छु, त्यसैले अलमलको

स्थितिबाट छिटै मुक्त हुादै म उहाालाई भन्छु यहााले फेरि किन दु:ख पाउनु ? यतै एकछिन पर्खिदिनुभए म खुर्र गएर ल्याइहाल्छु नि। ‘बाटो अलमलिन्छ कि?’ उहाा शङ्का व्यक्त गर्नुहुन्छ मायाले। म ‘अलमलिदैन’ भनेर उहाालाई आश्वास्त पार्छु, फरक्क फर्केर हुरी हुन्छु र गारोमा राम्ररी मिलेर बसेको, लेउ गहनाउने, डेड दुई किलो जतिको एउटा ढुङ्गा उप्काएर हाते रूमालमा पोको पारी फेरि खुर्र झरेर छुटिटएको बीस मिनेट जतिमा उहाालाई भेटाउन पुग्छु र म एकै छिनपछि चिप्लेर बाटोमा डङरङ्ङ उत्तानै पछारिन्छु।

देब्रे हातमा रहेको ढुङ्गाको पोको एकातिर उछिट्टिन्छ, दाहिने हातको खुल्ला छाता अर्कोतिर मिल्किन्छ। थाहा हुन्छ, देब्रे हातको नारीमा अलिकति काटिएको छ, साहिाली औंलाको पछिल्तिर अलिकति फुटेको छ, देब्रे हातकै चोर औला ढुङ्गामा साफसित बज्रेर थिल्थिलिएकाले चलमलाउन त के छुादासम्म नि सिङ्गै हत्केलै रन्थनिने गरी घाइते भएको छ। पिठ्यूामा पनि केही तोड परेको छ। लडेको आवाजले थाहा पाएर मुक्तिनाथजी फर्केर आई सहानुभूतिसाथ उठाइदिनु भएपछि ढुङ्गो र छाता टिपेर फेरि बाटो लाग्छु। लाग्छ, खै कहाा दुखेको छ र मलाई ? अहा… पटक्कै केही पनि त भएको छैन। त्यो विराट्प्रा प्तिको आनन्दसामु यो मामुली पीडाको महत्व के नै छ र ? र म केहीबेरमा पुरानो डिहीमा झरेर हाल बााझो चउरको रूपमा रहेको त्यो थलोमा पाइला हाल्न पुग्छु। अनि त्यहााबाट पनि सोझिन्छु कुलो नाघेर रमाइलो चुादी फााटतिर।

चारैतिर धानका हरिया रोपाहरू हाासिरहेका छन्, सामुन्ने केही पाइला पर चुादी गर्जिरहेको छ, फााटको बीचबीचतिर वरपीपल चौतारीको छेउमा पुर्‍याएर त्यहााका अनेक गराहरूमध्ये दुई वटा गरा पालैसित औंल्याउादै मुक्तिनाथजी मलाई भन्नुहुन्छ, ‘इ: यो भानुभक्तको खेत र यो चााहि झगडिया गिरिधारी भाटको। लौ यहाा पनि टेक्ने भए टेकिहाल्नोस्, तर हिलो पानी छ भैगो किन दु:ख गर्नुहुन्छ ?’ तर म के भनेर छोड्थें, म त जुत्तामोजासहितै घुाडाघुाडासम्म जाकिहाल्छु खुसीसाथ वादीप्रतिवादी दुवै गराहरूमा, लुगा जुत्ता त एकाबिहानैदेखि यसैउसै निथु्रक्क भएकै छन् तिनको के चिन्ता ? गिरिधारीका आफन्तले बेचेकाले अहिले यी दुवै थरी खेत भानुभक्तका आफन्तले नै कमाइरहेका छन् र दुवैका वंशजमा उक्त मुद्दाको कुराले कहिल्यै कुनै किसिमको मनोमालिन्य जन्माएको थिएन, छैन आदि जानकारीपछि फर्कने क्रममा अब म मुक्तिनाथजीलाई कृतज्ञता अर्पदै भन्छु: ‘मैले यहाालाई निकै दु:ख दिएा, झिज्याएा, क्षमा गर्नुहोला है ?’ उही नम्रतासाथ प्रतिवाद गर्नुहुन्छ: केको दु:ख ? कस्तो झिजो ? यहााहरू कहााकहाादेखि कत्रो श्रद्धा र रहर बोकेर भानुको थलो हेर्न आउनुभयो। साहित्यिक वा अरू कुनै दृष्टिले नभए पनि र भानुको वंशज हुनुका नाताले मात्र भए पनि यहााहरूलाई आफ्ना जिजुबाजेको थातथलो डुलाई देखाइदिनु र उहााका बारेमा आफूले जानेसुनेका कुरा बताइदिनु त मेरो कर्तव्य नै होइन र ? हो, मलाई अलिकति ढिलो भयो, त्यति नै हो, के फरक पर्छ र ?

मुक्तिनाथजीका अनुसार अब मैले चुादी रम्घामा हेर्नुपर्ने कुरा र ठाउाहरू भ्याइए। तर यो इलाकामा मलाई हेर्न पुग्न रहर लागेका ठाउाहरू त अझौ बााकी छन्। गजाधर सोतीको घर कति टाढा कुन गाउामा छ ? गिरिधारी भाटको गाउा कुन हो ? रातभरिका बधूशिक्षाको सिर्जना भएको तारापतिको गाउाघर कता पर्छ ? आहा झ् एकेक गरी ती सबै ठाउाहरू प्नि चहार्न पाए ? तिनीहरूका वंशजहरूसित पनि एकेकछिन नै भने पनि भेटघाट र कुराकानी गर्न पाए ? कति मजा हुने थियो झ् र यसबारे मुक्तिनाथजीको हार्दिक अनुरोधपूर्ण जवाफ छ: ‘‘गजाधर सोतीको गाउा ‘तारूका’ यहााबाट दुई अढाइ कोस उत्तरतिर पर्छ, गिरिधारी भाटको घर तिलाहार गाउामा हो, एक कोस जति उत्तरपश्चिममा पर्छ, तारापति पौडेलको गाउा मैवल पनि टाढा छैन, एक कोस जति दक्षिणतिर पर्छ। दुई तीन दिन बस्नोस् तपाईंलाई म सबै ठाउा डुलाइदिउला।’’ तर कहाा छ अहिले हामीसाग त्यति समय। अहिले त हामीलाई फर्कन हतारै परेको छ। लौ, मौका मिलेछ भने फेरि कहिल्यै आउाला, म आफौलाई सान्त्वना दिन्छु र सात बजे घर फर्केर आउादा देख्छु, दाजु अघि नै तयार परेर हामीलाई कुरिरहनुएको रहेछ। अब हामी दाजुभाइ झोला बोकी मुक्तिनाथजी र उहााको मायालु परिवारलाई धन्यवाद अर्पेर नमस्कार गर्दै बिदा हुन्छौं। अहिले पानी पनि थामिएको छ।

चुादीफााटमा ओर्लेपछि हामी रम्घा हेर्न देशविदेशबाट आउन खोज्ने श्रद्धालु यात्रीहरूको सुविधा र यो ठाउाको प्रतिष्ठा विस्तारका सम्बन्धमा आफ्ना मनमा उब्जेको विचारको पोको फुकाउाछौं। डुम्रेदेखि यहाासम्मको सडक पक्की बनाइयोस्। बाटोमा पर्ने चुादीका सबै जङ्घारहरूमा पक्की पुल हालियून र मोटरमै बसेर यात्री यहाासम्म आउन पाउन्। मस्र्याङ्दी जलविधुत् योजनाले यता पनि झिलीमिली पारिदेओस्। चुादीबोसीदेखि माथि प्रतिमास्थलसम्म राम्रो बाटो बनाइयोस् र त्यहाा रज्जुमार्ग (रोपवे पनि खोलिएको शारीरिक दृष्टिले अशक्त श्रद्धालु यात्रुलाई पनि सजिलो होस्। यी सब नहुन्जेलसम्मका लागि तत्काल सडक कच्ची नै रहे पनि खोलामा पुल त अवश्य नै हालियून, झोलुङ्गे पुल भए पनि क्यै छैन र फेदिखोला माथिसम्मको बाटोचााहि पक्कै राम्रो र फराकिलो पारियोस्। यी त भए बाटाघाटाका कुरा। अनि यहाा भानुसाग सम्बन्धित रहेका महत्वपूर्ण ठाउाहरूलाई कााडेतारले भए पनि बारेर सुरक्षित पारियोस् र ती ती ठाउाहरूमा टिनकै प्लेटमा लेखेर भएपनि परिचयपाटी राखियून्। भानुका छरिएर रहेका उपलब्ध सबै मूल हस्तलेखोट र अन्य सामग्रीहरू बटुलेर सङ्ग्रहालयमा सुरक्षित राखियुन्। भानुभक्तका बारेमा हालसम्म देशविदेशका विद्वान् विदुषीहरूले लेखेका ग्रन्थ र फुटकर रचनाहरूसम्म पनि खोजी किनी सकेसम्म सङ्कलन गरेर पुस्तकालयमा राखियुन् र तिनको संख्या बढाउन निरन्तर खोजमेलको व्यवस्था होस्। आगन्तुक हस्ताक्षर पुस्तिका तत्कालै र नियमित रूपले राख्न थालियोस्। पुस्तकालय संग्रहालय भवनको सम्भार र सदुपयोग होस्। अतिथि निवासको निर्माण होस् र त्यो नहुन्जेलसम्मका लागि पुस्तकालय सङ्ग्रहालय भवनकै एउटा कोठालाई अतिथिकक्षको रूप दिइयोस्। हिजोको जनविरोधी शासनतले त यहाा केही उल्लेखनीय काम गरिदिएकै रहेछ भने आजको परिवर्तित नेपालको प्रजातान्त्रिक शासनले विश्ववन्दनीय हुन पुगेका नेपालीका महान् विभूति भानुभक्तका नाउामा यति कसो नगर्ला ? तर यसका लागि सरकारमुखी मात्र हुनुपर्छ भन्ने पनि के छ र ? भानु सेवा समितिले निरहङ्कारपूर्ण सक्रिय अग्रसरता देखाई खुला ह्दयले सारा जनतालाई सहभागी बनाउन मेचिदेखि महाकालीसम्म गुहार्ने वा दैलो घच्घच्याउने हो भने त्यो महायज्ञ कुनै न कुनै दिन सुसम्पन्न नभई रहला त ? र हामी चुादीतीरमा आइपुग्छौं।

खोला तर्नलाई लुगा फुकाल्न थाल्दा दाजु मलाई सोध्नुहुन्छ: रम्घादर्शन गर्ने तिम्रो धोको राम्ररी पुग्यो त ? म भन्छु: रम्घादर्शनको धोको त मेटियो तर रम्घास्नानको धोको भने बााकी नै छ। उहाा फेरि भन्नुहुन्छ: किन बााकी राख्छौ ? त्यो पनि पूरा गरिहाल। र म उहाालाई पारि पुर्‍याएर भानुतीर्थको चुादीगङ्गामा धीत मर्ने गरी डुबुल्किन थाल्छु। लाग्छ, बाइस वर्षअघि हरिद्वारको भागीरथी गङ्गामा पहिलो पल्ट नुहाइरहेको छु। मनले सामुन्नेका डााडालाई लक्ष्य गरेर भावनाको अविरल अध्र्य चढाउाछ।

एहि भानो, सहस्रांशो तेजोराशे, महाकवे
अनुकम्पय मां भक्त्या गृहार्णाध्र्यं गुणाकर।

(स्रोत : स्याङ्जा साहित्य प्रतिष्ठानको रजस्थल त्रैमासिक पत्रिका – भानु विशेषाङ्क–२०७०)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *