लघुकथा : पानी

~कात्यायन~dhanwantari-mishra-katyayan

– हिउँदको याम | ठण्डी-ठण्डी नै थियो | के.के.यू.एल.ले कायल बनाएकी मेरी श्रीमती पानीको सुरसारकोलागि मिर्मिरेभन्दा नै पहिले मिर्मिराएर धारामा झरेकी धेरै-बेर भैसकेको थियो |

– सबेरै सत्तो-सराप सुन्नुभन्दा सहयोग नै गर्नु उचित ठानेर म पनि तल झर्छु | झन्डै ‘मोटर’ किन नचलाएको भनेर भनी नहालेको !… बत्तिको पनि मारले किच्चिएकी उनलाई टर्च बालेर नियाल्छु; मोटरको बदलामा मुखले नै धाराबाट मिक्स-जुस झैं एकोहोरिएर तानिरहेकी थिईन् | तपस्वी झैं पानीको तपस्यामा लिन् थिईन् | अनुहारभरि सात-समुद्रका ज्वार-भाटा झैं पसिनाको बाढीले निथ्रुक्क भएकी थिईन् |

– समय खेर फाल्नु उचित पनि त हैन ! बूढा-पाखाले पनि भन्ने गर्थे |

– उनको पसिना नै सहि; अगाडिको तामाको गाग्रीमा भर्न सुरु गर्छु !

२०७३/०२/०७
चाबहिल, काठमाडौँ – ७ |

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *