संस्मरण : त्यो राति हामी जुकासँगै रमायौँ

~विवशकुमार सेजुवाल~bibash-kumar-sejuwal

धेरै लामो समयपछि घर भेटघाटमा जानको लागि बाजुरा जिल्ला डीसीएस क.क्षितिजलाई एउटा सानो पत्र कोरें । मेरो टिमको भाइ गोपाललाई पठाए । त्यो चिठीको उत्तरमा डीसीएस क.क्षितिजले तपाई विदामा जा“दा तपाईको सास्कृतिक टिम बेरोजगार हुन्छ । त्यसैले तपाईको पुरै टिम लगेर जानू र कालीकोटको जिल्ला पार्टीसग सम्पर्क गरी केही कार्यक्रम गरेर आउनु भनी मलाई निर्देशन प्राप्त भयो ।

१८ महिनापछि घर भेटघाटमा जानको लागि मेरो कमाण्डमा रहेको बाजुरा जिल्लामा कार्यरत भूकम्प जनसा“स्कृतिक परिवारसहित २०६१ भदौ ७ गते छतराबाट हामीले कालीकोटको यात्रा तय ग¥यौ । हामी बिहान १० बजेतिर त्यहाबाट हिंड्यौ । हामीस“ग भएका बाद्य–वादनका सामान, हार्माेनियम, मादल, गिटार, बा“सुरीसहित कालीकोटमा केही कार्यक्रम गरेर आउने ध्येयका साथ आफ्नो यात्राको योजना बनाएका थियौ । हामी जब ऋषिदहको उकालोमा हिड्दै थियौं । त्यहीबेला धेरै साथीहरुले मसग जिज्ञाशा राखे । धेरै साथीहरुको लागि कालीकोट नया पनि थियो । मैले कालीकोटको बारेमा बेलाबेलामा साथीहरुलाई जानकारी दिंदै रहें । मैले भनें–कालीकोट भनेको जनयुद्वको आधार इलाका हो । त्यो ठाउ“मा जादा जनतास“ग हामीले नरम स्वभावले बोल्नु पर्छ । जनयुद्वको पीडा जति हामीले भोगेका छौ त्योभन्दा बढी कालीकोटबासी जनताले भोगेका छन् । म सम्झाउदै गए । हामी अछामको ऋषिदहको उकालो काटी चौखुट्टे भन्ने ठाउ“मा आरामको लागि एक छिन बस्यौं । त्यो घनघोर ज¨लमा चरा चुरु¨ीहरु आफ्नै भाकामा गीत गाइरहेका थिए । यो सुनेर यस्तो लाग्यो–यात्राको वीचमा हामीलाई सुमधूर स्वरले गीत गाएर थकान मेटाइदिन चराहरु आत्मीयता देखाइरहेका छन् । राम्रोसग जानु र राम्रँेसग आउनु भने झै मेरो कानमा बनचरीहरुको कलरव स्वर ठोकिइरहेको थियो ।

हामी त्यो दिन कालीकोटको रुप्सामा पुग्ने गरी यात्रा कसिरहेका थियौ । हामी अछामको भटाकाटियाको माथिल्लो लेक हुदै रामारोशनमा झ¥यौ । मैले वीच बाटोमा भोक लाग्न सक्छ भनेर बिस्कुट र चाउचाऊ किनेर साथीहरुलाई झोलामा राख्न अनुरोध गरें । साथीहरुले ठट्टामै मलाई सोधे–आज हामी ज¨लमै बास बस्ने हो र ? मैले उनीहरुलाई भनें–होइन हाम्रो यात्रा लामो छ, बाटामा भोकले सताउनेछ, नास्ता बोक्दा केही पनि फरक पर्दैन, नास्ता बोकौ भने जङ्गलमा हिंड्नै नसके पनि काम लाग्छ । साथीहरु क्रान्तिकारीले सबै कुरा बेहोर्न तयार भएर हिंड्नु पर्छ ।

हामी दिउसोको २ बजेतिर रामारोशनको उकालो चढ्न शुरु गर्यौ । हामी कालीकोट पुग्ने गरी जोडतोडले हिंडिरहेका थियौं । हामीले कालीकोट पुग्नको लागि ठुलो उकालो अनि अनकन्टार जङ्गलको यात्रा गर्नु थियो । रामारोशनको जङ्गल हेर्दा त्यतिकै मनमोहक देखिन्थ्यो जङ्गलभित्रको यात्रा झनै रमाइलो भइरहेको थियो । जब हामी रामारोशनको ताल नजिकै पुग्यौं सबैले ताल हेर्न अनुरोध गरे । मैले उहा“हरुको प्रश्नको जवाफ दिदै भनें–कमरेडहरु अहिले हामीलाई समयको अभाव छ । त्यसैले कालीकोटबाट फिर्ता हु“दा हेरौंला आज पुगिदैन, हतार हुन्छ । त्यसैले हाम्रो यात्रालाई अगाडि बढाऊ“ । तपाई हाम्रो जीवन युद्धमोर्चामा छ, हाम्रो भौतिक जीवनको केही ग्यारेण्टी हुदैन, त्यसैले आज यो मनमोहक र प्राकृतिक सौन्दर्यले भरिपूर्ण ताललाई हेरेरै जाऊ“ साथीहरुले भन्नु भयो । हाम्रो पाइला पाइलामा मृत्यु नाचिरहेको अनुभूति हुन्थ्यो त्यसैले मैले उहा“हरुको त्यो आग्रहलाई इन्कार गर्न सकिन । हाम्रो पूरै सा“स्कृतिक टोली आफ्ना बाजागाजा लिएरै तालतिर कुद्यो ।

हामी माथिबाट जब त्यो तालको नजिक पुग्न खोज्यौ अनि त्यो सङ्लो तालको मन्द गतिले हामीलाई बोलाई रहेको झै आभाष भयो । हामी त्यो तालमा पुगिसकेपछि २ घण्टा जति त्यसको सौन्दर्यलाई नियालेर अवलोकन ग¥यौं । त्यसपछि मैले जानकारी भए अनुसार तालको बारेमा भनें–“यो तालको १२ बण्डा र १८ खण्ड छ त्यसैले आज पूरै हेर्न सकिदैन’ । अहिलेलाई यत्तिमै रोकेर कालीकोटको अपुरो यात्रालाई अगाडि बढाउन हामीले आधा तालको अवलोकनपछि फर्कियौं ।

त्यो तालको सङ्लो पानी जस्तै हामीले पनि हाम्रो सून्दर गन्तब्यको उकालोलाई पार गर्न सङ््लो यात्रालाई निरन्तरता दियौ । मलाई त्यो ठाउको नाम याद थिएन । त्यो जङ्गलको यात्रापछि आउने लेकको वीचमा तराइ जस्तो समतल भूभागले सजिएको एउटा ठुलो चौरमा पुग्यौ । त्यो ठा“उ युद्व मैदानमा दुश्मन स“ग मुकाबिला गर्नको निम्ती हाम्रो जनमुक्ति सेनाको लागि तालिम गर्ने उपयुक्त ठा“उ रहेछ । थुप्रै काठका एबस्ट्याकलहरु खडा गरिएका थिए । चौरमा एकछिन बसेर बिहान बोकेको खाजा हामीले खायौं । चौर देख्दा असाध्यै मनमोहक थियो । हामीले एउटा गीतसहितको नृत्य त्यहा“ ग¥यौ जुन गीतको भाव यस्तो थियो–

पूर्व क्षितिज रक्ताम्मै भो
उषाकिरण छाउ“दै छ
जनताको सुनौलो राज
छिट्टै नै लौ आउदै छ
देशैभरि आज शोषित जनहरु
जुर्मुराई सारा उठिरहेछन्
शोषणका किल्ला भत्काउ“दै
झन् झन् अघि योद्धा बढिरहेछन्

क्षितिज परिवारको यो गीतमा हामीले आफ्नो सुमधुर स्वर सहित जोसिलो नृत्य प्रस्तुत ग¥यौ र फेरि त्यो बनका बनचरीहरु जस्तै प्राकृतिक सौन्दर्यसित एकछिन रमायौ । म सोच्दै थिए । हामीले आज गाएका गीतहरु गाउघरदेखि लिएर ठूला घना जङ्गलका वीचसम्म पनि गुन्जन भइरहेका छन् । थकित अनुहारहरुमा पनि क्रान्तिकारी गीतले नया जोस थपिदियो । साथीहरु हसिलो अनुहारमा नाचिरहे । एकछिन संगीतसग रमाइसकेपछि हामीले हाम्रो यात्राको प्रक्रिया शुरु ग¥यौं । त्यो लेकको उकालोतर्फ हानियौ । बिहानसम्म हामीलाई मौसमले पनि राम्रै साथ दियो । जब–जब दिन मेटिदै गयो तब आकाशमा कालो बादलका धर्साहरु देखिन थाले । जङ्गलमा हिड्दा–हिड्दा साथीहरुलाई थकाइले हैरान पारिसकेको थियो र पनि हामी थकाइले सिथिल भएका शरीरका नशाहरुलाई तन्काउ“दै कालीकोट र अछामको सीमाना रुप्सा बाघफाला लेकमा पुग्यौ, हामी सबै त्यो डा“डामा बस्यौ ।

हामी त्यहापुग्दा राति ७ बजिसकेको थियो । हामी बाघफालाको डा“डाबाट न त गा“उमा खाने समयमा पुग्न सक्यौ न त सुत्ने समयमा । यसैले हामीमाथि धेरै चुनौतीहरु आइपरे । ती चुनौतीहरुलाई पचाउ“दै त्यही एक्लो डा“डामै बस्ने निर्णय ग¥यौ । त्यो एक्लो डा“डामा हामीले एकजना भैंसीगोठाला बुवालाई भेटायौ । बुुवास“ग हामीले त्यो डा“डामा बस्ने अनुमति माग्यौ । केही खान दिनसक्नु हुन्छ कि भनी सोध्दा उहा“ आफै घरबाट १÷२ दिनको लागि मात्र सामल ल्याएर खाने गर्नु हु“दोरहेछ । त्यसमा पनि हाम्रो टिम २० जनाको थियो, त्यो एक जनाको खानाले हामी २० जनालाई के पुग्थ्यो र ? बुवाले सहजताका साथ भन्नु भयो–“थोरै पीठो छ जति हुन्छ पकाएर खाऊ । त्यो पीठो ६-७ वटा रोटीभन्दा बढी हुने थिएन । हामीले बुवालाई तपाई पकाएर खानुहोस् । हामीस“ग बिहान बोकेको थोरै चाउचाउ बिस्कुट छ त्यही खान्छौ । तर बुवाले मान्नु भएन । उहाको प्रश्न थियो–तपाईहरुको यत्रो टिम भोकै राखेर मैले एक्लै खान हुने हो ? म पनि तपाईको भोकमा भोक मिसाउन चाहान्छु, म आज खान्न । बुबाको यस्तो आत्मीय र हार्दिक कुराले मेरो मनमा धेरै प्रश्नहरु जन्मे–हामी यस्तै मान्छेका लागि सुन्दर संसारको खोजीमा छौ, यस्तै जनताको मुक्तिका निम्ति लडिरहेका छौं, यस्तै जनताले हामीबाट ठूलो आशा राखेका छन्, जनताका ती सपना पूरा गर्न सक्छौ कि सक्दैनौ ? प्रश्नहरुले मेरो मनलाई घचघच्याइ रहे । रात पनि आफ्नो गतिमा कुद्दै गयो । अ“धेरीले पनि आफ्नो घुम्टोलाई त्यत्तिकै बलियो बनाउदै गयो ।

सा“झपख देखिएका बादलका धर्साहरुले आकाशमा आफ्नो बाक्लो उपस्थिति जनाइसकेका थिए । साथीहरु आकाशतिर हेर्दै चिन्तित भइरहनु भएको थियो । साथीहरुको प्रश्न थियो–आज पानी प¥यो भने कहा गएर बस्ने हो ? कसरी आजको रातिलाई बिदाइ गर्ने हो ? त्यस्तै दिउसो आफैले गरेका गल्तीका घटनालाई सम्झिदै पेट मिचीमिची हासिरहेका थिए । मुक्ति र स्वतन्त्रताका रमाइला गफ पनि गरिरहेका थियौ । हामीस“ग उज्यालोको नाममा एउटा टर्च मात्र थियो । केही दाउरा जम्मा गरी चिसो मौसमलाई जित्न आगो बालेर बसिरहेका थियौ । बुवाले हामीलाई अनुरोध गर्नु भयो–बाबु म भैसीगोठालो मान्छे, गाउमा त्यति जान पाउदिन, म कार्यक्रममा धेरै गएको पनि छैन, हामी गरिबले पसिना नचुहाई खान पाइन्न, तपाईहरु त कलाकार हुनुहुदोरहेछ, आजको रात गीत गाएर बिताऊ न ? हामीले पनि त्यो अ“धेरी डा“डामा बुवाको आग्रहलाई स्वीकार गर्दै हिमशिखरले रचना गरेको संगीतको गीत सुनायौ–

रगतका मसीहरुले लेखिरहन्छौ गीत
रोदन र वेदनामा बजाइरहन्छौ संगीत
हो ऽऽऽ हो ऽऽऽ हो बजाइरन्छौ संगीत ।
सर्वहारा क्रान्तिलाई सिरोधार्य गरेर
बनाउनु छ सुन्दर नेपाल बैरीलाई मासेर
एक्काईसौं शताब्दीका जनकलाकार
अनेकोट भावा¨ मुडभरामा जन्मेका लालसेना ।
रगतको पोखरीमा फर्केको फुल हो यो
आ“शुको सागरबाट फुटेको बा“ध हो यो
हार्दैनौ हामी झुक्दैनौ बढ्छौ लगातार
सहिदहरुका अधुरा सपना पार्नेछौ साकार ।
अजेय छन् हाम्रा विचार कहिल्यै नगल्ने
अथक छन् हाम्रा पाइला कहिल्यै नथाक्ने
एक हातले सुर्य छेकिन्न रोकेर कहिलै रोकिन्न
मष्त इच्छुक च्याङ्बा मार्दैमा सास्कृतिक क्रान्ति रोकिन्न
रगतका मसीहरुले लेखिरहन्छौ गीत………..।

गीत गाउदागाउदै हामीले त्यो रातलाई मध्यतिर धकेलिसकेका थियौ । त्यो ठा“उमा केही दिनबाट पानी नपरेकोले जुका लाग्न छोडेका रहेछन् । जब पानी पर्छ अनि त्यो डा“डामा जुकाको राज हुने रहेछ । हामीलाई भने त्यो थाहा थिएन । सबै सा“स्कृतिककर्मीहरु आगोको रापमा अधेरी रातमा पनि भविष्यको उज्यालो स्वप्न देखिरहेका थियौ । हामी हासो–ठट्टा र सा“स्कृतिक आन्दोलनमा आइपर्ने विषयमा छलफल गरिरहेका थियौ । रातिको १ बजेतिर पानी पर्न थाल्यो । हामीले बालेको आगो सब निभ्यो र मलाई यस्तो लाग्यो आजको मौसमले पनि हामीलाई अग्नि परीक्षा लिइरहेछ । यी महान् यात्रीहरु दुःख सहजै पचाउन सक्छन् कि सक्दैनन् यो परीक्षण गरिरहेको मलाई महसुस भयो ।

त्यो अ“धेरो जङ्गलमा ओडार पनि खोज्न सक्ने स्थिति थिएन । हामीले हाम्रो बाजा हार्मोनियम, मादल, गिटारलाई बुबाको सुत्ने छाप्रोमा राख्यौ । त्यहा“ एकजना भन्दा बढीलाई सुत्ने ठाउ थिएन । हामीले पानीको कुनै परबाह नगरी डा“डामा बसेर रात गुजारा गरिरहेका थियौं । साथीहरुलाई पीडाको कुनै महसुस थिएन । विभिन्न हा“सो गरेर रात काट्ने बाटो खोजिरहेका थिए । ३ घण्टासम्मको बर्षातले हामीलाई बेसरी सेक्न सम्म सेक्यो । जब बर्षा बन्द भयो अनि जुकाको लस्कर हाम्रो पछिपछि लाग्न थाल्यो । हामीलाई जुकाले टोकेर हैरान पारिसकेका थिए । हाम्रो शरीरको आधा रगत जुकाले पिइसकेका थिए । हामीस“ग कुनै उज्यालो भइदिएको भए जुकाहरुसंग प्रतिरोध गर्न सक्थ्यौं होला । तर के गर्ने बालेको आगो पनि निभेको थियो । बैनी इलिजा आ“सु निकाल्दै पीडालाई पचाउन नसकी भन्दै थिइन्–“दाइ हामीले भौतिक जीवन आन्दोलनका लागि सुम्पेका हौ, बाघफाला डाडाका जुकाको निम्ति होइन । मेरो त पूरै शरीर नै काप्न थाल्यो । रगत नै सिद्धिएर हो कि हिड्न सक्ने अवस्था नै रहेन ।” योभन्दा बढी चिन्ता साथीहरुलाई चिसोले हैरान पारिसकेकोमा थियो । फेर्ने सबै कपडा भिजेर खुकत्तै गलेका थिए । बुवा हामीलाई देखेर दुःखी हु“दै पछुताइरहनु भएको थियो । अलि छिटो उज्यालो भए तपाईंहरुको यो विजोग मेटिन्थ्यो कि ? मनमनै सोंचे आज यो रात कति लामो भएको होला ? छिटो उज्यालो भए पनि हुन्थ्यो । हामी सबै उज्यालोको बाटो कुरिरहेका थियौ । उज्यालोको प्रतिक्षा कति व्यग्र हुनेरहेछ, त्यो त हामी क्रान्तिकारीलाई मात्र थाहा छ ।

जुकाले टोकेर म लगायत सबै साथीहरुलाई हैरानै पा¥यो । म कमाण्डर भएको हुनाले साथीहरुको मन थाम्न पनि मैले जुकाले टोकेको पीडा लुकाइ रहें । भाइ गोपाल त डा“कै छोडेर रुन थाल्नु भयो । मरें… अइया .. यस्तै आवाजहरु निकाल्दै भाइ गोपालले पीडालाई पचाउन नसकी बाहिरै भनिरहेका थिए । भाइ गोपाल र बैनी इलिजाको रुवाइ देखेर सबै साथीहरु आसु पुछ्न थाले । “आजको जुकास“गको सहकार्य जिन्दगीभरि नबिर्सने झझल्को बन्ने भयो । दुश्मनले पक्रेको बेला पनि यस्तो यातना त पाइ“दैन होला है ? भन्दै, जाडोले ओंठमुख कमाउदै, आसु पुछ्दै, हामीहरु बसिरहेका छौ । हामीसग पानी छेल्ने एउटा सानो प्लाष्टिकको टुक्रा पनि थिएन । हामीलाई पीडा थपिदै पनि गयो र बिहानीले रुप्सा, कोडबाडा र कुमालगाउ“का डा“डाहरुमा आफ्नो मधुरो मुख उघार्दै पनि थियो । पछि त जुकाको टोकाइले शरीर पुरै लाटो भइसकेको थियो । जब उज्यालो भयो गोठाले बुवाले हामीलाई बिदाइ गर्नु भयो । तल रुप्सा, कोटबाडा र कुमलगाउ“का हरिया जिउला पुरै मकैले ढकमक्क ढाकेको देखिन थाले घाममा चम्किला गाउहरुले हाम्रो लागि बाटो हेरिरहेको जस्तो भान परिरहेको थियो । जब हामी जुकाबाट छुट्टिदै थियौं तब पो साथीहरुले जुकालाई बिछट्टै गाली गर्न थाल्नु भयो । अचेतनशील प्राणीलाई गालीको के अर्थ ? त्यो पीडा पचाउन नसकेको गाली थियो । हामी त्यो डा“डाबाट हिड्न थाल्यौ । हामीसग भएका सामान बाजागाजा बोक्नसम्म सक्ने स्थिति पनि थिएन । रुप्साको गा“उसम्म मैले नै सबै सामान एक्लै बोकेर ल्याए“ । साथीहरुलाई नजिकको आशा देखाउदै हिंडालेर हामी बिहान १० बजेतिर रुप्सा पुग्यौ । अघिल्लो दिनदेखि हामीले खाना पनि खाएका थिएनौ । हाम्रो अमूल्य रगतलाई बाघफालाको जुकाले आधा खाइसकेका थिए । स्थानीय सत्ताका समिति अध्यक्षले रुप्साको दही अनि मकैको रोटी खुवाएपछि मात्र साथीहरुले जुका स“गको सहयात्रा भुल्न थाले ।

देशको मुक्तिको निम्ति यो जुकासगको लुकामारीलाई इतिहास बनाउने चाहना कति राम्रो हो मलाई थाहा छैन । अब पछिका दिनमा हामीले यी दिनहरुलाई कथाको रुपमा मात्र पढ्न पाउनेछौ । यस्ता कष्टदायी दिनहरु क्रान्तिकारी जीवनमा कति आए र अझ कति आउनेछन् भन्न सकिन्न । फेरिपनि ती दिनको रङ्ग र ढङ्ग भने फरक हुने नै छ । त्यो रात हामी सबै सास्कृतिककर्मीहरु जुकासगै गीत गायौं र रमायौ–भन्नै पर्छ । कारण जुकास“गको त्यो सहकार्यले नै हामीलाई रातभर सुन्दर नेपालको परिकल्पना गर्न र चुनौतीको सामना गर्न भने सिकायो । भनिन्छ कठीन अग्निपरीक्षाले मान्छेलाई स्पात बनाउ“छ ।

(स्रोत : क्षेप्यास्त्र राष्ट्रिय साप्ताहिक )

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.